सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

७४६ दिन अगाडि

|

४ भदौ २०८१

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

७४७ दिन अगाडि

|

३ भदौ २०८१

                                                                                                                                                               तस्विर साभारः हिमाल खबर । किन टीकापुर थारू विद्रोह राजनीतिक ? अनि राजनीतिक विद्रोह हुँदासमेत किन दुनियाँको नजरमा अपराधी करार ? आज उपरोक्त सवाल गौण बने । बंगलादेशको तख्तापटक विद्रोहको जगमा भएर अहिले शेख हसिना वेगम भारतमा शरणार्थी बन्नु नेपालको सन्दर्भमा असान्दर्भिक हुन सक्ला तर गोर्खाली राज्यसत्ता सन् २०१५ को नयाँ विधानमार्फत् जोगिने सम्भावना क्षीण हुँदैछ । यो विधान जारी गर्दै गर्दा नेपालमा राज्यविहीन राष्ट्रहरु असोज तीन–कालो दिन भन्दै विरोध गरे । एक दशकको शासन अवधिमा यहाँका राज्यसम्भ्रान्तहरु विधान पुनर्विचार गर्ने ठाउँमा पुगेका छन् भन्ने हालको सरकारी मोर्चाको कथन उनीहरुको ७ बुँदे सम्झौताबाट बुझ्न सकिन्छ । टीकापुर थारू विद्रोह रोक्न कैलाली जिल्लालाई दुई भागमा विभाजन गरेर पनि सहज बनाउन सकिने अवस्था थिएन । त्यहाँ स्वार्थको टकराव छ भन्ने राज्यसम्भ्रान्तहरुको मनमष्तिष्कमा थियो नै । साथै, गोर्खाली राज्यसत्ता बलियो बनाउन खस मनोविज्ञानलाई समेट्नुपर्ने अनिवार्यता थियो । प्रष्टै छ कि सुविधाअनुसार यहाँका राज्यसम्भ्रान्तहरु आफ्नो नश्लको रक्षा गर्न पुग्दा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा एकल नश्लीय शासनले निरन्तरता पायो । त्यही शासन व्यवस्थाले नै राज्यविहीन राष्ट्रको लागि राष्ट्रिय मुक्ति क्रान्ति जन्माउने आधार प्रदान गर्यो ।  मौजुदा राज्यसत्ताको निरन्तरता हालको विधानमा नै आर्यखसको परिभाषा समावेश गरी राज्यसम्भ्रान्तले दिएको सिद्धान्ततः स्वीकार गर्नुपर्ने हुन्छ । साथै, गाईलाई राष्ट्रिय जनावरलगायत अन्य विभिन्न चिन्हहरुमार्फत् राज्यको औपनिवेशिक चरित्र निर्धारण गर्दा थारू मासिन्या मतवाली भएरै बाँच्नुपर्ने भयो । एक्काइशौं शताब्दीको राजनीतिमा र त्यसमा पनि जनयुद्धमा सहभागी भएर यी सब बदल्छु भनी जुर्मुराएका वगाल उपनिवेश स्वीकार गर्नुपर्ने कुनै कारण थिएन । यही मनोदशा तथा स्वस्फूर्तताको बलमा गोर्खाली राज्यसत्तासंग पैठेजोरी खेल्न तयार भए थारूहरु ।  किसान विद्रोहलगायत सबैजसो लोकतान्त्रिक आन्दोलनहरुमा भौतिक तथा नैतिक रुपमा नै संघर्षरत थारूहरु  दासत्वबाट मुक्तिको लागि कमैया प्रथा उन्मुलन गर्न पहलकदमी लिए । लोकतन्त्र पुनः स्थापना भएको दश वर्षपश्चात २०५७ साल साउन २ गते नेपाल सरकारले  कमैया प्रथा उन्मुलन घोषणा गर्दा मुहारमा खुशी थियो । तर, मष्तिष्कमा समस्याको बोझ लिई पूर्व मालिकको घरबाट निकालिए । उनीहरु लामो समय जंगल, स्कूल तथा त्यस्तै अन्य ठाउँमा शिविर बनाएर जीवन बिताउन विताए । यी र यसखाले पीडा यथार्थमा कमलहरी बसेका छोरीहरुको समेत रह्यो । यहाँ राज्य नश्लवादी भएको कारण पुस्तौं कमैया तथा कमलहरी राख्ने जमिन्दार÷किसानहरु तथा शहरिया मालिकहरु नाफामा  रहेको देखियो ।  