थारु लोकसाहित्यमा युवाको भूमिका विषयक् अन्तक्रिया सम्पन्न

थारु लोकसाहित्यमा युवाको भूमिका विषयक् अन्तक्रिया सम्पन्न

९४२ दिन अगाडि

|

२५ माघ २०८०

रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार दिने निर्णय

रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार दिने निर्णय

९४२ दिन अगाडि

|

२४ माघ २०८०

थारु लेखक संघ नेपालले यस वर्ष स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई पुरस्कृत गर्ने भएको छ । थारु लेखक संघ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा यही माघ २६ र २७ गते हुन गैरहेको ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटनमा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । इटहरी–१२, खनार, सुनसरीका रामसागर चौधरीलाई दिन थालिएको थारू साहित्य पुरस्कारको राशी ३० हजार रुपैया तथा सम्मानपत्र रहेको छ । उनको अनमोल बिहाल (थारू कविता संग्रह २०४९), थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरू (२०५३), मोरङिया थारू (२०७८), पूर्विया थारू लोकगीत .चोरखेलिया नाच संकलन २०८०), हालत (थारू कविता के मोटरी २०८०) तथा पूर्विया थारू हरिनाम गीत (लोककिर्तन के मोटरी संकलन २०८०) प्रकाशित छ । हौली परिवारका संस्थापक सचिव उनी हौली पत्रिकाका सम्पादकसमेत हुन् । त्यस्तै, बारा जिल्ला करहिया गाउँकी शान्ति चौधरीलाई दिन थालिएको थारू महिला प्रतिभा सशक्तिकरण पुरस्कारको राशी १५ हजार रुपैया तथा सम्मानपत्र रहेको छ । यो पुरस्कर थारु लेखक संघ नेपालका लागि कैलाली कैलाली, धनगढीका चन्द्रसिंह चौधरीले आफ्नो दिवंगत धर्मपत्नी प्रतिभा चौधरीको नाममा स्थापना गरेका हुन् । २०२९ सालदेखि कविता लेखनबाट साहित्य यात्रामा लागेकी उनले २०४७ सालमा आफ्नै आत्मकथाको पहिलो पुस्तक प्रकाशित गरेकी थिइन् । उनको पछिलो बालचित्रकथाको पुस्तक मेरी दुधु (२०७७) तथा लडेया र बछिया (२०७७) थारु तथा नेपाली भाषामा प्रकाशित छ । उनका विविध विधामा ६८ वटा प्रकाशित छन् ।  अर्को समाचार अनुसार सम्मेलनमा बमबहादुर थारूको मेची महाकाली थारु भाषा सर्वेक्षण, इन्द्र चौधरीः टिपटिप (रानाथारू लोककथा), रामसागर चौधरीको पूर्विया थारू हरिनाम गीत, हृदयनारायण चौधरीको भाषासम्बन्धी पुस्तक खोजखबर, नेपाल प्रज्ञा प्रतिष्ठानको थारु भाषाको वार्षिक पत्रिका लवाङ्गी, युनिक नेपालका विभिन्न पुस्तकलगायत विमोचन हुने भएको छ ।

