मातुभूमि

मातुभूमि

२०१ दिन अगाडि

|

२ फागुन २०८२

भोजाहा टेपरी

भोजाहा टेपरी

२०२ दिन अगाडि

|

१ फागुन २०८२

-चित्रबहादुर चौधरी    आजीले बुझेकी थिइन् पुस सकिएर माघ आउँछ बुडीले हेक्का गुमाएकी छैनिन् माघ-फागुनले घरबार जुराउँछ। मेरी घरगोसिन्या पढ्दैछिन्- पुसे स्याँठको मलिन अनुहार छिनछिनमा बदलिँदो बदरी मैगर गुडरीले रोक्न नसकेका टौवा र पौवाले नपत्त्याएका  लात्ती खाएरै अघाएका गोडाहरू! सुन्दैछिन्- दाइभाइको मन फिर्त्याउन अघ्रान तेर्स्याएर डग्गरमा छेंडिएका छाईका अलापहरू- 'जिन् जाओ डाडु अँढार बनाके !' एइ ! आजी बुडी ओइ ! घरगोसिन्याँ र छाई तिम्रो पाठशालाले सिकायो र, अहिले म पनि  कनिकुथी समयको कखरा पढ्दैछु जानि नजानी जुगको पहाडा भट्टयाउँदैछु- हामी फागुने भोजाहा टेपरी होइनौं !               ***   ***   *** *भोजाहा टेपरी: बिहेको टपरी *आजी:परबज्यै *बुडी:बज्यै *घरगोसिन्याँ:घरबुढी *छाई: छोरी *गुडरी:सिरक                              टीकापुरः कैलाली

उही नाम्लो, उही कुम्लो

उही नाम्लो, उही कुम्लो

२०५ दिन अगाडि

|

२८ माघ २०८२

उषा शेरचन   यदि पुरानै रोज्ने हो भने बहुमत दिएर रोजौँ कम्तीमा बाटो स्पष्ट होस् यदि नयाँलाई रोज्ने हो भने बहुमत दिएर रोजौँ कम्तीमा परिवर्तनको ढोका खुलोस् तर न यता पुग्ने, न उता पुग्ने मतले देशलाई सधैं उही नाम्लो, उही कुम्लो बोकाएर हिँडाउने पक्का छ छोटो खास्टोजस्तै शिर छोप्दा पाउ खुल्ने पाउ छोप्दा शिर देखिने तीस वर्ष बितिसक्यो न भाषण फेरिए न अनुहार फेरिए त्यसैले त देशको बिहान अझै कुहिरोमै हराइरहेछ उही भ्रष्टाचारको धुवाँ उही सत्ताको लोभ उही खोक्रा आश्वासन र जनताको उही थकान महँगाइको चर्को सास र टाउकोमाथि ऋणको भारी छायाँ भ्रष्टाचारी भनेर चिनेरै फेरि तिनकै जयकार अनि सरकार ढल्यो भनेर फेरि करुण गुनासो के यो हाम्रो विवेकमाथि गरिएको अन्याय होइन? नयाँलाई कामै गर्न नदिई असफल ठहर गर्छौं पुरानालाई असफल सावित भइसक्दा पनि फेरि काँध थाप्छौं कामै नगरी राम्रो नराम्रो कसरी छुट्याउने? हामीले चिन्ने नेता होइन कामको उज्यालो हो हामीले रोज्ने नाम होइन नतिजाको उज्यालो हो हामीलाई न पुरानो चाहिएको छ न नयाँको खोक्रो नारा हामीलाई चाहिएको छ त तीस वर्ष चलाएजस्तो देश चलाउने हात होइन स्वार्थभन्दा माथि उठ्ने मन र तीन करोड नेपालीका लागि धड्किने हृदय हामी व्यक्तिगत रूपमा न पुरानालाई चिन्छौँ न नयाँलाई नै हामीले चिन्ने भनेकै कामको छायाँ र उज्यालो मात्र हो उमेर ढल्कँदैछ समय बग्दैछ कतै हाम्रो जुनी “अब सुध्रेला” भन्ने आशामै बित्ने त होइन? यदि अब पनि हामी विवेकको सट्टा पुराना आदत नै रोजिरह्यौँ भने हामी मतदाता होइन दलका दास मात्र हुनेछौँ अब प्रश्न सरल छैन गम्भीर छ हामी नाम रोज्छौँ कि काम? हामी दल रोज्छौँ कि देश? हामी स्वार्थ रोज्छौँ कि तीन करोड नेपालीको भविष्य? देश उँभो लैजानु नै छ भने अब हाम्रो निर्णय पनि उँभो लाग्नुपर्छ र आफ्ना सबै स्वार्थ त्याग्न सक्नुपर्छ !!                                 पोखरा

