अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

१०६९ दिन अगाडि

|

१४ असोज २०८०

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विर बहादुर चौधरी चयन

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विर बहादुर चौधरी चयन

१०६९ दिन अगाडि

|

१४ असोज २०८०

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विरबहादुर चौधरी विजयी हुइल बटै । उहाँ अपन प्रतिद्धन्दी दिलबहादुर चौधरीसे ३ मतसे विजयी हुइल हुइट । सभापतिमे विजयी हुइल विरबहादुर चौधरी १५३ मत नन्लै, हुकान प्रतिद्धन्दी दिलबहादुर चौधरी १५० मत नन्लै । ओस्टेक सभापतिमे उम्मेदवार देशराम चौधरी २ मत प्राप्त करले बटै । उपसभापतिमे विजयी हुइल चुनीराम चौधरी १८७ ओ दुसरा विजयी उम्मेदवार लक्ष्मण चौधरी १५६ मत नन्लै । तीन ठो उपसभापति चाहलमे एक जाने महिला सुस्मिता चौधरी पहिले निर्विरोध निर्वाचित हुसेकल रही । ओस्टेक उपसभापतिके उम्मेदवार बतासु चौधरी१३६ मानबहादुर चौधरी २० मत प्राप्त करले बटै । सचिवमे बुधराम चौधरी १६० मत नानके विजयी हुइल बटै । हुकान प्रतिद्वन्दी बसन्ती चौधरी १४३ मत प्राप्त करले बटी । सहसचिवमे विनोद चौधरी विजयी हुइल बटै । उहाँ १५२ मत नान्के विजयी हुइल हुइट । उहाँक प्रतिद्वन्दी रतन चौधरी १२८ मन प्राप्त करले बटै । ओस्टे करके कोषाध्यक्षके दिव्य प्रिसासी चौधरी १६१ मत नान्के विजयी हुइल बटी । हुकान प्रतिद्वन्दी सुनिता चौधरी १३६ मत प्राप्त करले बटी । सभापतिमे पराजित हुइलेसे फे अपन समाजसेवाके काम जारी रहना दिलबहादुर चौधरी बटैले बाटैं । थारु कल्याणकारिणी सभा कैलालीके गैल कुवाँर ६ गते कैलारी गाउँपालिकाके हसुलियामे नवौ जिल्ला अधिवेशन सुरु हुइल रहे । उ रोज उदघाटन कार्यक्रम ओ बन्दशत्र करेबेर रात ११ बजलपाछे चुनाव कुवाँर १३ गते सारल रहे । पहुरासे 

