भूख

भूख

७९१ दिन अगाडि

|

२२ असार २०८१

नाटक  पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

नाटक पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

७९१ दिन अगाडि

|

२२ असार २०८१

“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान, फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ? कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?” मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो वेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् । “दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व भयभित, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू ए सेपियन्सहरू ! बन्द गर अब सृष्टि । मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानीकारक छ ।” वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे भेषमा खासखुस गर्दै देखा पर्छन् । पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा विरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन् । वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन् । डिटेक्टर मेसिनसहित पानीको खोजीमा आएका मानिसहरु मरुभुमीमा चिसो ठाउँ भेट्टाउँछन् । यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन् । त्यसपछि ती वृद्धले सबै रहस्यहरु सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ । यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक पूर्णविरामको । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक नाटककार सुरज पराजुली हुन् । बढ्दो शहरीकरण र वातावरण विनाशले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् । उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो ।’ उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे । नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् । नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् । जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्नसमेत गाह्रो हुन्छ र विरुवाहरु खोज्न थाल्छन् । एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ । नाटक पूर्णविराम वातावरण विनाश गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो । नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजे पनि रहनेछ । कदरन्यूजबाट ।

"चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई"

"चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई"

७९२ दिन अगाडि

|

२२ असार २०८१

                                                                                                                                                                           सबै तस्विरः सागर गैरे - सागर गैरे  कोहलपुर चौराहामा आज असार २२  गते  बिहान एक विशेष गतिविधि देखियो। चटार थारु गाउँका चिनारु कृष्ण थारुले चिच्याउदै मलाई बोलाए, "चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई।" म साईकल चलाएर फर्किँदै थिएँ र तत्कालै साईकल घुमाएर उनीहरूको समूहको नजिकै गएँ। थारु समुदायका महिला पुरुषहरू फुट्की च्याउ खोज्न जंगलतिर जाँदै थिए। यो विशेष च्याउ गोलो डल्ला आकारको हुन्छ र जमिनमा उम्रिन्छ। फुट्की च्याउ स्वादिलो मात्र नभई पौष्टिक पनि हुन्छ। यो च्याउ विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ र वर्षमा एक सिजन मात्र पाउन सकिन्छ। फुट्की च्याउ सालको जंगलमा पाइन्छ। जेठ र बैशाख महिनामा जंगलमा लागेको आगोको खरानीमा उम्रिने यो च्याउ असार र साउन महिनामा खोज्न सकिन्छ। माटोले लत्तपट्टिएको फुट्की च्याउ कालो देखिन्छ तर सफा पानीले धोएपछि टिमुर र अन्य मसालाहरू हालेर पकाउँदा मीठो र सुपाच्य हुन्छ। आज कोहलपुर नगरपालिकाका थारु बहुल्य गाउँबाट उल्लेख्य संख्यामा मानिसहरू फुटकी खोज्न जंगल गएका छन् । जिप, अटो, म्याजिक भ्यान र मोटरसाइकलमा हुलका हुल मानिसहरू थिए । साथमा ओढ्ने र खाने कुराको बन्दोबस्त पनि गरेका थिए। हिजो अस्ति गाउँमा केही मानिसले फुट्की च्याउ ल्याएका थिए र त्यो खबर आगो झै फैलियो । आज पूरा गाउँ उल्टिएर गएको छ । यति मानिसहरू आज जंगलमा छन् कि गाउँमा समेत त्यति नहोलान। फुट्की च्याउ खोज्न गएको भिडभाडको दृश्यले म छक्क परेँ र तस्बिर खिच्न थालेँ। यो गतिविधिले थारु समुदायको उत्साह र फुट्की च्याउको महत्त्वलाई स्पष्ट पार्छ । वर्षमा एक पटक मात्र पाइने यो च्याउको खोजीका लागि थारु समुदायले गरेको प्रयास प्रशंसनीय छ । कोहलपुर

