थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

८११ दिन अगाडि

|

३ असार २०८१

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

८१८ दिन अगाडि

|

२८ जेठ २०८१

कैलाली जिल्ला कैलारी गाउँपालिका वडा न: ३ का वडाध्यक्ष सन्तराम चौधरीले केन्द्रीय सरकारले आफूहरुलाई हातखुट्टा बाँधेर जेठको रापिलो तातो बालुवामा सुताउने गरेको पीडा सुनाए । उनले उक्त कुरा लाहुर्निप र थाकस कैलारीको आयोजनामा जेठ २५ गते कैलारी गाउँपालिकामा सम्पन्न भलमन्सा ऐन, कार्यविधि मस्यौदा र योजना सम्बन्धि अन्तक्र्रियामा सुनाएका हुन् ।  भलमन्साहरुले पोखेको दुखेसोको जवाफ दिने क्रममा उनले आफू पहिले २ बर्ष कैलारी ३ भर्री गाउँको (१ गाउँको) मात्रै भलमन्सा रहेको, अहिले वडाध्यक्षको रुपमा ११ गाउँको भलमन्सा रहेको बताए । १ गाउँको भलमन्सा हुँदा आफू पनि यहाँहरुले भनेजस्तै कुरा राख्ने गरेको, तर पालिकामा पुग्दा त्यो भन्दा फरक स्थिति पाएको जानकारी गराए । वडाको बजेट लाखमा हुने, तर एउटै भलमन्साले करोडको योजना माग गर्दा त्यसको सुनुवाई भनेजस्तो हुन नसकेको बताए । उनले भने सबैले भन्छन्, केन्द्र प्रदेश ढलेपनि स्थानिय सरकार ढल्दैन, तपाईहरु जनताको असली सरकार हो । हो हामी भुईमान्छेको खास सरकार त हो, तर हाम्रो हातखुट्टा बाँधिदिने र जेठको रापिलो र तातो बालुवामा सुताउने काम त केन्द्रले गरिदिने रहेछ, यो कुरा कसले बुझिदिने ? शुरुमा केन्द्रले स्थानिय सरकारलाई बजेट पठाउँछ, हामी त्यही अनुसार योजना बनाउँछौं, तीन चार महिना मात्रै बाँकी रहँदा ५५ प्रतिशत भन्दा बढी बजेट बिनियोजन गर्न नसकिने पत्र आउँछ, करिब आधा बजेट नआउँदा स्थानिय सरकारको हालत के होला ? यस्तो बेलामा गाली खानुको अर्को बिकल्प छ ? उनले भलमन्साहरुसँगै दुखेसो पोखे । म यहाँहरुको पीरमर्का बुझ्दछु, भलमन्सा चलाएरै आएको ब्यक्ति हुँ, तर गर्ने के ?   कार्यक्रममा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार जोहारी लाल चौधरी, लाहुर्निपका संस्थापक केन्द्रीय सदस्य सर्जुप्रसाद चौधरी, थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरी र अन्य ३ जना सहजकर्ताहरुले भलमन्साहरुलाई उनीहरुको भलमन्सा प्रणाली, प्रणालीको महत्व, भलमन्सा ऐन, प्रस्तावित कार्यविधिमा रहेको खास खास ब्यबस्था, भलमन्साहरुले गर्न सक्ने काम, उनीहरुको गाउँ टोल र पालिकासँगको सम्बन्ध, खेल्न सक्ने भूमिकाबारे सहजीकरण गरेका थिए । भलमन्साहरुले आफूहरुले गाउँ, टोलको विश्वास जिती भलमन्सा बनेको, तर पालिकामा योजना फर्म भरी पठाउँदा आफूहरुको योजनाको बेवास्ता हुने गरेको गुनासो राखेका थिए । वडा न: ४ का भलमन्साहरुका संयोजक जगलाल चौधरीले पालिका टोल बस्तीमा आउँदा आफूहरुको योजना पालिकाले छनौट गर्ने कुरा उठ्छ, पालिकामा जाँदा त्यो त वडाले गर्ने कुरा हो भन्छ, बर्षेनी यही भैरहेको छ, हाम्रो कुराको सुनुवाई हुँदैन भन्ने कुरा राखेका थिए । उनीहरु पालिकाले छाडा चौपायाको ब्यबस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए । कार्यक्रममा वडा न. २,३,४ का ५ महिला २३ पुरुष गरी २८ भलमन्साहरुको उपस्थिति रहेको थियो ।     

के नाउपा आधिकारिक रूपमा विभाजन उन्मुख भएकै हो ?

के नाउपा आधिकारिक रूपमा विभाजन उन्मुख भएकै हो ?

