कुशलसँगै दीपेन्द्रसिंह ऐरीले पनि बनाए विश्व कीर्तिमान

कुशलसँगै दीपेन्द्रसिंह ऐरीले पनि बनाए विश्व कीर्तिमान

१०७६ दिन अगाडि

|

१० असोज २०८०

बालेनजी, ई: लाई ढल्न नदिनुस्

बालेनजी, ई: लाई ढल्न नदिनुस्

१०७६ दिन अगाडि

|

१० असोज २०८०

नयनराज पाण्डे बिहानै सभागृह पुगें । ई: लाई भेटें । सबैभन्दा पहिला उनको खुट्टामै दृष्टि पुग्यो । उनी फुटपाथमा व्यापार गर्नेहरूलाई रोजगारबाट बन्चित नगरी तिनीहरूको अभिलेख राखी उचित ठाउँमा व्यापार गर्न दिनुपर्छ भनेर कति दिनदेखि उभिएको उभियै छन् । उनी आफ्ना कुराहरू महानगरका मेयरलाई बुझाउन चाहिरहेका छन् । हिजो अन्तिम समयमा सहमति भाँडिएको रहेछ । मैले करिब तीन दशकअघि 'महानगर' भन्ने कथा लेखेको थिएँ । निर्देशक आशान्त शर्माले केही वर्षअघि नाट्य रूपान्तर गरेर मण्डला थिएटरमा मन्चन पनि गर्नु भएको थियो । महानगरमा आफ्नै ज्यान बचाउनेलाई पनि मानिसले बिर्सँदोरहेछ । महानगरको यही स्वार्थी छविका बारेमा त्यो कथा लेखेको थिएँ । ई: को यो अभियानले महानगरको त्यही स्वभाव सम्झाइदियो । बालेनको अझै विश्वास लाग्छ । तर, यतिबेला त उनले खुसी भएर ई: लाई अंकमाल गर्नुपर्ने थियो र भन्नु पर्ने थियो-'ओहो, तपाईंले त मेरै मनका कुरा बोलिदिनु भयो । फुटपाथको उचित ब्यवस्थापन म पनि गर्न चाहन्छु । कसैको रोजगार खोस्नु मेरो पनि नियत होइन । आउनुस्, यो कुरामा तपाईं र म मिलेर काम गरौं ।' म अझै आशावादी छु । बालेनप्रतिको विश्वास म यति चाँडै गुमाउन चाहन्न । भद्रगोल फुटपाथ त मलाई पनि मन पर्दैन । तर, बालेनहरूसित आइडिया छ नि । अलिकति दिमाग चलाउने हो भने फुटपाथ ब्यवसायीहरूलाई केही स्थान र समय निर्धारित गरेर भद्रगोल फुटपाथलाई कलात्मक पनि बनाउन सकिन्छ होला नि ! बालेनको ब्यवस्थापन खुबी यसबाट त अझै प्रखर देखिएला नि ! ०० निम्नवर्ग/निमुखाप्रति राज्य निर्मम भैरहेको अहिलेको समयमा बालेन त्यो वर्गका लागि मसिहा बनून् । यसो सुन्दा यो कुरा अतिरन्जित लाग्ला । कतिले 'फिल्मी' पनि भन्नु होला । तर, यो सम्भव छ । नत्र, महानगरमा एकजना पनि भोकै सुत्छ भने, त्यस्तो महानगर फेरि पनि कुरूप नै हो । ०० बालेनजी, ई:का खुट्टाहरू सुन्निएका छन् । उनलाई ढल्न नदिनुस् । उनी ढले धेरैलाई फेरि उठ्न गाह्रो हुनेछ । त्यसपछि शहरमा उठ्ने छ- तानाशाह !

