आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

१०६३ दिन अगाडि

|

२२ असोज २०८०

कान्हाँको कथासँग जोडिएको थारूको दारू

कान्हाँको कथासँग जोडिएको थारूको दारू

१०६६ दिन अगाडि

|

२० असोज २०८०

                                                                                                                                             तस्बिर: जित ट्रासन सबिना श्रेष्ठ त्यति बेला पृथ्वी जलमग्न थियो। जलमग्न पृथ्वीमा गुर्बाबाले सृष्टि रचना गरे। जसरी हिन्दुहरू ब्रह्मालाई सृष्टिकर्ता मान्छन्, थारूहरूले मान्ने सृष्टिकर्ता गुर्बाबा हुन्। गुर्बाबाले पाताल लोकबाट अम्मर माटो ल्याएर सृष्टि रचेको विश्वास गरिन्छ। सुरूमा उनले गंगटोलाई माटो ल्याउन भनेका रहेछन्। गंगटो लुकीलुकी गएछ, तर पाताल लोकका पहरेदारको नजरबाट बच्न सकेनछ। त्यसपछि गुर्बाबाको आदेशमा माटो लिन कुमालकोटी जान्छ। ऊ पनि समातिन्छ। पालैपालो अन्य जीवहरू जान्छन्, सबै समातिन्छन्। आखिरमा गड्यौलाले आफ्नो पेटभित्र माटो बोकेर ल्याउँछ र त्यही माटोबाट पृथ्वीमा सृष्टि रचना गरिन्छ। यहाँ हरियाली छाउँछ। वनस्पतिका रूपमा सुरूमा कुश उम्रिन्छ। त्यसपछि विभिन्न वनस्पति, जंगल र जीवजन्तुहरू उत्पत्ति हुन्छन्। जीवजन्तुमध्ये सबभन्दा बौद्धिक र सचेत हुन्छन्, मानिस। मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यता विकास गर्छन्। संसार उत्पत्तिको यो कथा थारूहरूको 'अष्टिम्की काव्य' मा छ। यसले पृथ्वी उत्पत्तिदेखि वनस्पति र जीवजन्तुको सृष्टि र कृषि प्रणालीदेखि मानव सभ्यताको विकासबारे वर्णन गर्छ। यही काव्यलाई लिएर अष्टिम्की गीत, नृत्य र चित्रसमेत बनाइन्छ। अष्टिम्की काव्यमा रहेको सबभन्दा महत्वपूर्ण पात्र कान्हाँ अर्थात् भगवान कृष्ण हुन्। थारू समुदायमा कान्हाँ यस्ता पात्र हुन् जसको गीत गाइन्छ, नृत्य नाचिन्छ र चित्र बनाइन्छ। उनी एक मात्र यस्ता देवता हुन्, जसलाई थारूहरू यी तीनै माध्यमबाट पूजा गर्छन्। थारूहरूको 'अष्टिम्की काव्य' मा कान्हाँले खेलेको, कुदेको ठाउँको वर्णन यस्तरी गरिएको छ, मानौं उनी थारू समुदायकै सदस्य हुन्। तर थारूहरूले भन्ने कान्हाँ उर्फ कृष्णको कथा अन्य हिन्दु धर्मावलम्बीहरूको भन्दा फरक छ। हिन्दु धर्मग्रन्थमा कृष्ण र उनका मामा कंशलाई दुश्मनका रूपमा चित्रण गरिएको छ। बहिनी देवकीको कोखबाट जन्मेका सन्तानको हातबाट आफ्नो मृत्यु हुन्छ भन्ने आकाशवाणी सुनेपछि कंश देवकीका सन्तानलाई एकपछि अर्को मार्दै जान्छन्। कृष्ण भने बाँच्न सफल हुन्छन् र अन्त्यमा उनैले कंशको वध गर्छन्। थारू समुदायमा भने कृष्णलाई कंशका प्रिय भान्जाका रूपमा चित्रण गरिएको छ। आमापछि मामाले सबभन्दा बढी माया गर्छन् भन्ने मान्यताअनुरूप कान्हाँ पनि मामाका प्रिय रहेको थारूहरू विश्वास गर्छन्।                                                                                                                                               तस्बिर: यम चौधरी कृष्ण आफ्नो मामाका कतिसम्म प्यारा थिए भने, उनले इच्छाएका सबै कुरा कंशले पूरा गरिदिन्थे। कंशले कृष्णलाई सानो छँदा खेलौना दिनुका साथै उनको घरपरिवारलाई सहयोग गरेको वर्णन अष्टिम्की गीतहरूमा पाइन्छ। उक्त थारू काव्यले कृष्णका अभिभावक अहिलेका थारूहरूजस्तै खेती-किसानीमा लागेको बयान गरेको छ। उनीहरू बस्ने घर पनि थारू समुदायमा प्रचलित परम्परागत घरजस्तै छ। कृष्ण आफैं गोठालो बनेर भेडाबाख्रा र गाईगोरू चराउन दिनहुँ जंगल जान्छन्। जंगलमा गोठाला साथीहरूले बाँसुरी बजाएको देखेपछि उनलाई पनि रहर जाग्छ। उनले आमासँग बाँसुरी किनिदिन कर गर्छन्। यो खबर कंश मामासम्म पुग्छ। त्यसपछि मामाले नै भान्जाका लागि बाँसुरी बनाएर पठाइदिन्छन्। जंगलमा बाँसुरी बजाउँदा बजाउँदै कृष्ण एक अब्बल बाँसुरीवादक हुन्छन्। उनको बाँसुरीको धुन सुनेर अरू गोठालाहरू छक्क पर्छन्। टाढाटाढासम्म उनको बाँसुरीको धुन गुञ्जिन्छ र माइजूको कानसम्म पनि पुग्छ। माइजु मोहित हुन्छिन्। यस्तो सुमधुर बाँसुरी बजाउने को होला भनेर खोज्दै जाँदा आफ्नै भान्जालाई देखेर उनी तीनछक पर्छिन्। उनी हरेक दिन कृष्णले बजाएको बाँसुरीको धुन सुन्न जंगल जान थाल्छिन्। त्यही क्रममा आफ्नै भान्जासँग उनको प्रेम हुन्छ। एकदिन भान्जा र माइजूको प्रेम सम्बन्धबारे कंशले थाहा पाउँछन्। यसले उनलाई असह्य पीडा र छटपटी हुन्छ। उनले एउटा उपाय निकाल्छन् – कृष्णलाई बारी फुल्वारमा फूल टिप्न पठाउने। त्यो बारी फुल्वार नागराजको निगरानीमा थियो। कसैले पनि त्यहाँबाट फूल टिपेर ल्याउन सकेको थिएन। टिप्न जानेलाई नागराजले डसेर मारिदिन्थ्यो। कंशले आफ्नै हातले भान्जाको हत्या गर्न नचाहेर उनलाई त्यहाँ पठाएका थिए, ताकि नागराजले डसेर उनलाई मारिदेओस्।                                                                                                                                          तस्बिर: जित ट्रासन गरूड पुग्दा कृष्ण बेहोस भइसकेका हुन्छन्। उनलाई बचाउने औषधि खोज्दै गरूड एक ऋषिको कुटीमा पुग्छ। ऋषिले सिकाएको विधि पूरा गरेपछि कृष्णको होस फर्किन्छ। उनी फूल लिएर मामाको दरबारमा फर्किन्छन्। यसरी कृष्णले फूल लिन गएको प्रसंग थारूहरूले खेतीपाती बेला गाउने सजना गीतमा समावेश छ, जसमा नागले कृष्णलाई सोध्छ — 'सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि' अर्थात्, 'ए कृष्ण! तिम्रो गाई हरायो कि बाटो भुलेर यहाँ आयौ? यसको जवाफमा कृष्ण भन्छन् — 'ना मोरे गौवा हेरानी रे, ना मोरे रहिया भुलानि  कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ।' अर्थात्, 'न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ तिमीले रक्षा गरेको फूल मेरो मामाको पूजाका लागि टिप्न आएको हुँ।' यसरी कष्टपूर्ण रूपले फूल टिपेर फर्किएपछि कृष्णले पनि मामाले आफूलाई मार्न खोजेको थाहा पाउँछन्। त्यसपछि उनी मामा पूजा गरिरहेका बेला पूजाकोठाभित्रै छिर्छन् र तरबारले हानेर मामाको वध गर्छन्। कृष्णको यही कथासँग थारू समुदायको रक्सीको संस्कृति जोडिएको छ। 