थाकसको २३औं महाधिवेशन समुद्घाटनः ‘थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ’ 

थाकसको २३औं महाधिवेशन समुद्घाटनः ‘थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ’ 

६५६ दिन अगाडि

|

२ मंसिर २०८१

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

६५९ दिन अगाडि

|

२९ कात्तिक २०८१

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । कात्र्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरुमध्येबाट यो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिने छ ।  यस क्रममा प्राणीशास्त्री वैज्ञानिक एवं जेष्ठ नागरिक अधिकार केन्द्रीत विभिन्न पुस्तकका सर्जक प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, संस्कृतका प्रकाण्ड विद्वान प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, नेपाल भाषाकी अग्रणी एवं अधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, युद्ध विरोध र शान्तिको पक्षमा कलम चलाउने विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्ने लिला हाङ्मा सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, साढे तीन दशक देखि अनवरत साहित्य साधनामा संलग्न बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र  बान्तावा भाषाका सुपरिचित हस्ताक्षर पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  यसैगरी शान्ति समाजले प्रसिद्ध पुरातत्वविद एवं सामाजिक न्यायका सर्जक प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान,  विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लोपोन्मुख एवं अल्पसंख्यक समुदायको पक्षमा कलम चलाउने सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, नेपालीका अतिरिक्त अंग्रेजी साहित्यमा समेत कलम चलाउने गोपी सापकोटालाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, भोजपुरी साहित्यमा योगदान गर्ने स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  पुरस्कृत हुनेहरुमा ७ जना महिला स्रष्टा हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।  पुरस्कृत स्रष्टाहरुबारेः प्रा.डा. मुकेशकुमार चालिसेः वि.स.२०१३ सालमा ललितपुर जिल्ला हाल गोदावरी नगरपालिकाको चालीसे डाँडामा जन्मनुभएका स्रष्टा मुकेशकुमार चालिसेका नेपाली र अंग्रेजीमा गरि दर्जन बढी पुस्तक प्रकाशित छन् । त्यसमध्ये केही पुस्तक एमएस्सीमा पाठ्यपुस्तक समेत रहेको छ ।  प्राणीशास्त्र वैज्ञानिकको रुपमा सुपरिचित जीवविज्ञानका अनुसन्धाता चालिसे जनावरको व्यवहारमा विद्यावारिधी गर्ने पहिलो नेपाली हुनुहुन्छ जस्ले बाँदर प्रजाति अध्ययन तथा वन्यजन्तु संरक्षणमा विभिन्न पुस्तक लेख्नुभएको छ ।  रातो हाब्रे (पाण्डा), झारल, कस्तुरी र हिउचितुवामा अनुसन्धान गर्नुभएका चालिसेका बन्यजन्तु संरक्षण लगायत विज्ञान विषयमा पुस्तकहरु प्रकाशित छन् । चुरेको जैविक विविधता अनुसन्धानमा वन्यजन्तु विज्ञ र मिल्के जलजले गुँरास संरक्षण क्षेत्र स्थापनाका लागि अनुसन्धानमा वन्यजन्तु विज्ञका रुपमा कार्य गर्नुभएका चालिसेका विज्ञानका अतिरिक्त पाकाको रमाइलो र पिरलो, मानिला मान्छेका धामा, पाका मान्छेका कुरा, डाँडाका उज्याला जुन मैले छिचोलेका कुइनेटा गरि जेष्ठ नागरिकका सम्बन्धमा पनि पुस्तकहरु प्रकाशित छन् । प्रा.डा. ऋषिराम पोखरेलः विं स. २००० साउन २४ गते जन्मनुभएका काठमाण्डौ निवासी संस्कृत भाषाका प्रकाण्ड विद्वान प्रा.