राजापुरमा ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी पुरा

राजापुरमा ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी पुरा

४३५ दिन अगाडि

|

१३ फागुन २०८१

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

४४० दिन अगाडि

|

८ फागुन २०८१

थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समिति देउखुरीको नयाँ समिति फागुन ७ गते सर्वसम्मत रुपमा चयन गरिएको छ ।  थाकसको तालिम हल लमही–३ स्थित, उत्तर मजगाउँको तालिम प्राङ्गणमा फागुन ६ गते सुरु भएको १७औ अधिवेशनमा गोकुल प्रसाद चौधरी सभापति चयन भएका हुन् । यस अघि उनी वरिष्ठ उपसभापति थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा बालगोविन्द चौधरी छानिएका छन् । यस अघि उनी लामो समय सचिव थिए । त्यस्तै, कार्यसमितिको अन्य पदाधिकारीमा चन्द्रा चौधरी, उपसभापति, किरण चौधरी उपसभापति, यम बहादुर चौधरी  सचिव,  शशी कुमारी चौधरी सहसचिव तथा प्रभावती कुमारी चौधरी कोषाध्यक्ष छानिएका छन् । यसैगरी, सदस्यमा मनिराम चौधरी, कर्कट चौधरी, शिव कुमार चौधरी, पुरन प्रसाद चौधरी, श्रीराम प्रसाद चौधरी, बसन्ती चौधरी, मंगल प्रसाद चौधरी, देवमणि चौधरी, निरज चौधरी, राजेन्द्र कुमार चौधरी र कल्पना चौधरी रहेका छन् ।            अधिवेशनको सभापतित्व सभापति प्रकाशकुमार चौधरीले गरेका थिए ।

बर्दिया, बेलवाको किसान विद्रोहमा क–कसले पाएका थिए वीर गति ?

बर्दिया, बेलवाको किसान विद्रोहमा क–कसले पाएका थिए वीर गति ?

४४७ दिन अगाडि

|

१ फागुन २०८१

दिनेश प्रसाद श्रेष्ठ २००७ सालअघि र त्यसताक राजापुर बर्दिया जिल्लाकाे प्रमुख ब्यापारिक स्थान थियाे। ताक्लाकाेट (तिब्बत) देखि भारतसम्म यहाँबाट उपयाेगी सरसामानहरु यहाँ भएर आयात-निर्यात हुन्थ्याे। यसैले यहाँ बर्दियाकाे प्रमुख भन्सार अड्डा, बजार अड्डा र प्रमुख थाना पनि थियाे। बर्दियाकाे मूख्य चहलपहल यहाँ हुन्थ्याे। २००७ सालकाे नेपाली कांग्रेसद्वारा सञ्चालित क्रान्तिमा यहाँ कब्जा जमाउन खटिएका टाेलीहरुमा क्रान्तिकाे महासञ्चालक महेन्द्र विक्रम शाह र क्रान्तिकारीहरु: निर्मल लामा (पछिल्लाे कालमा नेकपा, चाैथाे महाधिवेशनकाे महमन्त्री), बिष्णु बहादुर मानन्धर (पछिल्लाे कालमा नेकपा-संयुक्तकाे महामन्त्री), राजेश्वरी प्रसाद उपाध्याय, शिध्दिगणेश मानन्धर, बद्रीराम भण्डारी, गाृपाल बहादुर कर्माचार्य, प्रेमलाल तुलाधर र गाेविन्द बहादुर श्रेष्ठ खटिएका थिए। यी क्रान्तिकारीहरुलाई राजापुर, मुरैयाका भागवतदास थारु,  राजापुर, बदालपुरका उत्तमराम थारु र प्रयागराज थारु लगायतका स्थानीय क्रान्तिकारी युवाहरुले सघाएका थिए।  यी क्रान्तिकारीहरुले स्थानीय जाेताहा कमैया किसानहरुलाई तत्कालीन नेपाली कांग्रेसकाे नीति अनुसार "जग्गा जाेत्नेकाे, बाली कमाउनेकाे" नाराले जागृत गरिएकाे थियाे। यी क्रान्तिकारीहरुले डाेटी थानाबाट खटिई राजापुर थानामा आएका मिलिसिया सुबेदार निरख बहादुर पर्छाई (पछि २०१५ सालमा दैलेखबाट संसद सदश्यमा निर्वाचित) लाई कन्भिन्स गरी आफुमा मिलाएका थिए र ५१ जना मिलिसियाहरु भएकाे राजापुर थाना समेत सबै अड्डाहरु २००७ साल पाैष २७ गते (९ जनवरी १९५१) काे दिन कब्जामा लिएका थिए। राजापुर कब्जा भएकाे ३ महिना १८ दिनपछि २००७ साले क्रान्तिबाट जागृत भूमिहिन कमैया किसानहरुले आफुले जाेतेकाे र उब्जाएकाे अन्नबालीकाे तिभागा (टिकुर) बटैया आफुहरुले पाउनु पर्ने नत्र बट‌ैया गर्न नदिने माग राखेर बेलवा गाउँ, भौंरा ( पहिलेकाे मानपुरटपरा गाविसकाे र ऐलेकाे राजापुर नगरपालिका, वडा नं. ६) मा जमिन्दारकाे खलिहान घेरेका थिए। साेही खलिहान घेरेर बसेका किसानहरुमाथि तत्कालीन प्रशासनबाट २००८ साल वैशाख १५ गते (२८ अप्रिल १९५१) शनािवारका दिन साँझ ५.०० बजे गाेली हान्न लगाइएकाे थियाे। यस गाेलीकाण्डमा शहीद हुनेहरु र घाइते हुनेहरुकाे नामावलीतथा अन्य बिवरण तल दिएकाे छु।  याे काण्ड घटेकाे थाहा पाएपछि तत्कालीन गृहमन्त्री बिश्वेश्वर प्रसाद काेइराला दु:खी भई भावविह्वल भएर अश्रुपुरित भएथे रे। उनले घटनाकाे १० दिनमै यसकाे जाँचबुझ गर्न मन्त्रीसहित ६ जनाकाे टाेली राजापुर पठाएका थिए र यस टाेलीले ११ मई १९५१ मा राजापुर पुगेर छानवीन गरेकाे थियाे। स्रोतः दिनेश प्रसाद श्रेष्ठको  फेसबुक वाल

