धनगढीमे बुढनी उपन्यास उपर चर्चा

धनगढीमे बुढनी उपन्यास उपर चर्चा

४१८ दिन अगाडि

|

२९ असार २०८२

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

४३९ दिन अगाडि

|

८ असार २०८२

असार ७ गते सनिच्चरके काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम निम्जल बा । इहे क्रममे राष्ट्रिय थारू कलाकार मञ्च बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम  काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमे करल । कार्यक्रमके बर्का पहुना गीतसंगीतमे निरन्तर लागल नाउपाके संरक्षक रेशमलाल चौधरी उद्घाटन कर्ले रहिंट ।  ओस्टक सफु प्रकाशनके थारु लोकखिस्सामे आधारित बुधनीके अंग्रेजी ओ थारु संस्करणके उपन्यास विमोचन हुइल बा ।  मूल अंग्रेजीमे प्रवीण अधिकारीके लिखल थारु संस्करणके उल्ठा इन्दु थारु कर्ले बटि । थारु संस्करणके सम्पादन छविलाल कोपिला कर्ले बटाँ । उपन्यासकार, अनुवादक, पोस्टाके कभर बनुइया लभकान्त चौधरी, अभियन्ता उर्मिला चौधरी, प्रणवमान सिंहलगायत पोस्टा विमोचन कर्ले रहिट ।  काठमाडौमे जो थारु भसा साहित्य केन्द्र अपन रचना वाचन श्रृंखला बसघराके ८३औं भाग निम्जैले बा । ओहोर असार ६ गते बर्दियाके बारबर्दिया नगरपालिका बेलभारमे गोचाली परिवारके आयोजनामे थारु भाषा, साहित्य, संस्कृतिके संरक्षणबारे अन्तक्रिया हुइल बा । कार्यक्रममे साहित्यकार सुशील चौधरी लगायतहे सम्मान कैगिल ।  पर्यटन डिभिजन कार्यालय बाँकेक् आर्थिक सहयोगमे हुइल कार्यक्रममे थारु भाषा साहित्य, संस्कृति संरक्षणक बिषयमे दुर्गाबहादुर थारु कबिर ओ एकराज चौधरी कार्यपत्र प्रस्तुत कर्ले रहिट, जेम्ने टिप्पणी शेखर दहितके रहिन् ।  थारु आयोगके निवर्तमान अध्यक्ष बिष्णु चौधरीक् बर्का पौन्हाइमे हुइल कार्यक्रमके घरगोस्या गोचाली परिवारके अध्यक्ष सुदिन अगलपथ कर्ले रहिंट ।

टीकापुरमा रानी कुलोको नाम कसरी रहन गयो ?

टीकापुरमा रानी कुलोको नाम कसरी रहन गयो ?