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : मेटमणि चौधरी

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : मेटमणि चौधरी

१०७० दिन अगाडि

|

१३ असोज २०८०

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी  हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन्।       उनले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु नहुने बताए । उनले भने, “अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रतिको नागरिकको भरोसा डगमगाएको हुनसक्छ  । यसप्रति शीर्ष राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ । व्यवस्थाप्रति  आकर्षण बढाउनुपर्छ । ” शीर्ष राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र गम्भीर भएर व्यवस्थालाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।   दाङ क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रतिनिधित्व गर्दै  उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।  सांसद चौधरी मुख्य गरी विकास, समृद्धि र अर्थतन्त्रसँग जोडिएका विषयमा सदनमा आफ्ना कुरा स्पष्ट ढङ्गले राख्ने नेताका रुपमा परिचित छन् । तर अहिले संसद् प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनजीविकाका कुरा त्यहाँ राख्न नसकेको अभाव खड्किने गरेको उनी बताउछन् ।       “बहन गर्नुपर्ने दायित्व र भूमिकाप्रति हामी सबै गैर–जिम्मेवार भयौँ । सरकारले संसद् चलाउन खोज्यो, प्रतिपक्षले अवरोध गर्छ । अवरोध भएपछि जनताको आवाज आउन पाउँदैन”, उनी भन्छन्, “मुलुकलाई निकास दिने दिशामा र जनताका आवाज उठाउने विषयमा न सत्तापक्ष गम्भीर छ, न प्रतिपक्ष नै गम्भीर छ । सत्तापक्षले बल्लतल्ल बैठक आह्वान गर्छ, तर प्रतिपक्षले विरोध र अवरोध गर्छ ।”       संसद्लाई प्रभावकारी बनाउन सरकारले प्रतिपक्षसँग निरन्तर सरसल्लाह गर्ने र प्रतिपक्षले पनि विरोध तथा अवरोधको माध्यमबाट नभई विधि र प्रक्रियाबाटै समस्याको समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्ने उनी बताउछन् । संसद्मा जनताका आवाज उठ्न नसक्नु र उठेका विषयपनि समाधान हुन नसक्नु गम्भीर विषय रहेको उनको बुझाइ छ  ।       पछिल्लो समय सांसदलाई विधायिकी भूमिकामा भन्दा विकास निर्माण र आयोजनाका काममा बढी केन्द्रित हुन थालेको भन्ने आरोप पनि लाग्ने गरेको छ । सांसद चौधरी पनि यसलाई आंशिकरुपमा स्वीकार्छन् । विकास निर्माणसँग जोडिएका नागरिकका आकांक्षालाई छाडेर सांसदले विधायिकी भूमिका मात्रै निर्वाह गर्नसक्ने अवस्था नरहेको उनी बताउछन् ।       “हामी जनप्रतिनिधि भएका कारणले जनताका कुरालाई केन्द्रमा राख्ने हो । जनताले हामीलाई राम्रो कानुन बनाउने, विधान बनाउने कुराभन्दा पनि अहिले बाटो, नहर, स्कुल, राम्रो बनाइदिउन् भन्ने चाहेका छन्”, उनी भन्छन्, “निर्वाचनका बेला हामीले प्रतिबद्धता जनाएका कुरा पनि यीनै हुन् । यसकारण एक विधायकका रुपमा निभाउनुपर्ने विधायिकी भूमिका केही कमजोर भएको मान्न सकिन्छ । यसलाई हामीले सच्याएर जानुपर्छ ।”       सन्तुलित विकासको अवधारणा अझै लागू हुन नसकेको धारणा पनि सांसद चौधरीले राखे । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने र त्यसैअनुसार विकासका काम अघि बढ्ने हुँदा सीमित व्यक्ति मात्रै लाभ पाउने अवस्था रहेको उनको भनाइ छ । बजेटमा विनियोजन कुशलता नदेखिएकै कारण सन्तुलनका लागि संसदीय क्षेत्र विकास कार्यक्रमजस्ता विभिन्न खालका योजना र कार्यक्रम चाहिएको सांसद चौधरी बताउछन् ।         “हामी सन्तुलित विकासको कुरा गरिरहँदा प्रधानमन्त्री, अर्थमन्त्री र मुख्य नेताको क्षेत्रमा धेरै बजेट जाने, तर जसको पहुँच छैन त्यस्ता नेताको क्षेत्रमा बजेट नपर्ने अवस्था छ । बजेट शून्य हुने अवस्था छ”, सांसद चौधरी भन्छन्, “संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले थोरै भएपनि विनियोजनमा सन्तुलनका लागि सहयोग पुग्छ ।”       सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा यस्तो कार्यक्रममार्फत अघि बढ्ने परियोजनामा भने पुँजीगत खर्च पनि बढी हुने उनको भनाइ छ । सरकारको पुँजीगत खर्च बढाउनका लागि यो कार्यक्रम आवश्यक रहेको सांसद चौधरीले बताए । त्यस्तै, यस्ता कार्यक्रमबाट हुने खर्च सांसदले आफू अनुकूल खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रका नागरिको विकास आवश्यकता पहिचान गरेर सोहिअनुसार योजना तथा कार्यक्रम तय गरिदिने मात्रै रहेको उनले स्पष्ट पारे ।       “विगतका अभ्यास हेर्दा यस्ता आयोजनामा ८० देखि ९० प्रतिशतसम्म बजेट खर्च भएको देखिन्छ । जबकि, अरु आयोजनामा मुस्किले ५० प्रतिशत पनि खर्च भएको देखिँदैन”, उनले भने,  “अर्को भनेको यो बजेट सांसदले खर्च गर्ने होइन । सांसदले सिफारिस गर्ने हो । आफ्नो क्षेत्रको विकासका आवश्यकता सांसदलाई थाहा हुन्छ ।”       यस्ता कार्यक्रमको अभ्यास अन्तर्राष्ट्रियरुपमा पनि प्रयोगमा रहेको उनको भनाइ छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अहिले अदालतको आदेशका कारण रोकिएको अवस्थामा छ तर चाँडै नै यसले निकास पाउने विश्वास उनले व्यक्त गरे । “कसैले निवेदन हालेपछि त्यसबारे बुझ्नका लागि अदालतले रोकेको होला । संसद्ले बजेट बनाउने तर अदालतले रोक्ने भन्ने हुँदैन”, सांसद चौधरीले भने, “कानुनी प्रक्रिया मिलेको छ वा छैन, कार्यान्वयन भएको छ वा छैन तथा त्यस्तो बजेटको गलत प्रयोग भएको छ कि जस्ता विषय अदालतले हेर्ने हो । यो विषयमा चाँडै नै फैसला आउला ।” अरु विभिन्न देशमा पनि सांसदले बजेटमा केहि स्वविवेक प्रयोग गर्न पाउने अभ्यास रहेको उनको भनाइ छ । पछिल्ला समय सांसदबाटै संसदीय मर्यादा उल्लङ्घनका घटना पटक पटक दोहोरिन थालेका छन् । संसदीय अभ्यास र संसद्को सर्वोच्चताका लागि यस्ता यस्ता विषयमा पनि सचेत हुनुपर्ने उनको भनाइ छ । “मर्यादा उल्लङ्घनका घटना दोहोरिनु भनेको बोल्दाखेरी ध्यान नपुर्याउँदा यस्तो स्थिति आउँछ । कुनै शब्द, कुन वाक्य बोल्ने भन्नेकुरा सांसदको हातमा भरपर्छ । राम्रो तयारी गरेर, सोचेर, लेखेर बोल्दा यस्तो अवस्था दोहोरिँदैन थिए ।”, उनी भन्छन् । रासस

