लोकवार्ताको कार्यक्रममा संगीतमय भयो दैलेखको दुल्लू

लोकवार्ताको कार्यक्रममा संगीतमय भयो दैलेखको दुल्लू

६८४ दिन अगाडि

|

५ कात्तिक २०८१

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

६८६ दिन अगाडि

|

३ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा भएको छ । मध्यपश्चिम विश्वविद्यालयको ग्रेजुयट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीको सभाकक्षमा भएको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यथाशिघ्र कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाइने जनाए । उनले लोकवार्ता परिषदको संगोष्ठीबाट प्राप्त महत्वपूर्ण निचोडले कर्णाली क्षेत्रको लोकसंस्कृति जोगाउन कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताए । सुर्खेतबाट सुरु भएको लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी दैलेख, कालिकोट, जुम्ला र मुगुको विभिन्न स्थानमा कार्तिक १२ गतेसम्म चल्ने आयोजक पक्षले जानकारी दिएको छ ।  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा मधुसुदन गिरीले कर्णाली क्षेत्रमा अझै पनि भाषिक, सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय अध्ययन हुन नसकेको धारणा राखे । अभौतिक विकास पनि विकास हो भन्ने शासकहरुले बुझ्न नसकेको उनको आरोप थियो ।  वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालले लोकवार्ता संगोष्ठीले कर्णाली प्रदेशलाई चिनाउन धेरै मद्दत गर्ने विश्वास लिएको बताइन् । सुर्खेतको कार्यक्रम संयोजक डा दीपक गौतमले आफूले करिब २१५ वटा कार्यक्रम गरेकोमा लोकवार्ता परिषद्को १३औं संगोष्ठी खास रहेको बताए ।  कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, लोकवार्ता परिषद् नेपालका निवर्तमान अध्यक्ष डा प्रेम खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।   कार्यक्रममा लोकगायक गंगाबहादुर केसी, वाद्यवादक प्रेमदेव गिरी, नृत्यनिर्देशक कुलमान नेपालीलाई आयोजकको तर्फबाट सम्मान पनि गरिएको थियो । साथै, लोकगायक केसी तथा डेउडा गायक यज्ञराज उपाध्यायले गीत गाएर मनोरञ्जन दिलाएका थिए । त्यस्तै, कार्यक्रममा डा दीपक गौतम लगायतको आधा दर्जन पुस्तक विमोचन भएको थियो । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष तथा १३औं संगोष्ठीका संयोजक मनोहर लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव डा ध्रुव भट्टराईले गरेका थिए ।  उद्घाटन सत्रपछि लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा कार्यपत्र सत्रको प्रस्तुति रहेको थियो । यस क्रममा डा प्रेम खत्रीले लोकवार्ता परिषद्को १२औं श्रृंखलासम्मको अनुभव, प्राडा माधवप्रसाद पोख्रेलले पौराणिक इतिहास, उपेन्द्र विकले जात प्रणालीले संस्कृतिमा परेको असर, यज्ञराज उपाध्यायले काली, कर्णालीको न्याउले गीतमा नवरस शीर्षकबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, रेशम विष्ट लोकरामायणबारे, मीना चौधरी तथा थानेश्वर लामिछानेले सुर्खेतमा थारु समुदायको पढाइको अवस्थाबारे, मानबहादुर चौधरी पन्नाले सुर्खेतका थारु गाउँको स्थाननामबारे, दलबहादुर शाहीले राज मलै बम्मको खाँडो प्रकाश परम्पराबारे यी लगायत अरु पनि कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठी सत्रको सहजीकरण थानेश्वर लामिछानेले गरेका थिए । उद्घाटन सत्र लम्बिदा कार्यपत्र प्रस्तोताहरुलाई समयाभाव भएको एक प्रस्तोताले बताए ।  असोज ४ गते दैलेखको दुल्लुमा कार्यक्रम रहेको छ (हेर्नुहोस् अन्य दिनको कार्यक्रमको सूची) ।   

