भइया रोइ लागल

भइया रोइ लागल

२७३ दिन अगाडि

|

२२ साउन २०८२

संविधान का टै डिठार बाट्या ?

संविधान का टै डिठार बाट्या ?

२७५ दिन अगाडि

|

२१ साउन २०८२

टै न कर्रसे जात चिन्ठ्या एक्ठो जातिक मन्त्री ह हेग्नि लग्लसे फे सरकारी रुप्यम विदेशम बिर्वा करा डेठ्या और मन्त्रीक मिर्गौला फेर्ना रलसे फे टरप टरप क मुअ डेठ्या को संविधान का टै डिठार बाट्या ?  डुन्याँ डेख्जाइट ठुन्यार घिनाहुन चिन्जाइट डिठार रना झन मजा थारु जे ड्यासक धर्ति पुत्र हुँकन टै घिनाहुन डेख्ठ्या को संविधान टै कसिन डिठार बाट्या ?  ट्वार पन्ना थारुनक कट्लक बन्कस ट्वार मसि थारुनक रकट पस्ना  ट्वार जरम थारुनक त्याग तपस्या  ट्वार करम कसिक अल्गाइट थारुन को संविधान टै काजे थारुन हिगारल बाट्या हुँक्रफे नेपाली  थारुफे नेपाली  टभुन थारुन  अल्ग डेख्ठ्या को संविधान कि टै थारुनक ला आँख फ्यारल बाट्या ?  –ठाकुरबाबा नगरपालिका–८, गोब्रैला, बर्दिया  हालः काठमाडौं

बुख्याँचा

बुख्याँचा

२७५ दिन अगाडि

|

२० साउन २०८२

मालिकहरू बुख्याँचा बनाउँछन् बुख्याँचा अर्थात् झुक्का हो मालिकहरू झुक्याउनलाई झुक्का अर्थात् बुख्याँचा बनाउँछन्  बाली खान आउने  चराहरू तर्साउनलाई बुख्याँचा बनाउँछन् मालिकहरूले आफ्नो आचरण पनि उसमा रहोस् आनीबानी स्वभाव पनि ऊसँगै रहोस् यही आकांक्षा पालेर आफ्ना थोत्रा कपडाहरू पहिराउँछन् कमिज लगाइदिन्छन्, टोपी लगाइदिन्छन्  अनि, थोत्रै पाइजामा पन लगाई दिन्छन्  र, बारीका कान्ला, खेतका अालीमा लगेर सजाउँछन् । बुख्याँचाहरूको आफ्नो आत्म हुँदैन उनीहरूको आफ्नो आस्था पनि हुँदैन  कुनै निष्ठा पनि हुँदैन र, कुनै प्रतिष्ठा पनि हुँदैन  उनीहरू त मालिकको इसारामा चल्छन् मालिकहरूकै इमानका लागि चल्छन् अनि,  मालिकहरूकै आस्था र प्रतिष्ठाका लागि चल्छन्  मालिकहरूले उत्तर जा भन्यो भने उत्तर जान्छन् दक्षिण जा भन्यो भने दक्षिण जान्छन्  पश्चिम जा भन्यो भने पश्चिम जान्छन् पूर्व जा भन्यो भने पूर्व जान्न्छन्  उठ भन्यो भने उठ्छन् सुत भन्यो भने सुत्छन् यसरी बुख्याँचाहरू मालिककै निर्देशन पालना गर्छन् । किन कि उनीहरूको आफ्नो स्वाभिमान हुँदैन आफ्नो कुनै पहिचान पनि हुँदैन न हुन्छ उनीहरूको कुनै अस्तित्व न हुन्छ कुनै आफ्नो अपनत्व उनीहरू त पुरै पुरै निस्प्राण हुन्छन्  निस्प्राण अर्थात् मूर्दा । कहिलेकाही मालिकहरू  बुख्याँचाहरूलाई कवाज खेल्न सिकाउँछन् अघि बढ् पछि हट दायाँ मोड बायाँ मोड जसो-जसो मालिकहरू गर भन्छन् उनीहरू त्यसै, त्यसै गर्छन् । किनकि उनीहरूको आफ्नो चेत हुँदैन र, कुनै आफ्नो विवेक पनि हुँदैन उनीहरू त फगत बुख्याँचा हुन् पुतला हुन् अर्थात् झुक्का हुन् ।  