'कृष्ण चरित्र परम्परा' माथि अनुसन्धान गर्दै विद्यावारिधि गरेका कृष्णराज सर्वहारीले हामीलाई थारू समुदायको रक्सी संस्कृतिबारे वर्णन गर्दा कृष्ण र रक्सीसँग जोडिएको सखिया गीतको एउटा पंक्ति नै गाएर सुनाए। उक्त गीतमा कृष्णका बुवाले आफ्नो छोरालाई फूल टिप्न नपठाउनू भनी कंशसँग आग्रह गर्छन्। उनी कंशलाई अनुनयको शैलीमा भन्छन् — 'तालभर मदियामै डेहबु छोडिदेउ कन्हैया के जिउ।' अर्थात्, 'म तिमीलाई तालभर रक्सी दिन्छु तर तिमीले मेरो कृष्णको जीउ जोगाइदेऊ।' जवाफमा कंश भन्छन् — 'तलभर मदिया मैं नै लेहबुँ नहीँ छोरबु कन्हैयाके जीउ।' अर्थात्, 'मलाई तालभर रक्सी चाहिन्न म तिम्रो कृष्णको जीउ पनि छाड्दिनँ।' गीतको यही प्रसंग जोड्दै सर्वहारी भन्छन्, 'भगवान कृष्णको समयमै यति धेरै रक्सी उत्पादन हुने रहेछ, त्यसलाई राख्न ताल नै चाहिने रहेछ। थारूहरूको गीतमा रक्सीको यति पुरानो सन्दर्भ उल्लेख हुनुले यो समुदायमा रक्सीको संस्कृति निकै पुरानो भएको बुझिन्छ।' उनका अनुसार थारू समुदायमा गाइने अष्टिम्की गीतलाई लयान्तर गरेर गाइने गीत नै सखिया हो, जसमा गोलो घेरा बनाएर नाच्ने चलन छ। देवी–देवताको सन्दर्भ जोड्दै गाइने भएकाले देवतालाई रक्सी (छाँकी) चढाएर मात्र गीत सुरू हुन्छ। सखिया गीत हरेरी पूजादेखि गाउन थालिन्छ र तिहारपछि विधिवत पूजा गरेर अन्त्य गरिन्छ। सखियाजस्तै देवताको स्तुति गान भएको अर्को गीत हो, बर्किमार। यसलाई कतिपयले थारू महाभारत पनि भन्छन्। यो गीत सुरू गर्नुभन्दा अगाडि पनि रक्सी चढाउन अनिवार्य छ। ढमारलाई ढुमरु पनि भनिन्छ। यो सँगै बजाइने बाजा डफ हो। गीतकै कुरा गर्दा ढमारलाई पनि महत्वपूर्ण मानिन्छ। यसलाई ढुमरू पनि भनिन्छ। योसँग बजाइने बाजालाई डफ भनिन्छ। यो गीत पुसको अन्तिम साता गाइन्छ। विशेषगरी पुसको अन्तिम साँझ साथीभाइकहाँ गएर ढमार गाउँदै सुँगुरको मासु र जाँड खाँदै रातभर जाग्राम बस्ने चलन छ। थारू समुदायका हरेक पर्व वा ऋतुका लागि विशेष गीत र नाच छन्, जसले यो समुदाय कलामा सम्पन्न भएको बुझ्न सकिन्छ। थारूहरूको लोक साहित्य र गीतहरूमा कृष्ण मात्र होइन; राम, सीता, पाण्डव लगायत पात्रहरू पनि आउँछन्। थारू गुर्वा (धामी/पुजारी) हरूले वाचन गर्ने मन्त्रमा महादेव-पार्वतीको वर्णनसमेत छ — 'गौरी टे गैनै जगाई रे, उठो हो महादेव बसहा बरडा बेचि डारो, छिन भर सुटो।'  यो मन्त्रमा कृष्णका बुवाझैं महादेव पनि खेतीमा लागेको प्रसंग छ। निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्, 'कति सुत्छौ ए महादेव! यहाँ ग्राहक आएका छन्, बसहा (गोरू) बेच अनि फेरि सुत।' कैलाली घर भएकी इन्दु थारू आफ्नो समुदायमा कृष्ण, राम, सीता लगायतका भगवानको पूजा गरिए पनि यो मौलिक चलन नभएको बताउँछिन्। समय क्रममा थारूहरूमा हिन्दु धर्मको प्रभाव परेको उनको भनाइ छ। उनका अनुसार थारूहरू खासमा प्रकृति पूजक हुन्, त्यसैले खोला, खेतबारी, माटो, वनजंगल लगायतको पूजा गर्छन्। थारूहरूको मौलिक देवता पनि माटोले नै बनाउने चलन छ। त्यसको आकृति घोडा, भेडा, बाघ लगायत हुन्छन्। इन्दुको घरमा पुजिने देवता भेरूवा अर्थात् भेडा हो। भेरूवासँगै थारूहरूका देवताको नाम घोरूवा, गुर्बाबा, खेखरी–मैयाँ, सौंरा, डहरचण्डी लगायत छन्। ती देवताको पूजा गर्दा पनि अनिवार्य रूपमा रक्सी चढाउनुपर्छ।                                                                                                                                              तस्बिर: यम चौधरी 'अरू समुदायको घरमा फूल र अगरबत्ती चढाएजस्तै हाम्रोमा रक्सी अनिवार्य हुन्छ,' इन्दुले भनिन्, 'हाम्रोमा देवतालाई चढाउने सबै सामग्री पुरूषहरूका हातबाट अर्पण गरिन्छ। त्यसैले घरको पूजा गर्न छोरा नै चाहिन्छ भन्ने भनाइ छ। छोरा नभएको घरमा देवता नास हुन्छ भनिन्छ। कतिपय अवस्थामा देवता जोगाउन केटालाई विवाह गरेर केटीको घर ल्याएर राख्ने चलन पनि छ।' जहाँ थारू, त्यहाँ दारू ! थारू समुदायमा एउटा भनाइ प्रख्यात छ – जहाँ थारू, त्यहाँ दारू! यो भनाइले पनि थारू समाजमा रक्सी कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ। थारूहरू रक्सीलाई मद वा दारू भन्छन्। देवतालाई चढाइने रक्सीलाई 'छाँकी' भनिन्छ। उनीहरूको जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न। बच्चा जन्मिएको छ दिनमा छैठी हुन्छ। त्यसमा छरछिमेक, आफन्तजन र बरघर (गाउँका मुखिया) लाई बोलाइन्छ। उनीहरूलाई विभिन्न किसिमका खानेकुरा खुवाइन्छ। सुत्केरीको स्याहारसुसार गर्ने सुँडिनीलाई पनि विशेष सम्मानका साथ खुवाइन्छ। ती परिकारहरूमा मद वा रक्सी पनि समावेश गरिएको हुन्छ। बच्चा जन्मिएको नौ दिनमा पनि सुँडिनीको भूमिका महत्वपूर्ण हुन्छ। 'घटुवा टिकना' भनिने त्यो दिन बच्चाको सालनाल झरिसकेपछि सुँडिनीले आमा र बच्चाको लुगा धोइपखाली गर्छिन् र जिउ मालिस गर्छिन्। त्यस दिन पनि गाउँघरका इष्टमित्र बोलाएर विभिन्न परिकारसँगै रक्सी खुवाइन्छ। 'थारू समाजमा अहिलेसम्म अस्पतालमा प्रसूति गराउनुभन्दा सुँडिनीकै सहयोग लिइन्छ। हाम्रो लोककथामा कान्हाँकी आमाको प्रसूति गराउँदा कुशल नर्सझैं सुँडिनीले उनको पेट मालिस गरेको र बच्चाको स्याहारसुसार गरेर प्रसूति सेवा दिएको प्रसंग छ,' कृष्णराज सर्वहारीले भने, 'थारू समाजमा आफैं न्वारान गर्ने चलन भए पनि अष्टिम्की काव्यमा सुँडिनीले कान्हाँको नाम राख्न जैसी (ब्राह्मण) बोलाउन पठाएको प्रसंग छ। जैसीले नै उनको नाम कन्हैया वीर राख्छन्।' विवाहमा त रक्सी अनिवार्य नै हुन्छ। दुलाहाको जन्ती जानुअघि उनलाई देवताको कोठामा लगिन्छ, जसलाई 'देहुरार' भनिन्छ। त्यहाँ उनले कपडा लगाउँछन्। घरबाट निस्कनुअघि दुलाहाले दुई किसिमका मद आफूले पुज्ने भगवानलाई चढाउनुपर्छ, जसलाई 'तौला' र 'बजारी' मद भनिन्छ। तौला भनेको घरमै बनाएको कडा खालको रक्सी हो। बजारी भनेको बजारबाट किनेर ल्याएको रक्सी हो। यी दुवैथरी रक्सी चढाउँदा आफ्नो यात्रा सफल होस् भन्ने कामना गरिन्छ। 