युगले बिर्सेको जोधा कालीराम थारू

युगले बिर्सेको जोधा कालीराम थारू

७९८ दिन अगाडि

|

१६ असार २०८१

पोमराज शर्मा पञ्चायती कालमा जन्म भयो । पञ्चायती कालमै सारा बालाजोवन पुर्खाको बिर्तावाल नयाँ मुलुकमा रम्दै रमाउदै यहीकै धुलोमाटोमा साइनो गाँस्दै यौवन अवस्थाका झरिला र भरिला सपनाहरु यसैमाटोमा रोपियो। ती सपनाहरुमध्ये कति उम्रन नपाउदै यसै माटामा विलिन भए, कति उम्रेर पनि फुल्न फल्न नपाउदै अभाव,अनिकाल र अवसरविहिन मौसमले आफैसँग साथैमा लिएर गयो । अवस्था र व्यवस्था अनुकूलको अवसर अनि घरायसी वातावरणले साविकको मगरागाडी गाउँ पञ्चायतको जयनगरमा बसेर आफ्नो भविष्य खोज्ने प्रारम्भिक पढाइ अंशुवर्मा मा.वि.मा सुरुवात गरियो । कुरा वि.सं.२०३७ सालतिरको हो, जति खेर कक्षा १ को अनौपचारिक शिक्षा थालनी गरिएको थियोे । बर्दिया जिल्लामै राजनीतिक रुपले सुपरिचित क्षेत्र भएकाले सानैदेखि खुला तथा प्रतिवन्धित राजनीति नबुझी नबुझी नजिकबाट सुन्ने र देख्ने अवसर घरबाटै प्राप्त भयो । बहुदल निर्दलको जनमत सङ्ग्रह होस् वा ४० सालको वम विस्फोट घुर्मिलो घुर्मिलो आवाज सुनिएको थियोे । विद्यालयको रुग्ण भौतिक अवस्था सुधार गर्न मगरागाडीका तत्कालीन थारु जोधा श्री रामकिसुन थारु र कालीराम थारुले आफ्नो  बलबुताले प्रयास गरेका थिए । पञ्चायती व्यवस्थाका कट्टर समर्थक रामकिसुन थारु अनि बहुदलवादी कालीराम थारुबिच आपसी टकराब बढ्दै गयो । यसैबिच गाउँ पञ्चायतको आवधिक निर्वाचनको समय नजिकियो। त्यस बेलाका अंशुवर्मा मा.वि.का प्रधानाध्यापक बामदेव गौतम,स्व.शिक्षक देव रानालगायत बहुदलवादी नेता गोपाल गिरी, सर्जुप्रसाद राजी लगायतको आन्तरिक सल्लाहबमोजिम विद्यालयका सम्पूर्ण विद्यार्थी ,शिक्षक ,प्रजातन्त्रनावादी तथा वामपन्थी सम्पूर्ण जनसमुदाय कालीराम थारुको पक्षमा लागेर निर्वाचनको प्रचारप्रसार गरेको हिजो जस्तो लाग्छ । त्यसबेला कालीराम थारुलाई सबै मिलेर जिताउने अनि कालीराम थारुले आफ्नै लगानीमा विद्यालय भवन निर्माण गरिदिने आन्तरिक सहमति भए बमोजिम बाल्यकालमै उहाँको निर्वाचन चिन्ह माछा गाउँघरका भित्तामा मेरा कोमल हातले पनि बनाउन हौसिएका थिए । निर्वाचन भयो, थारु प्रजातन्त्रवादी जोधा कालीराम थारुले अत्यधिक मतले विजय हासिल गर्नु भयो र सम्झौता बमोजिम विद्यालय भवन निर्माण कार्य पनि प्रारम्भ भयो । तत्कालीन पञ्चायती शासनको दवाबमा कामलाई बिचैमा अर्धमृत बनाइयो तर कालीराम थारुको निडर स्वभावले कालान्तरमा उक्त भवनले पूर्णता पाइ छाड्यो। थारु जोधा स्व.