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने !

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने !

१०७१ दिन अगाडि

|

१२ असोज २०८०

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् ।  ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।  थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।  उता, साझा उम्मदेवार बनाइए आफू पनि इलाम–२ बाट उठ्ने नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले बताइसकेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

थारू लेंहगाको बढ्दो बजार

थारू लेंहगाको बढ्दो बजार

१०७७ दिन अगाडि

|

६ असोज २०८०

आर्थिक मन्दीले अधिकांशको व्यापार व्यवसाय चौपट छ । थालेको व्यवसाय छाडेर पलायन हुनुपर्ने धेरैको नियति छ । तर, कतिपय यस्तो व्यवसाय पनि छ, जसको कारोबारको ग्राफ निरन्तर उकालो लागेको छ । त्यो हो,  थारूलेंहगा, चोलियाको कारोबार ।  पछिल्लो समय लेंहगाप्रति बढेको क्रेजले यसको कारोबार फस्टाएको हो ।कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रुपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसाय बढेन । अहिले सामाजिक सञ्जाललगायतको प्रचारले व्यवसायले गति लिएको छ ।’ लेंहगा र चोलिया थारू युवतीहरुले प्रयोग गर्ने परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो समय फेसनकै रुप लिएपछि यसको कारोबार फस्टाएको हो । मेला, महोत्सव, चाडपर्व उत्सवलगायत सबै औपचारिक तथा अनौपचारिक कार्यक्रममा थारूमहिलाहरु लेंहगा र चोलियाकै प्रयोग गर्न रुचाउँछन् । फलतः यसको कारोबार चम्केको हो । स्थानीय ७ जना युवाहरुले गठन गरेको स्मार्ट ग्रुपको कारोबारबारे कालुराम भन्छन्, ‘हामीले ‘स्मार्ट बजार’ नाम दिएर फेसबुक पेज चलाएका छौ । जुन पेजबाट प्रवद्र्धनको काम गर्छौ । अर्डर आएपछि होम डेलिभरी गर्छौ ।’ सो स्मार्ट ग्रुपले पछिल्लो ६ वर्षदेखि लेंहगालगायतको कारोबार गर्दै आएको छ । विभिन्न उद्यमी महिलाहरुबाट लेंहगा संकलन गरी प्रति लेंहगा ४ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्छ । सो ग्रुपले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लासम्म होम डेलिभरीको काम गर्दै आएको कालुराम बताउँछन् । पछिल्लो समय विदेशमा पनि पठाउन थालेको उनले जनाए । सो ग्रुपले व्यावसायिक रुपमालेंहगा संलकन गर्न थालेपछि ग्रुपसँग आवद्ध दर्जनौं महिलाहरुले नियमित रोजगारी पाएका छन् । उनका अनुसार एकजना पेशेवर लेंहगा सिल्नेले मासिक ५० हजार बढी कमाइ गर्दै आएका छन् भने सो स्मार्ट ग्रुपले वर्षमा ६० लाख बढीको कारोबार गर्दै आएको छ । यसरी लेंहगा धेरैको रोजीरोटीको प्रमुख आधारसमेत बन्न पुगेको छ । उता, कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका चन्द्रबहादुर चौधरी ५ वर्षदेखि लेंहगाको कारोबार गर्दै आएका छन् । उनको मुख्य पेशा नै लेंहगा सिल्नु र बिक्री वितरण गर्नु हो । आजभोलि उनको पुरा परिवार नै यो पेशामा संलग्न छ । कसरी बन्छ लेंहगा ? लेंहगाकलात्मक फूलबुट्टाले सजिसजाउ हुन्छ ।‘लेंहगा बनाउनु पनि एक किसिमको कलात्मक सीप तथा हस्तकला नै हो ।  ‘एउटा लेंहगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नु पर्छ । लेंहगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेंहगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोड्नुपर्छ ।’लामो समयदेखि लेंहगासिलाइको काम गर्दै आएकी धनगढी उपमहानगरपालिका–८ बुद्ध चौककी सावित्री चौधरी भन्छिन्, ‘लेंहगालाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पत्थरलगायत टाँस्नुपर्ने हुन्छ ।’ दसैं, तिहारजस्तो चाडपर्व नजिकिएसँगै यसको कारोबार उत्तिकै बढेको छ । जुनकारण लेंहगा सिल्नेहरुलाई भ्याइन भ्याइछ । लामो समयदेखि धनगढीमा लेंहगा सिल्दै आएका दम्पति सीता र विजय चौधरी भन्छन्,‘सिजन सुरु भएको छ ।लेंहगा, चोलो, बिलाउज सिउनमै समयै बित्छ । आजभोलि हामी नयाँ डिजाइन गरेर लेंहगा सिल्ने गरेका छौ ।’ पछिल्लो समय थारू समुदायमात्रै होइन, गैरथारू युवतीहरुमा पनि लेंहगाप्रतिको क्रेजबढेको छ । जसले गर्दा फेसनको बजारमा लेंहगाले आफ्नो स्थान अगोट्न सफल भएको छ । युट्यूवमा आउने थारू गीतको मोडेलका कारणले पनि लेंहगाको बजार विस्तार भएको गायक राजु चौधरी बताउँछन् ।  