४४३ दिन अगाडि

|

४ असार २०८२

लक्ष्मण किशोर चौधरी  नेपालमा राणाशासन र भारतमा ब्रिटिस् शासन चलेको बेला करीब १५० बर्ष पहिले रानी पद्माकुमारी सिंह(शाह)को जन्म सिंगाही(हाल खिरी,भारत) राजघरानामा भए पनि बिवाह दैलेखी (नेपाली) राजा प्रकाश शाहसंग कान्छी (जेठी चन्द्रकुमारी शाह) रानीको रुपमा भएकोले माइतीबाट भात खानलाई दाइजोस्वरुप कौडियार (कर्णाली नदी) वरिपरिको क्षेत्र चुरे पर्वतदेखि दख्खिन र मोहना नदीको उत्तरी भु-भाग (करीब ७ सय बिगाहा) जग्गा पाएकी थिइन्। जसअनुसार उनीहरुको बसाइ  हिँउदमा कलुवापुरको रानीमहल (हाल टिकापुर न.पा.-५)मा र गर्मीमा दुल्लु (दैलेख) मा हुन्थ्यो। र, यो बिचमा सहज बाटो बिश्रामको लागि चुरे माथिको राजकाँडा महलमा (चिसापानी माथि) निवास गर्ने गर्थे। ऊनको समयमा सत्तीस्थित प्राचीन शिवालय (भगवान परशुराम कालीन)लाइ जिर्णोद्धार गरि सुन्दर मन्दिर (हाल पद्मप्रकाशेश्वर महादेव टिकापुर-७) र ठूलो ईनार (कुँवा) को निर्माण गराएका थिए। यी राजमहल,मन्दिर,कुँवा आदि बनाउन सिपालु मिस्त्री र कामदार रानीले आफ्नै माइती सिंगाहीबाटै कलुवारहरु (भारतीय एक जाती समुह) ल्याएकी थिइन्। रानीमहलको आधा किलोमिटर दख्खिन तिनीहरूको बस्ती पनि बसाइन्। जसलाई कलुवापुर गाउँ र राजमहललाई कलुवापुरको दरबार भनियो। यसको दुरदराजमा भने पहिल्यैदेखि कठरिया समुदायको बाक्लो गाउँबस्ती थियो। डंगौराहरु दाङबाट आउन जारी थियो। पछि राजाको मृत्युपश्चात् जेठी रानी चन्द्रकुमारी राजासंगै पदमपुर गाउँको उत्तरस्थित गौढी(गाउँ भरिको गाइवस्तु जम्मा गर्ने ठाउँ) मा सती गइन्। जसअनुसार अहिले त्यो वरिपरिको स्थानलाई सत्ती भनियो । आजभोलि त्यहाँ बाक्लो बस्ती छ। जसलाई सत्ती बजार पनि भनिन्छ। रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । पछि रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । यो बेगारी गरी कुलो खन्ने तत्कालीन थारु रैती किसानहरुमा .मेरो आजा (बराजु) बर्कागुर्वा दुर्गा पर्साद जोगी थारु, रगरगञ्ज (हाल नुक्लिपुर), .टुरु दहिट्वा,रगरगञ्ज (नुक्लिपुर) र .बर्कागुर्वा रामफल थारु (पदमपुर)को नाम मात्रै ज्ञात् छ। वरिपरिका पुराना बृद्ध थारुहरुले यस कुलोलाई कुक्कुर पुज्वा कुल्वा,बर्का कुल्वा र रानी कुल्वा पनि भन्ने गर्दछन्। पछि रानीले महलबाट धनमाल र सेवादारसहित माइती फर्किनलाई कौडियारको खैरीघाट (हालको दौलतपुरघाटदेखि तल) बाट जहाज (पानीमा चल्ने किस्ती,डुङ्गा) लग्दै गर्दा अधिक भार भइ पानीमा जहाज डुबेको थियो।राजपरिवारका सदस्य सहित पानीमा डुबेको यो नै पहिलो नेपाली "टायटानिक" हो। अहिले त्यो ठाउँलाई स्थानीयले जहाजबुर्ला (जहाजडुबुवा) भन्छन्। यी राजारानीका वंशज कृष्णबहादुर शाही (बर्दिया) हाल काठमाडौंमा जिवितै छन्। रानी पद्मकुमारीको पालामा अरु पनि सामाजिक कार्यहरु भएका छन्। बर्दियामा पद्मकुमारी मा.वि.मुख्याजयपुर (राजापुर न.पा.),भैरबनाथ मन्दिर (राजापुर बजार) मा र नैनादेवी मन्दिर, धनगढीमा मुख्य मानिन्छ। यस्तो ऐतिहासिक तथा महत्त्वपूर्ण ब्यक्तित्वको इतिहास अनि निर्माण भएका महत्त्वपूर्ण स्थानलाई संरक्षण, सम्वर्द्धन र ब्यवसायीकरण गर्न धनगढी उ.म.न.पा., टिकापुर न.पा.र राजापुर न.पा.ले सुचिकृतको लागि पहल गर्न अत्यन्तै जरुरी छ। साथै सुप. प्रदेश सरकार,लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारको पनि नजर र दायित्व हुनै पर्दछ। केन्द्र सरकारले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजनामा रानी कुलालाई समावेश गरे ता पनि योसंग जोडिएका अरु ऐतिहासिक दस्तावेजिकरण गरेको पाइन्न।नेपाली इतिहासमा यस रानीमहललाई कलुवापुर दरबार भनेर उल्लेख गरेको बाहेक अरु बेलिबिस्तार कहीँकतै नलेखिएको इतिहासकारहरुले बताउँछन्।  आफ्नो दूरदर्शी तत्वज्ञान र अथक भागरथ प्रयासले कैलाश-मानसरोवरको पवित्र गंगाजल (कर्णाली)लाई बस्ती बस्तीसम्म सिंचित गराउने धार्मिक पुन्यात्मा "जलकी देवी महारानी पद्मावती" लाई मेरो हृदयदेखि शत् शत् नमन्। सबै तस्विर सौजन्य लेखकबाट लेखक सु.प. सभा कैलाली १(२) सदस्य हुनुहुन्छ  

