पर्माकल्चर डायरीमा हुम्लाको पसिना

पर्माकल्चर डायरीमा हुम्लाको पसिना

७५७ दिन अगाडि

|

२५ साउन २०८१

मधेश प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिपरिषद

मधेश प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिपरिषद

७६० दिन अगाडि

|

२३ साउन २०८१

मधेश प्रदेशमा थप ५ राज्यमन्त्री नियुक्त हुँदा २० सदस्यीय जम्बो मन्त्रिपरिषद हुन पुगेको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका छन् । यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । मधेशमा १२ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए । यसैबीच निवन्धकार प्रतीक ढकाल यसबारे व्यंग्य गर्दै भन्छन्, सङ्घीयताले देशलाई केही दिएन भन्नुभएको होइन तपाईंले ? देश यति सानो भए पनि ८८४ जना लोगोधारी सांसद र १५० जनाको हाराहारीमा झण्डाधारी मन्त्री त पाएकै थियाैँ, अब त ८ जिल्ला भएको मधेश प्रदेशले २० जनालाई मन्त्री बनाएर गाैरवशाली कामै देखाइदियो । यही रीतले देश अगाडि बढ्दै जान पाउने हो भने एउटा यस्तो दिन पनि आउनेछ कि प्रदेशका सबै नागरिक घटीमा पनि एकपटक मन्त्री भइसकेका हुनेछन् । अनि हुन्छ कि हुन्न देशबाट गरिवी निवारण ? मन्त्री हुनु अनि गरीवै रहिरहनु सम्भव छ नेपालजस्तो समृद्ध मुलुकमा ? कुरै नबुझी सङ्घीयतालाई होच्याउने ? त्यसैले यो महान् उपलब्धिको रक्षा गराैँ ।   

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीले लिए शपथ

७६१ दिन अगाडि

|

२१ साउन २०८१

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन् । २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहलेश राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका थिए । एमाले र कांग्रेसको गठबन्धन बनेपछि शाह चार महिना नबित्दै सत्तामा फर्किएका हुन् । सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन् ।कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् । कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । काँग्रेसबाट कञ्चनपुरकी गीता चौधरी मन्त्रीको आकांक्षी भए पनि राज्यमन्त्रीमा समेत अँटाइनन् ।

‘राज्यमन्त्रीले केही गर्दैनन् भन्ने भाष्य परिवर्तन गर्नेछुः’ अरुण चौधरी

‘राज्यमन्त्रीले केही गर्दैनन् भन्ने भाष्य परिवर्तन गर्नेछुः’ अरुण चौधरी

७६३ दिन अगाडि

|

१९ साउन २०८१

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् । शुक्रबार मात्रै  नियुक्त भएका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्र कैलालीका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन् । उनी शनिबार बिहानै कैलाली पुगेका हुन् । बधाई तथा शुभकामना दिन आइपुगेका पार्टीका नेता तथा कार्यकर्ता र मतदातालाई उनले भने, ‘म आज  बधाई लिन आएको हैन । मलाई आफ्नो अमूल्य मत दिएर मन्त्रीको पदमा पुर्‍याउने तमाम मतदाताहरूलाई बधाई दिन आएको हुँ । मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र म प्रतिको आशा केके छन् ? सोध्न आएको हुँ । तपाईँको लागि मैले राज्यमन्त्रीको भूमिकामा रहेर गर्नुपर्ने कामहरूको लिष्ट तयार पार्न आएको हुँ ।’ राज्यमन्त्रीमा नियुक्त भएकाले कार्यकारी भूमिका नरहेको हुँदा धेरै काम गर्न सक्ने स्थिति नभए पनि संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न प्रतिबद्ध रहेको उनले बताए । ‘सबै जनालाई मेरो अनुरोध छ । मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजको लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरूका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्’, राज्यमन्त्री चौधरीले भने, ‘म राम्रो कामका लागि हरेक मानिसहरूसँग सहकार्य गर्न सधैँ तयार छु । गलत कामका लागि जो कोही होस्, कहिल्यै पनि हात मिलाउँदिन ।’ ‘मेरो काम बजेट बाँड्ने हैन । बजेटको कार्यान्वयनको अवस्था के छ ? भनेर अध्ययन अनुगमन गर्ने हो । कहाँ कहाँ बजेट हाल्नु पर्नेछ ? कहाँ कसरी काम गर्नुपर्नेछ ? मन्त्रालय मातहतमा भएर काम गरिरहेका कहाँ कमीकमजोरी भएको छ ?भनेर अध्ययन गर्ने, अनुगमन गर्ने हो’, चौधरीले भने, ‘राज्यमन्त्रीले केही गर्दैनन्, केही गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन गरेर आफ्नो अधिकारको अधिकतम प्रयोग गरेर दत्तचित्त र इमानदारिताका साथ काम गर्नेछु ।’  शुक्रबार नाउपाबाट चौधरी तथा काँग्रेसबाट रुपा विक र पूर्ण बहादुर तामाङ राज्यमन्त्री नियुक्त भएका थिए ।