थारू संघको  दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

थारू संघको दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

६८९ दिन अगाडि

|

३० असोज २०८१

                                                                                                                                                          तस्विरः हल्लु प्रसाद चौधरी  नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारू संघको पालिकास्तरिय भेला गठन गर्ने प्रक्रियास्वरुप प्रथम भेला दाङदेउखुरी राजपुर गाँउपालिकास्तरीय भेला एवम् दशैं मिलन कार्यक्रम असोज २९ गते मंगलवार दुलहियामा सम्पन्न भएको छ ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य, थारू विभागका प्रमुख तथा पूर्व सांसद योगेन्द्र चौधरी ज्यूको प्रमुख आतिथ्त्यतामा भेला भएको हो । उक्त भेलाले दिलीप चौधरीको अध्यक्षतामा राजपुर राजपुर गाँउपालिकास्तरीय थारू संघ गठन गरेको छ, जसमा  ४ जना महिलासहित ११ सदस्यीय कमिटी रहेको छ । कार्याक्रममा नेपाली काँग्रेस नेता  जानकीलाल बस्नेत, क्षेत्रीयय सभापति भेषराज पाण्डे,नेता मधु न्यौपाने, क्षेत्रिय सल्लाहकार राम प्रताप यादव, नेपाल थारू संघ केन्द्रिय सदस्य महाअधिवेशन प्रतिनिधि हिरालाल चौधरी , नेपाली काँग्रेस थारू विभाग केन्द्रिय सदस्य हल्लु प्रसाद चौधरी ,नेपाल थारू संघ केन्द्रिय सदस्य रघुनन्दन चौधरी, थारू संघ दाङ जिल्ला अध्यक्ष शेषदत्त चौधरी, जिल्ला सदस्य पुर्ण बहादुर चौधरी, नेपाली काँग्रेस राजपुर गाँउपालिका सभापति नरेन्द्र सिंह भण्डारी, राजपुर गाँउपालिकाको अध्यक्ष  शरद बुढाथोकी, काली राम चौधरी, लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । थारू संघ देउखुरीका क्षेत्रिय अध्यक्ष  गोकुल चौधरीको अध्यक्षतामा, लमही नगर सदस्य किरण चौधरीको स्वागत मन्तब्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण बालगोविन्द चौधरीले गरेका थिए।  

