लङजम्प खेलाडी  निशा चौधरीले बनाइन् नयाँ कीर्तिमान

लङजम्प खेलाडी  निशा चौधरीले बनाइन् नयाँ कीर्तिमान

१४४० दिन अगाडि

|

८ असोज २०७९

चुनाव खर्च विवरण समयमा बुझाएको नागरिक उन्मुक्तिको भनाइ

चुनाव खर्च विवरण समयमा बुझाएको नागरिक उन्मुक्तिको भनाइ

१४४१ दिन अगाडि

|

७ असोज २०७९

नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटि, कैलालीले आफ्ना पार्टीको उम्मेदवारहरुले चुनाव खर्च विवरण समयमा बुझाएको तर अनावश्यक वदनाम गरिएको बताएको छ । नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटिका इन्चार्ज फागुराम चौधरीले विहीवार विज्ञप्ती जारी चुनाव खर्च विवरण निर्वाचन अधिकृत विश्वदीप बेस्रलाई बुझाइ सकिएको जानकारी दिएका छन् । साथै उनले निर्वाचन अधिकृतको गैरजिम्मेवारीले खर्च विवरण नबुझाएको देखिएकाले जरिवानाको भागिदार उनैलाई बनाइनुपर्ने, उम्मेदवारहरुलाई होइन भनेर निर्वाचन आयोगसमक्ष अनुरोध पनि गरेका छन् । पार्टीलाई वदनाम गरिएकाले  कानुनी रुपमा अघि बढ्ने पनि बताइएको छ ।  स्मरण रहोस्, तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूबाट नगरपालिकाको प्रमुख र उपप्रमुख पदको पाँच–पाँच, वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भए जनही दुई लाख जरिवाना तिनुपर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जनही एक लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ ।  गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो ।  जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने छ । जरिवाना नतिरे आगामी ६ वर्षसम्म उम्मेदवार बन्न पाइने छैन ।   

कहिले होला भालुबाङ, पूर्ण रूपमा लुम्बिनी प्रदेशको राजधानी ? 

कहिले होला भालुबाङ, पूर्ण रूपमा लुम्बिनी प्रदेशको राजधानी ? 

१४४२ दिन अगाडि

|

६ असोज २०७९

दाङः लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा कार्यान्वयनको चरणमा गएको बताएका छन् । राजधानीको स्थायी पूर्वाधार निर्माणको काम भइरहेको र राजधानी कार्यान्व्यनको चरणमा गइरहेको हुँदा राजधानी कार्यान्व्यनमा शंंका गर्नुपर्ने अवस्था नरहेको बताए । ‘केहीले शंका व्यक्त गर्नुपनि भएको छ,’ उनले भने, ‘अब शंका गर्नुपर्ने अवस्था छैन, बरू उहाँहरूको पनि साथ र सहयोग चाहिएको छ ।’ मन्त्री चौधरीले राजधानी क्षेत्रका पूर्वाधार निर्माणको काम सुरू भएको र संसद भवनको काम पनि अन्तिम चरणमा पुगेको बताए । ‘प्राविधिक कारणले दाङबाट नै राजधानीको कार्यसम्पादन हुन नसकेको हो,’ उनले भने, ‘अब कार्यान्वयनको चरणमा पुगि सकेकाले यसमा कुनै शंका गर्न आवश्यक छैन ।’ ‘मुख्यमन्त्री तथा मन्त्री परिषद्का लागि मन्त्रालयका पूर्वाधार निर्माणका गर्न आज मात्रै ५ अर्बको ठेक्का भएको छ,’ उनले भने, ‘नमुना सहर निर्माण र एकीकृत विकासको विषयमा सरोकारवालाहरूसँग पनि छलफल बढाई रहेका छौ ।’ मन्त्री चौधरीले राजधानी क्षेत्रको व्यवस्थापन र सहरीकरणका लागि भने गहिरिएर उत्तम विकल्प खोजेर काम अघि बढाइने बताए । मन्त्री चौधरीले राजधानी क्षेत्रमा एकीकृत विकासका लागि दातृ निकायहरूसँग समेत छलफल र संवाद भइरहेको भन्दै दातृ निकायहरू समेत लगानी गर्न इच्छुक भएको बताए । यसका लागि देउखुरीबासी र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको बताए । एकीकृत विकासका लागि नागरिकको भावनाअनुसार योजना र जग्गा व्यवस्थापनको नीति प्रदेश सरकारले लिने बताए । साथै, भू–उपयोग नीतिलाई आत्मसात् गरेर नागरिकको भावनानुसार नीतिगत योजना अघि बढ्ने बताए । ‘ मन्त्री चौधरीले देउखुरीमा बुधबार प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाअन्तर्गत नदी सभ्यतामा आधारित व्यवस्थित सहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त विचार राखेका हुन् । ‘मुख्यमन्त्री तथा मन्त्री परिषद्का लागि मन्त्रालयका पूर्वाधार निर्माणका गर्न आज मात्रै ५ अर्बको ठेक्का भएको छ,’ उनले भने, ‘नमुना सहर निर्माण र एकीकृत विकासको विषयमा सरोकारवालाहरूसँग पनि छलफल बढाई रहेका छौ ।’ कार्यक्रममा सहभागीहरूले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा फुकुवा हुनुपर्ने माग राखेका थिए । उनीहरूले जग्गा बिक्री वितरण बन्द भएका कारण आर्थिक समस्या भएको प्रदेश सरकाले फुकुवाको विषयमा सोच्नुपर्ने बताए ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकामा अहिले, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रदेश विकास पूर्वाधार प्राधिकरण, राजधानी पूर्वाधार विकास कार्यान्वयन इकाई, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय र मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएका छन् । 