देशभरका थारू साहित्यकार सुनसरीमा भेला हुँदै

देशभरका थारू साहित्यकार सुनसरीमा भेला हुँदै

९४४ दिन अगाडि

|

२२ माघ २०८०

देशभरिका थारु साहित्यकार, बुद्धिजीवीहरु सुनसरीमा भेला हुने भएका छन् । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु साहित्यकार, बुद्धिजीवीहरु भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो। सम्मेलनमा थारु साहित्यकारबाहेक देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए । सम्मेलनको संघीय सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा एक हजारदेखि १५ सयसम्म थारू समुदायको सहभागिता रहने तयारी आयोजक समितिका उपाध्यक्ष राजेश सरदारले वताए । सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा थारु महिला सशक्तिकरणको अभियन्तालाई सम्मान गर्ने कार्यक्रम छ । सम्मेलनमा थारू भाषाको मानकता, थारू समुदायको इतिहास, धर्म र संस्कृति, थारु साहित्यमा अनुवाद कार्य, सुनसरी, मोरङको थारु साहित्यको अवस्था, थारु सामूहिक भवनको औचित्य, थारूकेन्द्रित विकासका लागि जनप्रतिनिधिको बहस लगायतबारे  विज्ञसँग प्यानल छलफल हुने जनाइएको छ । माघ २५ गते बेलुका जिल्ला बाहिरका अतिथिहरुलाई स्वागत, २६ गते समुदघाटन र छलफल संचालन र २७ गते विभिन्न विधामा प्रस्तुत भएको विषय बस्तुमा छलफल गरी समापन तथा स्थानीय गाउँघर अवलोकन गराइने कार्यक्रम रहेको छ । सम्पूर्ण थारु समुदायलाई सम्मेलनमा उपस्थित भइ दिनका साथै आर्थिक सहयोग गरेर सम्मेलन सफल बनाई दिन आयोजकले आग्रह गरेका छन् ।  

मासिन्या नाटक हेरेपछि ...

मासिन्या नाटक हेरेपछि ...

९५० दिन अगाडि

|

१७ माघ २०८०

जङ्गबहादुरको नयाँ मुलुकी ऐन, सन १८५४ ले नेपालका विभिन्न जात (Caste), जनजाति (Nationalities)लाई तागाधारी (Sacred Thread Wearer) र मतुवाली (Alcohal Drinking) भनेर बाँड्यो। जात व्यवस्थामा एउटा शुद्ध (Holly) र अर्को अछुत (Untouchable) भनेर बाँड्यो भने मतुवालीमा मासिन्या (Inslavable) न नमासिन्या (Non-inslavable) भनेर बाँड्यो। धेरै जनजाति जो मासिन्या भनेर छुट्यायो, ती मध्ये तामाङ् एउटा ठूलो र जङ्गबहादुरको चारभञ्ज्याङ भन्दा उता सघनरूपमा सम्भवतः इसामसिहको चौथो-पाँचौं शताब्दी देखिनै सघनरुपमा बसोबास रहेको आदिवासी जनजाति समुदाय हो। उनीहरूलाई किन मासिन्या भन्यो ? किन त्यसको विरुद्ध प्रतिरोधको संघर्ष भएन? तामाङ जनजातिले किन विद्रोह गरेन?र पिपा पदमा सिमित भई किन सैयौँ वर्ष बस्यो? बहस, विमर्श छैन। राजुश्याङतान, लक्ष्मी रुम्बा, र रावतले नाटकको माध्यम बाट बहस सुरुगर्न मासिन्या नाटकको सृजना गरेका छन्। प्रिमियर सोमा पुगेँ तर १ घण्टामा पनि नाटक सुरू नभए पछि खुरुक्कन घर फर्केँ। आज ५ जना परिवार र नाताका मित्रहरूलिएर मासिन्याँ नाटक हेर्न पुगेँ। झण्डै ३० मिनट ढिलो सुरु भएको नाटक मासिन्या हेर्दा, कला र प्रस्तुति सबै भन्दा बलियो लाग्यो। कथाले संस्कृति, प्रेम, शोषण, साम्यवादी विचार र जातीय उत्पिडन समेट्न प्रयत्न गर्दा मूलविषय वस्तु (थिम) प्रति न्याय गर्न नसकेको हो कि! जसतो भयो। मूल विषयवस्तु हराएको त होइन! भन्ने भयो। जेहोस दर्षकले टम्म भरिएको नाटक घरका युवावर्गको उपस्थिति ले नै बताउँछ, तामाङ जनजाति मासिन्या होइन, कहिले नमासिन्या जनजाति हो। अपितु यो मासिन्या शब्द नेपालमा मात्र शासक वर्गले प्रयोग गरेको नभई हिजो, अस्ति सन १९५७मा अन्तर्राष्ट्रिय श्रमसंगठनको महासंधि, १०७ले आदिवासी जनजाति अस्थायी जाति (temporary Community) हुन भनेको विर्सन हुन्न । महासंधि १०७, अत्यन्त जातिवादी भयो भनेर प्रतिवाद गर्दा महासन्धि, १७९ को जन्म भएको थियो । मासिन्याको अन्त प्रतिरोध हो। एवम् प्रकारको प्रतिवादले तामाङ् लगायत ५९ समुहहरू नेपालका आदिवासी/ जनजाति हुन भनेर २०५८ सालमा राज्यले ऐन मार्फत जारी गरेको हो। र "मासिन्या" शब्द इतिहास भइसक्यो। खैर यस्ता हजारौँ नाटकको सृजनाले एउटा जनजाति सभ्य र समृद्ध बन्न सघाउ पुग्छ। उ प्रतिको प्रेत, मसान, अन्त हुन्छ। त्यो हिसाबले लेखक, निर्देशक र कलाकारहरू निश्चयनै धन्यवाद र वधाईका पात्र छन। जयहोस तामाङ् जनजातिको।