डा ऋषिराम पोखरेल वेदमा विधावारीधि गर्ने पहिलो नेपाली हुनुका साथै त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयको वेद विषयको पहिलो प्राध्यापक हुनुहुन्छ । पोखरेलको मनकामना लगायत ३ वटा पुस्तक संस्कृतमा प्रकाशित छ भने संस्कृतमा वेदानुशासनम र नेपालीमा वेदज्योति महाकाव्य प्रकाशोन्मुख अवस्थामा छ । यसैगरी शुक्लयजुर्वेदको नेपाली अनुवाद, मिमांसा परिभाषा रुपान्तर, युवा प्रति कविता संग्रह, धु्रव चरित्र खण्डकाव्य पोख्रेलका प्रकाशित कृतिहरु हुन ।   प्रा. डा. चुन्दा बज्राचार्यः २०१० साल माघ २३ गते काठमाण्डौमा जन्मनुभएकी इतिहासकार तथा संस्कृतिविद् प्रा.डा.चुन्दा बज्राचार्य नेपाल भाषा (नेवारी) क्षेत्रका एक अग्रणी स्रष्टा बज्राचार्य विद्यालय तहदेखिनै नेपाल भाषा लिएर त्रिभुवन विश्वविद्यालयबाट नेपाल भाषामा विद्यावारीधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ निबन्धकार समालोचक अधिकारकर्मी हुनुका साथै आदिवासी जनजातीहरुको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुभएको छ । इतिहासको क्षेत्रमा अथक साधक, नेपाल भाषा र नेवारी संस्कृतिको उत्थान र विकासका लागि विभिन्नि विधामा अध्ययन अनुसन्धान गर्नुभएकी स्रष्टा बज्रचार्यका नेवारीमा मल्ल कालया छु संस्कृति, समालोचना च्वसुमुना, नेपाल भाषाया नाटक साहित्यया इतिहास, नेपाल मण्डल व नेवाः  र नेपाली भाषामा गरी १६ वटा अन्वेषण कृतिहरु प्रकाशित छन् ।  २०५७ असोज १३ गते जन्मनुभएकी लमही नगरपालिका ७ दाङ निवासी भूमिका थारुको कहियासम् अनागरिक? नामक थारु भाषामा कविता संग्रह प्रकाशित छ । मानवशास्त्र विभागमा स्नातकोत्तर अध्यनरत स्रष्टा थारु अधिकारका साथै साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ भने विभिन्न पत्रपत्रिकामा उहाँका लेखहरु प्रकाशित हुने गरेका छन् । विवेक ओझाः २०४८ जेठ २ गते अछामको दर्नामा जन्मनुभएका स्रष्टा विवेक ओझाका ऐठन उपन्यास, ऐलानी उपन्यास र एक पाइला आकाशमा गजल संग्रह प्रकाशित छन् । मानवतावादी, जीवनवादी दृष्टिकोणबाट युद्धको विरोध र शान्तिको पक्षमा कलम चलाउने स्रष्टा ओझा २०७९ सालमा मदन पुरस्कारबाट पृरस्कृत भइसक्नुभएको छ ।  लिला हाङ्मा सेलिङ्ग माबोः २०२८ वैशाख १२ गते पूर्वी लिम्वुवान याङरक ओयाम गाँउ पाँचथरमा जन्मनुभएकी सेलिङ्ग माबोले बेलायतको युनिर्भसिट अफ सरेबाट एमएस्सी गर्नुभएको छ । लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्नुभएकी स्रष्टा माबोको याक्थुंग लिम्बु भाषामा सेमाङ्गलक् नामक कविता संग्रह प्रकाशित छ । सामाजिक न्याय, पहिचान र मुन्धुममा कलम चलाउने माबोले लिम्बु भाषामा गीत समेत लेख्नुभएको छ र उहाँको रचना आठ कक्षामा लिम्बु भाषा पाठ्यक्रममा समावेश छ । उहाँका लाहुरेनी पिडा नामक नेपालीमा कविता संग्रह र मेमोवाएर अफ अ गोर्खा वाइफ ड्युरीङ लकडाउन नामक पुस्तक अंग्रेजीमा समेत प्रकाशित छ । बाबा बस्नेतः २०२२ साल चैत २७ गते सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्मनुभएकी स्रष्टा बाबा बस्नेतका धर्तीको सुसेली कवितासंग्रह, योद्धा पुर्णाङ्की नाटक, उन्यु फुलेपछि कथासंग्रह, रातकी रानी उपन्यास र सेतो फरिया खण्डकाव्य गरी १६ वटा कृति प्रकाशित छन् । स्रष्टा बस्नेत हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ ।   