'विवाहको बारात जानुअघि दुलाहाको घरबाट विशेष किसिमको पाहुर (कोसेली) लगिन्छ, जसलाई 'पर्छे जइना' भनिन्छ। त्यो लग्दा पनि अनिवार्य रूपमा मद वा दारू लगिएको हुन्छ,' सर्वहारीले भने, 'विवाह भएको वर्ष दुलाहाले दुलहीको घरमा विभिन्न किसिमका सामग्री लिएर जानुपर्छ, जसलाई 'जेउरालगेना' भनिन्छ। त्यसमा आफ्नै हातले बुनेको पंखाका साथै कुर्सीजस्तो मचिया, गुन्द्रीसहित मद पनि लग्नुपर्छ।' थारूहरू कबिला अर्थात् समूहमा बस्न रूचाउँछन्। उनीहरू एक्लै बस्न नरूचाउने भएकाले नजिक नजिक घर बनाउँछन्। उनीहरूलाई गाउँको संरक्षण गर्ने अगुवा चाहिन्छ, जसलाई 'बरघर' भनिन्छ। ठाउँअनुसार यसलाई महटाँवा, ककनदार, प्रधनवा, भलमन्सा पनि भनिन्छ। थारू समुदायमा बरघर अर्थात् गाउँका अगुवाको विशेष महत्व हुन्छ। उनी थारू समुदायका मेरूदन्ड हुन् भन्दा फरक पर्दैन। उनले गाउँघरमा शान्ति, सुव्यवस्था कायम राख्नुसँगै न्यायिक निर्णय पनि गर्छन्। गाउँघरमा झैझगडाको छिनोफानो होस्, बाटोघाटो, कुलो बाँध बनाउनुपर्ने होस् वा पूजा, बिहे र भोजका लागि स्वयंसेवक खटाउनुपर्ने होस्; त्यसमा बरघरको भूमिका महत्वपूर्ण हुन्छ। गाउँलाई एक सूत्रमा बाँध्दै सामाजिक, सांस्कृतिक र न्यायिक कामको नेतृत्व पनि बरघरले नै गर्छन्। त्यही भएर सही नेतृत्व गर्नसक्ने पोख्त व्यक्तिलाई बरघर बनाइन्छ।                                                                                                                                               तस्बिर: यम चौधरी थारू समुदायले लामो समयदेखि मान्दै आएको बरघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता दिएको छ। नगरपालिकाले बरघर संस्था परिचालन ऐन २०७८ नै पारित गरेको छ। शुक्लाफाँटाभन्दा अघि बर्दियाको बारबर्दिया नगरपालिकाले पनि यो प्रथालाई कानुनी मान्यता दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८०/८१ को आफ्नो वार्षिक नीति तथा कार्यक्रममा थारू समुदायको बरघर प्रथालाई प्रवर्द्धन र संरक्षण गर्ने जनाएको छ। यसबाट थारू समुदायमा बरघर प्रथाको महत्व कतिसम्म छ भन्ने थाहा हुन्छ। '२००७ सालअघि तराईका थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो। धनी वर्गका थारूहरू राज्य र प्रजाबीचका मध्यस्थकर्ता थिए। उनीहरू राज्यको कर उठाउँथे। स-साना मुद्दामामिला हेर्थे र विविध प्रशासनिक कामहरू पनि गर्थे। यो काम दाङको प्रगन्नाका चौधरीहरूले गर्ने गरेको पाइन्छ,' सर्वहारीले भने, 'त्यस्ता अगुवा चौधरी हाल एउटै गाउँको अगुवा बरघरमा सीमित भए। यसले थारूहरूको परम्परागत प्रणालीको ढुकढुकी जोगाइराखेको छ।' गाउँको अगुवापछि थारूहरूलाई धामी–झाँक्री वा गुर्वा पनि उत्तिकै चाहिन्छ। कुनै रोग नलागोस् र महामारी नहोस् भनेर संरक्षकका रूपमा उनीहरू गुर्वाकहाँ जान्छन्। 'जाँड नमिठो भयो भने गुर्वासँग अक्षता हेर्न लगाउने र मन्त्र फुकाउने चलन पनि छ,' सर्वहारीले भने। थारू समुदायले दसैंमा सेतो टीका लगाउँछन्। दसैंमा उनीहरू बरघरको घरमा टीका थाप्न जान्छन्। त्यस बेला करहई (माटोको सानो भाँडा) मा मद कोसेली लानुपर्छ। 'दसैंमा बरघरसँगै गुर्वाकहाँ टीका थाप्न जाँदा रक्सी लैजानुपर्छ,' सर्वहारीले भने, 'पहिले हाम्रो समुदायमा कमैया प्रथा थियो। त्यस बेला कमैयाहरू मालिकको घरमा टीका थाप्न जान्थे। त्यति बेला पनि रक्सी लिएर जानुपर्थ्यो। कमैया प्रथा अहिले छैन। गुर्वा, धामी र बरघर प्रथा भने कायम छ।' बरघरको भूमिका गाउँको झगडा मिलाउन पनि उत्तिकै हुन्छ। 'दुई पक्षबीचको झगडा मिल्यो भने दुवै पक्षले बरघरका अगाडि एक-एक बोतल मद राख्नुपर्छ। त्यसलाई उनी झगडा भएका दुवै पक्षसँग बसेर खान्छन्,' सर्वहारीले भने, 'यसरी खानपिन गर्दा अबबाट हामी झगडा गर्दैनौं भनेर बरघरलाई साक्षी राख्ने चलन छ।' इन्दु थारूका अनुसार उनको घरमा मान्ने दसैं हिन्दुहरूको भन्दा फरक छ। 'दसैंमा ठूलाबाट टीका थाप्ने र दक्षिणा लिने चलनबारे मैले स्कुलमा निबन्धहरू पढेर थाहा पाएकी हुँ,' उनले भनिन्, 'हाम्रो चलनमा दसैंमा पितृहरूको सम्झना गरिन्छ। आफ्नो देवतालाई पूजा गरिन्छ। पूजामा विभिन्न सामान चढाइन्छ, जसलाई पछि नदीमा लगेर सेलाउनुपर्छ।' उनले अगाडि भनिन्, 'दसैंको समयमा एक दिन डुतिया हुन्छ, जसमा आकाशको चन्द्रमा हेरिन्छ। बेलुका सबै जना सडकमा निस्किएर आकाशको खुर्पे चन्द्रमा हेर्छन्। दसैंको एकदिन पैनस टोपी धुने भनिन्छ। त्यस बेला आफ्नै हातले बनाएको पैनस टोपी अर्थात् ढिक्री उसिन्ने ढकिया धोइन्छ। अर्को दिन ढिक्री पकाइन्छ। टीकाको दिन सेतो टीका लगाइन्छ। हिजोआज कतिपयले रातो टीका लगाउने र पैसा दिने चलन पनि सुरू भइसक्यो, जुन हाम्रो आफ्नो चलन होइन।' रक्सी धेरै चाहिने अर्को मुख्य परम्परा 'माघ' हो। थारू समुदायलाई माघको एक महिना विशेष महत्वको हुन्छ। पुसको अन्तिम दिन उनीहरू रातभर एकैठाउँ भेला भएर गीत गाउँछन्। नाचगान गर्छन्। माछा-मासु लगायत परिकार खान्छन्। अर्को दिन नजिकैको नदी वा खोलामा नुहाएर माघ १ लाई स्वागत गर्छन्। माघ १ लाई थारूहरू नयाँ वर्षका रूपमा मनाउँछन्। यो महिनाभरि उनीहरू शुभकामना र आशीर्वाद आदानप्रदान गर्छन्। सरसफाइ र खानपिन गर्छन्। आगामी दिनका योजना बनाउँछन्। आफ्नो ठाउँका बरघरको चयन पनि गर्छन्। 'हाम्रोतिर एक महिनै माघ मनाइन्छ। एक गते चाहिँ विशेष हुन्छ। बिहानै उठेर नुहाउने, नाच्ने, गाउने, जाँड-रक्सी खाने गरिन्छ,' इन्दु थारूले भनिन्, 'एक महिनासम्म हामी आफन्तकहाँ पाहुना भएर आउजाउ गर्छौं। त्यही भएर माघमा सबभन्दा धेरै जाँड-रक्सी खान्छौं।' माघमा छोरीचेलीलाई कोसेली दिने चलन पनि छ, जसलाई 'निसराउ' भनिन्छ। बिहान नुहाएर आइसकेपछि चामल, दालका साथमा निसराउस्वरूप नगद र लुगाफाटो उपहार दिइन्छ। विवाह भइसकेका छोरीबेटीले आफ्ना दाजुभाइलाई ढिक्री, सुँगुरको मासु लगायत खानेकुरासँग गुलियो जाँड र रक्सीले सम्मान गर्छन्। गीतमा समेत यो प्रसंग भेट्न सकिन्छ — 'आझु आझु कैले रे डाडु आजु नहि अइले रे, सखि रे! भुरि करैयक मडिया गैइला रे अमलाइ...' अर्थात्, 'आज आज भन्दै धेरै दिन पर्खिएँ दाजु तर तिमी आएनौ तिम्रो प्रतिक्षा गर्दागर्दै कराईमा राखेको मद पनि अमिलो भयो।' हिजोआज 'माघ' पर्वलाई धेरैले 'माघी' भनेर चिन्छन्, जुन गलत भएको इन्दु बताउँछिन्। 