कहियासम अनागरिक ?

कहियासम अनागरिक ?

७७२ दिन अगाडि

|

१२ साउन २०८१

‘मलाई मन पर्ने विषय आफ्नो थारू समुदायको मुद्दा होः’  कवियत्री भूमिका थारू

‘मलाई मन पर्ने विषय आफ्नो थारू समुदायको मुद्दा होः’ कवियत्री भूमिका थारू

७७३ दिन अगाडि

|

१० साउन २०८१

प्रज्वल अधिकारी एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्य महोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –भूमिका  थारू । प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले भुमिका थारूसँग गरेको कुराकानी : नेपाली कला, कविता र रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ, यसलाई कसरी हेरिरहनु भएको छ र यी क्षेत्रमा हुँदा लैंगिक विभेदको सामना गर्न परेको छ कि छैन ? – म अन्तर्मुखी स्वभावको भएकीले मलाई कला, कविता र रंगमञ्च मार्फत् नै आफूलाई अभिव्यक्त गर्न मन पर्छ । पहिलेको तुलनामा हेर्ने हो भने यस क्षेत्रले दिन प्रतिदिन फड्को मारिरहेको अवस्था छ । यो क्षेत्रमा भइरहँदा खेरि लैंगिक विभेदको कुरा गर्ने हो भने महिलालाई खाली ठाउँ भर्नको लागि मात्र ‘स्पेस’ दिने गरेको मैले कयौंपटक महसुस गरेकी छु । रंगमञ्चमै पनि पुरुषलाई नै धेरैजसो ‘स्ट्रङ क्यारेक्टर’ दिएको हामीले देख्दै आइरहेका छौं । ‘ए महिला कवि पो रैछ । तिमी पनि कविता लेख्छौ र ? कविता लेखेर के पायौ ?’ भनेर कुनै बेला कसैले मलाई यसरी प्रश्न तेर्साएको नमीठो घटना अझै पनि ताजै छ । कविता लेखिरहँदा तपाईंलाई सबैभन्दा मन पर्ने विषय के हो ? – कविता लेखिरहँदा मलाई सबैभन्दा मन पर्ने विषय भनेकै आफ्नो थारू समुदायको मुद्दा हो । समग्र थारूहरूलाई अझै पनि सीमान्तकृत कमलरी, कमैयाकै रूपमा हेरिन्छ । मलाई लाग्छ, तमाम आदिवासीको मुद्दाहरूलाई अझै पनि ओझेलमा पारिएको छ या भनौँ दबाइएको छ । अब पनि ती आवाज नयाँपुस्ताले नउठाए कसले उठाउने ? त्यही भएर मेरो कवितामा प्रायः मेरै थारु समुदायकै कथा–व्यथा अनि विद्रोह झल्किन्छ । ‘कहियासम अनागरिक ?’ शीर्षकको मेरो थारु भाषाको कवितासंग्रह यही असारमा प्रकाशन भएको छ । कवितामा मेरो यो प्रयास, यो संघर्षको यात्रा सदैव जारी नै रहनेछ । नेपाली कविताको क्षेत्रमा गुट, उपगुट छ भनिन्छ, के तपाईंलाई थाह छ ? – नेपाली कविताको क्षेत्रमा गुट, उपगुट पक्कै पनि छ । जस्तो कि सधैँ एउटै अनुहार दोहोरिइरहनु । एउटालाई मात्र बारम्बार मौका दिनु, अब्बल लेख्ने नयाँले मौका नै नपाउनु । कविताको क्षेत्रमा पनि समावेशिता चाहिन्छ भनिन्छ, के यो ठिक हो ? – हो, कविताको क्षेत्रमा अवश्य पनि समावेशिता चाहिन्छ । यसै पनि आदिवासी, दलित, मुस्लिम, सीमान्तकृत वर्गका आवाज सामान्यतः सुन्नमा आउँदैन । ती आवाज कविता मार्फत् ल्याउन पनि कविताको क्षेत्रमा सबैको समान ढंगले प्रतिनिधित्व हुन एकदमै जरुरी छ । एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा तपाईंको प्रदेशबाट तपाईंलाई कविता वाचनका लागि आमन्त्रण गरेको छ कस्तो लाग्दैछ ? – एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा लुम्बिनी प्रदेशबाट मलाई कविता वाचनको लागि आमन्त्रण गरेकोमा एपेक नेपालप्रति हृदयदेखि नै आभारी छु । कार्यक्रममा सहभागिता जनाउन साँच्चिकै आतुर छु । कवितामा बामे सर्दै गरेकी स्रष्टाले यो मौका पाउँदा कविता लेखनमा थप ऊर्जा, हौसला अनि आँट मिलेको छ ।

