बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न

६२२ दिन अगाडि

|

६ पुष २०८१

लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल

लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल

६२८ दिन अगाडि

|

३० मंसिर २०८१

सुर्खेतके वीरेन्द्रनगर नगरपालिकामा लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल बा । लखागिन थारु उत्थान मञ्च, सुर्खेतके अध्यक्ष मान बहादुर चौधरी ‘पन्ना’के  घरगोस्याइ ओ थारु युवा सभाके अध्यक्ष पवन कुमार थारुके बर्का पहुनाइम कार्यक्रम निम्जलक हो । कार्यक्रमम स्रष्टाहुकनसे आ आपन कविता, गजल, ओ मुक्तकके संगसंगे माँगर, ढुमरु गीतफे प्रस्तुत कैगिल । कार्यक्रमम कवि मान बहादुर चौधरी पन्ना, लक्ष्मण चौधरी, गिटु चौधरी, जेबी डेमनडौरा, सलिन चौधरी  लगायतके स्रष्टाहुक्र रचना वाचन कर्ल रलह । कार्यक्रमम माघम गा जिना ढुमरु गित क्रिमलाल चौधरी गैल रलह । माँगर गित मानबिर थारु गैल रलह ।  कार्यक्रमके घरगोस्या मान बहादुर चौधरी ‘पन्ना’ कल₋ भाषा साहित्य जीवनके अभिन्न पाटो हो । यम रुचि जगाइक लाग श्रृङ्खलाके सुरुवात कैगिलक हो । आपन भाषा साहित्य, कला संस्कृतिके संरक्षण करक लाग एक्कले लाग्खन किल सम्भव नैहो । सबजन जुट पर्ना हुइलक ओहर्से लौव पिँढीक युवा युवतिन जोर्ना पुलके रुपम आघ बह्राइक लाग कार्यक्रमह निरनतरता डेटि बाटि ।’  कार्यक्रमम बर्का पहुना पवन कुमार थारु कल₋ थारु भाषा साहित्य श्रृङ्खलाले लौव ओ पुरान पुस्ता जोरजिना हुइलक कारन आपन कला संस्कृति बुझना मजा प्लेटफर्म हो । उहाँ असिन मेरके कार्यक्रम सुर्खेत जिल्लाके गाउँ गाउँम फे ढर पर्ना सुझाउ डेल । वास्तवम हमार कला संस्कृतिके बल्गर पाटो भाषा हो । सुर्खेतके स्रष्टा हुकनक गीत बास, बट्कुहि प्रकाशनके लाग फे सहयोग कर्ना बटोइल ।  कार्यक्रमम समाजसेवी पुर्खा मानबिर थारु असिन कार्यक्रमले लर्कन् हौसला बहर्ना, गित बास लिख्ना अभ्यास फे हुइना हुइलक ओहर्से अहमिन ढेर युवा लर्कन जोर पर्ना सुझाव डेल । कार्यक्रमके सञ्चालन साहित्यकार जेबी डेमनडौरा कर्ल रलह ।   

