काठमाडौं जलमग्न 

काठमाडौं जलमग्न 

११२४ दिन अगाडि

|

२३ साउन २०८०

शिक्षा विधेयकप्रति थारु समुदायले जनाए आपत्ति

शिक्षा विधेयकप्रति थारु समुदायले जनाए आपत्ति

११२५ दिन अगाडि

|

२२ साउन २०८०

काठमाडौँ ।  मन्त्रिपरिषदबाट पारित गरी संसदमा पेश गर्ने तयारी गरेको शिक्षा विधेयकप्रति थारु समुदायले आपत्ति जनाएका छन् ।  थारु, मधेसी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग कलस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि संघीय शिक्षा विधेयकमा मधेसी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई २२ प्रतिशत आरक्षणको व्यवस्था गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।  सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्त शिक्षा विधेयक थारु समुदायका लागि स्वीकार्य नभएको बताए । यथास्थितिमा शिक्षा विधेयक पारित गर्न खोजेमा सरकाले कडा मूल्य चुकाउनुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।  थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण चौधरीले राज्यले थारु समुदायमाथि पटक–पटक शोषण गरेको आरोप लगाए । शिक्षा विधेयकमा पनि थारुहरुलाई राज्यले दमन गर्न खोजेको उनले बताए ।  उनले भने, ‘नेपालको आदिवासी भूमिपुत्र थारुहरु हामी अहिले गम्भीर मोडमा पुगेका छौँ । पटक–पटक राज्यले हामीलाई शोषण गरेको छ । सत्ता र शासनको लागि मात्रै थारुहरुलाई प्रयोग गरियो । सत्ताको उन्माद लागेका समुदायहरूले थारुहरुमाथि थिचोमिचो गरिरहेका छन् ।’  संयोजक चौधरीले शिक्षा विधेयक ल्याउँदा संविधानले थारुलाई दिएको अधिकारको समेत बर्खिलाप भएको बताए ।  पूर्वसांसद गंगा सत्गौवा थारुले संविधानले थारु कलास्टरमा पहिचान दिएपछि पनि थारुहरुको पहिचान र आउने सन्ततिहरुको अधिकारमाथि खेलवाड भइरहेको बताइन् ।  उनले भनिन्, ‘हामी पटक–पटक राज्यबाट शोषण र दमनमा परिरह्यौँ । आज फेरि पनि हाम्रो पढे लेखेका  युवाहरुको गाँस, बास, कपास खोस्ने दुष्प्रयासका साथ यो विधेयक सुनियोजित तरिकाले आएको हामीलाई महसुस भएको छ ।’  थारु समुदायमाथि संविधान विपरीत फेरि अन्याय भएको खण्डमा २०७२ भाद्र ७ गतेको जस्तै आन्दोलन ब्युँताउने उनले चेतावनी दिइन् ।  पूर्व सांसद जनकराज चौधरीले २०७२ सालमा जारी भएको नेपालको संविधान अपुरो, अधुरो र अपूर्ण रहेको बताए ।  ‘अहिले पनि संविधान अपुरो, अधुरो र अपूर्ण छ । जसभित्र अझैँ पनि उत्पीडित वर्गका हक अधिकार त्यहाँ सुनिश्चित हुन सकेको छैन । जे कुरा संविधाने उल्लेख गरेको छ, स्थापित गरेको छ । त्यो मूल्य मान्यतालाई पनि वर्तमान सरकारले लत्त्याइने काम गरेको छ,’उनले भने ।  सरकारमा रहेका मन्त्रीहरुले विधेयक क्याबिनेटमा लैजाँदा संविधान समेत नपढेको उनको टिप्पणी छ ।  आदिवासी थारु कानुन, न्याय तथा मानवअधिकार समाजका महासचिव बुद्धसेन चौधरीले अहिलेको शिक्षा विधेयक संघीयता, लोकतन्त्र र समावेशी विरोधी रहेको बताए । विधेयकले संवैधानिक सर्वोच्चताको बर्खिलाप गरेको उनको दाबी छ ।  प्रतिनिधि सभा सदस्य अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसको विरुद्धमा जान बाध्य हुने बताए । २०७२ को संविधानले थारुहरुको क्लास्टर छुट्टै राखिएको स्मरण गराउँदै उनले शिक्षा ऐन संसद्मा पठाएर पारित भएको खण्डमा टीकापुरमा उत्रिएको जसैगरी माइतीघरमा उत्रिने चेतावनी दिए ।  ‘संविधान विपरीत अहिले जुन कार्य गरिएको छ, त्यसको विरुद्धमा यस्तो दिन नआओस्, हामी टीकापुरमा उत्रेका थियौं । यो बेलामा माइतीघरमा उत्रने दिन नआओस्,’ उनले भने ।  आदिवासी थारु कानुन, न्याय तथा मानवअधिकार समाजका अध्यक्ष महेश्वरप्रसाद चौधरीले शिक्षा ऐनलाई संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदा संसद्मा पेश भएमा अदालतको अवहेलना हुने बताए । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले नेपाल सरकारले बारम्बार थारु समुदायमाथि दमन गरिरहेको आरोप लगाए । थारुहरुलाई सरकारले नै विद्रोही बनाएको उनको भनाई छ ।   