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

७७७ दिन अगाडि

|

७ साउन २०८१

२००७ साल पछाडि गाउँ गाउँमा सामन्त जमिन्दार वर्गका विरुद्धमा दाङ्गमा किसान विद्रोहहरु भए । वेलुवा बंजारीे किसान विद्रोह दाङ्गको पहिलो संगठित सशस्त्र किसान विद्रोह हो । उपरोक्त क्षेत्रमा जमिन्दार वर्गको शोषण थियो । वेगारी जानु पथ्र्यो । किसानहरु वर्ष दिनमा ९ महिनाभन्दा बढी समय जमिन्दारको काम गरेर विताउन बाध्य हुन्थे । शारीरिक श्रमका साथसाथै किसानका छोरी बुहारीहरुलाई खुलेआम बलात्कार गरिन्थ्यो । यसरी पैदा हुने बच्चालाई भग्वान डिहल (भगवानले दिएको) भन्न लगाईन्थ्यो । किसानहरु काममा ढिलाइ गरे पशुवत व्यवहार  गरिन्थ्यो । यसका साथै ऋण लिदा ५० मा शून्य थपी ५०० बनाइन्थ्यो । यसरी किसानको तीन पुस्ताले सम्म काम गर्दा पनि असुल हुँदैनथ्यो । कुनै किसान मरेपछि हत्तपत्त किर्ते तमसुक लेखी धुवामा रङ्गाई पुरानो वनाइन्थ्यो ।  आन्दोलनको प्रारम्भ  किसानहरुले पुस्तौदेखि कमाई खाई आएको जग्गाजमिन जमिन्दार वर्गले बिभिन्न खालका त्रास धम्की एवं अमानवीय व्यवहार गरी घर खेती र जिरायत निमित्त खोस्न थाल्दा तथा दिनदिनै असहनीय वेठवेगारी चरम सिमामा पुग्दा र खाई आएको शर्त बदल्न थाल्दा किसानहरुमा वर्ग द्वेषको भावना तिखारिदै आयो । कम्युनिष्ट पार्टीको झण्डामुनि यस क्षेत्रका किसानहरु वर्ग सचेत भएर “किसान किसान एक हौ” भन्दै एकजुट भए । उनीहरुले एउटा किसान अर्को किसानलाई र एउटा गाउँको किसानले अर्को गाउँको किसानलाई सहयोग गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझिसकेका थिए र साथै व्यवहारमा पनि लागु गरिसकेको थिए । जमिन्दारले विभिन्न डर, त्रास, धम्की दिदा पनि किसान वर्गले आफूले कमाई खाई आएको जग्गा छाडनन् । तर वेठबेगारी गरेनन् । जमिन्दारले किसानलाई हतोत्साहित गर्न तोरी काण्ड लगायत हरेक किसिमका पडयन्त्र रचे । तोरीकाण्ड  १७ माघ २०१६ मा राती वेलुवा वंजारीका खलिहानमा दाँइ भएको तोरी जमिन्दारहरु लुट्न आए । तर किसानहरुको वीचवाट तोरी लुट्न सकेनन्, किसानहरुले जमिन्दारहरुलाई नियन्त्रणमा लिई प्रशासनमा बुझाए । तर तिनलाई कुनै कानुनी कार्वाही नगरी तुरुन्तै छाडियो । यसैले किसानहरुले पनि उक्त तोरी एकलौटी खाए ।  