संसद्‌मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

संसद्‌मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

१०२५ दिन अगाडि

|

१ मंसिर २०८०

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

१०२८ दिन अगाडि

|

२७ कात्तिक २०८०

कुवेर गिरी नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । सबैतिर झिलिमिली बत्ती बाल्ने भएकोले यसलाई उज्यालोको पर्वसमेत भनिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा पनि देख्न सकिन्छ ।  तिहारमा बज्ने अधिकांश गीत नेपाली फिल्मकै हुने गर्छ । हुन त हरेक वर्ष तिहारलक्षित गीतसंगीत बजारमा नभित्रिने होइन । तर, तिहारमा बढी बज्ने गीतसंगीतमा नेपाली फिल्मका पुराना गीत नै पर्छन् । तिहारमा बढी बज्ने नेपाली फिल्मका यस्ता छन् ५ गीतः ‘तिहारै आयो लौ झिलिमिली’ ‘तिहारै आयो लौ झिलिमिली’ बोलको यो गीत गाउँदेखि सहरसम्म तिहार लाग्नु अगाडिदेखि नै बज्न थाल्छ । यसले मानिसलाई तिहार आएको आभासमेत दिन्छ । तिहारमा यो गीत बज्न थालेको झन्डै तीन दशक भयो । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा रहेको गीतमा यादव खरेलको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । लोचन भट्टराई÷नूतन प्रधानको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री गौरी मल्लको अभिनय देख्न सकिन्छ ।  यो गीतको भिडियो तीन रात लगाएर खिचिएको निर्माण युनिटले बताएको छ । तिहारको माहोल तयार गरेर खिचिएको गीतमा कोरस कलाकारको समेत प्रयोग गरिएको छ । भिडियोका नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् । ‘अधरमा आज उनकै छ’ तिहारमा धेरै सुनिने गीतमध्ये ‘अधरमा आज उनकै छ’ बोलको गीत पनि हो । रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङको स्वर रहेको छ ।  फिल्म ‘अन्याय’मा रहेको यो गीतमा विश्व बस्नेत, मीरा माधुरी, गीताञ्जली सुनार लगायतका कलाकारको अभिनय छ ।  गीतमा भैलिनीको पनि प्रयोग भएको छ । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छ । फिल्म ‘अन्याय’को निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।  दियो बाली साँझकोः सुपरहिट फिल्म ‘चिनो’को गीत हो दियो बाली साँझको । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यो गीतले हरेक तिहारमा रौनकता थप्ने गर्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत यसमा छ ।  लक्ष्मीपूजाको महत्व बताउने यो गीतमा सुभद्रा अधिकारी, केशव भट्टराईको अभिनय छ । अभिनयमा स्थापित कलाकार सुनिल थापाले यो फिल्मबाट राते काइँलाको परिचय पाएका थिए । तुलसी घिमिरे निर्देशित फिल्मको गीतमा वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका थिए । ‘निधारमा लर्काएर सप्तरंगी टीका’ ‘निधारमा लर्काएर सप्तरंगी टीका’ बोलको गीत पनि पहिलेदेखि अहिलेसम्म पनि प्राथमिकतामा पर्दै आएको लोकप्रिय गीत हो । फिल्म ‘विजय पराजय’मा समावेश यो गीतमा भाइटीकाको प्रसङ्गलाई देखाइएको छ ।  अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसी दाजुभाइ र अभिनेत्री रूपा राणा बहिनीको रुपमा यो गीतमा देखिएका छन् । दिनेश अधिकारीको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा स्वर हेम लताले दिएकी छन् । ‘विजय पराजय’ फिल्म राजेन्द्र शलभले निर्देशन गरेका हुन् । ‘हाँसेर बोल बैनी’ फिल्म ‘माइती’मा रहेको यो गीत तिहारमा अत्याधिक बज्ने गर्छ । गीतमा दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्ग छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय यो गीतमा देखाइएको छ ।  राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले दाजुभाइ र दिदीबहिनी बिचको महत्व झल्काउँछ । फिल्मका निर्देशक अनिल संग्रौला हुन् ।  

विभिन्न जनजातिमा कस्तो हुन्छ तिहार ?

विभिन्न जनजातिमा कस्तो हुन्छ तिहार ?

१०३० दिन अगाडि

|

२६ कात्तिक २०८०

झिलीमिलीको पर्व हो दीपावली । उज्यालो कसलाई पो मन पर्दैन र । तर, २०४६ सालको आन्दोलनपछि विभिन्न जनजातिमा दसैँ बहिष्कार प्रकरणसँगै दीपावलीमा पनि ग्रहण लाग्यो । खासगरी पूर्वी क्षेत्रका किरात अगुवाहरुले हिन्दूकेन्द्रित चाडपर्व आफ्नो नभएको तर्क अघि सारेपछि यस्ता चाडपर्व मनाउने–नमनाउने दुई धार देखिए । नेपाल बहुजातीय, बहुधार्मिक अनि बहुसाँस्कृतिक देश हो । त्यसैले यहाँ सबै जातजाति र समुदायका आ–आफ्नै विशिष्ट चाडपर्वहरु छन् । यी चाडपर्वमा एकले अर्कालाई सम्मान र आत्मसात गर्ने सहअस्थित्वको भाव पछिल्लो समयमा विकसित हुन थालेको छ । समय क्रमसँगै दीपावली पनि सबै जातजातिको साझा चाड बन्न थालेको छ । यति हुँदाहुँदै पनि हिन्दु आर्य समुदायमा दीपावलीको जुन धार्मिक महत्व छ, आदिवासी जनजाति समुदायमा भने यसलाई बेग्लै किसिमले लिने गरिएको पाइन्छ । आखिर कसरी मनाइन्छ त विभिन्न समुदायमा दीपावली ? मगर, राईहरु रमाउँछन् तिहारमा मगर समुदायका जानकार लेखक टीकाराम उदासीका अनुसार मगर समुदाय तिहारमा निकै रमाउँछ । तिहारमा तोरण टाँगेर गाउँघर सजाइएको हुन्छ । तिहारमा नाचिने मारुनी, पैसेरु नाचले मगर गाउँ गुञ्जायमान हुन्छ । एक गाउँबाट अर्को गाउँको नाच साटासाट हुन्छ, यसलाई भैलो ख्वाउने भन्छन् । भैलो ख्वाउँदा जाँडरक्सीका साथ राँगा काटेर, सेल रोटी टक्र्याएर नाच टोलीलाई भव्य खानपिनका साथ स्वागत गर्ने चलन छ । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ । भाइटीका लगाउने चलन पनि छ तिहारमा । दाजुभाइ टीकाको दिन आउन नसके उनीहरुको माला, टीका छुट्याएर राखिएको हुन्छ । मगर समुदायले तिहारको भैलीको उत्पत्ति आफ्नै समुदायबाट भएको तर्क गर्दै आएका छन् । पाल्पाका राजा बलिहाङलाई लिन काल आउने भएपछि उनले प्रजाहरूसँग सबैतिर बत्ती बालेर ‘फाइलो’ अर्थात बाँचियो भनेर गाउँदै बस्नु भनेको र त्यस्तो दृश्य देखेर काल पनि फर्केर गएको कथा मनोज घर्ती मगर उल्लेख गर्छन् । बान्तवा भाषाको मासिक पत्रिकाका सम्पादक पदम राईका अनुसार राई जातिमा दसैँ बहिष्कारको कुरा उठे पनि तिहार भने दिल खोलेर नै मनाइन्छ । कोरोना कहरले देउसी भैलो बन्द छ । तर, अरु वर्ष राई गाउँहरुमा देउसी भैलो खेलिन्छ । दीयो बालेर लक्ष्मी पूजा गरिन्छ । डा. भक्त राई भन्छन्, ‘तिहारमा खेलिने देउसी–भैली यहाँका रैथाने जातिबाटै सुरु भएको र पछि खस–आर्यको आगमनपछि सामाजिक, सांस्कृतिक अन्तर्घुलन भई तिहारमा कुकुर, गोरु, गाई र लक्ष्मीको पूजा गर्ने प्रचलन थपिएको हो ।’ उनको विचारमा नेपाली साझा संस्कृतिका रूपमा तिहारले स्थान बनाइसकेकाले यसलाई अंगीकार गर्नुको विकल्प छैन । थारूको डेवारी आम नेपालीले घर–घरमा बत्ती बालेर उज्यालो बनाएजस्तै थारू जातिले पनि बत्ती बालेर नै यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । यसलाई पश्चिमा थारूहरूले डेवारी अनि पूर्बिया थारूहरूले सुकराइत भन्छन् । नेवार समुदायको योमरीझैं लाग्ने ढिक्री परिकार थारूहरूको डेवारीको प्रमुख परिकारमध्ये एक हो । उज्यालोको प्रतीकका रुपमा दीयोको आकारमा बनाइन्छ ढिक्री । घरको देउता कोठा (डेहुरार)मा पूजा गर्दा देउतालाई ढिक्री नचढाइ खान पाइँदैन । डेवारी आउनु पहिल्यै घर सफा सुग्घर बनाइन्छ । किचली माटोले पोतिन्छ । । थारू समुदायमा काग अनि कुकुर तिहारले खासै अर्थ राख्दैन । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ लक्ष्मी पूजाको बेलुका सर्वप्रथम डेहुरार (देउता कोठा) बाट दीयो बाल्ने काम हुन्छ । गरढुरिया (घरमुली) ले दीयो बालेर देवतालाई ढिक्री, रक्सी, जल प्रसाद चढाउँछन् । कहीँ–कहीँ प्रसाद चढाउँदै ‘भाग अलच्छिन डुर, आ लक्ष्मी घरे’ भन्दै नाङलो पनि ठटाइन्छ । घरभित्र दीयो बालेर सकिएपछि घर बाहिर आँगन, पँधेरा, गोठ लगायत स्थानमा पनि दीयो बाल्दै ढिक्री लुटाइन्छ । ढिक्री लुटाउनु भनेको केटाकेटीहरुलाई ढिक्री बाँड्नु हो । पूजा सकिएपछि ढिक्रीसँगै जाँडरक्सी, सुँगुरको मासु, माछा, पोंइ, पिंडालु लगायत तरकारी खाने चलन छ । लक्ष्मीपूजाको दिनदेखि घरघरमा गएर बर्का नाच गर्ने चलन थियो । अब यो नाच गाउँको अगुवाको घरमा सीमित भएको छ । फर्मायसका रुपमा अरुले यो नाच मगाउन सक्छन् । त्यस्तै, रातभरि झुमरा नाच पनि गरिन्छ । हरेरी पूजाबाट शुरू गरिएको बर्का नाच डेवारीमा बरघरको घरमा सकाएर मरूवामा गई डेसबँढ्या गुरूवाबाट पूजापाठ गरी विधिवत अन्त्य गरिन्छ । थारु समुदायमा पहिले दीयो बालेर लक्ष्मीपूजा त गरिन्थ्यो, तर भाइटीका लगाइन्नथ्यो । साहित्यकार छविलाल कोपिला भन्छन्, ‘भाइटीका थारू समुदायमा आयातीत संस्कृति हो । अरुको देखासिकीमा आएको यो संस्कृति थारूहरुले अंगीकार गरी राख्नु जरुरी छैन । किनकि दाजुभाइले दिदीबहिनीका लागि निस्राउका रुपमा कोशेली दिन जाने माघ पर्व छँदैछ ।’ उता मानवअधिकारकर्मी सुशील चौधरी समयअनुसार संस्कृति परिवर्तन हुने गरेकाले थारू समुदायमा भाइटीका भित्रिनुलाई राम्रै चलन मान्छन् । तामाङ र लिम्बूमा छैन तिहारको रौनक भाषाविद् अमृत योञ्जन तामाङका अनुसार तामाङ समुदायमा छयालिसको आन्दोलनपछि तिहारको रौनक छैन । उनले  भने, ‘पञ्चायती व्यवस्थामा सरकारी उर्दी जारी हुँदा हिन्दू चाडपर्व मान्नैपर्ने बाध्यता थियो । छयालिसपछि पहिचानको आन्दोलनको उठान भयो । यस क्रममा किरात समुदायका धेरै जनजातिले दसैँ वहिष्कार गरे । तर, तिहारको सवालमा आन्दोलनकारीबीच नै अलमल भयो । यसले तिहारको ह्याङ भने केही मात्रामा जारी छ ।’ तामाङ अगाडि भन्छन्, ‘हाम्रोमा भाइटीका पनि खासै हुँदैन ।’ कञ्चनजंघा बोर्डिङ स्कूल, ताप्लेजुङका प्रिन्सिपल काजीमान पालुङ्वाका अनुसार तिहार लिम्बूहरुको मौलिक पर्व होइन । उनी भन्छन्, ‘याक्थुङ लिम्बू चेली माइतीहरु बीचमा  फूल र माला लेनदेन गर्नुहुन्न भन्ने मुन्धुममा पाइन्छ । बलिहाङ तङ्नामका रुपमा याक्थुङ लिम्बुहरुले मनाउँदै आएको तिहार चाड याक्थुङ लिम्बुहरुको चाड हो कि होइन भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ ।’ पालुङ्वाको कथनअनुसार फूलले खेल्दा माइतीले हानेको फूलको थुँंगाले चेलीको बक्षस्थलमा लागेकाले चेलीको मृत्युु भएको मुन्धुम पनि वाचन गरिन्छ । त्यसैले, फूलले रंगिने तिहार लिम्बूहरुको होइन । तर, आफूले तिहारको सम्मान गर्ने उनको भनाइ छ ।                                            उता सानोठिमी क्याम्पसका उपप्राध्यापक अमर तुम्याहाङका अनुसार कुन जातको फूलले लागेर लिम्बू चेलीको मृत्यु भएको किंवदन्तीमा खुल्दैन । उनी भन्छन्, ‘०४६ सालको आन्दोलनपछि तिहार ओझेलमा परेको थियो । दार्जीलिङतिरका लिम्बूहरुको देखासिकीमा नेपालतिरका लिम्बूहरुले फेरि पनि यसलाई अंगालेका छन् ।’