थारु लेखक संघके पचवाँ बार्षिक साधारण सभा सम्पन्न

थारु लेखक संघके पचवाँ बार्षिक साधारण सभा सम्पन्न

४७९ दिन अगाडि

|

३० वैशाख २०८२

थारु लेखक संघ, नेपालके पचवाँ बार्षिक साधारण सभा सोम्मारके रोज धनगढीमे एक कार्यक्रम बिच वैशाख २९ गते सोम्मरके निम्लज बावै । थारु लेखक नेपालके अध्यक्ष जीत बहादुर चौधरी ‘ट्रासन’के घरगोसियाइमे हुइल कार्यक्रमके बर्का पहुना वरिष्ठ साहित्यकार यज्ञराज यात्री रहल रहिट । कार्यक्रमहे सम्बोधन कैटी बर्का पहुना यात्री आपन भाषा, कला रीति संस्कृति चालचलन, रहन सहन बचैना आवश्यक रहल बटाइल रहिट । उहाँ कहलै, ‘आपन पन सबकुछ होवई, आपन‐आपन हो । ओहेमारे हम्रे आपन भाषा, कला रीति संस्कृति चालचलन, रहन सहन सक्कु चीज बचैना आवश्यक रहल बावै ।’ ओकर लाग उहाँ थारु लेखक संघ, थारु साहित्यकार, पत्रकार कलाकारहुक्रनके मुख्य जिम्मेवारी रहल फेन बटाइल रहिट । उहे बिच उहाँहे साहित्यिक क्षेत्रमे योगदान पुगाइल कहटी सम्मान करल रहे । उहाँहे थारु लेखक संघके पूर्व अध्यक्ष सीताराम चौधरी दोसल्ला प्रमाणपत्रसे सम्मान करल रहिट । कार्यक्रममे बोलुइया सक्कुजाने फेन थारु भाषा, कला, साहित्यहे बचैना जरुरी रहल बटाइल रहिट । उहाँहुक्रे थारुहुक्रनके पहिचान, इतिहास बचाइक लाग सक्कु जाने लागे पर्ना औंल्याइल रहिट । कार्यक्रमके खास पहुना तथा थारु लेखक संघके संस्थापक सदस्य माधव चौधरी, दिलबहादुर चौधरी, थारु लेखक संघके कानुनी सल्लाहकार जोहारी लाल चौधरी, प्रतिभा महिला पुरस्कारके संस्थापक चन्द्रसिंह चौधरी, कर्मशिल बचत तथा ऋण सहकारी संस्थाके अध्यक्ष रामप्रसाद चौधरी, थारु गाउँ भादा होमस्टेके अध्यक्ष लक्ष्मीनारायण चौधरी, फोनिज सुदूरपश्चिम प्रदेश इन्चार्ज लखन चौधरी, फोनिज सुदूरपश्चिमके महासचिव भानुप्रताप राना, थारु लेखक संघके पूर्व उपाध्यक्ष सानु चौधरी, गायिक मनमति बखरिया, थारु चलचित्रके निर्देशक चन्द्र चौधरी चाँद लगायत शुभकामना मनतब्य राखल रहिट । उहे बिच थारु लेखक संघ नेपालके सचिव अनिल कुश्मी आव २०८१/०८२ के बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत करल रहिट । उहाँ बार्षिक क्रियाकलाप अन्र्तगत कैलारी गाउँपालिकाके स्थानीय विषयक पुस्तक ‘हमार कैलारी’ कक्षा २ के लेखन, प्रकाशन ओ वितरण करल, धनगढीके गुरही चौकमे असराजैना गुहरी टिहवार कार्यक्रमके समन्वय सहकार्य ओ आयोजना, २०८१ साल फागुन १५ से १७ गतेसम बर्दियाके राजपुर‐२ जोतपुरमे ९औं थारु साहित्य राष्टिय सम्मेलन आयोजनाके साथे उहे कार्यक्रममे बर्दियाके सुशील चौधरीहे नगद ५० हजार शाशीके थारु साहित्य सम्मानसे पुरस्कृत ओ बेलारी नगरपालिका ७ कञ्चनपुरके सुनिता चौधरी सानुहे नगद २५ हजार राशीके प्रतिभा सशक्तिकरण पुरस्कारसे सम्मान करल जनाइल रहिट । ओस्टके उहाँ आगामी कार्य योजना अन्र्तगत थारु लेखक संघके केन्द्रीय कार्यालय धनगढीमे स्थापना कैना, मासिक साहित्यिक कार्यक्रम कैना, आजीवन सदस्य संख्या वृद्धि कैना, अइना १०औं थारु साहित्य राष्टिय सम्मेल २०८२ माघ १५ से १७ गते पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिकाके बेलवा गाउँमे कैना, विद्यार्थी साहित्य महोत्सव आयोजना कैना, थारु मौलिक बाजागाजा बजैना तालिम ओ सामाजिक कार्य ओर रक्तदान कैना कार्ययोजना रहल सुनाइल रहिट । ओस्टके थारु लेखक संघसे अब्बेसम पाँच जनहनहे थारु साहित्य सम्मानसे पुरस्कृत करल बटैलै । उहाँ कैलालीके लक्ष्मी राना, बर्दियाके शेखर दहित ओ सुशील चौधरी, दाङ देउखरके दोषहरण चौधरी ओ सुनसरीके रामसागर चौधरीहे उ पुरस्कारसे पुरस्कृत करल हो । ओस्टके प्रतिभा महिला सशक्तिकरण पुरस्कारसे दाङदेउरखके मन्जिता चौधरी, बाराके शान्ति चौधरी ओ कञ्चनपुरके सुनिता चौधरी सानु सहित ३ जनहनहे पुरस्कृत करल जनाइल बावै । ओस्टके कार्यक्रममे कोषाध्यक्ष दुर्जन कुमार चौधरी आव २०८१/०८२ के आयव्यय विवरण प्रस्तुत करल रहिट । उहाँ आठ लाख ८७ हजार १०८ रुप्या बराबरके आयव्यय प्रस्तुत करल रहिट । कार्यक्रममे थारु लेखक संघके जिल्ला कार्यसमिति सदस्य राजुराज चौधरी स्वागत करले रहिट कलेसे सञ्चालन सहसचिव दिनेश संगम करले रहिट । कैलारी अनलाइनसे