ठुम्रारके १००औं साहित्यिक श्रृंखला प्रज्ञामे हुइना

ठुम्रारके १००औं साहित्यिक श्रृंखला प्रज्ञामे हुइना

७६८ दिन अगाडि

|

१५ साउन २०८१

            ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखलामे साहित्यकार मानबहादुर पन्नाहे स्वागत कैटि डा सर्वहारी, साथमे नन्दुराज चौधरी । ठुम्रार साहित्यिक बखेरीके १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानके देवकोटा सभाहलमे हुइना बा ।  अइना साउन २६ गते दिनके १ बजे १००औं साहित्यिक श्रृंखला हुइना जानकारी श्रृंखलाके संयोजक थारु लेखक नेपाल संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी डेलाँ । प्रज्ञा प्रतिष्ठान लगायत मेरमेरिक थारु संघसंस्थाके सहकार्यमे हुइना कार्यक्रमके लग कविता पठैना अर्जि कइगइल बा । १००औं साहित्यिक श्रृंखलाहे भव्य बनाइक लग डा कृष्णराज सर्वहारीके संयोजकत्वमे मूल तयारी समिति बना गइल बा । जेम्ने नन्दुराज चौधरीके संयोजनमे आर्थिक, शत्रुघन चौधरीके संयोजनमे प्रचारप्रसार, सिताराम चौधरीके संयोजनमे मञ्च व्यवस्थापनलगायट समिति बना गइल बा ।  इहिसे पहिले साहित्यकार मानबहादुर चौधरी पन्नाके बरका पुहनाइमे ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखला असार २९ गटे सनिच्चरके कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे निम्जल रहे ।  २०६९ साल माघ महिनासे डा सर्वहारीके नयाँबजार, कीर्तिपुरके डेराके छतसे ठुम्रार साहित्यिक बखेरी सुरु हुइलक हो । पाछे त्रिवि परिसरके बालकुमारी खाजा घर हुइटि हाल कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे महिनक अन्तिम शनिच्चरके बिहानके कार्यक्रम नियमित बा । कोरोना अवधिमे कार्यक्रम बन्द रहे । बखेरीमे वाचन कइगइल रचना ‘परगा’के रुपमे पोस्टा निकार गइल बा । स्मरण रहे, थारु भसा साहित्य केन्द्रसे हरेक महिनक पहिल शनिच्चरके दिनके ललितपुर, कुपण्डोलस्थित नाइटिंगेल स्कूलमे थारु साहित्यके रचना वाचन बसघरा हुइठ । २०८१ असारसम यकर ७२ भाग निम्जल बा ।  

रोदी गुरुङको कि मगरको ?

रोदी गुरुङको कि मगरको ?

