सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

१०९० दिन अगाडि

|

२५ भदौ २०८०

बीपी साहित्य महोत्सव : दोस्रो दिन के–के भयो ?

बीपी साहित्य महोत्सव : दोस्रो दिन के–के भयो ?

१०९० दिन अगाडि

|

२५ भदौ २०८०

बीपी साहित्य महोत्सवको सोमबार दोस्रो दिन विभिन्न कार्यक्रम गरी मनाइएको छ । “बिपी साहित्य महोत्सव—२०८०” को दोस्रो दिन सोमबार बिहान “वीर गणेशमान” चलचित्र प्रदर्शन गरी कार्यक्रमको सुरुवात गरिएको हो ।  चलचित्रको प्रदर्शनपछि पहिलो सत्रमा भारतबाट आएका प्राध्यापक आनन्द कुमारले आफ्नो धारणा राखेका थिए । प्राध्यापक आनन्दले बिपी कोइराला नेपालकै परिभाषा बनेका बताए । उनले बीपी कोइरालाले गणेशमाान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शम्शेर जस्ता साथी पनि पाएको बताए ।   प्राध्यापक आनन्दले मार्क्स, गान्धी र बिपीमा केही समानता रहेको समेत बताए । मार्क्स पुँजीवादविरुद्ध, गान्धी साम्राज्यवादविरुद्ध र बिपी कोइरालाले सामान्तवादका विरुद्ध लडेको उनले बताए ।   सत्रको अन्त्यमा कार्यक्रमका संयोजक एवं सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई मायाको चिनो प्रदान गरेका थिए  । सोमबारको कार्यक्रममा पाँच वटा शीर्षकमा सत्रहरू संचालन भएका थिए । दोस्रो सत्र “बिपीले नपाएका १५ वर्ष” को सहजीकरण पार्टीका महामन्त्री गगनकुमार थापाले गरेका थिए । वक्ताको रुपमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा थिए भने लाइभआर्ट महेश आचार्यले गरेका थिए ।  “बिपीका आख्यानमा मधेस” शीर्षकको तेस्रो सत्रमा वक्ताका रुपमा नयनराज पाण्डे र संजीता वर्मा थिइन् भने सहजीकरण श्याम साहले गरेका थिए । उक्त सत्रमा लाइभआर्ट धनबहादुर याखाले गरेका थिए ।   त्यसैगरी, चौथो सत्र “अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी” रहेको थियो । सो सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका केन्द्रीय सदस्य डा. नारायण खड्का, पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, इन्द्र अधिकारी वक्ताको रुपमा रहेका थिए भने सुधीर शर्माले सत्रको सहजीकरण गरेका थिए । रविन कोइरालाले लाइभ आर्ट गरेका थिए  ।  यस्तै पाँचौ सत्र “युवा स्रष्टामा बिपी पठन” मा वुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराई वक्ताका रुपमा रहेका थिए भने वसन्त बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए । लाइभ आर्टमा जजुकाजी श्रेष्ठ गरेका थिए ।  यस्तै सोमबार साँझ गजल साँझको रुपमा रहेको थियो ।  करिब ३० जना गजलकारहरुले गजल प्रस्तुत गरेका थिए । यसको सहजीकरण इन्द्र लम्सालले गरेका थिए ।  विभिन्न सत्रहरुको बीचमा सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएका थिए । पार्टीको केन्द्रीय कार्यालयमा आज राखिएको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । प्रमुख विश्वकर्माका अनुसार भोलि मंगलबार निर्धारित समयमा महोत्सवको कार्यक्रम सुरु हुनेछ । 

बीपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

बीपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

१०९१ दिन अगाडि

|

२४ भदौ २०८०

 प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि  उनकै नाममा खाली छ । चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ । “घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो । विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त  सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, “अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउछन् । “घर बनेदेखि बीपी यही घरमा बस्नु भएको हो”, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी सुतेको खाट अझै देख्न सकिन्छ । रातो रङको यो घर विसं २०२६ मा निर्माण भएको हो । घरको पहिलो तलामा आराम गरिरहेकी प्रधानले भनिन्, “बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको बताइन् । बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्यो । कहिले के हुन्छ थाहा हुँदैनथ्यो । त्यो बेला सम्झँदै उनले भनिन्, “यही घरमा बसेर बीपी बाबुले राजनीतिक योजना पनि बनाउनु हुन्थ्यो ।” बीपी कति पटक घरमा आउनुभयो, उहाँलाई यकिन सम्झना छैन । उनले भनिन्, “कति आउनुभयो, आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा यही बस्नुहुन्थ्यो ।” सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिन्थे । बीपी बाबुले सादा खाना खाने गरेको प्रधान बताउछिन् । उनले भनिन्, “माछा, मासु खाएको मलाई थाहा छैन । दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “बीपी बाबु के खाने र? तपाईँले जे पकाउनु हुन्छ, त्यही खान्छु भन्नु हुन्थ्यो ।” बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।   जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन् । साँझ बीपी  भन्थे, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” बीपी  हुँदै गर्दा आफ्नो घर विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने बीपीको स्वभाव थियो । प्रधानले भनिन्, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गरिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” बीपी  बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् । उनले भनिन्, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।” बीपीसँगै कांग्रेसका शीर्ष नेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उनले भनिन्, “कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।” साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, “बीपी  भएको भए, यसरी साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । बीपी जस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो ।”   ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई बीपी  बस्ने त्यो कोठामा जाँदा अहिले पनि बीपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनलाई अहिले पनि ताजै छ । गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ । बीपी  चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डरोभर गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छन् । गाडी पछि पछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्यो ।   बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, “बीपी  हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाइ सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।” आफ्नो घरमा बीपी आउँदा घर वरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ । उनले भने, “म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।” सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, “सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।” रासस

काठमाडौंमा भव्यताका साथ मनाइयो अष्टिम्की

काठमाडौंमा भव्यताका साथ मनाइयो अष्टिम्की

१०९४ दिन अगाडि

|

२१ भदौ २०८०

सरला चौधरी थारू समुदायबाट काठमाडौंमा भव्यताका साथ भदौ २० गते अष्टिम्की टिउहार मनाइएको छ । “आपन संस्कृति आपन पहिचान इहि बचैना हमार अभियान” भन्ने मूल नारासहित अग्रासन थारू महिला समुहको मुल आयोजनामा विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा बुधबार कार्यक्रमको आयोजना गरिएको थियो । न्यौछार थारू महिला समूह, बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, निस्राउ गु्रप लगायत २ दर्जन बढी संघ संस्थाको सहआयोजनामा अष्टिम्की पर्व मनाइएको हो । कार्यक्रममा लेखक तथा अष्टिम्की विषयमा विद्यावारिधि गरेका डा. कृष्णराज सर्वहारीले अष्टिम्की पर्वको विविध महत्वबारे प्रष्टयाएका थिए । उनले अष्टिम्कीमा बनाइने चित्रकलाको बारेमा व्याख्या गर्दै अष्टिम्की पर्वको चित्रकलाले प्रकृति र थारू जातिको आत्मीय सम्बन्ध रहेको बताए । मूल रुपमा अष्टिम्कीमा कान्हाको पूजा गरिने भए पनि यसमा गाइने काव्यमा खेतीपातीको प्रसंग आएकाले थारूहरु भूमिपुत्र भएको विचार राखे ।  त्यसै गरी, कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री, काँग्रेसका केन्द्रिय सदस्य  डा. गोपाल दहितले थारू समुदायले आफ्नो भेषभूषा तथा संस्कृति वचाउनु पर्ने तथा थारू संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । डा दहितले थारू कला र संस्कृति संरक्षणमा सरकारले महत्व नदिएको र यसमा नेपाल सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए ।  कार्यकक्रमा, माननीय तेजुलाल चौधरी, माननीय अरुणकुमार चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, थाकसका सहमहामन्त्री मिनराज चौधरी,  अग्रासन थारू महिला समुहका सल्लाहकार शिवशक्ति चौधरी, थाकस उपत्यका समितिका अध्यक्ष सुमन चौधरी, गीता चौधरी, कुछत नारायण चौधरीले लगायतले आ–आफ्ना धारणा राखेका थिए । अग्रासन थारू महिला समुहकी उपाध्यक्ष किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा गायक दोषहरण चौधरी तथा कलाकार अन्जु चौधरीले कार्यक्रम सहजीकरण गरेका थिए । प्रेमा चौधरीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा विभिन्न कलाकार तथा गायकहरुले नृत्य तथा गीतको प्रस्तुति दिएका थिए ।  अष्टिम्की पर्व विशेष गरी पश्चिम तराईका थारू समुदायमा धुमधामका साथ मनाउने गरिन्छ । परिवारमा खुसी र निरोगिताको कामना गर्दै थारू महिलाहरु वर्त बस्ने गर्दछन् । अष्टिम्कीको विशेष आर्कषण भनेको अष्टिम्की भित्तेचित्र हो, जुन पूजाका लागि घरको पिढीको उत्तरतिरको भित्तामा बनाइन्छ । तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको महटाँवा, बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन घर घरमा विस्तार हुन थालेको देखिन्छ ।  व्रत बेसेको दिन व्रतालुहरु साँझ सामूहिक रुपमा अष्टिम्की टिक्ने प्रचलन छ । टिक्ने काम सकेपछि कान्हालाई मनपर्ने अमिलो, काँक्रालगायत चढाउने तथा केरा, अम्बा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाउने प्रचलन छ ।  त्यसपछि बिहान दियो बाली फेरी टिक्न जाने र आफूले पूजा गरेका समानसहित नजिकैको नढी वा खोलामा सेलाउन जान्छन् । सेलाएर फर्के पछि हरियो सागपात र गेडागडीको परिकार बनाई फरहार गरिन्छ । फरहार गरिसकेपछि चेलीबेटीलाई कोशेलीस्वरुप अग्रासन दिएर अष्टिम्की पर्व सम्पन्न हुन्छ ।   