कस्तो छ थारू साहित्यको अवस्था ?

कस्तो छ थारू साहित्यको अवस्था ?

१०३० दिन अगाडि

|

२५ कात्तिक २०८०

१ परिचय २०७८ सालको जनगणनाले थारू जाातिको जनसंख्या १८ लाख ७ हजार १२४ देखाएको छ । यो नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को ६.२ प्रतिशत हो । पछिल्लो २०७८ को जनगणनाले रानाथारू समुदायको जनसंख्या ८२ हजार २९९ देखाएको छ । यो कुल जनसंख्याको ०.८२ प्रतिशत हो । थारू समुदायको जनसंख्यामा रानाथारूको पनि जनसंख्या जोड्ने हो भने थारू समुदायको कुल जनसंख्या १८ लाख ८९ हजार ४२३ (६.८४) प्रतिशत हुन्छ । २०६८ सालको जनगणना मुताविक नेपालमा थारू जातिको जनसंख्या १७,३७,४७० अर्थात् ६.६ प्रतिशत थियो । पछिल्लो जनगणनामा पनि थारूहरूको जनसंख्या तथा भाषाले चौथो स्थान ओगटनु महत्वपूर्ण मान्न सकिन्छ । थारू भाषाका विभिन्न भेद छन् । २०७८ सालको जनगणना लिदा सरकारले पूर्वीया र पश्चिमा थारूलाई दंगौरा थारू तथा कैलाली र कञ्चनपुर दुई जिल्लामा रहेका सुदूरपश्चिमको अर्को समूहलाई राना थारू २ समूहमा विभाजन गरेको छ । डा. गणेश खरालले पूर्वी, मध्यपश्चिमी तथा पश्चिमी गरी थारू भाषालाई मुख्य ३ भागमा वर्गिकरण गरेका छन् (चौधरी, २०६४) ।  खरालका अनुसार पूर्वी तराईमा बोलिने पूर्वी थारू भाषामा मोरङिया, सप्तरिया र राजवंशिया तीन प्रमुख उपभाषिका छन् । त्यस्तै, चितवन, बारा, पर्सा, रौतहट तथा नवलपरासी जिल्लामा मध्यपश्चिमी थारू भाषा बोलिन्छ । यस भाषिकामा चितवनियाँ र नवलपुरिया दुई प्रमुख उपभाषिका छन् । उता, दाङ्देउखुरी, सुर्खेत, बर्दिया, बाँके, कैलाली र कन्चनपुर जिल्लामा पश्चिमी थारू भाषा छ । यसका दंगौरा, देउखुरिया, राना, कठरिया र देसौरी गरी पाँच भेद छन् ।  यसरी भाषा वैज्ञानिक अध्ययन गर्ने हो भने राईहरूको झैं थारूहरूको पनि दर्जनौ छुट्टाछुट्टै भाषा हुने देखिन्छ । अरुको भन्दा दंगौरा, देउखुरिया साहित्य अगाडि देखिन्छ । कृष्णराज सर्वहारीको ‘थारू साहित्यको इतिहास (२०७३)’ पुस्तकको अनुसूचीको आधार हेर्दा २०७४ माघको पहिलो सातासम्म थारू साहित्यका विभिन्न विधामा २८५ थान पुस्तक तथा पत्रिका प्रकाशित भएका छन् । जसमा १८२ वटा पुस्तक, ७८ वटा पत्रपत्रिका, १६ वटा समाचारमूलक पत्रिका, स्मारिकाखाले ९ वटा रहेका छन् । यसमा शव्दकोश तथा व्याकरण जस्तो पुस्तकको गणना गरिएको छैन । २०७४ माघ पछिको थारू पुस्तक, पत्रिकाको व्यवस्थित सूची छैन ।  हाल करिब १ सय थारू पत्रिकाको सूची तयार भए पनि दाङदेउखुरीको लमहीबाट छविलाल कोपिलाको सम्पादनमा प्रकाशित भैरहेको लावा डग्गर त्रैमासिक एकमात्रै नियमित थारू सहित्यिक पत्रिका हो । २०६४ साल असोज ९ गतेबाट प्रकाशित भैरहेको गोरखापत्र दैनिकको थारू भाषा पृष्ठ, २०५९ चैत २९ बाट धनगढीबाट प्रकाशित पहुरा साप्ताहिक (हाल दैनिक) तथा २०६५ बाट दाङदेउखुरीको घोराहीबाट प्रकाशित लौव अग्रासन साप्ताहिकमा पनि थारू साहित्यले केही स्थान पाएको देखिन्छ ।  यस आलेखमा थारू साहित्यको विधागत विकास हेर्ने जमर्को गरिएको छ । यसमा लोकसाहित्य, अनुवाद साहित्यको चर्चा छैन । २. काव्य विधा थारू साहित्यको सुरूवात २००७ सालको जनक्रान्तिबाट भएको मानिन्छ । २००७ सालको जनक्रान्तिपछि नै बढ्वा थारूबाट “बढक्क जोर्नी” गीत दंगौराहरूको थारू साहित्यमा देखा पर्छ (थारू २०५०ः १२४) । थारू साहित्यको शुभारम्भ बढ्वाकै गीतहरूबाट सर्वप्रथम भएकोेले महेश चौधरीले उनलाई थारू भाषाका आदिकवि भनेका छन् । त्यसपछि २०१५ सालमा जीवराज आचार्यको ‘हम्र व, हमार वन्वा’  कविता संग्रह प्रकाशित भयो । पुस्तिकाको आकारमा प्रकाशित यही संग्रहमा प्रकाशित कविता नै पहिलो कविता मान्न सकिन्छ (कोपिला, २०७३) ।  यद्यपि यी दुबै पुस्तक अपर्याप्त छ ।  २०४५ सालमा प्रकाशित हृदयनारायण चौधरीको ‘मेहमान’ को दोस्रो संस्करण २०७० सालमा प्रकाशित भएको छ । कवि हृदयनारायण चौधरीकै ‘चतुरंगी फूल’ (२०५६) कविता संग्रह र ‘प्रभात रोशनी’ (२०५९) लघु खण्डकाव्य प्रकाशित छ । चतुरंगी फूल कविता पश्चिमी, मध्य, पूर्वी र मध्य पश्चिमी भाषामा प्रकाशित कविता संग्रह हो ।  सियाराम चौधरीको ‘पोह फाइट गैले’ (२०४७) र ‘हमर गाम हमर बस्ती’ (२०५०) कविता संग्रह प्रकाशित छ । २०४९ सालमा हालत कविता संग्रह प्रकाशन गरेका रामसागर चौधरीले २०८० सालमा यसको दोस्रो संस्करण प्रकाशन गरेका छन् । यसैगरी कैलालीका रेशमलाल चौधरीले आफ्नो पहिलो पुस्तकाकार कृति ‘एकथो बिरहीन कथा’ (२०५३) कविता संग्रह प्रकाशन भयो । मधुसुदन चौधरीको ‘मधु’ (२०५५) कविता संग्रहमा केही बाल कविता पनि भेटिन्छ । कवियत्री शान्ति चौधरी थारूको बेटी (२०५४), ‘गाँवके पहिचान’ (२०५५) लगायत दर्जनौ कविता संग्रहका पुस्तक प्रकाशित छन् ।  कविता संग्रहको अन्य कृतिमा कविराम थारूको सैहदान (२०५२) मानबहादुर चौधरी पन्नाको ढुकढुकी (२०५७), बालगोबिन्द चौधरी र सुमन चौधरीको बैशालु जोवन (२०५७) हो । ढुकढुकी र बैशालु जोवनमा मुक्तक पनि समावेश गरिएका छन् । त्यस्तै, अन्य कविता कृतिमा मनिराम चौधरीको ‘हिमालके मुस्कान’ (२०५८) प्रेमराज चौधरीको ‘कहतुँ मैं’ (२०६०), सुरेश चौधरीको ‘तुहिन’ (२०६१), जीतबहादुर चौधरी ‘ट्रासन’को यी जीतके हटल कविता (कविता संग्रह २०६१), अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) हो । यी सबै कविता संग्रहमा प्रेम प्रणयका बखान गरिएको छन् ।  सन्तराम धारकटुवा थारूको ‘छिटकल भावना’ (२०६२) कविता संग्रह हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो । एम टेंर्राको फूला (२०६३) कविता संग्रह थारू, राना थारू र नेपाली तीन वटा भाषामा प्रकाशित छ । कैलालीका रामलखन चौधरीको छलमल्की (कविता संग्रह २०६५), रामलखन चौधरी, मनबहादुर चौधरीको विश्व शान्ति (कविता संग्रह २०६७) आएको छ । थारू भाषाको सामयिक संकलनका रूपमा निस्किएका अन्य कविता कृतिमा हृदयनारायण चौधरीको सम्पादनमा प्रकाशित ‘बरखा’ (२०५९), ‘इजोत’ (२०५३), मंगल चौधरीको ‘पहुरा’ (२०४९) आदि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३ महिने कविता पत्रिकाका केही अंकमा बहुभाषिक कविता गोष्ठीमा बाचन गरिएका केही थारू कविताले स्थान पाएका छन् । त्यस्तै, नव कविता (२०५६, पूर्णांक ४९) को फूलबारी बिशेषांक, इन्द्रेणी साहित्यिक परिवार देउखुरीद्वारा प्रकाशित बहुभाषिक इन्द्रेणी त्रैमासिक (२०५९ अंक–१) मा पनि थारू कविता संकलित छ ।  