आज सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

११५८ दिन अगाडि

|

२१ असार २०८०

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने 

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने 

११५८ दिन अगाडि

|

२० असार २०८०

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ ।  बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा सुदूरपश्चिम सरकारमा जाने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी जानकारी दिएका छन् ।  सुदूरपश्चिम सरकारमा यस अधि नै नागरिक उन्मुक्तिलाई समेट्ने प्रयास भएको थियो । तर, आफ्नो पार्टी सुदूरपश्चिममा निर्णायक भएपनि सम्मानजनक भाग नदिएको र यस पहिले गरिएको सहमतिमा इमान्दार नबनेको भन्दै नाउपा सरकार बाहिरै थियो ।  कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारले एक मन्त्रालय मात्रै दिने बताएपछि नाउपा सुप सरकारमा सहभागी भएको छैन । अब भने प्रधानमन्त्रीले नै पूर्व सहमति अनुसार मन्त्रालय दिने प्रतिबद्धता जनाएका छन् । असारको पहिलो साता काँग्रेसका प्रदेश मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उनले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय बाँकी छ । त्यस्तै, भूमिसुधार मन्त्रालय पनि बाँकी नै छ । नाउपाको यी दुबै मन्त्रालयमा दावी रहेको छ ।

कैलालीको कन्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

कैलालीको कन्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

११५९ दिन अगाडि

|

१९ असार २०८०

कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे। आजसम्म उनको जीवन कन्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी व्‍यक्त गर्छन् । ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौ’, भिक्कुले भने, ‘हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो।’ विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए । प्रत्येक बर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो। यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन् । बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो। सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उनको अनुभव छ। ‘पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो’ स्थानीय प्रकाश चौधरीले भने, ‘निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो।’ स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुन्थ्यो भने। ‘भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो’, उनले भने, ‘यसका लागि प्रत्येक पटक रु ४० खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो।’ भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिए। ‘पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन निकै सहज भएको छ। यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ’, उनले भने, ‘पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ। यो भजनीको विकासमा ठूलो फड्को हो।’ एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो। तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी  बिरुवा/लामा/शेर्पा साल्पा जेभीको दाबी छ। कम्पनीले रु तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको जिम्मा पाएको थियो। ‘पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ’, हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भने, ‘पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ।’ रासस 

सम्भव समुहकाे पहिलो "पदयात्रामा कविता" कार्यक्रम सम्पन्न

सम्भव समुहकाे पहिलो "पदयात्रामा कविता" कार्यक्रम सम्पन्न

११६२ दिन अगाडि

|

१६ असार २०८०

सम्भव समुहद्वारा पहिलोे पटक आयाेजित "पदयात्रामा कविता"सम्पन्न भएको छ । चन्द्रागिरि चेकपोस्टबाट पदयात्रा सुरु गर्दै चन्द्रागिरि हिलमा पुगेर कविता वाचन तथा टिप्पणी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कविहरु सुरज राना,राज एकान्त र मन्जुल मिथाेचले कविता प्रस्तुत गरेका थिए भने कविता माथि कवि सन्जित फलानाले टिप्पणी राखेका थिए । कार्यक्रममा अतिथि कविकाे रुपमा कवि भूमिका थारुले कविता "किसान" प्रस्तुत गरेकी थिइन् । कार्यक्रम दुई चरणमा गरि सम्पन्न गरिएको थियो । पहिलाे र दाेश्राे चरण गरि प्रत्येक कविले ४/४ वटा कविता वाचन गरेका थिए ।  कार्यक्रममा कवि मिथाेचले "प्ले:क्आस, पहाडमा रातो पोखरी","झण्डाकाे मान्छे" र "असम्भव" कविताहरु वाचन गरेका थिए । त्यसैगरी कवि एकान्तले "घाम","युवा","तिमी सहर पसेपछि","छापामारकाे सन्देश" कविताहरू प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा कवि रानाले "बन्दुकले कविता लेख्न थाल्छ","अक्षरहरु","ओ बाहुनी", "परिवर्तन" कविताहरु वाचन गरेका थिए । कविता माथि टिप्पणी राख्ने क्रममा फलानाले तीनजना कविहरूको कवितामा तीन फरक, फरक स्वादको कविता सुन्ने अवसर मिलेको तीन फरक स्वादका कविताहरूको राम्रो फ्युजन भएको बताए ।  उनले सुरज रानाको कवितामा प्रतिरोधी चेत पाइएको बताए त्यस्तै कवि राज एकान्तको कविताहरूमा प्राकृति सौन्दर्यको बिम्बहरूलाई मीठो तरिकाले बुन्दै कोमल र फाइन कविता भएको उल्लेख गरे र कवि मन्जुल मिथोचका कविताहरू पहिचानको मुद्दामा केन्द्रित भएर सशक्त कविता लेखिएको टिप्पणीकर्ता फलानाले बताए । समूहका सदस्य युग सर्वनामको सन्चालनमा भएको कार्यक्रममा समूहका अर्का सदस्य कवि उत्तम लिम्बुले सभाअध्यक्षता गरेका थिए । `कार्यक्रमहरू साँघुरो घेरामा मात्र नभएर खुल्ला प्रकृतिमा पनि गर्न सकिने र नेता, घन्टाघर, धरहरा, र सिंह दरबारलाई मुनि बनाएर प्रकृतिलाई माथि बनाई प्रकृतिको नजिक छौं भन्ने बोध गराएका छौं´ भन्दै कार्यक्रमको समापन गरेका थिए ।  