बाघनाथ बाबा, जंगलकुट्टी नाम सच्याइएकोमा थारु समुदायको चौतर्फी विरोध 

बाघनाथ बाबा, जंगलकुट्टी नाम सच्याइएकोमा थारु समुदायको चौतर्फी विरोध 

१०७८ दिन अगाडि

|

७ असोज २०८०

थारु समुदायको लामो समयदेखि अगाध आस्था रहेको दाङ्गदेउखुरीको गढवा–३ स्थित गोबरडिहाको ‘सिद्ध बाबा बाघनाथ जंगल कुट्टी’लाई नाम परिवर्तन गरी ‘त्रिकुटा गुरुधाम’ नामकरण भएको चौतर्फी विरोध भएको छ।   यसैबीच थारु कल्याण कारिणी सभा (थाकस), देउखुरीले असोज ७ गते एक विज्ञप्ती जारी गरी सम्पूर्ण थारु जनसमुदायलाई उक्त कार्यको विरोधमा असोज ८ गते विहान ११ बजे जङ्गल कुट्टीमा जम्मा हुनको लागि अनुरोधसमेत गरेको छ  । स्वर्गीय बाघनाथ बाबाले सिद्धी प्राप्त गरी बसेको तपोभूमि हो, सिद्ध बाघनाथ बाबा जंगल कुट्टी । वावाजीको अपार शक्तिकै कारण हिंस्रक जनावर बाघ, भालु, अजिंगर, सिंह जस्ता जनावरलाई बशमा लिने अद्भूत शक्ति थियो भन्ने जनविश्वास छ । बाघमा सवार भई जंगल घुम्ने भएकाले उहाँको नाम बाघनाथ बाबा भएको बताइन्छ ।  जंगलकुट्टी विधिवत रुपमा विसं १८७९ मा स्थापना भएको पाईन्छ। स्थापनाकालदेखि बालिएको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको छ जसबाट निस्केको खरानी भुभूत भक्तजनलाई प्रसादको रुपमा दिइन्छ । बाबाको समाधिलाई थारू समुदायलगायत स्थानीयवासीले महाराजको रूपमा  उच्च स्थानमा राखी पूजाआजा गर्ने गर्छन् ।   यहाँ वर्षेनी माघे संक्रान्तिमा हजारौं भकतजन दर्शन गर्न आउँछन् । समय समयमा भण्डारा गर्नेहरूको पनि भीड हुन्छ ।  ऐेतिहासिक महत्व बोकेको भूमिलाई हठात नाम परिवर्तन गर्नु आस्थामाथि खेलवाड गरिएको भन्दै चौतर्फी विरोध भएको हो ।   

