Above News Title

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

सागर गैरे

मङगरा थारु मच्घराने घरका हुन  । उनी कैयौं बर्षदेखि ककौराका चौकिदार रहेका छन । हिजो होलीको दिन उनी गाउँले महिलाहरु सँगै डफ बजाउदै गाउँको पश्चिममा  तालछेउमा रहेको जगन्नाथी थानमा आए । महिलाहरुले पहिले  थानमा पुजा गरे ।  थानमा घोडा आकारका मूर्ति थिए । मूर्तिलाई  बह्रनी चढाए,  दुधपानीले छिटा हाले र  चामल छर्किए  ।  

त्यसपछि चौकिदारलाई पानीले नुहाईदिए । गाउँभरिकाले अन्दाजी एक किलोको दरले साथमा चामल ल्याएका थिए ।  ककौरामा २६० किसानका घर छन  । हरेक घरबाट कम्तिमा एकजना  पुजामा सामेल थिए ।  हेर्दाहेर्दै चामलको थुप्रो भयो । कार्यक्रम सकिएपछि चौकिदारले संकलित चामल बोरामा हाले ।  

पुजा गरेर  सबै महिलाहरु चौकिदारको घर गए ।  उनीहरुले  खानपिन गरे ।  कसैले जाँड रक्सी खाए, कसैले चिया सर्वत खाए ।

त्यसपछि उनीहरु बरघरकहाँ गए । बरघर रामप्रसाद थारु रहेछन् । उनी कलिला थिए । दुई चार बर्षअघि  आर्मीबाट रिटायर्ड भएका रहेछन् । महिलाहरुले उनको शरिरमा बुकुवा लगाईदिए । सबैले  टीका लगाईदिए । त्यहाँ पनि खानपिन भयो ।  

उनीहरु गाउँकै छोटकी बरघरको घर गए । त्यहाँ  पनि त्यस्तै भयो ।  छोटकी बरघर लिला थारु कोठियाने घरका रहेछन् । 

ककौरा छोडेको बर्षौँपछि ककौरा थारु गाउँको होलीमा सामेल हुने संयोग जुरयो यस पटक ।

                                                                                                          होलीको  शुभकामना साट्दै लेखक सागर गैरे ।

प्रकाशित:

१२७५ दिन अगाडि

|

२४ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९