छोरा, तिमी नदी जस्तै रुनु 

छोरा, तिमी नदी जस्तै रुनु 

२९१ दिन अगाडि

|

४ साउन २०८२

निभा शाह आमा ! बाले  भन्नू भाको  छोरा  मान्छे  रुनु हुदैन हो  ? धत लाटो ! छोरा मान्छे  काठ हो र नरुनु ? छोरा  मान्छे  लास हो र नरुनु ? छोरा मान्छे रुनु हुन्छ छोरा तिमी रुनु   तिमी छोरी  जस्तै धक फुकाएर रुनु। स्व चोटहरुमा रुनु परचोटहरुमा रुनु  रुनु  आँशुको सुन्दरता हो तिमी आँशुको सुन्दरतामा रुनु ह्र्दय निचोरिएको बेला झरी  जस्तै   रुनु आँशु त   ताल फुटाउने नदी हो तिमी नदी जस्तै रुनु। घनघोर बादल छाए  तिमी   बादलुको विभोरतामा रुनु हिमालमा घाम पोखिए  तिमी   घामको सुन्दरता रुनु  रुनु छोरा रुनु  घाम पोखिएको हिमाल जस्तै रुनु लामो सितलहरुमा घाम नदेखिए तिमी  घामको  सम्झनामा रुनु लामो   औशीहरुमा जून नदेखिए तिमी जूनको सम्झनामा रुनु  रुनु छोरा रुनु रुने भंगालोहरुमा रुनु। रुनु  छोरा रुनु मन  दुखेको  बेला  रुनु रुनु छोरा रुनु मन हाँसेको बेला रुनु । रुनु छोरा रुनु बजुको कोखेलामा रुनु बाजेको काधमा रुनु बजुको ओढनीलाई  रुमाल बनाएर रुनु । रुनु छोरा रुनु मन उगाडो भए रुनु मन अँध्यारो भए रुनु । आमाको  अंगालोमा बेरिएर  रुनु बाको  छातीमा टासिंएर  रुनु साथीको हत्केलालाई  रुमाल  बनाएर रुनु रुनु  छोरा रुनु बादल  लागेको  बेला झरी   भएर   रुनु। रुने  अंगालो  नभेटे  शिरानीलाई  अंगालो  बेरेर रुनु रुखहरुलाई अङ्गालो  बेरेर  रुनु आफ्नै औंलाहरुलाई रुमाल  बनाएर रुनु आफुले आफैलाई अंगालो बेरेर रुनु  रुनु छोरा रुनु  रुने अंगालोहरुमा रुनु रुने  भंगालोहरुमा रुनु। कुनै भंगालाहरु कहिल्यै संगम हुदैनन्  ती भंगालाहरुमा रुनु घट - घटमा रुनु मरघटमा रुनु ।  मुटु जलिरहेको बेला मुटुलाई शितलता दिन रुनु  घाम पोखिएको हिमाल जस्तै रुनु स्व  पिडामा रुनु पर  पिडामा रुनु  आँखामा झुण्डाइएका बगरका पर्दाहरु च्यातेर  तिमी नदी जस्तै रुनु  तिमी नदी जस्तै हुनु ।

