Above News Title

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

आयोगका सचिवबाट निराशाजनक अभिव्यक्ति, विभिन्न व्यक्तिलाई सम्मान गरिने
थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

थारु आयोगले आफ्नो सातौ वार्षिकोत्सव कार्तिक २५ गते जिल्ला समन्वय समितिको सभाकक्ष, बबरमहल, काठमाडौंमा एक कार्यक्रम गरी मनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हाम्रै आयोगको त सिफारिस सरकारबाट कार्यान्वयन भएको छैन, अरु आयोगको के कुरा भन्ने निराशाजनक अभिव्यक्ति व्यक्त गरे । 

थारु आयोगका सचिव रुद्रप्रसाद लामिछाने राजदूतलगायत विभिन्न निकायमा थारु समुदायकालाई नियुक्ति सिफारिस गरिएकोमा कार्यान्वयन नभएको बताए । उनले आफूसम्बद्ध आयोगको मात्रै नभई, दलित, मुस्लिम आयोग लगायतको पनि सिफारिस कार्यान्वयन नभएकोमा दवाव पनि नपुगेको जिकिर गरे । 

आयोगका सचिव लामिछानेले प्रस्तुतिका क्रममा पावर प्वाइन्ट तयार गरेका थिए । तर, त्यसमा भएका तथ्य प्रस्तुत गर्नुभन्दा पनि सबैजसो आयोगमा बजेटै छैन, के गरेर बस्ने ? भन्ने निराशा व्यक्त गरेका थिए । उनले भने, ‘आयोगरुपी बच्चा पैदा भयो, तर जेनतेन सास मात्रै लिएको अवस्था छ । काम गर्ने वातावरण छैन, कर्मचारी बस्न चाँहदैनन् । आयोग यत्तिकै चल्ला भन्ने सरकारको मानसिकता देखिन्छ । विना बजेट आयोग थपना मात्रै राखिएको छ । यसका लागि सामूहिक पहल चाहिन्छ । मुड्की बजारेर भए पनि बजेट ल्याउन सक्नुपर्छ । 

थारु आयोगकी सदस्य शान्ति मोदीले आफ्नो टिम आएको चार वर्षमा बल्ल अरु पनि आयोगका सदस्यलाई वार्षिकोत्सवमा बोलाउन सकिएकोमा सन्तोष मानिन् । उनले अनुवांशिक श्रोतमा पहुँच, लाभको बाँडफाँट र थारु समुदायको सहभागिता विषयक् कार्यपत्र पनि प्रस्तुत गरिन् । 

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीले थारु आयोगको कामको पुनरावलोकनको समय आएको तर केही काम नभएकोमा चिन्ता व्यक्त गरे । थरुहट संघर्ष र बलिदानीबाट आयोग गठन गरिएकोमा सबै एकजुट भएर आयोगलाई डोर्याउनु आजको आवश्यकता भएको उनको जिकिर थियो । 

थारु आयोगका सदस्य भोलाराम चौधरीबाट स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको अध्यक्षता थारु आयोगका कावा अध्यक्षता सुबोधसिंह थारुबाट भएको थियो । 

विभिन्न व्यक्तिलाई सम्मान गरिने

सोही कार्यक्रममा सदस्य मोदीले आगामी माघको अवसर पारेर थारु आयोगबाट सम्मान गरिनेहरुको नामावलीबारे पनि जानकारी दिइन् ।  थारु रत्नबाट सम्मान गरिनेमा लेखक लक्ष्मण चौधरी (उदयपुर), डा गोपाल दहित (बर्दिया), श्रीपति चौधरी (दाङ), हृदयनारायण चौधरी (बारा), स्वर्गीय भानुराम माझी (मोरङ), परशुराम भगत (मोरङ), सत्यनारायण चौधरी (मोरङ), हौली परिवार (सुनसरी, मोरङ), पहुरा दैनिक (कैलाली) लगायत छन् । 

यसैगरी थारु गौरवबाट सम्मान गरिनेमा थारु आयोगका पूर्व अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकरप्रसाद चौधरी, सत्यमोहन जोशी (सप्तरी), युनिका नेपाल (बर्दिया), भगवती चौधरी (सुनसरी), रामसागर चौधरी (सुनसरी), सिनेकर्मी परशुराम चौधरी (सुनसरी), कन्नुलाल चौधरी (मोरङ), देवकुमार चौधरी (झापा), पत्रकार लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), शान्ता चौधरी (दाङ), प्रदीप भगत (सुनसरी) रहेका छन् । 

त्यस्तै, थारु आयोगका पूर्व सचिव कृष्णकान्त उपाध्याय, पूर्व शाखा अधिकृत जागुराम चौधरी लगायत कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिइने बताइएको छ । यो अन्तिम सूची नभएकाले पछि अरु पनि थप्न सकिने सदस्य मोदीले जानकारी दिइन् । यसअघि थारु आयोगले पहिलो पटक २०८० सालमा विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।


 

प्रकाशित:

२९५ दिन अगाडि

|

२७ कात्तिक २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९