उचाइ सिनेमाले लिएको ‘उचाइ’

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

१३८७ दिन अगाडि

|

३० कात्तिक २०७९

उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन्

उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन्

१३८७ दिन अगाडि

|

३० कात्तिक २०७९

छविलाल कोपिला छिमेकीले त आफ्फ्नो भन्छ, हाम्रो कालापानी किन ? हाम्रो भूगोल, हाम्रो भूमि हाम्रै हो, आनाकानी किन ? सत्ता बाहिर हुँदासम्म भुक्नेहरू सत्ताभित्र मौन छन् बुझ्ने कुरा बुझिसकियो लुकाउँछौ जानाजानी किन ? १ भाडामा समाचार बन्छ र भाडामै अखबार चल्छ भए धेरै दलालहरु र त दलालहरुकै बिचार चल्छ देश लुट्नु लुटाउनु, नियत या नियति बुझ्नै गाह्रो शालीन भाषण गरेर नै, भ्रष्टहरुको सरकार चल्छ । २ आगो बालेर आरनमा खारिनेछन् हतियारहरु मन्थन गर्रौ खुलेर आउँछ ती मीठा विचारहरु शीश–महलमा बसेर, न गर उचाइ चढ्ने कुरा बरु आऊ हिँडौं, भेटिन्छ लक्ष्य तरेर जंघारहरु । ३ देशको बेथिति र खराबीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति लुटेरा, भ्रष्ट र अपराधीहरूका बिरुद्ध  हुनुपर्छ क्रान्ति अब सुम्सुम्याएर हुँदैन, हामी खप्परमाथि प्रहार गर्नुपर्छ तिनै फटाहा, दलाल, पापीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति । ४ घोडा बन्नुस्, हात्ती बन्नुस्,  इमान कमिलो भइदियो भने दुनियाँले पत्याउनै छोड्छ विश्वास धमिलो भइदियो भने व्यवहार बोली, वचन राम्रो गर्नुहोस् सबैले सम्मान गर्छन् नत्र, आफन्त नै भुलिदिन्छन्, मन अमिलो भइदियो भने । ५ किसान हजुरको होइनन् है, मनलागि गाली गर्नुस् असक्षम नै हौ पुरापुर, अब त मैदान खाली गर्नुस् छिमेकीको आशिर्वाद या जालझेलले टिक्छ भने उठाउनुस् आसेपासेहरू, अझै हालीमुहाली गर्नुस् । ६ झगडाको बीउ रोप्नु छ भने, मस्जिद अगाडि देवी राखिदिनुस् मन्दिर अगाडि गाईको मासु, छिमेकीकोमा रक्सी राखिदिनुस् सलाई भन्दा पनि प्रज्ज्वलनशील हुन्छ, सद्भावको इन्धन पनि न पत्याए घर छेउकै छिमेकी–छिमेकी बीच चुक्ली राखिदिनुस् । ७ उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन् देश जलाउने बाँदरहरूले आफै खरानी घसेका छन् हेर्नुस्, होसियार रहनू होला भ्रमित आश्वासन बोकेर फेरि पनि, तिनै स्याल, हुइया गाउँ गाउँ पसेका छन् । ८