तोरी दाँई गरी आफै एकलौटी खाएको भनी मुख्य मुख्य किसानहरुलाई लुटपाट डकैती मुद्दा दिइयो  । किसानहरु कानुनी, गैरकानुनी सबै खालका संघर्षमा डटेका थिए । यसैले उनीहरुले पनि प्रतिउत्तर लगाए । जमिन्दार वर्गले शान्ति सुरक्षाको निहुँले केही प्रहरी र ४÷५ सय लठैत जम्मा गरी ४ साउन २०१६ मा खनजोत गरिरहेका किसानहरुमाथि एकाएक हमला गरे । तर मौरीको गोलाझैं छिनघडीमै किसानहरु भेला भए । जमिन्दारहरु गाउँ छाड्न बाध्य भए । केही जमिन्दारलाई वरगदवा गाउँवाट पक्रेर ल्याई सबै किसानहरुको गोडामा सेवाढोग लाग्न पठाएर मात्र छाडे । त्यतिखेर किसानहरुले जमिन्दारलाई साँच्चै कागजका वाघ सम्झेका थिए ।  गोली काण्ड जमिन्दार वर्गले हार खाईसरकारसँग गुहार माग्न पुगे । त्यसबेला काँग्रेसको सरकार थियो । एकातिर आफ्ना माग पेश गर भनि मुख्य मुख्य किसानहरुलाई ६ साउन २०१७ मा बोलाइयो । अर्कोतिर  सर्वसाधारण किसानहरु एकशूरे भई काममा लागेको मौका छोपी दक्षिणतिरवाट बंजारीे गाउँमा हमला गरे । उनीहरुको संख्या करिव ५÷६ सय थियो । सबै किसानहरु खनजोतमा लागेका र गाउँ घरमा बुढापाका केटाकेटी र स्वानीमान्छेहरु मात्र थिए । यसले किसानका घर घरमा पस्दै बुढापाका र केटाकेटीलाई कुट्ने र किसानका  छोरी बुहारीहरुको सतित्व लुट्ने  काम गरे । यसका अतिरिक्त सुन, चाँदी, रुपिया, पैसा आदि हडप्ने काम पनि गरे । यसवाट बंजारीेका कुनै घर वचेनन् । यतिकैमा कामकाज गरिरहेका एकजना किसान बहादुर चौधरीले थाहा पाए र बेलुवा गई खबर दिए ।  पटक पटक आक्रमणले गर्दा यस क्षेत्रका किसान परिवारहरु सजग थिए । क्षणघडीमै घरेलु हतियार लिई स्वास्नी मान्छे लगायत सबै किसानहरु भेला भई बंजारी गाउँतर्फ दौडे । लुटपाट गर्नेहरु पनि बंजारीबाट वेलुवातर्फ लागेका थिए । दुबै पक्षको डावरमा (बंजारीे र वेलुवा बीचको) भेट भयो र घमासान लडाई भयो । किसान गुमरा थारूले एसपीलाई पक्री हातको औला छिनाइदिए । उनलाई गोली हानियो । उनले अन्तिम सासमा भनेका थिए– ‘म मरेको छैन, शोषण दोहनको विरुद्धमा लड्ने वर्ग सचेत क्रान्तिकारी किसानहरुलाई सहयोग गर्नमा हमेशा रणक्षेत्रमा नै हुनेछु ।’ यसरी ६ साउन २०१७ मा उनी शहीद भए । घटनामा किसान रत्नु, कालु, मुख्यलाल, बुझौना गम्भीर घाइते भएका थिए ।  प्रशासनको धरपकडले वेलुृवा बंजारीे गाउँमा केवल बुढापाका, केटाकेटी र स्वास्नी मान्छेहरु मात्र थिए । कारण वेलुवा, बंजारीेका किसानहरुले भाला, वर्छीसहित सशस्त्र भई अशान्ति गरे भनी कैयौलाई पक्राउ गरियो । पक्राउ पर्नेहरु मानवहादुर, फूलपाती, कुलमान, उनकी पत्नी लहनी, ठाकुरप्रसाद, भरथरी, बुढीया, पीठु, धनीराम, क्रिमलाल, भुवन, भवानी, लवरा, चुके, एवं वहादुर थिए । पक्राउ परेका किसानहरुमाथि पशुवत व्यवहार गरियो । कोर्राले  असहनीय गरेर कुटियो ।  स्रोतः गोचाली (२०३१)   