पदम राईः २०३२ साल चैत ३ गते रानीबास भोजपुरमा जन्मनुभएका स्रष्टा पदम राई बान्तावा भाषाका सुपरिचित हस्ताक्षर हुनुहुन्छ । भाषा विज्ञानमा स्नातकोत्तर गर्नुभएका स्रष्टा राइका बान्तावा भाषामा वुङ्वाखाआ बान्तावा यङ खुयुङ् कथा संग्रह, लादिप्मा कविता संग्रह लगायत ६ वटा कृतिहरु प्रकाशित छन् । बुङ्वाखा मासिकको सम्पादक समेत रहनुभएका स्रष्टा राईको सम्पादनमा पारुहाङओ पुक्दुङ्लि लगायत दुई दर्जन किताब प्रकाशित छन् । यसैगरी राईको संयोजन, सहलेखन र सम्पादित आधा दर्जन बान्तावा सामग्रीहरु पाठ्यक्रममा समेत समावेश छ ।  प्रकाश दर्नालः २०१४ जेठ २६ गते कालधारा काठमाण्डौ जन्मनुभएका प्रसिद्ध पुरातत्वविद स्रष्टा प्रकाश दर्नालका हाम्रो सांस्कृतिक धरोहरहरु, नेपाल मण्डलका सांस्कृतिक सम्पदाहरु नामक पुस्तक प्रकाशित छन् भने बौद्ध सांस्कृतिक सम्पदाहरु र हेरिटेज एण्ड आर्कियोलोजी (अंग्रेजी) पुस्तक प्रकाशोन्मुख (प्रेसमा) छ । नेपाल हेरिटेज सोसाइटीको महासचिव र नेपाल इतिहास संघको सदस्य समेत रहनुभएका स्रष्टा दर्नालका संस्कृति, सामाजिक न्यायका विषयमा नेपालीमा ६ दर्जन र अंग्रेजीमा दुई दर्जन बढी लेख रचनाहरु प्रकाशित छन् ।  विवश पोखरेलः २०१५ भदौ २५ गते जन्मनुभएका विराटनगर निवासी स्रष्टा  विवश पोखरेलका विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न हुनुहुन्छ । पोखरेलका समयविम्व कथा संग्रह, अनिधो रात र बत्तिका पुतलीहरु, निषिद्ध बस्तीमा कविता संग्रह, साढेको दाइँ निबन्ध संग्रह गरि ९ वटा कृति प्रकाशित छन् । पोखरेल हाल विराटनगर प्रज्ञा प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।    सत्यदेवी खड्काः २०२४ साल असार १० गते दैलेखमा जन्मनुभएकी स्रष्टा सत्यदेवी खड्काका नेपालका लोपोन्मुख समुदाय, राउटे जातीको संक्षिप्त परिचय, राउटे समुदायको हस्तकला, बोटे जातिको पहिचान, राउटे समुदायको अनौपचारिक अर्थतन्त्र गरि ८ वटा पुस्तकहरु प्रकाशित छन् । राउटे, कुसुण्डा, कुस्वाडिया, बोटे, नेटुवा, किंगडियन जातीको बारेमा प्रकाश पार्दै दर्जनौ लेख रचना र पुस्तक लेख्ने स्रष्टा खड्काले नेपालका ७७ वटै जिल्लाको भ्रमण गर्नुभएको छ ।  गोपी सापकोटाः २०२९ भाद ६ गते जन्मनुभएका गैडाकोट नवलपुर निवासी (हाल बेलायत) स्रष्टा गोपी सापकोटाको एक अन्त्य एक शुरुवात कविता संग्रह, खरानी नाटक संग्रह, कमिलाको सपना बाल कथा संग्रह, काँचो कागज उपन्यास र अंग्रेजी कविता संग्रह अ सुसाइड नोट गरि १० वटा कृतिहरु प्रकाशित छन् । स्रष्टा सापकोटाले नेपाली राइटर्स इन इङ्लििस काठमाण्डौको सचिव भएर ८ वर्ष काम गरिसक्नुभएको छ ।  पुजा बहारः  २०४३ असोज १९ गते जन्मनुभएकी दुहबी सुुनसरी निवासी  स्रष्टा पुजा बहारको भोजपुरी भाषामा नेहिया के फुलवा र हिन्दीमा तीन वटा गरी ४ वटा कृति प्रकाशित छन् ।  स्रष्टा बहार नेपाल र भारतका विभिन्न पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।   विजेता कर्ण (चौधरी)ः २०३८ असोज २ गते जन्मनुभएकी जनकपुर धनुषा निवासी स्रष्टा विजेता कर्ण मैथिली भाषाको सुपरिचित हस्ताक्षर हुनुहुन्छ । पत्रकार कर्णका मैथिली भाषामा कर्फयु कथासंग्रह र धाराक विरुद्ध कविता संग्रह चुप्पी निशब्द एक पंक्ति कविता संग्रह प्रकाशित छ ।  भूमिका थारुः २०५७ असोज १३ गते जन्मनुभएकी लमही नगरपालिका ७ दाङ निवासी भूमिका थारुको कहियासम् अनागरिक? नामक थारु भाषामा कविता संग्रह प्रकाशित छ । मानवशास्त्र विभागमा स्नातकोत्तर अध्यनरत स्रष्टा थारु अधिकारका साथै साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ भने विभिन्न पत्रपत्रिकामा उहाँका लेखहरु प्रकाशित हुने गरेका छन् ।  

