Above News Title

वर्षा रे वर्षा

वर्षा रे वर्षा

जब म,
वाफ बनेर शिखर चुम्छु
अनि, वायुसँगै शितल छुन्छु
र गर्वले ढकमक्क फुल्दै
अक्टोपस झैं विभिन्न आकारमा
सयर गर्छु अनन्त आकाशमा ।

सूर्य र ताराहरू छल्दै
जूनसँग लुकामारी खेल्दै
जहाज जस्तै ब्रह्माण्डमा
जब म,
तेज गतिमा दौड्छु
मसँग सम्झौता गर्न आउँछन 
एक हूल आँधीहरू
केराको थाम ढाल्दै,
अर्को हूल हुरीहरू
सडकको धुलो उराउँदै,
तर अहँ ! 
म गर्न चाहन्न
कसैसँग सम्झौता
अनि, आ–आफ्नै अहंकारमा
आकाशमै गर्जन्छन आँधी र हुरी
म भने पानी बनेर तल झर्छु ।
जब, सप्तरंगी इन्द्रेणी 
मेरो स्वागत गर्छे
म अत्यन्त हर्षित भएर
धर्तीको प्रवेशद्वार छिर्छु ।
मेरो आगमनमा
पहाडले कैद गरी राखेको ‘मूल’
चट्टान फोडेर आउँछ,
धुस्स कुहिरो 
र घामले कैद गरेको ‘शितलता’
पर्खाल भत्काएर आउँछ
खोलाहरू सुसाउँदै आउँछन
नदीहरू उफ्रिदै आउँछन 
अनि, गाउँबाट किसानहरू
हलो र जुवा बोकर खेततिर झर्छन,
यता रोपाहाहरू ‘सजना’ गाउँदै 
छुपु–छुपु धान रोप्छन ।
म आउँछु
हरेक बार आउँछु
मेरो आगमन
कसैको आग्रहमा हुदैन
पुर्वाग्रहमा पनि हुँदैन
न हुन्छ, 
सम्भ्रान्तहरूले फिजाएको भ्रमको
पूजा र भाकलमा  ।
म आउँदा
कुनै पण्डितलाई सोध्दैन
कुनै बेद–पुराण ढोग्दैन
कुनै कुरान पनि घोक्दैन
न त भट्याउँछु कुनै बाइबल
अनि, साइत जुराउन राशीफल पनि हेर्दैन
तर, म आउँछु 
यो प्रकृतिले दिएको सुन्दर धर्तीमा
सुन्दर सिर्जनाका सुन्दर बोट उमार्न ।
जब निरीह धर्ती घामले जलिरहेको हुन्छ
प्यासले छटपटी रहेको हुन्छ
म झर्छु 
शितलता र एक अञ्जुली पानी लिएर
कति खुशी हुन्छ ऊ र हाँस्छ
अनि, उमार्छ सिर्जनाका थुप्रै–थुप्रै बोटहरू ।
 
प्रकाशित:

४२५ दिन अगाडि

|

२४ असार २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९