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

४८९ दिन अगाडि

|

२० वैशाख २०८२

सन्तोष खनाल घोराही । नक्कल गर्ने प्रबृत्तिले नेपालमा भाषा संस्कृतिको महत्व घट्दै गएको र लोप हुने अवस्थामा पुगेको भन्दै साहित्यकारहरुले चिन्ता व्यक्त गरेका छन् । भाषा संस्कृतिको संरक्षण र विकासमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल हुनुपर्नेमा उनीहरुले जोड दिए । परिषद्को २५ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनको अवसरमा पुरस्कार वितरण तथा लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी कार्यक्रममा भाषा र संस्कृतिको संरक्षणमा सरोकारवालाको भूमिकाका बारेमा चर्चा गरिएको थियो । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपालको भाषा संस्कृति आयातित संस्कृतिको मारमा परेको उल्लेख गर्दै लोप हुने अवस्था सिर्जना भएको बताउनुभयो । ‘मोबाइलमार्फत् बाहिरबाट आएका कुराले मौलिक संस्कृति लोप हुँदै जान थाले,  विकृति भित्रिदैछ’– उहाँले भन्नुभयो– ‘मातृभाषा मात्रै होइन नेपाली भाषाकै भविष्य के भन्ने बेला आयो ।’ भाषा संस्कृति संरक्षणमा विशेष ध्यान दिने बेला आएको बताउँदै उहाँले भाषा संस्कृति कला साहित्यको संरक्षण र विकास गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारलाई अधिकार बाँडफाँडमा भाषा संस्कृतिको संरक्षणमा अहं भूमिका दिएको र त्यसमा पनि स्थानीय सरकारलाई थप अधिकार रहेकोले सरकारले पनि यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले यस क्षेत्रमा राज्यले लगानी थप गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवं राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले लामो लडाईंले प्राप्त गरेको शान्ति परिवर्तनको रक्षाका लागि साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक परिवर्तन छिटो भए पनि सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन विस्तारै हुन्छ, यसमा साहित्यकारको तथा कलमजीवीको भूमिका रहन्छ’– शर्माले भन्नुभयो– ‘साहित्यकारको लेखनशैली शुभकामना शैली मात्रै भयो । पहिले परिवर्तनका लागि लडेका साहित्यकारको जस्तो जोश अहिले देखिएन नत्र धेरै परिवर्तन भइसक्थ्यो ।’ उहाँले मानवमा मानवता जगाउन र शान्ति समृद्धिका लागि पनि साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताउदँै सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सुशासन र भ्रष्टाचारले नेपाल विश्वमै बदनाम हुने अवस्थामा पुगेको भन्दै साहित्यकारले सुधार ल्याउने गरी कलम चलाउनुपर्नेमा उहाँको जोड थियो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र राप्ती साहित्य परिषदको संयुक्त आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठीमा लुम्बिनी प्रदेशको भाषिक अवस्थाको बारेमा डा. कृष्णराज सर्वाहारी र लुम्बिनी प्रदेशको सांस्कृतिक अवस्थाको बारेमा प्राडा. गितु गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा. प्रेम योगी र प्राडा शिवकुमार सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वपरिषद् सदस्य प्राडा गोविन्द पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, साहित्यकारहरु भुपेन्द्र मल्ल, कर्णबहादुर बुढा, प्राडा बाबुराम आचार्य, डा. कपिलमणि लामिछाने, परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, जिल्ला शाखाको तर्फबाट रुकुम पश्चिमका अध्यक्ष मनलाल वली, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, दाङ साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष डिल्लीराज श्रीधर, परिषद्का सल्लाहकार एवं पुरस्कार छनोट समितिका संयोजक पुरुषोत्तम खनाललगायतले परिवर्तनमा साहित्यकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो । सोही अवसरमा प्राडा गोविन्द पौडेलले आफ्नो बुवा आमाको सम्झनामा ईश्वरी बिना राष्ट्रिय वाङ्मय पुरस्कारको लागि पाँच लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्न चेक हस्तान्तरण गर्नुभएको थियो । शनिबारसम्म चल्ने कार्यक्रममा अक्षयकोष स्थापना कर्ता थप बढ्ने आयोजकले जनाएको छ । राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदीले गर्नुभएको थियो । शनिबार परिषद्को साधारण सभा तथा अधिवेशन हुँदैछ । २४ बढी स्रष्टा पुरस्कृत राप्ती साहित्य परिषद्ले २०८१ सालको राप्ती साहित्य पुरस्कार दाङका प्राध्यापक डा. बाबुराम आचार्यलाई प्रदान गरेको छ । २०८० सालमा प्रकाशित १८ थुङगा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार प्रदान गरिएको हो । यस्तै नन्दहरि साहित्य पुरस्कार दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कार दाङका शशिधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कार रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैगरी देवीचन्द्र साहित्य पुरस्कार बाँकेका डा. हरिप्रसाद तिमिल्सिनालाई, अपामुकुन्द प्रज्ञा पुरस्कार प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरिराज खनाललाई प्रदान गरिएको छ । यसैगरी दाङका अभि क्षेत्री समर्पणलाई पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार, बुटबलका प्रा. डा. कपिल लामिछानेलाई तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार, दाङका कपिलकिशोर घिमिरेलाई चक्रपाणि लोकेश्वरी छन्द पुरस्कार, प्युठानका सुमन सुवेदीलाई नित्यानन्द प्रज्ञा पुरस्कार, दाङ देउखुरीका यादवनाथ योगीलाई चन्द्रमधु गीत संगीत पुरस्कार, रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार र रोल्पाका अमर अधिकारीलाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई श्रीबहादुर दीलमाया साहित्य पुरस्कार, बाँकेका महानन्द ढकाललाई टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार, सल्यानका हिरालाल केसीलाई जीवनचक्र साहित्य पुरस्कार दिइएको छ भने पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मान सल्यानकी बिनु बुढाथोकीलाई दिइएको छ । यस्तै पश्चिम रुकुमका खेमराज खड्कालाई ऋषि लक्ष्मी साहित्य पुरस्कार, दाङकी दीपा बुढालाई गोमादेवी स्मृति कला पुरस्कार र विष्णुनुमा साहित्य पुरस्कार दाङका मनिषा गिरी ‘ऋतु’लाई दिइएको छ । यसैगरी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, साहित्यकार मधुसूदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गरिएको छ । नयाँ युगबोधबाट