  मंसिर म टुँ ढक्या बोक्क जिहो

  मंसिर म टुँ ढक्या बोक्क जिहो

१३९० दिन अगाडि

|

२७ कात्तिक २०७९

हुक्र मुअल इतिहास बेँच्क सिंहदरबार छिर्ठ टुँ फे हुकनक बाटम् भुल्ठो कमैया मुक्त घोषणा के करल ? बुर्हाइल मनैन भत्ता के डिहाइल रु मलिक्वन्हँक बेगारि के कर छुटाइल ? टुहाँर मनम् म्वार मनम् बुडिक फोटु आइअस झलल आइठ् एक्ठो फोटुँ हमा बारिमक न झोङ्ल्यार बुबक लगाइल  बम्मइ आमक रुख्वा बरघरान घरक डख्खिनसे उठ्ठि रहल  लल्छार डिन कम्ड ठेरिक सौँठ्यारि धान कट्ना चोख्खुर रेँटिक हँस्या ओ ठुँठ हँस्य कचोट्ना बरनक उह ठोक्या मै एक्ठो बाट पुछु कैह्यासम टुहाँर मनम् इह फोटु अउइया बा ? एक्चो डिउर्हार कोन्टि जाऊ पटाहा डेर्हिम हेरो उहाँ डेख्बो बुडिक बिनल ढक्या एक्चो भिट्टर जाऊ  उहाँ डेख्बो चाउर ढरल डाईक आनल भोजाहा ढक्या एक्चो भौँका छोरो उहाँ डेख्बो भौँक छ्वापल आजिक बिनल पन्ह्वाँ ढक्या एक्चो बगर्वम जाऊ  बुसि ढरल डेख्बो काकिक बिनल ढक्या टुहाँर  आजिक बुडिक डाईक काकिक बिनल ढक्यम् टुहाँर नाट पाटन्के पस्ना बहल बा आप टुहाँर डुख ढक्या बोकि टुहिन सुख ढक्या डि उहमार मंसिर म  धान ओसाए जाइबेर टुँ ढक्या बोक्क जिहो....।  