तिख्खर स्वादका थारू परिकार

तिख्खर स्वादका थारू परिकार

११२७ दिन अगाडि

|

२० साउन २०८०

सन्तोष दहित  तिख्खर र फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै गएको छ। केही वर्षअघिसम्म थारु बस्तीमै सीमित रहेका ‘थारू परिकार’ अहिले भने ब्रान्ड बन्दै गएको छ। गाउँदेखि शहरसम्म धेरैको रोजाइमा थारू परिकार परिरहेका छन्। कतिपयत थारू परिकारको स्वाद लिन थारू होमस्टे र होटेलमा पुग्न थालेका छन्। घोराही उपमहानगरपालिका-१६ स्थित कबिला रिर्साेटमा हरेक दिन थारू परिकारको स्वाद लिन आउनेको घुइचो लाग्ने गरेको छ। थारू समुदायभन्दा गैर थारु समुदायका मान्छे बढी आउने गरेको रिर्साेटका प्रबन्धक विकास चौधरी बताउँछन्। थारु परिकार स्वस्थ, अर्गानिक र स्वादिलो भएकाले पनि सबैको रोजाइ भएको चौधरीको बुझाइ छ। यो रिर्सोटमा विशेष गरेर थारू परिकार ढिक्री, घोङघी, अनदीको रोटी, माछा, गंगटा, लोकल भालेको मासुका परिकार, सुंगुरको मासुका परिकार, आलुको चटनी बन्ने गरेका छन्। यहि स्वाद लिन ग्राहक आउने गरेको उनी बताउँछन्। त्यस्तै, बाँकेको गाभर भ्याली होमस्टेमा थारु परिकार नै ब्रान्ड बनेका छन्। थारू परिकारले नै होमस्टे चलेको सञ्चालक कृष्ण चौधरी बताउँछन्। “आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पनि थारू परिकार नै पर्छन्,” सञ्चालक चौधरी भन्छन्, “अन्य परिकार भन्दा भिन्नै स्वाद भएकाले पनि थारु परिकार ब्रान्ड बनेको हो।” केही वर्षयता थारु समुदायका परिकारको माग बढेको छ। ग्राहकको मागअनुसार, थारू परिकार आपूर्ति गर्न नसकिएको उनी बताउँछन्। लोकप्रिय थारू परिकार ढिक्री: ढिक्री सबैभन्दा लोकप्रिय र मौलिक परिकार हो। चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइन्छ। पानीको बाफमा उसिनेर पकाइन्छ। करीब एक घण्टा जति ढिक्रीलाई पानीको बाफमा पकाइसकेपछि तयार हुन्छ। ढिक्री विशेष गरेर माघी र दशैंमा खाने प्रचलन थियो। तर, अहिले भने व्यवसायीक रुपमा थारू होमस्टे र होटलमा बिक्री भइरहेको छ। घोङ्घी:   घोङ्घी थारू समुदायको अर्को लोकप्रिय परिकार हो। शंखेकीराजस्तै देखिने घोङ्घी माछा पाल्ने पोखरी, तलाउ या खोलामा पाइने जीव हो। घोङ्घी बटुलेर ल्याएपछि करीब १२ घण्टा जति भाडामा राखेर पिठो खुवाइन्छ। त्यसपछि घोङ्घीलाई पानीमा उमालेर सफा गरिन्छ। घोङ्घीको पछाडिको भाग काटेर आवश्यकताअनुसार पकाइन्छ। घोङ्घीलाई ग्रेभी या उसिन्ने गरिन्छ। पकाइसकेपछि घोङ्घी चुसेर खाने गरिन्छ। घोङ्घी चुस्दा घोङ्घीको भित्री मासु मुखमा आउछ। घोङ्घी खाएपछि, ढाड, घुँडा तथा जोर्नी दुखाई कम हुने जनविश्वास छ। गंगटो: थारु समुदायको अर्काे परिकार हो, गंगटो। दलदले हिलो, खोला तथा छिपछिपे पानी या दुलोमा पाइन्छ। गंगटालाई विभिन्न तरिकाले पकाउने गरिन्छ। तेलमा फ्राई गरेर या ग्रेभी बनाएर वा सुपमा पकाएर खाने प्रचलन छ। यसलाई पोलेर अचार या चटनीको रुपमा पनि खान सकिन्छ। माछा: माछा थारु समुदायको विशेष परिकार हो। हरेक पर्वमा थारू समुदायले माछा मारेर खाने प्रचलन छ। चाडपर्वमा मात्र होइन, फुर्सद भयो कि थारु समुदायले नजिकै खोला, पोखरी, तलामा माछा मारेर खाने गर्दछन्। माछामध्ये थारु समुदायले झिँगाजस्तै उफ्रिहिँड्ने झिँगे माछा, गुइटा माछा, सिध्रा माछा लोकप्रिय छ। माछालाई विभिन्न तरिकाले पकाएर खाने गरिन्छ। घरेलु मदिरा: मदिरा थारु समुदायको अर्को लोकप्रिय पेय पदार्थ हो। महुवा, अन्दी, कोदो, मकै, जामुन, टिमुर, कुरिलोबाट मदिरा उत्पादन गरिन्छ। परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ नै गर्न थालिएको छ। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा थारु समुदायको मदिरा ब्रान्डिङका लागि १२ करोड ८९ लाख बजेट नै छुट्याएको छ। परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरा ब्रान्डिङ गर्न कानूनी व्यवस्था र औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रमका बजेट विनियोजन गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउँछन्। यसको ब्रान्डिङ गर्दा प्रदेशका २५ हजार जनाले रोजगारी पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ। हिमालखबरबाट