प्रेमलाल दहितको टुटल झोपडी (कविता संग्रह २०६१), बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (कविता संग्रह २०६२),  श्रीराम चौधरीको चिट्किन (२०६४) राप्ती साहित्य परिषद् अन्तध्र्वनी त्रैमासिक (२०६६), बर्दियाका मोतीलाल चौधरीको सगुनलाल स्मृति (२०६६) पूर्णांक २३) को राप्तीका भाषा विशेषाङ्क, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको मुख–पत्र स्तम्भ (२०६७ अंक–१) को बहुभाषिक बिशेषाङ्कमा पनि केही थारू कविता समेटिएको छ ।  त्यसैगरी, जीवलाल सत्गौवाँको जीवलालके फुलरिया (२०६७) र वीरबहादुर चौधरीको वीरबहादुरके ऋतु (२०६९)मा पनि केही कविताहरु समावेश गरिएका छन् । लक्की चौधरीको नेन्धर (कविता संग्रह २०७१), शान्ति चौधरीका कृतिलाई अपवाद छाडेर हालसम्म अढाइ दर्जन जति कविता संग्रह मात्र प्रकाशित देखिन्छ । सुशील चौधरीको बिरहुल बसिया (२०७२) कविता संग्रह नेपाली थारू दुबै भाषामा प्रकाशित छ । सप्तरीका नन्दलाल चौधरीले परात (२०७९) कवितासंग्रह प्रकाशित गरेका छन् । मोरङका प्रकाशनारायण चौधरीले प्रकाशके चिन्ता (२०८०) कविता संग्रहमा केही उखानटुक्का पनि समावेश गरेका छन् । खण्डकाव्य  रुपन्देहीका बमबहादुर थारूको ‘ई जिन्गी’ (२०५५) खण्डकाब्य थारू भाषाको पहिलो खण्डकाब्य हो । २०६१ मा मानबहादुर चौधरी पन्नाको ‘किसानके जिन्दगी ’ खण्डकाव्य प्रकाशित छ । कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’ले मनके फूला (२०६२) खण्डकाव्यमार्फत नारी मनका समवेदना पस्केकी छिन् ।  महाकाव्य पचासको दशकमा जोखन रत्गैयाले ‘भुत्वा’ महाकाब्य लेखे पनि यसको पाण्डुलिपि अपर्याप्त छ । हृदयनारायण चौधरीले बुद्धको जीवनीमा आधारित ‘ललित बिस्तर’ (२०६८) महाकाव्यको थारूमा अनुवाद गरेका छन् । हृदयनारायण चौधरीको अर्को महाकाव्य बन्हन (२०७१) पनि प्रकाशित छ । भुलाई चौधरी तथा बुद्धसेन चौधरीको सम्पादनमा धुमरा नाच (२०७७) महाकाव्य प्रकाशित छ (चौधरी, २०७९ः ८९) । मुक्तक मानबहादुर पन्ना, बालगोविन्द÷सुमन चौधरीलगायत केहीले कविता संग्रहभित्रै मुक्तक पनि समावेश गरेका छन् । छुट्टै मुक्तकको मात्रै संग्रह रहेको थारू भाषाको पहिलो मुक्तक संग्रह भने कृष्णराज सर्वहारीको ‘दोसर घर जाईबेर’ (२०५६) हो । कैलालीका स्रष्टाहरु टिकाराम चौधरीको आग्रह (२०६३) तथा सागर कुश्मी संगतको आँशके सागर (२०६९), सुन्दर चौधरीको प्रकृतिके अनुराग (मुक्तक संग्रह–२०७०), दाङ देउखुरीका छविलाल कोपिला, गुरुप्रसाद कुमाल ‘बुलबुल’ र रामप्रकाश चौधरी ‘अन्धकार’ को नेपाली र थारू भाषामा संयुक्त मुक्तक संग्रह ‘समयका डोबहरु’ (२०७१) प्रकाशित छ । हिरालाल सत्गौवाँको पैनस्टोपी (मुक्तक संग्रह २०७१), विभिन्न कवि गोष्ठी, रेडियो कार्यक्रम अथवा छापा सञ्चार माध्यमहरुमा ६०–७० दशकलाई ‘मुक्तक–गजल’ दशक भन्न सकिने अवस्था भएपनि संग्रहको रुपमा भने कमै प्रकाशित देखिन्छ ।  हाइकु तथा तान्का थारू साहित्यमा हाइकु तथा तान्का बिधाले खासै प्रभाव जमाउन सकेन । आंशिक रुपमा केही पत्रपत्रिका बाहेक साहित्यिक कार्यक्रममा समेत वाचन गरिएकोे देखिदैन । कृष्णराज सर्वहारीले २०५९ सालमा थारू र नेपाली दुबै भाषामा ‘समयका उच्छबासहरू’  हाइकु संग्रह  थारू भाषाको पहिलो हाइकु संग्रह हो ।  त्यसैगरी, तुलाराम चौधरी ‘सनम’को ‘तुहिन उपहार’ (२०६१) र छपिलाल चौधरीको ओजरिया रातम (२०६३) हवाई हाइकु संग्रह प्रकाशित छ । दिप लाइफ कियरले गोजी आकारमा ‘तुँहार लग फूला’ (२०६३) नामक थारूमा नौलो बिधा तान्का संग्रह पस्केका छन् ।  गजल थारू साहित्यमा गजल बिधा संख्यात्मक हिसाबले सबैभन्दा प्रकाशित बिधा हो । थारू भाषाको पहिलो गजल संग्रह जोखन रत्गैंयाको ‘चोराइल मन’ (२०५७) हो । त्यस्तै, अन्य गजल संग्रहमा भुवन चौधरीको ‘आछत’ (२०६१), लक्की चौधरीको ‘सहीदान’ (२०६१), छविलाल कोपिलाको ‘भौगर’ (२०६१) हुन् । भौगर नेपाली र थारू भाषा दुबै भाषामा छ । कोपिलाको थारू बालगजल संग्रह कहिले फूल्छ ऊ (२०६३) पनि नेपाली र थारू भाषा दुबै भाषामा छ ।  लक्की चौधरी अन्तर्भाव (गजल संग्रह २०६३) अन्तर्भाव पनि नेपाली र थारू भाषा दुबै भाषामा प्रकाशित छ । गुर्वावा प्रकाशन प्रालिको अग्रासन मासिकले (२०६२ पूर्णांक ७) लाई गजल बिशेषांकको रूपमा ‘कैहदेऊ गुर्वावा संग्रह’ भनि प्रकाशित गरेको छ । थारू भाषा तथा साहित्य उत्थान समुहको लावा लौझी त्रैमासिक (२०६५ अंक–४) गजल बिशेषाङ्कमा २९ जना गजलकारका गजलहरु समेटिएका छन् ।  लाहुराम चौधरी ‘जहर’को फुलरिया (गजल संग्रह २०६६), हस्ताक्षर (गजल संग्रह २०६८), फुटल पोक्री (गजल संग्रह २०६८), खुशीराम उमंग चौधरीको विक्षिप्त मुटु (२०६९) गजल संग्रहको ५२ थान गजलमा १२ थान मात्र थारू भाषामा छन् । मोतीराम चौधरी ‘रत्न’ को मनके बोझा (२०७०), रामचरण चौधरी ‘एकल यात्री’को मोर टुटल झोपरी (२०७०),  चन्द्रप्रसाद चौधरीको गजल माला (गजल संग्रह २०७०), कञ्चनपुरका अशोक चौधरीको मनके आवाज (गजल संग्रह–२०७०) हो । रविना चौधरी रब्बुको ओंरी (२०७१) ओंरी संग्रहलाई थारू महिला गजलकारद्वारा लिखित पहिलो प्रकाशित कृति मानिएको छ । जंग्रार साहित्यिक बखेरी नेपालगञ्जको प्रकाशन रहेको डिउली (२०७१), जंग्रारकै मुम्बई शाखाको जेउनास (२०७१), ठुम्रार साहित्यिक श्रृंखला काठमाडौंको पहिलो प्रकाशन परगा (२०७२) मा पनि विभिन्न श्रृंखलामा वाचन गरिएका गजलहरु संयुक्त रुपमा प्रकाशित भएको छ । जंग्रारको मलेशिया शाखाको संयुक्त गजल संग्रह पस्नक पन्ह्वाँ (२०७२), सीता थारू ‘निश्छल’को परगोह्नी (२०७२), पुनाराम कर्याबरिक्काको अँख्वा (२०७२), गजल संग्रह प्रकाशित छ ।  यसबाहेक, फुटकर रुपमा निरन्तर रुपमा कवितामा कलम चलाउनेहरुमा कैलालीका चित्रबहादुर चौधरी, सत्यनारायण दहित, सीताराम चौधरी, राजु चौधरी, दुर्जन चौधरी, रामप्रसाद चौधरी, तेजबहादुर भूल, अनिता चौधरी, दिव्य प्रयासी, जन्तीराम चौधरी, हिरालाल सत्गौंवा, राम दहित, बालकृष्ण चौधरी, प्रमिला कठरिया, रवि चौधरी, सीताराम चौधरी, कविता चौधरी, घनीमाया चौधरी, अंकर चौधरी, रामचन्द्र चौधरी, जयप्रकाश चौधरी, दिलबहादुर चौधरी, कालुराम चौधरी, गणेश चौधरी, प्रेमा थारू, शिवसागर चौधरी, सिर्जना चौधरी, लाछु डँगौरा, लगायतका रहेका छन् ।  