Above Header
Above News Title

थरि थरिका नाक

देशको भात–भान्साको चुलो पनि  नाकवालाहरूको हातमा छ
थरि थरिका नाक

नाक !
मानव शरिरको एक अंग

अथवा एक ज्ञानेन्द्रीय
जसले सुगन्ध चाल पाउँछ
गन्ध थाहा पाउँछ ।

नाक धेरै थरिका हुन्छन्
चुच्चे नाक, मध्यम नाक र थेप्चे नाक
उसैगरि सरकारी नाक
कर्मचारी नाक, 
भ्रष्टचारी नाक 
कुर्सीवाला नाक
मूर्तिवाला नाक
फुर्तिवाला नाक 
साम्राज्यवादी नाक
बिस्तारवादी नाक 
अतिवादी नाक आदि–आदि ।

अचेल नाकहरू पनि रंग फेर्छन्
आकार फेर्छन्, प्रकार फेर्छन्, रूप फेर्छन्
चुच्चेहरू केही छिनका लागि थेप्चे भइदिन्छन्
थेप्चेहरू पनि चुच्चे भइदिन्छन्
मध्यम नाकहरू पनि
कहिले चुच्चे त कहिले थेप्चे भइदिन्छन्
समय, ठाउँअनुसार
स्वेच्छाले आकार, प्रकार, रूप फेर्न सक्छन्
हामीले यसलाई कुनै अनर्थ मान्नु पर्दैन

किनकि यो समय बिज्ञानको हो
मनोबिज्ञानको हो 
अथवा भनौं नाकको हो ।
यहाँ न्यायालयको फैसलाको तुलो पनि
नाकवालाको हातले समाउँछ
देशको भात–भान्साको चुलो पनि 
नाकवालाहरूको हातमा छ
पैसाको मुलो पनि यिनकै नाकमा छ
त्यसकारण गन्ध, सुगन्ध पनि
यिनीहरूले मजाले चाल पाउँछन्

अर्थात गन्धलाई सुगन्ध 
सुगन्धलाई गन्धमा बदल्न सक्ने हैसियत छ
नामवालाहरूको नाकमा ।
आजभोलि सिंहदरबार
ठस–ठसी गन्हाएको छ
डुङ–डुङ गन्हाएको छ
गन्धले सबैलाई वाक–वाक लागिरहेछ
दुनियाँलाई छिः छिः, दूर–दूर भएको छ

तर, स्याल–हुइयाहरूले सिनो मन पराएझैं 
चुच्चो परेका नाकवालाहरू
सुगन्ध नै हो भनी ठोकुवा गर्दै 
सुघ्दै–सुघ्दै उतैतिर लागिरहेछन्
अर्थात सिंहदरबातिर लागिरहेछन्
यसैको गुनगानमा छन्
र, यसैको भजनकिर्तनमा छन् ।

सरकारी नाक
जसले छेउकै आलीशान महल थाहा पाउँदैन
तर, सुकुमवासीको गन्ध
कति छिटो चाल पाउँछ
र भत्काउँछ खण्डहर हुने गरी ।
नाकले वस्तीको चीत्कार सुन्दैन
रोदन, क्रन्दन केही महसु गर्दैन
किन कि गाँजा खाएको नाकले 
करूणा, संवेदना र मानवता थाहा पाउँदैन ।

सूनले सूनवायु
आयल निगमले पेट्रोलवायु छोड्दा
अथवा डकार्दा पनि गन्नाउँछ
र, दुर्गन्ध फैलिन्छ चारैितिर
तर उहीँ दुर्गन्ध सिंहदरबारवाला नाकले
सुगन्ध चाल पाउँछ
सिंहदरबारको नाकले 
सुगन्ध नै भनेर उर्दी जारी गर्छ ।
किनकि यो बिज्ञानको समय हो
मनोबिज्ञानको युग हो 
अलग–अलग कच्चा पदार्थहरूको मिश्रणमा
स्वेच्छानुसारको माल बनाउन सकिन्छ
हो, यो हैसियत नाकवालाको नाकले राख्दछ ।

 

लमही नगरपालिका–३, उत्तर मजगाउँ, दाङदेउखुरी

प्रकाशित:

३ दिन अगाडि

|

२० वैशाख २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३०३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३३८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३४७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३०२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२५२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३०८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२४० दिन अगाडि

|

२७ मंसिर २०७९