७६८ दिन अगाडि

|

१५ साउन २०८१

बलबहादुर घर्तीमगर रुकुमूर्वको तकसेरा र आसपासका गाउँमा सुटिङ भएको घरज्वाइँ चलचित्र यतिखेर नेपाल र नेपाल बाहिरका फिल्म हलमा प्रदर्शन भैरहेको छ। अनिल बुढामगरको कथा र निर्देशन तथा जनक घर्तीमगरको निर्माण रहेको यो चलचित्र मगर आदिवासी समुदायको मौलिक कथामा आधारित छ । समुदायको प्रथाजनित अभ्यासको प्रधानतामा पात्रहरुले नेपाली मुलधारे सामाजिक मूल्यभन्दा फरक पृष्ठमा रहेर जीवन्त अभिनय प्रदर्शन गरेका छन् । चलचित्रमा तकसेराको मगर समुदायको सामाजिक सम्बन्ध, आर्थिक गतिविध, सांस्कृतिक जीवन र राजनैतिक शक्ति सम्बन्धको विविध आयामहरु प्रस्तुत गरिएको छ । चलचित्रको मूल कथा चाहीँ मगरशैलीको प्रेमकथा हो । घरज्वाइँ मार्फत् मगर समुदायको कथा नेपाली सिनेक्षेत्रको मूलधारमा प्रवाहीकरण हुँदै गर्दा चिलचित्रमाथि तमु धीँ नेपालले गुरुङ समुदायको रोदी प्रथाको दुरुपयोग गरेको आरोप लगाएको छ । चलचित्रको संवाद र दृश्य सच्याउन विज्ञप्ती निकाल्दै चलचित्र जाँच समितिमा समेत उजुरी दिएको छ । तमु धीँ नेपालले आपत्ति जनाउँदै पोखराका केही चलचित्र हलमा घरज्वाइँ प्रदर्शन गर्न अनिश्चितकालका लागि बन्द गरेको छ । यता नेपाल मगर संघ, मगर लेखक संघ, अठार मगरात मगर कलाकार संघ लगायतका मगर समुदायका संघ–संस्थाबाट रोदी मगर र गुरुङ समुदायको साझा संस्था हो भन्दै प्रतिकृयात्मक विज्ञप्ती निकालेका छन् । गण्डकी क्षेत्रको गुरुङको रोदी तकसेराको मगर गाउँमा प्रयोग भएकै हो त ? सार्वजनिक रुपमा सवाल उठेपछि दर्शकको आँखाबाट यसलाई केलाउने कोशिस गरेको छु । घरज्वाइँ र मगर संस्कृतिको तादम्यता : घरज्वाइँ फिक्सन चलचित्र भएपनि मगर मौलिक संस्कृति अभिव्यक्त भएको छ । रोल्पा र रुकुमका ग्रामिण क्षेत्रमा महिलाहरु अल्लो, भाङ्गो, भेडाको ऊन लगायतको धागो काटेर हिंडेको देख्न सकिन्छ । हातले काम गर्नुपर्ने अवस्था बाहेक हरेक क्षण महिलाहरुको हात खाली हुँदैन । गोठालो जाँदा, मेला जाँदा, घरमा बस्दा, कसैसँग गफिँदा, समाज भेला हुँदा टाकु चलाइरहेका हुन्छन् । धागो काट्नु ग्रामिण महिलाहरुको आर्थिक जीवनको महत्वपूर्ण पाटो हो । महिलाहरु धागोबाट कम्बल, बोल्ला, झोला जस्ता बस्तु घरमै उत्पादन गर्न सक्छन् । धागो गाउँ मै पनि विक्री गर्न सक्छन् अथवा बाहिर पनि बेच्न सक्छन् । यीनका बजार ठमेल, पोखरा, दाङ, बुटवल लगायतका सहरी क्षेत्र हुन् । छोरीहरुको पेवा प्रथा मगर समुदायमा महिलाको आर्थिक सशक्तिकरणको महत्वपूर्ण पाटो हो । यसले छोरीहरुको उमेर विकाससँगै आर्थिक सबलीकरण हुँदै जान्छ । यसमा उनीहरुले घरायशी जिम्मेवारीको अतिरिक्त समयमा पेवा वृध्दिको लागि अर्थोपार्जनमा संलग्न हुन्छन् । दिदी बहिनी तथा साथीहरुबीच मै पेवा वृद्धिको प्रतिष्पर्धा हुन्छ । यसले उनीहरुलाई तुरुन्त नगद आय हुने धागो काट्ने काममा उत्प्रेरित गरिराख्छ । विद्यालय शिक्षा प्रणालीले छोरीहरुको संलग्नता केही घटाएपनि उत्तरी रोल्पा, रुकुमपूर्व र पश्चिम बाग्लुङको ग्रामिण छोरीहरुको जीवनमा धागो काट्नु र तान बुन्नु आज पनि आम आर्थिक संस्कृतिकै रुपमा जीवित छ । हलो जोत्नु, डोको बुन्नु, सिकार खेल्नु, लाहुर जानु लगायतका काम आजपनि रोल्पा रुकुमका पुरुषहरुको आर्थिक जीवनका महत्वपूर्ण पहेलु हुन् । चलचित्रमा यी कुराहरुलाई प्रतिविम्बित गरेको देखियो । फिक्सन चलचित्रले मगर बस्तीको जीवन्त प्रस्तुति उत्कृष्ट तरिकाले पर्दामा उतारेको पाउन सकिन्छ । यति भनिरहँदा भाषामा तकाली लवज भने छुटेको महसुस भएको छ । धापा चुङ्न्या मगर परम्परालाई चलचित्रमा दुरुस्तै प्रस्तुत गरिएको छ । यसमा मगर दर्शकको आँखाले हेर्दा आफै त्यहाँ उपस्थित भएको महसुस हुन्छ । सोरोको बुवा मैते रमाले आफ्नो जवानीमा धापा चुङको स्मरण बडो मज्जासँग सुनाउँछ । सुनेर सोरो मुसुक्क मुस्काउँछ । रोदी प्रथा र धापा चुङ्न्या : वि.सं २०१५–२० सालसम्म रोल्पा र रुकुमका गाउँमा रोदी प्रथा अस्तित्वमा रहेको भूमे गाउँपालिका रुकुमपूर्वका तिलक रोकामगरले बताए । रोल्पा रुकुमको रोदी भने गण्डकी क्षेत्रको गुरुङ र मगरको रोदी भन्दा भिन्न रुपमा अभ्यासमा थियो । रोल्पा रुकुममा प्रचलित रोदीको नामाकरण मगर खामको ‘रो’ र ‘दी’ शब्दहरुको समासबाट निर्माण भएको हो । रो भनेको कुराकानी र दी ले ‘हो’ जनाउँछ । ‘दी’ को भावार्थ निश्चित गर्नु हो । जस्तो झिम दी.