बाह्रखरी कथा प्रतियोगिता २०८१ : पहिलो चरणमा ५२ कथा छनोट

बाह्रखरी कथा प्रतियोगिता २०८१ : पहिलो चरणमा ५२ कथा छनोट

६६० दिन अगाडि

|

२८ कात्तिक २०८१

                                                                                                                                                                                फायल तस्विर छैटौँ ‘बाह्रखरी कथा लेखन प्रतियोगिता — २०८१’ का लागि पहिलो चरणमा ५२ कथाहरू छनोटमा परेका छन् । बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको चयन गरेको हो । बाह्रखरीका अनुसार छनोटमा परेका ५२ कथाकारहरूमा अनिता न्यौपाने, भूमिका थारु, विष्णु पादुका, ध्रुव अधिकारी, दीक्षित के.सी., दुर्गा ढेंगा, महेन्द्र महक, नारद थपलिया, राजु मियाँ, सुदीप चापागाईं, तुल्सी गिरी, अनिता कोइराला, अनुपम रोशी, अप्सना चौलागाईं, अरुणप्रसाद चौधरीका कथा रहेका छन् । त्यस्तै, वसन्त बायुङ राई, विवेक धिमाल, विमला तिवारी, विशालबाबु बस्नेत, देवेन्द्र खापुङ, डा. हिमलाल श्रेष्ठ, हर्कबहादुर लामगादे, इलैया पाठक, जीतबहादुर कटुवाल, कर्मसही घर्ती मगर, केदारनाथ झा, ललिता दोषी, मिरमा, पवन ओली, प्रवीण याम्फू, राधिका कल्पित, समर्पण श्री, पूर्णबहादुर लिम्बु, सञ्जय पन्थी, सपना अधिकारी, शारदा स्टेफी, सीमा हैदर, सूचना तिमिल्सिना, तोयम, चेतनाथ आचार्य, अनिता पन्थी, बैकुण्ठ ढकाल, दिव्य गिरी, कान्ति न्यौपाने, मधुर भट्टराई, मातृका सुवेदी, प्रमेय भण्डारी, यशोदा अधिकारी, भागवत खनाल, टीकाराम पोखरेल, संजय साह मित्र र रमेशजंग थापाका कथा परेका छन् । पहिलो चरणको छनोटमा परेका ५२ वटा कथाहरूमध्येबाट प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित मूल निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । यस वर्ष कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर महिनाको दोस्रो साता विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिनेछ । सोही दिन ‘१२खरी उत्कृष्ट कथा २०८१’ पनि लोकार्पण गरिनेछ । साहित्य पोष्टबाट ।

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

६६१ दिन अगाडि

|

२७ कात्तिक २०८१

सुर्खेत । आफ्नो समुदायको संख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । 'हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको संख्यामा थियौँ,' मुखिया शाहीले भने, 'हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।'  पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएको कारण प्रजनन क्षमतामा हस आउँदा पनि क्रमशः जनसंख्या कम हुँदै गएको हुनसक्ने बताए।  जनसंख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।  यो समुदायमा असोज २ गते २२ वर्षिय राउटे वृषबहादुर शाहीको मृत्यु भयो । वृषबहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसंख्या अहिले एक सय ३५ जनामा सिमित छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।  प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या १५ माघ २०८० सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ ।  २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ सालमा तीनजनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको संख्या २०७८ मा आउँदा एक सय ४४ मा झर्‍यो ।  २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या छ जनाले घटेर एक सय ३७ जनामा आयो । यो बर्ष मात्रै दुईजनाको मृत्युसँगै अहिले यो समुदायको संख्या एक सय ३५ मा सीमित हुन पुगेको छ ।  किन घटिरहेको छ जनसंख्या ? राउटे समुदायको जनसंख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार यो समुदायको जनसंख्या घट्नुको पछाडि सामाजिक मूल्यमान्यता प्रमुख कारण छ ।  राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्छन्, 'राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवती विवाह नगरेर बसेको अवस्था छ ।' उनका अनुसार राउटेहरूमा श्रीमान्‌को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ । उनले भने, 'अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरुले अर्को विवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी संख्या बढ्छ ?' थापाले राउटे समुदायमा युवाहरुको संख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको संख्या धेरै रहेको बताउँछन् । थापा भन्छन्, 'राउटे समुदायको जनसंख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।' आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ । आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न र पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनीहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।  थापाको भनाइप्रति वरिष्ट पत्रकार केशव ढकाल पनि सहमत छन् । उनले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनीहरु अत्याधिक मदिरा सेवनमा लागेको बताउँछन् । 'भत्ताको सट्टा खाद्यान्न, लत्ताकपडालगायत उनीहरुलाई आवश्यक पर्ने वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनीहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनीहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनीहरुको अस्तित्व नै मेटाइँदैछ,' उनले भने ।  प्रजनन क्षमता कमजोर बन्दै  यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा जम्मा दुई शिशुको जन्म भयो । राउटे समुदायको पराम्पराका कारण पनि जन्मदर कम हुने गरेको भए पनि पछिल्लो समय उनीहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउँछन् । राउटेको जीवनशैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा डम्बर खडका बताउँछन् । उनी भन्छन्, 'पछिल्लो समय उनीहरुले अत्याधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनीहरुको खानपान र जीवनशैली असन्तुलन हुँदै गएको छ, यसले स्वभाविक रुपमा प्रजनन क्षमतामा गिरावट ल्याउँछ ।' विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहीन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा उनीहरुमा कलेजोसम्बन्धी समस्या बढ्दै गएको खड्का बताउँछन् ।  आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यानपुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।  आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्छन्, 'उनीहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्‍यो, उनीहरुको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरुले आफ्नो खानपानभन्दा पनि मदिरासेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरुको मृत्यु धेरै भएको देखिन्छ ।'  उनीहरुको स्वास्थ्य अवस्था पनि बिगँ्रदै गएको भन्दै तीनै तहका सरकारहरुले मुख्यगरी उनीहरुको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ । 'उनीहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीलगायतका कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ,' कार्की भन्नुहुन्छ ।  राउटे समुदायका युवतीहरुको सोझोपनको फाइदा उठाउँदै उनीहरुमाथि पछिल्लो समय यौनजन्य अपराध हुनसक्ने जोखिम समेत बढेको बताइएको छ ।  केही वर्षअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुई युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो । विभिन्न बहानामा राउटे बस्तीमा बाह्य व्यक्तिहरुको प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्यन गरिरहेकाहरु बताउँछन् । विशेषगरी रुपैयाँ पैसाको प्रलोभन देखाउने, विभिन्न सहयोग गर्ने बहानामा राउटे समुदायको बस्तीमा प्रवेश गर्ने क्रम बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनीहरुको छ ।  राउटेको संरक्षणका लागि के छ सरकारी योजना ?  दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा पहिलोपटक राउटे समुदायलाई परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ । सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिने गरी पालिकाले कार्यविधि समेत निर्माण गरेको छ । राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं ८ नम्बरका वडाध्यक्ष दीपेन्द्र ओली बताउँछन्। 'हामीले राउटे समेदायलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफ्ना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यहीअनुसार काम गरिरहेका छौँ,' उनले भने ।  सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओली बताउँछन् । आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउने गरी कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ । रासस

