प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै पर्याे उजुरी, नागरिकता र मतदाता नामावलीमा बेमेल !

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै पर्याे उजुरी, नागरिकता र मतदाता नामावलीमा बेमेल !

१४२४ दिन अगाडि

|

२४ असोज २०७९

कैलालीका  बाढी पीडितको बिचल्ली

कैलालीका  बाढी पीडितको बिचल्ली

१४२४ दिन अगाडि

|

२४ असोज २०७९

कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०.८ पुगेमा खतरा तह पार भएको मानिन्छ । कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ । रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौँ घर डुबानमा परेका छन् । कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन् । जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलामा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ । रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नं १ को शक्तिननगर, वडा नं  २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ । वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका बताइएको छ । टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउछन् । “बाढी आउने जोखिम बढ्यो, तल्लो क्षेत्रका नागरिक सार्ने काम सुरु गरेका छौँ, सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उनले भने, “अब एकापसमा सहयोग गर्ने हो, सुरक्षित रहने काम गरौँ ।” कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताउनुभयो । “कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ । प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ”, उनले भने, “बाढी पसेमा क्षति हुन्छ ।” प्रमुख जिल्ला अधिकारी किरण थापा तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताउनुभयो । “हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौँ”, उनले भने, “नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ । तटबन्ध भइरहेका ठाउँमा नदी फुट्ने खतरा छ । त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौँ ।” भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सय बढी परिवार हुलाकी सडकमा तीन दिनदेखि बसिरहेका छन् । हुलाकी सडकमा बसिरहेकाहरू भोकभोकै वस्तुभाउसहित बस्नुपरेको छ । सडकमा बसेकाहरू निरन्तरको वर्षाका कारण चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत सुरु भएको बताइएको छ । भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए । उनले भोकभोकै पानीमा भिज्दै बाढीपीडित दिन काटिरहेका बताए । बाढीले भजनीमा सयौँ परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन् । कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ । रासस

जेलबाटै रेशमलाल चौधरीले दिए बर्दिया २ बाट उम्मेदवारी

जेलबाटै रेशमलाल चौधरीले दिए बर्दिया २ बाट उम्मेदवारी

१४२५ दिन अगाडि

|

२३ असोज २०७९

धनगढी : नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका पूर्व सांसद रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेस नामामार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । उनको उममेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा अत्याधिक बहुमतले बिजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदातल दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् । हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । उनी २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र कैलाली–१ बाट हाल उनको पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छिन् ।

आरजुलाई हराउने नारदमुनि रानाको पुनः कैलाली ५ बाट उम्मेदवारी

आरजुलाई हराउने नारदमुनि रानाको पुनः कैलाली ५ बाट उम्मेदवारी

१४२५ दिन अगाडि

|

२३ असोज २०७९

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यका लागि एमालेका पोलिटव्युरो सदस्य तथा अहिलेका निवर्तमान प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराएका छन् । राना ०७४ निर्वाचनमा प्रधानमन्त्री पत्नि आरजु राणा देउवालाई पराजीत गरेर क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका राना त्यसअघि संविधान सभाको सदस्य समेत थिए । यसैबीच कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र क बाट अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी र ख बाट एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका सदस्यका उम्मेदवार रानाले राजनीतिक स्थायित्व, देशको सीमाको रक्षा, विकास र समृद्धीका लागि आफ्mूले उम्मेदवारी दिएको बताएका छन् ।  

थरुहट नेता लक्ष्मण थारुद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

थरुहट नेता लक्ष्मण थारुद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

१४२५ दिन अगाडि

|

२३ असोज २०७९

धनगढी : अदालतको फरार सूचीमा रहेका थरुहट नेता लक्ष्मण थारुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उनले आइतबार वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।  कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका उनले धनगढीका स्थानीय बुन्दीलाल चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न लागेका हुन् । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषि करार गरिएका उनी अदालतको फरार सूचीमा छन् । हाल टीकापुर घटना मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा उनी उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा नेता थारुले कैलाली कारागारबाटै चुनाव लडेका थिए । योसँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ (क) प्रदेश सभा सदस्यको लागि श्रीराम चौधरी र ख बाट गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।  

नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा प्रतिनिधि सभामा ६० जनाको नाम (नामावलीसहित)

नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा प्रतिनिधि सभामा ६० जनाको नाम (नामावलीसहित)