'हामी त माघ भनेरै मनाउँछौं। हाम्रो गाउँतिर पनि सबैले माघ नै भन्छन्। तर पढेलेखेका भनिने अन्य समुदायले हाम्रो शब्द बिगारिरहेका छन्। त्यसो हुनु भनेको हाम्रो मौलिक शब्द र संस्कृतिमाथि प्रहार हो,' उनले भनिन्। माघलाई माघी बनाएजस्तै थारू समुदायका अन्य नाम पनि फरक सम्बोधन हुँदै आएको छ। जस्तो, बरघर शब्दलाई बडघर, घोराघोरी ताललाई घोडाघोडी, अटवारी पर्वलाई अइटवारी र कटैनी नदीलाई कटनी भनिन्छ। यस्ता उदाहरण अरू पनि थुप्रै छन्। थारूहरूको शब्द र संस्कृतिसँगै उनीहरूका खानेकुरासमेत सरकारी तहले प्रवर्द्धन नगरेको र अपहेलना गरेको इन्दुको गुनासो छ। 'हामीले खाने घोंगी, सुँगुर लगायत खानेकुरालाई निच मानेर अपहेलना गरियो। हामी त घोंगी खान्छौं, तर शंखेकीरा खाने थारू भनेर हामीलाई हेपिन्छ। माओवादी र पुलिसहरूले हामीले खाने जाँड घर-घरमा आएर फाल्ने गरेका छन्,' उनले भनिन्, 'थारूहरूलाई जाँड खाने समुदाय भनेर पनि हेला गरिएको पाइन्छ।' उनले अगाडि भनिन्, 'खानै नहुने भए त मेरी हजुरआमाले हजुरबुवालाई जाँड बनाएर खुवाउनु हुन्थेन होला नि! हामीले बनाएको जाँड-रक्सी फाल्ने, अनि विदेशी लेबल लागेको चाहिँ बेच्न दिने कहाँको न्याय हो? आदिवासीले बनाएको अयोग्य र पुँजीपतिहरूले बनाएको योग्य भन्ने पनि कहीँ हुन्छ र?' सरकारी मान्यता नपाए पनि थारू समुदायमा जाँड-रक्सीको महत्व अन्य आदिवासी समुदायमाझैं छ। जाँड-रक्सी खेतमा काम गर्नेलाई पनि उत्तिकै आवश्यक मानिन्छ। एकाबिहानै खेतमा गोरू जोत्न जानुछ भने उनीहरू खाजासँगै जाँड-रक्सी खान्छन्। दिउँसो र बेलुकाको खाजासँग पनि जाँड-रक्सी खान्छन्। कृष्णराज सर्वहारीका अनुसार बिहानको खाजालाई 'बासी', बिहानको खानालाई 'कलवा', दिउँसोको खाजालाई 'मिझ्नी' र बेलुकाको खानालाई 'बेरी' भनिन्छ। 'थारूहरूले जुनसुकै बेला जाँड-रक्सी खाएको देख्नुभयो भने त्यसलाई ठूलो कुरा नमान्दा हुन्छ,' सर्वहारीले भने, 'यसले जिउ फुर्तिलो राख्छ र काम गर्ने शक्ति दिन्छ। खेतमा काम गर्ने मान्छेलाई जति नै पैसा दिए पनि जाँड-रक्सी दिइएन भने उनीहरू साँझको खानासँग त जसरी पनि चाहिन्छ भनेर गुनासो गर्छन्। जाँड-रक्सी नदिने घरमा त उनीहरू काम गर्न पनि चाहँदैनन्।' अतिथिहरूको सम्मान गर्दा पनि तातो चियाभन्दा चिसो चिया अर्थात् जाँड-रक्सी खुवाएर स्वागत गर्नुले अर्थ राख्छ। थारू समुदायमा जाँड पनि रक्सीजस्तै लोकप्रिय छ। तर कोसेली र अतिथि सत्कारमा जाँडभन्दा रक्सी नै चाहिन्छ। 'पाहुनाहरू आए भने अनिवार्य रूपमा रक्सी दिने चलन छ। हामी आफू बरू जाँड खान्छौं, तर पाहुनालाई सकेसम्म रक्सी नै दिन्छौं,' सर्वहारीले भने, 'पाहुनालाई चिया दिएर स्वागत गर्नुपर्‍यो भने थारूहरू आफूले आफैंलाई अपमान गरेको ठान्छन्। त्यति टाढाबाट आएको मान्छेलाई राम्ररी सम्मान गर्न सकिएन भनेर नराम्रो महसुस गर्छन्।' जाँडको झोललाई थारू समुदायमा 'झोर' भनिन्छ। जाँडको तुलनामा रक्सीको महत्व भए पनि अनदी चामलको जाँड दिइएको छ भने त्यो सम्मान गरेर दिएको भन्ने बुझिन्छ। 'अनदीको विशेषता के हो भने यो एकदमै गुलियो हुन्छ। त्यही भएर महिलाहरूले पनि खान रूचाउँछन्। भर्खर जाँड खान सिक्दै गरेका सिकारू छन् भने पनि अनदीको जाँड चखाइन्छ,' सर्वहारीले भने। थारू समुदायमा कतिपयले जाँड बनाउन भनेरै अनदीको धान रोप्छन्। अरू धान बेचे पनि यसलाई बेच्दैनन्। हिजोआज अनदीको धान लोप हुँदै जान थालेकाले बेच्ने क्रम घट्दै गएको छ। यसको बिउ मासिन लागेकाले केही गाउँपालिकाले प्रवर्द्धन गर्दै अनुदान दिन थालेका छन्। थारू समुदायमा अनदीको चामलबाटै बनाइने 'चिचर' पनि प्रख्यात छ। भिजाएको अनदी चामललाई वाष्पीकरण गरेर यो परिकार पकाइन्छ। विशेषगरी जाडोमा खाने चिचर हिजोआज थारू होमस्टेको प्रख्यात खानेकुरा बन्दै गइरहेको छ। 'अनदी चामलको भात खाएपछि यसले जिउ र गोलीगाँठो दुख्ने समस्या निको हुन्छ भन्ने भनाइ छ। त्यसो भन्दैमा धेरै भने खानु हुन्न। हाम्रोमा एक डल्लोभन्दा बढी खानु हुन्न भन्ने मान्यता छ,' सर्वहारीले भने। थारूहरूले रक्सी बनाउने भाँडा तलदेखि माथिसम्मै माटोको हुन्छ। तलको भाँडालाई 'गुम्रा', बीचलाई 'डोरिया' र माथि पानी हाल्ने र निकाल्ने भाँडालाई 'निर्कना' भनिन्छ। उनीहरूकोमा रक्सी वाष्पीकरण भएर भित्र राखिएको बीचको भाँडामा जम्मा हुँदैन। बरू बीचमा एउटा टुटी जोडिएको हुन्छ, जसलाई 'डोरिया' भनिन्छ। त्यही टुटीबाट रक्सीको थोपा बाहिर आउँछ र भाँडामा जम्मा गरिन्छ। थारू समुदायमा महुवाको रक्सीलाई विशेष मानिन्छ। महुवा यस्तो वनस्पति हो, जसको फल, फूल, पात, बोक्रा र जरासम्म खान र औषधि बनाउन मिल्छ। यसको फूलबाट भने रक्सी बनाइन्छ, जसमा आइरन लगायतका औषधीय गुण बढी हुने मान्यता छ।                                                                                                                                             तस्बिर: यम चौधरी 'महुवाले जिउ दुखेको निको पार्छ भन्ने बुझाइ छ। यसलाई जाडोमा खान भने त्यति उपयुक्त मानिन्न। किनभने, यसले सर्दी लगाउन सक्छ। तर यसलाई विशेष खालको मद मानिन्छ,' सर्वहारीले भने। महुवाको बोट जंगलतिर मात्र पाइने भएकाले यसको फूल खोजेर ल्याउन दुःख हुने उनी बताउँछन्। 'अन्नको रक्सी त जसरी पनि बनाउन सकिने भयो, तर महुवाको बोट हाम्रोतिर नरोपिने भएकाले निकै दुःखले खोजेर ल्याउनुपर्छ,' उनले भने। थारू संस्कृतिसँग महुवा अभिन्न रूपले जोडिएकाले यस वर्षदेखि विभिन्न गाउँपालिका र नगरपालिकाले महुवाको बोट रोप्नुपर्छ भनेर सामुदायिक वनहरूसँग वृक्षारोपणमा सहकार्य गरेका छन्। खासगरी बर्दिया र कैलालीमा यो अभियानकै रूपमा अगाडि बढेको सर्वहारीले बताए। जाँड-रक्सी बनाउने काम विशेषगरी महिलाहरूले गर्छन्। सर्वहारीकी श्रीमतीलाई पनि यो सीप आउँछ। इन्दुकी आमा र हजुरआमालाई पनि आउँछ। त्यो सीप आफ्नो पुस्तासम्म नपुग्नुलाई इन्दु दुर्भाग्य मान्छिन्। 'जाँड-रक्सी बनाउने काम महिलाको सीपसँग जोडिएको छ। कसरी बनाउने, औषधि कति हाल्ने, पानी कति हाल्ने लगायत ज्ञान चाहिन्छ,' उनले भनिन्, 'अलिकति तलमाथि भयो भने सबै बिग्रन्छ। त्यो ज्ञान मसँग छैन भन्दा मलाई नराम्रो लाग्छ।' उनले अगाडि भनिन्, 'जाँड-रक्सी खानु नराम्रो हो भनेर अपहेलना गर्दै गयौं भने हामीले हाम्रो संस्कृतिसँग अभिन्न रूपले जोडिएको यो पेय गुमाउन धेरै समय लाग्दैन।' सेतोपाटीबाट  