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

६७३ दिन अगाडि

|

१५ कात्तिक २०८१

थारु साहित्य–संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तक्रिया भएको छ ।  कार्तिक १४ गते दाङदेउखुरी लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ । त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ । अब छिट्टै विधेयक पनि पारित गर्नेछौं ।’ अर्को प्रसंगमा उनले महिलाहरुलाई अवसर दिनमा कुनै दुई मत नरहेको तर उनीहरु आफै सक्रिय नरहेको आरोप लगाए ।  राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिला र युवाहरुलाई पनि बरघर बनेर गाउँठाउँको  समाजसेवा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले अगाडि भनिन्, ‘तर, महिलाहरुलाई अवसर नै नदिने हुँदा पुरुषहरु उदार हुनुपर्छ । समाजसेवामा लाग्न प्रेरित गर्नुपर्छ । जनप्रतिनिधिमा ३३ प्रतिशत महिलालाई कोटा छुट्याएझैं बरघरमा पनि महिलालाई अगाडि ल्याउनै पर्छ ।’ बरघरसमेत रहेका अधिवक्ता हल्लुप्रसाद चौधरीले देउखुरी उपत्यकामा राजपुरबाहेक लमही, गढवा तथा राप्ती पालिकाले बरघर ऐन पारित गरिसकेको तर विधेयक बनाउन आलाटाल गरेकोमा जनप्रतिनिधिहरुको ध्यानकर्षण गराए । उनले दुई दशक स्थानीय निकायको चुनाव हुन नसकी कर्मचारीहरुको भरमा रहेको स्मरण गर्दै तर बरघर प्रणाली १० वर्षे द्वन्द्वमा समेत सक्रिय भई काममा अहोरात्र खटेको स्मरण गरे ।  थारु कल्याणकारिणी सभा देउखुरीका क्षेत्रीय सभापति प्रकाशकुमार चौधरीले बरघरहरुले सरकारकै काममा सघाउने भएकाले उनीहरुको सेवासुविधा सरकारी स्तरबाटै तोकिनुपर्ने राइ व्यक्त गरे । समाजसेवामा मात्रै केन्द्रीत रहेकाले बरघरहरुलाई राजनीतिक प्रशिक्षण अत्यवश्यक रहेको उनको भनाई थियो ।  लमही–४, छुटकी घुम्नाका बरघर देवराज चौधरीले बरघर प्रणाली सक्रिय भएको ठाउँमा टोल विकास समिति गठन गर्न जरुरी नरहेको बताए । बरघरमार्फत् पालिकाले धेरै काम गर्न सक्ने अवस्था रहेको तर तालमेल नमिलेको उनको भनाई थियो ।  राष्ट्रिय भूमि आयोग, दाङकी पूर्व विज्ञ सदस्य लक्ष्मी चौधरीले बरघर ऐन पालिकामामात्रै नभई प्रदेश तथा संघीय ऐन बन्नुपर्ने जिकिर गरिन् । स्थानीय पाठ्यक्रममा बरघरको विषयबस्तुबारे पठनपाठनको व्यवस्थादेखि बजेट व्यवस्थापन गरी उनीहरुको लागि दीर्घकालीन योजना बन्नुपर्नेमा उनको जोड थियो । बर्दिया, कैलाली जिल्लामा महिला बरघर पनि रहेका तर दाङमा अझैसम्म महिला बरघर भएको सुन्न नपाएको बताउँदै उनले उनीहरुको अनुभव आदान प्रदानको लागि पनि अवलोकन भ्रमण, प्रशिक्षण जरुरी रहेको बताइन् ।  थारु साहित्य–संस्कृति प्रतिष्ठानले युएसआइडीको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता विषयक् ९ महिने कार्यक्रम थालेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले जानकारी  दिए । उनले दाङको लमही, बाँकेको राप्तीसोनारी तथा बर्दियाको बारबर्दियामा छोटो समयका लागि परियोजना लागु भए पनि बरघर प्रणालीको संरक्षणका लागि आफूहरु निरन्तर लागिरहने बताए । गुरुप्रसाद कुमाल बुलुबुल तथा यम चौधरीले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले गरेका थिए । 