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

७७८ दिन अगाडि

|

६ साउन २०८१

थारु भसा साहित्य केन्द्रद्वारा आयोजित बसघराको ७२औं श्रृंखलामा नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा हालै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित स्रस्टाद्वय बुद्धसेन चौधरी र मानबहादुर चौधरी पन्नालाई सम्मान गरिएको छ ।  साउन ५ गते ललितपुर, कुपण्डोलस्थित नाइटिंगेल स्कूलमा भएको कार्यक्रममा सम्मानित हुँदै मन्त्री तेजुलाल चौधरीले भने, ‘म एउटा जिम्मेवार पदमा आइपुगेको छु, यसमा सफलताको लागि सबैबाट सुझावको अपेक्षा राख्दछु ।’ मन्त्री चौधरीले अगाडि भने, ‘थारु खेलाडीहरु एसइई, प्लस टु सम्म राम्रै छन् । तर, त्यसपछि पढाइसंगै खेलकुद पनि खस्किदै जान्छ । थारु खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स सबै खेलमा अगाडि छन् । तर, त्यो खेलको कुनै संगठनमा छैनन् । यसले उनीहरुको खेलजीवन क्षणिक देखिन्छ ।’ उनले थारु युवाहरुलाई थाकसबाहेक अरु संगठनमा पनि लाग्न आग्रह गरे । थरुहटमा कहिलेकाहि थारु क्लबबाट खेल आयोजना भए पनि त्यो व्यवसायिक भन्दा रक्सी, खसी खानको लागि आयोजना गर्ने गरिएकोमा उनको चित्त दुखाई थियो । उनले अर्को प्रसंगमा बसघरा साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा सम्मानित मन्त्री तेजुलाल चौधरीका बारेमा विमल चौधरी, स्रस्टाद्वय बुद्धसेन चौधरी र मानबहादुर चौधरी पन्नाको बारेमा क्रमशः महेश चौधरी र डा कृष्णराज सर्वहारीले प्रकाश पारेका थिए । त्यस्तै,  बुद्धसेन चौधरी, अरुण चौधरी, उदयनारायण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, आशिष चौधरीलगायतले रचना वाचन गरेका थिए । कवि नन्दलाल चौधरीको रचना कल्पना चौधरीले बाचन गरेकी थिइन् । थारु भसा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव सियाराम चौधरी तथा स्वागत सचिव सहदेव चौधरीले गरेका थिए ।   

तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त 

तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त 

७८३ दिन अगाडि

|

३१ असार २०८१

सप्तरी–४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित काँग्रेसका सांसद तेजुलाल चौधरी केपी ओली मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । उनले ३१ असारमा नियुक्त अन्य २२ मन्त्रीसंगै पदको राष्ट्रपति शितल निवासमा शपथ ग्रहण गरेका छन् ।  .२०७९ मंसिरको चुनावमा उनी २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका थिए ।   गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत तेजुलाल सोही क्षेत्रबाट विजयी भएका थिए । तीन तीन पटक प्रत्यक्ष चुनाव जित्दासमेत मन्त्रीको जिम्मेवारी नपाउँदा उनी खिन्न थिए । स्मरण रहोस्, उनी पहिले शिक्षा राज्यमन्त्री रहिसकेका छन् । यसपाली राष्ट्रपति रामचन्द्र पौडेलले उनको मन्त्री नियुक्तिबारे विशेष चासो राखेका थिए । ललितपुरको कुपण्डोलमा नाइटिंगेल स्कूलका प्रिन्सीपल उनी शिक्षामा टिएल चौधरीको नामले परिचित छन् ।  

ओलीको २२ सदस्यीय मन्त्रिपरिषदमा को को अँटाए ?

ओलीको २२ सदस्यीय मन्त्रिपरिषदमा को को अँटाए ?