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१०६७ दिन अगाडि

|

१९ असोज २०८०

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो ।  नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।   महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्दै छ ।   यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए । रासस 

म हारें तर थाकस जित्नैपर्छ

म हारें तर थाकस जित्नैपर्छ

१०७० दिन अगाडि

|

१६ असोज २०८०

यतिबेला थारु कल्याणकारिणी सभा (थाकस) केन्द्र महाधिवेशनको संघारमा छ । त्यसैले, जिल्ला जिल्लामा अधिवेशन भैरहेको छ । यसै क्रममा थाकस कैलालीको जिल्ला अधिवेशन हुनु भन्दा ६÷७ महिना अगावै धनगढीमा एक छलफलको बिचमा आउँदो अवधिको लागि थाकस कैलालीको सभापति कसलाई बनाउने भन्ने कुरा उठेको थियो, जसमा केही सहृदयी मित्रहरुले मेरो नाम प्रस्ताव गर्नु भएको थियो ।  सभापतिमा पुरुष भैसकेपछि सचिवमा महिला भन्ने कुरो प्रस्ताव आएपछि बसन्ती चौधरीको नाम पनि आयो । म सुरुमा त केही बोलिन तर पछि साथीहरुको व्यापक दवावपछि प्रस्ताव स्वीकार्न बाध्य भएँ ।  थाकस कैलाली जिल्ला समितिले २०८० असोज ६ गते अधिवेशन गर्ने भनी समय तोकिसकेपछि साता दिन अगाडि मात्रै सभापतिको उम्मेदवार आफू हुने कुरा म सामाजिक सञ्जालमा जानकारी गराएँ । जानकारी गराउनुको उद्देश्य सम्भावित उम्मेदवार पत्ता लगाउनु र चुनाव नभई सर्वसम्मत अधिवेशन सफल होस् भन्ने मेरो चाहना थियो ।  तर, असोज ६ गते उम्मेदवारी दिंदा कमिटिमा जिल्ला सचिव रहेका देशराम चौधरी र सदस्य रहेका बीर बहादुर चौधरीले पनि उम्मेदवारी दिए । धेरै पहिले मेरो नाम प्रस्ताव हुँदा, चर्चा भैसक्दा ती साथीहरु किन बोलेनन् ? कसको सल्लाहमा उम्मेदवारी दिए ? किन सहमति जुरेन ? पछि मात्रै थाहा भयो ।  सामान्यतयाः अधिवेशन हुँदा त्यही दिन नसकिए रातबिरात भएपनि, त्यो पनि सम्भव नभए बिहानसम्म अधिवेशन सम्पन्न गर्ने चलन छ । तर, दलीय सोंच र दवावका कारण त्यस दिन अधिवेशन हुन नसक्ने पक्कापक्की नै भयो । अर्को शनिवार १३ गते चुनाव गर्ने मिति तोकियो । चाहँदा नचाहँदै आफू पनि नगर कमिटि, क्षेत्रीय कमिति, जिल्ला पार्षदहरुसँग भेट गरी भोट माग्नुपर्ने बाध्यता आइप¥यो ।  असोज १० गते साँझ राजबन्दी रामप्रसाद चौधरी र चुन्नीराम चौधरीसँग भेट भयो । जेलमा हुँदा दलगत स्वार्थ भन्दा आफू माथि रहेको सन्देश दिन प्रयत्न गर्ने मित्रहरु इस बीचमा बढी काँग्रेसी नेता भएको थाहा भयो । भित्री दिलमा बीरबहादुरलाई राखेपनि उनीहरु अझ पनि सहमतिको खोजीमा रहेको बिचार ब्यक्त गरेका थिए ।  प्रचारप्रसारमा निस्किएका हामी (माधव, ईन्दु, बसन्ती र म) सभापतिमा मलाई, उपसभापतिमा एक जना माओवादी र एक जना काँग्रेस, सचिवमा महिला राखौं भन्ने प्रस्ताव ग¥यौं, साथीहरु ठाडै इन्कार गरे । उनीहरु उपसभापतिमा माओवादी विचारकी सुस्मिता चौधरी निर्विरोध चयन भैसकेकीले अब उपसभापतिमा माओवादीका अर्का उम्मेदवार बतासुलाई स्वीकार्न नसकिने, दुइटै उपसभापति पद काँग्रेसलाई दिइनुपर्ने अडान लिए ।  मतदातामा काँग्रेसको पकड रहेकोले राजबन्दी साथीहरुको त्यस्तो आवाज आउनु स्वाभाविक लाग्यो । हामी कन्भिन्स गर्न सकेनौं । ११ गते पनि प्रचारमा हिँड्यो । प्रचारको लागि अन्तिम दिन भएकोले बर्दगोरियामा काँग्रेस प्यानल र हाम्रो मिक्स प्यानलको जम्काभेट भयो । नगर कमिटि, क्षेत्रीय कमिटि, जिल्ला पार्षदहरुसँग दुबै प्यानलले आआफ्ना कुरा राखी भोट माग्यौं । त्यहाँबाट हामी हिँड्यो, काँग्रेसका प्यानल कतिबेरसम्म त्यहाँ बस्यो थाहा भएन । तर, त्यस दिन काँग्रेसको दलिय ह्वीप जारी भएको कुरा भने थाहा भयो ।  दुःखको कुरा  उम्मेदवार बीचमा सहमति हुन नसकेकोले निर्वाचन मण्डलले १३ गते मतदानको घोषणा ग¥यो, दुवै पक्ष हामी सकेजति प्रचारप्रसार ग¥यौं । चुनाव भन्ने खेल सम्पन्न भयो, खेलमा एकले जित्छ, अर्कोले हार्छ, त्यो खेलमा म केवल ३ मतले हारें, बिरुले जिते ।  हार्दा मलाई रत्तिभर दुःख छैन । तर प्रचारप्रसारको दौरानमा केही काला दिल भएकाहरुले यो दिललाई लगाएको गलत आरोपले चाहिं मलाई दुःखी बनायो । सधैँ उकुसमुकुस, दुःखमा बाँच्ने ती मनुवाहरुले मलाई ढकिया पार्टी, एमाले पार्टी भनी ठाउँ ठाउँमा आरोप पनि लगाए । तिनले लगाएका आरोपले मलाई छोएन । तर ती काला दिलका मनुवाहरुले मलाई टीकापुरको थारु बिद्रोहमा मारिएको नाबालक साउद थारुहरुले मारेको रिपोर्ट बनाउनमा इन्सेकलाई सल्लाह दिने, सहयोग गर्ने ब्यक्ति दिल बहादुर हो भनी लगाएको गम्भीर आरोपले मलाई साह्रै दुःखी बनायो ।  जबकि म ती नाबालक प्रहरीको गोलीबाट मारिएको कुरा धेरैपटक आफ्नो लेखमा लेखिसकेको छु, बोलिसकेको छु । मेरो बारेमा धेरैलाई थाहा भएपनि सबैलाई थाहा छैन, थाहा नभएकाहरुलाई त्यो कपटी कुरा सही लाग्न सक्छ भनेर दुःखी भएँ ।  रमाइलो कुरा  निर्वाचनको दिनमा मतगणना भइरहेको थियो । प्रतिस्पर्धा कडा थियो । मतगणनाको क्रममा ५÷ ७ मतले म अगाडि बढिरहँदा काँग्रेसका प्यानल बनाउने मित्रहरु आत्तिईरहेका थिए । अन्तिमको २६ मत गन्न बाँकी थियो, त्यही २६ मतमा मलाई ७ र बीरुलाई १८ मत प्राप्त भयो । मेरो र मेरो टिममा रहेका मित्रहरुको हार भएपछि काँग्रेसका मान्छेमा खुशीयाली छायो ।  गम्भीर आरोप लगाउने एक खुराफाती नेता त खुशीले अक्क न बक्क थिए । काँग्रेसको टिम नै बिजयी बनेपछि उनीहरुमा खुशी छाउनु स्वाभाविक थियो । खास गरी सचिव बसन्तीको हारमा उनकै संगठनका एक ब्यक्तिको अनुहारमा निकै चमक देखिन्थ्यो ।  एकजना पत्रकारमा पनि खुशी चरम उत्कर्षमा थियो, उनको खुट्टा भुइँमा थिएन, ठूलो स्वरमा कराइरहेका थिए, म बीरुलाई बधाई दिन जाँदा ती पत्रकार एक्कासी सम्हालिन पुगेका थिए । बिरुलाई बधाई दिन जाँदा उनी खुशीले गदगद थिए र मलाई २, ३ पटक अँगालो मारेका थिए ।  