Above News Title

क्रान्तिले ल्याएको त्यो समानता...

एक तीतो सत्य कथा
क्रान्तिले ल्याएको त्यो समानता...

                                                                                                                  आफ्नो खेतबारीमा लेखक बन्धु हर्दिउला

बन्धु हर्दिउला

लगभग २०४२/०४३ साल तिरको कुरो हो ! भर्खर मेरो जन्म भएको थियो ! त्यसबेला मेरा बाजे खोजराम डगौराले आफ्ना सन्ततीका लागि २० बिघा नम्बरी जमिन खैलाड गाउँमा बनाइसकेका थिए !

समय जमिनदारी प्रथाको थियो ! त्यसबेला खैलाड गाउँमा बैजनाथ महतौंले, धनौरामा मल्लले र कुँडी गाउँमा खेमराज सिंहले  जमिनदारी गर्थे ! त्यसमध्ये सबभन्दा बढी तानाशाह, गुण्डागर्डी, शोषण, अत्याचार खेमराजले गर्थे ! गाउँमा डुल्नु पर्यो भने कि उनी नाङ्गो जीपमा कि घोडामा मात्र हिड्थे र उनको हातमा सँधै टुटु या बाराबोर बन्दुक लिएकै हुन्थे । दैनिक रुपमा सिकार खेल्नु उनको दिनचर्या थियो ।  

त्यसबेला भर्खर खेतिपातिको विकास हुँदै थियो ! खास गरि सिजनमा एकबालीको मात्र विशेष ध्यान दिइन्थ्यो त्यो पनि धानको मात्र । धानलाई रोप्ने चलन थिएन बुवारो विधिबाट खेती गरिन्थ्यो ।

जम्मै धान बुवारो छरेर सकाउँथे र २० बिघा जमिन घरमा २० जनामात्र सदस्य तर भोकमरी हुन्थ्यो त्योबेला अधुनिक खेती गर्न नजानेर ! त्यसबेला भोकमरी ताल्ने एउटा मात्र उपाय थियो जंगलमा सिकार गर्नु या अर्काको घरमा कमैया भएर कमाउनु ! तर मेरो घर परिवारले शिकारको बाटो रोज्यो त्यो बेला घरघर बन्दुक, बमगोला, इन्डियाको खुल्ला सिमाना, कुनै छेकबार सोधपुछ नहुने । 

समयले कोल्टे फेरेसंगै हाम्रो घर वरिपरि बगैँचा तयार हुँदै गयो । बगैचाका रुखहरु बिस्तारै विशालकाय भए । त्यसबेला खैलाड, धनौरा र कुँडी गाउँ मध्ये सबै भन्दा राम्रो र ठूलो बगैँचा हाम्रै थियो रे ! अनि त्यस बगैचामा अत्याचारी खेमराजको नजर पर्यो ! त्यसबेला हाम्रो घरको घरमूली मेरा बुवाआमा भोजलाल डगौरा/गंगीया थरुनी हुनुहुन्थ्यो ।

एकदिनको कुरो हो, जमिनदार खेमराज एकाबिहानै घोडा सवार गरि बाराबोरका  साथ हाम्रो घर पुग्यो र बुवालाई भन्यो, " रे भोजलाल ! मोर महल बन्वैना बा रे ! ५०/६० हजार इटा पकाइक लग टोर बगियक कठुवा किल पुगि रे ! कै पैंसा लेबे रे !"

बुवाले तुरुन्त जवाफ फर्काउनु भो, " नै बेंचम मलिकवा !" अनि खेमराज घोडामाथि चढ्यो र चढ्नेबेला २०० रुपैयाँ भुँइमा खसाल्यो र भन्यो, " रे भोजलल्वा ! मोर पैंसा गिर गिल रे ! पुगा ते !"  हतार हतारमा बुवाले पैसा समात्नु भो र त्यहीबेला फेरि खेमराजले भन्यो, "ले अब यिहे हो टोर बगियक मोल! अब आगे बोल्बे ते यी बाराबोर  डेखटे ।" भनेर घोडा कुदाउँदै आफ्नो बाटो लाग्यो!

बुवाको मुखमा बुजो लाग्यो! अर्को दिन उनका सारा कमैया, भत्तावाला सबेरैबाट बगैँचा काट्न सुरु गरिहाले । जस्को सम्पत्ती उ चुँइक बोल्न नि पाएन, सबै बगैँचा सखाप भयो ।

उसताका नेपालमा कम्युनिष्ट आन्दोलन चर्किदै थियो । २०४६ सालको जनमत संग्रह पछि संविधान निर्माणमा असंतुष्ट भएपछी प्रचण्ड र बाबुरामले २०५१ साला फागुन १ गतेको दिनबाट औपचारिक रुपमा जनयुद्ध लडने घोषणासहित संसद भवन त्याग गरे । समयको चक्रसंगै म पनि हुर्कदै गएँ र जनयुद्धको आँधीबेरी मच्चियो तानाशाह बिरुद्ध, शोषक बिरुद्ध, अत्याचारी बिरुद्ध, जमिनदार बिरुद्ध, सामन्त बिरुद्ध, जातियताका बिरुद्ध, हामीजस्ता सर्वहारा निमुखाका लागि अनि म पनि बिस्तारै ब्रेक लगाउँदै कक्षा ८ पुगें ।

त्यहीबेला एकरात माओबादीहरुको एउटा ठूलो जत्थाले खेमराजको घरमा छापा मार्यो । उसलाई भौतिक कार्वाही गर्यो, घरका सारा खजाना कब्जा गर्यो । तत पश्चात उपचारको क्रममा एक शोषक, एक गुण्डा, एक अत्याचारी जमिनदारको मृत्यु भयो । त्यसपछि बाँकी शोषकहरु रातारात शहरतिर भागे । गाउँ फर्किदा "रे फलाना" शब्दको सत्तामा "हो फलाना" तँ को तिमी, तिमीको ठाउँमा तपाईं जस्ता शब्दको प्रयोग गर्न बाध्य भए सबै सामन्तहरु । माओबादीको जनअदालतले सामाजिक राज चलाउने क्रम चल्यो! आन्दोलनले एक सामान्य अनपढ व्यक्ति पनि निडर भयो । सामाजिक सोचको रुपान्तरणमा कायापलट परिवर्तन त्यसबेला जनयुद्धले ल्यायो! 

त्यसकारण, भले हामी आर्थिक, धार्मिक, भौगोलिक, सांस्कृतिक  र भाषिक रुपले एक समान समृद्ध नहुउँला तर बोली र सामाजिक व्यवहारका दृष्टिले समानताको मध्यमार्गी बाटोमा ल्याइ छोडेको अनुभूत १० बर्षे शसस्त्र जनयुद्धले गरेको हुनाले आजको दिन "जनयुद्ध दिवस" मेरो लागि सम्झिन लायकको दिन हो ।

लेखक शिक्षण पेशामा आवद्ध छन् ।

प्रकाशित:

१२९८ दिन अगाडि

|

१ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९