म नदी

म नदी

२९२ दिन अगाडि

|

३ साउन २०८२

पेशल पोख्रेल म खोला, म नदी बग्नु, बगिरहनु मेरो धर्म म थोपा, म जीवनरस रसाउनु, भिजाइरहनु मेरो कर्तव्य । बाफ भन कि बादल वृष्टि भन कि वर्षा शुष्क–सुषुप्त तिम्रा आँत, अवयवहरूमा छर्किदै छिटा, रसाउँदै–भिजाउँदै तिम्रा धमनी तिमीलाई पखाल्ने, चोख्याउने र बचाउने पनि त म नै हुँ । म छु, र त तिम्रा आँखाले देखिरहेका छन् हरियाली म छु, र त तिम्रा सपनाले भेटिरहेका छन् फैलिने आकाश सुकेर बञ्जर बगर बन्नुअघि डढेर फुस्रो खरानी बन्नुअघि म आउँछु र फेरि सुम्सुम्याउँछु तिम्रो सेरोफेरो म आउँछु र फेरि भिजाउँछु तिम्रो तन म बाँड्छु रस   म छर्छु शीतलता र तिमीले भेट्छौ जीवनका इन्द्रेणी । यसरी, तिम्रो र मेरो सहमतिजन्य सान्निध्यका निम्ति तिम्रो र मेरो उल्लास, उन्नयनका निम्ति मेरा साना शर्त छन् – मलाई आफ्नै लयमा बर्सिन दिनू  आफ्नै गति र बाटोमा बग्न दिनू नछेक्नू मेरो प्रवाह नठड्याउनू अवरोध नमिच्नू मैले भोगिआएका साँधसिमाना नहेप्नू  नजिस्क्याउनू खोल्नू कान, आँखा र बुझ्नू – प्रकृतिको लय  त्यसले अनवरत आफ्नै ताल ठोकिरहेको वेला कहिले सङ्गीत निस्किएला, कहिले हुण्डरी कहिले गीत सुनिएला, कहिले क्रन्दन नाच्न, पङ्ख फिजाउन मन लाग्ला कहिलेकाहीँ उफ्रिने, थच्चारिने रहर बौंरिएला यदाकदा त्यसरी म अलिकति बिभिण्डिएको वेला,  म अलिकति मात्तिएको वेला नभन्नू बस्तीमा खोला पस्यो राख्नू हात छातीमा सम्झिनू हाम्रो सहमति र, सोध्नू आफैंलाई – ‘बाटो पानीले बिरायो कि मैले ?’  

बाबक मन

बाबक मन

२९३ दिन अगाडि

|

२ साउन २०८२

बाबक मन, हुँकाहारअ झुल्वा फाट अस फाटल रटिन कलसे डाई गोलि, ढागो व सुइ लेक टङ्गर डेटि  पुरान मनह लौवसे  फ्यार नि सेक्लसे फे डाई, मन ह मनसे जोर डेटि बाबक मन, हुकाहारअ बर्खम सरल हाठ अस रटिन कलसे डाई, मट्टि ट्यालिक डिया बार्क कसुङ्नक ढुँवले  खुन्जास बटिना कैक कर्या कराक सेक डेटि  बाबक मन, हुकारअ बिनल टुट्लि सुप्पा अस रटिन कलसे  डाई, खरि भिजाक ओक्र गिल्वले निप्क टुट्लि सुप्पा अस मनक बिर्वा करडेटि । बाबक मन, हुकाहारअ बनाइल चुन्हा घर अस रटिन कलसे  डाई, गाउँ मनैन बलाक  लौव खरले छाँइ कैडेटि । बाबक मन, हुकाहारअ लगाइल आलु अस रटिन कलसे सरल आलु फाँक्क  डाई अल्होर्क  पैरक झोठ्निम टङ्गाडेटि । बाबक मन, दूध फाट असक फाटल बाटिन ।  बाबक मन, कब्लि सर असक सरल बाटिन । बाबक मन, सिसा फुट असक फुटल बाटिन ।  बाबक मन, बज्का डारल आलु असक सरल बाटिन । बाबक मन असिन कराइक ला राज्य लागल रह । जसहँक रज्वक छावा रज्वा बन्ठ ओसहँक म्वा बाबा, बुबक छावा बन्ल । हुइना ट साउन २ गते  राज्य म्वा बाब मुक्त घोषणा करल  ड्यास म ढ्यार बड्लाउ आइल  लोकतान्त्रिक गणतन्त्र आइल  टभुन म्वा बाबा  आपन मलिक्व डेख्ठ ट झस्कठ काजे कि म्वा बाबक मनम, आम्हि उह तन्त्र पलि बाटिन जोन तन्त्र म उ जर्मल बाह्रल रलह ।