सुदूरपश्चिम प्रदेशका सांसदका स्वकीयहरूले ५ वर्षमा बुझे पौने ७ करोड

सुदूरपश्चिम प्रदेशका सांसदका स्वकीयहरूले ५ वर्षमा बुझे पौने ७ करोड

१४४२ दिन अगाडि

|

६ असोज २०७९

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूको तलबमा मात्रै पौने ७ करोड बढी खर्च भएको छ । मासिक पारिश्रमिकसहित विभिन्न सुविधा लिने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूलाई नायब सुब्बादेखि शाखा अधिकृत सरहकै तलब सुविधा दिइएको छ । उनीहरूको तलबमा मात्रै ५ वर्षको अवधिमा ६ करोड ८२ लाख ६४ हजार २५० रुपैयाँ खर्च भएको हो । प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन, २०७५ नै ल्याएर सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताका स्वकीय सचिवलाई शाखा अधिकृत र प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूलाई नासु सरहको तलब भुक्तानी दिँदै आएको थियो । यहाँ १६ जना प्रत्यक्ष र २१ जना समानुपातिकबाट गरी ५३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । ती सबैको ५ वर्षको कार्यकाल पूरा हुँदैछ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा उनीहरूको तलब तथा निजी सचिवालय बन्दोबस्त शीर्षकको समेत रकम जोड्ने हो भने ८ करोड बढी रकम खर्च भएको छ ।  कसलाई कति भुक्तानी  सभामुख अर्जुनबहादुर थापा तथा उप–सभामुख निर्मला वडाल जोशीको निजी सचिवालय बन्दोबस्त शीर्षकमा ५ वर्षमा क्रमशः १ लाख ८ हजार तथा ९४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । ती दुवैको स्वकीय सचिवले तलबबापत १८ लाख ६८ हजार ६ सय ४० रुपैयाँ भुक्तानी लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।  सभामुखले राखेका कानुन अधिकृतलाई पनि स्वकीय सचिव बराबरको तलब दिइएको छ । त्यस्तै, सभामुख र उपसभामुखको सचिवालयमा सहायक कम्प्युटर अपरेटरलाई पनि मासिक पारिश्रमिकमा राखियो ।  सबैजसो प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिकमा जनही १४ लाख ६२ हजार २ सय रुपैयाँ भुक्तानी भएको छ । सांसद अक्कलबहादुर रावल तथा रणबहादुर रावलले सचिवालय व्यवस्थापनमा जनही ९४ हजार ५ सय खर्चिए भने अर्चना गहतराज, अम्मरबहादुर साउँदको सचिवालय व्यवस्थापनमा खर्च भएको छैन । रणबहादुर रावलका स्वकीय सचिवले अलि बढी १७ लाख ५४ हजार ६ सय ७० रुपैयाँ भुक्तानी लिएका छन् ।  त्यस्तै, प्रदेश सभा सदस्यहरू अम्वीकुमारी थापा, उमाकुमारी वादी, कर्णबहादुर मल्ल, कुन्ती जोशी, कुमारी नन्दा बम, कृष्ण बहादुर चौधरी, कृष्णराज सुवेदी, गेल्बु सिंह बोहरा, डिल्लीराज पन्त, तारा लामा तामाङ, दिव्यश्वरी शाह, दुर्गा कुमारी कामी, देवकी मल्ल, देवराज पाठक, नन्दबहादुर साउद, नेपालु चौधरी, प्रेमप्रकाश भट्ट, वलदेव रेग्मीका स्वकीय सचिवहरु पनि जनही १४ लाख ६२ हजार २ सय रुपैयाँको दरले पारिश्रमिक भुक्तानी दिइएको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।  