बगरे मार्न तम्सिने बाख्राहरू

बगरे मार्न तम्सिने बाख्राहरू

१३९३ दिन अगाडि

|

२४ कात्तिक २०७९

आफन्तीका अगाडि उभिइरहेका युवकहरूमध्ये एकजनाले अल्मलिँदैै सोेधे,“आफन्तीज्यू, हामी अहिले चुनावमा उठिरहेका थरी थरीका पार्टीका नेताहरू र तिनीहरूले बारबार भनेका कुरासित नमिलेका तिनीहरूका कामहरूबारे कुरा गरिरहेका छौँ । हामीले गरेका कुरा आजको यथार्थ हो । त्यसो भनेका हाम्रा यी नेताहरू पटक्कै विश्वास गर्न लायकका छैनन् । उनीहरूले बोेल्न त जे पनि बोल्छन्, तर आपूmले बोलेअनुसार गर्नेहरू हुँदै हैनन्, अझ बोलेकोभन्दा ठीक उल्टो चल्छन् । तिनीहरूलाई कजाउने कसले ?  लाज शर्म पचेका र जे खाए पनि पचाउन सक्ने भएका, सरकारमा छँदा ढुकुटी सोहोर्न गर्नु नगर्नु गर्न पछि नपर्ने, अनि चुनावको मुखमा मत पाउन तिनीहरूले जनतालाई झुक्याउन जे पनि भन्न सक्ने, सबैभन्दा स्वच्छ कोही छन् भने आपैm हूँ भनी प्रस्तुत गर्न पछि नपर्ने, लाज पचुवाहरू, विश्वका धनी मुलुकहरूलाई खुसी पार्न लम्पसार पर्ने भनूँ कि खुसी पार्न जानेका, विश्वकै नेताहरूको अर्कै अवतारका रूपमा स्वयं अवतरित अवतारहरू नै हुन् कि भनी जनतालाई झुक्याउन खोजी हिँड्ने चटकेहरू, हामीले चिनेका खप्पिस बगरेहरू हुन् ।  अहिले दशकौँसम्मका तिनीहरूका कामकुराले गर्दा चेतिएका जनता तिनीहरूलाई फालिहाल्ने कुरा गरिरहेका छन् । आजको स्थिति भनेको यही हो । हैन त, आफन्तीज्यू ? एउटा कुरो, केही मानिसहरू के भनिरहेका छन् भने यसपालिको चुनाउमा हामीले तिनीहरूलाई घोक्रेठ्याँक लगाउँला रे, तिनीहरूलाई हामी घोक्र्याइ हाल्छौँ रे, तिनीहरू त्यहाँबाट घोक्रिनेछन् रे तर तिनीहरूको ठाउँमा कसलाई पठाउने, कसलाई रोजी पठाउने ? हामी ती नयाँ अनुहारहरूलाई मात्र देखिरहेका छौँ, त्यो पनि भर्खरै, तिनीहरूलाई के कस्ता भनी चिनेका छैनौँ, हामीले तिनीहरूलाई कसरी पत्याइ हाल्ने ? पत्याउने आधार के ? केही थाहा छैन । अँध्यारोमा तारो हाल्ने, यो त तातो टाप्केबाट बच्न आगोमै फाल हाल्ने जस्तै हुँदैन र ? यस्तै भनिरहेछन् केही मानिसहरू, के गर्ने ? भन्नोस् त, आफन्तीज्यू ?” युवकको कुरा ध्यान दिई सुनिरहेका आफन्तीले आफ्ना अगाडि उभिइरहेका सबैका अनुहार एकसरो हेरे र लामो सास ताने । त्यसपछि आफन्तीले मधुरो स्वरमा भने, “उहाँ जनतामध्येकै हुन् । उहाँको कुरा हामीले सुन्नै पर्छ किनभने उहाँको मनमा जनताले दुःख नपाऊन् भन्ने चिन्ता छ । यो कुरा हामीले देख्नै पर्छ, उहाँको कुरा धेरै अर्थमा सही पनि हो । किनभने पुराना ती नेताहरू राम्रा होइनन् भन्ने हामीलाई जति थाहा छ नयाँ अनुहारहरू के हुन्, कस्ता हुन् पछि के हुने हुन् केही थाहा छैन । यो त यथार्थ हो नि ।  तर एउटा कुरा के हो भने अहिले हामीले पुराना तीनै उही नेताहरूलाई आफ्ना मत दियौँ भने उनीहरूले के के गर्छन्, त्यो त हामीलाई प्रष्ट छ । चुनावमा हाम्रा मत पाएपछि तिनीहरूले जनतालाई तृण बराबर सम्झन्छन्, कुल्चिन्छन्, हामीले केही भन्न पाउने छैनौँ । यो कुरा पनि हामीले बारबार भोगी थाहा पाएका हौँ, हैन र ? त्यसैले मानिसहरू के भन्दैछन् भने  यसपालि हामी ती सडेका, गन्हाएका, एक प्रतिशत पनि गुण नभएका ढोँगी मात्र हैन, खुल्लम् खुल्ला खराव गर्न सक्ने खराब काम गरेर पनि आपूm शतप्रतिशत राम्रा भनी आफ्नो वर्णन आपैmले गर्न सक्ने हामीले चिनेका त्यस्तालाई फाल्ने बेला त आजै मात्र आएको छ र हामी यस बेला चुक्यौँ भने हामीले के कुरा भोग्नुपर्ने हुन्छ त्यो पनि ताजा छ, हैन त ?  आज जनताका अगाडि हात जोडेर हिँडेका ती बगरेहरू भोलि हाम्रो मत पाएर हिँड्ने तिनीहरूका हातमा हामी आपैmले राखिदिएको हामीमाथि मार हान्ने खुुकुरी हुनेछन्, अनि एमसीसीलाई पन्छाऔँ भनी अनुरोध गरि हिँडेका जनतालाई “के बोल्छस् ?”, “मारौँ डन्डा” भन्दै हाम्रो टाउको फोरेका जस्ता कुरा दोहोरिनेछन् । पक्कै दोहोरिनेछन् । यो पनि त भइछाड्ने सत्य कुरा हो नि, हैन र ?  त्यसैले अहिले धेरै धेरै मानिसहरू ती धोखेबाज फटाहाहरूलाई घोक्रेठ्याँक लगाउन तम्सिरहेका छन् । उता ती नेता भनाउँदाहरू दुवै हात जोडी जनतालाई नमस्कार गर्दै हिँडिरहेका छन् । यो त बगरेले खसीलाई मार हान्नुभन्दा अघि पुुजा गरेको जस्तो तपाई हामीलाई लाग्दैन ? अहिलेको उनीहरूको चालढाल ठीक यस्तै हैन र ? भन्नोस् त, यस्तै हैन र ?” यति भन्दै आफन्तीले युवकहरूलाई हेरे ।  