पितृलाई सम्झिएर दशैँ मनाउने थारू समुदायको चलन

पितृलाई सम्झिएर दशैँ मनाउने थारू समुदायको चलन

६९३ दिन अगाडि

|

२६ असोज २०८१

विमला चौधरी पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्। थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो। थारू समुदायमा दशैँमा आफ्ना पितृको आत्माले शान्ति पाऊन् भनेर सम्झना गर्ने चलन छ। थारू संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार यो समुदायभित्र रहेका फरक थर र गोत्र अनुसार कुलदेवता पनि भिन्नभिन्न छन्। त्यसैले कुलदेवताअनुसार दशैँमा पूजा गर्ने चलन पनि फरकफरक रहेको उनको भनाइ छ। उनले आफ्ना कुलदेवताबारे जानकारी दिँदै भने, ‘‘मेरो थर ‘भगोरिया’ हो। हाम्रो एउटा देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ।’’ यो समुदायमा विशेषगरी फूलपातिदेखि नवमीसम्म तीन दिनमात्र दशैँ मनाउने चलन छ। दशैँका गतिविधि थारू समुदायका मानिसले फूलपातीदेखि पूजा सामग्री जुटाउन थाल्छन्। त्यस दिन घरमूली महिलाले पूजाका लागि परिकार बनाउने र पूजा सामग्री जोहो गर्ने गर्छन्। पूजामा प्रयोग हुने भाँडाकुँडालाई नजिकैको जलाशयमा लगेर सफा गरिन्छ। थारू संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार उक्त समुदायले आफ्ना कुलदेवतालाई पूजा गर्दा बजारमा पाइने अगरबत्ती बाल्दैनन्। उनी भन्छन्, ‘‘हामी आफ्ना कुलदेवताको पूजा गर्दा धूप बाल्छौँ तर आफ्नै पुरोहित, 'देशबन्ध्या गुर्बा' र ‘घरगुर्बा’ले बनाएको धूप प्रयोग गर्छौँ।’’ थारू समुदायको बसोबास भएको गाउँमा स्थापित 'भूइँह्यार थान'का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्बा’ भन्ने गरिन्छ। विभिन्न सातथरी फूलसहित 'गुर्बा'ले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछेर बनाइएको विशेष धूपले पूजा गर्ने चलन रहेको उनी बताउँछन्। ‘‘दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँछौँ भने योभन्दा ठूलो सम्मान के हुन सक्छ?’’ एकराजले भने। त्यो धूप फूलपातीका दिन 'घरगुर्बा'कहाँ गएर ल्याउने चलन छ। धूप लिन जाँदा कोसेली र भेटी लैजाने गरिन्छ। महाअष्टमीलाई थारूहरूले 'ढिक्रह्वा' भन्ने गर्छन्। त्यस दिन आफ्ना कुलदेवतालाई उक्त समुदायको मुख्य परिकार ढिक्रीले पूजा गरिने भएकाले 'ढिक्रह्वा' भनिएको उनको भनाइ छ। महाअष्टमीको बेलुकीपख आफ्ना कुलदेवतालाई ढिक्री, बाबरीको फूल र जमराले पूजा गर्ने चलन यो समुदायमा छ। पूजा गर्ने बेला मादल पनि बजाइन्छ। मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुलदेवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ। अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने गर्छन्। अन्य थरका थारूले भने महानवमीको बिहान आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने थारू संस्कृतिका जानकार एवं 'गुर्बा' एकराज चौधरीले बताए। थरअनुसार पितृलाई सम्झने तिथि पनि फरक थारूहरूको घरको सबैभन्दा पूर्वउत्तर कोठामा देवताको थान हुन्छ। उक्त कोठालाई थारू समुदायले 'डेउह्रार कोन्टी' भन्छन्। 'डेउह्रार कोन्टी'मा थरअनुसार फरकफरक देउताको प्रतिष्ठा गरिएको हुन्छ। परिवारका कुनै सदस्यको मृत्यु भएमा अन्तिम संस्कार नगर्दासम्म 'डेउह्रार कोन्टी'मा लगेर शव राख्ने चलन छ। त्यसलाई 'पाटम बैठिना' भन्ने गरिन्छ। थारू 'गुर्बा' एकराजका अनुसार मृत्यु भएका पितृलाई उक्त समुदायले देवताकै दर्जा दिएर सम्मान र पूजा गर्ने गरेको छ। उनी भन्छन्, ‘‘पाँचदेखि सात पुस्तासम्म र कसैले १२ पुस्तासम्मलाई दशैँमा स्मरण गरेर पूजा गर्ने गरेका छन्।’’ दशैँमा पितृको पूजा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यसैले महानवमीको बिहान देउता बनाएका धेरैजसो थारूले आफ्नो पितृको पूजा गर्छन्। यसलाई थारू समुदायले ‘पिट्टर डेना’ भन्छन्। थारू इतिहासकार तथा संस्कृति विज्ञ गोपाल दहितका अनुसार टेर्रा र दहित थरबाहेक अधिकांश थारूले नवमीको दिन पितृलाई सम्झेर पूजा गर्ने चलन रहेको छ। दशैँमा नै पितृलाई सम्झिनु पर्ने खास कारण नरहे पनि पुर्खाले गर्दै आएको संस्कारलाई हालसम्म अधिकांश थारूले अनुसरण गर्दै आएको उनको भनाइ छ। ‘‘अन्य समुदायले कुन समय र तिथिमा पितृलाई सम्झिन्छन् त्यो हामीलाई थाहा भएन तर हाम्रो आफ्नै रीतिरिवाज र परम्परा छ। त्यसअनुसार हामी वर्षमा एक पटक एकैसाथ दशैँमा पितृपूजा गर्छौँ।’’ पितृलाई कसरी सम्झन्छन्? थारू समुदायले पितृको सम्मानमा चोखो र मिठो परिकार बनाएर चढाउने गर्छन्। पितृहरूको सम्मानमा दशैँमा विशेष खालको चोखो मदिरा बनाउने गरिएको एकराज बताउँछन्। नवमीको दिन पितृलाई माछा, मासको दाल, तोरी लगायतका परिकार र भात अर्पण गर्ने चलन रहेको उनले बताए। ‘‘पाँचवटा टपरीमा भात राखिन्छ भने तीन, पाँच वा सात प्रकारका तरकारी पनि दिइन्छ। तरकारीमा माछा अनिवार्य हुनुपर्ने धार्मिक मान्यता छ,’’ एकराजले भने। 'पिट्टर' दिएको भात घरका पुरुष र कन्याले खाने प्रचलन छ। पाँचवटा टपरीको भातमध्ये सबैभन्दा उत्तरतर्फ राखिएको भात खान मिल्दैन। उक्त भात पितृका लागि भएकोले खान नमिल्ने मान्यता छ। त्यसमा सिन्का पनि राखिएको हुन्छ। त्यहाँ देब्रे हातले एकपटक मात्र पस्केर भात राखिन्छ। ‘‘पितृले भोजन गरेपछि दाँत कोट्याउनका लागि सिन्का राखिन्छ,’’ एकराजले भने, ‘‘पिट्टरको भात खाने बेला टपरीको भात यताउति सारेर खान मिल्दैन र खाई सकेपछि हात त्यो टपरीमा नै चुठेर भात ढाकेको पातले फेरि ढाकेर उठ्नु पर्छ।’’ पितृलाई 'पिट्टर' दिएपछि 'डिउह्रार' कोठालाई एकछिन सुनसान बनाउनु पर्छ। कोठा सुनसान बनाएपछि पितृहरू 'पिट्टर' खान आउँछन् भन्ने धार्मिक मान्यता छ। ‘‘पितृलाई भोजन गर्न सजिलो होस् भन्ने मान्यताका साथ झ्यालढोका बन्द गरेर एकछिन 'डिउह्रार कोन्टी' सुनसान बनाउनु पर्छ,’’ उनले भने। पितृलाई दिएको 'पिट्टर'लाई पछि नजिकको जलाशयमा लगेर विसर्जन गरिन्छ। त्यस बेला घरका महिलाहरू गीत गाउँदै जाने गर्छन् र नुहाएर शुद्ध भई नाचगान गर्दै फर्कन्छन्। कुभिन्डोको बलि थारू समुदायले महानवमीका दिन बिहान आफ्ना कुल देवतालाई कुभिन्डोको बलि दिने गर्छन्। कुभिन्डोलाई भेडाको प्रतीक मानेर बलि दिने चलन छ। गुठी संस्थानका पूर्वअध्यक्ष मीनराज थारूका अनुसार दशैँका बेलामा बेलको हाँगामा ढिक्री राख्ने चलन पनि रहेको बताउँछन्। उनका अनुसार बेलमा फलाएको भनिने उक्त ढिक्रीलाई 'डिउह्रार' कोठामा भएका कुल देवताको नजिकै राखिन्छ। यसलाई थारू भाषामा 'ढिक्री फरैना' भनिन्छ। दशैँमा थारूहरूले आफ्ना कुल देवतालाई नयाँ धानचामल पनि चढाउँछन्। मीनराजले भने, ‘‘कुल देवताको थानमा रहेको 'छिट्नी'मा चामलको भन्डारा भरेर चढाएपछि मात्र खाने परम्परा थारू समुदायमा अहिले पनि छ। दशैँमा देवतालाई चढाउने ढिक्री पनि नयाँ चामलकै बनाउने गरिन्छ।" आफूले खाने र देवतालाई चढाउने ढिक्री फरक हुन्छ। खानका लागि गोलो र लाम्चो ढिक्री बनाइन्छ भने देउतालाई चढाउनका लागि अलि फरक आकारको ढिक्री बनाइन्छ। देउतालाई फरक खालको ढिक्री बनाएर चढाउने गरिएको बाँके राप्ती सोनारीकी सुन्दरकली थारूले बताइन्। घरमूली महिलाले ढिक्री बनाउने गरेको बताउँदै उनले भनिन्, ‘‘बिहानै नुहाइधुवाइ गरेर निराहार व्रत बसेकी महिलाले देउतालाई पूजा गर्ने ढिक्री बनाउने प्रचलन छ।’’ दशैँमा गरिने पूजा आराधनामा विधि पुगेन भने त्यसै वर्ष पुन: गर्नुपर्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ। मृत्युसंस्कारसँग जोडिएको दशैँ थारू संस्कृतिका जानकार छविलाल कोपिलाका अनुसार घटस्थापनाको दिन यो समुदायले जमरा राख्दैन। घटस्थापनालाई ‘मूलक दिन’ अर्थात् पुर्खाहरूले देह त्याग गरेको दिनका रूपमा लिइन्छ। कोपिला भन्छन्, ‘‘घटस्थापनाको भोलिपल्ट जमरा राखेपछि थारूहरूको दशैँ सुरु हुन्छ र महानवमीका दिन समाप्त हुन्छ।’’ घटस्थापनाको दिनदेखि नै कुल देवता तथा पितृलाई पूजा गर्ने व्यक्तिले शोकमा भएका बेलामा जस्तै दशैँ नसकिँदासम्म कपाल र नङ काट्न पाउँदैनन्। घटस्थापनाको दिनलाई जुठो सुरु भएको मानेर कुलदेवतालाई अष्टमीमा पूजा गर्नुअघि नुहाइ दिएर सुनपानीले चोख्याउने चलन रहेको छ। त्यसले गर्दा थारू समुदायले दशैँलाई मृत्यु संस्कारसँग जोडेको मान्न सकिने कोपिलाको कथन छ। उनकाअनुसार काजक्रियामा 'जिता मार्ने' चलनअनुसार थारू समुदायले दशैँमा कुखुरा र सुँगुर पुज्ने चलन पनि छ। "मृतकको आत्माले शान्ति पाओस् र यिनै बकुल्लामा सवार भएर सुखपूर्वक स्वर्ग जाऊन् भनेर दशैँमा कुल देवता स्थापित गरिएको डिउह्रार कोन्टीको पटाहा डेह्रीमा बकुल्लाको छाप बनाउने चलन छ,’’ उनी भन्छन्। "महानवमीको दिन घरको मूल ढोकादेखि देवताको थानसम्म गोबरले लिपेर चामलको पिठोको घेरामा फर्सीको फूल राखेर पितृलाई स्वागत गरेर फेरि बिदाइ गर्ने चलनबाट पनि थारू समुदायले आफ्ना पुर्खाको सम्झनामा वा शोकमा दशैँ मनाउँछन् भन्ने पुष्टि हुन्छ।’’ सेतो टीका टीका लगाउने थारू समुदायको चलन छ। त्यसपछि उनीहरूको दशैँ सकिन्छ। बरघरकहाँ टीका लगाउन जाँदा मादल बजाउँदै र थारू समुदायमा लोकप्रिय महाकाव्य 'बर्किमार'का श्लोकहरू गाउँदै जाने चलन छ। 'बर्किमार'मा महाभारतको कथा रहेको बाँकेको राप्ती सोनारीका थारू समुदायका अगुवा तुलसीराम थारू बताउँछन्। महानवमीमा बरघरसँग टीका लगाउने भएकाले त्यसलाई थारूहरूले 'गवल्या' अर्थात् 'गाउँको टीका' पनि भन्ने गरेको उनले बताए। विजयादशमीलाई थारू समुदायले व्यापक मान्यता दिएको नदेखिएको कतिपय उक्त समुदायका नेताहरू बताउँछन्। यद्यपि त्यसदिन 'देशबन्ध्या गुर्बा'को घरमा गएर टीका थाप्ने चलन छ। विजयादशमीका दिन गाउँलेहरू उनको घरमा मकै, पात, रक्सी, जमरा र बाबरी फूल लिएर गई टीका थाप्ने चलन छ। सख्यानाचको चलन सख्यानाच दशैँमा नाचिने थारू समुदायको प्रमुख नाच हो। थारू महिला तथा किशोरीहरू लहरै लाइन लागेर मादलको तालमा नाच्ने एकखाले नाचलाई सख्यानाच भनिन्छ। यो नाचमा विशेष किसिमको थारूगीत गाइन्छ। यो गीत पनि महाभारतकै कथामा आधारित रहेको जानकारहरू बताउँछन्। वास्तवमा यस्तो गीत गाएर नाच्ने चलन कृष्ण जन्माष्टमीदेखि सुरु हुन्छ र दशैँ वा तिहारमा त्यसलाई अन्त्य गरिन्छ। मादल बजाउनेहरू महिला वा पुरुष हुनसक्ने भए पनि नाच्नेहरू चाहिँ महिला नै हुने गर्छन्। यस्तो नाच हेर्नका लागि गैरथारूहरू पनि उल्लेख्य रूपमा थारूगाउँ पुग्ने गर्छन्। (बीबीसीबाट साभार)