प्रदेश सभा सदस्यहरू बलबहादुर सोडारी, भरतबहादुर खड्का, महेशदत्त जोशी, मालामती कुमारी राना, रतनबहादुर थापा, बलबहादुर सोडारी, वीरमान चौधरी, शान्ति नेपाली, श्यामलाल राना,  सुशीला बुढाथोकी र हर्कबहादुर कुँवरका स्वकीय सचिवको तलबमा जनही १४ लाख ६२ हजार २ सय रुपैयाँकै दरमा खर्च भएको छ । प्रदेश सभा सदस्य कुलवीर चौधरी गोविन्दराज बोहरा, टेकबहादुर रैका आउजी का स्वकीय सचिवले जनही १३ लाख ७१ हजार ६ सय रुपैयाँ, चुनकुमारी चौधरीका स्वकीय सचिवले ११ लाख ९० हजार ४ सय रुपैयाँ, दीर्घबहादुर सोडारीको स्वकीय सचिवले ८ लाख ८८ हजार ३ सय रुपैयाँ, प्रकाश रावलका स्वकीय सचिवले ११ लाख १७ हजार ६ सय रुपैयाँ, मना कुमारी साउँदको स्वकीय सचिवले ११ लाख २३ हजार ८ सय रुपैयाँ, मानबहादुर धामी र मानबहादुर सुनारका स्वकीय सचिवले जनही १० लाख ९९ हजार ८ सय रुपैयाँ भुक्तानी लिएका छन् । उता पूर्णा जोशीका स्वकीय सचिवले ११ लाख ९० हजार४ सय रुपैयाँ भुक्तानी लिएका छन् । आफ्नै सेवा सुविधाका ऐन ल्याइ मासिक मोटो पारिश्रमिकसहित विभिन्न सुविधा भोग गर्दै आएका प्रदेश सभा सदस्यहरू आफ्ना कार्यकर्ता पोस्ने उद्देश्यले स्वकीय सचिवलाई पनि पारिश्रमिकको व्यवस्था ऐनमै उल्लेख गरेपछि विरोध भएको थियो । किनकि कतिपय सांसदहरुले आफ्ना, श्रीमती, साली, भाई, बुहारीलाई समेत स्वकीय सचिवको रुपमा राखी सुविधा लिएका थिए ।  प्रदेश सभा सदस्य माया तामाङ बोहरा र लालबहादुर खड्काका स्वकीय सचिवले जनही ११ लाख २३ हजार ८ सय रुपैयाँ, माया भट्टका स्वकीय सचिवले ७० हजार ८ सय ८० रुपैयाँ भुक्तानी लिएको तथ्याङ्कमा उल्लेख छ ।  झपट बहादुर बोहराका स्वकीय सचिवले आव २०७७र२०७८ मा सचिवालयबाट २ लाख ५३ हजार ८ सय रुपैयाँ भुक्तानी लिएका छन् । बोहरा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रको सिफारिसमा सभामुखले सांसदबाट बर्खास्त गरेका थिए । पूर्वमन्त्री प्रकाश शाह र पठान सिंह बोहरा स्वकीय सचिवकोमा आव २०७७र२०७८ र २०७८र२०७९ गरी जम्मा ७ लाख ८ हजार रुपैयाँ खर्च भएको छ । आफ्नै सेवा सुविधाका ऐन ल्याइ मासिक मोटो पारिश्रमिकसहित विभिन्न सुविधा भोग गर्दै आएका प्रदेश सभा सदस्यहरू आफ्ना कार्यकर्ता पोस्ने उद्देश्यले स्वकीय सचिवलाई पनि पारिश्रमिकको व्यवस्था ऐनमै उल्लेख गरेपछि विरोध भएको थियो । किनकि कतिपय सांसदहरुले आफ्ना, श्रीमती, साली, भाई, बुहारीलाई समेत स्वकीय सचिवको रुपमा राखी सुविधा लिएका थिए । 

कैलाली, कञ्चनपुर र बर्दियामा को को छन् नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ?