कालीराम थारु शिक्षा क्षेत्रमा मात्र नभइ तत्कालीन अवस्थामा धधवार,मगरागाडी गाउँपञ्चायतका आम किसानका कृषक नेता पनि थिए । कृषि कर्मका लागि परम्परागत कुलापानी व्यवस्थापनका लागि पनि उहाँको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ। बबई सिचाइ आयोजना लागू नहुदा यस क्षेत्रमा कुलापानीको प्रमुख अर्थात् चौधरी भइ किसानलाई बबईबाट परम्परागत कुलो खनी बाह्रैमास सिचाइको व्यवस्थापनमा उहाँको ठूलो हात रहेको थियोे । सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु उहाँको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु  कालीराम थारुको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। तीन चार दिनको रसद पानी लिएर घनघोर जङ्गलमा छाउनी बसाइँ सारा किसान कोर्तेवाहलाई नेतृत्व गर्नु कमता जोखिमपूर्ण थिएन । यस पङ्तिकार पनि वि.सं.४५/४६ सालतिर ३ ओसेरी कालीराम थारुको नेतृत्वमा बबईबाट परम्परागत रुपमा कुलो खनेर पानी ल्याउने महान कर्मको साक्षी हुने अवसर पाउने एक भाग्यमानी हो । पञ्चायतको प्रधानपञ्चको भूमिका मात्र नभइ दुईवटा पञ्चायतका सारा किसानलाई नेतृत्व गर्दै अदम्य सहासका साथ बबईको उर्लदो भेलमा आफू जहाँसम्म गएर नदीको मझधारमा उभिन सक्थे, उक्त स्थानसम्म बबई नदीलाई थुनेर पानी फर्काउनु उहाँको बयान गर्नै नसकिने आँट र सहास थियोे ।बर्दिया राष्ट्रिय निकुञ्जको बिचमा मध्यरातमा नै सारा किसानलाई उठाउनु अनि आफू अघि अघि सरी गाउँले किसानलाई परम्परागत शैलीमा आफ्नो  आवाजका भरमा नेतृत्व गर्दै कल्पनै गर्न नसकिने नदीको बगरलाइ एक हात लामो बेट र एक अगुलको भुत्ते फरुवाले ढुङ्गा खोस्रेर कुलामा पानी चलाउनु निलआर्मस्ट्रङले चन्द्रमा पाइला राख्नु र तेन्जिङले सगरमाथामा पाइला टेक्नु जत्तिकै कठिन अनि अगम्य कार्य थियो । स्व.कालीराम थारुको त्यो आँट अनि त्यो साहास अतुलनीय थियोे। ।                                                                                                                            लेखक पोमराज शर्मा यस क्षेत्रको विकास निर्माणका क्रममा मगरागाडी-तर्कापुर-खुन्तीपुर हुदै जब्दीघाट सम्मको बाटो खनाउदा होस् वा सोनापुर बुढी भवानीको मन्दिरदेखि औंरी कौवाकोरा सम्मको मूलबाटो खनाउदाको साहासिकता र व्यापक जनसहभागिता अविस्मरणीय अतुलनीय ऐतिहासिक थियोे त्यो क्षण। जुन उहाँको राजनीतिक र कुटनीतिक क्षमताको सदा साक्षी युग युगसम्म रहिरहनेछ । बदलिँदो समयको  क्रमसँगै त्यस्ता महान व्यक्तित्व र नेतृत्वलाई बहुदलपछिका नवराजनीति कर्मीले कता कता बिर्से जस्तो लाग्छ। त्यो व्यक्ति जसको एक आवाजमा सारा गाउँ जाग्थ्यो, त्यो व्यक्ति जसको एक हाँकमा सारा समस्याका पहाडहरु फोड्ने अदम्य सहास सारा गाउँवासीमा सिन्चित हुन्थ्यो ।आज त्यी युग पुरुष चिता अग्नीमा जलेर यस धराधामबाट बिदा भएपछि लाग्छ, सबैले उनलाई बिर्सेकै हुन् वा आजका मान्छे कृतघ्न भए । यस्ता महान साहासिक थारु जोधा स्व.कालीराम चौधरीलाई मेरो सत्सत् नमन्: । लेखक बर्दियाको बारबर्दिया–६, जयनगरस्थित अंशुवर्मा माविका प्रधानाध्यापक हुन् ।

