काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारू उम्मेदवार

काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारू उम्मेदवार

१४२६ दिन अगाडि

|

२२ असोज २०७९

एमालेको समानुपातिक सूचीमा प्रतिनिधि सभातर्फ ६ जना थारू

एमालेको समानुपातिक सूचीमा प्रतिनिधि सभातर्फ ६ जना थारू

१४२७ दिन अगाडि

|

२१ असोज २०७९

एमालेको थारू कोटाबाट प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट ६ जना समावेश गरिएका छन् ।  समानुपातिकको बन्द सूचीमा आस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा चौधरी, कमला चौधरी, जञ्जिरप्रसाद चौधरी र फूलसिंह थारु रहेका छन् । लुम्बिनी प्रदेशबाट को को ?  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । उनी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टिकट पाउने लुम्बिनी प्रदेशबाट एक्ली हुन् । त्यस्तै, रुपन्देही–३ प्रदेशसभा तर्फ (ख० मा तुलसीप्रसाद चौधरी, बाँके–१ प्रदेशसभा तर्फ (ख) मा दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।  उता बर्दिया–२ मा  प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाएकी छन् । दाङ–१ मा शान्ता चौधरीले टिकट पाउँदा टिकटको अर्को दावेदार गंगा सत्गौवा थारुले पार्टी परित्याग गर्ने घोषणा गर्दै स्वतन्त्र उठ्ने उद्घोष गरेकी थिइन् । उनी अब रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चिन्ह लिएर उठ्ने बताइएको छ ।  

गंगा सत्गौवा थारूबाट एमाले परित्यागः स्वतन्त्र उम्मेदवारीको घोषणा

गंगा सत्गौवा थारूबाट एमाले परित्यागः स्वतन्त्र उम्मेदवारीको घोषणा

१४२७ दिन अगाडि

|

२१ असोज २०७९

करिब दुइ साता पहिले गंगा सत्गौवा थारूले शान्ता चौधरीसँगको संयुक्त तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’ तर विहीबार फेसबुकमा एक स्टाटस लेख्दै गंगा सत्गौवा थारूले टिकट नपाएपछि स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् । उनले भनेकी छिन्, ‘आज मैले ठिक निर्णय गरे या बेठिक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’ यसअघि थरुहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।  प्रतिक्रियामा डीएस भामी भन्छन्, दलालहरुका लागि यो सत्ता भन्ने चिज यस्तो हुन्छ कि भित्र पसि सकेपछि बाहिर निस्कनै मान्दैनन् । ती मध्येकै एक हो तपाईं, आफूलाई देशप्रेमी र राष्ट्रबादी भनेर खुब गौरव नगर्नु, अब पनि दाङका जनताले नचिनेका होलान् र तपाईलाई ?’

भावुक कविता लेख्दै रन्जिताले दिइन् रेशमलाई जन्म दिनको शुभकामना 

भावुक कविता लेख्दै रन्जिताले दिइन् रेशमलाई जन्म दिनको शुभकामना 

१४२७ दिन अगाडि

|

२१ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको जन्मदिनको अवसरमा सो पार्टीका अध्यक्ष तथा रेशम धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरीले भावुक भनाई र कविता पस्किदै रेशमलाई जन्म दिनको शुभकामना दिएकी छिन् ।  आज असोज २१ गते रेशम चौधरीको जन्म दिन हो ‘बाघ आमाको कोखमा जन्मे हुर्केपनि एक्लै संघर्ष गर्छ, एक्लै मर्छ । तर, बाँचुन्जेल आफ्नो क्षेत्रमा राजा बनेर रहन्छ’ । फेसबुकमा रन्जिता श्रेष्ठ चौधरीले लेखेकी छिन्, ‘सत्ता खोस्ने कुटिल चाल स्यालले पनि गर्छ तर निरमा चोपलिएको पर्दाफास हुने बित्तिकै मृत्युको भागिदार पनि बन्नुपर्छ । अहिले केही समयका लागि नेपाली राजनीतिमा यस्तै हुँदैछ ।’ रन्जिताले कवितात्मक पंक्तिमा लेखेकी छिन्,  तर तिमी रत्ति पनि नडगमगाऊ  तिमी रत्ति भर पनि नडराऊ  नवदुर्गा माताले महिसासुर राक्षसको बध  गरेको पनि त्यसै होइन  जब जब पापको घड़ा भरिदै जानछ  अनि पोखिनन्छ  नश्लवादीहरुले दिएको सजायले   तिमी रत्तिभर पनि   काँपेको छैनौ  र, त तिमीलाई कठघरामा थुनेर राख्दा समेत  आफै डराएर बसेको छ   जन्मदिनको धेरै धेरै शुभकामना ।

