-कारी महताे
काठका चक्कामा
अझै माटोको गन्ध छ,
यद्यपि गोरु थाकेर
स्मृतिमा सुतिसकेका छन् ।
चितवनले यसलाई
लडिया भन्छ,
पश्चिमले लह्रिया,
कतै लढिया—
नाम फरक होलान्
तर पीडा एउटै हो ।
एक जोडी गोरुले
बोक्थे अन्न,
बोक्थे सपना,
बोक्थे थारू जीवन
खेतदेखि घरसम्म ।
आज
सडक चिल्ला छन्,
इन्जिन चिच्याउँछन्,
तर लडियाको मौनतामा
सभ्यताको आवाज छ ।
विक्रम महतोका हात
काठ काट्दैनन्,
इतिहास जोर्छन् ।
फलाम बिना बनेको
यो गाडा
मान्छेको जिद्दीले
प्रकृतिसँग गरेको सम्झौता हो ।
यसको मूल्य
सिक्कामा तोलिँदैन,
यसको मोल
बुबाको पसिनामा
छोराको भविष्य कोरिएको छ ।
आज लडिया
प्रदर्शनीमा उभिएको छ,
हिँड्दैन—
तर प्रश्न गर्छः
“म हराएँ भने
तिमीहरू कता जाँदैछौ ?”
काठका चक्कामा
समय अझै घुमिरहेको छ,
सुन्ने कोही छ भने
सभ्यता अझै बाँचेको छ ।
प्रकाशित:
१०८ दिन अगाडि
|
५ माघ २०८२
३ दिन अगाडि
|
२० वैशाख २०८३
१४ दिन अगाडि
|
९ वैशाख २०८३
१५ दिन अगाडि
|
८ वैशाख २०८३
१८ दिन अगाडि
|
६ वैशाख २०८३
१८ दिन अगाडि
|
५ वैशाख २०८३
२० दिन अगाडि
|
३ वैशाख २०८३
२० दिन अगाडि
|
३ वैशाख २०८३
१३०३ दिन अगाडि
|
२५ असोज २०७९
१३३८ दिन अगाडि
|
२१ भदौ २०७९
१३४७ दिन अगाडि
|
१२ भदौ २०७९
१३०३ दिन अगाडि
|
२६ असोज २०७९
१२५२ दिन अगाडि
|
१५ मंसिर २०७९
१३०८ दिन अगाडि
|
२० असोज २०७९
१२४० दिन अगाडि
|
२७ मंसिर २०७९