सन्तोष दहित
दाङमा दुई दिने थारुज क्याराभान कन्क्लेभको पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत भएको छ ।
थारू समुदायका प्रश्न, समस्या, सम्भावनाबारे गहिरो छलफल र समुदायको भविष्यका लागि वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । वैकल्पिक अनुसन्धान केन्द्र, ख्याल बगाल, लौव अग्रासन र बुह्रान इन्कोर्पोरेशनको सहकार्यमा असोज १० र ११ गते दुई दिने थारुज क्याराभान कन्क्लेभ कार्यक्रम गरिएको हो ।
कन्क्लेभको पहिलो दिनमा डा जर्मन चौधरीले दाङ जिल्लाका स्थानीय सरकारमाः थारुहरुको पहुँच, पत्रकार सन्तोष दहितले मुक्त कमैया, कम्लहरीहरुको सामाजिक आर्थिक अवस्था, दिप्ती शिखा चौधरीले थारु महिला उद्यमशिलतामा पहिला, निता चौधरीले थारु महिलाको शसक्तिकरणको स्थिति बिषयक् कार्यपत्र पस्तुत गर्नुभएको थियो ।

यसैगरी, रंगकर्मी प्रणव आकाशले थारु संस्कृतिमा विस्तार, बाधा चुनौती र अवसर, पत्रकार प्रकाश चौधरीले थारु र जनयुद्ध, अधिवक्ता श्रीराम चौधरीले थारु भाषामा सरकारी कामकाजः अवस्था चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, विकास चौधरीले हस्पिटालिटी विजनेशमा थारुहरुको चुनौती र अवसर, कृष्ण चौधरी समर्पणले बुह्रानः पश्चिम नेपालको आशा र संघर्षको भूमि र अशोक चौधरीले सहकारी लाभको बाँडफाट प्रक्रियामा थारुहरुको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
आयोजक संस्था वैकल्पिक अनुसन्धान केन्द्रका अध्यक्ष भुवन चौधरीले यो श्रृंखला प्रत्येक वर्ष थरुहटका विभिन्न जिल्लामा आयोजना गरिने बताए ।

आज कन्क्लेभको दोस्रो दिन घोराहीका नगरप्रमुख नरुलाल चौधरीको स्थानीय विकासमा स्थानीय समुदायको सहभागिता, केबी चौधरीको थारु समुदायमा शिक्षाको प्रश्न, कुलबहादुर चौधरीले थारु भाषाको शिक्षामा चुनौती र अवसर, भुवन चौधरीको सरकारी बजेट तर्जुमा थारुहरुको सहभागिता, डा कृष्णराज सर्वहारीको थारु समुदाय र पत्रकारिता, सोगतविर चौधरीको नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था, छविलाल कोपिलाको थारु समुदायको सन्दर्भमा साहित्य र विकास, सवि थारुको नेपालका जेनजी पुस्ताको अवसर विषयक गरी ८ वटा कार्यपत्र प्रस्तुति रहेको छ ।
कन्क्लेभमा थारू प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पत्रकारलगायत विभिन्न क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ । आयोजकको अनुसार कार्यक्रममा १०० बढीको सहभागिता रहेको छ । गोरखापत्रबाट

प्रकाशित:
३४२ दिन अगाडि
|
११ असोज २०८२
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९