‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक विमोचन

‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक विमोचन

११३५ दिन अगाडि

|

१२ साउन २०८०

कालो बादल देखेर कहिलेसम्म तर्सिने भजनीवासी ?

कालो बादल देखेर कहिलेसम्म तर्सिने भजनीवासी ?

११३६ दिन अगाडि

|

१२ साउन २०८०

वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर, कैलालीको भजनीवासीआकाशमा कालो बादल मडारिँदा तर्सिन्छन् । पानी परेको रात जाग्राम बस्छन् । भोक, निद्रा हराउँछ ।  भजनी नगरपालिका–१ की रशिला चौधरी भन्छिन्, ‘पानी पर्न साथ हामी चयनको निद्रा सुत्नै सक्दैनौ । पानी पर्नसाथ नदीको बाढी गाउँ पस्ने त्रास सुरु हुन्छ ।’ स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलोले पनि सताउँछ । ‘कुनै वर्ष साउन, भदौमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज, कात्तिकमा । गत वर्ष भदौमा ठूलो बाढी आयो । रोपेको धान बगाएर लग्यो’उनले अगाडि थपिन्, ‘बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ । लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ । बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनुपर्छ ।’ २०६४ सालयता डुबान र कटानको पीडा निरन्तर भोग्दै आएको उनी स्मरण गर्छिन् ।यस्तै पीडा सुनाउँछिन् भजनीकी शोभा चौधरी । शोभाले भनिन्, ‘खेत नभएको पनि होइन। तर, बाढीले गर्दा खेतमा फलेको अन्न कहिल्यै  भित्र्याउन पाउँदैनौं । गतवर्ष त एक गेडो पनि ल्याउन पाइएन ।’ पछिल्लो समय बाढीले बर्खे धान नजोगिने भएपछि भजनी क्षेत्रका स्थानीयहरु विकल्पको रुपमा चैते धान रोप्न थालेका छन् । भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत वर्षको बाढीले घर र खेत पुरै डुबानमा पर्यो । भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लाग्न बाध्य भएको सुनाउँछन् उनी ।  घरसँगै रहेको १५ कठ्ठा धानखेत फुटबल मैदान जस्तै सफाचट भएको थियो । उनीसँगै छिमेकी अरु किसानको पनि लहलहाउँदो भई बाला पोसाउने बेला धानखेत बाढीले पूरै रित्तिएपछि भोकमरीको सामना गर्नु पर्याे ।  टीकापुरमा पनि कटान उस्तै बाढीले जिल्लाको दक्षिणी क्षेत्रको आमजनताको आमपीडा पनि उस्तै छ । स्थानीय मोहना, कन्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकालगायत स्थानीयतहका साढे ६ हजार बढी घरधुरी प्रभावित हुन्छन् ।  वर्षेनी हुने कर्णाली नदीको डुबान र कटानले टीकापुर नगरपालिका–८ श्रीलंकाका डोंग्ला चौधरीको वर्षा लागेपछि निद्रा हराउँछ । कर्णाली नदीले आफ्नो उब्जाउ भूमि २०६० सालबाट वर्षेनि कटान गर्न थालेपछि उनी उत्तिकै चिन्तित छन् । केही वर्ष पहिलेसम्म टीकापुरका स्थानीय दीपेन्द्र भण्डारी, खड्क साउद, कालु साउद, गोपाल साउद, बलबीरे टमट्टा, डोंग्ला चौधरीसहित दर्जनौं किसानको सयौं बिघा जमिनमा कर्णाली बगिरहेको छ । नदी कटान र डुबानले प्रभावित अधिकांश किसानहरूले नदीमा तटबन्धका लागि जिल्ला प्रशासन, प्रदेश सरकार र स्थानीय तहमा धेरैपटक धाउँदै आएका छन् । पटक–पटकको संघर्षपछि यसै वर्षदेखि कर्णाली नदी नियन्त्रण आयोजनाले ठूला बोल्डर (ढुंगा) नदीमा खसाल्यो । त्यसको प्रभावकारिता नहुँदा स्थानीयको त्रास ज्यूँका त्यूँ छ । उता कर्णाली र मोहना नदीको संगमस्थल रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जग्गापनि नदीले कटान गर्दै आएको छ । टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने,‘सत्ती कर्णाली सामुदायिक वन क्षेत्रदेखि वनगाउँसम्मको धेरै जमिन नदीले कटान गरिसकेको छ ।’ टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले कर्णाली नदीको कटान नियन्त्रणका लागि आयोजनाले तटबन्धको स्वरूप नै परिवर्तन गर्नुपर्ने जिकिर गरे । त्यस्तै, भजनी नगरपालिकाका नगरप्रमुख केवल प्रसाद चौधरीले केही वर्षदेखि यस क्षेत्रका स्थानीयहरु लगातर बाढीको चपेटामा पर्दै आएको बताउँछन् । तर दीर्घकालीन समस्याको समाधान आफूहरुसँग नभएको उनी स्वीकार्छन् । पालिकाको ल्याकतले नपुग्ने, यसको लागि संघीय सरकारले नै बृहत् कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।