राष्ट्रपति समक्ष थारू आयोगले बुझायो प्रतिवेदन 

राष्ट्रपति समक्ष थारू आयोगले बुझायो प्रतिवेदन 

६९७ दिन अगाडि

|

२२ असोज २०८१

थारु आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०र०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ।  राष्ट्रपति भवन शीतल निवासमा असोज २१ गते सोमबार आयोजित कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।  सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम रहेको बताए। उनले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गरे। यसैगरी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि आर्थिक वर्ष २०८०र०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेका छन्। 

असौंक डस्या कसिक मनैना ?

असौंक डस्या कसिक मनैना ?

६९८ दिन अगाडि

|

२१ असोज २०८१

सामाजिक सञ्जालमे असौंक डस्या कसिक मनैना कहिके मेरमेरिक विद्वान आअपन विचार ढैटि बटाँ । इहे क्रममे डा गोपाल दहित असौंक डस्या मनैना तालिका डेले बटाँ (हेरि फोटुसंगे रहल तालिका) । इहे सिलसिलामे यहाँ दिलबहादुर थारू ओ चूर्ण चौधरी थप दुइ विद्वानके विचार ढै गैल बा । सबजे उज्जर टीका लगाई दिलबहादुर थारू  संयोजक, थारू नागरिक समाज, कैलाली  थारू समाजमे दशैंक अपने महत्व बा । सब दिनके अपन महत्व बा । मने सप्तमी, अष्टमी, नवमी ओ दशमीक कुछ ढेर महत्व बा । ओम्ने फे सबसे ढेर नवमीक महत्व बा । का करे कि नवमीक दिन हमरे पुर्खन भात डेठी अथवा कही कि नवमी हमार पुर्खनके श्राद्ध तिथी हो । बिहानके पिट्टर भात डेना ओ साँझके घरे नेउटल पितृदेउटन नाचगानासहित बिदाई कर्ना अस्रैना दिन हो ।  टबेमारे अष्टमी, नवमी अक्के डिन पर्लेसे अष्टमीहे आगे टस्कैना चाही । नवमी ओ दशमी अक्के डिन पर्लेसे दशमीहे पाछे सर्ना, टस्कैना चाही । यी साल अष्टमी ओ नवमी सँगे परल बा । टबेमारे अष्टमीहे आगे टस्कैले मजा रही । टस्कैलेसे यी साल (२०८१) हमार दशैं अइसिक रहीः  २३ गते पैनस टोपी ढोई ओ साँझके पुर्खन नेउटी  २४ गते ढिक्री चरहाई २५ गते पिट्टर भात दी  २६ गते टीका लगाई, उ फे सबजे उज्जर टीका लगाई धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी  चूर्ण चौधरी,  केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारिणी सभा  म्वार विचार म पुर्खासे मन्टी अइलक धार्मिक मान्यता, रिति थिति, चलन ओ अभ्यास म हम्र बर्का डश्याम सप्तमी के दिन ढक्या ओ पैनस्टोपी गंगाम च्वाखा कराइक लाग ढ्वाए जैठी । यी सर्वमान्य संस्थागत चलन ओ अभ्यास बा । यी बर्षक (२०८१) सप्तमी ह असोज २४ से असोज २३ म सरना सायद उपयुक्त नि हुइ । हम्र महा अष्टमी म जैह्या फे सन्झ्याख ढिक्री (कौनो थर क थारू मुर्गी फे) पुज्ना यी संस्थागत हुइल चलन, अभ्यास ओ सर्वमान्य धार्मिक मान्यता बा । ओ महानवमी म बिशेष कैख विहान ख मुर्गी पुज्ना ओ आपन पुर्खन पिट्टर डेना धार्मिक ओ संस्थागत मान्यता बा । यी वर्षके २०८१ क बर्का डश्या म महा अष्टमी ओ महा नवमी तिथि (असोज २५ गते) एक्कम मिलल बा कलसे महा अष्टमी क दिन  उहो २५ गते जो पुर्खा से चल्टी अइलक आपन तिथिम जो आपन आपन चलन, रितिथिति, अभ्यास ओ धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी । ओ महा नवमी म कर्ना पुजा विजया दशमी असोज २६ गते क दिन शुभ साइत म कर्लसे जो टनिक धार्मिक विधि बिधान ओ महत्व हुइ कना म्वार सोच ओ बिचार बा। ओहमार २०८१ असोज २४ गतेः सप्तमीम गंगा म पैनस्टोपी धुइना । २०८१ असोज २५ गतेः महाअष्टमी म सन्झ्याक आपन आपन चलन अनुसार ढिक्री (कौनो थारू थर मुर्गी फे) पुज्ना । २०८१ असोज २६ गतेः विजया दशमी अर्थात बिजयी प्राप्त कर्लक शुभ साइत क दिन म विहान सक्कार मुर्गी पुज्ना वलि देना ओ आपन आपन पुर्खन क सम्झना म पिट्टर डेना उत्तम साइत हो । ओ यह दिन हमार बर्का डश्यक टिका के शुभ साइत रहि । संसारी गँवल्या टीका ब्यबस्थित तरिकासे उज्जर रहि ट आपन धर्म, संस्कार ओ पहिचान रही ।

गायक संजय चौधरीको “माया”सार्वजनिक

गायक संजय चौधरीको “माया”सार्वजनिक

७०० दिन अगाडि

|

१९ असोज २०८१

गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नयाँ गीत ल्याएका छन् । “माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ । हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । गायक संजय चौधरीको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ ।  ( भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=wgsx3ojetT8 )