योगेन्द्र चौधरीको गुनासोः कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न पाएनन्

योगेन्द्र चौधरीको गुनासोः कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न पाएनन्

१०७८ दिन अगाडि

|

५ असोज २०८०

कांग्रेस केन्द्रीय सदस्य तथा थारु विभागका संयोजक योगेन्द्र चौधरीले वर्तमान संविधानको सुन्दर पक्षलाई व्यवस्थाको चुनौतीका रुपमा व्याख्या गर्न थालिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले भने संघीयता र समानुपातिक निर्वाचन प्रणालीको विकल्पबारे भइरहेको बहसप्रति विमति जनाएका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकमा संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीबारे केही नेताहरुले आवाज उठाएका थिए ।  यसबारे चौधरीले भने, ‘समानुपातिक, समावेशी, संघीयता, धर्मनिरपेक्षता यो संविधानको सुन्दर पक्षको भनेर हामी भन्दै आएका छौँ । तर, यही सुन्दर पक्षको कतिपय विषय हामीलाई यी व्यवस्थाको चुनौती बनेर आयो भन्दै प्रश्न उठाउने काम भएको छ ।’ संविधान बनेको ८ वर्षसम्म प्रादेशिक कानुन नबन्दा संघीयताले डेलिभरी गर्न नसकेको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठाउने कुरा राम्रो नभएको उनले बताए । ‘संघीयताप्रतिको हाम्रो धारणा के हो ? हामीले तीन तहको सरकारको परिकल्पना गरौँ । तीन वर्षमा संघीयताको पूर्ण कार्यान्वयनका लागि कानुन बनाउने भनौँ । आज आठ वर्ष भयो । प्रदेशका निम्त ४० वटा कानुन बनेको छैन । कानुनहरु कुन कारणले रोकियो ? कसको कारणले रोकियो ?,’ उनको प्रश्न छ ।  संविधान कार्यान्वयन नहुन नसक्नुको कांग्रेसले नैतिक जिम्मेवारी कांग्रेसले पनि लिनुपर्ने चौधरीको भनाइ छ । ‘यसमा हामी गम्भीरता पूर्वक अगाडि बढौँ । अहिले पनि प्रहरी बिनाको सरकारको परिकल्पना गर्न सकिन्छ । जसको कर्मचारी छैन । त्यो सरकारले कसरी काम गर्छ ?,’ उनले भने । यस्तै उनले समावेशी चरित्रलाई यो संविधानबाट निकालिँदा संविधान कस्तो देखिन्छ भन्दै प्रश्न गरे । ‘हामी मिश्रित निर्वाचन प्रणालीको विकल्प खोजिरहेका छौँ । किन यस्तो भइरहेको छ ?,’ उनको प्रश्न छ, ‘के साँच्चै मिश्रित निर्वाचन प्रणालीले समस्या जन्माएको हो ? संविधान कार्यान्वयनमा के समस्या गरेको हो ?’ समानुपातिक निर्वाचन प्रणालीलाई ठीक ढंगले प्रयोग गर्दा समस्या आएको उनको भनाइ छ । उनले भने, ‘हामी समानुपातिक निर्वाचन प्रणाली गलत हो भनेर विषयान्तर गर्दैछौँ ।’ कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न नपाएको उनको भनाइ थियो ।