कैलाली, कञ्चनपुर र बर्दियामा को को छन् नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ?

१४४५ दिन अगाडि

|

३ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीले कैलाली, कञ्चनपुर र बर्दियामा उम्मेदवार टुङ्गो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका यी जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ । पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली–१ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित छ । त्यस्तै, क्षेत्र नं २ बाट अरुण चौधरी, क्षेत्र नं ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको उनले बताए । क्षेत्र नं ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने उनले जनाए ।  सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको उनले जनाए । ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ । क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको संगठन विभाग प्रमुख चौधरीले जनाए । त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं १ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र नं २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ । नागरिक उन्मुक्ति पार्टीले कसैसँग गठबन्धन नगरी एकल रुपमा चुनाव लड्ने बताउँदै संगठन प्रमुख चौधरीले भने, ‘हाम्रो पार्टीको जन्म नै राजनीतिक उत्पीडन, अन्याय र विभेदबाट भएको हो । अहिलेसम्म ठूला दल भन्नेहरुले हामीलाई स्वीकार गर्नै सकेका छैनन् ।’

मगर महिला संघले मनायो रजत महोत्सव 

मगर महिला संघले मनायो रजत महोत्सव 

१४४६ दिन अगाडि

|

२ असोज २०७९

नेपाल मगर महिला संघ तिलोत्तमा नगर समितिले शनिबार संघको २५औ स्थापना दिवस (रजत महोत्सव) को अवसर पारी एकदिने साइबर अपराध र कानुन विषयक अन्तर्क्रिया एवं प्रशिक्षण गरेको छ ।    योगीकुटीस्थित सगुन रिसोर्टमा भएको कार्यक्रममा  नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारु मगरले कार्यक्रमको उद्घाटन गरिन् । सो अवसरमा उनले भनिन्, नेपाल मगर संघको दाङमा सम्पन्न १२औ राष्ट्रिय महाधिवेशनले राज्य संचालनका मतियारहरुले मगर समुदायको सभ्यता र पहिचानलाई जानी जानी ओझेलमा पारे । मगर सभ्यता, पहिचान र अधिकार संवैधानिक रुपमै सुनिश्चित गर्नका लागि मगर अगुवाहरुले सडक र सदनबाट आवाज उठाउनुपर्छ ।   उनले आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन आयोगले समानुपातिकतर्फ बिभिन्न कलस्टर छुट्याए पनि प्रत्यक्षतर्फ त्यस्तो कुनै प्रावधान नरहेको कारण आयोगले महिलाहरुलाई विभेदमा पारेको जिकिर गरिन् ।         त्यस्तै कार्यक्रममा नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य केशरी तरामु मगरले संघले आफ्नो स्थापना दिवस पहिला असोज ३ गते मनाउँदै आएको तर सोही दिन देशका नश्लीय शासकहरुले मगर लगायतका उत्पीडित समुदायको अधिकार र पहिचानका मुद्दालाई बेवास्ता गर्दै एकपक्षीय ढंगबाट संविधान लागू गरेको हुँदा उक्त दिनलाई कालो दिनको रुपमा लिँदै आएको बताइन्।  त्यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष अन बहादुर सोती मगरले महिलाहरुले राज्यले संवैधानिक रुपमा प्रावधान गरेको अधिकार पाएको छन् कि छैनन् भनी महिला मगर संघले राज्यसंग ताकेता गर्नुपर्ने जिकिर गरे ।          कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक बेगम खनालले साइबर अपराध र कानुन विषयमा प्रशिक्षण दिएका थिए । राधिका श्रीस पुनको अध्यक्षतामा भएको  कार्यक्रममा  बहुजातीय साँस्कृतिक समूहबाट स्वागत गीत सहित बिभिन्न स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।     

२ थारुसहित २५ जना बने मन्त्री, एक मन्त्रीको व्ययभार कति ?

