बटकुहिः अन्टिम सास

बटकुहिः अन्टिम सास

१४२९ दिन अगाडि

|

२० असोज २०७९

खिस्साः डसैंह्या जरावर

खिस्साः डसैंह्या जरावर

१४३० दिन अगाडि

|

१९ असोज २०७९

दिपक चौधरी ‘असीम’ श्याम लाल कपार पकर्ले ओसरह्वाम बैठल रहे । मनमे कुछ सोंच्टि मन लेले लम्मा साँस लेहल ओ टुटल खट्यामे ‘हुस’ कैह्के सुट्गैल । ओहे समयमे जन्नि भाँरा बर्टन ढोके अइलिस् ओ कहलिस्– ‘का हुइटा हो बड्डो ? हुस कर्टि सुटटो बरा सोंच परल हस ।’  –‘अरि का हुइ ? सोंचटु कहाँ जाके पस्ना बहैना हो टे ढेर रुप्या आइ । यहाँ टे जट्रा पस्ना बहाव खैहिं भरिक् ठिक्क हुइट् । लर्कन डसैंह्या जरावर फे डेहे नै सेक्जाइठ । काल्ह ढिक्रह्वा हो सक्कु जहनके लर्का लावा लावा झुल्वा घल्हिन, हमार लर्का टे ओहे पुराने लुग्गा घलहिं । बर्का छावा टे भारि होगिल बा, समझ जाइट । छुटकि फेर जिउ जारि,’ कहटि कहटि आँखिसे आँस बहगैलिस श्याम लालके ।  श्याम लालके मनहे ढिर्खा बँढैटि जन्नि कहलिस, ‘असौं नै सेक्लि टे का पोर साल डेब टे काहुन् । टुँ छोट मन का करे कैठो ?’  –‘सालो सालो ओहे बाट कना ठिक नै हो बड्डि । लर्कन सब बाट याड रठिन । कहाँ सम झुठ झुठ बोल बोलके ठग्बे । बरु डस्या मानि ओ मै कहुँ कहुँ कमाइ जाउँ,’ कहल श्याम लाल ।  –‘लेउ लेउ चल्जिजहो, मै जसिक टसिक घर हेर डारम् । अब ढेर ना सोंचो,’ कह्टि सम्झैलिस्, श्याम लालके जन्नि ।  ओइने डस्या भलमन मनैल । डस्या फे ओराइल ।  ..... आझ श्याम लाल झोला झम्पट् लेले आनक डेस भारतमे चलल् रुप्या कमाइ ।  श्याम लाल राटडिन मेहनट कर्के पस्ना बहा बहाके भुख्ले प्यासे रैह् रैह्के कुछ रुप्या कमाइल । आउर डोसर बरस डस्या मनाइ अपन घरे आइ लागल ।  लर्कन लग भुजा गुडा ओ लावा लावा लुग्रा झोलम लेले रेलमे बैठके आइटहे ।  राटके श्याम लाल डुइठो रोटी हाँठम् लेले खाइटहे । टब्बे एकठो बज्या लग्गे आके कलिस, ‘भैया सुख्खा रोटी क्यों खा रहे हो । ए लो, आलु टमाटर कि सब्जी ।’ राटके श्याम लाल डुइठो रोटी हाँठम् लेले खाइटहे । टब्बे एकठो बज्या लग्गे आके कलिस, ‘भैया सुख्खा रोटी क्यों खा रहे हो । ए लो, आलु टमाटर कि सब्जी ।’ श्याम लालके फे सुख्ले खा नै जाइटहिस् । उ बज्यक् डेहल टिना रोटी संगे खाके सुट्गिल ।  जब श्याम लाल निडाइल, टब बज्या श्याम लालके झोला लेके डोसर डब्बम जाके बैठ्गैल । जब डोसर स्टेसन आइल, टब बज्या रेलमसे उटर गैल ।  श्याम लालके कुछ पटै नै हुइस । उ सुट्लेक सुटले बा । अपन उटर्ना स्टेसन अइलक् फे पटा नै हुइस ।  जब उ जागल टे अपनठें अपन झोला नै हुइस । एहोंर ओहोंर खोजल । आँजर पाँजरके बाजिन् पुछल । सक्कु जे पटा नहीं कैह्डेलिस । स्टेसन आइल । रेल रुकल, उ रेलमसे उटरल । अपनहे बिल्कु अन्जान ठाउँमे पाइल ।  बाजिन्से पुछल अपन उट्रना स्टेसनके नाउँ । टे बाजि कहलिस, ओ टो पिछे छुट् गया । तुम तीन टेसन आगे आ गए । आप ऐसा करो अभि एक ट्रेन आएगा । उसमे बैठ्के आप पिछे चले जाउ । उ ओस्टेक करल ओ जसिक टसिक भग्भुन्डारे भग्भुन्डार अपन घरे पुगल ।  जन्नि पुछ्लिस, खै टे झोला बा, उहाँ लर्का डसैंह्या जरावरके अस्रम् बटै ।  अट्रा बाट जन्नि पुछ्टि किल श्याम लाल रोइ लागल । रुइटि कहल, ‘मोर  कमाइल रुप्या पस्ना बहे हस बह्गैल बड्डि । बजिया झोला चोरा लेहल । हमार जिन्गिम् सुख नैहो, डुख केल भरल बा । (उहे बिचेम् गिट बजे लागल) मेहनट कर्के फराइरल उ रुप्या बह्गैल प्यारि ।  सुखके खोजिम कमाइल उ रुप्या बह्गैल प्यारि  डिन राट एक्के समझ्के भुखले प्यासे रैह् रैह्के,  एक एक पैंसा बचाइल उ रुप्या बह्गैल प्यारि ।  फेरसे ओहे हालमे सुख डुख अपन परिवार संग डस्या मनाइल श्याम लाल ।  कैलारी–२, बसौटी, कैलाली  