युवकहरू अवाक भएर आफन्तीलाई हेरिरहेका थिए । त्यसपछि आफन्तीले लामो सास फेर्दै भने,“म तपाईहरूलाई एउटा कथा सुनाउँछु । त्यो कथा आजको हाम्रो स्थितिसित मिल्दोजुल्दो छ । त्यसो भनेको यो आज हामीले सुन्नैपर्ने कथा हो । लौ, कथा सुन्नोस्,“कथा इसपको हो, राँगाहरूको कथा हो– “कथामा, सबका सब तरुना राँगाहरू आफ्ना आँखा रातो पार्दै आज आफ्ना सिङ तिखारिरहेका थिए । तिनीहरू जोशका साथ कतै नहेरी आफ्ना सिङ तिखारिरहेकै थिए । एउटा पाको राँगोले त्यो देखेर अचम्म मान्दै तिनीहरूसित सोधे,“नानीहरू हो, तिमीहरू के गर्दैछौ ? किन सबका सब, यसरी ? तिमेरुको सिङमा के भो ? किन सबैको सिङ यसरी चिल्लाएको ?” कसैले केही भनेनन् । आफ्ना सिङ तिखार्नमै लागिरहे ।  अग्रज राँगोले छक्क पर्दै फेरि सोधे, “नानीहरू, मलाई भन न, तिमीहरू यसरी आफ्ना सिङ किन तिखार्दै छौँ, सबका सिङमा के भयो, भयो के ? किन ? आपैm रिसाउँदै किन पागलसरि ? जवानीको जोश भन्दैमा जहाँ पायो त्यहीँ पोख्तै हिँड्ने त हैन नि ?” एउटा राँगोले पाको राँगोतिर फर्केर भन्यो,“काका, हामीले आज हाम्रा सिङ तिखारिरहेका छौँ, यो तपाईले देख्नुभयो, त्यसैले तपाईले सोध्नुभयो । तपाईंले हाम्रा दाजुभाइमध्ये कसै न कसैलाई ती बगरेहरूले दिनका दिन मारिरहेका देख्नुभएको छैन ? कि देखेर पनि नदेख्याजस्तो गरिरहनुभएको ? भन्नोस् त । हामीलाई छानी छानी मार्ने ती बगरेलाई हामी बाँकी राख्तैनौँ, सिध्याइछाड्छौँ । त्यसैले आज हामी आफ्ना सिङ तिखार्दैछौँ, बरु तपाईं पनि आफ्ना सिङ तिखार्नुस्, र त्यस बगरेलाई सिध्याउन हामीलाई सघाउनोस् ।” आफ्नो सिङ तिखार्दै रहेको राँगोको कुरा सुनिसकेपछि पाको राँगोले एकछिन आफ्ना आँखा चिम्म पार्दै सोचे, त्यसपछि बिस्तारै भने, “हेर्नुस् नानी, नानीबाबुले भनेको कुरा साँचो हो । त्यो बगरेले हरेक दिन हाम्रा कैयन् दाजुभाइमध्ये एक दुइ जनालाई टिप्दै लैजान्छन् । हामी देख्छौँ तर हामी केही गर्न सक्तैनौँ । अर्कोतर, हामीमाथिको उसको व्यबहार कस्तो विधि मायालु हुन्थ्यो, भोकाएका होलान् भनी चिन्ता लिएर उसले हामीलाई दाना ख्वाउँछ, तिर्खाएका होलान् भनेर पानी ख्वाउँछ, हाम्रो जिउको कति स्याहार गर्छ, त्यो पनि त हो नि, हैन र ? यसलाई पनि त बिर्सनु भएन नि । हैन र ?”  तरुनो राँगोले आफ्ना आँखा रातो पार्दै भन्यो, “हेर्नुस्, हामीलाई बगरेले गरेको माया, स्याहार, हामीलाई नै मार्न हैन र ? त्यसैले हामी त्यसलाई माया भन्दैनौँ । आखिर उसले गर्ने भनेको हामीलाई सिध्याउने नै त हो नि । त्यसैले हामी पनि हामीसित भएको सिङ तिखारिरहेका हौँ । हामी आज वा भोलि, एक न एक दिन त्यस बगरेलाई सिध्याउँछौँ, सिध्याउँछौँ, सिध्याइहाल्छौँ ।” पाको राँगोले एकछिन सोचे अनि बिस्तारै भने, “नानी, लौ हामीले त्यस बगरेलाई हाम्रा तिखा सिङले हानेर उसको मिति पु¥याइदियौँ रे, लौ, हामीले सिध्याइहाल्यौँ रे । त्यसपछि के हुन्छ ? त्यसबेला ऊजस्तो सिपालु बगरेको ठाउँमा नयाँ बगरे आउँछ । त्यस नयाँ बगरेलाई हामी राँगालाई धेरै कष्ट नहुने गरी मार्ने विधि राम्ररी थाहा छैन । भर्खरका बगरे पाका बगरेजस्ता त हुँदैन नि । अनि के हुन्छ ? भर्खर आएको नयाँ बगरेले हाम्रा दाजुभाइलाई सास्ती दिई दिई मार्नेछन् । यो कुरा पक्का छ ।  त्यसैले एकफेरा फेरि सोचौँ । रिसाएर हामीले आफ्ना सिङ तिखार्दैमा मानिसहरूले मासु खान छाडेका छैनन् । हेर्नुस् पुराना खप्पिस बगरेले दिने कष्ट भन्दा नयाँ बगरेबाट अझ बढी दुःख पाइने हुन्छ, कसो ?”  पाको राँगोको कुरा सुनेर अवाक भएका राँगाहरूले त्यसपछि आफ्ना सिङ तिखार्ने काम छाडे र झोक्रिएर बसे ।” इसपले हालेको यो कथा मैले तपाईहरूलाई सुनाएँ । कथाका राँगाहरूले पाका राँगोको कुरा सुनिसकेपछि अर्को बाटो देखेनन् । त्यसैले, कथा त्यहीँ टुङ्गियो ।  तर यो कथा सुनिरहेका तपाईहरू राँगा हैन, मानिस हो । बाटो नभएका ठाउँमा नयाँ बाटो खोल्दै हिँड्नेहरू भनेका मानिसहरूमध्ये पनि युवाहरू नै हुन् । अप्ठ्यारा जति पन्छाई अगाडि बढ्नेहरू पनि तिनै हुन् । पहाड फोर्दै, नदीलाई थुन्दै र तेस्र्याउँदै आफ्ना कमानमा राख्न खोज्ने, जङ्गल फाँड्दै अघि बढ्नेहरू पनि उनीहरू नै हुन् । उनीहरू अघि बढ्छन् । यसरी नै मानिसहरू यहाँसम्म आइपुगेका हुन् ।  आफ्ना अगाडि तेर्सिने तगाराहरू पन्छाउँदै बढ्ने काम राँगाहरूले गर्न सक्तैनन्, तगाराहरूलाई पन्छाउँदै अघि बढ्ने काम त मान्छेले मात्र गर्छन् । अहिलेसम्म तगाराहरू पन्छाउँदै यहाँसम्म आउने काम ती बगरेहरूले गरेका हैनन्, सच्चा मानिसहरूले गरेका हुन् । अहिले ब्वाँसाहरूलाई भगाउने काम पनि आजका मानिसहरूले नै गर्नेछन्”, यति भन्दै आफन्तीले आफ्ना अगाडि उभिइरहेका युवकहरूलाई हेरे । त्यसबेला आफन्ती अगाडि उभिइरहेका युवकहरू भित्रैदेखि जुर्मुराएका थिए । प्रस्तुतिः शान्तदास मानन्धर 