२ थारुसहित २५ जना बने मन्त्री, एक मन्त्रीको व्ययभार कति ?

१४४६ दिन अगाडि

|

२ असोज २०७९

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल शुक्रबार छैठौं पटक पुनर्गठन भयो । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले २ जना राज्यमन्त्री नियुक्त गर्दै छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । एमालेमा प्रवेश गरेपछि केही दिन अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो । २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वमा २०७४ फागुन ५ गते पहिलो मन्त्रीमण्डल गठन गरेका थिए । पहिलो मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट दीर्घ सोडारीलाई सामाजिक विकास मन्त्रालय, प्रकाश शाहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय पठानसिह बोहरालाई भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, माया भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो । नेकपा माओवादीका तर्फबाट झपट बोहरालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र विनिता देवी चौधरीलाई भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइयो । सोडारीमाथि अनुशासनको कारवाहीले दोस्रो पटक पुनर्गठन २०७५ साल कात्तिकमा तत्कालीन नेकपा एमाले र माओवादीको गठबन्धनबाट पहिलो प्रदेश सरकार बनेको नौ महिनामै मन्त्रीमण्डल पुनर्गठन गरिएको थियो । हालका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी तत्कालीन समयमा सामाजिक विकासमन्त्री थिए । पार्टीको अनुशासनको कारबाहीमा परेपछि उनी मन्त्री पदबाट निष्कासित भएका हुन् । सोडारी निष्कासित भएपछि २०७५ कार्तिक २७ गते सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरी दोस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गरियो । सोही समयमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । तर, उनले कञ्चनपुरको एक क्याम्पसमा आर्थिक अनियमितताबारे अदालतमा उजुरी परेपछि राजीनामा दिए । ३ वर्षसम्म तत्कालीन नेकपाको दुई तिहाइ बहुमतको सरकार चल्यो । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र माओवादी केन्द्र पुनः ब्युँतियो । नेकपा विभाजनपछि तेस्रो पटक पुनर्गठन सर्वोच्च अदालतबाट तत्कालीन नेकपा खारेज भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए । फलतः सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रीमण्डल फेरबदल भयो । २०७८ जेठ १४ गते ४ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरि तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरियो भने एक जना मन्त्रीको मन्त्रालय हेरफेर गरियो । आर्थिक मामिला मन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी नियुक्त भइन् । शाह, सोडारी, जोशी र खड्का एमालेबाट तथा धामी माओवादीबाट मन्त्री बने ।     मन्त्रीमण्डल पुनर्गठनअघि सरकारमा सहभागी एमालेका ३ जना मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका प्रकाशबहादुर शाह मन्त्रीमण्डलमा दोहोरिए । शाहसँगै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिइन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा चुनकुमारी चौधरी, सामाजिक विकास मन्त्रालयमा मनाकुमारी साउद, आर्थिक मामिला मन्त्रालयमा अर्चना गहतराज र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भए । भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालय पहिले नै रिक्त थियो । नेकपाको विवादले २०७७ पुस १४ गते मुख्यमन्त्री भट्टले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका थिए भने आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा राजीनामा दिएर ओली पक्षमा लागेका थिए । एमाले विभाजनले चौधौं पटक मन्त्रिमण्डल पुनर्गठन नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी बनेपछि पनि त्यसको असर यहाँको प्रदेश सरकारमा पनि प¥यो । नेकपा एमालेमै रहेका तत्कालीन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि उनले पदबाट राजीनामा दिए । सोही क्रममा प्रदेश सरकारले चौथो पटक मन्त्रीमण्डल गठन