 विमानस्थलबाटै पक्राउ परे क्रिकेट खेलाडी सन्दीप लामिछाने

 विमानस्थलबाटै पक्राउ परे क्रिकेट खेलाडी सन्दीप लामिछाने

१४२८ दिन अगाडि

|

२० असोज २०७९

बलात्कारको आरोप लागेका  नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवान विमानस्थलबाटै पक्राउ परेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे लगत्तै प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो ।  उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ  थिए । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।  उनले यसअघि सामाजिक सञ्जालमार्फत  नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको भनाइ छ । उनलाई प्रहरी बृत्त गौशाला लगिएको छ । छोरा निर्दोष रहेको उनको अभिभावकको भनाइ छ । बलात्कार आरोपपछि नेपाली क्रिकेट बोर्डले उनलाई निवलम्वन गरेको थियो । 

काँग्रेसको थारू कोटाबाट पुरुषमा योगेन्द्र र महिलामा कल्पना चौधरी पहिलो नम्बरमा 

काँग्रेसको थारू कोटाबाट पुरुषमा योगेन्द्र र महिलामा कल्पना चौधरी पहिलो नम्बरमा 

१४२८ दिन अगाडि

|

२० असोज २०७९

                                                                                                                   तस्विरः योगेन्द्र चौधरीको फेसबुकबाट  काँग्रेसको प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट पुरुषमा योगेन्द्र चौधरी (दाङदेउखुरी) र महिलामा कल्पना चौधरी (सुनसरी) पहिलो नम्बरमा परेका छन् ।  थारुतर्फ पुरुषमा योगेन्द्र चौधरी, चुम नारायण तवेदार, फिरु राना तथा महिलातर्फ कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, सुशीला चौधरी रहेका छन् । असोज ११ गते पहिलो पटक सार्वजनिक गरिएको सूचीमा थारु कोटातर्फ ६ जनामा कैलालीबाटै ३ जनाको नाम समावेश थियो । तर बुधबार निकालिएको अन्तिम सूचीमा ७ जना समावेश गरिएकोमा कैलालीकी जीवन राना मात्रै अँटाएकी छिन्, त्यो पनि तेश्रो नम्बरमा । त्यसैले जीवन राना पनि छानिने, नछानिनेमा अप्थ्यारो स्थिति देखिएको छ ।  महिलामा चौथो नम्बरमा रहेकी सुशीला चौधरी (दाङदेउखुरी) को छानिनेमा कुनै गुञ्जायस देखिदैन । किनकि एउटै जिल्लाबाट योगेन्द्र चौधरी छानिइसकेपछि महिला कोटाको पुछारमा रहेकी उनको सम्भावना न्यून छ । यसअघि कैलालीबाट समावेश भएका खेम डंगौरा चौधरी र रामकुमारी चौधरीको नाम हटेको छ । यसअघि सूचीको ९८ औं नम्बरमा रहेका काँग्रेस कैलाली उपसभापति समेत रहेका डंगौरा चौधरी थारु कोटाको दोस्रो नम्बरमा थिए । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताएका थिए । विडम्वना हेरफेरमा उनी नै परे । पुरुषमा चुम नारायण तवेदार र फिरु राना समेटिएका छन् । थारु कोटामा ४ सिट पर्ने भएपनि सो सूचीमा ७ जना थारु समुदायबाट नाम समावेश भएको छ । त्यस अनुसार २ पुरुष, २ महिला छानिने छन् । तर यदि प्रत्यक्षबाट महिला थोरै चुनिएमा पहिलो नम्बरमा रहेका पुरुष योगेन्द्र चौधरी मात्रै समेटिएर बाँकी ३ जना महिला परे जीवन राना पनि सांसद हुने भाग्यमानी हुन सक्छिन् ।

प्रहरी जवान रीतिका थारू भन्छिन्ः ‘अरूको निधारमा टीका–जमरा देख्दा मन त दुख्छ’

प्रहरी जवान रीतिका थारू भन्छिन्ः ‘अरूको निधारमा टीका–जमरा देख्दा मन त दुख्छ’