थारू समुदायमा अष्टिम्कीको महत्व 

थारू समुदायमा अष्टिम्कीको महत्व 

१०९५ दिन अगाडि

|

२० भदौ २०८०

कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी तीनै माध्यमद्वारा पुजिने उनी एक मात्र देउता हुन् । अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमीमा उनको विशाल महिमा गाइन्छ । यसमा कान्हा महिमामात्र होइन, सृष्टिको कथा पनि अन्तर्निहित रहेको छ । सोही गीतलाई मादलको तालमा दसैंमा नाचिने सखिया नाचमा पनि प्रस्तुत गरिन्छ ।भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको वर्णन हुन्छ । अष्टिम्की काव्यमा पनि सृष्टिको वर्णन पाइन्छ । पहिले टे सिरिजल जलडल ढरटि सिरिजे टे गइल हो कुस कइ डाभ । अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो । त्यही विरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखविरूवा भए, जंगल बन्यो । जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसै गरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अष्टिम्कीमा चित्रित हुन्छ । थारू लोककाव्यअनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अष्टिम्की काव्य तथा अष्टिम्की कलाको अन्य विशेषता वर्णन गरिन्छ । अष्टिम्की काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको वर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन वन गएको, हलो बनाई सकेपछि कान्हाका बाबु इसरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ । यहाँ कृष्णकी आमा जसलाई जासु ९यशोदा० भनिएको छ । उनले बिहानको खाना ९कलवा० बनाउन बनाउँछिन् । थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ, जासुले बनाएको भोजनबारे त्यसको वर्णन छ । रोपाइँको बेला खेतमै खाजा खानु थारूहरूको दिनचर्या हो । ढकियामा खाना राखेर खेतमै खाना पुर्याउन जासु गएकी छन् । जासु गर्भवती भएपछि इसरू आफै डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुति गराउँदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुति सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुति गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ । थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि अष्टिम्कीमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ । जैसीले कृष्णको नाम ‘कन्हैया वीर’ राखेका छन् । यस काव्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घरजस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू सुरूमा भेडा बाख्रा चराउन जान्छन् । अष्टिम्की काव्यमा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ । कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षी समेत मोहित हुन्छन् भने बठिन्या ९युवती० हरू झन मोहित नहुने कुरै भएन । कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्– बसिया र सुननु हो सासु, सुनटि सुहावन रि बसिया बजुइया भैया कौन रूप बा । अर्थात्, ए सासु बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको रुप हेर्न आतुर हुन्छिन् । श्रीमद्भागवतमा राधा केवल कृष्णको प्रेमिकाको रुपमा चित्रित छिन् । तर  अष्टिम्की काव्यमा राधालाई विवाहित देखाइएको छ । त्यसैले राधाले सासुसँग बाँसुरीको धुन सुनु सुनु लाग्ने रहेको धक नमानी भनेकी छिन् । अष्टिम्की कला कृष्णजन्माष्टमीमा थारूहरूका घर घरमा अष्टिम्की कला घरको भित्तामा बनाएको पाइन्छ । जसमा सृष्टिकथालाई प्रमुखता दिइएको हुन्छ । अष्टिम्की कला बनाउने व्यक्ति निराहार बस्नुपर्छ । अष्टिम्की कला घरको बहरी ९पिढी० मा रहेको उत्तरपट्टिको भित्तामा बनाइन्छ । चित्र बनाउनुभन्दा पहिले मूल घेरा बनाइन्छ । केहीले मूल घेरालाई सर्प आकार दिएका हुन्छन् । मूल घेराभित्र तीन कोठा छुट्याइन्छ । यसको शीर्ष स्थानमा बाँसुरी बजाइरहेको कृष्णको प्रतीक बनाइएको हुन्छ । माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाई छ । ती चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, छाता ओढेको आदि हुन्छ । त्यसको दायाँ सूर्य र बायाँ कुनामा चन्द्रमाको आकृति बनाइएको हुन्छ ।  बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएझै बन्दुक बोकेको पुरुषाकृति हुन्छ, जसलाई कौरवको प्रतिनिधित्व मानिन्छ । सोही लहरमा रहेकी महिला आकृति द्रौपदीको रहेको भनिन्छ । केहीले यो महिला आकृति कृष्णका सोह्र सय गोपिनीहरुको प्रतीक पनि भन्ने गरेका छन् । किनकि केही चित्रमा बीचको कोठामा पुरुषाकृति नभई महिला आकृति मात्रै पनि हुन्छ ।  सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा सबैभन्दा तल चारकुने आकारमा छुट्टै वनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही वन वृन्दावन हुनुपर्छ । कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फुलवार जाँदा बाटोमा छिचोलेका बनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकको रूपमा चित्र बनाइन्छ । कृष्णले आफ्नो मुरलीको धूनले चरा–चुरुङ्गी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे । अष्टिम्की काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ । अष्टिम्की चित्रमा मयूरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्दछ । सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फुलहरू पनि थिए । फुलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे । त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे । लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकोले त्यसैको प्रतिकको रूपमा कमलको पात अष्टिम्की चित्रमा बनाइन्छ । बनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपंक्षीहरूसमेत मोहित हुन्थे । त्यसैले, अष्टिम्की कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्रहरू बनाइन्छ । हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्म लाग्दो गरी स्थान पाएको देखिन्छ । बाह्र टाउके रावणलाई बरमुरुवा भनिन्छ । तर पूजा गर्दा सिन्दुर टीका रावणको चित्रमा लगाइँदैन । बरमुरुवाकोमा झुक्किएर सिन्दुर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुन्चे हुने भनाइ छ । लेखक छविलाल कोपिलाको विचारमा कृष्णको जीवनमा आधारित अष्टिम्कीमा खलपात्रको रूपमा कंस आउनुपर्नेमा रावणको चित्र राखिनुले एक रहस्य उत्पन्न गरेको छ । यीबाहेक डुङ्गा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अष्टिम्की कलामा देख्न पाइन्छ । डुङ्गा शयर प्रेमलाई उत्कर्षमा र्पुयाउने साधनको रूपमा मानिन्छ । अस्टिम् िकाव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किदा कान्हाले डुङ्गा तारेर सहयोग गर्छन् । कान्हालाई डुङ्गा बनाउने तरिका राधाले नै बताएकी छिन्  । तर डुङ्गा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासंग रसरंगमा सहभागी हुनुपर्ने बाध्यता तेस्र्याउँछन् । यसरी कान्हाले राधासंगको प्रेम बिटुल्याएका छन् । अष्टिम्की काव्यमा वर्णित रैनी माछा एक अद्भूत माछा हो, जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ता गुर्वावाले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल, स्थल बनाए । र, पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो । अष्टिम्की चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ । कान्हाका पिता इसरु यही रैनी माछाको पिठ्युँमा चढेर हलोको लागि काठ काट्न गएका छन्  । इसरुको भोजनमा रैनी माछाको परिकार पाकेको छ । यसैको विम्व अष्टिम्की चित्रमा माछाले स्थान पाएको छ । त्यस्तै अन्य चित्रमा डोलीभित्र एक पुरुष र महिलाको बीचमा अपूर्ण मानव आकृति वनाइएको हुन्छ, जसलाई बासुदेव, देउकी र बीचमा अपूर्ण कृष्णको चित्र ठानिन्छ । राती भाले बासेपछि अष्टिम्की पूजा गरिने घरको मुख्य ‘महटिन्याँ’ले अरुकै बारीबाट चोरेर ल्याएको चिचिण्डो पूजेर अपूर्ण कृष्णलाई पूर्ण बनाउँछिन् । आठौं सन्तानको रूपमा जन्मेका कृष्णलाई मामा कंसले पुनः मार्न नपाऊन् भनेर डोलीमै जन्म भएको र त्यसैमा राखेर यमुना नदीसम्म र्पुयाउन प्रयोग गरिएको भन्ने कथन पनि छ । अष्टिम्की काव्यमा सृष्टिको सिर्जनापछि इसरु हलोको लागि काठ काट्न गएका छन् । वनबाटै हलोको लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन्  । हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको विम्वको रूपमा हलो जोत्दै गरेको हलीले अष्टिम्की चित्रमा स्थान पाएको छ । समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ । अष्टिम्की काव्यमा भालेको सन्दर्भ समय सूचकको रूपमा आएको छ । भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल, उठो पुटा बार कान्हा बछरु न छोर अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् ।  