एक बूंद लोर, एक मन्द मुस्कान

एक बूंद लोर, एक मन्द मुस्कान

१६३ दिन अगाडि

|

९ मंसिर २०८२

कलजुगके बजारमे लाज सरम बिक्टि बा

कलजुगके बजारमे लाज सरम बिक्टि बा

१७० दिन अगाडि

|

२ मंसिर २०८२

–सत्यनारायण दहित १. कलजुगके बजारमे लाज सरम बिक्टि बा     बिना मोल गरिब–गुर्वन्के करम बिक्टि बा     कब बुझ्हिँ मनै सब्के भगवान् एकठो बटैं,    यहाँ टे भगवान्के नाउँमे ढरम बिक्टि बा ।   २.पनभर्निन्हे लडियक घट्वम्से बलाइ परल अखोरियन्हे झोपरि अट्वम्से बलाइ परल हेरि टे, सबजे अपन पहिचानके लग लरटैं हलि करि हरोइहेन्हे खेटवम्से बलाइ परल ।          ३. कोइ चोखा हुइक लग छिट्टि बा सोनपानि          कोइ नाउँ, ढरम कमाइ लग बन्टि बा डानि          बरा गजबके लागल यि कलजुगके डुनियाँ,         कोइ रहरसे कोइ करसे बेच्टि बा जवानि ।   ४. जाइटो मने मोर चिठ्ठि सब फारके जाउ  जट्रा फें रिस हुइ सारक सारा झारके जाउ  टोहाँर बिना केकर लग जिना यि जिन्गि, बिन्टि बा कस्टोक् यि ‘सत्य’हे मारके जाउ ।          ५. टोहाँर लजरसे परेसान बा जिउ टिकापुर आके       अइसा मुस्कि मार डेलो हैरान बा जिउ टिकापुर आके        कइसिक सम्हारम मै यि मनहे, अपन घरे जाके        उ मोहनि रुपसे बेठेकान बा जिउ टिकापुर आके ।   ६. असौंक साल टुटल छँपरा लावा खरले छाँब छोट्कि मँजुरि ढटौरि कैके फेंन मोटा चाउर खाब छोट्कि कबु हार ना मन्हाें टोहाँर सहारा मै मोर सहारा टुँ, हमार मैगर मैयँक् गिट ओहे बुक्रम गाब छोट्कि ।                  –कैलारी गाउँपालिका–१ मनाउ, कैलाली, हालः धनगढी दहितके थारु भासामे झिर्खि मुक्तक संग्रह प्रकासिट बटिन् । साभारः लावा डग्गर त्रैमासिक, २०७३, बरस ७, अंक ३, पुर्नांक २७

इ मन टुँहिन बाहेक और किहुन गन्बे नि करट

इ मन टुँहिन बाहेक और किहुन गन्बे नि करट

१७५ दिन अगाडि

|

२७ कात्तिक २०८२

डियर अविरल  टुँ कठो बिस्रा डेउ, म्वार मन जुन, मन्बे मन्बे नि करट,  जाट्टिसे, टुँहिनसे डुस हुइ ई मन, जन्बे जन्बे नि करट  ज्यानसे ढ्यार मैयाँ टुँहार लागट, टुँ मानो या मानो, टुँहार नाउँ बिना निलेला, ढक्ढिउरा चल्बे चल्बे नि करट  सन्झ्या बिन्हँया, डिन डुपहर, राट बिराट सुरटा टुँहार,  इ मन टुँहिन बाहेक और किहुन, गन्बे गन्बे नि करट  सुखम हसुइया, डु:खम रुउइया म्वार मनै टुँह् ट हुइटो,  स्वाचल पुगट ट ई जिउ, डु:ख खन्बे खन्बे नि करट  साट जलम सम्म मै टुँहार हुइटु "डियर" कहुइया टुँ,  आस्काल डान्चे बाटम रिसैठो, बाट बन्बे बन्बे नि करट ।   बर्दिया नेपाल,  हालः दोहा, कतार गजलकार इ रचना एआइसे रेकर्ड कइके गिट बनैले बटाँ । https://www.facebook.com/share/v/1DUVBS9w6B/

तिमीलाई कसरी स्वागत गरुँ दिवाली ? 

तिमीलाई कसरी स्वागत गरुँ दिवाली ? 