त्यसैगरी, कञ्चनपुरमा सानु चौधरी, हिमाली चौधरी, गंगा डगौरा, गीता दृष्टि लगायतका स्रष्टाहरु कियाशील छन् । बर्दिया पनि कविताको लागि उर्बर नै मानिन्छ । त्यहाँ, कविराम थारू, जग्गु चौधरी, मोतीकुमार चौधरी, निरञ्जन चौधरी, एकराज चौधरी, सरम चौधरी, सोम डेमनडौरा, ठाकुर अकेला, श्याम सराबी, लब अबिरल, अनुराग सायर, दर्पण कुसुम्हियाँ, सरस्वती कुसुम्हियाँ, बालिका चौधरी, मानबहादुर चौधरी, गीताञ्जली, आरती चौधरी लगायतका रहेका छन् ।  सुर्खेतका मानबहादुर चौधरी, जीतबहादुर चौधरी, कृष्ण चौधरी, दीर्ग चौधरी लगायतका छन् भने बाँकेका कृष्ण चौधरी, दाङका महेश चौधरी, लब्लिन क्यानभास, राम पछलडंग्या, निष्ठुरी चीज, हिमलाल चौधरी, सरिता सानु, राजकुमार कान्छा, सन्तोष दहित, केबि चौधरी, माधव चौधरी, भगवती चौधरी, नारायण योगी, हिराकुमारी चौधरी, कृष्णा चौधरी, आरके स्वागत, लिला गम्भीर, रामरति चौधरी, शेरबहादुर चौधरी, चेतलाल चार्ली, महेश चौधरी, देवराज चौधरी शिवहरि चौधरी, पुरन चौधरी, सुनिता चौधरी, मन्नी चौधरी, कुसुम चौधरी भूमिका चौधरी लगायत रहेका छन् ।  कपिलवस्तुका श्याम सिटी, शंकर चौधरी, रुपन्देहीका हरिनारायण चौधरी, दशरथ चौधरी, नवलपरासीको रोहन पृथक, जीतनारायण थनेत, चितवनका अभागी कुमार चौधरी चितवनमा सुनिल चौधरी, सप्तरीमा नरसिंह चौधरी, महोत्तरीमा राकेश चौधरी, उदयपुरमा सन्तोषी चौधरीलगायत रहेका छन् । यी बाहेक कविता लेख्नेहरुको तालिका अझै लामो छ । जुन यो सानो आलेखभित्र समेट्न गाह्रो छ ।    माथि उल्लेखित विभिन्न काव्य विधामा प्रकाशित कृतिलाई हेर्ने हो भने थारू भाषी कवि अथवा लेखकहरुमा निरन्तरताको अभाव देखिन्छ । अधिकांश कविहरु एकाध कविता अथवा कृति प्रकाशनपछि पलायन हुन ेगरेको पाइन्छ । उदाहरणको रुपमा सियाराम चौधरीका २०४७ र २०५० सालमा गरी दुई वटा कविता संग्रहहरु प्रकाशित भएपनि त्यसपछिका दिनमा उनको कुनै कृति अथवा लेखनको हिसाबमा पनि देखा परेनन् ।    ३. आख्यान विधा सिर्जनाको दृष्टिले थारू साहित्यको मूल रुपमा आख्यानको उठान रामप्रसाद राय थारूको ‘थरुहट के बउवा और बहुरिया’ (२०१९) कृतिले ग¥यो (सर्वहारी, २३ः २०७०) । यद्यपि, भोजपुरी भाषीहरूले यस कृतिलाई भोजपुरी भाषाको पहिलो उपन्यासको रुपमा चिनारी दिदैँ आएका छन्, जसको उदाहरण नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित यस कृतिको नेपाली अनुवादमा भउचप्रसाद यादवले भोजपु्री भाषाबाट उल्था गरेको लेखेका छन् । बाराका राम प्रसाद रायले लेखेको यस कृतिबारे बाराकै स्रष्टा हृदयनारायण चौधरीले यो कृति बाराली थारू भाषामै लेखिएको बताउँछन् । यहाँ आख्यानअन्तर्गत कथा र निवन्धको छुट्टछुट्टै चर्चा गरिन्छ ।  ३.१ कथा बिधा चितवनबाट २०१६ सालमा धार्मिक पुस्तक ‘जित बाहन कथा’ प्रकाशित भेटिन्छ (महतो २०५८) । यसरी धार्मिक कथाबाट थारू  भाषाको लेखन परम्पराको सुरुवात भएको देखिन्छ । २०२८ सालमा थारू भाषाको पहिलो पत्रिका गोचाली तथा २०३३ सालमा थारू भाषाको दोश्रो पत्रिका थारू संस्कृति प्रकाशन हुन थालेपछि त्यसमा पनि कथा छापिने क्रम सुरु भएको हो । यद्यपि २०४६ सालबाट प्रकाशित भैरहेको बिहान पत्रिकामा श्रीपति चौधरीको छापिएको केही कथा २०२२–२०२५ सालमा रचिएको भनिएको छ । त्यसो त २०३२ सालमा बाराका हृदयनारायण चौधरीको ‘कहली, सुनली, बुझली’ थारू  कथा संग्रह पं्रकाशित भएको छ । यो नै थारू भाषाको पहिलो कथा संग्रह हो । यसरी आधुनिक थारू कथाका जनक बाराका हृदयनारायण चौधरीलाई मानिन्छ । यस अनुसार थारू भाषाको कथा लेखन परम्परा वीसको दशकदेखि शुरु भए पनि पुस्तकको रुपमा प्रकाशन तीसको दशकमा भएको देखिन्छ । कहली, सुनली, बुझली कथा संग्रहपछि दोश्रो कथा संग्रह प्रकाशित हुन २३ वर्ष कुर्नु प¥यो । थारू भाषाको दोश्रो कथा संग्रह टीकापुर–९ नुकलीपुर, कैलालीका लक्ष्मण किशोर जोगेठ्वा ‘परदेशी’ को ‘इज्जतके दाम’ (२०५५ असोज) हो ।  २०५५ साल फागुन २८ देखि ३० सम्म उदयपुरको हडियामा थाकसको स्वर्ण जयन्तीको अवसरमा धेरै पुस्तक प्रकाशित भए । यसै क्रममा छातापिपरा–४ बाराका मधुसुदन चौधरीले आफ्नै नामको शीर्षक राखेर मधु कथा संग्रह (२०५५) प्रकाशन गरे भने बाराकै परशुराम चौधरीको ‘चमत्कार’ (२०५६) कथा संग्रह प्रकाशित छ ।  कैलालीका मनिराम चौधरी पनि कथा बिधामा २ वटा कथा संग्रह लिएर उदयीमान कथाकारका रूपमा देखा परेका छन् । उनको ‘रसाइल करम’ (२०५९) र ‘दुखियारी बगिया’ (२०६१) कथा संग्रह हुन् । कथा संग्रहको सामान्य मान्यतालाई त्यागेर दुखियारी बगियामा ४६ पृष्ठको मात्र एउटा कथा समावेश छ ।  बग्नाहा‐७, बर्दियाका सन्तराम धारकटुवा थारू पनि थारू कथाकारमा सशक्त हस्ताक्षर हुन् । ६ वटा कथा समावेश गरिएको हमार जुनी कथा संग्रह (२०६१) प्रकाशित छ । यसमा प्रयुक्त विम्वले थारू साहित्यमा उत्तरआधुनिकताको छनक दिन्छन् (सर्वहारी, ४१ः २०७२) ।  कैलाली थारू साहित्यको लागि उर्वर क्षेत्र हो । यहाँका हिरालाल चौधरीले दुःखके भौंरी (२०६३) तथा एम टेंर्रा वास्तविकले लालमुरै (२०६४) कथा संग्रह दिएका छन् । कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार (२०६२) कथा संग्रह प्रकाशित छ । केही पत्रपत्रिकाले कथा बिशेषांक प्रकाशित गरे पनि बिभिन्न कथाकारहरुको कथा संगालोको रुपमा एक मात्र संग्रह थारू भाषक् प्रतिनिधि कथा–१ (२०६८) शुत्रघन चौधरीको सम्पादनमा प्रकाशित छ । पेशाले शिक्षक रहेका उत्तरगंगा–७, लौवस्ता सुर्खेतका मानबहादुर ‘पन्ना’ को ककनडरान छोटकी (२०७०) कथा संग्रह प्रकाशित छ ।  गयर्वा बुडु (२०७४) तथा गयर्वा बुडुक् ठाँह्रा (२०७७) दुइटा कथा संग्रह प्रकाशनमा ल्याएका शेखर दहित थारू आख्यानमा प्रशस्त संभावना बोकेका स्रष्टा हुन् । शेखर दहित तथा सन्तराम धारकटुवाकका कथा अनुवाद गरेर नेपाली भाषामा प्रकाशन गर्न सके राष्ट्रिय रूपमा चर्चित हुन सक्ने कथाकार हुन् । कृष्णराज सर्वहारीको प्रौढ कथाको कुनै संग्रह छैन । यद्यपि उनका दर्जन बढी प्रौढ कथा राष्ट्रिय स्तरका पत्रिकामा प्रकाशित छ । सर्वहारीको कमैया बस्तीमे भगन्वा (२०७२) लघुकथा संग्रह थारू तथा नेपाली भाषामा प्रकाशित छ । थारू बालकथा बिधामा खडेरी परेको देखिन्छ । सर्वहारीको थारू बाल कथा संग्रह ‘सुुख्ली’ (२०६२) हाल सम्मको एक मात्र बाल कथा संग्रह हो । सचित्र बालकथा भने सर्वहारीको अतिरिक्त छविलाल कोपिला, शान्ति चौधरी लगायतको प्रकाशित छ ।  थारू भाषाका अन्य कथाकारमा मंगल थारू, श्रीपती चौधरी, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लालकुसम्या, प्रसादु थारू आदि हुन् ।  