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

६७३ दिन अगाडि

|

१५ कात्तिक २०८१

२०८१ कार्तिक ३ गतेबाट १२ गतेसम्म कर्णाली प्रदेशकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी १० बुँदे रारा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  प्राडा कपिलदेव लामिछाने संयोजक, मनोहर लामिछाने तथा प्राडा ध्रुवप्रसाद भट्टराई सदस्य रहेको घोषणापत्र तयारी समितिको घोषणापत्रमा भनिएको छः लोकका ज्ञान र सामग्रीको अध्ययन अवलोकन लोकसमुदायमै पुगेर गर्ने र हराउँदै जान लागेको नेपाली लोकसंस्कृति र लोकसम्पदालाई संरक्षण गर्ने उद्देश्यले २०६८ सालदेखि पोखराबाट थालिएको नेपाली लोकवार्ता अभियान ऐतिहासिक कर्णाली प्रदेशका सुर्खेत, दुल्लु, कालीकोट, जुम्ला र मुगुमा तेह्रौं लोकवार्ता सङ्गोष्ठीको समापनका अवसरमा आज मिति २०८१ कार्तिक १२ गते मुगु जिल्लाको रारा तालमा लोकवार्ता परिषद् नेपाल तपसीलको घोषणा गर्दछ ः १ भौतिक विकास र युद्धका नाममा लोकसमुदायका परम्परागत ज्ञान तथा भौतिक र अभौतिक सांस्कृतिक सम्पदालाई हानि नोक्सानी पुर्‍याउने वा ध्वस्त पार्ने काम कहीँ कतैबाट पनि नगरियोस् । २ युनेस्कोद्वारा सन् २००३ मा पारित विश्वका सम्पदाको संरक्षण सम्बन्धी महासन्धिको एक पक्ष राष्ट्र भएकाले नेपालका सबै भौतिक अभौतिक सम्पदाको संरक्षणमा सरकारको ध्यान जाओस् । ३ नेपालका सबै जातजाति, भाषाभाषी र समुदायका परम्परागत ज्ञान, सीप, लोकसंस्कृति र सम्पदाहरूको समुचित संरक्षण, प्रवद्र्धन र अध्ययन अनुसन्धान हुने गरी यथाशीघ्र राष्ट्रिय संस्कृति नीति २०६७ लाई पारित गर्न यो संगोष्ठी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।  ४ कर्णाली प्रदेश र सिन्जा क्षेत्रको लोकसंस्कृति र सम्पदा जीवित सङ्ग्रहालय भएकाले कर्णाली प्रदेशका सबै जातजाति, भाषाभाषी र समुदायका भौतिक अभौतिक सम्पदाको संरक्षण, सम्वद्र्धन, अध्ययन अनुसन्धान गर्न गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समक्ष यो सङ्गोष्ठी जोडदार माग गर्दछ । साथै यस्तो अध्ययन अनुुसन्धानका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्धतासमेत प्रकट गर्दछ ।  ५ लोकसंस्कृतिका क्षेत्रमा लामो समयदेखि क्रियाशील लोकगायक, लोकसंस्कृतिकर्मी, अनुसन्धानकर्ता र लेखकहरूलाई पुरस्कृत र सम्मानित गर्नका निमित्त लोकसंस्कृति र लोकवार्ता पुरस्कार कोषको स्थापना गर्न र पुरस्कारको व्यवस्था गर्न सरकार समक्ष यो संगोष्ठी जोडदार माग गर्दछ ।  ६ नेपालको संविधान २०७२ आठौं अनुसूचीको २२ ले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कर्तव्य र अधिकार स्थानीय सरकारलाई प्रदान गरेकाले हरेक पालिकाले आफ्नो पालिका अन्तर्गतका भाषा, लोकसंस्कृति र सम्पदाको संरक्षण गर्न, अध्ययन अनुसन्धान गर्न गराउन यो सङ्गोष्ठी जोडदार माग गर्दछ ।  ७ नेपालका विभिन्न जातजाति, भाषाभाषी तथा क्षेत्रका भौतिक, अभौतिक ज्ञान, सीप, सम्पदा र सामग्रीहरूलाई सूुचीकरण गर्न, सम्बद्ध समुदाय, पालिका, प्रदेश तथा सङ्घीय सरकार समक्ष जोडदार माग गर्दछ ।  ८ आफू सचेत भए मात्र आफ्ना भाषा, ज्ञान, सम्पदा र सामग्रीहरूको जगेर्ना र संरक्षण गर्न सकिने भएकाले सबैभन्दा पहिले लोक आफै सचेत हुन तथा आआफ्ना समुदाय र पालिकालाई घचघच्याउन आह्वान् गर्दछौं ।  ९ लोक ज्ञान र सम्पदाको संरक्षण र संवद्र्धन गर्न गराउन हरेक पालिकाले आआफ्नो पालिकामा लोकवार्ता वा लोकसंस्कृति संरक्षण समिति बनाउन् भन्ने हाम्रो सदिच्छा रहेको छ ।  १० विभिन्न विश्वविद्यालयमा लोकवार्ता विभाग गठन गरी अध्ययन अध्यापन कार्य आरम्भ गरियोस् ।  