अनि मलाई लाग्यो, सर्वसम्मतिले चुनाव टुंग्याउँदा मान्छेमा जति खुशी हुन्छ, त्यो भन्दा धेरै बढी खुशी प्रतिस्पर्धा गर्दा हुने रहेछ । काँग्रेस उम्मेदवारका समर्थक, शुभचिन्तकमा छाएको खुशी हेर्न लायक थियो । म जितेको भए मेरा समर्थक, शुभचिन्तकहरुमा पनि त्यही खुशी प्रकट हुन्थ्यो होला ।  थाकस जित्नै पर्छ चुनाव हुँदा परिणाम निस्कँदा ताकाको क्षण चर्मोत्कर्षमा पुगेको हुन्छ । मान्छेका हाउभाउ, बोली, ब्यबहारमै केही क्षणका लागि भए पनि परिवर्तन आइदिन्छ, त्यो देखियो ।  चुनावी खेलमा ब्यक्ति हार्छ तर संस्थालाई हार्ने छुट हुँदैन, उसले जित्नै पर्दछ । त्यसैले म हारें, तर थाकस. जित्नै पर्दछ, उसलाई हार्ने छुट छैन । जुन लक्ष्य, उद्देश्य लिएर थाकस गठन भएको छ, त्यो लक्ष्य उद्देश्य बोकेर थाकस अगाडि लम्कनै पर्दछ, बढ्नै पर्दछ ।  थाकस कुनै पनि संगठनका दादा, बाबा वा सुप्रिमोहरुका दबाब, प्रभाव, बार, बन्धन वा ह्वीपबाट मुक्त हुनै पर्दछ । यही नै उसको जित हो ।  मार्गदर्शक सिद्धान्त र मूलाधार  मानवअधिकारकर्मीहरु मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गर्दछन् । थाकस पनि एक अधिकारवादी संगठन भएकोले मानवअधिकारसम्बन्धी विश्यव्यापी घोषणा पत्र उसको मार्गदर्शक सिद्धान्त हुँदै हो ।  थारु आदिवासी भएकोले आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र र आईएलओ महासन्धि न. १६९ पनि थाकसको मार्गदर्शक सिद्धान्त हो, जसको आधारमा उसले देशको संविधानमा आदिवासीहरुको अधिकार समेट्न दवाव दिन्छ । संविधानमा समेटिसकेपछि संविधानको आधारमा ऐन कानुन बनाउन सरकारलाई दबाब दिने गर्दछ । कुनै पार्टीको विधान थाकसको मार्गदर्शक सिद्धान्त बन्न सक्तैन ।  विशेष परिस्थितिमा थाकस आवश्यक  हाम्रा कतिपय नेताजीहरु थारु कल्याणकारिणी सभा एउटा संस्था भएकोले यसको काम छैन, यसले केही गर्न सक्तैन भन्ने आसयले कुरा गरेको देखिन्छन् । दल बराबर संस्थाले काम गर्न सक्तैन भनी अवमूल्यन पनि गरिरहेका देखिन्छन् ।  हो, दलीय ब्यवस्थामा दलको महत्व ठूलो हुन्छ, दलहरुले नै सरकार बनाउने हो, राज्य संचालन गर्ने हो । नेताहरुको सोंच विचार, योजना राम्रो भयो भने दल सबैथोक हो । तर, दल हाँक्ने नेताहरुको सोंच बिचार संकीर्ण भइदियो भने के गर्ने ?  मधेश प्रदेश दिएका नेताहरुले थरुहट प्रदेश दिएनन्, दलका भातृ संगठनले मात्रै गर्न सक्दो हो त थारुवान प्रदेश पाइहालिन्थ्यो नि तर पाइएन । त्यसैले, समय र परिस्थितिअनुसार संघ, संस्थाको पनि महत्व हुन्छ ।  कुनैबेला दलका बाबा, दादाहरुले शासक जातिहरुको लागि मात्र अधिकारको ब्यबस्था गरिदिन सक्छन्, जनताको अधिकार खोसिदिन सक्छन् भन्ने थियो । शाहकाल, राणाकालमा त्यही भएको हो । २०४७ देखि अहिलेसम्म अलिअलि मात्रै सुधार भएको छ । थारुहरुको धेरै माग सम्बोधन भएको छैन ।   थाकसले गर्नुपर्ने काम  थाकस सबै दल र सबै थारुहरुको भएकोले यसप्रति थारुहरुको विश्वास जगाउन यसमा प्रवेश गरेका जुनसुकै ब्यक्ति दलगत स्वार्थ भन्दा माथि उठेर आवाज उठाउन जरुरी छ । यो आँट सबै पदाधिकारीहरुमा हुनै पर्दछ । स्थानीय तह, प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमा उठ्ने बेला थाकसको कमिटिबाट राजीनामा दिनु आवश्यक छ ।  त्यसैगरी, अहिले कतिपय जिल्लामा थाकसका कमिटिमै रहेका पदाधिकारीहरुले बहुविवाह गरी बसेको कुरा चर्चामा छ । यदि साँच्चै हो भने थाकस कमिटि त्यस्ता पदाधिकारीलाई राजीनामा दिन लगाउनु पर्दछ वा कमिटिबाट निष्कासन गर्न सक्नु पर्दछ ।  थाकस अधिकारवादी संगठन भएको र २०७२ मा जारी भएको गणतान्त्रिक संविधानमा बहुविवाहलाई सामाजिक अपराध मानिएको छ । त्यसैगरी थाकसको बिधानमा बहुविवाहको अन्त्य गर्ने कुरालाई उद्देश्यमा राखेको र बहुविवाह गर्ने ब्यक्ति थाकसको लागि अयोग्य ठहरिने कुरा उल्लेख भएकोले त्यसो गर्न आवश्यक छ ।  त्यसैगरी, थाकस कैलालीले दर्जन भन्दा बढी ब्यक्तिहरुबाट २०७५ सालमा आजीवन सदस्यता शुल्क बुझी हिनामिना गरेको र सदस्यता शुल्क तिर्ने ब्यक्तिहरुमा थाकसप्रति बितृष्णा बढिरहेकोले थाकसले हिनामिना गर्ने ब्यक्तिलाई कारवाही गर्न जरुरी छ ।  यदि कारवाही गर्न नसके थाकसका पदाधिकारीहरुले नै रकमको जोहो गरी केन्द्रमा बुझाउने र शुल्क तिर्ने ब्यक्तिहरुलाई आजीवन सदस्यता दिन जरुरी छ । बिरु पहिले पनि जिल्ला सदस्यमा रहेको र अहिले झन जिल्ला सभापति भएकाले समस्या सल्टाउन जरुरी छ । त्यसैगरी, सहकार्य र समन्वय गरी धेरै काम गर्न सकिन्छ ।  समापनमा, समापनमा के भन्न चाहन्छु भने थाकस कैलालीको जिल्ला अधिवेशन अहिले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । बिशेष गरी, थारु राष्ट्रिय मुक्ति मोर्चामा बिशेष ध्यान दिने माओवादीमा लागेका थारुहरुको पनि यो बर्षदेखि थाकसमा ध्यानाकृष्ट भएको देखिएको छ ।  काँग्रेसको त के कुरा गर्नु र ! उसले त सहसचिवबाहेक जिल्ला कमिटिका सबै ठूला पदमा आफ्नो प्यानललाई जिताउन सफल भएको छ । यसबाट उ धेरै उत्साहित भएको छ । यदि यही उत्साह टिमको काममा पनि रहिरह्यो भने पक्कै पनि थाकस कैलालीले धेरै क्षेत्रमा सुधार गर्न सक्नेछ ।  गुण र दोषको आधारमा कमिटिको मूल्यांकन पछि होला । अहिले चाहिं नवनिर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिन र कार्य सफलताको कामना गर्न चाहन्छु ।  साथै, कुनै दलको सदस्यता नलिएको, गुण र दोषको आधारमा मूल्यांकन गर्ने दलबिहीन म जस्ता स्वतन्त्र ब्यक्तिलाई काँग्रेसको ह्वीप अगाडि कडा प्रतिस्पर्धी बनाउने मेरा साथीहरु, शुभचिन्तक, हितैषी सबै मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, सबैप्रति आभार ब्यक्त गर्न चाहन्छु ।  शान्तिपूर्ण रुपमा मतदान गर्ने सबै मतदाता, निर्वाचनमा खटिएका प्रहरी र निर्वाचन मण्डल, आयोजक कमिटि सबैलाई धन्यवाद दिन चाहन्छु । सबैको जय होस् । 