अष्टिम्की चित्रमा काली नागले पनि स्थान पाएको हुन्छ । काव्यमा काली नागको फुफकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधीमूलो गरी ठीक पारेको छ । मूल चित्रबाहेक अर्को छुट्की अष्टिम्की चित्रमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । छुट्की अष्टिम्की चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ । २०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा समेत अष्टिम्की कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएको छ । यसले यो चित्र बनाउने परम्परा घर घरमा छिर्न थालेको छ । अष्टिम्की अस्रैना निराहर व्रत बसेका डंगौरा मूलका युवतीहरु बेलुकी अष्टिम्की चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यु, रातो चोलो पहिरेका हु्न्छन् । चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको पूmल सिउँरेका हुन्छन् । त्यस्तै, निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन् ।  ाडीमा कसैले लाहाको कसैले काँचको चुरा, औंलामा एकबिट्टे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन् । यी गहनाको झञ्कारले नै धेरैलाई लठ्ठ पार्छ । पूजा गर्दा युवतीहरुको माग कान्हा जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ । अझ युवतीहरुले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ । आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरु तँछाड मछाड गर्छन् । पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित साथ राखी  दिनुपर्छ । विहान नजिकको खोला, नदीमा अष्टिम्कीको पूजा सामग्री सेलाउन गाउँभरिका युवतीहरु भेला हुन्छन् । उनीहरुको सामूहिक स्नानले राधा आफ्ना सखीहरुसँग जलविहार गरेको झझल्को दिलाउँछ । तर उनीहरुको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन । थारू लोकराधाहरु कान्हा जस्तो पति पाउन ब्रत बसे पनि राधाजस्तो पत्नी पाउन कुनै थारू लोककान्हा अर्थात युवाहरु ब्रत बसेको पाइँदैन । यसरी थारू लोकसाहित्य, लोकसंगीत र अष्टिम्की लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ । कान्हा पूजा कहिलेदेखि ? १४५० ईस्वीतिर भारतीय महाद्वीपमा कान्हा चरित्र चित्रण आरम्भ भएको मानिन्छ । पन्द्रौ शताव्दीको उत्तराद्र्धमा यस परम्पराले व्यापक रूप लियो । त्यसैको  प्रभाव थारू लोकसंस्कृतिमा पनि आइपुग्यो । कालान्तरमा कान्हा पूजन राजदरबार, ठूल्ठूला सामन्तका हवेलीहरूमा सीमित रह्यो । थारू लोकसंस्कृतिमा भने गाउँका अगुवा महटाँवा, बरघरहरूको घरमा हालसम्म यथावत छ (थारू, २०७०ः ६१) । प्रेमको उत्कर्ष विवाह हो । अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाको रूपमा चर्चा गरिए पनि थारूहरूको अष्टिम्की काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पिपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन् ।  माइजूसँग शारीरिक सम्बन्धको परिकल्पनासमेत गर्न सकिदैन । तर कुनै कुनै गाउँको काव्यमा राधा कान्हाको माइजु भएको तथा कंश वधपछि कान्हाले माइजूसमेतलाई विहे गरेको प्रसंग आउँछ । तर, विश्लेषणको क्रममा यस्तो प्रसंगलाई प्राथमिकता दिनु जरुरी छैन । संस्कृति भन्दैमा पुर्खाले यस्तै गाउँदै आए भनेर हवाला दिदै त्यसलाई बोकिरहनु उचित होइन । संस्कृतिमा विकृति देखिए यसलाई हटाउन सक्नु पर्छ ।  कृष्णगाथा सम्बन्धमा अष्टिम्की काव्य र श्रीमद्भागवतका महाकाव्यको तुलनात्मक अध्ययन हुनु जरुरी देखिन्छ । संशोधनसहित पुनःप्रकाशित  

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

१०९५ दिन अगाडि

|

२० भदौ २०८०

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रधानाध्यापकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधवार शितल निवासमा सम्मानित भएका छन् । उनी थारु लेखक संघ, कैलालीका अध्यक्षसमेत हुन् । नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई यो वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गर्ने क्रममा सो सम्मान दिइएको हो । देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अवार्डबाट सम्मानित गरेका हुन्। राष्ट्रपतिको कार्यालयमा आयोजित अवार्ड वितरण कार्यक्रममा यस वर्षको ‘पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ। प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन्। यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा।वि। तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ सम्मानित भएका छन्।                                                                             सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गरिएको छ।