यसैगरी, लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले लोकवार्ता परिषद् नेपालको १३ औॅ संगोष्ठी सम्पन्न गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्ः  लोकवार्ता परिषद् नेपालको १३ औॅ संगोष्ठी यही कार्तिक ३ गते सुर्खेतबाट सुरु भएर १२ गते दुल्लु, कालिकोट, जुम्लाका तातोपानी र सिंजा, मुगुका गमगढी र रारामा गरी कर्णाली प्रदेशका छ जिल्लामा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यसलाई ऐतिहासिक भन्न सकिने आधारमा यस अभियानमा आआफ्नो स्थान र जातिअनुसारको परम्परागत सांस्कृतिक झलकको प्रस्तुतिले सबै स्थलका कार्यक्रम लोकवार्तामय हुनु, लोकवार्ताको संगोष्ठीको अभियानमा सबै भन्दा धेरै ९५ वटा गोष्ठीपत्र आएकामा ७५ वटाको प्रस्तुति हुनु, तीमध्ये केन्द्रका ४० वटाको संकलन र २८ वटाको मात्र प्रस्तुति हुदा स्थानीयका अत्यधिक संकलन र प्रस्तुति हुनु, नेपाली भाषाको उद्गम स्थल र संस्कृतिको भण्डारको रूपमा रहेको कर्णाली प्रदेशका जनतामा आफ्नो भाषा र संस्कृतिको संरक्षणमा अत्यधिक उत्साह देखिनु, कार्यरत माननीय मन्त्री, सांसद, जिल्ला समन्वय समितिका प्रमुख आदिले पनि गोष्ठीपत्र तयार गरी प्रस्तुतीकरणका लागि रातिसम्म पर्खेर भए पनि प्रस्तुति दिनु, गोष्ठी र कार्यक्रममा सहभागिताका लागि प्रदेश प्रमुख, मुख्य मन्त्री, अन्य संघीय र प्रादेशिक मन्त्रीहरू तथा संघीय र प्रादेशिक सांसदज्यूहरूको अत्यधिक उत्साह देखिनु, पालिका प्रमुखहरू अहोरात्र खटेर  कार्यक्रमलाई सफल बनाउन दत्तचित्त हुनु , आर्थिक समस्याको समाधानमा लोकवार्तासॅग सहकार्य गर्न सम्बद्ध सबै पालिकाहरू उत्साहित देखिनु, केन्द्रीय आयोजक समिति तथा स्थानीय आयोजक समितिका बिचको समन्वयमा कार्य संचालनमा सहजता रहनु, यस अगाडिका गोष्ठीहरूमा प्राज्ञिक कार्यमा भन्दा अवलोकन भ्रमणले प्राथमिकता पायो भन्ने गुनासो यस पटक कम पाइनु अर्थात् प्राज्ञिक कार्यले पनि उत्तिकै अझ भनौ अझ धेरै प्राथमिकता पाउनु आदि कारणले लोकवार्ता परिषद् नेपालको यो संगोष्ठी एतिहासिक रहेको भन्ने हाम्रो दृष्टिकोण हो ।  समीक्षा बैठकमा अझ विस्तारमा र गहन छलफल हुने नै छ । लोकवार्ताको यो संगोष्ठी संचालनका लागि केन्द्रमा परिषद्का उपाध्यक्ष मनोहर लामिछानेलाई संयोजक र उपमहासचिव प्राडा धनेश्वर नेपाल र केन्द्रीय समितिका सदस्य प्राज्ञ कालीबहादुर शाहीलाई सदस्य गरी ३ जनाको लोकवार्ता १३ औॅ सॅगोष्ठी संचालन समिति बनाइएको र सुर्खेतका लागि डा दीपक गौतम, दुल्लुका लागि लालबहादुर रावत, कालिकोटका लागि मोतिराज वम, जुम्लाका लागि माधवराज चौलागाई तथा मुगुका लागि प्यारीलाल काफ्लेलाई जिल्ला संयोजन समितिको संयोजक र आवश्यकता अनुसार अन्यलाई पदाधिकारी वा  सदस्यमा राखी जिम्मेवारी दिइएकामा उहाहरूको गहन मिहिनेतले यो १३ औॅ संगोष्ठी ऐतिहासिक रूपमा सम्पन्न गर्न लोकवार्ता परिषद् नेपाल सफल भएको छ ।  समिति भन्दा बाहिर रहेर पनि संयोजक सरहको कार्य जुम्ला तातोपानीका राजबहादुर कुवॅर र सिंजाका पूर्ण धितालज्यूले गर्नु भएको छ । यस सन्दर्भमा लोकवार्ता परिषद् नेपाल प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्बद्ध सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछ। महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईको विज्ञप्तीमा भनिएको छ । अन्तिम दिन राराताल परिसरमा डा भक्त राईको नेपाली लोकगीतको परिचय, तेजप्रसाद श्रेष्ठको माखाल, प्रविण पुमाको सुम्निमा र पारुहाङ नाट्यकृतिलगायत पुस्तकको संयुक्त रुपमा विमोचन भएको थियो । लोकवार्ता संगोष्ठी मुगुको गमगढी, जुम्लाको तातोपानी र सिंजा, कालिकोटको मान्म, दैलेखको दुल्लु तथा सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । प्राडा कुसुमाकर न्यौपानेले सर्वप्रथम २०६८ सालमा पोखराबाट लोकवार्ता गोष्ठीको सुरुवात गरेका थिए ।    