घर हो, भै दी.खोला हो, नम दी. आकाश हो, रोदी. कुराकानी हो आदि । पहिले पहिले गाउँमा रोदी धान्या अर्थात् रोदी गर्ने भनिन्थ्यो । खासगरी मकै बालीको फसल उठाइसकेपछि, हिउँदे बाली जहुँगहुँ भित्र्याइसकेपछि तथा विभिन्न पर्वहरुको जोख पारेर रोदी गर्ने प्रचलन थियो । रोदी गर्दा गाउँको मुखियाबाट पूर्वस्वीकृत लिनुपथ्र्यो । रोदीमा विवाद तथा अन्य समस्या आएमा मुखियाले नै सुल्झाउनुपर्ने हुँदा मुखियाको अग्रिम स्वीकृति आवश्यक पथ्र्यो । रोदीको स्थायी स्थान हुँदैन थियो । गाउँको ठूलो घर वा खाली घरमा रोदी गरिन्थ्यो । रोदीमा बुढापाका, युवायुवती र केटाकेटी सबै भेला हुन्थे । रोदी गर्दा साकासिलू सुनाउने, गीत गाउने, नाच्ने र हाँसो ठट्टा गर्ने गरिन्थ्यो । रोदीमा मिलेसम्म केटाकेटीको विहेको कुरा पनि छिनाएर निश्चित गर्ने गरेको तिलक रोकामगरले आफ्नो बुवाबाट सुनेको बताए । रोदी गर्दा विभिन्न व्यक्तिका साहसिक कथा, गाउँको गौरवका विषय, समुदायको इतिहास तथा मिथकहरु सुन्ने सुनाउने गरिन्थ्यो । यी कथाहरु लस्के भाका तथा झाम्रे लयमा समेत प्रस्तुत गर्ने गरिन्थ्यो । रनवन तथा गोठालो जाँदा गाउनेले रोदीमा गाउन सकेन भने तन्त्रका माध्यमले फुकाउने गरिन्थ्यो । यसले पुराना पुस्ताबाट नयाँ पुस्तामा सूचना र ज्ञान हस्तान्तरण हुन्थ्यो । रोदी खासगरी कुरा सुन्ने सुनाउने र बाली भित्र्याएको निश्चित गर्ने सामुहिक विधि हो । हाल यो प्रथा रोल्पा रुकुमका मगर समुदायबाट पूर्णरुपमा लोप भैसकेको छ । धापा चुङ्न्या परम्परा खासगरी  Collective Dating  हो । रोल्पाका मगर खाम साहित्यकार र मगर संस्कृतिका अध्ययता जीवन प्रवेश रोकामगरका अनुसार धापा चुङ्न्या सामुहिक रुपमा केटीहरु भेला हुने ठाउँमा केटाहरु मादल र बाँसुरी बोकेर पुग्छन् । सबै मिलेर नाचगान गर्ने, ठट्टा गर्ने, दोहोरी गाउने गर्छन् । यो केटाकेटीहरु बीच चिनजान, एकले अर्कालाई बुझ्ने र मन मिलेपछि विवाह पनि गर्ने प्रकृया हो । धापा चुङ्न्या रोदी जस्तो एकै गाउँभित्र सीमित हुँदैन ‍। युवाहरु एक गाउँबाट अर्को गाउँ जानुपर्छ । यो सामुहिक र सार्वजनिक बसाई हुने भएकोले यहाँ करणीलाई स्थान दिइँदैन । घरज्वाइँमा पनि सोरोको समूह तकसेराबाट धापा बस्न बाछीगाउँ जान्छ । यो प्रथा पनि वि.सं २०५४–५५ देखि देशको राजनैतिक परिस्थितिसँगै लोप भैसकेको छ । दृश्यमा युवतीहरुले ऊन कातिरहेको दृश्य देखिन्छ । धागो काट्नु र तान बुन्नु बाछीगाउँलेनी महिलाहरुको आज पनि दिनचर्या हो । युवतीहरु पेवा वृद्धिका लागि आजपनि भेला भएर धागो कात्ने परम्परा छ । गाउँमा साँझ अबेलासम्म धागो काटेर बस्नु आम महिलाहरुको दैनिकी हो । फिक्सन चलचित्रमा देखाइएको भएपनि यो नक्कल नभएर मगर समुदायका महिलाहरुको यथार्थ हो । एउटै घरमा लस्करै केटाकेटीहरु सुतिरहेको दृश्यलाई केहीले आपत्तिजनक रुपमा हेरेको देखियो । यो खासमा दृष्टि भ्रम हो । मगर समुदायमा परापूर्वकालदेखि प्रचलित घरको आर्किटेक्ट र मगरको आफ्नै नैतिक नियमनलाई नबुझी बाह्य आँखाले हेर्नु हो । मगर समुदायको घरको परम्परागत इन्टेरियर आर्किटेक्टमा घूर, चुल्हो र पटाहा मुख्य ३ भाग हुन्छन् । यी ३ भागको आ–आफ्नै महत्व र अर्थ छ । विभागीय रुपमा स्थान तोकिए पनि अहिलेको आधुनिक घर जस्तो पार्टिसन गरिएको हुँदैन । घरको भित्री भाग हल जस्तै खुला हुन्छ । भेला भएका युवायुवतीहरु विभिन्न नाता सम्बन्धले जोडिएका हुन्छन् । सबै नाता सम्बन्ध ठट्यौली सम्बन्ध हुँदैन । आपसमा मर्यादित नाता सम्बन्ध पनि हुन्छ । त्यहाँ घरमूली पनि सँगै हुन्छन् । साइनो मिले वा मन मिलेपछि केटाले केटी भगाएर लैजान सक्छ तर सँगै हलमा सुतेकै आधारमा अनैतिक सम्बन्ध भैहाल्ने विचार आउनु मानसिक विकृति हो । धापा चुङ्न्या  Collective Dating  भएकोले हरेक व्यवहार सार्वजनिक र पारदर्शी हुन्छ । धापा चुङ्न्या परम्परालाई किन रोदी भनेर संवादमा राखियो