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

४९७ दिन अगाडि

|

१२ वैशाख २०८२

सुशील चौधरी महाभूकम्प २०७२ वैशाख १२ ले ९ हजार भन्दा बढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाख घरवारविहीन भए । त्यसमध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाडौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परीक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण गर्नुपर्‍यो । धन्न शिक्षा मन्त्रालयले भूकम्पपीडित परिवारले सहजै आफ्ना बालबालिकाको विद्यालय स्थानान्तरण गर्ने अनुमति दियो ।   भूकम्पको दिन दिन (१२ देखि १४, बैशाख, २०७२) मा मैले जे देखें, त्यो क्षण र परिवेश मेरा लागि अविस्मरणीय छन् । म कहिल्यै भुल्न सक्नेछैन । जीवन र मृत्यु आकस्मिक कुरा हो, भाग्य भन्ने चिज छ भने मैले भाग्यले आजको जीवन पाएँ । संगै धरहरामा गएर पनि म धरहरा नचढ्नाले ज्यान जोगियो । त्यही धरहरामा मृत्युवरण गरेका भतिजले एक पटकमात्र आग्रह गरेको भए, सायद मैले टार्न सक्दिन थिए वा मिल्दैनथ्यो । उनी यति आत्मविश्वासी थिए कि आँटेको काम गरि छाड्थे । मलाई लाग्छ, सानोबाबालाई किन दुःख दिने भनेर उनले केही नभनी पूmर्तिका साथ भर्याङ उक्लिए । एसएलसी दिएर आएका जिज्ञासु युवकले दुई–तीन मिनेट धरहराभित्र जाने गेटैमा राखिएका ठूला–ठूला होर्डिङबोर्डका सूचना पढ्न समय विताएका भए उनी जोगिने थिए ।  भतिजको मृत्युपछि उनको आमा–बुवालाई कसरी बताउने र कसरी त्यो पीडा सहन गर्न सक्ने हुन् र मलाई के भन्ने हुन् भन्ने पीडादायी र अप्ठ्यारो परिवेशले मेरो हृदय छिया छिया भएको थियो । धरहरा ढलेर आफन्त गुमाएर सहाराविहीन भएर एकसुरे दिमाग लिएर फर्कदा बसन्तपुर दरवारको उराठ उजाड अवस्था देख्दा म झण्डै बेहोस भएको थिएँ । निरन्तर परकम्पका बीच काठमाडौका सडकहरुमा मोटरसाइकिलमा हुइकिँदा साँझ के धनी के गरीव, के नेता के जनता र सर्वसाधरण आफ्ना आलिशान महल छाडी सिरक र तन्ना च्यापेर खुल्ला ठाउँमा बास बस्न निन्याउरो अनुहार लगाई भौतारिरहेको दृश्यले मानव जीवन बुझ्न सघायो । सम्पत्तिको शान त क्षणिक रहेछ । प्रकृतिले कसैलाई विभेद गर्दो रहेनछ । जतिसुकै धनसम्पत्ति आर्जन गरेपनि विपत्तिमा त मान्छे नै चाहिने रहेछ ।  महाभूकम्प व्यहोरेको एक वर्षलाई फर्केर हेर्दा कठिन राजनीतिक अवस्थालाई निकाश दिन मुख्य राजनीतिक दलहरुबीच राजनीतिक सहमाति जुटाउने सवालमा महाभूकम्पले ठूलो भूमिका खेल्यो ।  संविधानसभाले नेपालको संविधान २०७२ असोज ३ गते जारी गर्‍यो ।  तराईकेन्द्रित आन्दोलन र नाकाबन्दी साथै त्यसले सिर्जना गरेको आपूर्ति व्यवस्थाको अवरोध सरकारको जिम्मेवारीवाट भाग्ने बलियो बहाना बन्यो । लामो राजनीतिक खिचातानी पछिभूकम्प पछिको पुनःनिर्माणका लागि प्राधिकरण त बन्यो तर अपेक्षाकृत काम सुरु गर्न सकेन । यही परिवेशमा म पुनः आफ्नो परिवेश, पीडा, अनुभूति साट्ने जमर्को गर्दैछु ।  २०७२ बैशाख १२ गते शनिवार परेको थियो । मेरी जेठी सासुको कान्छो छोरा भतिज (जगतराम थारु, वर्ष १६) प्रवेशिका परीक्षा सकेर घुम्न काठमाडौ आएको हप्ता दिन पुग्दै थियो । मेरो अफिसको कामको व्यस्तताका कारण घुमाउन लिएर जान सकेको थिएन । शनिवार परेकोले सो दिन विहानको खाना चाडै खाएर १०.