ए, धौलीका बाहरु

ए, धौलीका बाहरु

१३९५ दिन अगाडि

|

२२ कात्तिक २०७९

जित ट्रासन   जब , नेताले टालिएको भोटोलाई खोज्दै आएर नमन गर्छन् कुच्चिएको कालो सिलावरको डेक्चीमा आलु ताछ्दै भान्सामा भेट्टिन्छन् कतै हलो जोत्दै खेतमा कतै मकै गोड्दै बारीमा तब, ए, धौलीका बाहरु , तिमीहरू यत्ति कुरा जरुर बुझ्नु उनीहरू हामीलाई एक चोक नचाएर एक छाक खुवाएर र, एक फाँक हँसाएर पाँच वर्ष हामीलाई रुवाउन आएका हुन् । ... चाहे कोही दार्चुलामा आएर गुमेको जमिन फिर्ता गर्छु भनेर कालीतिर जतिसुकै भुकोस् चाहे कोही ताप्लेजुङमा आएर वृद्धभत्ता बढाउँछु भनेर मेचीतिर जतिसुकै कराओस्   ए, धौलीका बाहरु , तिमीहरू यत्ति कुरा जरुर सम्झ्नु उनीहरू हाम्रा खोरहरुमाथि गिद्दे नजर लाउन आएका हुन् भरे चल्लो चोर्नलाई उनीहरू हाम्रा बालीहरुमाथि कर्के नजर लाउन आएका हुन् भरे अन्न खोस्नलाई ।                  धनगढी, कैलाली