मुक्त कमैयाहरु व्यवस्थित गरिनुपर्ने जिम्मेवारीबाट राज्य चुकेपश्चात उनीहरु आफ्नो रिस फेर्न माओवादी जनयुद्धमा सामेल भएका थिए । जनयुद्धमा लागेकाहरु बर्दियामा मात्रै सयौं वेपत्ता पारिए । तर सरकार वेपत्ता रहेका व्यक्ति तथा संक्रमणकालीन न्यायसम्बन्धि आयोग गठन गर्दासमेत काम अगाडि बढ्न नसकेको सत्य हो । परिणाम के रह्यो भने सन् २०१५ मा नयाँ विधान जारी गर्दा संक्रमणकाल लम्बियो । अहिले पनि संक्रमणकालको अवस्था कायम रहेको  हाम्रो देशको राजनीतिले पुष्टि गर्छ । टीकापुर थारू विद्रोह हुँदाको बखत कथित संविधानसभाका प्रमुख चार दलले १६ बुँदे सहमति गरेकोे थियो । ती १६ बुँदे सहमतिले १२ बुँदे दिल्ली सम्झौता विस्थापन हुन पुग्यो । यसको प्रभाव विधानको खेस्रामा देखिई सकेको कारण त्यसको विरोध हुनु राजनीतिक कर्म थियो भने राज्यद्वारा विभिन्न ठाउँमा थारूलाई प्रतिबन्धित गर्न खोज्नु नै टकरावको कारण बन्यो । तर, अखण्ड सुदूरपश्चिमसंगको दुश्मनी देखाएर थारूसंग यो राज्यले वेइमानी गर्यो । प्रतिरोध गर्दा २०७२ भदौ ७ गते टीकापुरमा राज्यसंग थारू समुदाय आमने सामने हुन पुगे । यसलाई गैरराजनीतिक तथा अपराधिक घटना भनी यहाँका राष्ट्रिय मिडियामार्फत् पटक पटक लेख्न र बोल्न लगाउनु शासकीय उन्माद थियो । अर्को अर्थमा यो विद्रोह स्थीर गोर्खाली राज्यसत्ता विरुद्ध भयो । त्यसैले सेनाको गस्ती बढाएर त्यस क्षेत्रमा राज्यले आतंकित बनाउने काम गरे । साथै कफ्र्यूको समयमा टीकापुर बजारका थारू व्यापारीहरुको पसल लुटपाट र आगजनी गर्ने काम गरेको थियो ।  थरुहट प्रदेश नपाउँदासमेत संवैधानिक रुपमा थारू कलष्टर छुट्याई एउटा थारू आयोग गठन हुने विषय समेटिएर आउँदा थारू आन्दोलनको उपलब्धी ठान्ने जत्था पनि ठुलै छ । उपरोक्त यी यथार्थपरक विश्लेषणले थारू समुदायको संरचनागत पक्ष उजागर गर्न सकिन्छ तर एजेन्सी निर्माणको काममा कुनै योगदान दिन नसकेपश्चात थारूहरु उही प्रतिरोधका मनोविज्ञान बोकी माग र मुद्दामा संघर्ष केन्द्रित गर्नुपर्ने भएको छ । त्यसले थारू आन्दोलन जारी रहेको सन्देश दिन्छ । यस परिवेशमा थारू आन्दोलन पुनर्गठन गर्नुपर्ने विषय बहसमा आउनुपर्छ ।  एजेन्सीमार्फत् थारूको प्रतिरोधको मनोविज्ञानको सिमा पार गरी प्रोएक्टिभ भूमिका निर्वाह गर्न तयार हुनैपर्छ । यसले बदलिएको राजनीतिक पाराडाइमअनुसार सही भूमिकाका लागि योग्य बनाउँछ । यी अभियान निरन्तर चलाएर संघर्षमा जोड दिने कार्यदिशासंग जोड्न सक्नुपर्छ । टीकापुर थारू विद्रोह हुँदा पहिचान आन्दोलन आरक्षणकै वरिपरि घुमिरह्यो । स्वायत्तता तथा आत्मनिर्णयको अधिकार कुनै तयारी नै नगरी सडकमा उठाउने काम गरियो । फरक यति भयो कि थारू समुदाय सुदूरपश्चिम प्रदेश चाहेकै होइन भन्ने सन्देश दिनु थियो । तर थरुहट प्रदेश नपाउँदासमेत संवैधानिक रुपमा थारू कलष्टर छुट्याई एउटा थारू आयोग गठन हुने विषय समेटिएर आउँदा थारू आन्दोलनको उपलब्धी ठान्ने जत्था पनि ठुलै छ । यही ठाउँमा थारू विद्रोहको मर्म उपर प्रहार भयो । यसको वाइप्रडक्टको रुपमा भदौ ७ को थारू विद्रोह हो भनी बुझाउँदा अतिशयोक्ति नहोला । कारण नागरिक उन्मुक्ति पार्टी खोलेर चुनावी प्रतिस्पर्धा गर्दासमेत एजेन्सी निर्माणमा योगदान गर्न सकेन । त्यसैले, हामी थारू विद्रोहको विषयमा वहस गर्दा कन्भर्जेन्सको दृष्टिकोणबाट आन्दोलनको पहल