थारू पौराणिक नाच प्रतियोगितामा  कठघोरी नाच पहिलो,  झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

थारू पौराणिक नाच प्रतियोगितामा कठघोरी नाच पहिलो, झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

१४३२ दिन अगाडि

|

१७ असोज २०७९

राष्ट्रिय थारू कलाकार मञ्चले दसैंको अवसरमा आयोजना गरेको दसैं बिशेष साँस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगितामा शान्ति युवा क्लव लठ्ठहवाको कठघोरी नाच प्रथम भएको भएको छ ।  राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितिले १५ असोजमा दाङ देउखुरीको गढवा गाउँपालिका–२ राप्ती रिसोर्ड एण्ड फन पार्कमा आयोजना गरेको कार्यक्रममा जम्मा १० वटा समूहले भाग लिएका थिए । सो कार्यक्रममा सखिया पैया समूह रामपुर पलासेको नाच दोस्रा तथा संघारी सांस्कृतिक मञ्च उत्तर मजगाउँको बड्का नाचले तेस्रो भए ।  विजय हुने समूहलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । कार्यक्रममा गायकहरु अन्नु चौधरी, समीक्षा चौधरी, रोशन रत्गैया, दोषहरण चौधरी, शालिकराम चौधरी, राजेन्द्र चौधरी, डिआर चौधरी, गायक तथा हाँस्यकलाकार गौतम चौधरी, गायक मोडल समु चौधरी लगायतको विशेष प्रस्तुति रहेको थियो ।  त्यस अघि उक्त कार्यक्रमको समुद्घाटन मन्तव्यमा शहरी विकास मन्त्री मेटमणि चौधरीले थारू समाजलाई अगाडि बढाउन संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको धारणा राखे ।  थारू समुदायका पुराना नाचगान, संस्कार, संस्कृति हराउँदै जान थालेको र नयाँ युवा पिढीले आधुनिक गीतसंगीतमा मात्र रमाउन थालेकोमा मन्त्री चौधरीले चिन्ता व्यक्त गरे । साथै, थारू समुदायको पहिचानका लागि थारू कलाकार स्थापित हुन जरूरी रहेको पनि उनले बताए । मञ्चका दाङ अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अञ्जु चौधरी र कार्यक्रमका बारेमा मञ्चका केन्द्रीय महासचिव रोशन रत्गैयाले जानकारी दिएका थिए । बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता यसै गरी थारु कल्याणकारिणी सभा (थाकस) देउखरी गढवा इकाइ कमिटिको आयोजनामा असोज १६ गते गढवा गाउँकमिटि स्तरीय बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता गढवामा सम्पन्न भएको छ । नाच प्रतियोगिताका निर्णायक सुरेश चौधरीका अनुसार प्रतियोगितामा पचुहिया गाउँको नाच पहिलो, लोखरपुरवा गाउँको नाच दोस्रो तथा पर्नाहा गाउँको नाच तेस्रो, मक्नह्वा गाउँको नाचले सान्तवना स्थान प्राप्त गरेकको छ ।  कार्यक्रममा गढवा गाउँपालिकाबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउनहरुलाई सम्मान पनि गरिएको थियो । जसमा समाजसेवी भगवती प्रसाद चौधरी, खेलाडी पद्मा चौधरी, गायक दोषहरण चौधरी, कमलरी अभियन्ता उर्मिला चौधरी लगायत थिए । कार्यक्रमका प्रमुख अतिथि थाकस देउखुरीका सभापति  प्रकाश चौधरी तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले सम्मानित गरेका थिए । कार्यक्र थाकस गढवाका सभापति  संजिव चौधरीको सभापतित्वमा भएको थियो ।   