आज बणकी अतवार ब्रत

आज बणकी अतवार ब्रत

१०७९ दिन अगाडि

|

७ असोज २०८०

मणिराज महतो विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ ३१ गते मनाइए पनि नवलपुरमा बणकी अतवार असोज-७ गते परेको छ।थारु समुदायको एउटा प्रमुख चाड मध्ये बणकी अतवार ब्रत पनि एक हो । यसलाई पश्चिमा थारुहरुले अटवारी भनेर मनाउँछन् । नवलपुरको थारु समुदायले कजरी तीज पछिको पहिलो आइतबारलाई बणकी अतवार ब्रत मनाउने गर्दछन्। बणकी अतवार पर्व खास गरी थारु पुरुषले व्रत बस्ने पर्व हो तर महिलाहरु पनि ब्रत बस्ने गर्दछन् । बिशेषतः बाँझो महिलाहरुको लागि ब्रत फलदायक मानिन्छ भने शरीरमा घाउ, चोटपटक र छालासम्बन्धि रोग नलागोस् भनेर ब्रत लिने गरेको पाइन्छ। बणकी अतवार पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्ने बारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसै गरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन्। भीमले थारु चेलीलाई एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले बणकी अतवारमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनिक कामकाजमा सहयोग पुगेको तर्क छ। ब्रत बिधि: बणकी अतवार पर्वका लागि शनिबारको रात कुखुरा न बास्दै मध्येरातमा डटकट खाने गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मीठा परिकारले डटकट खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन्। आइतबार विहानदेखि बणकी अतवारमा व्रत बसेकाहरुका लागि तेलमा नपकाइएको रोटी, फलफूल, सर्वत (पेय पदार्थ), काठ दाउरा, सल्लाको धुप, आदि तयारी गरिन्छ र बेलुकी पखसम्म सबै परिकार ब्रतालु आफैले तयार गरिसकेपछि नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । सूर्यास्त नहुदै ब्रतालुले आफू बस्ने ठाउँलाई गाईको गोबर पानीले लिपपोत गरेर चोखो बनाउँछन् र सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बसेर फरहर गर्छन्। व्रतालुका लागि खाने परिकार र अन्य तयारी गर्ने ब्यक्ति पनि व्रत बसेका हुन्छन् । आसन अगाडि राखिएको खानेकुरालाई एक भाग छुट्याई अग्नी देवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून र तेल खान वर्जित गरिएको हुन्छ । पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन्। पश्चिम तराईमा चेलीबेटीलाई अग्रासन दिने चलन भए पनि नवलपुरमा भने त्यो चलनलाई पहुरा सनेस भनिन्छ। बणकी अतवार ब्रत फल: बणकी अतवार पर्व नितान्त थारु समुदायले मनाउने पर्व हो । बिभिन्न कारणले दुःख पाइरहेका ब्यक्तिहरुले यो ब्रत लिए सबै दुःख कष्ट नाश हुने, घाउ चोटपटक र छालासम्बन्धि रोगबाट मुक्त हुने, धन–यश, मनोकांक्षा पुरा हुने, निःसन्तान महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास रहँदै आएको छ ।  यसै गरी, देउखुरी उपत्यकाका केही गाउँमा समेत आज अटवारी मनाउन थालिएको छ । थारु कल्याणकारिणी सभा, देउखुरीले असोज ७ र ८ गते अटवारीको अवसरमा कार्यालय बन्द रहने सूचना जारी गरेको छ । कावासोती

शिक्षक र निजामती कर्मचारीले पाउने सेवा सुविधामा के छ भिन्नता  ? 

शिक्षक र निजामती कर्मचारीले पाउने सेवा सुविधामा के छ भिन्नता  ? 