गरेको थियो । २०७८ असोज १ गते आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरी चौथो पटक मन्त्रीमण्डल पुनर्गठन गरियोे । कांग्रेसको प्रवेशले पाँचौं पटक पुनर्गठन २०७७ पुस ५ गतेको राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने कदमले पनि यहाँको प्रदेश सरकारमा विचलन ल्यायो । सर्वोच्च अदालतको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवा ५ दलीय सत्ता गठबन्धनमार्फत प्रधानमन्त्री बने । फलतः सुदूरपश्चिम सरकारमा प्रतिपक्ष रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिँदा विश्वासको मत दियो । सरकारलाई विश्वासको मत दिए पनि कांग्रेस लामो समय सत्ता बाहिर रह्यो । २०७८ चैत २५ गते नेपाली कांग्रेस प्रदेश सरकारमा सम्मिलित भइ पाँचौं पटक मन्त्रीमण्डल पुनगर्ठन गरियो । कांग्रेसको तर्फबाट संसदीय दलका नेता डा. रण बहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भए । एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी पूर्णा जोशीलाई फिर्ता बोलाइयो । रावलसहित कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहरा सामाजिक विकास मन्त्री र सचेतक टेकबहादुर रैका राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यी दुवै मन्त्रालय पनि यसअघि एकीकृत समाजवादीले पाएको थियो । एकीकृत समाजवादीका ३ मन्त्रीलाई राजीनामा दिन लगाएर कांग्रेसकातर्फबाट मन्त्री नियुक्त गरिएको हो भने एकीकृत समाजवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश रावललाई नियुक्त गरियो । उनी यसअघि उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री भइसकेका थिए । यसैबीच आर्थिक मामिला तथा योजना राज्य मन्त्रीमा अमर साउद र भौतिक पूर्वाधार तथा योजना राज्य मन्त्रीमा कुलवीर चौधरी पनि नियुक्त गरिए । यसअघिका आर्थिक राज्यमन्त्री माया तामाङ बोहरा र भौतिक राज्यमन्त्री चुनकुमारी चौधरीलाई राजीनामा दिन लगाइयो । २५ जना मन्त्री भए : ३ दोहोरिए, २ निरन्तर २०७४ को निर्वाचनपछि प्रदेश सभामा ५३ जना प्रदेशसभा सदस्य थिए । माओवादी केन्द्रको कारवाहीमा तत्कालीन अर्थमन्त्री बोहराले पद गुमाएपछि हाल ५२ जनामात्रै छन् । ५ वर्षे कार्यावधि पुग्नै लाग्दा २५ जना प्रदेशसभा सदस्य मन्त्री भइसकेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमा नेकपा समाजवादीका नेता दीर्घबहादुर सोडारी र प्रकाश रावल, नेकपा एमालेका प्रकाश शाह दोहोरिएर मन्त्री भएका हुन् भने, मुख्यमन्त्री भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता देवी चौधरी ५ वर्षे निरन्तर पदमा रहेर कार्यकाल बिताउनेमा पर्दछन् । राज्यमन्त्रीको मासिक खर्च करिब डेढ लाख सुरुमा ७ सदस्यीय मण्डल रहेको सुदूरपश्चिममा कार्यकाल सकिने समयसम्म हाल ११ सदस्यीय मन्त्रीमण्डल छ । दलभित्रको किचलो, राष्ट्रिय राजनीतिमा देखिने उतारचढावसँगै यहाँ मन्त्रीमण्डल पुनर्गठन र विस्तार हुँदै आएको घटनाक्रमले देखाउँछ । जुन घटनाक्रमले अन्ततः अर्थव्यवस्थामा असर पारेको देखाउँछ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक सुविधा सम्बन्धी ऐन २०७५ अनुसार राज्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार, मन्त्रीको मासिक पारिश्रमिक ६३ हजार र मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७१ हजार छ । सरकारले राज्यमन्त्रीदेखि मुख्यमन्त्रीलाई आवास, गाडी, इन्धन, अतिथि सत्कार, सचिवालय व्यवस्थापन, सञ्चार, बैठक भत्ता, बिजुली, धारा, फर्निचरको नाममा सुविधा दिन्छ । यसरी मन्त्री र मुख्यमन्त्रीको सेवा सुविधा त परैको कुरा, एक जना राज्यमन्त्रीको मात्रै मासिक पाउने सुविधालाई सालाखाला हिसाब गर्ने हो, भने मासिक डेड लाख रुपैयाँ बढी व्ययभार आउने देखाउँछ । यहाँ मुख्यमन्त्रीसहित ७ मन्त्री ४ राज्यमन्त्री छन् । तर प्रदेश सरकारको वार्षिक कार्यसम्पादन भने निकै नै कमजोर छ । आर्थिक वर्ष २०७८/२०७९ मा प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव ६१ प्रतिशतमात्रै छ । जसको ७१ दशमलव ७१ प्रतिशत चालु खर्च छ भने पुँजीगत खर्च जम्मा ६४ दशमलव २३ प्रतिशतमात्रै छ । साभार : रातोपाटी