१४२९ दिन अगाडि

|

१९ असोज २०७९

पंखबहादुर शाही  सुर्खेतः बुधबार हिन्दु नेपालीहरूको महान् चाड बडा दसैँ । वर्षमा एक पटक मनाइने दसैँ पर्व मनाउन मान्छेहरू जतिसुकै टाढा भए पनि आफ्नो घर फर्कने गर्दछन् । वीरेन्द्रनगरको सिटी बसपार्कबाट पनि दैनिक ३–४ हजारको दरले मान्छेहरू दसैँ मनाउन गाउँ फर्किरहेका छन् । सबैलाई दसैँको रौनकले छोएको बेला बसपार्कको दायाँतर्फ रहेको यात्रु सहायक कक्षमा खटिएकी प्रहरी जवान रीतिका थारुलाई भने दसैँले खासै उत्साह थपेको छैन । यात्रुहरूको गुनासो टिप्ने र समस्यामा परेका यात्रुको उद्धार कार्यमा व्यस्त देखिन्छन् । आइतबार बसपार्क पुग्दा उनी फाइलमा सायद कसैको गुनासो टिप्दै थिइन् । त्यसपछि उनले बसपार्कमा यात्रुले सुनाउने गरेका समस्याका बारेमा ‘ब्रिफिङ’ गरिन् । दसैँ मनाउनका लागि घर फर्कने यात्रुको सुरक्षामा खटिएकी उनले भने आफूले स–परिवारसँग दसैँ मनाउन नपाएको वर्षौँ भइसकेको बताइन् । तपाईँले दसैँ कसरी मनाउँदै हुनुहुन्छ नि ? भन्ने  प्रश्नमा मलिन हुँदै जवाफ दिइन्,‘ हाम्रो त दसैँ यस्तै हो क्यारे, यतै मनाउन् पर्ला ।’  बर्दिया, भुरीगाउँकी २६ वर्षीया रीतिकाले प्रहरीमा जागिर खाएको अहिले ६ वर्ष भयो । झण्डै दुई महिना अघि मात्रै नेपालगञ्जबाट प्रदेश ट्राफिक कार्यालयमा सुरुवा भएर आएकी उनले अहिलेसम्म जम्मा एक पटक मात्रै स–परिवारको साथमा दसैँ मनाउन पाएको सुनाइन् । बर्दिया, भुरीगाउँकी २६ वर्षीया रीतिकाले प्रहरीमा जागिर खाएको अहिले ६ वर्ष भयो । झण्डै दुई महिना अघि मात्रै नेपालगञ्जबाट प्रदेश ट्राफिक कार्यालयमा सुरुवा भएर आएकी उनले अहिलेसम्म जम्मा एक पटक मात्रै स–परिवारको साथमा दसैँ मनाउन पाएको सुनाइन् । ‘म यहाँ आउनुभन्दा पहिला नेपालगञ्जमा कार्यरत थिएँ, त्यहाँ भएको समयमा एक पटक मात्रै बिदा पाएर दसैँ मनाउन पाएको छु,’उनले भनिन,‘ बाँकी दसैँ त जनताको सेवा गर्दैमा व्यतीत भएका छन् ।’ उनीसँग कुरा गर्दै गर्दा उनका श्रीमान् एकता थारु काखमा छोरो च्यापेर त्यहाँ आइपुगे । रीतिका–एकताको २ वर्षको छोरा छन् । एकता अहिले अध्ययन गरिरहेका छन् भने रीतिकालाई सपोर्ट गरिरहेका छन् । भन्छिन्,‘ हाम्रो त दसैँमा जान नपाएपछि तिहारमा जान पाइन्छ की भन्ने अपेक्षा मात्रै हुन्छ ।’ रीतिका अन्य जागिर जस्तो प्रहरी वृत्तमा चाडवाडमा बिदा नहुने गरेको बताउँछिन् ।  ‘बरु अन्य समयमा बिदा हुन्छ, यो समयमा झन व्यस्त हुनुपर्ने अवस्था हुन्छ । चाडवाडको समयमा आपराधिक क्रियाकलाप मात्रै होइन त्यस्ता कार्यको निराकरणको जिम्मेवारी पनि हाम्रो काँधमा हुन्छ ,’ उनी भन्छिन् । यद्यपि दसैँ जस्ता चाडबाडहरूमा सबै मान्छेहरू झोलामा कोसेली बोर गाउँ फर्किएको देख्दा भने आफ्नो पनि मन चसक्क हुने गरेको उनी बताउँछिन् । ‘हाम्रो पनि त मन हो, आखिर पग्लिहाल्छ,’उनी भन्छिन्,‘ तर के गर्नु जनताको सेवा गर्छु भनेर अठोट बोकेर प्रहरी बनेको हो । सेवामा समर्पित हुनु बाहेक विकल्प पनि त छैन ।’  ‘दसैँलाई जनताको सेवा ठानेर’ ठान्ने गरेको उनी बताउँछिन् । किनकि प्रहरीको दसैँ समय नागरिकहरूको सुरक्षामा व्यस्त भएको हुन्छ ।  उनी आफ्नो भन्दा सर्वसाधारण नागरिकहरूको दसैँ राम्रो बनोस् भनेर सोच्ने गर्छिन् । दसैँबारे विगत सम्झँदै रीतिका भन्छिन्,‘एक मनले सोच्दछ, घरमा आमाबुबा हुनुहुन्छ, उहाँहरूको हातबाट टिका र जमरा लगाउन पाएको भए हुन्थ्यो, विगतको निकै याद आउँछ नै । यो दुनियाँमा बाबाआमाको आशीर्वाद भन्दा ठुलो अरू के नै हुन सक्छ र ? मेरो माइती र बिहे गरेको दुवै घर नै एउटै ठाउँमा हो । दुवै घरमा बुबाआमा हुनुहुन्छ । दसैँ आउँदा र स–परिवारसँग मनाउने अवसर नपाउँदा कसको पो मन नदुख्ला हैन र ?’  रीतिकाका अनुसार अन्य समुदायको भन्दा थारु समुदायमा दसैँ भिन्न तरिकाले मनाउने गरिन्छ । जसको महत्त्व पनि बेग्लै हुन्छ । थारु बस्तीहरूमा महिना दिन अगाडिदेखि नै नाचिने सखिया नाचले दसैँ हर्षोल्लास बनाइदिन्छ । ‘माघी र अट्वारी पछिको अर्को ठुलो चाडको रूपमा हामीले दसैँलाई मनाउँछौँ भने आफ्नै मौलिक संस्कृति र परम्परा अनुसार नवौँ दिनमा टिका–जमरा लगाएर दसैँ मनाउँछौँ,’रीतिकाले विगत सम्झँदै भनिन्,‘ घटस्थापनाको दिनदेखि आठौँ दिनको साँझमा मासुका परिकारहरू खाने र नयाँ लुगा लगाउने भन्ने चलन जस्तै हुन्छ .। त्यो पनि लेहेङ्गा, चोली लगाएर सबै साथीहरू घरघरमा जाने ढिक्रहवक माग्ने र नाचगान गर्ने गर्थेम् । त्यो निकै यादगर हुन्छ ।’ गाउँमा हुर्डुगवा, सखिया नाच नाच्ने दसैँको समयमा नाच्ने गरेको उनी बताउँछिन् । ‘जुन अहिले आफू टाढा हुँदा निकै मिस हुन्छ,’उनले भनिन्,‘ बिहे हुनुभन्दा पहिला म आफै पनि नाच्ने गर्दथेँ । आजकाल दसैँको बेला सबैको निधारमा टिका र जमरा देखेपछि निकै मन दुख्छ, तर के गर्ने ? सायद भगवनले पनि मान्छेको चोला संघर्ष गर्नकै लागि बनाएको हुनुपर्छ जस्तो लाग्छ ।’  ‘ईखले प्रहरी बनेकी हुँ’ रीतिका आफू ईखले गर्दा प्रहरी बनेको बताउँछिन् ।‘महिलालाई गाउँघरमा हेयको दृष्टिकोणबाट हेर्ने गरिन्छ । जसलाई मैले नजिकबाट चिन्ने, बुझ्नै मौका पाएकी छु,’उनी भन्छिन्,‘ यतिसम्मकी महिला प्रहरी भनेपछि पनि गाउँघरतिर ‘नेगेटिभ’ सोच्ने, ‘नेभेटिभ’ दृष्टिले हेर्ने गर्दछन् । ‘मेरो विचारमा मान्छे परिवर्तन हुनका लागि सबैभन्दा पहिला उसको सोच परिवर्तन हुन् पर्दछ । त्यही ईख बोकेर नै देश र जनताको सेवा गर्छु भनेर प्रहरी बनेकी हुँ।’ रीतिका दुनियाँले जे–सुकै भने पनि अहिले आफूलाई प्रहरी भएको गर्व लागेको सुनाउँछिन् । रातोपाटीबाट