भ्यासकटोमी भाले पाल्नेलाई पालिकाको अनुदान

भ्यासकटोमी भाले पाल्नेलाई पालिकाको अनुदान

८०१ दिन अगाडि

|

१२ असार २०८१

नारायण खड्का एक हप्ताअघि दाङ, राप्ती गाउँपालिका–४, मौरीघाटकी ४० वर्षीया सुशीला महराको बैंक खातामा दुई हजार ५०० रूपैयाँ जम्मा भयो। यो रकम राप्ती गाउँपालिकाले जम्मा गरिदिएको थियो। सुशीलाले २५ वटा बँधिया भाले पालेकी छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा बँधिया भाले (क्यापन) पाल्ने किसानलाई एउटा भालेको वार्षिक सय रूपैयाँ अनुदान दिने निर्णय गरेको थियो। गाउँपालिका साना किसानलाई लक्षित गरेर उनीहरूको हौसला बढाउन पहिलोपटक यस्तो अनुदानको नीति लिएको हो। यसका लागि चालु आर्थिक वर्षमा एक लाख रूपैयाँ बजेट छुट्याएको थियो। हालसम्म १२ जना किसानले कुल तीन सय भालेका लागि अनुदान पाएका छन्।गाउँपालिकाको ‘पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ मा न्यूनतम पाँचवटा बँधिया भाले पाल्ने किसानले वार्षिक रूपमा एकमुस्ट अनुदान पाउने प्रावधान छ। बँधिया भाले भनेको प्रजनन क्षमता बन्ध्याकरण गरिएको भाले हो। गाउँपालिकाले गत वैशाख १० गते सार्वजनिक सूचना जारी गरी ३० दिनभित्र पशुसेवा शाखामा निवेदन दिन आह्वान गरेको थियो। निवेदनमा किसानले भालेको संख्या र उमेर खुलाउनुपर्ने शर्त छ। फार्म दर्ता भएको भए नवीकरणको प्रमाणपत्र र दर्ता नभए वडा कार्यालयको सिफारिस समावेश गर्नुपर्छ। यो अनुदानले बँधिया भाले पालिरहेकी सुशीला उत्साहित भएकी छन्। सुशीला भालेलाई आफै बँधिया बनाउँछिन्। उनले चितवनमा भेटेरेनरी तालिम लिएकी थिइन्। बँधिया बनाउन तालिममै सिकेकी हुन्। सुशीलाका अनुसार उनीसँग ३२ वटा बँधिया भाले थिए। एक साताअघि ७ वटा बेचिन्, बाँकी रहेका २५ भालेको संख्या पेश गरेअनुसार गाउँपालिकाबाट दुई हजार ५०० रूपैयाँ प्राप्त गरेकी हुन्। सुशीलाका अनुसार बँधिया बनाएको आठ–दश महिनापछि बेच्दा राम्रो मूल्य प्राप्त हुन्छ। सामान्यतया बँधिया भाले तौल नगरी ‘कुत्वा’ मा किनबेच हुन्छ। कुत्वा भनेको मोलमोलाइ हो। ‘मैले एउटा बँधिया भाले तीन हजारदेखि चार हजार (रूपैयाँ) सम्ममा बेच्ने गरेकी छु। जिल्लामा पनि बिक्री हुन्छ। धेरैजसो काठमाडौं र पोखरा पुग्छ,’ सुशीलाले भनिन्।  उनका अनुसार पैसावाला मानिसहरू बँधिया भाले खोज्छन्। यसको मासु खानु उनीहरूको सोख हुन्छ। ‘राम्रो बँधिया भएको भालेको मासुको टेस्ट (स्वाद) नै अलग हुन्छ। एकदमै खँदिलो मासु हुन्छ,’ उनले भनिन्, ‘मासुका पारखीहरू एकपटक बँधिया भाले खाएपछि फेरि त्यही खोज्छन्।’ उनलाई गाउँपालिकाले बँधिया भाले पाल्नेलाई अनुदान दिन थालेकोमा निकै खुसी लागेको छ। उनका विचारमा गाउँपालिकाले साना किसानको हितमा काम गरेको छ। बँधिया भाले पाल्न अरू किसानहरू पनि उत्साहित भएका छन्। सुशीलाले खसीबाख्रा र भैंसी पनि पालेकी छन्। हाल उनको गोठमा ८० वटा खसीबाख्रा छन्। भैंसी एउटामात्र छ। गाउँपालिकाले दुध उत्पादन गर्ने किसानलाई पनि प्रतिलिटर चार रूपैयाँ अनुदान दिने गरेको छ। उनी भन्छिन्, ‘मैले वर्षभरि बेचेको दुधको अनुदान मेरो खातामा जम्मा भइसकेको छ। यो वर्षदेखि बँधिया भालेमा पनि अनुदान पाएर खुसी लागेको छ।’ हाल राप्ती गाउँपालिकामा प्रकाश विष्ट अध्यक्ष रहेका छन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनी निर्वाचित भएपछि किसानले दुधमा अनुदान पाउन थालेका हुन्। बँधिया भालेमा चालु आर्थिक वर्षमा अनुदान सुरू भएको हो। गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख दामोदर आचार्यका अनुसार ‘साना किसान प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस्तो अनुदान सुरू गरिएको हो। यसबाट किसानहरू लाभान्वित र उत्साहित हुने विश्वास प्रकट गरे। उनले किसानको सहभागिता हेरेर अनुदान रकम बढाउँदै जाने नीति रहेको बताए। दुध र बँधिया भालेमा अनुदान पाउने किसानको संख्या हरेक वर्ष बढ्दै जाओस् भन्ने चाहना गाउँपालिको रहेको पनि उनले बताए। आचार्यका अनुसार यस वर्षको अनुदान किसानले माग गरेका आधारमा दिने र अर्को वर्षदेखि र किसानको घरमै पुगेर विवरण संकलन गर्ने योजना छ। गाउँपालिकाले दुधको अनुदानमा एक वर्षमा १५६ जना किसानको खातामा १२ लाख रूपैयाँ जम्मा गरेको छ। यस हिसाबले गाउँपालिकामा एक वर्षमा तीन लाख लिटर दुध उत्पादन भएको छ। औसतमा एक किसानले एक हजार ९२३ लिटर दूध उत्पादन गरेर सात हजार ६९२ रूपैयाँ अनुदान पाएका छन्। औसत हिसाब यस्तो भए पनि वडा नम्बर ४, मौरीघाटको ‘प्रसिद्धि एग्रो फार्म’ सञ्चालक शरदकुमार शर्माले एक लाख रूपैयाँ अनुदान प्राप्त गरेका छन्। यस हिसाबले उनी एक्लैले २५ हजार लिटर दुध उत्पादन गरेको देखिन्छ। दुध बेच्ने किसानले मात्र अनुदान पाउँछन्। सहकारी संस्थाको संकलन केन्द्रमा वा आफूखुसी अन्यत्र बेच्ने दुबै थरी किसानले प्रतिलिटर प्रतिदिन चार रूपैयाँका दरले अनुदान पाउँने व्यवस्था छ।  मानौं, कुनै किसानले दैनिक पाँच लिटर दुध बेच्छन् भने दैनिक २० रूपैयाँ अनुदान पाउँछन्। अनुदान पाउन किसनाले वडा कार्यालयमा विवरण बुझाउनुपर्छ। किसानको खातामा मासिकरूपमा पैसा जम्मा हुन्छ। गाउँपालिका कार्यालयले समय समयमा दुध उत्पादनको अनुगमन र दुधको गुणस्तर परीक्षण पनि गर्ने गरेको छ। राप्ती गाउँपालिकाले कृषि क्षेत्रको उन्नयनका लागि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानका हकमा ‘करार खेती’ कार्यान्वन गरेको छ। जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्ने किसानले भाडामा लिएको जग्गाको प्रतिकट्ठा वार्षिक बढीमा तीन हजार रूपैयाँ गाउँपालिकाले व्यहोर्छ। दोस्रो वर्ष प्रतिकठ्ठा एक हजार र तेस्रो वर्ष २५ प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था छ। गाउँपालिकाबाट गत आर्थिक वर्षमा १२ जना किसानले करार खेतीको अनुदान पाएका थिए। चालु आर्थिक वर्षमा हालसम्म ८ जना किसानले १६९ कट्ठाको भाडामा अनुदान पाएका छन्। राप्ती गाउँपालिकाले आफ्नो जमिनमा व्यावसायिक तरकारी खेती गर्ने किसानलाई क्षेत्रफलमा आधारित अनुदान पनि दिने गरेको छ। तीन कट्ठाभन्दा बढी क्षेत्रफलमा खेती गरेका किसानले प्रतिकट्ठा एक हजार २०० रूपैयाँका दरले अनुदान पाउँछन्। गत आर्थिक वर्षमा २०२ जना किसानले त्यस्तो अनुदान पाएका थिए। चालु आर्थिक वर्षमा हालसम्म ९७ जना किसानले अनुदान लिएका छन्।सेतोपाटीबाट

थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

८०२ दिन अगाडि

|

१२ असार २०८१

धनगढी । थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ ।  सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।  उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबैभन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको छ । यसै गरी धनगढी उपमहानगरपालिकाका १४७, गोदावरी नगरपालिकाका ६४, गौरीगङ्गा नगरपालिकाका ५४, घोडाघोडी नगरपालिकाका ३७ जना रहेका अस्पतालका सिकलसेल स्रोतव्यक्ति गौरी जोशीले जानकारी दिनुभयो ।  लम्कीचुहाका २१, टीकापुरका ३३, भजनी नगरपालिकाका ३९ जना, बर्दगोरियाका ४५, जानकीका ४७ र जोशीपुर गाउँपालिकाका ४३ सिकलसेल बिरामीले सेती प्रादेशिक अस्पतालबाट उपचार गराइरहेका जनाइएको छ ।  सरकारले सिकलसेल परीक्षण र उपचार निःशुल्क गरे पनि अलग्गै उपचार कक्षको व्यवस्था हुन नसक्दा बिरामीले समस्या भोग्दै आएको जोशीले बताउनुभयो । यसै गरी कञ्चनपुरमा २६४ जना सिकलसेल एनिमियाका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०, बेलौरीमा ८८, पुनर्बासमा २३, कृष्णपुर नगरपालिकामा ५६ जना र लालझाडी गाउँपालिकामा २४ जना सिकलसेलका बिरामी रहेका छन् । यस्तै बेलडाँडी गाउँपालिकामा २१, शुक्लाफाँटा नगरपालिकामा १४ र वेदकोट नगरपालिकामा १४ जना बिरामी रहेको जनाइएको छ ।  नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको उपचारको व्यवस्था नीतिगत रूपमा गरेको छ । सिकलसेल एनिमिया भएकाले एक लाख रुपियाँ बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएका छन् ।  सिकलसेलको परीक्षण र उपचार निःशुल्क रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताउनुभयो । सिकलसेल लागेका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, रक्तअल्पता, रिँगटा लाग्ने, शरीर कमजोर हुनेलगायतका स्वास्थ्य समस्या देखिने गरेका छन् ।  सिकलसेल पोजेटिभ दम्पतीबाट जन्मिने ९९ प्रतिशत बच्चालाई सिकलसेल रोग लाग्न सक्ने भएकाले सिकलसेलको जन्मकुण्डली हेरेर मात्रै विवाह हुनुपर्नेमा डा. कमरले जोड दिनुभयो ।   गोरखापत्रबाट ।

राना थारूको पोशाक सिलाएर राम्रो कमाई

राना थारूको पोशाक सिलाएर राम्रो कमाई

८०३ दिन अगाडि

|

११ असार २०८१

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनु भएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुनुहुन्छ । “आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ”, उहाँले भन्नुभयो, “कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ ।”  रानाथारु समुदायले लगाउन अङ्गिया, घगरिया, उनिया लगायतका पोसाक तयार पार्ने गरेको उहाँले बताउनुभयो । ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गर्नुभएको छ । “ आमासँग लुगा सिलाउने सिकँे । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ ”, उहाँले भन्नुभयो, “लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।” डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय हुनुहुन्छ । सानैमा आमा र हजुरआमाबाट उहाँले पहिरन सिलाउने सीप सिक्नुभएको हो । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उहाँ बताउनुहुन्छ । “हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।” पहिरन बनाउन गाउँकै मानिस उहाँको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । “बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ”, उहाँले भन्नुभयो, “सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ ।”  रासस