Above Header
Above News Title

‎महँगीको आगो

कुनै दिन ‎मान्छेको पसिनाले बजार जित्नेछ
‎महँगीको आगो

दुर्गाबहादुर थारु ‘कविर’

‎सहरको गल्लीमा धुवाँ मात्र छैन,
‎आशाहरू पनि आजकाल जल्दैछन् ।
‎तेलको थोपा–थोपा महँगो हुँदै जाँदा
‎मानिसका सपना सस्तो हुँदैछन्।
‎भान्साको चुलोले सोध्छ,
‎“मेरो आगो किन यति भारी भयो ?”
‎उत्तरमा मौनता छ,
‎रित्तिएको ग्यासको सिलिण्डरजस्तै।
‎बाहिर सहर चल्छ,
‎भित्र मन रोकिन्छ ।
‎एक लिटर तेलको मूल्यमा
‎कति आँसु मिसिएको छ, कसले गन्छ ?
‎हामी त सडकका यात्री,
‎पाइलामा धुलो, आँखामा प्रश्न लिएर,
‎कसले बढायो यो आगो ?
‎र, किन हाम्रो जिन्दगी जल्दै गयो ?
‎प्रधानमन्त्रीको समुहले चलाउने फेसबुकमा,
‎विकासको उज्यालो झल्काइन्छ ।
‎तर हाम्रो कोठामा
‎अन्धकारको मूल्य पनि बढेको छ।
‎रात गहिरिन्छ,
‎तर निद्रा आउँदैन,
‎किनकि भोलिको बिहान
‎फेरि महँगो भएर आउँछ।
‎तर पनि
‎यो पीडाभित्रै एउटा विश्वास बाँकी छ,
‎कि कुनै दिन
‎मान्छेको पसिनाले बजार जित्नेछ,
‎र आगो फेरि
‎रोटी पकाउने मात्र हुनेछ,
‎जिन्दगी जलाउने होइन।

कवि बारबर्दिया नगरपालिकाका पूर्व मेयर हुन् ।

प्रकाशित:

१८ दिन अगाडि

|

५ वैशाख २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३०३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३३८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३४७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३०२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२५२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३०८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२४० दिन अगाडि

|

२७ मंसिर २०७९