लुम्बिनी प्रदेश राजधानीः ‘ठुलो रोग लाग्दा जग्गा विक्री गरेर उपचार गर्न पनि पाइएन’

लुम्बिनी प्रदेश राजधानीः ‘ठुलो रोग लाग्दा जग्गा विक्री गरेर उपचार गर्न पनि पाइएन’

११२८ दिन अगाडि

|

२० साउन २०८०

तेजेन्द्र केसी लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी तोकेपछि लुम्बिनी प्रदेशको राजधानीमा विगत तीन वर्षदेखि जग्गा विक्रीमा रोक लगाइएको छ । दाङको राप्ती गाउँपालिका सबै वडार गढवा गाउँपालिका वडा नम्बर १ देखि ३ सम्म तथा अर्घाखाँचीको शितगंगा गाउँपालिको ८ र ९ वडामा जग्गा बेचबिखन गर्न लागि रोक लगाइएको छ। तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा उक्त रोक लगाइएको हो ।  पछिल्लो समय प्रदेश राजधानीमा बाक्लो बस्ती विस्तार भइरहेको छ।तर,जग्गा खरिद विक्री नहुँदा समस्या बढ्दो छ। २०७७ सालदेखि जग्गा विक्री विवरणमा रोक लगाउँदा स्थानीय समस्यामा परेको भन्दै आन्दोलन समेत सुरु गरेका छन् ।  लामो समयदेखि घर जग्गा विक्री वितरणमा रोक लगाउँदा बैंकले लोन नदिने,जग्गा धितो राखेर व्यापार व्यवसाय गर्नदेखि ठुलो रोग लाग्दा औषधोपचार गर्न समेत स्थानीयलाई समस्या परेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले  बताए ।  उनले प्रदेश सरकारले विक्री वितरणमा रोक लगाएपछि जग्गा रजिस्ट्रेशन करसमेत स्थानीय तहले उठाउन पाएका छैनन् । प्रदेशले कित्ताकाटमा रोक लगाएपछि घरजग्गाको नक्सा पास पनि रोकिएको छ । जग्गा विक्री वितरण रोकेपछि आर्थिक कारोबारमा थप मन्दी आएको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले बताए । उनले धेरै व्यापारीलाई जग्गा बैंकमा धितो राखेर कर्जा लिन समस्या भएको बताए । विगतमा लोन लिएका व्यापारीहरूलाई थप लोन दिन बैंकले नमानेको उनको भनाई छ। तीन वर्षसम्म पनि जग्गा विक्री वितरण खुला नभएपछि शङ्कर गौतमको संयोजकत्वमा स्थानीयले संघर्ष समिति बनाएर आन्दोलन उत्रिनु परेको राप्ती गाउँपालिका–५ का भरत पाण्डेले बताए । पटक पटक आन्दोलन भएपछि प्रदेश सरकारले जग्गा फुकुवा गर्ने सहमति जनाएको थियो । तर,अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन। लुम्बिनी प्रदेश सरकार प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले जग्गा फुकुवा गर्नेबारे छलफल भइरहेको जनाउँदै यो महिनाभित्र निर्णय गर्ने बताए ।  

