थारू समुदायमा अष्टिम्कीको महत्व 

थारू समुदायमा अष्टिम्कीको महत्व 

१०९७ दिन अगाडि

|

२० भदौ २०८०

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

१०९७ दिन अगाडि

|

२० भदौ २०८०

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रधानाध्यापकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधवार शितल निवासमा सम्मानित भएका छन् । उनी थारु लेखक संघ, कैलालीका अध्यक्षसमेत हुन् । नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई यो वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गर्ने क्रममा सो सम्मान दिइएको हो । देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अवार्डबाट सम्मानित गरेका हुन्। राष्ट्रपतिको कार्यालयमा आयोजित अवार्ड वितरण कार्यक्रममा यस वर्षको ‘पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ। प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन्। यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा।वि। तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ सम्मानित भएका छन्।                                                                             सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गरिएको छ।  

टीकापुरको गुमनाम कथा

टीकापुरको गुमनाम कथा

१०९९ दिन अगाडि

|

१८ भदौ २०८०

इन्दु थारु रमदैयाको घर पुग्दा झिसमिसे अँध्यारो भैसकेको थियो । वरपरका घरहरूमा बिजुली बत्ती बलिसकेका थिए, उनको घर भने अँध्यारै । छिमेकको आँगनमा बलेको बत्तीको उज्यालोमा उनी आफ्नो आँगनमा बेरी (रातिको खाना) पकाउँदै थिइन्, चुलोमा फुफु गर्दै । रमदैयाको घर टीकापुर घटनापहिले राति पनि उज्यालै हुने गर्थ्यो । घरमा बिजुली जडान गरिएको थियो, उनका श्रीमान्ले महसुल तिर्थे । टीकापुर घटनामा संलग्नता आरोपमा श्रीमान् गिरफ्तार भएपछि लाइन काटियो । त्यसयता उनका ससाना तीन छोराछोरीले अँध्यारो हुनुपहिल्यै होमवर्क सक्नुपरेको छ । मोबाइल फोनको टर्च बाल्दै बहरी (बैठक कोठा) मा बसेर कुराकानी सुरु भयो । रमदैयासँग ती कुरा भए, जुन गर्न वर्जितजस्तै छ । तिनका सत्य कथाहरूले पाउनुपर्ने ध्यान पाउँदैनन् । २०७२ को टीकापुर घटनापछि अधिकांश पुरुष भारततिर भागेका थिए भने कोही आफन्तको शरणमा थिए । घरमा महिला र केटाकेटी मात्र रहेको अवस्थामा प्रहरी गस्ती आयो । प्रहरीले छापा मार्दा थारू महिलाले यातना र शोषणको सामना गर्नुपर्‍यो । सोधपुछका क्रममा अत्यन्त त्रसित र आतंकित बनाइएकी एक पात्र हुन् रमदैया । उनले बहरीमा राखेको कुठ्ली (अन्न राख्ने माटाको भाँडो) देखाउदै भनिन्, ‘उनीहरू (प्रहरी) ले कुठ्ली फुटाइदिए । छुट्टाछुट्टै कुठ्लीमा राखेको धान, गहुँ र चामल एकैमा मिसाइदिए ।’ खस नेपाली बोल्न नसक्ने रमदैयाले डराउँदै ‘अइसिक ना कराडेउ’ (यस्तो नगरिदेऊ) भनी बिन्ती गर्दा उनीहरूले ‘तेरो लोग्नेले पुलिस मार्‍यो, हतियार कहाँ लुकाएको छ, भन्’ भन्दै छातीमा बन्दुक तेर्स्याए । उनीहरूले बोलेको रमदैयाले धेरै बुझिनन्, तर उनीहरूको आक्रोश, गालीका शब्दहरू उनको सम्झनामा छन् । उनीहरूले आफू र बच्चाहरूलाई जिउँदो छाड्लान् भन्ने रमदैयालाई लागेको थिएन । रमदैया थारू भाषामा पनि सानो स्वरमा बोल्छिन् । सोधेको प्रश्नको जवाफ थोरै वाक्यमा दिन्छिन् । उनको मुखले भन्दा आँखाको आँसुले बरु धेरै बोल्छ । आफ्नो भयानक स्मृति सुनाउँदा उनका ओठहरू थरथराइरहेका थिए । खस नेपाली बोल्न नसक्ने उनले अँध्यारो रातमा आक्रोश र बन्दुकले सजिएका पुरुष सिपाहीको सामना कसरी गरिन् होला ! कर्फ्युकै अवस्थामा थारूहरूमाथि भएको राज्य आतंक गैरथारू वृत्तमा बहसको विषय सायदै बनेको होला । सत्तासमर्थक थारूहरू पनि यो विषय नउठाउनुमै बढी फाइदा देख्छन्, अनौपचारिक भेटमा बाहेक सार्वजनिक मञ्चमा यी कुरा उठाउने हिम्मत गर्दैनन् । अझै आन्दोलनमा छौं भन्ने थारूहरूले त्यसरी सम्पत्ति लुटिनु र जलाइनुलाई प्रमुख विषय बनाएर प्रत्येक वर्ष खुला कार्यक्रम गर्दै आएका छन् । थारू महिलाको भोगाइ के रह्यो त भन्नेबारे चासो नगण्य रह्यो । टीकापुर घटनामा थारूहरूको सम्पत्ति ध्वस्त गरिएको अभिलेख ढिलै भए पनि व्यवस्थित गरियो । क्षतिपूर्तिका नाममा केही राहत रकम उपलब्ध गराइयो । तर थारू महिलाको कथाव्यथा कतै पनि उल्लेख गरिएन । थारू महिलाको कुनै भोगाइ नभएरै हो त ? राज्यले थारूहरूको आन्दोलनलाई आन्दोलन नै देखेन । बरु आन्दोलनकारी थारूहरूलाई आतंककारीका रूपमा हेर्‍यो । सुरक्षा कायम गर्ने नाममा थारू समुदायलाई पूर्ण रूपमा नियन्त्रण गरियो । के सुरक्षा अन्य कसैको असुरक्षा निर्माण गर्ने विषय हो ? रमदैयाजस्तै कैयौं थारू महिलाले सुरक्षाघेराभित्र असुरक्षित महसुस गरे । थारू महिलाका अनुभवको दृष्टिकोणबाट सुरक्षाको परिभाषा नै बदलिन सक्छ र तिनका लागि सुरक्षा विकृत असुरक्षामा परिवर्तित हुन सक्छ । ‘थारूहरूले प्रहरी मारे’ भनी हल्ला गर्दै बदलामा थारू महिलामाथि सरकारी पुरुषत्वको प्रदर्शन के उत्तम विकल्प थियो ? राज्य आतंकले ग्रसित रमदैया, रिमा, यमुनाका भोगाइहरू कहिल्यै बाहिर आएनन्, किनभने तिनले आधिकारिक कहानीलाई ‘काउन्टर’ गर्छन् । महिलाका कथा कहिल्यै बाहिर आउँदै नआउने होइनन् । महिलाका कथा त्यस बेला लेखिन्छन्, जब त्यसले राज्यसत्तालाई पोसिरहेको हुन्छ । जब महिलाका कथाहरू यस्तो गर्न असफल हुन्छन्, तिनलाई विभिन्न माध्यमबाट चुप लगाउने प्रयास गरिन्छ र त्यो प्रयास धेरै हदसम्म सफल बनाइन्छ पनि । कसलाई कसरी समावेश गर्ने वा नगर्ने र कसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा बडो कलात्मक रूपमा सम्पादन गरिन्छ र विभिन्न माध्यमबाट बाहिर ल्याइन्छ । यो कुरा टीकापुरको सन्दर्भले प्रस्ट पार्छ । टीकापुरका थारू महिलालाई दिइएको यातना वैधानिक बनाउन एक थरी महिलाको आँसुलाई छापा र अनलाइनमा व्यापक बनाइयो । आधिकारिक रूपमा आएका समाचारका कथाहरूले राज्यनिकट रहेका महिलाका लागि नयाँ ठाउँ बनाए भने थारू महिलाको रोदनलाई बेवास्ता गरे । राज्य सञ्चालकहरूको यस्तो गतिविधिले मानवअधिकारकर्मीका साथै महिला