एकाबिहानै मलाई
तीन वर्षकी
सानी नानीले
मेरो काखमा लुटपुटिँदै
तोते बोलीमा सोधी–
दिदी दिदी समा..वेशी...त
भनेको के हो ?
मैले मुस्कुराउँदै भने–
समावेशिता ?
हैन के समा..वेशी..त
अहो, उसको प्रश्नले
साँच्चै चिमोट्यो मलाई
म असमञ्जसमा परेँ
समावेशिता कि
समा...वेशी..त
स्कुल छँदै पढेको
सामाजिक विषय सम्झिएँ
रेखाचित्रमा कोरिएको देश,
सबैलाई अटाएको
रङ्गीन नक्सा
नेपाल बहुजातीय
बहुभाषिक, बहुसांस्कृतिक
विविधता भएको देश
साझा फूलबारी ।
तर कसले पो लिँदैछ
यसको जिम्मेवारी ?
कुनै उत्पीडितले ?
कुनै सीमान्तकृत वर्गले ?
कुनै महिलाले ?
कुनै आदिवासी जनजातिले ?
कुनै थारू, दलित, मधेसी, मुस्लिमले ?
कुनै अपाङ्गता भएका व्यक्तिले ?
कुनै यौनिक तथा अल्पसंख्यक व्यक्तिले ?
कुनै सीमान्तकृत, किसान या मजदुरले ?
अहँ फूलबारीमा यी फूलहरु
कहिल्यै अटाएनन्
नेपथ्यमा यतिबेला
म सुनिरहेको छु
जोडजोडले ध्वनि गुञ्जिएको
“तँहरूलाई त
वेशी दिएकै छ त,
किन सधैँ गुनासो गर्छस् ए ?”
समा न बेसरी
समा न वेशी
त्यो आवाजले
कहिल्यै चित्कार सुन्दैन
कहिल्यै घाउ देख्दैन
ऊ वेशी र कमीको
हिसाब मात्रै गर्छ
अधिकार र न्यायको होइन
आफ्नै सत्ता र शक्तिको
दुरुपयोग गर्छ
नातावाद र कृपावादको आडमा
देशभक्तिको कुरा गर्छ
शासन होइन भासन गर्छ
र छर्छ सबैलाई भ्रम
चुस्छ सबैको श्रम
तिम्रो त्यो
‘समावेशिता’मा
म चाहिँ
कहिल्यै अटाउने ?
मेरो भाषा,
मेरो शरीर,
मेरो कथा,
मेरो मौनता
सबैका लागि
कुन कुना बाँकी छ ?
कुन कुना खाली छ ?
म टोलाइरहेछु आज
सानी नानीको प्रश्नलाई लिएर
उसकै त छ रवाफ
खै के दिऊँ म जवाफ ?
म चाहन्छु उसलाई
जवाफ होइन
एउटा यस्तो संसार
...
देखाउन सकूँ
जहाँ समावेशिताको लागि बोल्नु नपरोस्
जहाँ समावेशिताको लागि लड्नु नपरोस्
निर्धक्कले जिउन पाइयोस् ।
स्केचः बासु क्षितिज
प्रकाशित:
१६८ दिन अगाडि
|
७ चैत २०८२
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९