लिन चुकिरहेका छौं । पटक पटक संघर्षमा निराश हुने गरी प्रतिरोधको गोलचक्करमा फँसिरहने हो भने सम्बन्धित समाजको नेतृत्व  गर्न असान्दर्भिक हुँदै गएको भन्न सकिन्छ । थारू आन्दोलनकारी अब “ट्राइल एण्ड इरर” को निरन्तरता दिने पक्षमा छैनन् । उनीहरु अब किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्व खोजी गर्दै आन्दोलनमा सामेल हुन चाहेका छन् । गोर्खाली राज्यसत्तासंग टीकापुर थारू विद्रोहमार्फत् पैठेजोरी खेल्नुपर्ने कारणको मिमांशा हुनुपर्छ । साथै, स्वशासनको आकंक्षा उनीहरुको नैसर्गिक हक भएको कारण आत्मनिर्णयको अधिकार उपयोग गर्न नयाँ शासन व्यवस्थाप्रति आकर्षित हुँदैछन् । यस अर्थमा थारू आन्दोलन प्रतिरक्षाको घेरा तोडेर अब प्रोएक्टिभ हुन जरुरी छ । त्यसको लागि हो, एजेन्सी निर्माणको महत्वपूर्ण काम र राष्ट्रिय चेतनाको अनिवार्यता । जुन समुदायलाई बदल्ने कोशिश गरिआयौं, हामीले ती सम्बन्धित समुदायको विश्लेषण सही तवरले गर्न सक्यौं कि सकेनौं भन्ने प्रश्न जीवितै छ । अझ ती सम्बन्धित समुदायले भोग्दै आएका समस्याहरुको राजनीतिक समाधान दिन कुन ज्ञान प्रणालीको सहारा लिंदै आयौं त ? उदार पूँजीवाद तथा मार्क्सवादको वैचारिकी अभ्यास गर्दा पनि राज्य व्यवस्था एकल नश्लीय कसरी बन्यो नेपालमा ? त्यसले नयाँ नेपालको अवधारणालाई कहाँ र कसरी अवरुद्ध बनायो ? अध्येता सीके लालको सोच पत्र नेपालीय हुनलाई पढे केही निश्चित निष्कर्ष थाहा लाग्न सक्छ । उक्त सोच पत्रमा उल्लेखित विषय नेपालको सन्दर्भमा विचारणीय छ र राष्ट्रियता दावीको विषय फगत आरक्षण प्राप्त गर्न हुँदै होइन भनेर बुझ्नुपर्छ ।  टीकापुर थारू विद्रोहको साख नेपालमा वहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति र त्यसले बोक्ने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा जोगाउन सकिन्छ । ट्रयाक टु डिप्लोमेसीमा एक सिंगे गैंडा उपहार दिने परम्परा भएको देशमा नेपाली हुने आधार त स्थापित भइसक्यो, त्यसलाई आधात पुर्याउने काम पो गर्न भएन भन्ने मान्यता यद्यापि कायम छ । तर, पहिचानको वहस तर्कबाट नभएर भावनाबाट उत्पन्न हुने गर्छ भनि बुझाउन पो यहाँ कठीन छ (लाल, पृष्ठ ७) ।  अन्त्यमा, नेपाल वहुलराष्ट्रिय राज्य भएको तथ्य ढाकछोप गर्दैमा निराधार बन्दैन । यहाँ थारू तीमध्ये एक विशिष्ट राष्ट्र भएको बुझ्नुपर्छ । सोही आधारमा आत्मनिर्णयको अधिकारसहित स्वशासन हुनुपर्ने पक्षमा थारू समुदाय लगातार उभिई रह्यो । यो नेपालमा उठेको जातीय प्रश्नको समाधान पनि हो । थारू अब समस्याको समाधानकर्ताको रुपमा पहलकदमी लिन सक्नु पर्छ । राष्ट्रिय मुक्ति क्रान्ति त्यसको सशक्त साधन बन्न तयार छ ।  सारमा, टीकापुर थारू विद्रोहको साख नेपालमा वहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति र त्यसले बोक्ने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा जोगाउन सकिन्छ । राज्य त लाल आयोग प्रतिवेदन लुकाएर भए पनि थारूलगायत तराई मधेशको अन्य विविध स्थानमा भएका आन्दोलनमा भएको ज्यादती ढाकछोप गर्नमै व्यस्त छ । राज्य सम्भ्रान्तको छलछामको पुरानै परम्परा कायम राख्न चाहन्छ ।  लेखक समान नेपालका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिसंग आबद्ध हुनुहुन्छ । 