थारू साहित्यमा कथा लेखन गोष्ठीको सुरुवात अझसम्म हुन सकेको छैन । लावा डग्गर त्रैमासिक (२०६९, पूर्णांक १३) तथा बिहान बार्षिक (२०७०, पूर्णांक १८)मा क्रमशः १६ तथा ८ जना कथाकारका एक एक थान कथा समावेश गरी कथा विशेषांक प्रकाशन गरिएको छ । तर दुबै विशेषांकमा कथाबारे समालोचना छैन ।  ३.२ उपन्यास बिधा थारू भाषाका पहिलो उपन्यास कृष्णराज सर्वहारीले २०५५ सालमा लेखेको फुटल करमलाई मानिन्छ । २०१९ सालमा रामप्रसाद रायले लेखेको ‘थरूहट के बउआ और बहुरिया’ कृतिलाई थारूभाषीहरुले थारू भाषाको मान्ने हो भने पहिलो उपन्यास यही हो ।  मनिराम चौधरीको बिधवा (२०५७), छविलाल कोपिलाको मुक्तिक खोज (२०५९) थारू भाषाको उपन्यास हो । कोपिलाको चुरिनियाँ (२०६९) उपन्यास नेपाली भाषामा समेत प्रकाशित छ । उनको भयाँवन रात (२०६६) उपन्यास कृतिको रुपमा नभइ लौव अग्रासन साप्ताहिकमा धारावाहिक रुपमा  प्रकाशित छ । त्यस्तै, २०६२ सालमा थारू भाषाको उपन्यास हरि आसमा महतोको ‘आत्मा भितरक गाथा भेलई जिन्गीक काथा’ र आदर्श बान्धबको ‘चमेलिया’ (२०६२) प्रकाशित छ । महतोले आफनो लघु उपन्यासमा गजल र खेल संग्रह समेत समावेश गरेर पुस्तकलाई खिचडी बनाएका छन् । कैलालीका भोजराज चौधरीले तिरिया जलम (२०६३) उपन्यास प्रकाशन गरेका छन् । यसमा पात्रहरूमार्फत् थारू समुदायका सबै चाडपर्वका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । श्रीराम चौधरीको झप्टल परेउना उपन्यास (२०६४) प्रकाशित छ । कैलालीकै शर्मिला चौधरी ‘सृष्टि’ले ‘दुःखके हल्कोरा’ (२०६४) लेखेर पहिलो थारू महिला उपन्यासकारको रूपमा नाम दर्ता गराएकी छिन् । कृष्णराज सर्वहारीको लाल केरनि (२०७४) नेसंविको पाठ्यक्रमको लागि लेखिएको उपन्यास हो । गणेश वर्तमानले ट्वाना (२०७९) उपन्यासमा जनयुद्धको विषयबस्तुलाई पस्किने प्रयास गरेका छन् ।  कृष्णराज सर्वहारीले नेपाली भाषामा लेखिएको बसाइँ उपन्यासलाई छारा शीर्षकमा थारू भाषामा अनुवाद गरेर उपन्यास बिधालाई फराकिलो बनाउने कार्यको थालनी गरेका छन् । यो नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशोन्मुख छ । उपन्यास बिधामार्फत् थारू उपन्यासकारहरूले आफ्नो समुदायको सकारात्मक नकारात्मक साङोगोपाङो बखान गर्न सक्छन् तर उपन्यासकारहरूको संख्या पर्याप्त रूपमा थपिन सकेको छैन । कृतिको रुपमा थारू साहित्यमा कथाझैं उपन्यासको संख्या थपिदै गए पनि यसको समालोचकीय अध्ययन हुन सकेको छैन ।   ४. निवन्ध विधा थारू साहित्यमा निबन्ध र समालोचना विधा फस्टाउन नसकेको अवस्था छ । लक्की चौधरीले चाडपर्वको चिनारी ‘तिहुवार’ (२०६१), मोर पहुरा (२०७०) मनिराम चौधरीले ‘हरबड्डा’ (२०६२) तथा भुलाई चौधरीले ‘थारू सस्ंंकृति’ (२०६१) लाई निबन्ध संग्रह नाम दिएका छन् । यद्यपि, भुलाईको संग्रहमा नेपाली लेख समेत समाविष्ट छ । सुशील चौधरीले थारू भाषामा धेरै निवन्ध लेखे पनि उनको नेपाली भाषामा मात्रै निवन्ध संग्रह प्रकाशन भएको देखिन्छ । भुलाई चौधरीको हमर थारू भाषा यात्रा (२०७३) निवन्ध संग्रह प्रकाशित छ । भारतमे थारून्के खोजि  (२०७६) थारू भाषाको पहिलो यात्रा संस्मरण हो ।  निवन्ध विधाअन्गर्त हाँस्य ब्यंग्य बिधालाई फैल्याउन मैगर हमार सन्देश साप्ताहिकले आफ्नो पहिलो अंकदेखि  नै स्थान दियो । थारू भाषा साहित्यमा हाँस्य ब्यंग्य बिधाको लागि यो नै संस्थागत पहिलो शुरुवात थियो । २०५७ साल असोज १६ गते नमूना अंक प्रकाशित भएको मैगर हमार सन्देशले थारू भाषाका थुप्रै ब्यंग्यकारहरूलाई पनि जन्मायो ।  यसमा हाँस्य ब्यंग्य बिधालाई पोक्टा आँरा भन्ने स्तम्भ दिइएको थियो । जसको अर्थ बिग्रिएको अण्डा हुन्छ । १४ अंक प्रकाशन पछि मैगर हमार सन्देश साप्ताहिक बन्द भएकोले थारू भाषा साहित्यको लिखित इतिहासमा हाँस्य ब्यंग्य बिधाको जुन रफ्तार थियो, त्यो एकाएक रोकियो । प्रस्तुत पत्रिकामा कृष्णराज सर्बहारी, छविलाल कोपिला, झग्गु प्रसाद चौधरी, विनोद चौधरी, तुलाराम जल्याहा कुश्मी, राजकुमार थारू, नरेश कुमार चौधरी आदि लेखकका ब्यंग्य लेखले स्थान पाएको छ ।  पुस्तकको रुपमा कृष्णराज सर्वहारीद्वारा लिखित “ढोँ ढोँ पोँ पोँ” (२०६८) थारू भाषाको पहिलो हास्यब्यङ्ग्यसंग्रह हो । त्यस्तै, सर्वहारी मानबहादुर चौधरी पन्नाको संयुक्त लेखनमा एक गोरुवक् बट्कुहि (२०७५) हास्यब्यङ्ग्यसंग्रह प्रकाशित छ । ५. नाटक विधा महेश चौधरीको गीति नाटक छारा (२०३६) लेखेर थारू भाषामा नाटक विधाको सुरुवात गरे । यो पुस्तक अपर्याप्त छ । महेश चौधरीको सवैजसो कृृति अपर्याप्त रहेकोले प्रकाशित मिति उनीसँग गरिएको सम्झनाको आधारमा राखिएकोले फरक हुन सक्छ । जयप्रकाश दहित ‘सुजित’को परोसी (२०६६) नाटक प्रकाशित छ । संघीय राजधानी काठमाडौंको नाटक घरमा थारू भाषामा कमलरी, दहितान ढेकी, भुरभुरा रहरलगायत नाटक प्रदर्शन भएका छन् । सुशील चौधरी, प्रनव आकाश, प्रदीप चौधरी, सरस्वती चौधरी, नीरजबाबु चौधरी, भूमिका थारू, इन्द्र चौधरी, नन्दुराज चौधरी, दीपक पछलडंग्या, बालिका चौधरीलगायत केही युवा नाट्यकर्मी सक्रिय छन् । यीमध्ये सुशील चौधरी, प्रनव आकाश, प्रदीप चौधरीको फुटकर रुपमा नाटक पनि प्रकाशित भएको छ । हमार सैडान (२०६२) रेडियो स्मारिकामा केही थारू नाटक समेटिएका छन् । यसबाहेक फुटकर रुपमा केही पत्रपत्रिकामा नाटक छरिएर रहेका छन् । यद्यपि मञ्चनका लागि योग्य थारू साहित्यमा नाटक नगन्य छ ।  ६. जीवनी साहित्य तेजनारायण पञ्जियारले शाक्यमुनि बुद्ध (२०४९) लेखेर थारू भाषामा जीवनी साहित्य लेखनको शुरुवात गरे । पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले २०६४ मा थारू भाषामा जीवनी, बाल सन्दर्भ सामाग्री प्रकाशन ग¥यो । सुर्य बहादुर चौधरीले संयोजन गरेको १२ जनाको जीवनी समेटिएकोमा, त्यसमध्ये ५ जना थारू व्यक्तित्वहरूको जीवनी रहेको छ । जसमा फुटबल खेलाडी देवनारायण चौधरी, थारू राजा दंगीशरण, किसान नेता राधाकृष्ण थारू, तथ्याङकवीद तेजनारायण पंजियार, भाषासेवी सगुनलाल चौधरीको जीवनी समेटिएको छ । यी पाँचै व्यक्तित्वको जीवनी लेखन कृष्णराज सर्वहारीले गरेका हुन् ।  