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

४५१ दिन अगाडि

|

२७ माघ २०८१

दिवाकर पोखरेल दाङको लमही नगर पालिका १ नर्तीको सुर्य विनायक माविमा अध्यनरत छात्रा अरुणीमा चौधरी र उहाँका साथीहरु लठ्ठी नाचमा नाच्दै छन् । शिक्षक छत्र चौधरी र विनोद कुमार चौधरीले मादलको ताल दिइरहँदा हातमा लठ्ठी लिएका छात्राहरुले एक आपसमा लठ्ठी ठोक्काउँदै नाच्दैछन् ।  मञ्चमा नाच भइरहेको छ । अन्य छात्र छात्राहरु डिग्री, खरिया, वरिया लगायतको थारु परिकार बनाउँदै अतिथिहरुलाई खुवाइरहेका छन् । थारु पोषाकमा सजिएका शिक्षक शिक्षीका र छात्र छात्राहरु हेर्दा झट्ट हेर्दा चिन्न अप्ठेरो छ । नजिकै स्टलको व्यवस्था गरि थारु संस्कृति झल्काउने पूराना सरसामान राखिएको छ ।  यो दृश्य  माघ २५ गते  दाङको लमही नगरपालिका ६ मा अवस्थित आदर्श नमुना मावि देउपुरको हो । स्थानीय संस्कृतिलाई संरक्षण गर्ने उदेश्यका साथ विद्यालय स्तरबाटै यसको अभ्यास थालिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग र आदर्शन नमूना माविको आयोजनामा थारु संस्कृति र परिकारको प्रदशैन गरिएको हो । प्रथम थारु कल्चरल एण्ड फेस्टीभल कार्यक्रम २०८१ नाम दिएको उक्त कार्यक्रममा आफ्नो संस्कृति सहितको नृत्य प्रदर्शन गर्न र पोशाकर परिकार प्रदर्शन गर्न पनि छात्रछात्राहरु एक आपसमै प्रतिस्पर्धा गरेजस्तै देखिन्थे । थारु संस्कृतिका जानकार तथा अनसन्धानकर्ता उदयराज आलले यस्ता कार्यक्रमले विद्यार्थीले विद्यालय स्तरमै स्थानीय सस्कृतिबारे जानकारी लिने भएकाले स.स्कृति संरक्षणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘संस्कृति संरक्षणको विभिन्न उपाय मध्येको एउटा महत्वपूर्ण कार्यक्रम पुस्तान्तरण पनि हो, जानेकाले दोस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमलाई प्रयोगात्मक रुपमा प्रदर्शन गर्दा निकै प्रभावकारी हुन्छ ।’ आदर्श नमुना माध्यमिक विद्यालयका शिक्षक गृहराज चौधरीले पाठ्यपुस्तकमा लेखिएको कुरा भन्दा विद्यार्थीले प्रत्यक्ष सहभागि हुँदा शिक्षण सिकाई झनै प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षीकाहरुसँग विद्यार्थीलेसँगै परिकार पकाएका छन् सँगसँगै नाचेका छन् थारु संस्कृति झल्कने समाग्री आफैले प्रदर्शन गरेका छन् यस्ले संस्कृति संरक्षणमा ठूलो टेवा दिएको छ ।’ स्थानीय सरकारले पनि स्थानीय संरक्षण गर्ने काममा लगानी गर्न थालेको छ । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले विद्यार्थीलाई सधै एउटै पुस्तकबाट एकै खालको कुरा भन्द्या प्रयोगात्मक हिसावले फरक विषयवस्तु शिक्षण गर्दा प्रभावकारी हुने भएकाले स्थानीय सरकारले यस्तो कार्यक्रममा लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ल हेर्नुस यो कार्यक्रमले अन्य समुदायको लागि पनि सिक्ने अवसर त भयो नी, अनी हाम्रो नयाँ पुस्तालाई आफ्नो संस्कृति यस्तो रहेछ भनेर केहि जानकारी देखेरै थाहा भयो ।’  लमही नगरपालिकाले कार्यक्रमको लागि एकलाख रुपियाँ आर्थिक सहयोग गरेको रकम अपुग भए विद्यालयले लगानी गर्ने आदर्श नमूना मावि देउपुरका शिक्षक तिलक गिरीले जानकारी दिनुभयो । गोरखापत्रबाट