१०८१ दिन अगाडि

|

४ असोज २०८०

आन्दोलनरत शिक्षकहरूको एउटा प्रमुख मुद्दा निजामती कर्मचारीको भन्दा कम सेवा सुविधा दिइएको भन्ने छ । त्यसमाथि संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा थप विभेदकारी बनाउन खोजिएको उनीहरूको आरोप छ ।  एउटै सन्तानका दुई छोराछोरीमाथि राज्यले गर्ने व्यवहारमा फरक रहेको उनीहरूको भनाई छ । एउटा छोरा निजामती कर्मचारी हुँदा र अर्को छोरा शिक्षक हुँदा राज्यबाट पाउने तलब, भत्ता तथा सेवा सुविधामा निकै विभेद रहेको उनीहरूले बताउँदै आएका छन् ।  कानून नै विभेदपूर्ण बनाउन खोजेपछि आन्दोलनको विकल्प नरहेको शिक्षकहरूको भनाई छ ।  सरकारले तोकेको निजामती कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधामा के छ त फरक ? प्राथमिक तृतीय श्रेणीको शिक्षक र निजामती तर्फको खरिदारको सेवा सुविधामा निकै अन्तर देखिन्छ ।  प्रावि तृतीय श्रेणीको शिक्षकको मासिक तलब ३२ हजार ९०२ रुपैयाँ छ । त्यस्तै, खरिदारले पनि सोही तलब पाउँछन् । तर, महँगी भत्ता थप २ हजार रूपैयाँ पाउँछन् ।  उता, खरिदारले खाजा खर्च २ हजार, आवास खर्च मासिक ४ हजार रूपैयाँ,  मासिक १५ लिटर पेट्रोल पाउँछन् । तर, शिक्षकले पाउँदैनन् ।  खरिदारले तालिममा सहभागी भएवापत दैनिक १ हजार ३२०, खाना र यातायात खर्च पाउँछन् । तर, शिक्षकले तालिममा सहभागी भएवापत दैनिक २ देखि ३०० रूपैयाँ पाउँछन् ।  खरिदार ग्रेड ८ सम्म बढुवा हुन पाउँछन् । तर, शिक्षकको ग्रेड ६ सम्म बढुवा  हुन्छ । खरिदारको ५ वर्षपछि अनिवार्य बढुवा हुन्छ । तर, शिक्षकको अनिश्चित हुन्छ ।  खरिदारले थप यातायातको साथ (आवश्यकताको आधारमा) ल्यापटप, हिटर, एसी जस्ता अतिरिक्त सेवा सुविधा पाउँछन् । तर, शिक्षकले अतिरिक्त केही पनि सेवासुविधा पाउँदैनन् ।  दुबैले एक महिना बराबरको चाडपर्व खर्च पाउँछन् । त्यस्तै पोसाक खर्च, स्थानीय भत्ता, प्राविधिक भत्तासमेत छुट्याइएको हुन्छ । तर, यो सबैको हकमा लागू हुँदैन ।  शिक्षा मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०÷०८१ अनुसार प्रधानाध्यापकले प्राविको हकमा मासिक २०० रूपैयाँ, निमाविमा ३०० र माविमा मासिक ५०० रूपैयाँ भत्ता पाउँछन् ।  यतिसम्म कि शिक्षा नियमावली २०५९ ले शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउनेछ भनिएको छ । तर, शिक्षकहरूले त्रैमासिक रूपमा तलब पाउने गरेका छन् ।  निजामती कर्मचारीको हकमा शिक्षकमाथि सेवा सुविधामा निकै विभेद रहेको उनीहरूको आरोप छ । संसद्मा दर्ता गरिएको विधेयमबाट राज्यबाट प्रदान गरिने सेवा सुविधामा सबैलाई समान व्यवहार गर्नुपर्ने शिक्षकहरूको भनाई छ ।   

टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा भएपछि अबिर लगाएर स्वागत

टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा भएपछि अबिर लगाएर स्वागत

१०८३ दिन अगाडि

|

३ असोज २०८०

धनगढी । टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी कैलाली कारागारबाट रिहा भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् । रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौँबाट धनगढी ल्याइने बताइएको छ । रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए ।

टीकापुर घटनाका ४ जना  कारागारबाट रिहा

टीकापुर घटनाका ४ जना कारागारबाट रिहा

१०८३ दिन अगाडि

|

३ असोज २०८०

संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ४ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना तथा पोखराबाट १ जना गरी ४  जना रिहा भएका हुन् । सो मुद्दा अन्तरगत रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जनाए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो । टीकापुर मुद्दा के थियो ? संविधान लेखनका क्रममा कैलालीमा दुई परस्पर विरोधी आन्दोलन भयो । साबिकको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने माग राख्दै अखण्ड सुदूरपश्चिम र पश्चिम कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै थरुहट आन्दोलन भयो । यसैबीच २०७२ भदौ ७ गते एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी टीकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्युकाबीच थारु समुदायका ८३ घर टहरा, पसल, एफएममा आगजनी भयो । सोही घटना मुद्दामा प्रहरीले लक्ष्मण थारु, रेशम चौधरी, लाहुराम चौधरीसहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । २७ जनामध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागा सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए । त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो । यस्तै, सङ्गम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०-२० वर्ष कैद सजाय भएको थियो ।  यसैबीच, आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगिसकेका छन् । शीर्षक परिवर्तनसहित अपडेट गरिएको)