भुवन चौधरी
पहिले पहिले बर्षात्को समयमा लगातार झरी परेपछि खेतीपातीको समस्या हल भै हाल्थ्यो । यसरी धान रोपेको खेतमा चिरा फाटेको देख्न मिल्दैनथ्यो ।
हालको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह, उत्तर बगालेदेखि माथि सिरान भएको सेवार खोला फराकिलो थियो । भगवानपुरे कुलोको बाँध हालको घोराही–१४ झिंगौरा र घोराही–१६ तेरौटे गाउँको बिचमा (अटो भिलेजदेखि उत्तर) थियो । त्यस भन्दा माथि राजपुरे कुलोको बाँध, त्यस भन्दा माथि झिंगौरे कुलोको बाँध, त्यस भन्दा माथि रतनपुरे कुलोको बाँध, त्यस भन्दा माथि घोराही कुलोको बाँध, त्यस भन्दा माथि बाहुनडारे कुलोको बाँध लगायतका थुप्रै कुलाका बाँधहरु थिए ।
माथि उल्लेखित सबै कुलोहरुमा सेवार खोलाको पानी पुगेर पनि भगवानपुरे कुलोमा बर्षात्को समय मात्रै नभएर असोज कार्तिक महिना हिउँदमा समेत थोर बहुत पानि बग्ने गर्दथ्यो । याने कि हिउँदे बालीनालीमा समेत पानी सिँचाई गर्न सकिन्थ्यो ।
अर्कोतर्फ बर्षात्को समयमा दुइ तीन पटक झरी गरेपछि घोराही उपमहानगरपालिका–१६ को कार्यालयदेखि पूर्वतर्फ पर्ने खरिच्य सोता हँुदै दक्षिण बघी सोतामा सिम अर्थात् पानीको मूल उठ्ने गर्दथ्यो । सो सिम पानीले पनि भगवानपुर गाउँका डाबरहरुमा धान रोपाई गर्न सहज हुने गर्दथ्यो ।
तर, अहिलेको स्थिति बिलकुल फरक छ । बगालेदेखि दक्षिण आउँदै गर्दा सेवार खोला साँगुरो साँगुरो हँुदै तलतिर बगेको छ । तल अटो भिलेजसम्म आइपुग्दा त सेवार खोलो हो कि सेवार कुलो हो भन्ने छुट्याउन सकिदैन ।
खोलोबाट कुलोमा परिणत भएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलो भनाउँदोमा मूल सुकेपछि कुलोमा पानी कसरी वग्ला ? अर्कोतर्फ जग्गाधनी र जग्गा खरिद बिक्री गर्ने जग्गा कारोबारीहरुले खरिच्यदेखि दक्षिण बघी सोता (सिम उठ्ने सोताहरु) सबै प्लटिङ गरी डोजर र जेसिभीले पुरेर घडेरी बनाएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलाको, सोताको मूल सुकेपछि म जस्ता भगवानपुरे किसानहरु मर्ने नै भए । भगवान भरोसे हुने नै भए ।
प्रकाशित:
११४६ दिन अगाडि
|
५ साउन २०८०
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३८ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९