भन्ने प्रश्नमा निर्देशक अनिल बुढामगरको जवाफ छ, ‘सोरो भर्खरै सहरबाट पढेर तकसेरा फर्केको हुन्छ । उसले धापा चुङ्न्या अभ्यास जानेको हुँदैन । उसलाई तकसेरा गाउँको जीवनसँग अभ्यष्ट बनाउनु पर्नेछ । पाइन्ट र सर्ट पहिरिएको सोरोलाई क्रमशः मगरको छड्केमा अभ्यष्त बनाइन्छ । त्यसरी नै सहरको रोदी साँझ बुझेको सोरोलाई अभ्यष्त बनाउन आमरुपमा बुझिने शब्द रोदी प्रयोग गरिएको हो । यसमा गण्डकीको गुरुङको रोदीको नक्कल गरिएको छैन । शुद्ध बाछीगाउँको चलन उतारिएको हो । यो नेपाली भाषाको चलचित्र भएको हुँदा सकेसम्म सबैले बुझ्न सजिलो हुने शब्द प्रयोग गरिएको मात्र हो ।’ रोदी सबैले बुझ्ने आम नेपाली शब्द बनिसकेको छ । रोदीको व्यवसायिक भर्सन दोहोरी साँझ भनेर सबैले बुझेकै छन् । यसैको पृष्ठमा अहिले सयौँको संख्यामा सहरी क्षेत्रमा रात्री व्यवसायी चलिरहेका छन् । यस अवस्थामा एउटा फिक्सन चलचित्रले आफ्नो पात्रलाई कथाको लयमा जोड्न राखेको संवाद यति आपत्तिजनक हुनु नपर्ने हो । हिन्दु धार्मिक दर्शनले निर्दिष्ट गरेको स्त्री र यौनको मानकको मनोवैज्ञानिक सोचबाट ग्रस्त पूर्वाग्रही सवाल व्यक्त भएजस्तो लाग्यो । जसको जगमा गण्डकीका गुरुङ र मगर गाउँको रोदीलाई अनैतिक स्थलको ट्याग लगाएर सखाप पारियो । जबकी क्रसकजिन म्यारिजको प्रथाजनित प्रणालीको नैतिक बन्धनमा बाँधिएको समुदायमा यो प्रश्न कहाँबाट घुस्यो ? यसले मलाई गण्डकी क्षेत्रको रोदीको इतिहास, उत्पत्ति र समाजशास्त्रीय सान्दर्भिकताको खोजी गर्ने हुट्हुटी जगाइदियो । गण्डकी क्षेत्रको रोदी र रोधीको सन्दर्भ : D.A. Messerchmidt, A. Macfarlane, डोरबहादुर विष्ट र सरोज पन्त लगायतका अध्ययताले गुरुङ समुदायको अध्ययनमा ‘रोधी’ शब्दको प्रयोग गरेका छन् । यस्तै नेपाली वृहद शब्दकोषमा गुरुङ समुदायसँग जोडेर रोधी शब्द प्रयोग भएको पाइएको छ ।  Ellen Andors को सन् १९७६ मा INAs मा प्रकाशित Rodighar and It’s Role in Gurung Society नामक पुस्तकमा भने ‘रोदी’ शब्द प्रयोग भएको छ ।  Jhon T. Hitchcock  को सन् १९६६ मा प्रकाशित उनको पुस्तक  Jhon T. Hitchcock पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालमगरले पाल्पा, स्याङ्जा र तनहुँका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदी शब्दको प्रयोग गरेका छन् । यस्तै रोदी र कौरा नाच नामक पुस्तकका लेखक तनहुँबासी दानबहादुर आलेमगरले पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । अवधारणात्मक र समाजशास्त्रीय कार्यात्मक दृष्टिले मगर र गुरुङ समुदायमा रोदी र रोधीको एकै खालको भूमिका छ । नामाकरणको सन्दर्भमा मगर र गुरुङले आ–आफ्नो दावी पेश गरेको देखिन्छ । दुवै समुदायमा आ–आफ्नो भाषाले निर्माण गरेको समास र विग्रहको स्वतन्त्र व्याख्याका आधारमा यी शब्दहरु परिभाषित छन् । बोलीचालीमा रोदी भन्ने गरिए पनि लेखनमा मगर समुदायमा ‘रोदी’ र गुरुङ समुदायमा ‘रोधी’ शब्दको प्रयोग गरेको पाइएको छ । लेखन अभ्यास नभएको भए दुवै समुदायले रोदी नै भन्थे होलान् । गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा रोदी अथवा रोधीको नाम, उत्पत्ति र इतिहासको आ–आफ्नै दृष्टिकोण छ । मगर समुदायको दृष्टिकोण : गण्डकी क्षेत्रका मगर समुदायमा रोदी शब्द रुङ् र दी बाट बनेको भनिएको छ । यसमा रुङ् भनेको कुर्नु र दी भनेको पानी हो । यसको सामान्य अर्थ पानी कुर्नु हो । रोदीको खोजकर्ता दानबहादुर आलेमगरका अनुसार रोदीको उत्पत्ति तनहुँको रिसिङमा भएको दावी गरेका छन् । उनका अनुसार रोदी र कौरा अन्योन्याश्रित रुपमा एकै स्थान र परिस्थितिमा उत्पत्ति र विकास भएका हुन् । उहिल्यै रिसिङमा बसन्त र गर्मी याममा खानेपानीको निकै अभाव हुन्थ्यो । मानिसहरु पानी भर्न पँधेरामा लाइन लाग्नु पथ्र्यो । राती पानी बढी जम्मा हुने हुँदा युवायुवतीहरु राती पानी भर्न पधेँरामा भेला हुन्थे । पानी भर्न भेला भएकाहरु बसीबियाँलो गर्न खाली भाँडा ठटाउँदै नाच्ने गर्थे । यसरी खाली भाँडा ठटाउँदै नाच्दा नाच्दै कौरा नाचको विकास भएको विश्वास छ । पछि यसलाई थप परिमार्जन गरियो । यो नाच वि.