फेरि चुनाव आयो

फेरि चुनाव आयो

२२२ दिन अगाडि

|

११ माघ २०८२

फेरि चुनाव आयो ! प्रश्न उही नयाँले के गर्‍यो ? पुरानोले के बिगार्‍यो ? यी दुईको चुङगल्मा देश अड्कियो। देश बन्ने सपना सपनामै भट्कियो। नयाँ चिच्याउँछ- “हामी इमानदार!” पुरानो गर्जिन्छ- “हामी बिना सब बेकार!” एउताले भन्छ— “पुराना अब इतिहास हुन्।” -ठन्क्याई दिउ! अर्कोले कराउँछ— “नयाँ सब हावा हुन।” -मिल्क्याईदिउ! दुवैको हठमा- जनताको आश बिलायो। मञ्चमा राष्ट्रवाद, भित्रभित्रै सौदाबाज, गल्लीमा युवा बेरोजगार, संसदमा कुर्सी नै संस्कार। नयाँसँग जोश छ-तर दिशा छैन। पुरानासँग नक्शा छ तर नियत छैन। कुर्सी नयाँ–पुरानोको होइन, कर्तव्य र इमानको हुनुपर्छ। पद उमेरले होइन, कर्तव्यले सुहाउनुपर्छ। नेतृत्व अनुहारले होइन, चरित्रले चिनाउनुपर्छ। अब पनि हामीले युवालाई भिडायौँ भने, भोटको नाममा-घृणा फिंजायो भने, इतिहासले सराप्ने छ । "यिनीहरू आफैं लडे, अरूले राज गरे ।" बरु आऊ, नयाँको साहसलाई पुरानोको विवेकसँग मिसाऔँ, आरोप हैन,देश बनाउने संकल्प बाँडौँ। देश बनाउने जिम्मा नयाँको मात्रै होइन, पुरानोको मात्रै पनि होइन, यो त हामी सबैको साझा कर्तव्य हो।                  बर्दिया, हालः कीर्तिपुर, काठमाडौं स्केचः एआइ  

सोचके ठ्यापर

सोचके ठ्यापर

२२३ दिन अगाडि

|

१० माघ २०८२

पुरान (छोर्वा) मलिक्वा बुह्रान,दाङ, मल्ह्वारा ह आपन आजन्हँक बिर्टा सम्झट कहट, मै बेह्रा उँइरा नि डेम कहट, मै खेट्वा नि डेम वाक बाबा  ड्यासक बरघर बनल म मुक्त कमैया घोसना हुइलक मुक्त कम्लहरी घोसना हुइलक उ बिसर रहल या उ जान्क फे नि जानल जस करट ।   बुह्रानिक छोटु डाडुक राजनीतिक खेट्वा कमाइ भिर्लक ढ्यार सल्वा हुइलिन उहाँ इ खेट्वम गन नि सेक्ना उन्ज्रा रकट  व पस्ना बहा रख्ल ।   कौनो ना कौनो डिन  उह खेट्वक कमाहि खाइ मिलि कैक उ आसम बैसट बैसट हुँकाहार  जग्गा कमाइ बेर जर्मलक छावक इ सल्वा भ्वाज हुइलिन ।   हुँकाहार कपारिक कर्या भुट्ला हुँकाहार मुँहक कर्या डाह्रि म्वाँस गोह्रर हुइना पाला पइलिन बेन उ जग्गक  कमाहि खैना पाला नि पैल ।   अइ छोटु डाडु, टुँ बुझ पर्ना बाट का हो कलसे आपन नाउँ जट्रा क्रान्टिकारी ढर्लसे फे जट्रा क्रान्टिक सज्ना मैना गैलसे फे  हुँकनक सोचम रहल थारुन कमैया डेख्ना सोचके ठ्यापर ह च्वाटसे काट्क नि फाँकट् सम उ राजनीटिक फँट्वम  जठ्याक रकट् पस्ना बहिलसे फे कमाहि खाइ पैना अस्ट हो । बर्दिया, आबः काठमाडौँ

कम्युनिस्टके बास

कम्युनिस्टके बास

२२७ दिन अगाडि

|

६ माघ २०८२

मै कसिन हुँ ? टुँह कहो महि आस्काल  मार्क्सवादके बास फे पुइन गन्ढाइट । महि आस्काल लेनिनबादके स्वाड फे बिख अस लागट । महि आस्काल  माओवाददके चलन फे  मट्टाइल भैँसक् लराइ अस लागट । काजे महिँ असिन लाक्ठुइ ? टुँह कहो  कि म्वार किउ लुगाबार काट डे राखल ? मै जर्मटिक भरिक असिन नि लाग  पैल्ह महि मार्क्सवादके बास  बेब्रि डौनक् बास असक लाग ।  बेब्रि डौनक बासक् पाछ लाक्के  मै आपनहन बिसर गिल रनहुँ । पैल्ह महि लेनिनबादके स्वाट्  बर्यक् स्वाड असक् लाग ।  पैल्ह महि माओवाद कलक  हमार हटल इतिहासहन जिटिना  जिटाक आग टन्ना लह्रु असक् लाग । असट्मसे सट म पुग्ना डगर असक् लाग  आस्काल सक्कु चास महिँ उल्टा लागठ काजे हुइ ओसिन टुँह कहो  पैल्ह टुँ गाउँ म रलहो  पैल्ह टुँ गरिप मनैन्हँक बाट सुनो जब टुँ सहर छिर्लो  आस्काल टुहाँर सङ रुप्यक सिकार कर्ना गिढकेल रठ । एक्ठो बाट पटा बाट टुहिन ? पैल्ह मै जसहँ रनहुँ आब फे ओसहँ बाटुँ । म्वारसङ कन्ढ्या डोसुइया मनै ओस्टक बाट  टर टुँ पैल्हक जसहँ नि हुइटो  टुहाँर सङ कन्ढ्या डोसुइया मनै नि हुइट  बाट ट सिरिप रुप्यक सिकार खउइया गिढ केल्हिक ।   ठाकुरबाबा नपा, गोबरैला, बर्दिया आबः काठमाडौं