Above News Title

उही नाम्लो, उही कुम्लो

उही नाम्लो, उही कुम्लो

उषा शेरचन

यदि पुरानै रोज्ने हो भने

बहुमत दिएर रोजौँ

कम्तीमा बाटो स्पष्ट होस्

यदि नयाँलाई रोज्ने हो भने

बहुमत दिएर रोजौँ

कम्तीमा परिवर्तनको ढोका खुलोस्

तर

न यता पुग्ने, न उता पुग्ने मतले

देशलाई सधैं

उही नाम्लो, उही कुम्लो

बोकाएर हिँडाउने पक्का छ

छोटो खास्टोजस्तै

शिर छोप्दा पाउ खुल्ने

पाउ छोप्दा शिर देखिने

तीस वर्ष बितिसक्यो

न भाषण फेरिए

न अनुहार फेरिए

त्यसैले त देशको बिहान

अझै कुहिरोमै हराइरहेछ

उही भ्रष्टाचारको धुवाँ

उही सत्ताको लोभ

उही खोक्रा आश्वासन

र जनताको उही थकान

महँगाइको चर्को सास

र टाउकोमाथि

ऋणको भारी छायाँ

भ्रष्टाचारी भनेर चिनेरै

फेरि तिनकै जयकार

अनि सरकार ढल्यो भनेर

फेरि करुण गुनासो

के यो हाम्रो विवेकमाथि

गरिएको अन्याय होइन?

नयाँलाई कामै गर्न नदिई

असफल ठहर गर्छौं

पुरानालाई असफल सावित भइसक्दा पनि

फेरि काँध थाप्छौं

कामै नगरी

राम्रो नराम्रो कसरी छुट्याउने?

हामीले चिन्ने

नेता होइन

कामको उज्यालो हो

हामीले रोज्ने

नाम होइन

नतिजाको उज्यालो हो

हामीलाई

न पुरानो चाहिएको छ

न नयाँको खोक्रो नारा

हामीलाई चाहिएको छ त

तीस वर्ष चलाएजस्तो

देश चलाउने हात होइन

स्वार्थभन्दा माथि उठ्ने मन

र तीन करोड नेपालीका लागि

धड्किने हृदय

हामी व्यक्तिगत रूपमा

न पुरानालाई चिन्छौँ

न नयाँलाई नै

हामीले चिन्ने भनेकै

कामको छायाँ र उज्यालो मात्र हो

उमेर ढल्कँदैछ

समय बग्दैछ

कतै हाम्रो जुनी

“अब सुध्रेला” भन्ने

आशामै बित्ने त होइन?

यदि अब पनि

हामी विवेकको सट्टा

पुराना आदत नै रोजिरह्यौँ भने

हामी मतदाता होइन

दलका दास मात्र हुनेछौँ

अब प्रश्न सरल छैन

गम्भीर छ

हामी नाम रोज्छौँ कि काम?

हामी दल रोज्छौँ कि देश?

हामी स्वार्थ रोज्छौँ कि

तीन करोड नेपालीको भविष्य?

देश उँभो लैजानु नै छ भने

अब हाम्रो

निर्णय पनि उँभो लाग्नुपर्छ

र आफ्ना सबै स्वार्थ

त्याग्न सक्नुपर्छ !!

                                पोखरा

प्रकाशित:

२०५ दिन अगाडि

|

२८ माघ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९