१९७ दिन अगाडि

|

५ कात्तिक २०८२

तुला चौधरी दिवाली, वर्ष दिनको पर्खाईपछि बल्ल आयो   तिमी आएको बेला तिमीसँग धेरै खुशी साट्न मन छ   घरपरिवारसँगै धित मरुन्जेल रमाउन मन छ   रमाउन खोज्यो रमाउन सकिदैन,  खुशी हुन खोज्यो खुशी हुन सकिदैन   किनकी कामको चाप, दवाव, थकान, टेन्सन उफ्  जति गरेपनि प्रगति देखिन्न, नतिजा सँधै ऋणात्मक   दिवाली, तिमी आएपछि केही राहत हुन्छ,  मन शान्त हुन्छ, मन आनन्दित हुन्छ ।  तिम्रो आगमनले किन किन शरीरको थकान त्यसै मेट्छ,  दिमागको टेन्सन हट्छ  घरपरिवार, इष्टमित्रसँग भेट्न, कुरा गर्न, रमाउन,  खुशी हुन तिमीलाई नै कुर्नुपर्ने,  यो कस्तो दिन आयो दिवाली ?  तिमी आउँदा मन आफै आफै फुरुंग हुन्छ  मन खुशी भएर त्यसै त्यसै नाच्न थाल्छ । तिमी कस्तो बेला आयो दिवाली ?  दिवाली, यस वर्ष देशमा सोच्नै नसक्ने घटनाक्रम भएको छ   देशभर जेन जी पुस्ताले विद्रोह गरे   आन्दोलनमा कैंयौ युवाको ज्यान गयो,  कैंयौं आमाका काख रित्तिए  संसद भवन जल्यो, सिंहदरबार जल्यो सर्वोच्च अदालत जल्यो  राज्यको अरबौंको सम्पत्ति जलेर ध्वस्त भए  देशभरका जेलबाट हजारौं कैदी भागे  हाम्रो समाज अशान्त छ दिवाली, अशान्त  यस्तो समयमा तिमीलाई कसरी स्वागत गरुँ ? तिमीसँग कसरी रमाउँ ? यो सब हुनुमा जिम्मेवार हुनुपर्नेले  जिम्मेवारी लिन मानिरहेका छैनन्,  समाज शान्त बनाउनुपर्नेमा जुध्ने कुरा गर्दैछन्    खुशीको कुरा दिवाली,  आन्दोलनले दुई तिहाईको बलियो सरकार ढलेपनि,  नयाँ सरकार बनेको छ  चुनावको मिति पनि तोकिएको छ  हुन त जति छ, जे छ, जस्तो छ  त्यसमै रमाउनुपर्छ, रमाउन जान्नुपर्छ भन्छन्  तर मनले मान्दैन दिवाली  अझै तिम्रो भरोसा लाग्छ  किनकी तिमी प्रकृति हौ  प्रकृतिमा रमाउनुको बेग्लै आनन्द  न कसैलाई काखा, न कसैलाई पाखा  न अहंकार, न ईष्र्या  कसैलाई बढी न घटी  सबलाई बराबर  तर हाम्रो समाजमा त बर्गीय भेद छ दिवाली  मान्छेले प्रकृतिबाट सिक्नुपर्छ भन्छन्  तर तिमीबाट सिक्न सकिरहेका छैनन्   तिम्रो बत्तीको झिलीमिली,  मखमली फूलहरुको मनोरम दृश्य,  सप्तरंगी टीकाको सौन्दर्यताले मन आनन्दित बनाउँछ  मन उज्यालो बनाउँछ  दुई दिनको लागि भएपनि तिमी हाम्रो परिवार,  इष्टमित्रको लागि खुशी बोकेर आएका छौ  सबैलाई तिम्रो आशिर्वाद लागोस्  कसैको मन नटुटाउनु, कसैको मन नदुखाउनु,  सबैलाई खुशी राख्नु  ह्रदयदेखि स्वागत छ दिवाली तिमीलाई  सबैको मनोकांक्षा पुरा होस्,  तिहारको बत्तीझैं अनुहारमा चमक आओस्,  घरपरिवारमा खुशी ल्याओस्  सबैको भलो होस्  सबैमा शुभकामना  ह्याप्पी दिवाली  ह्याप्पी दिपावली  ह्याप्पी तिहार  ह्याप्पी डिया डेवारी  Happy Festival of Light    २०८२ कात्तिक  धोब्या, बर्दिया हालः बाँके, कोहलपुर tula2004@gmail.com