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

११३१ दिन अगाडि

|

१६ साउन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टी बीचको छलफलपछि नाउपा सरकारमा जान सहमत भएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले छलफलपछि भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’ यहाँ ४ वटा संसदीय समिति रहेको छ  भने उपसभामुखमा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् ।  त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि शपथ रोकिएको थियो । मन्त्रीको शपथको लागि रामेश्वर चौधरी र कैलाश चौधरी थारु पोशाकसहित  पुगिसकेका थिए ।

यी बहादुर थारूहरूः जसले बाघलाई पछारे 

यी बहादुर थारूहरूः जसले बाघलाई पछारे 

११३२ दिन अगाडि

|

१५ साउन २०८०

                                                                                                                                                     दुर्गा चौधरी कैलालीको भजनी नगरपालिका ९, डोङपुर गाउँका ६७ वर्षीय बुधराम डंगौरा थारुले आफ्नो घरको भित्तामा मान्छे र बाघको लडाइँ भइरहेको अवस्थाको कलाकृति कोर्न लगाएका छन् । आफू दुई डमरुसहितको बघिनीसँग लडेर जितेपछि यस्तो चित्र कोर्न लगाएको उनी बताउँछन् । २०५७ साउन १५ गते, सदाझैँ बुधराम बरका बनुवा  अर्थात् बसन्ता वन क्षेत्रमा बंगुर चराउन गएका थिए । त्यतिबेला उनले ८० भन्दा बढी बंगुरपालन गरेका थिए ।  त्यस दिन उनीसँग अरु केही साथी पनि थिए । उनका साथीहरू सोनियाताल छेउमा भेटिएको च्याउको तरकारी जंगलमै पकाइरहेका थिए । बुधराम केही साथी लिएर च्याउ खोज्न जंगल पसे । च्याउ खोज्दै गर्दा उनले नजिकै दुईवटा डमरुसहितको पाटे बघिनी देखे । उनीसँग गएका साथी रूखमा चढिसकेका थिए । उनले भने के गर्ने भनेर सोच्नै भ्याएका थिएनन् । बघिनी दौडँदै उनीतर्फ आयो । उनले छेउमा राखेको बन्चरो समाउन नपाउँदै बाघले झम्टिहाल्यो ।  बाघको पन्जा बुधरामको शरीरमा थियो । उनले बाघको दुवै कान समाउन भ्याइहाले । राति पानी परेकाले तालछेउमा घुँडासम्म पानी थियो । त्यो बेला गाउँकै बलियो मान्छे थिए बुधराम । उनले बाघको कानमा समाए । बाघले उनको शरीरभरि घाउ नै घाउ पारिसकेको थियो । ‘तैपनि मैले हार मानिनँ । मैले चिच्याएँ — तँ मलाई मार्छस् भने म पनि तँलाई मार्छु । एक हातले बाघको कान समातेँ, अर्को हातले बाघको मुखमा मुड्की बजार्न थालेँ,’ उनी भन्छन्, ‘कसोकसो बाघलाई पानीमा चोपल्न पनि भ्याएँ । केहीबेर पानीमा चोपेपछि बाघ थाक्यो । थाकेको महसुस गरेपछि छोडिदिएँ ।’                                                                                                                                               बुधराम डंगौरा थारु त्यतिबेला सँगै रहेका कन्हैया चौधरी बुधरामको साहसको प्रशंसा गर्छन् । ‘बाघलाई देखेपछि म त रुख चढिहालेँ,’ उनी भन्छन्, ‘केही गर्न सकिनँ तर साथीले साहसपूर्वक बाघसँग लड्यो र जित्यो ।’  बाघको मुखमा बोरा  धान रोपाइँ सकिएपछि कैलालीको कैलारी गाउँपालिका ८, लोहरपुरका ६० वर्षीय लौटन डंगौरा थारुको दिनचर्या नजिकैको वनमा गएर च्याउ खोज्नु हुन्थ्यो । २०५९ असोज २४ गते, उनी गाउँकै साथी फागुराम चौधरीलाई लिएर वनमा च्याउ खोज्न निस्केका थिए । च्याउ टिप्दै जाँदा उनी वनको बीच भागसम्म पुगे ।  