कक्षा–१ देखि ५ सम्मको थारू भाषाको पुस्तकमा पनि समाजसेवी तारालाल चौधरी, थारू भाषासेवी महेश चौधरी लगायतको जीवनी प्रकाशित छ । त्यस्तै, भाषा विकास प्रवद्र्धन केन्द्रले बुक्रीभाँरा (२०७०) पुस्तकमा साहित्यकार कृष्णराज सर्वहारी तथा कमलहरीबाट सभासद सम्म भएकी शान्ता चौधरीको जीवनी प्रकाशित गरेको छ । यसरी जीवनी लेखनमा बाल सन्दर्भ सामग्री बढी छन् । शान्ति चौधरीले धेरै ब्यक्तित्वहरूको जीवनी लेख्ने क्रममा थारू  नेता विजय कुमार गच्छदारको जीवनीमा आधारित उजर तारा (२०५५) तथा नायक (२०६७) पुस्तिका लेखेकी छिन् । जीवनी साहित्यकै हालसम्मको गहकिलो प्ुस्तक भने शेखर दहितको थारू जोधा (२०७९) हो । यसमा बैजनाथ थारू, रेशम बहादुर थारू, शिवरतन थारू, सोमप्रसाद कठरिया, राधाकृष्ण थारू, सगुनलाल चौधरी, गुम्रा थारूको विस्तृत परिचय छ । यद्यपि यसमा समेटिएका सगुनलाल चौधरी मात्रै साहित्यिक ब्यक्तित्व हुन्, बाँकी समाजसेवी हुन् ।  ७. राष्ट्रिय थारू साहित्य सम्मेलन तथा साहित्यिक श्रृंखलाको उर्जा थारू साहित्यको सिर्जनामा सामूहिक प्रयासको अभाव छ । थारू लेखक संघबाट २०७३ सालदेखि हरेक वर्ष आयोजना गरिने राष्ट्रिय थारू साहित्य सम्मेलन दाङदेउखुरी, कैलाली, बर्दिया, रुपन्देही, सुर्खेत, कञ्चनपुर तथा बाँके गरी सात संस्करण सम्पन्न भएको छ । यसले थारू पुस्तक, पत्रिकाको प्रवद्र्धन तथा नयाँ पुस्तक प्रकाशनका लागि विमोचनको राम्रो अवसर सिर्जना गरेको छ । प्रत्येक वर्ष ४ देखि १६ वटासम्म पुस्तक राष्ट्रिय थारू साहित्य सम्मेलनका अवसरमा विमोचन हुने गरेको छ । विभिन्न समयमा हुने नियमित साहित्यिक श्रृंखलाले पनि थारू साहित्यलाई उर्जा दिएको छ । यस क्रममा ठुम्रार साहित्यिक बखेरीले कीर्तिपुरमा थारू साहित्यिक केन्द्रित कार्यक्रम गर्दै २०७९ सम्म ९४ अंक  पार गरेको छ । उता, थारू भसा साहित्य केन्द्रले महिनाको पहिलो शनिवार काठमाडौंमै बसघरा कार्यक्रमको आयोजना गरी वार्षिक रुपमा बसघरा साहित्यिक पत्रिकासमेत प्रकाशन गर्ने गरेको छ । बसघरा साहित्यिक श्रृंखलाले २०८० कार्तिकसम्म ६२ अंक पार गरेको छ ।  थरुहटका जिल्ला जिल्लामा पनि थारू साहित्यिक केन्द्रित कार्यक्रम भइरहेका छन् तर कार्यक्रमको गुणस्तरमा बृद्धि हुन सकेको छैन । विविध क्षेत्रमा थारू कवि गोष्ठीले थारू साहित्यको श्रीवृद्धि हुँदै गए पनि त्यसमा वाचित रचनाको दस्तावेजीकरणको अभाव छ । उत्कृष्ट रचनाको दस्तावेजीकरणमा ध्यानाकर्षण हुनुपर्छ ।  राष्ट्रिय रूपमा थारू साहित्यकारहरूको जमघट हुन थाल्नु, साहित्यमा लागि परेकाहरूलाई प्रोत्साहन पुरस्कार स्थापना हुँदै जानुले सुखद बाटो पहिल्याउँदै गएको अवस्था देखिन्छ ।  ८. उपसंहार थारू साहित्यमा अझै धेरै विधाले स्थान पाउन बाँकी नै छ । स्थान पाएको विधामध्ये कविता विधा अग्रपङ्तिमा छ । खण्डकाव्यमा लेखनमा राम्रो सम्भावना देखिन्छ । महाकाव्यमा अनुवाद तथा मौलिक पनि प्रकाशित भएको छ ।  छविलाल कोपिला, सन्तराम धारकटुवा थारू लगायतले कवितामा कलम चलाउनेहरुले कवितामा नयाँ नयाँ विम्व पस्किएका छन् । तर, प्रायः कविहरुको कविता लेखनको स्तर उकासिन सकेको छैन ।   थारू साहित्यमा हाल आएर गजल सँग्रहको प्रकाशन तीव्र रूपमा देखिन्छ, जसमा डायस्पोरा साहित्य पनि अगाडि छ । राष्ट्रिय स्तरको कविता, गजल प्रतियोगिता आयोजना गर्नमा थारू साहित्यिक संस्थाहरूले ध्यान दिनुपर्छ । थारू साहित्यको आख्यान अन्तर्गत कथा र उपन्यास दुबै बिधामा अझै पनि दर्जनकै हाराहारीमा मात्रै कृति देखिएका छन् । तर दुबै बिधामा समय अनुसारको चिन्तनको अभाव खट्किन्छ । कमैया मुक्तिको घोषणा भएको डेढ दशक पार गरिसक्यो, तर आख्यानमा कमैया पात्रले जमिन्दारबाट दुःख पाएको पुरानै प्रसंग भेटिन्छ । एक दशकको जनयुद्धमा हजारौ थारूहरुले बलिदानी दिए पनि त्यस बिषय केन्द्रित आख्यानको नितान्त अभाव छ । थारू कथामा शेखर दहितले राम्रो सम्भावना बोकेका छन् । थारू साहित्यमा निबन्ध र समालोचना विधा फस्टाउन नसकेको अवस्था छ । सुशील चौधरी, नन्दलाल चौधरी अपवाद लेखकका थारू निवन्ध नोटिसमा पर्ने खालका छन् । थारू साहित्यमा सल्वार्टन पात्रहरू प्रशस्त छन्, तर तिनीहरू थारू साहित्यको कुनै विधामा विद्रोही हुन सकिरहेका छैनन् । जवकि यथार्थ के हो भने माओवादीको १० बर्षे युद्धमा हताहत हुने सबैभन्दा बढी थारू समुदायकै थिए ।  थारू साहित्यमा डायस्पोरा साहित्य देखिन थाल्नु खुशीको कुरा छ । कामको सिलसिलामा विभिन्न देशमा बसोबास गर्ने थारूहरू त्यहाँबाट गजल, मुक्तक लगायत साहित्य सिर्जना गरिरहेका छन् । तर आख्यानमा कलम चलेको पाँइदैन ।  थारूवान, हमार पहुरा, हिरगर, ढकियाखबर जस्ता अनलाइनमा थारू साहित्यिक समाचार, कथा, कविताले थोरै हदसम्म ठाउँ पाएको छ । अझ २०७२ सालको उत्तरार्धमा खुलेको हरचाली डट कमले त आफूलाई साहित्यिक अनलाइनकै चिनारी दिएको छ तर यो नियमित अपडेट छैन ।  थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस) ले भाषा, साहित्य विभाग गठन त गरेको छ तर साहित्यको श्रीबृद्धिमा क्रियाशील छैन । हाल थारू मानक भाषा लेखन अभियानसम्म थालेको थाकसले थारू साहित्यलाई उठाउने दूरगामी योजना बनाउन ढिलाइ गर्नुहुन्न । विद्यालय तहमा मातृभाषामा पठनपाठनको अभियानलाई तीव्र पार्न सके मात्र थारू भाषा, साहित्यको श्रीवृद्धिले उचाइ लिने देखिन्छ । यसमा थारू स्रष्टाहरू जुर्मुराउनु पर्छ । स्थानीय निकायमा कामकाजको भाषा बनाउनेदेखि थारू पाठ्यक्रम लागु गर्न गराउन जनप्रतिनिधिहरुलाई निरन्तर दवाव दिनुपर्छ । साथै, राज्यको चौथो ठूलो भाषाको रूपमा रहेको थारू भाषा, साहित्यको जगेर्नामा नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न सरकारी निकायको पनि पर्याप्त ध्यान पुग्नुपर्छ ।  सन्दर्भ सामग्री  कोपिला, छविलाल । २०७३ । थारू साहित्यमा कविताको अवस्था । २०७३ वैशाख ४ गते दाङको राजपुरमा आयोजित थारू साहित्य मेला–१ मा प्रस्तुत कार्यपत्र । चौधरी, नन्दलाल । २०७९ । थारू साहित्य । थारू स्मारिका । काठमाडौः थारू आयोग । पृ. ७९–९२ ।  चौधरी, महेश । २०६४ । समाजभाषा वैज्ञानिक दृष्टिले थारू भाषाको बृहत अध्ययन ः नेपाल प्रज्ञा प्रतिष्ठानबाट गरिएको अप्रकाशित शोध ।  दहित, शेखर । २०७९ । थारू जोधा ।  काठमाडौः  काेलिअसन फर ट्रेनिङ्ग रिसर्च एण्ड डेभलपमेन्ट प्रालि (सिट्रेड) नेपाल सर्वहारी, कृष्णराज  । २०७३ । थारू साहित्यको इतिहास । काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान । प्रस्तुत लेख नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा (साहित्य) विभागद्वारा २०८० कार्तिक २४ गते  आयोजित मातृभाषा श्रृंखला ४ मा प्रस्तुत अवधारणापत्रको संशोधित रुप हो ।  