एनटिभी कोहलपुरबाट थारू भाषामा ‘बठिनिया’ टेलिसिरियल आउँदै

एनटिभी कोहलपुरबाट थारू भाषामा ‘बठिनिया’ टेलिसिरियल आउँदै

१४३४ दिन अगाडि

|

१५ असोज २०७९

सुशील चौधरीको लेखन तथा कैलाश अधिकारीको  निर्देशनमा थारू भाषामा ‘बठिनिया’ टेलिसिरियलको पहिलो श्रृंखला आज शनिबार असोज १५ गते  साँझ ७.३० बजे प्रसारण हुँदैछ ।                                                                                                              बालबालकारका साथ लेखक सुशील चौधरी लेखक सुशील चौधरीका अनुसार नेपाल टेलिभिजन कोहलपुरको सहकार्यमा तयार हुँदै गरेको  सामाजिक तथा सांंस्कृतिक परिवेश समेटिएको  ‘बठिनिया’ टेलिसिरियल अहिलेलाई ५२ भाग प्रसारण गर्ने सम्झौता भएको छ ।  एनटिभीका विजय वर्माका अनुसार प्रत्येक शनिवार  साँझ ७.३० तथा आइतबार दिउँसो २ बजे र राती ९.३० बजे थारू भाषामा ‘बठिनिया’ प्रसारण हुनेछ ।                                                                                                        बालबालकारका साथ मुख्य कलाकार सानु चौधरी