अधिकारवादीमा समेत हानिकारक प्रभाव पार्‍यो । हैन भने टीकापुरमा कर्फ्युका बेला थारू महिलामाथि केके भयो, किन खोजिएन ? सदियौंदेखि जातीय–लैंगिक उत्पीडन खेपिरहेका थारू महिला अन्वेषणको केन्द्रमा किन कहिल्यै परेनन् ? रमदैया र कैयौंले आफूमाथि भएको व्यभिचारको रिपोर्ट नगर्नुमा उनीहरूको सचेत छनोटभन्दा पहुचको कमीले बढी भूमिका खेलेको छ । टीकापुर घटनापछि जसरी एकपक्षीय गलत प्रचारबाजी भयो, थारूहरूले न्याय पाउने निकाय कतै देखेनन् । रमदैयाका अनुसार, उनका श्रीमान् साइकलमा चिप्स, सुर्ती, बिस्कुट आदि राखेर गाउँगाउँमा बेच्ने गर्थे । श्रीमान्ले दिनभरिको व्यापारबाटै बिरामी रमदैया र तीन छोराछोरीको पेट भर्नुपर्थ्यो । आधा कट्ठा जमिनमा सानो घर छ, बाँकी थोरैमा सागसब्जी । खस नेपाली बोल्न नसक्ने, आन्दोलनबारे केही थाहा नभएका उनका श्रीमान्लाई टीकापुर घटनाको दोषी भन्दै जेलमा कोचियो । रमदैया भन्छिन्, ‘आन्डोलन करुइयन मन्टरी बन्लइ, संसद बन्लइ । मोर मनैन् जेलम डरलै ।’ (आन्दोलन गर्नेहरू मन्त्री बने, सांसद बने, मेरो मान्छेलाई जेलमा कोचे ।) शक्ति आर्जन गर्नका लागि डेमागग नेताहरूले थारूहरूलाई उक्साएको र त्यसपछि त्यो शक्तिलाई सर्वाधिक दुरुपयोग गरेको उदाहरण हो— थरुहट–थारूवान (टीकापुर) आन्दोलन । थारूभित्रका राजनीतिक सम्भ्रान्तहरू भुइँतहका थारूहरूलाई कसरी प्रयोग गर्छन् भन्ने एउटा गतिलो दृष्टान्त बन्यो टीकापुर आन्दोलन । केही थारू नेताले केवल मन्त्री पदका लागि सम्झौता गरे । कैद मिनाहा गरी आफू जेलबाट छुटे तर काम नगरी खान नपुग्ने थारूलाई जेल कोचे । यसले संकेत गर्छ, राजनीतिक सम्भ्रान्तहरूले जुनसुकै दलीय विचार वा समुदायलाई प्रतिनिधित्व गरून्, तिनले रमदैयाजस्ता निम्नवर्गीयहरूको सवाल कहिल्यै उठ्न दिँदैनन् । बरु सारा शक्ति दुरुपयोग गरि तिनैलाई फसाउँछन् । केन्द्र (काठमाडौं) बाट आन्दोलन गर्न उक्साउने थारू नेताहरूमा नैतिकता हुन्थ्यो भने थारू महिलामाथि भएको दमनविरुद्ध वकालत गर्थे, तिनको न्यायका लागि आवाज बुलन्द बनाउँथे । कुर्सीसँग थारूका मुद्दा साट्ने थिएनन् । तर थारू आन्दोलन दबाउन खोज्ने गैरथारू सम्भ्रान्त र थारू आन्दोलनको नेतृत्व गर्ने थारू सम्भ्रान्तले आखिर टीकापुर घटनापछि काठमाडौंमा कागजी सम्झौता गरे । अभिजात वर्गका पुरुषप्रधान सम्झौतामा जडित बुँदाहरूमा महिलाका सवाल कहिल्यै उल्लेख भएनन् । रमदैयाले आफू थारू भएकाले बजार जाँदा हेपिनुपरेका कथाहरू सुनाइन् । टीकापुर घटनापछि घरमै आइपुगेका सुरक्षाकर्मीले बोलेका शब्द उत्तिकै अपमानजनक थिए । रमदैयाको प्रश्न छ, ‘टीकापुर घटनाको छानबिनबिना थारूहरू नै अपराधी हुन् भन्ने फैसला कसरी सम्भव भयो ?’ रमदैयालाई खस नेपाली बोल्न आउँदैन भन्नुको मतलब उनले विभेद महसुस गर्न सक्दिनन् भन्ने होइन, उनले प्रश्न गर्न सक्दिनन् भन्ने होइन । उनमा अनुभव छ, आदिवासी ज्ञान छ र त्यो अर्गानिक छ । राज्य आतंक भोगेकामध्ये थोरै महिलाले मात्र आफ्नो कथा सुनाउन सक्छन् । ती कथालाई गम्भीरताका साथ लिइनुपर्छ । कान्तिपुरबाट