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

९७४ दिन अगाडि

|

२१ पुष २०८०

प्रसिद्ध उपन्यासकार धुस्वां सायमीको नाममा स्थापित दुई पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई दिने निर्णय भएको छ । उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां बसुन्धरा पुरस्कार’ सर्वहारीलाई र ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ वैद्यलाई दिने निर्णय गरिएको हो । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण सायमीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । गंकी धुस्वां बसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।  त्यस्तै धुस्वां साय्मि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौं गीतहरू रहेका छन् । उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने संगीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमी र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो । पुरस्कार आगामी माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच प्रदान गरिनेछ । दुवै पुरस्कार ५० हजार रुपैयाँ राशिको हो । सर्वहारीको थारू भाषाको पहिलो उपन्यास फुटल करम (२०५५), मुक्त कमैया सम्बन्धी नेपाली भाषामा उपन्यास गन्तव्य (२०५९), थारू भाषाको पहिलो उपन्यास अर्को उपन्यास लाल केरनि (२०६४) प्रकाशित छ । थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष रहेका उनले हाइकु, मुक्तक, बालकविता, लघुकथा, हाँस्यव्यंग्य, यात्रा संस्मरणलगायत विविध विधामा थारू भाषामा पहिलो पुस्तक प्रकाशन गरेका छन् ।  

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

९८७ दिन अगाडि

|

८ पुष २०८०

बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाईलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७९) प्रदान गर्ने निर्णय गरिएको छ । गैरआवासीय नेपाली सङ्घको  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समितिले  गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई २०७७ सालदेखि प्रत्येक  वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कारु प्रदान गर्ने  गरेको छ ।  पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी  २०७८ सालमा चेतनाथ आचार्यको  उपन्यास    रुइबालाई पुरस्कृत गरिएको थियो ।  गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्या हितानको लाहुरेको रेलिमाई पुरसकृत हुँदै गरेको उपन्यासले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत  गरेको छ ।  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले पुरस्कार रकम हस्तान्तरण गर्ने मिति पछि थय गरिने बताए ।  

 घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ लोकार्पण

 घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ लोकार्पण

९८७ दिन अगाडि

|

८ पुष २०८०

कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ पुस ७ गते शनिबार लोकार्पण भएको छ ।    सम्भव समूहबाट काठमाडौंमा आयोजित कार्यक्रम कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज राना तथा कवि अस्तित्वले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।   सो अवसरमा श्यामलले ६६ कविता समावेश  रहेको सङ्ग्रहमा ४० बढी कवितामा तत्कालीन ग्रामीण परिवेशको भोगाइ रहेकाले कृतिकारलाई ग्रामीण कविको उपमा दिए ।  मानिसले उसलाई आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविले समेटेको उनको भनाइ थियो । उनले अगाडि भने, “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ ।”  कवि राधिका कल्पितले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताईन् ।  यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको बताए ।   कृतिकार घनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गर्दै समीक्षकहरुले औंल्याएको सबै विषयबस्तु एउटै संग्रहमा अटाउन नसकिने विचार व्यक्त गरे । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।