कमरेड स्याउला

कमरेड स्याउला

१४३७ दिन अगाडि

|

१२ असोज २०७९

केशव सिलवाल तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई भन्नुहुन्छ– कहीँ यस्तो पनि नाम हुन्छ ? तर, ऊ कमरेड स्याउला नै हो स्याउला बोकी बोकी हुर्किएको ऊ जङ्गलमा लुक्दा लुक्दै, दौडँदा दौडँदा कमरेड स्याउला बन्यो तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई स्याउलाको उन्मुक्त, निश्छल, जीवनवादी हाँसोलाई तर, चिन्नुहुन्छ त्यस्ता मानिसलाई जो अरुको निरीहतालाई मिठाई सम्झेर खाइदिन्छन् चिन्नुहुन्छ त्यस्ता मानिसलाई जसले तपाईंको भरोसालाई व्यञ्जन ठानेर चपाइरहेछन् र पनि तिनकै पाउ ढोग्नुलाई तपाईं मुक्ति भन्नुहुन्छ म चिनाउँछु तपाईंलाई कमरेड स्याउला ऊ अलिकत तेज, अलिकत वेग हो तुषारो मन पर्नेलाई ऊ मन नपर्न सक्छ तर, ऊ तपाईंको स्वागतमा निस्फिक्री हाँसिदिन्छ तपाईंलाई आसनीमा आफ्नो दुःखको चकटी ओछ्याइदिन्छ म तपाईंलाई भनिदिन्छु – उसको एउटा हात छैन यस व्यवस्थाले उसको एउटा हात लग्यो अहिले ऊ त्यो हात कहिले फिर्ता होला भन्दै थवाङ्बाट माथि मिरुलतर्फ हेरिरहन्छ तर, क्लेश छैन मनमा रती पनि  ऊ समस्त मानिसको नाममा  एउटा हात चढाउन पाएकोमा हाँसिदिन्छ तपाईंले ठाने जस्तो उसको अनुहारमा हतासाको तमासा खिचिएको छैन लत्रेर–झुकेर बाँच्न जानेको छैन उसले त्यसैले त ऊ कमरेड स्याउला हो तपाईं मात्र होइन यो आतपी व्यवस्था पनि चिन्दैन उसलाई ऊ कहाँ बस्छ, के खान्छ कुनै लेखाजोखा राख्दैन उसका दौँतरी पनि चिन्न चाहँदैनन् उसलाई उल्टै उसलाई सोध्छन्– तिमी चिन्छौ मलाई रु त्यति बेला भने ऊ रिसले दाँत टोक्छ र पनि हाँसेर भनिदिन्छ– किन नचिन्नु रु तर, उसका दौँतरी नचिनिने भइसकेका छन् कमरेड स्याउला भने उस्तै छ पहाडी अनुहारजस्तै म अझै तपाईंलाई भनिदिन्छु– उसले जम्मा चार किलास पढेको छ तपाईं सुन्नुहुन्छ– चार गिलास भन्नुहुन्छ– यस्ता मानिसले समस्त हितको कुरा गर्न सक्दैनन् भन्नुहुन्छ– यिनीहरूले गिलासको कुरा मात्र गर्न सक्छन् महोदय, तपाईंको साँघुरो मुटुभन्दा उसको चेतन–आकाश धेरै फराकिलो छ यस्तैको रगत गुराँसझैँ फुलेपछि मात्रै यो देश बँगैचा बन्ने तरखरमा छ यस्तैको हातगोडा सापट लिएपछि मात्रै यो देश हिँड्ने तरखर गर्दैछ तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई ऊ आफ्नो जीवनको लय भाँचिए पनि (तपाईंलाई भनिदिऊँ–  तपाईंको नाममा चिन्तन गर्दा गर्दै स्व–जीवन जोर्ने अवसरै पाएन उसले) ऊ दूर कन्दरामा रहेर पनि तपाईंको यामिनीमा हरियालीको कामना गरिरहेछ हरेक पाल्सीपनको अन्त्य चाहिरहेछ ऊ दुःखी त यसकारण छ कि यो रप्फु गरिएको रुग्ण व्यवस्था  हड्डीको उलिन्काठ चढेर उल्टो बाटो हिँडिरहेछ ऊ अझ दुःखी त यसकारण छ कि यो उलिन्काठ बोक्ने उसकै साथी संगातीहरू छन् तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई तर, उसको निश्छल जीवनवादी हाँसो गुन्जिरहेछ  दूर कन्दरामा र, खाँचो पर्यो भने ऊ आफ्नो दोस्रो हात दिन तयार भएर बसेको छ ।