थारु गाउँँमा हरेरी पूजा

थारु गाउँँमा हरेरी पूजा

१०९९ दिन अगाडि

|

१८ भदौ २०८०

दशरथ घिमिरे देउखुरी । लमही नगरपालिका–५ निवासी पुन्टेश्वर चौधरीलाई हरेरी पूजाबारे केही भुलेको जस्तै लागिरहन्छ । पहिलेको जस्तो समाज अहिले छैन । मिश्रित समाज भइसकेको छ । तर पनि आफ्नो पुर्खाहरुले मनाउँदै आएको संस्कृतिको बारेमा युवा पुस्ताले जान्न खोज्दैछन् । त्यसैले धेरै वर्षपछि लमही गाउँमा भव्य रुपमा हरेरी पूजा गरिएको छ । ‘धेरै वर्षपछि भब्यरुपमा हरेरी पूजा गरियो । युवा पुस्तालाई जानकारी नहँुदा समस्या पर्ने भयो’– उहाँले भन्नुभयो– ‘पूजा नै नहुने भएपछि जानकारी हुने कुरा पनि भएन । सबैलाई जानकारी गराउन पनि यसपालि हरेरी पूजा गरियो ।’ यो पूजामा गाउँभरिका मानिस देउताको थानमा जम्मा हुन्छन् । गुरुवा धामी पूजामा बस्छन् । हरेक घरबाट पूजाको सामाग्री एक ठाउँमा जम्मा गरिन्छ । अनि गाउँमा बजाउने मादल पनि लगिन्छ । देवी देवताको पूजा गरेपछि मादलको पनि पूजा गरिन्छ । यसरी हरेरी पूजा गरेपछि थारु समुदायका चाडपर्व शुरु भएको मानिने गाउँका अगुवा कमलनारायण चौधरीले बताउनुभयो । ‘खेतीपाती सक्यौं । अब यसमा हानि नोक्सानी नहोस् भनेर हरेरी पूजा गर्छौं । हरेक वर्ष मनाउने पर्व हो’– उहाँले भन्नुभयो– ‘धान सप्रियोस् भन्ने कामना गरिन्छ । गाउँमा रोग नछिरोस् भन्ने कामना पनि गरिन्छ ।’ हरेरी पूजाबारे नयाँ पुस्तालाई जानकारी दिन आवश्यक रहेको बुद्धिजीवी हरि चौधरीले बताउनुभयो । ‘यो प्रकृति पूजा हो । खेतीपाती सप्रियोस् भनेर सदियौंदेखि गर्दै आएका छौं’– उहाँले भन्नुभयो, ‘तर नयाँ पुस्ताका युवाले यो पूजा गर्ने विधि र महत्वको बारेमा थाहा पाएका छैनन् । जानकारी दिन पनि यसपालि राम्रोसँग गरेका छौं ।’ थारु समुदायको कला संस्कृतिबारे अध्ययन गर्नु भएका उदयराज आलेले थारु समुदायको महत्वपूर्ण पर्व हरेरी भएको बताउनुभयो । ‘खेतीपाती सकेपछि गरिन्छ । नियमित पूजा गर्ने परम्परा छ’– उहाँले भन्नुभयो– ‘रोगव्याधी नलागोस् भन्ने हो । अर्काे महत्वपूर्ण कुरा भनेको गाउँभरिको मादल खुलाउने पूजा पनि यही हो ।’ सामूहिकरुपमा गरिने हरेरी पूजाले एकता र सामूहिक भावनाको विकास गर्ने पनि तर्क उहाँको छ । ‘समाज त मिश्रित भइसक्यो । पहिले जस्तो त रहेन । तर पनि हरेरी पूजालाई निरन्तरता दिनु नै राम्रो विषय हो’– उहाँले भन्नुभयो– ‘दाङसहित थारु बाहुल्य गाउँ तथा जिल्लामा हेरेरी पूजा गरिन्छ ।’ यसरी गरिन्छ हरेरी पूजा अहिले थारु गाउँमा हरेरी पूजा भइरहेका छन् । खेतीपातीमा कुनै किसिमको हानि नोक्सानी नहोस् भनेर किसानहरु हरेक वर्ष साउन वा भदौ महिनामा हरेरी पूजा गर्दछन् । वर्षायामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पूजा गर्ने पर्ने प्रचलन रहेको छ । हरेरी पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्छन् । हरेरी पूजा दुई दिनसम्म गर्ने गरिन्छ । पहिलो दिन गाउँको मरुवा वा देउता थानमा पूजा गर्ने र साँझ पूजाको लागि गुइँठाको आगोमा गुरुवाले हाम्फाल्ने, मन्त्रोच्चारण गर्ने गरिन्छ । यसरी गर्दा अग्निले नछोए राम्रो शुभ वर्ष हुने विश्वास छ । पूजाको भोलि पल्ट पूजारीले दिएको खरिभन अर्थात दूध र आगो लिएर खेतबारीको गराको पानीमा उक्त खरिभन मिसाउँदा खेती सप्रिने र यसले बाली जोगाउँछ भन्ने विश्वास छ । कुनै–कुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन पाइँदैन । यो पूजापछि मात्र थारु गाउँमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको छ । हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकोले यो दिन केही कार्य पनि गरिदैन । एक दिन आराम गर्ने दिनको रुपमा लिइन्छ ।

