तस्विरः लखन दहित
पश्चिम नेपालको यात्रा पश्चात मलाई थारुको परिभाषा स्पष्ट भयो । उतातिर एउटा कहावत सुनिन्थ्यो, थारु गोरु भित्ता फोरु । यसो भन्नुको पछाडि कारण के भनेर खोजी गर्न सकिन्छ ।
मेरो अनुमानमा पहिलो मत त थारु मान्छे त हो तर गोरु जस्तै भन्ने हो । अर्थात् ज्ञान भएको मान्छे होइन । त्यो हो भने पूर्ववैदिक युगमा थारु जतिको ज्ञानी मान्छे तुलना गरेर अर्को हेरौं न । थारुसंग उही वेला गुर्बाबक् जल्मौती थियो, जसको आधारमा यो सृष्टिको व्याख्या गर्न सक्ने क्षमता राख्थे ।
जबकि आर्यहरु त वेद रचनापश्चात मात्र सृष्टिसम्बन्धि बुझाई ठोस बनाए । उनीहरु तर्कशील पनि भए ।
उपरोक्त सन्दर्भ उठानको आशय भूमिपुत्र थारुहरु आज सुकुम्बासी बने । महोत्तरीको भंगहा नगरपालिका– ४ थारु टोल बनरा नामले जानिने उक्त गाउँ अवस्थित जग्गा लगायत ४५ विघाको दुई कित्ता हाल सयौं कित्ताकाट भएको छ ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएको वेला गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले सो कित्ताकाट गर्यो तर काँग्रेस तथा राप्रपाको संयुक्त सरकारले आयोग पुनर्गठन गर्दा आयोगका महोत्तरी जिल्ला अध्यक्षलगायत प्रशासनले सबै कित्ताहरु रहेको जग्गा वास्तविक सुकुम्बासी कायम भएका स्थानीय थारुलगायत दलितहरुको नाममा दर्ता नगरेर आफन्त, नातागोता तथा अन्जान जग्गाधनी कायम गरे । त्यसको सुइको समेत बनरा थारु टोलका बासिन्दालाई दिएनन् ।
हाल यो समस्या थप जटिल बन्यो । पूर्व वडाध्यक्षले जग्गाधनी पूर्जा प्राप्त व्यक्तिकै भोगचलन रहेको सिफारिश कार्यालयबाट उपलब्ध गराएर विचौलिया दलालहरुलाई खेल्ने ठाउँ दिए । कतिपय कित्ता विक्री भएर अन्य व्यक्तिहरुमा पुगिसकेको छ भने यो तीब्र गतिमा अगाडि बढेको देखिन्छ । यही समस्यालाई लिएर पीडितहरुको डेलिगेसन टोली काठमाण्डौ आइपुगेर ध्यानाकर्षण गराउन चाहेको छ । तर, मिडियाका मित्रहरु आएर छलफल त गर्छन्, त्यसको सत्य तथ्य बाहिर ल्याउन कञ्जुस्याई गर्दै आएक छन् । हुन सक्छ, उनीहरुको लागि यी समाचार बजार प्रबद्र्धन गर्न नसक्ला ।
समस्याको गहिराई खोजी गर्ने हो भने यो देशका थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा परेको कारणहरु पक्कै भेट्न सक्छौं । आखिर यो कहिलेसम्म ?
प्रकाशित:
११०५ दिन अगाडि
|
१२ भदौ २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९