८२० दिन अगाडि

|

२५ जेठ २०८१

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रमुख सचेतक खुशीराम चौधरी (भीमसेन)ले शुक्रबार पार्टीकै नेतृ कोमल ज्ञवालीसँगको भेटवार्तापछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखे, ‘नागरिक उन्मुक्ति पार्टीको संस्थापक कोमल ज्ञवालीज्यूसँग पार्टीको जीवन र एकताबारे गम्भीरतापूर्वक छलफल ।’ नाउपाभित्र ज्ञवाली पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र चौधरी पार्टी संरक्षक रेशमलाल चौधरी पक्षका मानिन्छन् । प्रमुख सचेतक चौधरीले लेखेको ‘पार्टीको जीवन र एकता’ भन्ने वाक्यांशले के नागरिक उन्मुक्ति पार्टी विभाजन उन्मुख भएको हो भन्ने लगायतका सवाल सतहमा ल्याइदिएको छ । लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति सङ्घर्षले नाउपा विभाजनको सँघारमा पुगेको सुदूरपश्चिम प्रदेश सभामा उसको भूमिकाले पनि स्पष्ट पारेको छ । एमाले, माओवादीसहित दलको सत्ता गठबन्धन बनेपछि नाउपाभित्र किचलो सुरु भएको थियो । पार्टी अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उभिइन् भने पार्टी संरक्षक चौधरी कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा उभिए । त्यसको समानान्तर प्रभाव सुदूरपश्चिम प्रदेश सरकारमा पार्‍यो । हाल रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सुदूरपश्चिम सरकारका विभागीय मन्त्री छन् भने बाँकी ५ जना सांसद प्रदेश सभाको प्रतिपक्षको बेञ्चमा बस्दै आएका छन् । नाउपा विभाजन भएकै हो भन्ने जिज्ञासामा पार्टीका नेता पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी भन्छन्, ‘पार्टी र संसदीय दल फरक कुरा हो । स्वाभाविक रूपमै विद्यालयमा प्रिन्सिपलको नेतृत्व रहन्छ भने घरमा अभिभावकको रहन्छ । जुन कारण प्रदेशमा संसदीय दलको नेतृत्व रहन्छ ।’ लक्ष्मणकिशोर रेशम पक्षका नेता मानिन्छन् । तर रञ्जिता पक्षका नेताहरूको फरक तर्क छ । पार्टीका नेता दामोदर पण्डित भन्छन्, ‘संसारमा नभएको नौटङ्की हाम्रै पार्टीभित्र र सुदूरपश्चिममा छ । एउटै दलका सांसद कोही सत्ता पक्षमा, कोही प्रतिपक्षमा छन् । यस्तो कहीँ हुन्छ दलगत रूपमा ?’ नाउपा आधिकारिक रूपमा विभाजन हुनमात्रै बाँकी हो भन्ने जिज्ञासामा पण्डितले अगाडि थपे, ‘पार्टी चाहिँ फुटेको छैन । फुट्न पनि सक्दैन । कानुन र विधिले दिएको भए फुटिसक्थ्यो । अर्कै अध्यक्ष पनि बनाइसक्थे । चुनाव चिह्न ढकिया पनि चाहियो नि ! त्यो पनि नभएपछि के गर्नु ? ७ जना एकै ठाउँमा भए कति राम्रो हुन्थ्यो । पाएको मुख्यमन्त्री गुमाउनुभएको छ । न सम्झिने, न सम्झाएर हुने । महान् बुझक्कड बन्नु भो साथी ।’ गत पुसमा सम्पन्न नाउपाको महाधिवेशनले सर्वसम्मत रूपमा रेशमलाल चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । तर निर्वाचन आयोगले रेशमलाललाई अध्यक्षमा स्वीकार नगरेपछि नाउपा पुरानै अवस्थामा फर्केको थियो । यसैक्रममा रेशमलालले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदन सर्वोच्चमा विचाराधीन छ । यसैबिच रेशमलालले सर्वोच्चको फैसला नआउँदासम्म आफू नै पार्टी अध्यक्ष भएको बताउँदै पार्टी विभाजन नभएको दाबी गरेका छन् ।