थारु संस्कृतिभित्र साम्यवादको अभ्यास

थारु संस्कृतिभित्र साम्यवादको अभ्यास

११०० दिन अगाडि

|

१६ भदौ २०८०

डा. रामबहादुर चौधरी आफ्नो पहिचानको खोजीमा रहेको एक जाति हो– थारु । तराईको पूर्वदेखि पश्चिमसम्म बाक्लिएर बसेको, देशभक्तिले भरिपूर्ण समूह हो थारु । आत्मसम्मानको लडाइँ लडिरहेको एक कबिला हो– थारु । आत्मनिर्णयको अधिकार प्राप्तिको पर्खाइमा रहेको परिश्रमी समुदाय हो– थारु । र, आजको सन्दर्भमा राजनीतिक रूपले विचलित भूमिपुत्र हो– थारु ।  कुनै बेला देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उभिएको जग्गाको कर उठाउने गरेको, जसको कारणले हजारौँ हजार बिगाहा बक्सिस पाएको जाति हो थारु । यातायातको साधन नभएको वेला राजा महाराजाहरूलाई माहुतेको रूपमा जंगली हात्ती कज्याइ उपहार दिएबापत तिरो (कर) छुट पाएको जाति हो थारु । ब्रिटिस साम्राज्य (इष्ट इण्डिया कम्पनी) विरुद्ध उभिई डटेर सामना गरेबापत हजारौँ बिगाहा जग्गा उपहार प्राप्त गर्न सफल जाति हो थारु । प्रजातन्त्र प्राप्तिको लागि तराईको योद्धा जाति हो थारु । साम्यवाद प्राप्तिको लागि प्राणको आहुति दिएको जाति हो थारु ।   पछिल्लो राजनीतिक परिवर्तन, विशेषतः दश वर्षे जनयुद्ध– थारुहरूले महसुस गरेको आफ्नो युद्ध । त्यसैले होला, कुनै बेला राज्यको नजरमा सबै थारु माओवादी । यति विघ्न माया गरेको त्यो युद्धको पछाडिको कारणहरूमध्ये एक थियो थारुहरूको संस्कृति ।  थारु जातिले भिख मागेर खाँदैन, उसले भिख माग्न जान्दैन । यो उसको लागि जेनेटिक गुणजस्तै हो । यो गुण उसको रगतमा बगेको कारणले उ भिख माग्दैन । यसैगरी, थारुहरूको रगतमा बग्ने अर्को गुण हो– साम्यवाद ।   थारुहरू माओवादतर्फ आकर्षित हुनुको मुख्य कारणहरू मध्येको एउटा कारण हो यो गुण, जुन गुण उसको रगतमा बगेको हुन्छ । जुन गुण उसको संस्कृति, चालचलन, रीतिरिवाज र समाजमा घुलित हुन्छ, जसरी पानीमा नुन । जो थारु समाजमा घुल्छ, उसको उसको संस्कृतिमा हराउँछ, उसको चालचलन रीतिरिवाजलाई बुझ्दछ र अन्तर आत्माले महसुस गर्दछ, उसैले नाङ्गो आँखाले हेर्न सक्दछ त्यो गुण ।  साम्यवादको पाठ पढाउने ती शिक्षकले र सांस्कृतिक लडाइ लड्ने ती योद्धाले थारुहरूभित्र लुकेर रहेको त्यो गुण नबुझ्दासम्म मार्क्सवाद, लेनिनवाद, माओवादका वाद पढेर माओवादी भएका थारु नेताहरू जसले आफ्नै  संस्कृतिमा साम्यवाद लुकेर बसेको छ भन्ने कुरा महसुस नगरेसम्म साम्यवादी गुणहरू र माओवादी शिक्षालाई जेनेटिक अर्थात् सांस्कृतिक बनाउन सकिँदैन ।  