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विर बहादुर चौधरी चयन

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विर बहादुर चौधरी चयन

१०७२ दिन अगाडि

|

१४ असोज २०८०

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विरबहादुर चौधरी विजयी हुइल बटै । उहाँ अपन प्रतिद्धन्दी दिलबहादुर चौधरीसे ३ मतसे विजयी हुइल हुइट । सभापतिमे विजयी हुइल विरबहादुर चौधरी १५३ मत नन्लै, हुकान प्रतिद्धन्दी दिलबहादुर चौधरी १५० मत नन्लै । ओस्टेक सभापतिमे उम्मेदवार देशराम चौधरी २ मत प्राप्त करले बटै । उपसभापतिमे विजयी हुइल चुनीराम चौधरी १८७ ओ दुसरा विजयी उम्मेदवार लक्ष्मण चौधरी १५६ मत नन्लै । तीन ठो उपसभापति चाहलमे एक जाने महिला सुस्मिता चौधरी पहिले निर्विरोध निर्वाचित हुसेकल रही । ओस्टेक उपसभापतिके उम्मेदवार बतासु चौधरी१३६ मानबहादुर चौधरी २० मत प्राप्त करले बटै । सचिवमे बुधराम चौधरी १६० मत नानके विजयी हुइल बटै । हुकान प्रतिद्वन्दी बसन्ती चौधरी १४३ मत प्राप्त करले बटी । सहसचिवमे विनोद चौधरी विजयी हुइल बटै । उहाँ १५२ मत नान्के विजयी हुइल हुइट । उहाँक प्रतिद्वन्दी रतन चौधरी १२८ मन प्राप्त करले बटै । ओस्टे करके कोषाध्यक्षके दिव्य प्रिसासी चौधरी १६१ मत नान्के विजयी हुइल बटी । हुकान प्रतिद्वन्दी सुनिता चौधरी १३६ मत प्राप्त करले बटी । सभापतिमे पराजित हुइलेसे फे अपन समाजसेवाके काम जारी रहना दिलबहादुर चौधरी बटैले बाटैं । थारु कल्याणकारिणी सभा कैलालीके गैल कुवाँर ६ गते कैलारी गाउँपालिकाके हसुलियामे नवौ जिल्ला अधिवेशन सुरु हुइल रहे । उ रोज उदघाटन कार्यक्रम ओ बन्दशत्र करेबेर रात ११ बजलपाछे चुनाव कुवाँर १३ गते सारल रहे । पहुरासे 