७८३ दिन अगाडि

|

३१ असार २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार ३१ असारमा पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह शरतसिंह भण्डारी, श्रम तथा रोजगार आरजु राणा देउवा, परराष्ट्र नवलकिशोर साह सुडी, महिला बालबालिका बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात तेजुलाल चौधरी, युवा तथा खेलकुद प्रदीप यादव, खानेपानी प्रदीप पौडेल, स्वास्थ्य अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला बद्री प्रसाद पाण्डे, पर्यटन रामनाथ अधिकारी, कृषि विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि मानवीर राई, रक्षा दीपक खड्का, जलस्रोत तथा ऊर्जा राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

ठुम्रारके ९९औं साहित्यिक श्रृंखला निम्जल

ठुम्रारके ९९औं साहित्यिक श्रृंखला निम्जल

७८५ दिन अगाडि

|

३० असार २०८१

साहित्यकार मानबहादुर चौधरी पन्नाके बरका पुहनाइमे ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखला निम्जल बा ।  असार २९ गटे सनिच्चरके काठमाडौं, कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे हुइल कार्यक्रममे साहित्यकार मानबहादुर पन्ना कहलाँ, ‘थारु साहित्यमे समालोचना विधा कमजोर बा । यकर कारन हमार थारु पोस्टाके चर्चा परिचर्चा हुइ नइ सेकल हो ।’ ठुम्रार साहित्यिक बखेरीके साहित्यिक बखेरीसे अपने बहुट प्रभावित हुइल कहटि पन्ना आगे कहलाँ, ‘मोर गृहजिल्ला सुर्खेतमे मै अध्यक्ष रहल लखागिन थारु उत्थान मञ्चसे पाँच श्रृंखला थारु साहित्यके बखेरी करले बटुँ । आब इहि निरन्तरता डेहम् ।’ ठुम्रार साहित्यिक बखेरीके संयोजक डा कृष्णराज सर्वहारीके घरगोस्याइमे हुइल कार्यक्रममे शत्रुघन चौधरी, अर्णव चौधरी, नेपालु चौधरी, गोपाल चौधरी, सुनिता चौधरी, गणेश वर्तमान, नन्दुराज चौधरी, दाङ, गढवा–७ के वडाध्यक्ष राहुलदेव चौधरी, कुछत नारायण चौधरी, डा रामबहादुर चौधरीलगायट स्रस्टालोग आअ पन रचनाके सगसंगे शुभकामना डेले रहिट ।  उ अवसरमे इहे असार २७ गटे संस्कृति मन्त्रालयसे क्षेत्रीय प्रतिभा पुरस्कार (कर्णाली प्रदेश) पाइल साहित्यकार मानबहादुर पन्नाहे सम्मान फेन कइ गइल रहे । पन्नाके ढुकढुकी (मुक्तक, कविता २०५७), किसानके जिन्दगी (खण्डकाव्य २०६१), सख्या नाच (गीत २०७०), ककनदरान छोटकी (खिस्सा २०७०), एक गोरुवक् बटकुही (हाँस्यव्यंग्य सहलेखन २०७५) थारु भासाके पोस्टा ओ हाम्रो थारु समाज र संस्कृति (२०७९) अनुसन्धानमुलक पोस्टा प्रकाशित बटिन् । ओस्टक संस्कृति मन्त्रालयसे डोसर थारु स्रष्टा बुद्धसेन चौधरी फे मधेश प्रदेशसे इ बरस क्षेत्रीय प्रतिभा पुरस्कार पइले बटाँ ।  डोसर समाचार अन्सार ठुम्रार साहित्यिक बखेरीके २०८१ साउनके अन्टिम सनिच्चरके हुइना १००औं साहित्यिक श्रृंखलाहे भव्य बनाइक लग डा कृष्णराज सर्वहारीके संयोजकत्वमे मूल टयारी समिति बना गइल बा । जेम्ने नन्दुराज चौधरीके संयोजनमे आर्थिक, शत्रुघन चौधरीके संयोजनमे प्रचारप्रसार, सिताराम चौधरीके संयोजनमे मञ्च व्यवस्थापनलगायट समिति बना गइल बा । साउनके पहिला सनिच्चरके बैठकमे थप समिति बना जैने बा ।