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

४६३ दिन अगाडि

|

१५ माघ २०८१

माघ १४ गते सोमवार दाङदेउखुरी, लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको भुरा खेलले ककन्डारमा रमन (जगनारायण) चौधरी चुनिएका छन् ।  विगत २ वर्षदेखि ककन्डार रहेका मंगलप्रसाद चौधरी, वडासदस्य लीला चौधरी लगायतले नवनिर्वाचित ककन्डार रमन तथा टोल अघारीहरुलाई माला, टीका लगाइदिएका थिए ।  त्यस्तै, अघारीमा रगिता चौधरी (गुर्जिह्वा), रामबहादुर चौधरी (भुरीपुर), मनिराम चौधरी (पठरपुरवा), विमला चौधरी (चारघरुवा), स्याने चौधरी (छुटकी घुम्ना) चुनिएका छन् । गुर्जिह्वा, भुरीपुर, पठरपुरुवाको तथा छुटकी घुम्नाको आंशिक कुलोपानी एउटैमा लाग्ने गर्छ । यी गाउँको कुलोपानी एउटैमा लाग्ने भएकाले मूल ककन्डार एकजनालाई चुन्ने गरिएको छ ।  खोज्नी बोज्नी कार्यक्रमले रमन चौधरीको अगुवाईमा कुलो लाग्ने सबै गाउँका अघारी, गुरुवा पनि सदस्य रहने गरी १७ सदस्यीय गाउँ सुधार समिति पनि बनाइएको छ । जसको सल्लाहकारमा पूर्व ककन्डार मंगलप्रसाद चौधरी रहेका छन् ।  कार्यक्रममा थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारील ककन्डार समितिमा महिला, युवाहरुलाई पनि समावेश गरेकोमा प्रशंसा गरे । श्री बाल जनता उच्च माविको व्यवस्थापन समितिका अध्यक्ष विक्रम चौधरी, रेशम चौधरी लगायतले सम्बोधन गरेको कार्यक्रमको सहजीकरण खेमलाल चौधरीले गरेका थिए ।  गाउँको कुलोको ठेक्का रामप्रसाद चौधरीले प्रतिकट्ठा रु ३४९ मा हात पारे । प्रगन्ना कुलोलाई दिइने रु १५ सहित उनले ३६५ रुपैया प्रतिकट्ठा पनकर उठाउन पाउने छन् ।   