म कुनै मार्क्सवादको पुस्तक पढेको पढाकु व्यक्ति होइन । न माओवादको शिक्षाको लागि कुनै वन्दसत्र वा कक्षामा बसेको मान्छे । तर, सानैदेखि परिवारमा, समाजमा साम्यवाद हेर्दै, अँगाल्दै र महसुस गर्दै हुर्केको एक थारु हुँ ।  म त्यो परिवारमा हुर्केँ, जहाँ सहोदर दाइ–भाइ, भतिजको दसैँमा लगाउने पाइजामा, कमिज ‘जरावर’मार्फत प्राप्त हुन्थे ।  घरका सास–बुहारीहरूले प्राप्त गर्ने कपडामा ‘गोट्टी’ हालिन्थ्यो । त्यो समाजमा हुर्के, जहाँ केटाकेटीहरूले लगाएको लुगाको कलर हेरेरै यी एउटै घरका र ती अर्कै घरका भनेर ठम्याउन सकिन्थ्यो । वस्त्रमा न कुनै भेदभाव हुन्थ्यो, न कुनै असमानता ।  हामी एउटै भान्सामा खान्थ्यो । करिब ३५–४० जनाको परिवार । खेतमा काम गर्दा मैले खाने भात र हाम्रो कमैयाको छोराले खाने भातको स्वादमा कहिल्यै अन्तर भएन । उसले खाने खुर्सानीको चटनी उति नै पिरो हुन्थ्यो जति मेरो ।(२०५७ साउन २ अघि कमैया प्रथा थियो ।)  सालको पातमा लहरै राखेको ‘घँसल भात’ कमैयाको छोराको कुन, मेरो कुन भनेर भाउज्यूहरूले कहिल्यै छुट्याउनु भएन । माघमा ढोग–सलाम होस् या दसैँको टीका–नाताले जो ठुलो उसलाई ढोग्नु पर्दथ्यो, चाहे त्यो मालिक होस् या कमैया । मालिकले आफ्नै घरमा काम गर्ने कमैयालाई ढोग्नु यो कुनै चानचुने कुरा होइन । तँ सानो, म ठुलो दर्शनबाट चलेको रीतिरिवाज होइन यो । यो त साम्यवादको एउटा उत्कृष्ट संस्कृति हो, उदाहरण हो । यसैकारण कमैया प्रथा राम्रो थियो भन्न खोजेको चाहिँ कदापि होइन । त्यस प्रथामा समानताका अंश पनि नभएका होइनन्, थारु समाजमा चित्रण गर्न खोजिएको हो ।  घरको सदस्य थला परे, ‘गोंइ डाँगर’ (पशु) थला परे खेतको रोपाईं नसकिएला कि भनेर कुनै किसानलाई खासै चिन्ता हुँदैनथ्यो । किनकि एउटा घरकाले खेत रोपिसके अर्को घरकालाई सख्लहराको रूपमा सघाउने चलन थियो । यसमा न पैसा खोज्नुपर्ने, न ज्याला तिर्नुपर्ने । आफ्नो गाउँ छिमेककाले मात्र होइन, वल्लो पल्लो गाउँका नातेदारहरू आएर सघाउने चलन थियो थारु गाउँमा ।  बिहे भोज हुँदा कुन दिन गर्ने, कसको घरमा कुन कुन घरकाले सघाउने कार्यको बाँडफाँट बरघरमार्फत् हुन्थ्यो (अझै पनि हुन्छ) । सकेसम्म बिहे एउटै दिनमा हुन्थ्यो– एउटा गाउँमा । सघाउने चलन जिउँदै रहे पनि गाउँभरिका केटी–केटीहरूको एकै दिनमा बिहे गरिदिने चलन भने हराएर गएको छ ।  