सं १९२० तिर तनहुँ जिल्लाको दक्षिण भिर्कोट दुबुङ नरम छेरङ्ग जामडाँडा लगायतको क्षेत्रका मगर समुदायमा समृद्ध भैसकेको खड्क आलेमगरले साँस्कृतिक अगुवा चिरन्जीवी आले र गौरीमा आलेलाई उदृत गर्दै कौरा नाचबारे लेखमा उल्लेख गरेका छन् । सोही समयमा पानी भर्न जानेहरु रातभरी बस्नु पर्ने हुन्थ्यो । राती शीत पर्छ भनेर पधेँराको छेउँमा टहरो बनाएर बस्थे । टहरो बनाएर पानी भर्न पालो कुर्थे । पानीको पालो कुर्नेलाई मगर भाषामा रुङ् दी भनिन्छ । टहरोमा बसेर पालो कुर्ने भएकोले त्यो टहरोलाई रुङ्दी र पछि रोदी भनिएको हो । केही समयपछि रोदी गाउँतिर सर्यो । मगर गाउँमा आजभोलि पनि टहरो निर्माण गरी रोदी बनाउने चलन छ ।  Hitchcock ले सन् १९६६ मा बन्यान हिलमा ३ वटा रोदी रहेको लेखेका छन् । रोदीलाई हस्तकला र फूलले सजाएर आकर्षक पारिन्छ । पाको महिलाको संरक्षणमा रोदी संचालन हुने दानबहादुर आलेमगरले बताउनु भयो । उहिले युवतीहरुले रोदीमा हटेउरी बाट्ने, कपासको धागो कात्ने गर्थे । यस्तै युवाहरुले चोयाँ कात्ने गर्थे । रोदीमा सहभागी हुँदा साइनो लाएर मात्र बोल्न पाइने नियम हुन्थ्यो । केटाकेटीलाई मर्यादा सिकाइन्थ्यो । गाउँमा पर्मको सल्लाह रोदी मै हुन्थ्यो । कौरा नाच रोदीमा अनिवार्य हुन्थ्यो । रोदीमा युवा र युवतीले विभिन्न भाकामा दोहोरी गीत गाउने गर्थे । प्राध्यापक डा. केशरजंग बरालमगरले पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदीको बारेमा लेखेका छन् । मगर ठिटाठिटीहरु रोदीमै चिनापर्चि हुन्छन् । उनीहरुको प्रेम रोदीमा बस्ने र विवाह पनि हुने उल्लेख गरेका छन् । केटाहरु विवाह अघि र पछि समेत रोदी बस्छन् भने केटीहरु विवाहपछि रोदी बस्दैनन् । डा. मिन श्रीसका अनुसार रोदी गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा समान ढंगले अभ्यासमा रहेको परम्परागत संस्था हो । रोदीमा गुरुङ र मगरले आ आफ्नो सामुदायिक आवश्यकताका आधारमा विविधकरण गरेपनि यो साझा अमूर्त संस्कृति हो भनेका छन् । यस्तै प्राज्ञ डा. विष्णु सिंजालीका अनुसार यो मगर समुदायको प्रथाजनिक संस्था हो जो समुदायको गन्यमान्य परिवारले संचालन, नियमन र नियन्त्रण गर्दछ । रोदी विधिविधान अनुसार मगर समुदायमा संचालन हुन्छ । गाउँमा विद्यालय शिक्षा शुरु हुनुभन्दा पहिले रोदी सामुदायक प्रशिक्षण केन्द्रको रुपमा थियो । गाउँ खानेकथा, चकटी बुन्ने, गीत गाउने, नाच्ने रोदीमै सिकाइन्थ्यो । नाच्न नजान्नेलाई नाच सिकाउने तथा गाउन नजान्नेलाई गाउन सिकाइन्थ्यो । यहाँ विभिन्न जीवन उपयोगी शीप नयाँ पुस्तालाई हस्तान्तरण गरिन्थ्यो । रोदी नयाँ पुस्तालाई साइनो सम्बन्ध चिनाउने र अभ्यास गराउने थलोको रुपमा लिइन्थ्यो । माथिका तथ्यबाट भन्न सकिन्छ, मगर रोदीमा आर्थिक क्रियाकलाप, नाता जोडेर मर्यादा सिकाउने, नाचगान तथा सामुहिक श्रमको योजना लगायतका सामाजिकीकरण र मनोरञ्जनात्मक क्रियाकलाप हुने गर्दछन् । गुरुङ समुदायको दृष्टिकोण : गुरुङ समुदायमा ‘रो’ र ‘धी’ बाट रोधी बनेको विश्वास गरिन्छ । ‘रा’ को अर्थ कतै सुत्नु र कतै बुन्नु भनेर अथ्र्याइएको छ । यस्तै ‘धी’ भनेको गुरुङ भाषामा घर हो । रोधीले सुत्ने अथवा बुन्ने घर भन्ने अर्थ लाग्छ । सुत्ने घर भनेर अर्थ लगाउनेहरुले रोधीलाई सिकारी युगसँग जोडेका छन्, उहिल्यै उमेर पुगेका जवानहरु सिकार खेल्न जान्थे । जंगली जनावरको आक्रमणबाट बच्न बृद्धबृद्ध, बालबालिका र महिलाहरु गाउँको बीचको ठूलो घरमा जम्मा भएर सुत्थे । जम्मा भएर सुत्ने घरलाई रोधी भनियो । यस्तै पशुपालनसँग जोडेर ब्याख्या गर्नेहरुको भनाई अनुसार, गुरुङ समुदायको मुख्य पेशा भेडा पालन हो । राडीपाखी बुन्ने काम रोधीमा गरिने भएकोले बुन्ने घर भनेर रोधी भनिएको विश्वास छ भनी रोधी डिजिटलले प्रकाशित गरेको छ । गुरुङ समुदायले रोधी प्रथालाई आफ्नो प्रथाजनित संस्थाको रुपमा दावी गर्दै आएको छ । Ellen Andors ले सन् १९७६ मा लमजुङका गुरुङ समुदायमा प्रचलित रोदी प्रथाको बारेमा अध्ययन गरेका थिए । उनले समान किसिमको नाम र अवधारणा भएको रोदी संस्था गुरुङका अलावा मगर समुदायमा पनि रहेको उल्लेख गरेका