Above News Title

म नदी

म छर्छु शीतलता र तिमीले भेट्छौ जीवनका इन्द्रेणी
म नदी

पेशल पोख्रेल

म खोला, म नदी
बग्नु, बगिरहनु मेरो धर्म
म थोपा, म जीवनरस
रसाउनु, भिजाइरहनु मेरो कर्तव्य ।
बाफ भन कि बादल
वृष्टि भन कि वर्षा
शुष्क–सुषुप्त तिम्रा आँत, अवयवहरूमा
छर्किदै छिटा, रसाउँदै–भिजाउँदै तिम्रा धमनी
तिमीलाई पखाल्ने, चोख्याउने र बचाउने पनि त म नै हुँ ।
म छु, र त तिम्रा आँखाले देखिरहेका छन् हरियाली
म छु, र त तिम्रा सपनाले भेटिरहेका छन् फैलिने आकाश
सुकेर बञ्जर बगर बन्नुअघि
डढेर फुस्रो खरानी बन्नुअघि
म आउँछु र फेरि सुम्सुम्याउँछु तिम्रो सेरोफेरो
म आउँछु र फेरि भिजाउँछु तिम्रो तन
म बाँड्छु रस  
म छर्छु शीतलता र तिमीले भेट्छौ जीवनका इन्द्रेणी ।
यसरी,
तिम्रो र मेरो सहमतिजन्य सान्निध्यका निम्ति
तिम्रो र मेरो उल्लास, उन्नयनका निम्ति
मेरा साना शर्त छन् –
मलाई आफ्नै लयमा बर्सिन दिनू 
आफ्नै गति र बाटोमा बग्न दिनू
नछेक्नू मेरो प्रवाह
नठड्याउनू अवरोध
नमिच्नू मैले भोगिआएका साँधसिमाना
नहेप्नू 
नजिस्क्याउनू
खोल्नू कान, आँखा र बुझ्नू – प्रकृतिको लय 
त्यसले अनवरत आफ्नै ताल ठोकिरहेको वेला
कहिले सङ्गीत निस्किएला, कहिले हुण्डरी
कहिले गीत सुनिएला, कहिले क्रन्दन
नाच्न, पङ्ख फिजाउन मन लाग्ला कहिलेकाहीँ
उफ्रिने, थच्चारिने रहर बौंरिएला यदाकदा
त्यसरी
म अलिकति बिभिण्डिएको वेला, 
म अलिकति मात्तिएको वेला
नभन्नू बस्तीमा खोला पस्यो
राख्नू हात छातीमा
सम्झिनू हाम्रो सहमति
र, सोध्नू आफैंलाई – ‘बाटो पानीले बिरायो कि मैले ?’
 
प्रकाशित:

४१५ दिन अगाडि

|

३ साउन २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९