कृषिप्रधान देश सिँचाइ विना काम नचल्ने । बर्षेवाली लिनु अगावै कुला कुलेसा हेर्नैैपर्ने । महिनौँ दिनसम्म गाउँ गाउँबाट ‘डेसाहुर’ उठेर कर्णाली जस्ता ठुला नदीबाट पानी ल्याउनैपर्ने । काम गर्दा कसैलाई मर्का नपरोस् भनेर ‘नान्ढ’ हाल्नैपर्ने । साम्यवादको उदाहरण दिनुपर्दा यो भन्दा उत्कृष्ट उदाहरण अरु के नै होला र ?  आज थुप्रै नेताहरू धाक लगाउँछन् ‘कुलरिया, जमरा, रानी कुलो सिँचाई योजना मैले गर्दा आएको हो ।’ एक पटक ८०–९० वर्षे बूढा बाको सामुन्ने सोही कुरा भन्नुहोस् । जसले पचासौँ दश नङ्ग्रा त्यही सिँचाई व्यवस्थापनको लागि खियाएको थियो । जसले पथरैया, जमरा, रानी कुला हाम फालेर वारपार गरेको थियो । उसको अगाडि धाक लगाउनुस्, तपाईको जिब्रो लरबराउने छन् ।  गाउँघरका सडक, बाटो, पुल पुलेसा, ढुपौरा, संघ्वा कसरी बन्थे थारु गाउँमा ? त्यही साम्यवादको दर्शनले कार्य हुँदैनथ्यो र ? थारुहरूका बाहुली, अङ्ग अङ्गमा साम्यवाद थियो र अझै पनि मरिसकेको छैन । किनकि यो त उनीहरूको प्रवृत्ति हो, संस्कृति हो, जीवन हो ।  गाउँघरमा सामुदायिक विद्यालय बनाउन परोस् वा कुलामा बाँध, मर्दा पर्दा होस् वा कुनै भोज भतेर साम्यवादी हात स्वयंसेवी कर्मका लागि स्वतःस्फूर्त सलबलाउँछन् ।  यस्ता उदाहरणहरू थारु समाजमा कति छन् कति । त्यसैले, यहाँ भन्न खोजिएको हो, साम्यवाद थारुहरूको रग रगमा छ, जीनमा छ, रीतिरिवाजमा छ, संस्कृतिमा छ ।  माथि चर्चा गरिएको यी यावत विशेषता भएको कारणले थारुहरू माओवादतर्फ बढी आकर्षित भए । जसले यस्ता संस्कृति आत्मसात् गरेका थिए– झन् छिटो लामबद्ध भए । शिक्षित भन्दा कम शिक्षितले पहिले पाइला चाले । शिक्षित भन्दा अशिक्षित थारुहरू माओवादीका ढाल बने । किनकि माओवादीले उठाएका इस्युसँग रसायन मिल्यो, संस्कृति मिल्यो, चालचलन मिल्यो, समान व्यवहार मिल्यो, विचार मिल्यो, दर्शन मिल्यो ।  के कारणले विशेष समूह वा जाति वर्षौँसम्म कुनै विचारमा हिँडिरहन्छन् ? के कुराले उनीहरू सयौँ वर्षसम्म एउटै संस्कृतिमा रमाउँछन् ? साम्यवाद र थारुहरूको खानपिन, साम्यवाद र उनीहरूले सहयोग गर्ने तरिका, साम्यवाद र उनीहरूले अँगालेका सामाजिक कार्य, साम्यवाद र उनीहरूको संस्कृति धेरै हदसम्म मिल्दोजुल्दो हुँदाहुँदै राजनीतिक रूपले किन विचलित हुँदैछन् थारुहरू ? मूलधारका पार्टीपंक्तिको लागि गहिरा प्रश्न हुन् यी ।  विचार र बुझाइबीच तालमेल राम्रो भएन भने ‘वान’ माने ‘एउटा अण्डा’, टु माने ‘दुइटा अण्डा’, थ्री माने ‘तीनटा अण्डा’ बुझ्न सक्छ विद्यार्थीले । कतै थारुहरूले माओवादलाई यसरी नै त बुझेनन् ? 