‘थारु भाषाके बाइपास करैले नै पाववै’

‘थारु भाषाके बाइपास करैले नै पाववै’

४६७ दिन अगाडि

|

११ माघ २०८१

मधेस प्रदेशको कामकाजको भाषामा थारु भाषालाई नसमेटिएपछि बिरोधको स्वर गुन्जिएको छ ।  यसै क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका कदमहा चोकमा ‘थारु सुमदायमे बाजै वला थारु भाषाके बाइपास करैले नै पाववै’ लगायतको प्लेकार्डसहित कोणसभा गरिएको छ । माघ ११ गते शुक्रवार भएको सभामा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी लगायतले सम्बोधन गरेकी थिइन् ।  यसैबीच थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले यस कदमको विरोध गरेको छ । थाकसका महामन्त्री मिनराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेश प्रदेश सरकारद्वारा मधेश प्रदेश संसदमा २०८१ माघ ९ गते पेश गरिएको “प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” मा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई मात्र प्रदेश सरकारी कामकाजको भाषाको रुपमा व्यवस्था गरी प्रस्तुत गरेको विधेयकप्रति थाकसको घोर आपत्ति सहित गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छः मधेश प्रदेशमा ४.१७ प्रतिशत नागरिकहरुको मातृभाषाको रुपमा रहेको थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा समावेश नगरिएको मधेश सरकारको विभेदपूर्ण कार्यले नेपालको संविधान, वीर शहिदहरुको बलिदानी, जनआन्दोलन, थरुहट, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, महिला लगायत परिवर्तनका लागि भएका सबै आन्दोलनबाट प्राप्त उपलब्धि, लोकतन्त्र एवं संघीयताको मूल मर्म भावना विपरित मधेस सरकारले वदनीयतपूर्ण तवरबाट ल्याएको विधेयकले थारु भाषा संस्कृतिमा निर्मम प्रहार गरेको छ । यसप्रति थाकस खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ । ०.२३ प्रतिशतको मातृभाषीको रुपमा रहेको हिन्दी भाषा एवं ० प्रतिशत रहेको अंग्रेजी भाषालाई समेट्नु तर नेपालको आदि मानवको रुपमा रहेको आदिवासी थारु समुदाय लगायतको जनबोलीको रुपमा रहेको ४.१७ प्रतिशत थारु भाषालाई विधेयकमा कुनै स्थान नदिनु निकै निदनीय एवं खेदपूर्ण कार्य भनिएको छ ।  यो विधेयकले थारु भाषाभाषीहरुको उपहास गर्दै, मानव अधिकारसमेत हनन गरेको छ भने अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९, आदिवासी जनजाति सम्बन्धमा संयुक्त राष्ट्र सघंको घोषणा पत्रको समेत उलङ्घन गरेको छ । मधेश प्रदेश सरकारले ल्याएको विधेयकमा तुरुन्त संशोधन गरी सरकारी कामकाजको रुपमा “थारु भाषा” समावेश गर्नको लागि मधेश सरकार र मधेश प्रदेश सभाका सांसदहरु संग जोडदार माग गरिएको छ । यसैबीच, चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । शुक्रबार प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रस्ताव गरेकी हुन् ।