गाउँ हाँक्छन् थारू बरघर महिला

गाउँ हाँक्छन् थारू बरघर महिला

६३२ दिन अगाडि

|

२६ मंसिर २०८१

                                      कैलालीको घोडाघोडी मन्दिरमा सम्पन्न लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सफल बनाउन खटिएका महिला भलमन्सा । चाँदनी आचार्य कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता बरघर अर्थात् भलमन्साको काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् । थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमनसाको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमनसा छन् । तीमध्ये छ जना महिला भलमनसा रहेका छन् । १७ सदस्यीय नगर भलमनसा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमनसा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।  थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमनसाले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमनसा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमनसा समितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ ।  केही वर्षयता महिलाले भलमनसाको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमनसा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमनसासँगै चिराकी (सूचनावाहक) मा समेत महिला रहेको बताउनुभयो । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ ।  भलमनसा सीतावीले भन्नुभयो, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमनसा हुनुहुन्छ । उहाँले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्‍याएका हुन् । घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमनसा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी हुनुहुन्छ । इन्द्रादेवी भलमनसा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै काम पर्‍यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमनसाले गरेको निर्णयमा सबैले साथ दिनुहुन्छ ।” घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमनसाका रूपमा राजकुमारी चौधरी हुनुहुन्छ । घोडाघोडी–१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमनसा भएर काम गर्न थालेको पाँच वर्ष भयो ।  उहाँ भलमनसा भएपछि गाउँमा चिराकी पनि महिला नै हुनुहन्छ । गाउँमा पुरुष भलमनसाले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उहाँलाई भलमनसामा गाउँलेले रुचाएको गीता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमनसा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गर्नुभएको छ ।”  गोरखापत्रबाट 

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको अध्यक्षमा थापा सर्वसम्म्त

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको अध्यक्षमा थापा सर्वसम्म्त

६३४ दिन अगाडि

|

२४ मंसिर २०८१

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १८ औ वार्षिककोत्सव  तथा छैठो अधिवेशनबाट अध्यक्षमा निम बहादुर थापा चयन भएका छन् ।  मंसिर २२ गते शनिवार मञ्चको कार्यालय रातोडाँडामा भएको अधिवेशनबाट उपाध्यक्ष योगमाया शाही, सचिव बाल मुकुन्द शर्मा आचार्य, सहसचिव प्रेम जिसी, कोषाध्यक्ष दीपा खत्री, सदस्यहरुमा शशिधर ज्ञवाली, शिवहरि चौधरी, राधेश्याम गुप्ता, रविलाल आचार्य, केडी शर्मा चयन भएका छन् । एक सदस्य थप गर्न बाँकी छ ।  उक्त कार्यक्रममा  नेपाली साहित्यमा योगदान गरेबापत मञ्चबाट स्थापित अक्षय कोषबाट विभिन्न स्रस्टाहरुलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र  कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माबाट प्रदान गरिएको थियो । सम्मानित हुने स्रष्टामा विणा रोका ठागुरामपति साहित्य सम्मान, देउखुरी कतार साहित्य सम्मान शिवराज पन्थी, पोख्रेल पद्य साहित्य सम्मान मकुश पन्थी, जगतभिमा साहित्य सम्मान प्रदीपराज श्रेष्ठ, होतविष्णु साहित्य सम्मान पदमप्रसाद शर्मा, पाठक कला सङ्गीत सम्मान चन्द्रकला शाह, खिमानन्दकेशरा साहित्य सम्मान नरेशजंग राणा, रामरुपनी साहित्य सम्मान दीपक कुमार यादव, केदाररत्न साहित्य सम्मान गणेश विषमलाई प्रदान गरियो । त्यस्तै, देउखुरी बालप्रतिभा पुरस्कार प्रेजिना रावत क्षेत्री, अनिता सुन्दास, पुष्पा वस्नेत, समीर केसीलाई प्रदान गरियो । यसैगरी, योगदानमा आधारित  अग्रज सम्मान राजेन्द्रप्रसाद चौधरी (शिक्षा क्षेत्र), बामदेव पौडेल (समाजसेवा र साहित्य) लाई दिइयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष डा टीकाराम उदासी, उत्तमकृष्ण मजगैया लगायतले शुधकामना मन्तव्य दिएका थिए । कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव केशव शर्मा घिमिरेले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दीपा खत्रीले प्रस्तुत गरेकी थिइन् । मञ्का अध्यक्ष हरि  पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राधा गौतमको स्वागत तथा सचिव केशव शर्माले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न स्रस्टाहरुले रचना वाचन गरेका थिए । कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष हरि पोखरेलले एकै व्यक्तिले लामो समय नेतृत्व गरे नयाँ नेतृत्व तयार नहुने हुँदा आफूले करिब डेढ दशकको मञ्चको नेतृत्वको भारी बिसाएको बताए । उनले संस्थाको अन्य गतिविधिमा भने आफूलाई दिइएको जिम्मेवारीबाट पछि नहट्ने बताए । नवनिर्वाचित अध्यक्ष थापाले यस अघिको नेतृत्वभन्दा अधिक काम गर्न कोशिश गर्ने, नभए त्यो भन्दा कम नहुने प्रतिवद्धता व्यक्त गरे ।   