३० बजे मोटरसाइकलमा हिँड्यौं । नैकापबाट कलंकी हुदै भोटेवहालको बाटो हुदै सबैभन्दा पहिले टाढैबाट धरहरा देखाएँ । न्युरोड, रत्नपार्क, रानी पोखरी, कान्तिपथ, नारायणहिटी, दरवारमार्ग हुदै सिंहदरवार, अनामनगर छिराएर संविधानसभा भवन देखाएँ । बानेश्वर चोकपुग्दा पुग्दा नपुग्दै मेरो मनमा दोधार भयो । शंखमुल हुदै पाटन कृष्णमन्दिर लैजाने कि सुन्धारा लैजाने ? ठिक त्यसैबेला माइतीघर तर्फको बाटो खुल्यो । बिहान सुन्धारा पुग्दा फर्केर आएर धरहरा चढ्ने  र मःमः खाएर घर फर्कने योजना गरेकोले मोटरसाइकिलको हैण्डल माइतीघर तर्फ मोडियो । सुन्धाराको पूर्वपट्टि रहेका निःशुल्क पार्किङ क्षेत्रमा मोटरसाइकिल राखेर टिकट घरतर्फ हान्नियौं । म आफै अभिभावकको भूमिका निर्वाह गर्न पाएकोमा दंग थिएँ भने भतिज धरहरा चढ्न लालयित भतिज फुर्तिलो ढंगले टिकट घरको सिढी चढे । उनको अनुहार खुशीले धपक्क बलेको थियो । म चिनी रोगी भएकोले दुई घण्टासम्म निरन्तर ड्राइभिङ गरेकोले केही शिथिलता महसुस गरिरहेको थिएँ । त्यसैले धरहरा नचढ्ने सोच बनाएँ । पचास रुपैयाँको टिकट किनेर भतिजलाई दिंदै जाउ चढेर आउ, म यही बगैचामा आराम गर्छु भनें । फेरि सोचें, उनी माथि गएपछि उनको फोटो कसले खिचिदेला । माथि धरहराको टुप्पोमा हेरें, आठ दस जना मानिसहरु देखिए । त्यहीका कसैलाई फोटो खिच्न अनुरोध गर्नु भने, उनले हवस् भनेर खुरुरु धरहराको प्रवेशद्वारतर्फ हानिए । म पूर्वको बगैचातर्फ लागें । नियतिको मिति पुगेको मलाई के थाहा, म भतिज धरहरा चढेर फर्केपछि मज्जाले मिठो मःमः खाँदै काठमाडौ घुमाईको अनुभव साटौला र भोलिको घुम्ने योजना बनाउँला भनेर मनमा खेलाउँदै के थिए, आफू असन्तुलत भएको महसुस गरें । हर्दाहर्दे म बगैचाको फलामको कुर्ची समातेर अडिने प्रयास गर्न थाले । फर्केर धरहरामाथि दृष्टिपात गर्दा त निरीह धरहरा घडीको लंगुर जसरी हल्लिरहेको थियो । क्षणभरमै धरहरा गल्र्याम्मै पश्चिमतर्फ ढल्यो । सुन्धारा पुरै धुलोले पुरियो । म अवाक भएं ।  मेरो छेउछाउका मानिसहरु रुन कराउन थालेपछि म पनि होशमा आाएछु । आफूसंगै केही क्षण आत्मियतका साथ कुराकानी गरिरहेको व्यक्ति धरहरासंगै ढलेको अवस्था थियो । सबै चिज गुमाएको बेसहारा मानिस जस्तो भएँ म । कति सपना बुनेर धरहरा चढेको छोरा सपनासंगै अलप भयो । सबै मानिसहरु आफन्त खोज्न पल्टिएको विवश खण्डहरको धुलोमा खोस्रन थाले । म पनि मुटुमा उर्लिएको पीडा र आँखामा बगिरहेको अश्रुधारासंगै आफ्नो मान्छे खोज्न थालें । त्यो धरहराको धुलोमा तप तप खसिरहेको आँसु विस्तारै बिलीन भइरहेका थिए । कतिपय जिउँदा व्यक्तिहरु भेटिइरहेको बेला कतै भतिज जिउँदै भेटिइ हाल्ने हुन् कि भन्ने झिनो आसमा खोज्ने सकेको प्रयास गरें ।  