१४२५ दिन अगाडि

|

२३ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूची बल्ल सार्वजनिक गरेको छ । जसमा प्रतिनिधि सभामा ६० र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नाम सार्वजनिक गरिएको हो ।  सूचीमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदी एक नम्बरमा छन् । त्यस्तै पूर्व सांसद हिमान्चल भट्टराई दुइ नम्वरमा तथा काँग्रेस सांसद पार्वती डिसी चौधरी तेस्रो नम्बरमा अँटाएकी छिन् ।  कैलाली–३ क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुने चर्चामा रहेकी लेखिका इन्दु चौधरी थारू कोटाबाट प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा परेकी छिन् । कैलाली १ मा प्रदेश सभाको प्रत्यक्षतर्फ आकांक्षी ललित ताम्राकार, स्थानीय चुनावमा टीकापुर नगरपालिकामा पराजित उल्कादेवी विक पनि समानुपातिक सूचीमा परेका छन् ।  प्रदेश सभामा पण्डित पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली सार्वजनिक गरिएकोमा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित एक नम्बरमा तथा टीका थापा दोस्रो नम्बरमा छिन् । कैलाली १ मा प्रदेश सभा ख को प्रत्यक्षतर्फ आकांक्षी तीर्थराज बोहोरा पाँचौ नम्बरमा रहेका छन् ।  टीका थापा एमाले कैलाली जिल्लाका निवर्तमान अध्यक्ष रतन थापाकी श्रीमती हुन् ।  रतन थापा कैलाली २, क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार छन् । हेर्नुहोस्ः नामावली सुदूरपश्चिम प्रदेश सभातर्फ प्रतिनिधि सभातर्फ 

देउखुरी उपत्यकामा साढे ३ हजार घर डुबानमा, धानबाली चौपट

देउखुरी उपत्यकामा साढे ३ हजार घर डुबानमा, धानबाली चौपट

१४२६ दिन अगाडि

|

२२ असोज २०७९

                                                                                                                                         तस्विरः इन्द्रजीत थारु  लगातारको झरीले दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । ४ दिन लगातार वर्षाको कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेको छ । साथै, धानबाली चौपट भएको छ । जिल्लाको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिलेसम्म करिब साढे तीन हजार घर डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिकाका साथै राप्ती, गढवा र राजपुर गाउँपालिका विभिन्न बस्ती डुबानमा परेका हुन् ।  घर कम डुबान भए पनि सबैभन्दा बढी गढवा गाउँपालिका प्रभावित भएको स्थानीय पुरन चौधरीले बताए । चौधरीका अनुसार गढवा–५ को बोधीपुर, धर्मापुर, लोखरपुरवा, लालपुर र गढवा–७ कान्छीगाउँ, झारबैरा लगायतको बस्तीमा बाढी पसेको छ ।  लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेको छ । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८ सय, राप्ती गाउँपालिकामा ६ सय र गढवा गाउँपालिकामा साढे ६ सय घर डुबानमा परेका छन् । राप्ती नदीमा पानीको बहाव बढेकाले कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोंरही, सिसहनिया लगायतका गाउँ डुबानमा परेको स्थानीय शिवहरि चौधरीले बताए ।                                                                                                                                          तस्विरः इन्द्रजीत थारु  त्यस्तै बाढीका कारण २ सय बढी घर पूर्ण रुपमा भत्किएका छन् । त्यस्तै बस्तीमा पसेको बाढीका कारण २ सय ४० जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् । दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् । दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् ।                                                                                                                                            तस्विरः पुरन चौधरी  दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् । शनिबार पानी पर्न रोकिएकाले डुबान परेका बस्तीमा पानीका सतह क्रमशः घट्दै गएको स्थानीय पत्रकार दशरथ घिमिरेले बताए । भारी वर्षाले खसेको पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुनुका साथै विद्युतीय संरचनामा समेत क्षति पुगेको छ । पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर ढलेको छ । स्थानीयले मोवाइल समेत चार्ज गर्न पाएका छैनन् ।  यसैबीच पूर्व सांसद योगेन्द्र चौधरीले विपत्तिमा यो पार्टी र त्यो पार्टी नभनी देउखुरी उपत्यकाका बाढीपीडितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।  उता लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु बाढीपीडितको उद्धारमा आफै खटिए ।                                                                                                                                            तस्विरः पुरन चौधरी