छविलाल गिरी
थारू कल्याणकारिणी सभाको सांगठनिक बिकासलाई उचाईमा पुर्याउन प्रमुख भुमिका खेल्ने, काठमाण्डौंको टुडिखेलमा सर्वप्रथम माघी महोत्सव मनाउन सुरुवात गर्ने तात्कालीन राजपरिषद स्थायी समितिका सभापति, नेपाली इतिहासका एक अविस्मरणीय व्यक्तित्व स्वर्गिय परशुनारायण चौधरी आज मंसिर २१ गते ११ औं पुण्य तिथी हो ।
दाङदेउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले।
तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"।
अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"।
२०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे।
नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए।
२०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा चौधरीको देहान्त भयो। आज ११ औं पुण्य तिथिको अवसरमा राष्ट्रवादी राजनेता स्व. परशुनारायण चौधरीमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।
प्रकाशित:
१००४ दिन अगाडि
|
२१ मंसिर २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९