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

६४२ दिन अगाडि

|

१६ मंसिर २०८१

थारु समुदायको परम्परागत प्रथा बरघर प्रणालीलाई अझ चलायमान बनाउन महिला र युवाहरुको सहभागिता बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । दाङदेउखुरी, लमही–५ स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानद्वारा मंसिर १४ गते शुक्रवार लमहीमा आयोजित ‘बरघर समावेशी मापन कचहरी’ विषयक् कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । लमही नगरस्तरीय बरघरहरुको उक्त भेला कार्यक्रमको प्रमुख अतिथि गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्नु दुःखद भएको धारणा राखिन् । संविधानले महिलाहरुको अधिकार सुनिश्चित गरेकाले बरघर प्रणालीमा पनि महिलाको नेतृत्व आउन जरुरी रहेको बताउँदै बरघरको पुस्ता हस्तान्तरणका लागि युवाहरुको सहभागिता पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो ।  पछिल्लो समयमा स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिन  थालेसंगै गढवा गाउँपालिकाले पनि बरघर ऐन पारित गरिसकेको उपाध्यक्ष चौधरीले जानकारी दिइन् । उनले छिटै कार्यविधिसमेत बनाई बरघरहरुलाई अधिकार दिलाउन लागीपरेको बताइन् । उनले पालिकाको सहयोगमा थारु गुरुवा ढकेहेरहरुको बृत्तचित्र बनाइरहेको जानकारी दिदै बरघर प्रणालीसंगै जोडिएको गुरुवाहरुको संरक्षणमा समेत जोड दिन आग्रह गरिन् ।   थारु साहित्य संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति दयनीय भएको तथ्यांक प्रस्तुत गरे । बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता बढाउन युएसआइडीको सहयोत तथा द एसिया फाण्डेशनको सहकार्यमा प्रतिष्ठानबाट दाङको लमही, बाँकेको राप्ती सोनारी र बर्दियाको बारबर्दिया नगरपालिकाकामा नौ महिने परियोजना शुरु गरिएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक सर्वहारीले उक्त परियोजनाको प्रारम्भिक सर्वेक्षणमा लमही नगरपालिकामा ६० जना बरघर भए पनि एक जना महिला, राप्ती सोनारी गाउँपलिकामा ७८ जना बरघरमध्ये तीनजना तथा बारबर्दिया नगरपालिकामा १०४ जनामध्ये ६ जना महिला मात्र बरघर रहेको जानकारी दिए । यस्तै स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिए पनि कार्यविधि बनाउन आलटाल गर्नाले कार्यान्वयनमा अझै पनि समस्या रहेको उनको भनाइ थियो ।  थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीका सभापति प्रकाश चौधरीले बरघरलाई कुनै सेवा सुविधा नभएकाले महिला र युवाहरुको यसमा चासो नरहेको धारणा राखे । उनले अर्को प्रसंगमा गुरुवाहरुले खानपीनमा चरित्र सुधार गर्न सके आस्था बढ्दै जाने बताए ।  लमही नगरपालिकाअन्तर्गत एकमात्र मूल बरघर रहेकी धनपुरुवा गाउँकी सीता चौधरीले भनिन्,‘म चिट्ठा हालेर गत वर्ष बरघरको जिम्मेवारीमा आएकी हुँ । तर, एक वर्ष कामको अनुभवले गाउँलेले अर्को वर्ष जिम्मेवारी दिए सहर्ष स्वीकार्न तयार छु ।’  लमही नगरपालिकाअन्तर्गत सोनपुर गाउँमा ३ वटा टोलको टोल बरघर तीनैजना महिला रहेको जानकारी उक्त गाउँका बरघर अमितकुमार चौधरीले जानकारी दिए । उनले भने,‘सोनपुर गाउँजस्तै अरु गाउँ पनि महिलालाई गाउँको नेतृत्व दिन उदार हुनुपर्छ ।’ बनकट्टा गाउँका बरघर नुमलाल आचार्यले आफूजस्ता गैरथारुहरु पनि बरघरको जिम्मेवारीमा आए बरघर प्रणालीलाई थप टेवा सक्ने बताए । थारु समुदायको कुनै पूजापाठ नछुटाएको उनले जानकारी दिए । लंगडी गाउँका बरघर कान्तु चौधरीले महिलालाई नेतृत्वमा अघि बढाउन पुरुष उदार हुनुपर्ने धारणा राखे ।  प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, अनुसन्धानकर्ता उदय आले, प्रतिष्ठानका फिल्ड अधिकृत विमला चौधरी, सदस्य यम चौधरी लगायतले धारणा राखेका थिए । एक वर्ष सिक्दा सिक्दै समय जाने भएकाले बरघरको पदावधि २ वर्षदेखि ५ वर्षसम्म गराउनुपर्ने, बरघरको पारिश्रमिक तोकिनुपर्ने लमही नगरपालिकाले यथाशिघ्र बरघरबारे कार्यविधि पारित गर्नुपर्ने लगायत आवाज कार्यक्रमका सहभागी बरघरहरुले उठाएका थिए ।   