छन् । उनले रोदीलाई रात्रीकालिन सामाजिक भेला हुने स्थान भनेका छन् भने यसलाई अर्धस्थायी छात्राबास भनेका छन् जहाँ गाउँका केटाकेटीहरु जमघट भएर गीत गाउने, कुराकानी गर्ने र हाँसो ठट्टा गर्ने गर्दछन् । रोधीमा युवा युवतीको समूह अलग अलग हुन्छ । यो समूहलाई रोप्स्यो भनिन्छ । उमेर अनुसारको रोप्स्यो समूहहरु रोधीमा हुन्छन् । केटाले स्थापना गरेको रोधीमा केटी र केटीले स्थापना गरेको रोधीमा केटाहरु जाँदा कोशेली लगेर जानुपर्छ । रोधीमा रोप्स्यो नाइके वा गन्यमान्य बोलाएर धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए गरेर साइनो लगाइन्छ भनेर रोधी डिजिटलले विस्तृत रुपमा प्रस्तुत गरेको छ । रोधीमा बुन्ने, तुन्ने र ऊनचलनको कामसँगै मकै छोड्याउने तथा भोलिको मेला कस्को गर्ने भन्ने सल्लाह हुने गर्छ । रोधी घर गुरुङ समुदायमा कम्युनको रुपमा अभ्यास हुने र व्यवहारिक पाठशालाको रुपमा लिइने मादी गाउँपालिकाका श्याम गुरुङलाई उदृढ गर्दै सौगात पोखरेलले रातोपाटीमा एक लेख प्रकाशित गरेका छन् । रोधीमा घाटु लगायतका नाच, दोहोरी गीत प्रस्तुत गरी मनोरञ्जन गर्ने गरिन्छ । पछिल्लो पटक सरोज पन्तले घान्द्रुकका गुरुङ समुदायमा रोधी प्रथाको अवस्था बारे अध्ययन गरेका छन् । रोधी प्रथा गुरुङ समुदायबाट कसरी र किन लोप भैरहेको छ भन्ने बारे अध्ययन गरेका छन् । हिन्दुकरण, वर्तमान आधुनिक शिक्षा, मनोरञ्जनका अन्य साधनहरुको पर्याप्तता तथा बसाईसराईलाई रोधी लोप हुनुको मुख्य कारण मानेका छन् । यसरी गण्डकीको मगर समुदायले बुझ्ने रोदी टहरो हो जो पानीको प्याससँगै पधेँरामा जन्मियो । पछि मगर गाउँमा हुर्कियो अनि विभिन्न ठाउँमा विस्तार हुँदै गयो । यस्तै गुरुङले बुझ्ने रोधी भनेको घर हो जहाँ सुत्ने वा बुन्ने गरिन्छ । मगर र गुरुङका रोदीको प्रकृयागत भिन्नता भएपनि दुवै समुदायको समाजशास्त्रीय प्रकार्य उस्तै छ । दुवै समुदायका रोदी अथवा रोधीमा युवायुवतीको भेट हुने र नाचगान गरी रमाइलो गर्ने, सामाजिक अन्तरकृया गर्ने, शीप सिक्ने, मर्यादा सिक्ने र सामुहिक श्रम अभ्यासको योजना बन्ने गर्दछ । अवधारणात्मक हिसाबले रोदी र रोधी एकै खाले आदिवासी प्रथाजनित संस्था हो भन्न सकिन्छ । रोदी वा रोधी कसको ? रोदी सबैको साझा हो । गुरुङले मात्र होइन मगरले पनि यसलाई प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको माथिका तथ्यहरुबाट देखिन्छ । रोदीमा कौरा, घाटु, सोरथी, झाम्रे लगायतका मौसमी र बाह्रमासे नाच नचाउने चलन गुरुङ मगर दुवै समुदायमा पाइन्छ । विभिन्न भाकामा केटाकेटी बीच दोहोरी गीत गाउने चलन दुवैमा पाइएको छ । आज गण्डकी क्षेत्रको मगर गुरुङका धेरै संस्कृतिहरु साझा छन् । संस्कृति अंशवण्डा गरेर गर्न सकिने चिज होइन । घलेक, चोली, पटुकी र गुनियो दुवै समुदायको हो । खानकी दुवै समुदायमा उस्तै छ । घरको प्राचीन आर्किटेक्ट उस्तै उस्तै छ । डा. मिन श्रीसका अनुसार गण्डकी क्षेत्रका मगर र गुरुङका धेरै कुरा मिल्छन् । फरक भनेको भाषा र केही संस्कार मात्र हो । यस्तै मगरको म्यात्रील्याटरल क्रसकजिन म्यारिज हो भने गुरुङको बाइल्याटरल क्रसकजिन म्यारिज हो । यसले मगरको रोदीमा मामा भान्जीको ठट्यौली साइनो निर्माण गर्दछ भने गुरुङको रोधीमा सोल्टी सोल्टिनाको । गुरुङको संस्कृतिमा तिब्बती प्रभाव र मगरको संस्कृतिमा हिन्दु संस्कृतिको प्रभाव देखिएपनि यी दुवै समुदायको मिलन विन्दु भने गण्डकी क्षेत्रमा विकास भएको सभ्यता र संस्कृति हो । रोदीलाई गुरुङ र मगरले आ आफ्नै दृष्टिकोणमा हेरेको भएपनि दुवैले यसलाई सामाजिकीकरण हुने प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको पाइन्छ । यो एकै स्थानबाट उत्पत्र् िभएर अन्यत्र विस्तार भएको पनि हुनसक्छ वा भिन्न भिन्न स्थानमा भिन्न परिस्थितिमा उत्पत्ति भएको पनि हुन सक्छ । जे भएपनि संस्कृति पहिचान हो अंशवण्डा गर्नुपर्ने जिनश होइन । संस्कृति सबैका साझा हुन् । अन्तमा, मगर र गुरुङ गाउँको रोदीको काखबाट जन्मिएको दोहोरी साँझ आज काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज लगायतका ठूला सहरमा रात्री