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

१०३७ दिन अगाडि

|

१९ कात्तिक २०८०

                                                                                                                  राष्ट्रपति पुरस्कार ग्रहण गर्दै जित सर । कैलालीको धनगढी नपा–१४, फूलवारी, सी गाउँस्थित सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीलाई हालै एक सहृदयीले सूचनाको लिंक पठाइ दिए । त्यो सूचना थियो, पीपी प्रसाई फाउण्डेशनले यस वर्ष (२०८०) को दसौं राष्ट्रिय पीपी प्रसाई शिक्षक पुरस्कारका लागि सातै प्रदेशका एक एक जना उत्कृष्ट शिक्षकको लागि आह्वान ।  सूचना पुर्याउनेकै करवलले उनले फारम भरे । अन्ततः सुदूरपश्चिम प्रदेशबाट जितबहादुर चौधरी र उनको विद्यालय उत्कृष्ट ठहरियो ।  उनी भन्छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ५० हजार नगदसहित सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शिक्षक भनी पुरस्कृत भएको क्षण मेरो जीवनकै उत्कृष्ट दिन हो ।’  प्राथमिक तह पढ्दादेखि नै उनको बुबाको सपना थियो, उनलाई एक कुशल र असल शिक्षक बनाउनु । आज आएर आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन् । उनको घरको आर्थिक स्थिति कमजोर थियो । किनकि उनको पारिवारिक पृष्ठभूमि कमैया थियो । २०५८ सालमा एसएलसी गरे । त्यसपछि ट्यूशन गर्दै ऐच्छिक नेपाली विषयमा एमएड सकाए ।  पढ्दै पढाउँदै शिक्षक बन्नकै लागि सुरु सुरुमा त बिना तलब शिक्षण गरे । पछि नाम मात्रको ज्यादै न्यून पारिश्रमिक पाए । असल शिक्षक बन्ने धुन सवार भएर भारतको गोरखपुरमा समेत गएर ‘प्राथमिक शिक्षा वर्ग’ भन्ने तालिम लिए । २०७१ साल साउन २४ गते मावि तहको स्थायी शिक्षकमा नाम निस्केको दिन उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइण्ट’ ठान्छन् । उनको दरवन्दी कैलालीको तात्कालीन निगाले गाविसस्थित शिव मावि, तीनतलामा भयो । डोटीको सिमाना पहाडी क्षेत्रको दुर्गममा स्कूल भएकाले एक वर्ष पछि घरपायक सरुवाको लागि प्रयास गरे । तर, सरुवा हुनै ४ वर्ष लाग्यो । अनि फेरियो सर्वाेदय माविको काँचुली २०७५ सालमा घरपायक सर्वाेदय माविमा आएपछि उनलाई स्कूलको अवस्था देख्दा रुन मन लाग्यो ।  एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयको रुपमा चित्रित थियो । त्यसैले, विद्यालय छेउमै घर भएकाले पनि व्यस्त हुलाकी सडक पार गरेर छोराछोरीलाई टाढाको विद्यालयमा भर्ना गर्थे ।  विद्यालयमा धारा थियो, पानी थिएन । शौचालय थियो, प्रयोग गर्न सक्ने अवस्था थिएन ।  अनि त जित सरलाई झोंक चल्यो । भन्छन्, ‘घरबाटै बाल्टिन ल्याएर आफै शौचालय सफा गरें । रङ्रोगन गरी शौचालय चिटिक्क पारें । खानेपानीको व्यवस्था गरें ।’  सुरुमा उनलाई उडाइयो पनि, नयाँ जोगीले धेरै खरानी घस्छ । हेरौं, यो हेडमास्टरले कति दिन विद्यार्थीको गुहु सोहोर्छ ।  जित सरको एक्ली छोरी छिन्, नाम राखेका छन् क्रान्ति । समाजमा क्रान्ति ल्याउन कम्मर कसेका जित सरले पढ्ने उमेर भैसकेकी छोरी क्रान्तिलाई आफू पढाउने स्कूलमै बालकक्षामा भर्ना गरे । अनि आफ्नो कुरा काट्ने सारा अभिभावकको मुखमा बुजो लाइदिए ।  हेडमास्टरले त आफ्नो सन्तान यही पढाउँदै छ भने हामी भने टाढाको स्कूलमा छोराछोरी किन पठाउने ? यो मास्टरले अब पक्कै स्कूल सपार्छ है । अभिभावकको मनमा यस्तो विचार मनमा पसेपछि स्कूल गुल्जार हुँदै गयो ।  सुविधा शून्य भएको विद्यालय आज पक्की भवन, कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय, बालउद्यान छ । शैक्षिक सामग्रीद्वारा सुसम्पन्न छ । अनि, सरस्वती मावि सुदूरपश्चिम प्रदेशकै पहिलो प्रविधिमैत्री विद्यालयको रुपमा परिचित छ । आधुनिक, शैक्षिक विधि र प्रविधि स्मार्ट बोर्ड प्रोजेक्टर, साउण्ड सिस्टमले सुसज्जित छ ।  जित सर आउनु पहिले मुस्किलले २ सय विद्यार्थी रहेकोमा अहिले विद्यार्थी संख्या ५ सय नाघेको छ । एसईईमा शून्य नतिजा ल्याउने, विद्यार्थीहरू नहुने विद्यालयको रुपमा चित्रित यो विद्यालय आज धनगढी क्षेत्रकै राम्रो विद्यालयको रूपमा गनिएको छ । त्यस्तै, जित सरले वित्तीय ज्ञान तथा बानीको विकास गर्न सर्वोदय विद्यार्थी बैंक स्थापना गरी मासिक रुपमा बचत गर्ने नयाँ संस्कार बसाल्ने जमर्को गरेका छन् ।  एउटा ठुटोसम्म नरहेको विद्यालयमा जित सरको आफ्नै खर्चमा वृक्षारोपण तथा पुष्परोपण कार्यको थालनी गरिएको छ । ‘हाम्रो विद्यालयलाई हामी नमूना बनाउँछौ’ भन्ने अभियानसहित  पढाई स्तरोन्नति संगसंगै हरितमय वातावरण बनाइएको छ ।  श्रमप्रति सम्मान गर्ने बानीको विकास गर्न फुर्सदको समयमा आयआर्जन गर्ने खालको गृहकार्य दिने परम्परा जित सरले बसालेका छन् । जस्तै आफ्नो घरमा आवश्यकताभन्दा बढी भएका फलफूल, सागपात आदि स्थानीय बजारमा बिक्री वितरण गर्न प्रोत्साहित गर्छन् ।  त्यस्तै, विद्यालयको केही जग्गा छुट्याएर त्यसमा मौसमी तरकारी खेती गर्न लगाई विद्यार्थीमा पौरखी भावना विकास गरी तिनीहरूलाई जीवन निर्वाहमुखी बनाउने प्रयत्न गरेका छन् ।  कक्षा ९ का विद्यार्थीलाई पाककलाअन्तर्गत थारू परिकार ढिक्री, चटनी बनाई स्कूलमै टिफिन टायममा बेचबिखन गर्न लगाउँछन् । स्थानीय सीप तथा संस्कृतिको उन्नयन प्रवद्र्धनका लागि विद्यार्थीलाई दुना, टपरी बनाउने प्रशिक्षण दिइएको छ । यसो गर्दा तिनमा अर्थोपार्जन गर्ने सिपको विकाससँगै स्वाबलम्बी भावनाको विकास भएको प्रअ चौधरीको बुझाइ छ ।  कक्षाकोठामा आवश्यक पर्ने डस्टर आदि शैक्षिक सामग्री पनि विद्यार्थीहरूलाई खेर जाने कपडाहरूको प्रयोग गरी बनाएर ल्याउने संस्कारको विकास गरिएको छ । प्रअ चौधरीको विचारमा स्कूलको थोरै रकम जोगिनु पनि समग्रमा विद्यार्थीहरुकै रकम जोगिनु हो । जित सरले विद्यालयको चौर, कक्षाकोठा तथा शौचालयको सरसफाई सँगसँगै समय समयमा स्थानीय मन्दिर, चोक, चौतारीको सरसफाई अभियान चलाएका छन् ।  अहिलेका केटाकेटीको जन्मदिन निकै खर्चिलो हुँदै गएको छ । तर, जित सरले विद्यालयका विद्यार्थीको जन्मदिनको अवसरमा विद्यालयका लागि विद्यार्थीबाट पुस्तकालय निर्माण भनेर विद्यार्थी जन्मोत्सव पुस्तकालय निर्माणलाई अघि बढाएका छन् । प्रअ चौधरी भन्छन्, ‘यहाँका विद्यार्थीहरू जीवनमा जुनसुकै क्षेत्रमा सफल होऊन् । यही उद्धेश्यका साथ नयाँ नयाँ अभ्यासहरूको थालनी गरेको छु ।’                                                                                                                   विद्यालय परिसरमा छोरीसँग जित सर । साहित्यमय विद्यालय प्रअ जितबहादुर चौधरी आफूलाई नेपाली साहित्यको विद्यार्थी मान्छन् । एउटा थारु र अर्को नेपाली भाषामा गरी उनका दुइवटा कविता संग्रह पनि प्रकाशित भएका छन् । उनको साहित्यिक नाम हो, जित ‘ट्रासन’ । थारु भाषामा ‘ट्रासन’को अर्थ हुन्छ, मादलको ताल । हाल थारू लेखक संघ नेपाल, कैलालीको अध्यक्षसमेत रहेका उनी आफ्नो नामजस्तै विद्यालयलाई साहित्य र संगीतमय बनाउनमा लागी परेका छन् ।  भाषा, साहित्य तथा संस्कृतिको उत्थानका लागि विद्यालयमा नियमित साहित्यवाचन कार्यक्रम सञ्चालन गरेका छन् । साहित्यकारहरूको वृत्ति विकास तथा सम्मान गर्न अक्षयकोष निर्माणमा सहयोग गरेका छन् ।  शिक्षण पद्धतिलाई रोचक बनाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्रीको प्रयोग गर्छन् । पावर प्वाइन्टमार्फत् पढाउँछन् । उनी जब कुनै नविन ज्ञान, सिप र अनुभव आर्जन गर्छन्, तब आफ्ना सहकर्मी शिक्षकहरूलाई सोको बारेमा बताउन आतुर हुन्छन् । विभिन्न तालिम लिएर आएका सहकर्मी शिक्षकहरूबाट ज्ञान, सिप र अनुभव शेयर गर्न अनुरोध गर्छन् ।  आफ्नो क्षेत्रमा जानकार शिक्षाविद्, प्रशिक्षक, व्यवस्थापक, साहित्यकार, गाउँका बरघर, लोकसाहित्य लगायतका जानकारहरुको अनुभव सुनाउनका लागि समय समयमा विद्यालयमा अतिथि शिक्षकको रुपमा आमन्त्रण गर्छन् । स्कूल सुधार्न अन्य विद्यालयका प्रअ, शिक्षक तथा विव्यसका सदस्यहरूसँग भेटघाट तथा छलफल गर्छन् ।  जित सरबाट अन्य शिक्षकले सिक्नुपर्ने पाठ जित सर विद्यालयको समयभन्दा हरेक दिन कम्तीमा १५ मिनेट अगावै पुग्छन् । पाठयोजना बनाएर मात्रै कक्षाकोठामा छिर्छन् । विद्यालय र विद्यार्थीका लागि अतिरिक्त समय दिएवापत कुनै लाभ लिदैंनन् । सार्वजनिक विदामा समेत स्वेच्छिक रुपमा विद्यालयको समग्र विकासका लागि खटिन्छन् । विद्यालयमा कार्यरत आयाको पारिश्रमिक भत्ता आफ्नै तलब भत्ताबाट बेहोरेका छन् ।  विद्यालय व्यवस्थापन समिति, शिक्षकका छोराछोरीहरूलाई आफ्नै विद्यालयमा पठनपाठन गर्ने गराउने कामको थालनीको सुरुवात जित सरले आफ्नै छोरीबाट गरेका छन् । उनकी छोरी अहिले कक्षा ४ मा पढ्छिन् । उनको चाहना छ, छोरीले यहीबाट एसईई गरोस् । शिक्षक मासिक (कार्तिक अंक) बाट ,

भूकम्पबाट १५७ जनाको मृत्यु, सयौँ घाइते

भूकम्पबाट १५७ जनाको मृत्यु, सयौँ घाइते

१०३८ दिन अगाडि

|

१८ कात्तिक २०८०

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती पौने १२ बजे गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १५७ जना पुगेको छ ।  भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । भूकम्पका कारण   सयौं घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको जानकारी दिए ।  यसैगरी, नेपाल सरकारले  तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।  त्यस्तै, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड तथा कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  (पुनः अपडेट गरिएको)

कैसिक हेराइटा थारू पहिचान ?