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

७४८ दिन अगाडि

|

२ भदौ २०८१

नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज काठमाडौं, बबरमहल, साफ फल्चामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको हो ।  अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका   उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमल निभाले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तर माथि उठाउन योगदान पुग्ने बताए ।  आयोजक संस्थामध्येका एक नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकोले यसको विशेष महत्त्व हुने विचार राखे। आयोजक समितिका सदस्यसचिव एवम् नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिए । आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पारे । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारका विविध प्रश्नहरूको जवाफ दिएका थिए।

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

७४८ दिन अगाडि

|

२ भदौ २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि अस्टिम्की पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नयाँ बानेश्वर, बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटको हलमा आगामी भदौ १० गते सोमबारका दिन अस्टिम्की मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार भदौ १ गते बसेको बैठकले अस्टिम्की कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा तयारी मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  कार्यक्रमको उपसंयोजकमा न्यौछार समूहकी रिता चौधरी तथा सदस्य सचिवमा अन्जु चौधरी रहेकी छिन् । त्यस्तै,  राष्ट्रिय थारु कलाकार मञ्चको संयोजनमा सांस्कृतिक समिति, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरीको संयोजनमा प्रचारप्रसार समिति, अग्रासन महिला समुहको संयोजनमा पूजा तथा मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, फोहर व्यवस्थापन समिति, किरण चौधरीको संयोजनमा आर्थिक व्यवस्थापन समिति लगायत समिति गठन गरिएको छ ।   तयारी समितिको सल्लाहकारमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, डा कृष्णराज सर्वहारी, बलराम चौधरी, डा रामबहादुर चौधरी रहेका छन् । डा रामबहादुर चौधरीले अस्टिम्की विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा गुरही तयारी समितिकै संस्थाका सदस्यहरु रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका छन् । चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीको संयोजकत्वमा २०७२ सालदेखि काठमाडौमा अस्टिम्की मनाउन थालिएको हो ।   