सिञ्जामा लोकवार्ताको खस सभ्यताबारे बहस

सिञ्जामा लोकवार्ताको खस सभ्यताबारे बहस

६७५ दिन अगाडि

|

१३ कात्तिक २०८१

नेपाली खस भाषाको सुरुआत भएको स्थान जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी कार्तिक ९ गते सम्पन्न भएको छ ।  लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो । उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।  लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको स्थापना भएको र यसपटक १३ औँ सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए ।  कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतीमाथिको खजाना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको उल्लेख गरे । यहाँको खस सभ्यता जोगाउन सबै निकायको महत्त्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख जोशीको भनाइ थियो ।  हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सिञ्जाको सभ्यता संरक्षणका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।  सिञ्जामा प्रस्तुत कार्यपत्रमा डा शशी थापा पण्डितले खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीले मष्टो र खस जातिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । लोकवार्ता परिषद् नेपालको १३औँ सङ्गोष्ठीका अवसरमा खस सभ्यताका जानकारहरूको उपस्थिति रहेको थियो । बहससँगै खससभ्यताका सांस्कृतिक कलाहरू प्रस्तुत गरिएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।  लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा भवेश्वर पंगेनी, सल्लाहकार प्राध्यापक डा माधवप्रसाद पोख्रेल, प्राध्यापक डा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डा ध्रुवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा शशी थापा पण्डित, डा कृष्णराज सर्वहारी, डा भक्त राईसहित ३२ जना प्राज्ञिक व्यक्तित्वहरू र जुम्ला निवासी पत्रकार राजबहादुर कुँवरसहितको टोलीले सुर्खेत हुँदै, दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानी र मुगुमा प्राज्ञिक बहस गरिएको लोकवार्ता परिषद् नेपालले जनाएको छ ।  सिञ्जाको नराकोटमा गत शनिबार सम्पन्न कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाइँनाच, सिंगारुनाच, एकल गीतलगायत विभिन्न विधामा कला प्रस्तुत गरिएको थियो । रासस