सम्भव समूहले असार १५ को अवसरमा 'कविता पदयात्रा' गर्ने

सम्भव समूहले असार १५ को अवसरमा 'कविता पदयात्रा' गर्ने

११६४ दिन अगाडि

|

१४ असार २०८०

असार पन्ध्रको मेसो पारेर सम्भव समूहले `कविताको पदयात्रा´ गर्ने भएको छ । चन्द्रागिरी नगरपालिकाको चेकपोष्टबाट यात्रा सुरु गरेर चन्द्रागिरीको डाँडामा गएर कार्यक्रमको औपचारिकता गर्ने भएको छ ।कविताको पदयात्रामा कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्नुहुने छ र त्यहाँ वाचन हुने कविहरूको कविता माथि कवि सन्जित फलानाले टिप्पणी गर्नुहुने छ । कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर हामी केही सङ्कुचित/सिमित संरचनामा रहेर मात्र लेखिरहेका छौं यसलाई फराकिलो पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ । सो कार्यक्रममा सम्पुर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिको लागि आह्वान गरेको छ उपस्थित सम्पुर्णले अतिथि कविको रुपमा एक एक वटा कविता वाचन गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

सिरहामा अनौठो घटनाः लत्ता–कपडामा एकाएक लाग्छ आगो

सिरहामा अनौठो घटनाः लत्ता–कपडामा एकाएक लाग्छ आगो

११६५ दिन अगाडि

|

१३ असार २०८०

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका– ११, बलुवाटोलका सदाय बस्तीमा अनौठो घटना देखा परेको छ । केही दिन यता दैनिक लत्ता–कपडा तथा घरायसी सामानमा आफैँ आगो लाग्न थालेको स्थानीयवासी बताउँछन् । सो बस्ती निवासी ३० वर्षीय कल्पना सदाय आफूले लगाएको कपडामा चार दिनदेखि दिनमै ३–४ पटक आगो लागेको बताउँछिन् । माघ महिनामा बस्तीमा स्थानीय मन्कु सदायको घरमा आगलागी भएको थियो । स्थानीय पल्टु सदायका अनुसार त्यतिबेला गाउँमा कोही नभएकाले मन्कुको घर जलेर नष्ट भएको थियो । पछिल्लो १५ दिनदेखि बस्तीका सबैजसो घरको छानो, कपडा, ओछ्यान जलेको छ । कोही एक्लै हुनासाथ वा शौचालय जाँदा शरीरमा लगाएकै कपडामा आगो लाग्ने गरेको स्थानीयवासी बताउँछन् । आगो लाग्ने क्रम बढेपछि गाउँले त्रासमा छन् । उनीहरु पछिल्लो तीन दिनदेखि एकैठाउँ भेला भएर बस्ने गरेका छन् । सो वडाका वडाध्यक्ष अशोक कुमार श्रेष्ठ पनि गाउँमा पहिलो पटक यस्तो घटना भएको बताउँछन् । ‘मलाई यसरी आगो लागेको अहिलेसम्म थाहा थिएन,’ उनले भने, ‘केही दिनदेखि गाउँमा अचम्मको घटना हुन थालेको छ ।’ यसरी लागेको आगो थोरै पानीले पनि निभाउन सकिने स्थानीयवासी बताउँछन् । स्थानीयवासी कमल सिंहले भने, ‘आगो लागेपछि मान्छे पोलेको गन्ध फैलिन्छ । थोरै पानीले पनि आगो निभिहाल्छ । हामी पनि अचम्ममा परिसकेका छौं ।’ केही दिनअघि मेयर शिवशंकर महतो र वडा अध्यक्ष श्रेष्ठ गाउँमा आएर निरीक्षण गरी फर्किएको स्थानीयवासी बताउँछन् । गाउँलेहरु दैवी शक्ति रिसाएकाले यस्तो घटना भएको तर्क गर्दछन् ।  

बढी दाइजो मागेपछि बेहुला पक्राउ

बढी दाइजो मागेपछि बेहुला पक्राउ

११६६ दिन अगाडि

|

१३ असार २०८०

काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित विवाह कार्यक्रममा ‘लफडा’ गरेपछि प्रहरीले दुलाहालाई नियन्त्रणमा लिएको छ । दाइजोको निहुँमा विवाद गरेर ५० लाख मागेको आरोपमा सुनसरी घर भएर ताहाचल बस्ने अनुराग रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए ।   ३२ वर्षीय रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् । बेहुली पक्षले दिएको २२ लाख दाइजो अपुग भएको र जन्तीलाई राम्रो मेजमानी नभएको भन्दै रौनियार पक्षले ‘विवाद’ गरेका हुन् ।  दाइजो लिन नपाउने कसुरमा उनीविरुद्ध ५ दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।