 म किसान  

 म किसान  

२०३ दिन अगाडि

|

२९ असोज २०८२

सन्तोष दहित  हो म किसान हुँ। हिउँदमा धुलाम्य हुन्छु, बर्षा याममा हिलाम्मे हुन्छु। धुलोले ढाकेको मेरो अनुहार, शायद, चिनिन सक्दैन होला। हिलोले मोटो भएको मेरो अनुहार, त्यो पनि चिनिन सक्दैन होला। तर, बालेन तिमीले भनेझैँ  म फोहरी किसान होइन, म त एक असल किसान हुँ। दुईवटा सुख्खा रोटी  र एक जग पानीको भरमा  दिनभर खेतबारीमा पसिना बगाउँछु। म अन्नबाली उमार्छु, र, तिम्रो शहरमा  मेरै पसिनाले सिँचिएको चामल, दाल र तरकारी पुगेको छ। तर, जब म बजार आउँछु, तिमीहरू बार्गेनिङ गर्छौ, मेरो श्रमको मूल्य घटाउँछौ। अझ, जब म सडकमै तरकारी बेच्न आउँछु, तिमी नगर प्रहरी पठाउँछौ, मेरो छिट्वा नाङ्लो र तराजु खोस्न। भारतबाट आएको तरकारीलाई खुला समर्थन गर्छौ, तर आफ्नै देशका किसानलाई  सडकबाट हटाउँछौ। तर, बालेन तिमीले भनेझैँ — म फोहरी किसान होइन। म त देशको मेरुदण्ड, म त अन्नदाता हुँ। फोहरी मेरो हात होइन  फोहरी त तिम्रो सोचाइ हो। तर, बालेन तिमीले भनेझैँ  म फोहरी किसान होइन, म त एक असल किसान हुँ।                               घोराही, दाङ  

फूल हुन फूलहरुलाई नै छाडिदिनू

फूल हुन फूलहरुलाई नै छाडिदिनू

२०५ दिन अगाडि

|

२७ असोज २०८२

कवि  मौन व्रत  फूल हुनु भनेको  आवाजलाई किलकिले निर गाँठो पारेर राख्नु पनि हो  ।  ० फूल हुनु भनेको  हुण्डरी, मुसलधारे पानी र चक्रवातलाई चुपचाप सहनु पनि हो ।  ० फूल हुनु भनेको  कौसीमा, बार्दलीमा, आँगनमा, शयन कक्षमा  मानव आँखाको प्यास मेट्नका लागि सजिनु पनि हो ।  ० फूल हुनु भनेको  मनको बोरामा अवसादको गह्रुङ्गो जाँतो राखेर  त्यसैको मून्तिर आफू थिचिई राख्नु पनि हो ।  ० फूल हुनु भनेको  सस्तो होस् वा महङ्गो होस्  असहाय, निरीह र निस्सार हुनु पनि हो । ० फूल हुनु भनेको आफ्नो ईच्छा बेगर  टिपिन, चुँडिन, कुल्चिन र ओइलाउन तयार हुनु पनि हो । ० फूल हुनु भनेको  आफूले सर्वाधिक घृणा गरेको परिस्थितिको   गला र हातमा तदर्थको लागि सजिनु पनि हो ।  ० फूल हुनु भनेको  अनुमानै गर्न नसकिने  नियतिसँग सैना लगाउनु पनि हो ।   ० अवश्य पनि फूल हुनु भनेको सृष्टिको यौटा महत्वपूर्ण जिम्मेवारी हो  तर फूल हुनु भनेको  सारवान निरन्तरताको अनिवार्य सेतु भई  सृष्टिको भार वीरतापूर्वक थेगिरहे पनि   दुनियाँको नजरमा गतिहीन देखिनु  हो ।  (०( फूल हुनु भनेको  शिरमा सिउराईनुको सौन्दर्य पनि हो  स्वागतमा सजाईनुको गौरव पनि हो  विदाईमा खटाईनुको वियोगान्त पनि हो  एक्कासी सृष्टिको जिम्मेवारी खोसिएर मन्दिरमा चढाईनुको बाध्यता पनि हो । ० छोरी,  चढाउन मन भए आफूलाई कहीँ आफ्नै मनभित्र  आफ्नै मनको फूल टिपेर  आफ्नै मनलाई चढाउनू आफू मान्छे हुँ भन्ने कहिल्यै नबिर्सिनू  सभ्यताले जोगाउदै यहाँसम्म ल्याएको आगो ननिभाउनू फूलजस्तो सुन्दर मन बनाउनू तर आफ्नो प्राण फूलमा प्रतिस्थापन नगर्नू । ० छोरी, तिमी मान्छे नै बन्नू फूल हुन फूलहरुलाई नै छाडिदिनू । स्केचः एआइ