एक घण्टाको अनवरत खोस्राइपछि उनको जुत्ता सहितको खुट्टा भेट्टाएँ । उनले हिंड्दा जुत्ता लगाउँदै गर्दा मेरो नजर जुत्तामा परेको थियो । के थाहा, त्यही चिज उनको मृत्युको पहिचान गर्ने कुरा बन्ला भनेर । मैले अनुमान लगाएँ, उनी सातौ तल्लासम्म पुगेका रहेछन् । ठूलो चाङले शरीर च्यापिएकोले तत्काल निकाल्न सम्भव थिएन । केही क्षणपछि नेपाली सेनाको उद्धार टोली आवश्यक तयारीका साथ आइपुग्यो । चार पाँच घण्टा लगाएर धरहराका सबै भग्नावशेष छेउ लगाएर सबै घाइते र लाश निकालियो  ।  घटना त भयो, अब घरमा कसरी जानकारी गराउने भन्नेबारे म चिन्तामा परें । एकैपटक मृत्युको खबर कसरी दिने ? आखिर भन्न त भन्नै पर्छ । बर्दिया, गुलरियामा बस्ने भाई मानबहादुरलाई अवस्थाको बारेमा जानकारी गराएँ । गाउँका बरघर र जान्ने सुन्नेलाई अवस्था बताउन भनें । विस्तारै बताउने कुरा गरें । उता, मैले लाश नभेटाइसकेकोले अझै जिउँदै भेटिन सक्ने आशा मरिसकेको थिइन । साँभ mसात बजे घाईते र लाश राखिएको ठाउँमा गएँ । ट्रमा सेन्टरमा घाइतेहरु राखेकोले सबैभन्दा पहिले त्यहाँ खोजें, त्यसपछि बीर अस्पतालका पेटी, वार्दली, कोठा र आँगन चहारें । सयौको संख्यामा रहेको शव लस्करै राखिएका थिए । पहिचानका लागि हेर्दै गएँ, त्यहाँ पनि फेला पार्न सकिन । मन झनै हडबडायो । त्यहाँ केही पीडित परिवारले घाइतेहरु शिक्षण अस्पताल महाराजगंजमा राखेको छ अरे, भन्ने कुरा गरिरहेको सुनें । कतै मेरो मान्छे पनि घाइते मात्र पो छन् कि भनेर केही आशा लिएर, टिचिङतर्फ हानिएँ ।  उता, भूकम्पको ससाना पराकक्पन निरन्तर आइरहेको थियो । तर, त्यसको कुनै प्रवाह भएन । कसरी जिवित वा मृत अवस्थामा आफ्नो मान्छे भेटिन सक्छ भन्ने मात्र ध्याउन्न थियो । शिक्षण अस्पतालको परिसर भरिभराउ थियो, घाइतेहरुको उपचार भइरहेको थियो । घाइते र मृतहरुको सूची पनि हेरें तर पाइन । तब, शव राखिएको हलमा पुगें । एक एक गरी हेर्दै जाँदा भतिजको शव बल्ल फेला पारें । सग्लो शरीर, चौडा छाती, हातमा घडी, कम्व्याट ड्रेसमा सजिएको उनको शव बरफमा राखिएको थियो । पीडाका आँसु झर्न थाले वागमती भएर । यसरी अधैर्यताका साथ आफन्तको खोजी गर्दा मानिसका शवहरु बीचमा रहँदा भूकम्पको सामना मात्र गरिरहेको थिइन कि मृत्युसंग आमने सामने बसेर साक्षात्कार पनि गरिरहेको महसुस भइरहेको थियो । म संगै गएका साथी तथा घरबेटी चुर्ण वलीजीलाई ईसारा गर्दै शव चिनाएँ । शव पहिचानका लागि कागजात तयार गरिरहेको प्रहरीलाई आफ्नो मान्छे भएको बताएर नाम, वतन दर्ता गराएँ ।  शव त भेटियो, अब दाहसंस्कार यतै गर्ने कि लिएर गाउँ जाने, लिएर कसरी जाने ? ठूलो संकट आयो । गाउँबाट पनि घरी लिएर आउन सुझाव आउँथ्यो भने घरी त्यतै अन्त्यष्टी गरिदिन भनिन्थ्यो । तर म भने सकेसम्म शव गाउँ नै लिएर जाने सोचमा थिएँ । किनकि आफूकहाँ आएको बच्चा आफैले घुमाउन लैजाँदा भूकम्पमा परी मृत्यु भएकाले उनको आमा बाबु र आफन्तले अन्तिम पटक मुख हेर्न पाए भने राम्रो हुने कुरामा म अडिग थिएँ । मैले गाउँ लैजान काठमाडौका सबैजसो एम्बुलेन्स र शव वाहनहरुसंग विन्ति गरें । तर, यस्तो कठिन अवस्थामा उपत्यका बाहिर जान नसकिने बताए । साथी कृष्ण गौतमले पनि मलाई सघाउनु भयो तर केही लागेन । म निराश भएँ । अनिश्चितताको बालद मडारियो मानसपटलमा । पहिचान गरिएका शवहरु बुझ्दै आफन्तहरु जान थाले, शवहरु निरन्तर आइरहेका थिए । गर्मीको महिना दुई दिन बितिसक्दा शवहरु गनाउन थालिसकेका थिए । त्यसकारण सरकारले पहिचान नभएका शवहरु महानगरपालिकाले अन्त्यष्टी गर्ने निर्णय गरिसकेको थियो ।  ९औ थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुरस्कृत भएका लेखक सुशील चौधरी आफ्ना भनाई राख्दै । ब्रेन ह्यामरेजका कारण उनी विरामी छन् । मैले नेपालगन्जबाटै शब वाहन लिएर आउन अनुरोध गरें । मेरो अनुरोधलाई स्वीकार गरेर शववाहन आउने भयो । गाउँमा सबैले गक्ष्यअनुसार सहयोग जुटाएर पठाउने व्यवस्था मिलाएका रहेछन् । गाउँबाट बरघर (दुर्गा थारु) जो नाताले मेरा मामा हुन् र मेरो अति मिल्ने साथी दुःखलाल चौधरी, अरु दुईजना आफन्तसहित् १३ बैशाखका दिन हिँडे । १४ गते बिहान १० बजे सम्ममा आइपुग्नु पर्नेमा मुगलिङ खण्डमा सुख्खा पहिरो गएर त्यहीं रोकिए । प्रहरीले छिटो शव उठाउन भन्न थाल्यो । आफ्नो शववाहन आइपुग्दैन । हुलमुलमा आफन्तको शव अरुले नै पो उठाएर लग्ने हो कि भन्ने अर्को डर । बल्ल बल्ल साँझ ७.०० बजे नेपालगन्जबाट शववाहन आइपुग्यो । मैले सन्तोषको लामो सास फेरें । साथीहरु भएपछि आँट पनि थपिदो रहेछ । १५ गते बिहान १२.०० बजे शव कालिका– ३, मयुरवस्ती, बर्दिया पुर्‍याइयो । थारु संस्कारअनुरुप अन्त्येष्टी कर्म गरियो ।  आफ्नो घरमा बस्न आएको बच्चा आफूले घुमाउन लैजाँदा महाभूकम्पमा परी मृत्यु भएको अवस्थाले म र मेरो परिवार मर्माहत भएका थियौं । जति दुःख भएपनि आफैलाई होस, अरुलाई नहोस् भनेर सोच्ने व्यक्ति आज त्यस्तो घटनामा पर्दा ग्लानी भयो । राम्रो गर्न खोज्दा पनि कहिलेकाही परिवेशका कारण अप्ठ्यारोमा परिने रहेछ । म आफैलाई त यति पीडा महसुस  भइरहेको छ भने हुर्केको सन्तान गुमाउँदा उनका बुवा आमालाई कति पीडा भएको होला, म अनुमान लगाउन सक्दिन । सायद, त्यो अभाव कहिल्यै पूर्ति हुनेछैन । करीब दुई महिना मैले नयाँ कुरा सोच्नै सकिन । जेठमा गाउँका सबै आफन्तहरुलाई निम्ता गरेर पूजा लगाइयो । धेरै वर्षदेखि कामको सिलसिलामा गाउँ बाहिर रहकोमा सबै गाउँलेलाई निम्ता गरेर भलाकुसारी गर्न पाउँदा मनमा एक किसिमको आनन्द आउँदो रहेछ । म दश वर्ष पछि पुनः गाउँ फर्केको थिएँ । सबैले माया दिए, मेरो आत्मविश्वास बढेर आयो ।  महाभूकम्पको एक वर्षको अवधिमा राज्यको तर्फबाट जुन रुपमा पुनस्थापना र पुननिर्माणका लागि तदारुकता देखाउनु पर्ने हो, नसकेका कारण एक वर्ष वितिसक्दा पनि भूकम्पपीडित जिल्लाका प्रभावित परिवारहरु पालमा बस्न बाध्य भए । सरकारी तथ्यांकअनुसार, धरहरामा साठी जनाको ज्यान गयो । मृतकलाई सरकारले जम्मा एक लाख चालीस हजार राहत प्रदान गरेको छ । धरहरा सञ्चालनको जिम्मेवारी लिएको संस्थाले विना विमा टिकट काटेर पैसा कमाएको कुरा सार्वजनिक भएको छ । पछि प्रधानमन्त्रीको आश्वानमा आफ्नो धरहरा आफै बनाउने घोषणा पनि गरियो । तर धरहरा भत्किदा ज्यान गुमाएका र घाइते भएकाहरुको अधिकारको सुनिश्चितता नगरी काम थाल्नु कत्तिको न्यायोचित होला । जीर्ण अवस्थामा रहेका इमारतको दुरुपयोग गरी पैसा कमाउने अनि घटनाप्रति जिम्मेवारी नलिने प्रवृत्तिले भोलिका दिनमा कस्तो सुरक्षा हुन सक्ला ? (पुनः प्रकाशित)