लोकवार्ता परिषद् नेपालको अध्यक्षमा प्राडा भवेश्वर पंगेनी चयन

लोकवार्ता परिषद् नेपालको अध्यक्षमा प्राडा भवेश्वर पंगेनी चयन

८२६ दिन अगाडि

|

२० जेठ २०८१

लोकवार्ता परिषद् नेपालको साधारण सभा तथा पाचौॅ अधिवेशन जेठ १९ गते बालमीकि क्याम्पस, काठमाडौमा सम्पन्न भएको छ ।  अधिवेशनबाट प्राडा भवेश्वर पंगेनीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयॉ कार्यसमिति चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्ष प्राज्ञ यज्ञराज उपाध्याय, उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, उपाध्यक्ष मनोहर लामिछाने, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराई, उपमहासचिव प्राडा धनेश्वर नेपाल, सचिव प्रतिभा पुन, सहसचिव गायत्री पराजुली, कोषाध्यक्ष अम्बादत्त भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्राडा षडानन्द पौड्याल, डा बद्री बिनाडी, डा कुलराज निरौला, डा शशि थापा पण्डित, प्राज्ञ कालीबहादुर शाही, प्राज्ञ डा कृष्णराज सर्वहारी, प्रवीण पुमा, दिलविक्रम आङ्देम्बे, रंजुकुमारी देव तथा विष्णु परियार चयन भएका छन् । परिषदका अध्यक्ष प्राडा प्रेम खत्रीको सभापतित्वमा भएको कार्यक्रमको समुद्घाटनमा कार्यक्रमका प्रमुख अतिनि प्राडा जीवेन्द्रदेव गिरी, लोकवार्ता परिषद् नेपालक सुत्राधार प्राडा कुसुमाकर न्यौपाने, त्रिवि नेपाली विभागका प्रमुख कृष्णप्रसाद न्यौपाने, प्राडा कपिल लामिछाने लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गायत्री पराजुलीले आर्थिक प्रचिवेदन प्रस्तुत गरेका थिए । स्मरण रहोस्, लोकवार्ता परिषद् नेपालले १३औं लोकवार्ता सम्मेलन २०८१ कात्तिक पहिलो साता (३ गतेदेखि ११ गतेसम्म) कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी गरी आयोजना हुने भएको छ ।

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

८३५ दिन अगाडि

|

१० जेठ २०८१

कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्सातभन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् । गाउँका चिराकी अँगानु चौधरीले कुलाहीकै क्रममा दिनको २ छाकको खाना कुलोकै ढिकैमा खाएको सुनाए । कुलाहीपछि सिँचाइ कुलो भइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ । कैलालीको भजनी नगरपालिका ९ कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए । गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ । गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस्, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउनलगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ । तर ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । न बजेट, न सजेट । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’ जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिका मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ । कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता रहेको बताए । भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न । टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’ थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो । योजना तर्जुमा नअटाएको ती विकास राज्यका निकायलाई यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो छ । योजना तर्जुमाको तयारी चलिरहेको छ । जहाँ टोल टोलका विकास निर्माणको योजनाहरू सङ्कलन गरेर छनोट गरिन्छ । तर बर्सेनि भलमन्साको नेतृत्वमा श्रमदानबाट हुने गाउँघरको विकासे योजनाहरू समावेश हुनबाट छुटिरहेको बताइन्छ । कैलालीका नागरिक समाज अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्त्वपूर्ण रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्ने जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ । अर्का नागरिक अगुवा माधव थारुले आफ्नो गाउँघरको विकासको लागि उहिल्यैदेखि थारु समुदायमा जनश्रमको संस्कृति हुँदै आएको तर आजभोलि राज्यको निकायबाट त्यही प्रकृतिका काम बजेट खर्च गरेर ठेक्कापट्टामार्फत भइरहेको बताउँछन् ।  

कामिरिता ३०औँ पटक सगरमाथा शिखरमा, बनाए नयाँ कीर्तिमान

कामिरिता ३०औँ पटक सगरमाथा शिखरमा, बनाए नयाँ कीर्तिमान

८३६ दिन अगाडि

|

९ जेठ २०८१

कामिरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्।  सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार जेठ ९ गते बिहान ७ बजेर ४९ मिनेट जाँदा शेर्पाले ३०औँ पटक चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका हुन्। ‘कामिरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गरेका छन्,’ सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्। फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन्।  सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका  कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।  सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पाकै नाममा छ। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।  गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरिसकेका छन्। रासस

मन्त्री भगवती चौधरीको कति छ सम्पत्ति ?

मन्त्री भगवती चौधरीको कति छ सम्पत्ति ?

८३७ दिन अगाडि

|

८ जेठ २०८१

एमालेबाट मन्त्री रहेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको काठमाडौंमा झन्डै तीन करोड रुपैयाँको मूल्य बराबरको जग्गा–जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा १२ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ। स्वआर्जनबाट २ करोड ६७ लाख रुपैयाँमा उक्त जग्गा किनेको उनले उल्लेख गरेकी छन्। त्यस्तै सुनसरीको दुहबीमा १ बिघा १ धुर जग्गा रहेको उल्लेख छ। त्यसबाहेक सुनसरीको तनमुना ६ (क) मा २ कट्ठा, सुनसरीकै तनमुना ६ (क) मै २ बिघा ११ कट्ठा साढे ६ धुर, सुनसरीको औराबनी ९ (ख) मा १० धुर, सुनसरीकै औराबनी ९ (ख) मा १० धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। दाङको सोनपुरमा १५ कट्ठा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ। उनीसँग ८५ तोला सुन र २५ किलो चाँदी रहेको पनि उल्लेख छ। उनीसँग एभरेष्ट बैंकमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय बाणिज्य बैंकमा ५ लाख ४६ हजार ११९ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दात रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४२  हजार १०५ र अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ। यी सबै स्वआर्जनबाट भएको उनले उल्लेख गरेकी छन्। उनले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।