कैसिक हेराइटा थारू पहिचान ?

१०४० दिन अगाडि

|

१६ कात्तिक २०८०

असिराम डंगौरा थारू कला संस्कृति पहिचान बचैना अभियानमे थारू बुद्धिजीवी अगुवा साहित्यकार युवा ओ पत्रकार लोग खास कैके करिब दुई ढाई दशकसे जमके लागल बाटै। कला संस्कृति थारू पहिचानके बारेम हर पत्रकार साहित्यकार बुद्धिजीवी हुक्रे कमसे कम दश बाराठो जनचेतना डेना लेख रचना पक्कै लिख सेकल हुइहि। दुई ढाई दशकके समयमे सैंयो अभियान नारा बैठक गोष्ठी कार्यक्रममे सहभागी हु सेकल हुइहि ।  मनो कोइ फरक नाइ परल, बडलटि रहल बैज्ञानिक ओ इन्टरनेटके जवानामे इ अभियान लेख रचना बैठक गोष्ठी सब सुखल बालुम पानी बरैना हस हुइटा। जब सम कार्यक्रममे रठि, टबसम पहिचान बचाइ हस लागठ । मने कौवा करैटि रहि, सुक्खुन सुखैटि रहि, अस्टे अवस्था बा थारू पहिचानके अभियानमे लागल मनैन्के। दिन प्रति दिन समाजमे उच्छृङ्खल कला संस्कृति ठाउँ बनैटि जाइटा । थारू पहिचान लोप हुइना स्थिति कैसिक पुगल टो ? यकर खास जर बुझेक् लग हमहन २०५७ साल ओर फेरसे उलिटके हेरेक परि।  तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाके पहलमे २०५७ सावन २ गते कमैया मुक्ति घोसना कैगिल। यी घोसना बँधुवा कमैयन्के लग लावा जिन्गिक आस लैके आइल। हर कमैया परिवारके मनैन्के मनमे अनेकौ सपना भरल । हुइना टो हर मनैन् अपन सपना डेखे पैना अपन जिन्गि स्वतन्त्र जिए पैना अधिकार रहठ।  डुखेक बाट यहे रहल, सरकार मुक्ति टो डेहल, मनो जिन्गि जिना जुक्ति नाइ डेहल।                                                                                                                                            लेखक असिराम डंगौरा भरल बर्खम कमैया मुक्ति घोसना करके कमैयन्के भरमे खेटि करूइया किसान ओ किसन्वक भरमे चुल्हा बर्ना कमैयन्के बहुट कर्रा फे कर डेहल। कमैया राखे नाइ पैना हो खेटि कैसिक लागि, कमैया लागे नाइ पैना हो, कुठ्लीम छाक टर्ना धान, चाउर नाइ हो। अपन लरका परकन का खवाइ, भुख कैसिक मेटि ? कमैया मुक्ति घोसना पाछे किसन्वक घारी बारीम बैठल कमैयन् अपन गाउँ ठाउँ छोरके लर्कन्के सुखि जिन्गिक सपना बोक्के औरे ठाउँ शिविर बैठे जाइ पर्ना हुइल। खास करके यहाँसे फेन थारू कला संस्कृति थारू पहिचान ओरैना सुरूवाट हुइल।  २०५२ सालसे माओवादीके उदयसे फे कुछ थारू पहिचानमे असर टो परल, मनो खासे कुछ फरक नाइ रहे । माओवादी योद्धन्के कहाइ खालि उच्छृङ्खल मेरिक समाजमे नाइ पच्ना नाचकोर न करो किल रहे ।  हर गाउँ गाउँसे कमैया शिविर ओर जबसे बसाइँ सरे लग्नै, टबसे थारू गाउँमे हर बरस डसैँहा मन्ड्रा बोल्ना फे मुश्किल परे ।  सचमे एकचो गहिर विचार करके अपन पुरान दिन याड करि, पहिले थारू कला संस्कृति नाच कोरमे मन्डरिया ओ नचनिया के रहे ?  पक्कै फे ऊ मन्ड्रा बोलुइया ओ मन्ड्राक टालमे फिरहारा मार मार नचुइया मनैया एकठो कमैया परिवारसे बिल्गिट । उ अस्टिम्कीक् गिट गउइया, झुम्रा सखियम नचुइया, भोजेम माँगर गउइया, महिला ढेर जैसिन कमैया परिवारसे बिल्गैं । डफ, मन्ड्रा, मन्जिरा कस्टार बजैना सब कमैया परिवारमे अभिन सम मिलि।  कमैया मुक्ति समयके माग रहे । ओकर पाछक् व्यवस्ठापनके समय भोगल मनैन् पटा मिलल् । मनो थारू संस्कृतिक पहिचान मेट्ना एकठो बरा कारन कमैया मुक्ति हो कहलेसे  फरक नाइ परि ।  कमैया मुक्तिसे पहिले थारू कमैया हुक्रे डिनभरिक कामके ठकान डट्करावन मेटाइक लग संघरिया–संघरिया मिलके डफ, मन्ड्रा बोलके साँझके नाचगान करैह । हर जोटे बेर सजना गिट गाईह, इहिनसे गाउँघर खेट्वा चैनार रहे। थारू गिट नाचगान भेग्वा अंगौछा लगुइया, हेल्का डिलिया, सुप्पा, छट्रि, बिर्चि, खटिया, मचिया बनैना सिप प्राय कमैयन ठन रहे। कमैया मुक्ति हुइल पाछे शिविर बैठे जैना हुइलेक ओरसे मन्डरिया एक शिविरमे, नचनिया डोसर शिविर टो गुरूवा अघरिया टिसर शिविरमे बैठे जैना मजगुर हुइनै। ऐसिके हर गाउँसे कमैयनके नाउँमे थारू कला संस्कृति ओ पहिचानके फे सास टुटगिल। छारा कर्ना क्रममे मन मिल्ना संगसाठ यारि दोस्ती छुटल । शिविरमे सत्तार गाउँक मनै सक्हुनसे मन राग नाइ मिले सेकठ, टबमारे रहल प्रतिभाके फे डबके डम टुटगिल। कमैया मुक्ति हुइल पाछे शिविर बैठे जैना हुइलेक ओरसे मन्डरिया एक शिविरमे, नचनिया डोसर शिविर टो गुरूवा अघरिया टिसर शिविरमे बैठे जैना मजगुर हुइनै। ऐसिके हर गाउँसे कमैयनके नाउँमे थारू कला संस्कृति ओ पहिचानके फे सास टुटगिल। थारू कला, संस्कृतिके पहिचान रहै कमैयन् । ऐसिक कहे बेर हजुर हुक्रन लागठुइ कमैया किल सबकुछ जानैह कि का ? मनो सच इहे हो, जब गाउँमे नाचगान हुए, टब दस मनैमे खाली ३ जे निम्न वर्गिय किसान कलाकार डेखा परैह, बाँकि सब कमैया परिवारसे रहै। यकर मटलब इ नाइ हो कि किसन्वन्के कुछ भुमिका नाइ रहे । कमैयन्के नाचगान कर्ना वाटावरन डेना टो किसन्वाक हामे रहे। थारू किसन्वनमे सयमे डुइठो रहल हुइहि, जे कमैयन कमैया सम्झना, नि कमैयन फे अपन परिवार सम्झना । किसन्वनके इटिहास फे बहुट बा । उ टो खासल अपन भोट बैंक बनाइक लग सरकार कमैया मुक्ति घोसना करल । गैरथारू कमैया, हलियनके अवस्ठा का रहे, कत्रा रिनमे रहै, इ नाइ जन्ठु, मनो थारू कमैयनके मुक्ति करे पर्ना मेरके बँढुवा फे नाइ रहै। हर थारू कमैयनके काम करटि रहल किसन्वक ठे ढेर से ढेर १०÷१५ हजार सौंकि रहल हुइ । नि ओत्रा फे नाइ रहल हुइ । टब फे मुक्ति हुइल पाछे फे बचल रिन कटाईक लग बहुट कमैया काम करके माघ पुगैनै।  हाँ, थारू कमैया भूमिहिन रहै कलेसे गाउँ ठाउँम रहल ऐलानी जग्गा वितरण करलेसे फे हुइना रहे। ऐसिक हेर्लेसे उ समय फे सरकार कमैया मुक्तिके नाउँमे थारू मत विभाजन करके  थारू एकता टुरल । लाल पूर्जाके सैचिन एकठो कागज पक्राइल । जग्गा कहाँ बा, पटै नि । अभिन सम कमैया उचित व्यवस्ठा कर्ना बाँकि बा। अब्बैके समयमे फे संघीयताके बहानामे थारून् डबाइक मारे जान बुझके थारू जात राजनितिम कमजोर हुइना मेरिक प्रदेश विभाजन करल बा। ओरौनिम थारू पहिचान बचैना अभियानमे लागल बुद्धिजीवी, साहित्यकार युवा, पत्रकार हुक्रन अत्रै कहम कि यदि हजुर हुक्रे थारू पहिचान बचैना चाहटि कलेसे कमैया मुक्तिसे पहिले अपनेक गाउँघरमे कौन मनैया डफ, मन्ड्रा बोलाए, सजना ढमार मैना सखिया अस्टिम्कीक् गिट के गाए ? पटा करि ।  ओ, वहाँ हुक्रन बहुट सम्मानपुर्वक ओइन समय समय गाउँ नानके गिट, कला संस्कृति सिप सिखा मांगि । ढोटि पोक्टा पारे, डफ मन्ड्रा बोलाइ, गाइ सिखि टो थारू पहिचान बचि । डिजेक टालमे पुठ्ठम मन्ड्रा बाँन्ढके मन्ड्रा बोलैना नाटक करके हमार पहिचान कबु नाइ बचि । जोशीपुर–५, सिमराना