डेंगुका कारण धरानमा ७ जनाको मृत्यु

डेंगुका कारण धरानमा ७ जनाको मृत्यु

११३७ दिन अगाडि

|

११ साउन २०८०

धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगुको १९ वर्ष नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगु रोग कहिले महामारीको रूपमा त कहिले छिटफुट रूपमा देखा पर्ने गरेको छ ।  २०७९ सालमा ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष पुस मसान्त सम्ममा ५५ हजार धेरै केस पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।  १९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ मा डेंगुको केस पुष्टि भएको छ । यसरी जोगिन सकिन्छ  डेंगी सङ्क्रमणबाट  –पुरा बाहुला भएको लुगा लगाउने । –झुलभित्र मात्र सुत्ने । –घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । –घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने । –खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने । –गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने । –साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले बोलायो फिर्ता 

शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले बोलायो फिर्ता 

११३८ दिन अगाडि

|

९ साउन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो । शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए । तर पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको लागि रोकिएको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्राचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् । नाउपाको सो पत्रपछि सुदूरपश्चिम मन्त्री परिषद् विस्तारको कार्य पुनः अन्योल सिर्जना भएको छ ।

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

११३९ दिन अगाडि

|

९ साउन २०८०

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकाबीच पालिकालाई सेरामिक्सको हब बनाउने विषयमा छलफल भएको छ ।  प्रतिष्ठानले देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन अघि सारेको योजना अनुसार गाउँपालिकामा उक्त काम अघि बढाउन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल (विश्वास) र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा असार ३१ गते विभिन्न निर्णय भएको छ ।  निर्णयानुसार पहिलो चरणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाउने सम्बन्धमा अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गाउँपालिकाका वडा नं ३ को वडासदस्य आशाराम चौधरीको संयोजकत्वमा प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल तथा वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु रहेको टोली रहेको छ ।  यस टोलीले तोकिएको विषयमा अध्ययन गरी साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेछ । यसपछि गढवा गाउँपालिकामा रहेका ललितकलाका विभिन्न क्षेत्रहरु मुख्यतः लोककलालाई विस्तार तथा प्रवद्र्धन गर्नका लागि नीतिगत एवम् योजनागत छलफल अघि बढाइने छ ।   

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

११३९ दिन अगाडि

|

९ साउन २०८०

कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ । कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन् । उनले भने ,“ कृषिमा  सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ । ” राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए । “अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ”, उनले भने, “त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ । त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ ।” नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिनुभयो । सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ । “टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन् । राष्ट्रिय गौरवको आयोजना यहीँ छ । कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ”, उनले भने, “हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ । त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ ।”  परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ । उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ । “जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो । तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ, ” निर्देशक मिश्रले भने, “भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ ।”  सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो ।  सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए । उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्छ भने । “टीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ । किनभने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्नुहुन्छ । उहाँहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ ,' जोशीले  भने । टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए ।  उनले भने ,“अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ । त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन–अध्यापन पनि टीकापुरमा हुन्छ । त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ ।” टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एक ठाउँमा उभिने बताए । उनले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गरे । “नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको ऐक्यबद्धता चाहिन्छ । यसमा सबैले केन्द्रको आवश्यकता महसुस गर्नुभएको छ,” नगर उपप्रमुख शाहले भने, “अझै आवश्यक छलफल र बहसमार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ । आशा गरौँ केन्द्रको स्थापना हुन्छ ।” सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अमागाईँले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे । उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए । रासस

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु   (भिडियोसहित)

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु (भिडियोसहित)

११४१ दिन अगाडि

|

७ साउन २०८०

इण्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने थारू भाषाको बहसमूलक टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु भएको छ । चली गोचाली कार्यक्रमका निर्माता, निर्देशक कृष्णराज सर्वहारीले कार्यक्रमको सुरुवात गरेका थिए । १८ अप्रिल २०१९ मा यसको पहिलो भाग प्रसारण भएको थियो, जसको सञ्चालन सरला चौधरीले गरेकी थिइन् ।  पछि उर्मिला गम्वा थारु कार्यक्रम प्रस्तोता भइन् । लकडाउनमा यो कार्यक्रम स्थगित थियो । उर्मिला गम्वा थारु हाल हिमाल मिडिया फेलोशिपमा आवद्ध भएपछि सरला चौधरीले कार्यक्रम सुरु गरेकी छिन् ।  प्रस्तोता सरला चौधरीले पछिल्लो पटक चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, अग्रासन समूहकी अध्यक्ष चम्पा चौधरी लगायतसँग कुराकानी गरेकी छिन् ।    https://www.youtube.com/watch?v=_D734EijzhI