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

१४३८ दिन अगाडि

|

११ असोज २०७९

नवराज लम्साल आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्य धन्य भएको छु । म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । आज यो भव्य सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु । ज्ञान परम्परा र वर्तमान हो, आज म बाँचेको युग सङ्गत÷विसङ्गतको दोसाँधमा छ । जीवनका आयाम र आयतन अनुत्तरित छन् । अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थर्थराएको छ । छन्, धेरैधेरै प्राप्ति छन्, आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधाआदि प्रशस्त छन् तर पनि किन अन्तर उज्यालो हराउँदै गएझैँ लाग्छ ? किन बाहिरी उज्यालोले आफैँ तिर्मिराएझैँ लाग्छ ? के हो यो, सार कि निस्सार ? आफूभित्रको आफैँ किन हेर्दैन मान्छे ? आफैँभित्र के देखिन्छ ? किन देखिन्छ र कसरी देखिन्छ ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ तर पनि मान्छे भित्रको स्वतन्त्र, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ ? अन्तर स्वतन्त्रताको मूल धमिलिएको त छैन ? मुहानको शान्ति खलबलिएको त छैन ? लेख्नु भनेको यही स्वाधीन स्वत्वको उपल्लो अभिव्यक्ति हो । लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध÷सङ्लो पार्नु हो । आज कहाँ पाउनु वेदका ऋचा लेखूँजस्तो लाग्ने नदी किनार ? समवेत स्वरमा देउराली घन्किने गायन कहाँ पाउनु ? कहाँ पाउनु लगौँटी कसेर खगोल अध्ययन गर्ने ज्योतिष बा र कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः ? कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आआफ्नै बाटोमा लागेका त होइनन् ? म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुतिरस्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? आज आफ्नै कञ्चन रङमा फूलले हाँस्न सकेको छैन । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? क्षमा गर्नुस्, यो निराशा होइन । म पुराना सन्दर्भतिर फर्कन खोजको मात्रै हुँ । आफूले आफैँलाई सम्झन खोजेको हुँ । षड्दर्शन, षड्शिक्षा, अन्तरको अँध्यारो फाल्ने शैक्षिक साधना र वयं राष्ट्रे जागृयामसँग आजको शिक्षाको सम्बन्ध के होला, होला कि नहोला ?  दुरुह, क्लिष्ट र खतराजन्य ज्ञानले जीवनलाई जीवन बनाउला कि यन्त्र ? मान्छे मान्छे हो कि मेशिन ? हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? ज्ञान अन्तर उज्यालो हो कि आर्जनको भर्‍याङ ? मानव जीवन रहस्य हो कि समस्या ? सत्यको परख कसरी गर्ने ? बाँच्नुको दर्शन के हो ? लेख्नु आनन्द हो कि परिवर्तन ? दुवै हो कि, दुवै होइन ? मेरा अक्षरहरू मैलाई सोधिरहन्छन् र आफ्नै प्रश्नले आफैँ थिल्थिलो हुन्छु, आफैँ निथ्रुक्क हुन्छु । लेख्नुअघि म आफैँलाई विनम्रतापूर्वक सोध्छु, लेख्ने के हो, पढ्ने के हो ? पढ्ने पाठक को हो ? यही विषय नलेखे के हुन्छ ? मैले नलेखे के हुन्छ र अहिल्यै नलेखे के हुन्छ ? साँच्चै कहिल्यै नलेखे के हुन्छ ? लेख्दै नलेखे के हुन्छ ? लेख्नु भन्नु त आफैँ पोखिनु हो । पोखिनुअघि पूर्ण रूपमा भरिनु जरुरी छ । आज कुन लेखक कहाँबाट कुन अमृत बिन्दु टिपेर कसरी भरिने हो ? चक्र शरीरमा पनि छ र समाजमा पनि छ । षड्चक्रभन्दा माथि छ, सहस्रार चक्र । जीवनका गिर्खागिर्खीभन्दा माथि छ, साधनापूर्ण विजय प्राप्त गरेपछि अनुभूत हुने त्यो उपल्लो मेधा शक्ति । लेखनको उद्देश्य त त्यतै जाने र लैजाने हो । एक्लै गएर कहीँ पुगिन्न । सँगै जानु छ समाजसँगै, सँगसँगै र हिँड्न नसक्नेलाई पनि सँगसँगैै लैजानु छ अक्षरको बाटो हिँडाएर– संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् । महाकाव्य परम्परा र अग्नि महाकाव्य परम्परा महाजीवन परम्परा भएर समाजमा लपक्क छ । रामायण र महाभारत हुन् वा अन्य विविध धार्मिक ग्रन्थहरू । भानुभक्त आचार्यको रामायण, शाकुन्तल आदि देवकोटेली महाकाव्य विरासत, आफैँ तात्न खोजेको चिसो चुलो, नरसिंह अवतारआदि हुँदै बगेको महाकाव्य परम्परामा अग्नि भएर मिसिन पाउँदा मभित्र खुसीको भर्भराउँदो ज्वाला उठेको छ ।   हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? यसो भन्नु मेरो धृष्टता पनि होला तर भन्न मन छ– आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसुस गरेको छु । लेखकीय सत्ताको सर्वोच्चता  मान्छेभित्रको मनुष्यत्व र त्यही मनुष्यत्वको अविभाज्य स्वतन्त्र चेतना मान्छेको मूलशक्ति हो । स्वतन्त्र मान्छेले मात्र स्वतन्त्र धारणा बनाउन सक्छ र त्यही धारणाको स्वस्फूर्त नित्य निमग्नता लेखनकोे जग हो । आदेश, उपदेश वा कुनै पनि निर्देशनको परिधीय सीमा लेखनसत्ता हुन सक्तैन । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । नीति कि अनुभूति ? बोध कि अवधारणा ? परिवर्तन कि रूपान्तरण ? अन्तरबोध कि वचनको भारी ? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ । लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो ।  कुनै योगीको ब्रह्मस्वरूप आनन्द र कविता उज्यालोको आलम्वन, मलाई उस्तै उस्तै लाग्छ ।  चैतन्यबोध गरेको योगी त्यो चरम आनन्द बताउन सक्तैन तर एउटा कवि त्यही आनन्दमा पुगेपछि बल्ल उपल्लो कविता लेख्न शुरु गर्छ र काव्य निर्माण हुन्छ । कविता भन्नु आफैँलाई बिर्सिएपछिको आफ्नै बोधको उपल्लो कोटिको उज्यालो हो ।  र अन्त्यमा  आजको यो क्षण मेरो जीवनकै उपल्लो खुसीको क्षण हो । मेरो लेखन कर्मले फेरि एक पटक सामाजिक स्वीकृति पाएको छ । जीवनमा यो ठाउँमा यसरी उभिन आइपुग्छुजस्तो लागेको पनि थिएन । अक्षर, समय र ईश्वरलाई धन्यवाद ।  यतिखेर अग्नि महाकाव्यको पात्र ठुले कामीलाई सम्झेको छु । छेलाङी विश्वकर्मा र जुनीमायालाई सम्झेको छु । अर्धनग्न शरीर लिएर आरनमा प्यात्त निदाइरहेका तिनका सन्तानलाई सम्झेको छु ।  मैले खोज्दै हेर्दै हिँडेका आरनहरू सम्झेको छु । त्यहाँका अग्निज्वाला सम्झेको छु । आफैँभित्रका निजी आवेग, संवेग सम्झेको छु र आफ्नै सात वर्षकी नातिनी आयरालाई सम्झेको छु, जो अग्नि लेख्ने बेला मेरो काखमा लुटुक्क निदाउँथी । सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो र त्यो परको परम दिव्य उज्यालो एकाकार होस्, चैतन्यतर्फको अक्षर यात्रा जारी राख्न सकूँ । अक्षर ईश्वर हो र यसैको पूजामा निरन्तर निरन्तर लागिरहनु सकूँ । सबैको आशीर्वाद मिलोस् । मदन पुरस्कार विजेता महाकवि नवराज लम्सालले मंगलबार ललितपुरको पाटनढोकामा आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तब्यको सम्पादित अंशः

लोक संस्कृतिका अभियन्ता आरसी सम्मानित 

लोक संस्कृतिका अभियन्ता आरसी सम्मानित 

१४३९ दिन अगाडि

|

१० असोज २०७९

लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिबल’को १०औं वार्षिक उत्सव तथा जनरल कङ्ग्रेसले विश्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्नेहरू मध्येबाट नेपालको प्रतिनिधित्व गर्ने आरसी कोइराला ‘रामचन्द्र’लाई FIDAF Best Activity Country Award 2021 बाट सम्मान गरेको हो । कोइरालाले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्न खेलेकोे भूमिकाको आधारमा उक्त सम्मानबाट सम्मनित गरिएको हो । ३० वर्षभन्दा बढी समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका कोइराला विगत १० वर्षदेखि FIDAF को कार्य समितिको उच्च पदमा रही काम गर्दै आएका छन् । २४ वर्षअघि एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्व जगतमा पुर्याउँदै आएका कोइराला FIDAF लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा आबद्ध  छन् । नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्दै आएका कोइरालाले सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भनेका छन्– ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ र यस क्षेत्रमा अझै केही गर्न प्रेरित गरेको छ ।’