ओझेलमा बाँकेको ‘सुतैया ताल’ 

ओझेलमा बाँकेको ‘सुतैया ताल’ 

७५३ दिन अगाडि

|

२९ साउन २०८१

बाँकेको वैजनाथ गाउँपालिका–३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा परेको छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु यहाँ पानी पिउन आउने गरेका छन् । यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन् । स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरे । ‘यहाँ विभिन्न प्रजातिका वन्यजन्तु पानी पिउन आउँछन् । दुर्लभ वन्यजन्तुको यहाँ सहज रूपले आवतजावत हुन्छ’, उनले भने, ‘विशेष गरेर हिउँदका समयमा खडेरीले निकुञ्जमा डढेलो लाग्दा धेरै जनावर यहाँ पानी पिउन आउने गरेका छन्, यो दुर्लभ दृश्य हेर्न पर्यटकलाई आकर्षित गर्न जरूरी छ ।’ बाँकेको कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा पर्ने रत्न राजमार्गको छेउमा अवस्थित यस ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखि निरन्तर रूपले संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह’ मार्फत स्थानीयले तालको संरक्षण, सम्वर्द्धन गर्दै आएका वन समूहका पूर्वध्यक्ष महेन्द्र थारुले बताए । ‘विगत एक दशकदेखि स्थानीयले ताल संरक्षण गर्न सुरू गरेका हौँ, हाल यहाँ निकुञ्जका वन्यजन्तु पानी पिउन आउने गरेका देखेर हामी उत्साहित छौँ’, उनले भने, ‘ताललाई वरिपरि घना जङ्गलले घेरेको हुनाले वन्यजन्तुका लागि पानी पिउन उपयुक्त स्थान बन्न पुगेकाले यहाँ विशेष गरी पाटेबाघ, चित्तल, बँदेललगायत वन्यजन्तु यहाँ आउने गर्दछन्।’ ताल संरक्षणसँगै आम्दानी बढाउने पर्यटकीय गतिविधि गर्न सकिने सम्भावना भए पनि स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन अभावका कारण तालमा पर्यटकीय गतिविधि बढाउन नसकेको उनको भनाइ छ । ‘ताल अवलोकन गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् तर यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न सकेका छैनन् । त्यसैले संक्षरणका लागि राज्यले ध्यान नदिँदा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तालको सौन्दर्य नै ओझेलमा परिरहेको छ’, पूर्वअध्यक्ष थारू भन्छन् । यहाँ ताल संरक्षण र पर्यटन पूर्वाधार विकासका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने स्थानीयको माग छ । उक्त ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐन÷कानुन पनि पर्यटकीय पूर्वाधार निर्माणमा बाधक बनिरहेकोले कानुनी जटिलता हटार यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लो धारणा छ । ‘सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो छ तर यहाँ निकुञ्जको ऐन÷नियम बाधक छ’, उनले भने, ‘नेपाल सरकारले आवश्यक समन्वय गरी कानुनी गाँठा फुकाएर पूर्वाधार विकासमा जोड दिनसके तालले आन्तरिक पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा योगदान गर्ने सम्भावना छ।’ तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुआत गरिएको बताए । ‘हामीले तालको डिपिआर तयार गरिसकेका छौ। स्थानीय सरकारसँग सीमित बजेट हुने भएकाले चाहेर पनि धेरै काम गर्न नसकिने अवस्था छैन । त्यसैले सङ्घ र प्रदेश सरकारले बजेट विनियोजन गरेर पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गर्नुपर्छ’, उनले भने । यो ताल करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । रासस