सम्झनामा परशुनारायण चौधरी

सम्झनामा परशुनारायण चौधरी

६४४ दिन अगाडि

|

१४ मंसिर २०८१

                                                             देउखुरीको गोबरडिहास्थित परशुनारायण चौधरीको खण्डहर बन्दै गएको भवन । तस्विरः एसएन दहित । खगेन्द्र गिरि ‘कोपिला’  मंसिर ११ गते नेपाली राजनीतिक इतिहासका एक अविस्मरणीय व्यक्तित्व श्री परशुनारायण चौधरीको ९८ औं जन्म जयन्ती थियो । देउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भइहाले। उनी सानै उमेरमा कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुने व्यक्ति पनि हुन्। २००९ सालमै २५ वर्षको उमेरमा उनी कांग्रेसको केन्द्रिय सदस्य भैसकेका थिए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले। तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्‍यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"। अन्ततः वीपीले आफ्ना भाइ गिरिजालाई कांग्रेसको महामन्त्री बनाएर आफ्नो उतराधिकारीको रुपमा @highlight गरेपछि आफूभन्दा जुनियर मान्छेलाई आफूभन्दा सिनियर बनाएको घटना नै परशुनारायण चौधरीले कांग्रेस छाड्ने turning point बन्न पुग्यो। उनलाई पञ्चायत प्रवेश गर्न अभिप्रेरित गर्ने मुख्य व्यक्ति पनि उनै युवाकालका साथी भरतमणि शर्मा नै हुन्। अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"। २०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा श्री ५ ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे। नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए।२०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा श्री चौधरीको देहान्त भएको थियो।  

‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

६४५ दिन अगाडि

|

१३ मंसिर २०८१

छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८१ को मूल निर्णायक समूहका संयोजक साहित्यकार समालोचक प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरू साहित्यकार डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो । यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक  हुनुहुन्छ  । त्यस्तै मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहनुभएको छ । यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८१’ यही मंसिर १६ गते काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ । डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणका लागि गत भदौ ३१ गते कथा आह्वान गरिएकोमा देश÷विदेशबाट ९३७ कथा प्राप्त भएका थिए । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५२ वटा कथा छनोट गरी प्रा।डा। पाण्डेको संयोजकत्वमा गठित मूल निर्णायक समूहलाई उत्कृष्ट २५ चयनका लागि उपलब्ध गराएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।