भाषा संरक्षणमा गुरुङ समुदाय

भाषा संरक्षणमा गुरुङ समुदाय

१११३ दिन अगाडि

|

२ भदौ २०८०

मिडियाको आलोचना सरकारलाई सही मार्गदर्शन हुनसक्छः मुख्यमन्त्री चौधरी

मिडियाको आलोचना सरकारलाई सही मार्गदर्शन हुनसक्छः मुख्यमन्त्री चौधरी

१११३ दिन अगाडि

|

२ भदौ २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  मिडियाको  आलोचनाले नै सरकारलाई सही मार्गदर्शन  हुन सक्ने बताएका छन् । बुटवलमा शुक्रबार  प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउने उल्लेख गरे । उनले हिजोका दिन प्रजातन्त्र ल्याउन, कमैया मुक्ति अभियान सफल पार्न मिडियाको ठुलो भूमिका रहेको स्मरण गर्दै  मिडियाको  आलोचनाले प्रदेश सरकारलाई सही मार्गदर्शन गर्न सक्ने बताए । सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्नुपर्ने भन्दै उनले सरकारको गल्तीमा आलोचना गरेरै लेख्न आग्रह  गरे ।  ‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुने भएकोले मिडिया बलियो हुनुपर्ने  प्रदेश सरकारको मान्यता रहेको उनको भनाई  रहेको छ ।  कार्यक्रमका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बलियो  बनाउन सबै लाग्नु पर्ने बताए । अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा बालकृष्ण चापागाईँ लगायतले पछिल्लो समय मिडिया सङ्कटमा परेको उल्लेख  गरे ।  बहुआयामिक चुनौतीहको सामना गर्दै समाजलाई दिशाबोध गर्ने दायित्व मिडियाको रहेको उनीहरूले बताए ।  सम्मेलनमा लुम्बिनी प्रदेशमा रहेका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चारउद्यमी र पत्रकारहरूको सहभागिता रहेको थियो । सम्मेलनले भोलि मोफसलका मिडियाहरूको सबलीकरण, पत्रकारहरूको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरूपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।  

जब ‘साधु’ बन्छु भनेर हिँडेका युवकले आफ्नै लिंग ‘चट’ पारे

जब ‘साधु’ बन्छु भनेर हिँडेका युवकले आफ्नै लिंग ‘चट’ पारे

१११५ दिन अगाडि

|

३२ साउन २०८०

ओभरसियर पढेका तर, साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । साउन ३१ मा राति मकवानपुरको हेटौंमा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् ।  ब्लेडले लिंग काटेका युवक उपचार गर्न  आफै हेटौंडा अस्पताल गएको र त्यहाँबाट चिकित्सकले चितवनमा रिफर गरेको मकवानपुरका एसपी सिताराम रिजालले बताए । मकवानपुरगढी गाउँपालिका–७ घर भएका युवकको लिंगमा गहिरो चोट लागेको छ ।  ओभरसियर पढेका उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिंग काटेको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट घाइते आफैँले लिंग काटेको थाहा भएको एसपी रिजालले जानकारी दिए । उनको काटिएको लिंगको भाग चिकित्सकले जोड्न नसकेको तर शल्यक्रियापछि खतरामुक्त रहेको बताइएको छ ।

नेवा: समुदायको गुँला पर्व सुरु 

नेवा: समुदायको गुँला पर्व सुरु 

१११६ दिन अगाडि

|

३२ साउन २०८०

नेवा: समुदायले मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात नवौँ महिना बिहीबारदेखि सुरु भएको हो ।  नेवा: समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरूले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।  परिक्रमा गर्ने समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ ।  धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनै पूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।

मन्त्री मोदीका ६ महिना २६ दिन...

मन्त्री मोदीका ६ महिना २६ दिन...

