Above News Title

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणः  थारू साहित्य विशेष हुने

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणः  थारू साहित्य विशेष हुने

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणको रुपमा हुने भएको छ । 

टीकापुर साहित्य समाजले माघ २४ गते पत्रकार सम्मेलन गर्दै २०८२ चैत १३ देखि १५ गतेसम्म तीनदिने  ‘टीकापुर साहित्य महोत्सव तेस्रो संस्करण, थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को आयोजना गर्ने घोषणा गरेको हो ।

‘थारू भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले यो महोत्सवको आयोजन गर्न लागेको’ टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए । 

विशेष उत्सवका सातवटा सत्रहरूमा थारू समाज, थारू लोकसाहित्य तथा लोकसंस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुनेछ । जसमा सुदूरपश्चिमको कन्चनपुरदेखि पूर्वको झापा सम्मका थारू लेखक, विज्ञ तथा अभियन्ताहरूको प्रतिनिधित्व हुनेछ । 

थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोकसाहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयहरूमाथि पनि संवन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल, अन्तक्र्रिया र बहस हुनेछ ।  

थारू संस्कृतिको प्रवद्र्धन हेतु ‘थारू सांस्कृतिक साँझ’ को अलावा थारू खाद्य परिकारहरूको प्रदर्शनी पनि हुनेछ । महोत्सवको अन्तिम दिन साँझ थारू रामलीला नाच (गीति नाटक) प्रदर्शन गरिनेछ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनी हुने छ ।

‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन् ।’ संयोजक शाहले भने । 

‘साहित्यमार्फत सामाजिक सद्भाव’ को उद्धेश्यले आफ्नो स्थापनाकालदेखि नै टीकापुरमा साहित्य महोत्सवको आयोजना गरिरहेको यस महोत्सवमा प्रत्येक जम्मा २१ बहस सत्रहरू रहनेछन् । प्राडा माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचन दिनेछन् । 

महोत्सवको पूर्व सन्ध्यामा टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका बिभिन्न स्थान तथा विद्यालयहरुमा सामाजिक सन्देशमूलक सडक नाटक प्रदर्शन अशेष मल्लको लेखन, निर्देशनमा गरिने कार्यक्रम छ । साथै विद्यार्थीहरुका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको पनि आयोजन गरिने छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता प्रतियोगिताको पनि आयोजन गरिने छ । जसमा प्रथम हुने कवितालाई रू १५ हजार, द्वितीयलाई रू १० हजार र तृतीयलाई रू ५ हजार पुरस्कार दिइनेछ ।

टीकापुर साहित्य समाजले महोत्सवको तेस्रो संस्करणको आयोजनमा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानसंग सहकार्य गरेको छ । टीकापुर साहित्य महोत्सव२०८२, तेस्रो संस्करणको मुख्य प्रवद्र्धक सुदूरपश्चिमप्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका  र जानकी गाउँपालिका यस महोत्सवका प्रवद्र्धक रहेका छन् । यस संस्करणमा नेपाल पर्यटन बोर्ड यस महोत्सवको सहप्रवद्र्धक रहेकोमा महोत्सवलाई कृषि विकास बैंक, लक्ष्मीसनराइज बैंक,  एभरेष्ट बैंकले प्रायोजन गरेका छन् । 

प्रकाशित:

२०८ दिन अगाडि

|

२५ माघ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५७ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९