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : मेटमणि चौधरी

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : मेटमणि चौधरी

१०७३ दिन अगाडि

|

१३ असोज २०८०

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी  हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन्।       उनले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु नहुने बताए । उनले भने, “अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रतिको नागरिकको भरोसा डगमगाएको हुनसक्छ  । यसप्रति शीर्ष राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ । व्यवस्थाप्रति  आकर्षण बढाउनुपर्छ । ” शीर्ष राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र गम्भीर भएर व्यवस्थालाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।   दाङ क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रतिनिधित्व गर्दै  उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।  सांसद चौधरी मुख्य गरी विकास, समृद्धि र अर्थतन्त्रसँग जोडिएका विषयमा सदनमा आफ्ना कुरा स्पष्ट ढङ्गले राख्ने नेताका रुपमा परिचित छन् । तर अहिले संसद् प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनजीविकाका कुरा त्यहाँ राख्न नसकेको अभाव खड्किने गरेको उनी बताउछन् ।       “बहन गर्नुपर्ने दायित्व र भूमिकाप्रति हामी सबै गैर–जिम्मेवार भयौँ । सरकारले संसद् चलाउन खोज्यो, प्रतिपक्षले अवरोध गर्छ । अवरोध भएपछि जनताको आवाज आउन पाउँदैन”, उनी भन्छन्, “मुलुकलाई निकास दिने दिशामा र जनताका आवाज उठाउने विषयमा न सत्तापक्ष गम्भीर छ, न प्रतिपक्ष नै गम्भीर छ । सत्तापक्षले बल्लतल्ल बैठक आह्वान गर्छ, तर प्रतिपक्षले विरोध र अवरोध गर्छ ।”       संसद्लाई प्रभावकारी बनाउन सरकारले प्रतिपक्षसँग निरन्तर सरसल्लाह गर्ने र प्रतिपक्षले पनि विरोध तथा अवरोधको माध्यमबाट नभई विधि र प्रक्रियाबाटै समस्याको समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्ने उनी बताउछन् । संसद्मा जनताका आवाज उठ्न नसक्नु र उठेका विषयपनि समाधान हुन नसक्नु गम्भीर विषय रहेको उनको बुझाइ छ  ।       पछिल्लो समय सांसदलाई विधायिकी भूमिकामा भन्दा विकास निर्माण र आयोजनाका काममा बढी केन्द्रित हुन थालेको भन्ने आरोप पनि लाग्ने गरेको छ । सांसद चौधरी पनि यसलाई आंशिकरुपमा स्वीकार्छन् । विकास निर्माणसँग जोडिएका नागरिकका आकांक्षालाई छाडेर सांसदले विधायिकी भूमिका मात्रै निर्वाह गर्नसक्ने अवस्था नरहेको उनी बताउछन् ।       “हामी जनप्रतिनिधि भएका कारणले जनताका कुरालाई केन्द्रमा राख्ने हो । जनताले हामीलाई राम्रो कानुन बनाउने, विधान बनाउने कुराभन्दा पनि अहिले बाटो, नहर, स्कुल, राम्रो बनाइदिउन् भन्ने चाहेका छन्”, उनी भन्छन्, “निर्वाचनका बेला हामीले प्रतिबद्धता जनाएका कुरा पनि यीनै हुन् । यसकारण एक विधायकका रुपमा निभाउनुपर्ने विधायिकी भूमिका केही कमजोर भएको मान्न सकिन्छ । यसलाई हामीले सच्याएर जानुपर्छ ।”       सन्तुलित विकासको अवधारणा अझै लागू हुन नसकेको धारणा पनि सांसद चौधरीले राखे । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने र त्यसैअनुसार विकासका काम अघि बढ्ने हुँदा सीमित व्यक्ति मात्रै लाभ पाउने अवस्था रहेको उनको भनाइ छ । बजेटमा विनियोजन कुशलता नदेखिएकै कारण सन्तुलनका लागि संसदीय क्षेत्र विकास कार्यक्रमजस्ता विभिन्न खालका योजना र कार्यक्रम चाहिएको सांसद चौधरी बताउछन् ।         “हामी सन्तुलित विकासको कुरा गरिरहँदा प्रधानमन्त्री, अर्थमन्त्री र मुख्य नेताको क्षेत्रमा धेरै बजेट जाने, तर जसको पहुँच छैन त्यस्ता नेताको क्षेत्रमा बजेट नपर्ने अवस्था छ । बजेट शून्य हुने अवस्था छ”, सांसद चौधरी भन्छन्, “संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले थोरै भएपनि विनियोजनमा सन्तुलनका लागि सहयोग पुग्छ ।”       सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा यस्तो कार्यक्रममार्फत अघि बढ्ने परियोजनामा भने पुँजीगत खर्च पनि बढी हुने उनको भनाइ छ । सरकारको पुँजीगत खर्च बढाउनका लागि यो कार्यक्रम आवश्यक रहेको सांसद चौधरीले बताए । त्यस्तै, यस्ता कार्यक्रमबाट हुने खर्च सांसदले आफू अनुकूल खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रका नागरिको विकास आवश्यकता पहिचान गरेर सोहिअनुसार योजना तथा कार्यक्रम तय गरिदिने मात्रै रहेको उनले स्पष्ट पारे ।       “विगतका अभ्यास हेर्दा यस्ता आयोजनामा ८० देखि ९० प्रतिशतसम्म बजेट खर्च भएको देखिन्छ । जबकि, अरु आयोजनामा मुस्किले ५० प्रतिशत पनि खर्च भएको देखिँदैन”, उनले भने,  “अर्को भनेको यो बजेट सांसदले खर्च गर्ने होइन । सांसदले सिफारिस गर्ने हो । आफ्नो क्षेत्रको विकासका आवश्यकता सांसदलाई थाहा हुन्छ ।”       यस्ता कार्यक्रमको अभ्यास अन्तर्राष्ट्रियरुपमा पनि प्रयोगमा रहेको उनको भनाइ छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अहिले अदालतको आदेशका कारण रोकिएको अवस्थामा छ तर चाँडै नै यसले निकास पाउने विश्वास उनले व्यक्त गरे । “कसैले निवेदन हालेपछि त्यसबारे बुझ्नका लागि अदालतले रोकेको होला । संसद्ले बजेट बनाउने तर अदालतले रोक्ने भन्ने हुँदैन”, सांसद चौधरीले भने, “कानुनी प्रक्रिया मिलेको छ वा छैन, कार्यान्वयन भएको छ वा छैन तथा त्यस्तो बजेटको गलत प्रयोग भएको छ कि जस्ता विषय अदालतले हेर्ने हो । यो विषयमा चाँडै नै फैसला आउला ।” अरु विभिन्न देशमा पनि सांसदले बजेटमा केहि स्वविवेक प्रयोग गर्न पाउने अभ्यास रहेको उनको भनाइ छ । पछिल्ला समय सांसदबाटै संसदीय मर्यादा उल्लङ्घनका घटना पटक पटक दोहोरिन थालेका छन् । संसदीय अभ्यास र संसद्को सर्वोच्चताका लागि यस्ता यस्ता विषयमा पनि सचेत हुनुपर्ने उनको भनाइ छ । “मर्यादा उल्लङ्घनका घटना दोहोरिनु भनेको बोल्दाखेरी ध्यान नपुर्याउँदा यस्तो स्थिति आउँछ । कुनै शब्द, कुन वाक्य बोल्ने भन्नेकुरा सांसदको हातमा भरपर्छ । राम्रो तयारी गरेर, सोचेर, लेखेर बोल्दा यस्तो अवस्था दोहोरिँदैन थिए ।”, उनी भन्छन् । रासस

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने !

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने !

१०७४ दिन अगाडि

|

१२ असोज २०८०

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् ।  ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।  थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।  उता, साझा उम्मदेवार बनाइए आफू पनि इलाम–२ बाट उठ्ने नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले बताइसकेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।