थारू सँस्कृतिको मौलिकताको खोजी

थारू सँस्कृतिको मौलिकताको खोजी

११०० दिन अगाडि

|

१६ भदौ २०८०

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा शुक्रबार बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल  गरिएको छ। लेखक तथा अधिवक्ता  शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच 'थारु संस्कृति : हिजो र आज' छलफल  भएको हो। कार्यक्रमको सहजीकरण पत्रकार बुनू थारुले गरेकी थिइन्।  अधिवक्ता शान्ति चौधरीले थारु समुदाय विगतभन्दा उदार बन्दै आएको धारणा राखिन्। पहिला अशिक्षा, अन्धविश्वास र रुढिवादी परम्परा रहेको अनुभव सुनाउँदै उनले भनिन्, 'काठमाडौंमा छँदा मैले सबै सेवा सुविधा पाएँ। तर, मेरो परिवारले थारु चलन परिवर्तन गर्न सकेन। उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो। त्यहाँ गएर निकै दुःख भोग्नुपर्‍यो। शौचालय पनि राति जानुपर्ने। सबैले नखाएसम्म खाना खान नपाइने। तर, अहिले त्यस्तो छैन।' पछिल्लो समय थारु समुदाय र अन्य समुदायबीच संस्कृति आदानप्रदान हुँदै गइरहेको उनले बताइन्।  'पहिले थारुहरू अरु समुदायसँग घुलमिल हुँदैन थिए। आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरुबीच सीमित थियो। खेतीपातीमा निर्भर हुने उनीहरू अशिक्षित थिए', उनले भनिन्, 'तर,  आधुनिक र वैज्ञानिक युगले गर्दा थारु संस्कृति र अन्य संस्कृतिबीच आदानप्रदान भएको छ। उनीहरू छोरीलाई पढाउने भएका छन्। रुढिवादी परम्परा पनि हराउँदै गएको छ।'   अर्का वक्ता सर्वहारीले थारु समुदायभित्र पनि विविधता रहेको बताउँदै पूर्वी नेपाल र पश्चिम नेपालका थारुहरुको फरक संस्कृतिबारे प्रकाश पारे। उनले पूर्व र पश्चिमका थारुको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भएको बताए। 'लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारु भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको छ। विडम्बना, कैलाली जिल्लाको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू गरेको छैन। कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन। एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ। त्यसमा पूर्वको एउटा र पश्चिमका थारुको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ,' उनले भने। थारु लेखक संघ बनाएर थारु संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सर्वहारीले बताए।  पूर्व र पश्चिमका थारु समुदायको भाषा र संस्कृतिमा विविधता छ। तर, मधेसी समुदायमा बस्ने हुँदा पूर्वको थारुहरुले भोजपुरी संस्कृति अपनाएको आरोप लाग्ने गर्छ।  शान्ति भने पूर्वीय थारुहरूले कसैको संस्कृति ग्रहण नगरेको बताउँछिन्। थारु संस्कृतिको विकासमा राज्य अग्रसर हुनुपर्ने बताउँदै थारु भाषालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।  सरस्वती चौधरीले कलाररंगमञ्चले थारु संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको बताइन्। थारु समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारुहरूको पनि साथ नपाएको उनको दुखेसो छ। महोत्सव आइतबारसम्म जारी रहनेछ।