घर फर्कंदै गर्दा उनले बँदेल खेलेको स्थान भेटे । त्यहाँ पुग्नेबित्तिकै उनलाई बाघले झम्टन पुग्यो । ‘एकैचोटि पन्जाले हानेर बाघले मेरो टाउको र घाँटीको छाला निकालिदियो । बाघ मदेखि दुई हात बराबरको दूरीमा थियो । मैले हत्तपत्त च्याउ राख्ने बोरा बाघको मुखमा कोचिदिएँ,’ उनी भन्छन्, ‘दाँतमा बोरा अड्किएपछि बाघ पर हट्यो । त्यसपछि म रूख चढेँ ।  रातभरि त्यो बाघ रुखमुनि आएर बस्यो । अर्को दिन मात्रै मलाई गाउँलेले उद्धार गरे र उपचारका लागि नजिकैको बसौटी स्वास्थ्य चौकीमा लिएर गए ।’ बाघको पन्जा लागेर उनको अनुहारको हड्डी भाँचिएको छ । अनुहारमा ठूलो दाग अहिले पनि छ ।                                                                                                                                                  लौटन डंगौरा थारु हँसिया राख्ने कट्टाले मुखमा हिर्काइदिएँ कैलारी गाउँपालिका ६, बेनौलीका परशुराम डंगौरा थारु २०५८ सालताका वनमा च्याउ खोज्न गएका थिए । साथीहरूभन्दा उनी अलि पर थिए । केही पर उनले बँदेल कराएजस्तो सुने ।  ‘एकैछिनमा त मेरो अगाडिबाट उफ्रिएर बाघ गयो । अनि तुरुन्तै मतिर फर्कियो । यस्तो बेला भाग्नु हुन्न भन्ने मलाई थाहा थियो, म भागिनँ,’ उनी भन्छन्, ‘बाघ मेरो अगाडि मुख आँ गर्दै आयो । हँसिया राख्ने कट्टाले मुखमा हिर्काइदिएँ,  बाघ भाग्यो ।’ कैलारी गाउँपालिका ८, दुधियाका ३१ वर्षीय दुर्गा चौधरी कालको मुखबाट फर्किएको बताउँछन् । २०७७ माघ ३० गते उनी बिहेका लागि आवश्यक पात टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका थिए । सो क्रममा उनलाई पछाडिबाट बाघले आक्रमण गर्‍यो ।  ‘पछाडिबाट आक्रमण गरेपछि दुईपटक यताउति मलाई घिसार्‍यो । तेस्रोपटक घिसार्न लाग्दा म लौरो लिएर बाघतिर फर्किएँ, तैपनि बाघले मलाई झम्टन खोजिरहेको थियो । गाउँलेहरू आएर होहल्ला गरेपछि मात्रै भाग्यो ।’ दुर्गाको पिठ्युँमा बाघको पन्जाको निसान रहेको छ ।                                                                                                                                              परशुराम डंगौरा थारु बाघको पुस्तैनी वासस्थान कैलालीको बरका बनुवाको नामले चिनिने बसन्ता जैविक मार्ग, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फल्ले बिसौनी क्षेत्र बाघको पुस्तैनी वासस्थान रहेको बताइन्छ । राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत संरक्षणकर्मी विजयराज श्रेष्ठ कैलालीको जंगलमा बाघ धेरै पहिलेदेखि रहेको बताउँछन् । ‘समय–समयमा बाघ र मानवबीचको लडाइँले वर्षौंदेखि कैलालीमा बाघ रहेको पुष्टि गर्छ,’ श्रेष्ठले भने, ‘बाघहरू बाहिरबाट आएको नभई कैलालीकै हुन् । हामीले त वर्षौंदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौँ, तर कसैले पत्याएका थिएनन् ।’ बाघबाट हुने क्षति न्यूनीकरणका लागि मानिसले नै संवेदनशीलताका साथ सचेतता अपनाउनुपर्ने उनको  भनाइ छ ।  रातोपाटीबाट

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

११३३ दिन अगाडि

|

१४ साउन २०८०

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।  आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।  एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए । उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए ।  चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए ।   एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।