Above News Title

बुख्याँचा

बुख्याँचा

मालिकहरू बुख्याँचा बनाउँछन्
बुख्याँचा अर्थात् झुक्का
हो मालिकहरू झुक्याउनलाई
झुक्का अर्थात् बुख्याँचा बनाउँछन् 

बाली खान आउने 
चराहरू तर्साउनलाई बुख्याँचा बनाउँछन्
मालिकहरूले आफ्नो आचरण पनि उसमा रहोस्
आनीबानी स्वभाव पनि ऊसँगै रहोस्
यही आकांक्षा पालेर
आफ्ना थोत्रा कपडाहरू पहिराउँछन्
कमिज लगाइदिन्छन्, टोपी लगाइदिन्छन् 
अनि, थोत्रै पाइजामा पन लगाई दिन्छन् 
र, बारीका कान्ला, खेतका अालीमा लगेर सजाउँछन् ।
बुख्याँचाहरूको आफ्नो आत्म हुँदैन
उनीहरूको आफ्नो आस्था पनि हुँदैन 
कुनै निष्ठा पनि हुँदैन
र, कुनै प्रतिष्ठा पनि हुँदैन 
उनीहरू त मालिकको इसारामा चल्छन्
मालिकहरूकै इमानका लागि चल्छन्
अनि, 
मालिकहरूकै आस्था र प्रतिष्ठाका लागि चल्छन् 
मालिकहरूले उत्तर जा भन्यो भने उत्तर जान्छन्
दक्षिण जा भन्यो भने दक्षिण जान्छन् 
पश्चिम जा भन्यो भने पश्चिम जान्छन्
पूर्व जा भन्यो भने पूर्व जान्न्छन् 
उठ भन्यो भने उठ्छन्
सुत भन्यो भने सुत्छन्
यसरी बुख्याँचाहरू
मालिककै निर्देशन पालना गर्छन् ।
किन कि उनीहरूको आफ्नो स्वाभिमान हुँदैन
आफ्नो कुनै पहिचान पनि हुँदैन
न हुन्छ उनीहरूको कुनै अस्तित्व
न हुन्छ कुनै आफ्नो अपनत्व
उनीहरू त पुरै पुरै निस्प्राण हुन्छन् 
निस्प्राण अर्थात् मूर्दा ।
कहिलेकाही मालिकहरू 
बुख्याँचाहरूलाई कवाज खेल्न सिकाउँछन्
अघि बढ्
पछि हट
दायाँ मोड
बायाँ मोड
जसो-जसो मालिकहरू गर भन्छन्
उनीहरू त्यसै, त्यसै गर्छन् ।
किनकि उनीहरूको आफ्नो चेत हुँदैन
र, कुनै आफ्नो विवेक पनि हुँदैन
उनीहरू त फगत बुख्याँचा हुन्
पुतला हुन् अर्थात् झुक्का हुन् ।
 
प्रकाशित:

३९५ दिन अगाडि

|

२० साउन २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९