सन्तोष दहित
हो
म किसान हुँ।
हिउँदमा धुलाम्य हुन्छु,
बर्षा याममा हिलाम्मे हुन्छु।
धुलोले ढाकेको मेरो अनुहार,
शायद, चिनिन सक्दैन होला।
हिलोले मोटो भएको मेरो अनुहार,
त्यो पनि चिनिन सक्दैन होला।
तर, बालेन तिमीले भनेझैँ
म फोहरी किसान होइन,
म त एक असल किसान हुँ।
दुईवटा सुख्खा रोटी
र
एक जग पानीको भरमा
दिनभर खेतबारीमा पसिना बगाउँछु।
म अन्नबाली उमार्छु,
र, तिम्रो शहरमा
मेरै पसिनाले सिँचिएको
चामल, दाल र तरकारी पुगेको छ।
तर, जब म बजार आउँछु,
तिमीहरू बार्गेनिङ गर्छौ,
मेरो श्रमको मूल्य घटाउँछौ।
अझ, जब म सडकमै तरकारी बेच्न आउँछु,
तिमी नगर प्रहरी पठाउँछौ,
मेरो छिट्वा नाङ्लो र तराजु खोस्न।
भारतबाट आएको तरकारीलाई
खुला समर्थन गर्छौ,
तर आफ्नै देशका किसानलाई
सडकबाट हटाउँछौ।
तर, बालेन
तिमीले भनेझैँ —
म फोहरी किसान होइन।
म त देशको मेरुदण्ड,
म त अन्नदाता हुँ।
फोहरी मेरो हात होइन
फोहरी त तिम्रो सोचाइ हो।
तर, बालेन तिमीले भनेझैँ
म फोहरी किसान होइन,
म त एक असल किसान हुँ।
घोराही, दाङ
प्रकाशित:
३२३ दिन अगाडि
|
२९ असोज २०८२
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९