क्लबको रुपमा संचालन भएका छन् । नेपाली सहरमा मनोरञ्जनको नयाँ विधा स्थापित भएको छ । मनोरञ्जन बजारमा दोहोरीले विशेष स्थान बनाएको छ । धेरैले व्यवसायी संचालन गरिरहेका छन् । हजारौँ नेपालीले रोजगारको अवसर पाएका छन् । अर्थशास्त्रको दृष्टिले मुलुकको लागि यो राम्रै कुरो हो । तथापि पहिचानको दृष्टिले हेर्ने हो भने रोदी साँझको नाममा व्यवसायी संचालन हुँदा गुरुङ र मगरको पहिचान लिलाम भएको छ । आज घलेकी, चोली र गुन्यो पहिरिएकी चेलीलाई गुरुङ मगर होइन दोहोरी साँझको कर्मचारी भन्ने बुझाई निर्माण हुँदैछ । प्रथाजनित संस्था रोदी आज दोहोरी गीत, नाच र बार रेष्टुरेण्टको रुपमा परिणत भएको छ । मगर गुरुङको सौन्दर्यशास्त्र आज नाइट क्लबमा बन्धक हुन पुगेको छ । घलेकी र छिटको गुन्यो वेटरको एप्रोन हुन पुगेको छ । मगर गुरुङको प्रथाजनित संस्थाको ब्राण्ड मनोरञ्जन बजारमा विक्री भइरहँदा मगर गुरुङ समुदाय भने घरज्वाइँको बोर्डमा अंशवण्डाको लुडो खेल्न थालेका छन् । गण्डकी क्षेत्रमा मगर गुरुङ समुदायबाट हुर्किएको दोहोरी साँझ आज सहरमा वितरा परेको छ । बरु यसको सही व्यवस्थापन र नियमनमा लाग्नु पर्ने समय हो । मगर र गुरुङका गाउँमा सांकेतिक रुपमा बाहेक आम सांस्कृतिक जीवनको पाटोबाट रोदी सधैका लागि लोप भैसकेको छ । सहर छिरेको रोदीलाई घरज्वाइँको सोरो जस्तै सजिलै गाउँ फर्काउन सकिँदैन । बरु गाउँबाट सहर पुगेको रोदीलाई राज्यको नियमले बाँधेर व्यवस्थित बनाउन पहल गर्न सकिन्छ । जसरी स्थानीय कानूनबाट थारु समुदायको बडघर विभिन्न स्थानीय सरकारले संस्थागत गर्दैछ त्यसरी रोदीलाई कानूनबाट संस्थागत गर्न सकिन्छ । पेटेन्ट लिएर ब्राण्डलाई मनिटाइज गर्न सकिन्छ । सरकारी संयन्त्र मार्फत् रोयल्टी संकलन गरी सामुदायको हित र विकासमा उपयोग गर्न सकिन्छ । रोदी गुरुङ र मगर दुवै समुदायको हो । परापूर्वकालदेखि गण्डकीका गुरुङ मगरलाई यसैले जोडेको थियो । संस्कृति अंशवण्डा गर्ने विषय होइन । संस्कृतिले मानिसहरुलाई तोड्दैन बरु जोड्छ । नेपालको संविधानको प्रस्तावना अनुरुप विविधताबीचको एकतालाई मजबुद बनाउन अब राज्य मात्र होइन सम्बद्ध समुदाय नै अग्रसर हुनुपर्छ । रोदी सम्बन्धी मतभेद सुल्झाउन आदिवासी जनजाति आयोग, आदिवासी जनजाति महासंघ र मगर गुरुङ समुदाय सम्बद्ध संस्थाहरु समजदारीपूर्वक अघि बढ्न उपयुक्त हुन्छ । गोलखबरबाट

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

७६८ दिन अगाडि

|

१४ साउन २०८१

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञाप्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन २०८१ प्रज्ञा प्रतिष्ठानमा शनिवार सम्पन्न भएको छ ।  तीनवटै प्रज्ञा प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गरेका थिए। प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको थियोे। (क) तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीनओटै प्रज्ञा-प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने। (ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने। (ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने । (घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने। (ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने। (च) प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने। (छ) नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने। (ज) नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा-प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने। (झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने। (ञ) पुस्तक,पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सार लगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने। (ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने। (ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद् विमर्शसहित घोषणापत्र जारी गरिएको थियो। कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको सभापतित्वमा भएको थियो ।