देउखुरी घुम्ना र लंगडी गाउँमा दोहिरिए पुरानै अगुवा, ककन्डार 

देउखुरी घुम्ना र लंगडी गाउँमा दोहिरिए पुरानै अगुवा, ककन्डार 

४७२ दिन अगाडि

|

६ माघ २०८१

                                                                  देउखुरी घुम्नाका अघारी काशीनाथ चौधरी तथा ककन्डार हल्लुप्रसाद चौधरीलाई टीकामाला लगाइदै । माघको अवसरमा छानिने थारु गाउँको अगुवा (बरघर, ककनडार, महटाँवा) मा प्रायः पुरानै अनुहार दोहरिन थालेका छन् ।  यसै क्रममा माघ ५ गते शनिवार दाङदेउखुरी, लमही नगरपालिका–४, बर्का घुम्ना, छुटकी घुम्ना तथा बुटहक्वा संयुक्त ३ गाउँको ककन्डारमा हल्लुप्रसाद चौधरी चुनिएका छन् ।  हल्लुप्रसाद गत वर्ष पनि ककन्डार चुनिएका थिए । त्यस्तै, अघारी काशीनाथ चौधरी, धनहेरवा मुकेश चौधरी तथा कुलोपानीका ठेकदार स्याने चौधरी पनि पुरानै जिम्मेवारीमा दोहरिएका छन् । ३ गाउँको कुलोपानी एउटैमा लाग्ने भएकाले मूल ककन्डार एकजनालाई चुन्ने गरिएको छ । स्मरण रहोस्, छुटकी घुम्ना तथा बुटहक्वामा क्रमशः देवराज चौधरी तथा शरद चौधरी यसअघि नै टोल ककन्डार चुनिइसकेका छन् ।  धनहेरवा मुकेश चौधरीले गत वर्ष कृषि बाटो, ह्यूम पाइपलगायतमा २ लाख ५६ हजार ५८१ खर्च भएको तथा खातामा १० लाख ८१ हजार १ सय ९० रुपैया मौजदात रहेको जनाए । सो अवसरमा गाउँको खोज्नी बोज्नी कार्यक्रमका प्रमुख अतिथि थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघरले सिँचाई, पूजाआजामा मात्र सीमित नभई शिक्षालगायत अन्य विविध विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनले बरघर समिति बनाई महिला, युवाहरुलाई पनि समावेश गर्न आग्रह गरे ।   कार्यक्रममा घुम्ना सामुदायिक वनका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, पूर्व ककन्डार तिलकराम चौधरी, अर्जुन महराज चौधरी, लमही नगरपालिका–४ का वडासदस्य भोजराज चौधरी, स्थानीय रामचन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । बजेटबारे सहभागीले खासै प्रतिक्रिया नजनाई पास गरेका थिए ।  त्यस्तै, खोज्नी बोज्नी कार्यक्रमपछि विभिन्न खेलकुद प्रतियोगिता गराइएको थियो । यस क्रममा महिला फुटबलमा छुटकी घुम्नाको समूहले बर्का घुम्नाको समूहलाई ३–० ले पराजित गरेको थियो ।  उता लमही नगरपालिका–६, लंगडी गाउँमा कान्तु चौधरी पुनः गाउँको अगुवा तथा हरिप्रसाद चौधरी अघारी चुनिएका छन् । ३ लाख ३४ हजारमा सुवास चौधरीले कुलोपानी सिचाईको ठेक्का हात पारेका छन् । खोज्नी बोज्नी कार्यक्रमले कान्तु चौधरीको अगुवाईमा ११ सदस्यीय गाउँ सुधार समिति पनि बनाएको छ । जसमा सहायक अग्वा राधा पोख्रेल, धनहेरवामा सरिता चौधरी, लिखन्डरियामा शिवलाल पन्थी, सहायक लिखन्डरियामा होमनारायण चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा हरिप्रसाद चौधरी, रामबहादुर बस्नेत, जन्जीर बहादुर चौधरी, टुन्नी देवी चौधरी, शान्ति अधिकारी चौधरी, कृष्ण घिमिरे छानिएका छन् ।  गाउँको अगुवा कान्तु चौधरीले आफू लगातार ८ वर्षदेखि अगुवा रहेकोमा उत्तराधिकारीको रुपमा युवा होमनारायण चौधरीलाई अघि सारेका थिए । होमनारायणले यस वर्ष मुड नभएको भनी आनाकानी गरेपछि अगुवा पुरानै छानिएका थिए ।  घुम्ना गाउँ विशुद्ध थारु समुदायको बस्ती हो । खोज्नी बोज्नी कार्यक्रम थारु भाषामै सञ्चालन भए पनि माइन्यूट नेपाली भाषामा लेखिएको छ । लंगडी गाउँ मिश्रित बस्ती रहेकोमा खोज्नी बोज्नी कार्यक्रम थारु तथा नेपाली भाषामा सञ्चालन भएकोमा माइन्यूट नेपाली भाषामा लेखिएको थियो । विशुद्ध थारु समुदायको बस्तीको खोज्नी बोज्नी कार्यक्रमको मात्रै होइन, वर्षैभरि सञ्चालन हुने अन्य बैठकको माइन्यूट पनि नेपाली भाषामै लेखिदै आएको छ ।