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

७५५ दिन अगाडि

|

२७ साउन २०८१

प्रत्येक महिनाको अन्तिम शनिवार कीर्तिपुरमा आयोजना हुने ठुम्रार साहित्यिक बखेरीको १००औं भाग साउन २६ गते प्रज्ञा भवनको देवकोटा कक्षमा भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘हमार संस्कृत्ति, हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औं भागमा ‘थारू कवितामा महिला हस्ताक्षर’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरियो ।  उक्त कार्यपत्रमा भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गर्नुभएको थियोे । यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताउनु भएको थियोे । सहभागीका तर्फबाट पुरुषोतम चौधरी, नरेन्द्रकुमार चौधरी ,इन्दु थारू,प्रणव चौधरी ,सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियोे । कार्यपत्र थारु कवियत्रीहरुले के विषयमा लेख्दैछन् भन्दा पनि कार्यपत्र तथ्याङ्मा अल्झिएको धेरैको टिप्पणी थियो । सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताउनु भएको थियोे । प्रज्ञा प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित यस विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रालि, जेनस इन्टरनेसनल प्रालि, अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक सङ्घ संस्थाहरू समेत आयोजकका रूपमा रहेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रुपले कविहरुको उपस्थिति गराउँदा संख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’ मातृभाषामै कविता लेख्ने कविहरु प्नि उम्दा भएको उहाँको भनाई थियो । संघीयताको कार्यान्वयनको क्रममा थारु समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उहाँले भन्नु भयो, मैले पनि टीकापुरबारे लेख, कविता लेखेर थारु समुदायप्रति सद्भाव जताएको छु ।  कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभएको थियोे । उहाँले संस्थागत योगदान पुर्याउने बर्दियाली थारू विकास मञ्च काठमाडौँ र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाई समेत कदरपत्र प्रदान गर्नु भएको थियोे । सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आआफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अरूण चौधरी ,गणेश वर्तमान ,प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, प्रकृति पूजा, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मी लगायतले कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहनु भएका तथा थारू लेखक सङ्घ नेपालका अध्यक्ष तथा ठुम्रार साहित्यिक बखेरीका संयोजक डा कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्ने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे । कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक सङ्घका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी सुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन यस सङ्घका आजीवन सदस्य शत्रुघन चौधरीले गर्नुभएको थियोे ।

चितवनमा थारु लेखक संघ गठन 

चितवनमा थारु लेखक संघ गठन 

७५५ दिन अगाडि

|

२७ साउन २०८१

थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारु लेखकहरुको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारु लेखक संघ चितवन गठन भएको छ ।  संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यहरुमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । साथै सल्लाहकारमा भजुमनराम महतो, लक्ष्मण प्रसाद चौधरी, डा संजय महतो, सत्यनारायण चौधरी, रामप्रसाद महतो र सन्तराम महतोलाई मनोनित गरिएको छ । थारु भाषा, संस्कृति र पहिचानका लागि थारु लेखक जन्माउन र अगाडि बढाउनका लागि थारु लेखकहरुबीच कचहेरीको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले बताए।  कचहेरीमा विभिन्न व्यक्तित्वहरुले विभिन्न विषयबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । साहित्यकार मनोज चौधरीले आख्यानमा थारु समाजबारे, लक्ष्मण प्रसाद चौधरीले थारु भाषा र पाठ्यक्रमबारे, भाजुराम महतो र डा संजय महतोले नामको राजनीति र थारु समुदायमा यसको प्रभावबारे, कारी महतोले थारु भाषाको मानकीकरण अभियानबारे, संजय चौधरीले सिमान्तकृत समुदाय र सामाजिक न्यायबारे, भजुमनराम महतोले थारु जातिको इतिहास बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । कचहेरीको उदघाटन सत्रमा खैरहनी नपा वडा नं ८ का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, थाकस पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थाकस क्षेत्रीय सभापति रामेश्वर चौधरी, झगरु चौधरी, सत्यनारायण चौधरी, शंकर महतो, धनवीर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कचहेरी थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।  २०७३ वैशाखमा दाङमा डा कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ गठन भएको थियो ।