१११९ दिन अगाडि

|

२८ साउन २०८०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी मन्त्री नियुक्त भएको ६ महिना २६ दिनमै पदमुक्त हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैले मोदीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको हो ।  उनको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी भएको छ । साहलाई सोमबार बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण  गराइने राष्ट्रपति कार्यालयको तयारी छ ।  ३ माघ, २०७९ मा पहिलो पटक शक्तिशाली मन्त्री नियुक्त भएका मोदी ७ महिना नपुग्दै सत्ता सन्तुलनको कोपभाजनमा परेका हुन् । गत मंसिरमा  भएको निर्वाचनमा ३० हजार ६१२ मतका साथ एमालेका उम्मेदवार विनोद ढकाललाई उनले पराजित गरेका थिए । उनका प्रतिस्पर्धी ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका थिए ।  त्यसअघि २०७४ को संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ४ बाट कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरी चर्चामा आएका थिए मोदी ।  आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै प्रत्यक्ष निर्वाचनको विजयी यात्रा तय गरेका थिए ।  मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।  २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोदी समानुपातिक सांसद थिए । कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्नेमा मोदीसहित भोजपुरबाट सुदन किराँती र खोटाङबाट रामकुमार राई रहेका छन् ।  २०४२ असोज ५ गते जन्मेका मोदी २०५६ सालदेखि राजनीति सुरू गरेका थिए । उनी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । अहिले उनी केन्द्रीय कमिटी सदस्य छन् । संघीय निजामती ऐन आफ्नै पालामा पारित गराएर आफ्नो थारु समुदायलाई जातीय जनसंख्याअनुसार साढे ६ प्रतिशत आरक्षण कायम गराउने मोदीको सपना अधुरै रह्यो । 

मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

१११९ दिन अगाडि

|

२८ साउन २०८०

माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।  मोदीको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी जनमतलाई दिने तयारी थालेको बताइन्छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले प्रधानमन्त्रीलाई आफू सहयोग गर्न तयार रहेको र आफू मन्त्रालयबाट बाहिरिन कुनै आपत्ति नरहेको रातोपाटीलाई बताइसकेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने कुन मन्त्री फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषय प्रधानमन्त्रीमा निहित हुने बताउँछन् ।  उनले  भने,‘ म एउटा थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाउनु हुँदैन भन्ने लाग्छ । तर, प्रधानमन्त्रीले चाहनुभयो भने मलाइ मन्त्री मात्रै होइन, पार्टी सदस्यबाट समेत निष्कासन गर्न सक्नुहुन्छ ।’ मोदीले सर्वोच्च अदालतले समेत मन्त्रीदेखि अन्य नियुक्तिमा समावेशीलाई ध्यान दिन सुझाएका बेला आफूलाई मन्त्रालयबाट फिर्ता बोलाउनु अदालतको आदेश विपरीत हुने बताए ।  त्यसो त नेपाली कांग्रेसमा समेत समावेशीलाई ध्यान नदिएको भन्दै आन्तरिक विरोध सुरु भएको छ । 

‘थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाइन्न भन्ने लाग्छः’  मन्त्री मोदी

‘थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाइन्न भन्ने लाग्छः’  मन्त्री मोदी

१११९ दिन अगाडि

|

२८ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी जनमतलाई दिने तयारी थालेको बताइन्छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले प्रधानमन्त्रीलाई आफू सहयोग गर्न तयार रहेको र आफू मन्त्रालयबाट बाहिरिन कुनै आपत्ति नरहेको रातोपाटीलाई बताइसकेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने कुन मन्त्री फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषय प्रधानमन्त्रीमा निहित हुने बताउँछन् ।  उनले  भने,‘ म एउटा थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाउनु हुँदैन भन्ने लाग्छ । तर, प्रधानमन्त्रीले चाहनुभयो भने मलाइ मन्त्री मात्रै होइन, पार्टी सदस्यबाट समेत निष्कासन गर्न सक्नुहुन्छ ।’ मोदीले सर्वोच्च अदालतले समेत मन्त्रीदेखि अन्य नियुक्तिमा समावेशीलाई ध्यान दिन सुझाएका बेला आफूलाई मन्त्रालयबाट फिर्ता बोलाउनु अदालतको आदेश विपरीत हुने बताए ।  त्यसो त नेपाली कांग्रेसमा समेत समावेशीलाई ध्यान नदिएको भन्दै आन्तरिक विरोध सुरु भएको छ ।