हराउँदै माघको मौलिकता

हराउँदै माघको मौलिकता

९६३ दिन अगाडि

|

१ माघ २०८०

खुलामञ्चमा सुर्खेती थारूहरूको माघ महोत्सव सम्पन्न 

खुलामञ्चमा सुर्खेती थारूहरूको माघ महोत्सव सम्पन्न 

९६४ दिन अगाडि

|

२९ पुष २०८०

सुर्खेतको वीरेन्द्रनगर, घण्टाघरस्थित खुला मञ्चमा पुस २८ गते शनिवार विविध सांस्कृतिक नाचगान झाँकीसहित माघ सांस्कृतिक महोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।  लखागिन थारू उत्थान मञ्च, थारू कल्याणकारिणी सभा तथा राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्यानल छलफल पनि गरिएको थियो ।  पुर्खा जागुराम थारू, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारू र समाजसेवी लालबहादुर चौधरीसँग मान बहादुर चौधरी पन्नाले माघ पर्वकोे महत्व एवम् मौलिकताका बारेमा छलफल चलाएका थिए । नयाँ पुस्तालाई थारू पर्वबारे थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक कार्यक्रममा माघको सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्वबारे जानकारी गराएको पन्नाले विषय प्रवेश गराएका थिए । छलफलमा माघ पर्वलाई औपचारिक रुपमा मात्र नभई यसको मूलभूत मूल्य मान्यतालाई जोगाउन आवश्यक रहेको चर्चा चल्यो । यसको लागि समयअनुसार रुपान्तरण हुन पनि आवश्यक छ तर आफ्नोपन भुल्न नहुने र युवा पुस्ता तथा पुरानो पुस्ता दुबै जागरुक हुन जरुरी रहेको छलफको निष्कर्ष थियो ।  कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले सदियौदेखि हेपिएका, चेपिएका थारू समुदाय देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राज्यसत्तामा पहुँच पुगेको जिकिर गरे । ‘स्थानीय तहमा थारू समुदायका प्रतिनिधिको न्यून उपस्थिति छ । पञ्चायतम राजाको समयमा जमिनदारहरूले सोझा थारूहरूलाई पल्लो गाउँबाट वल्लो गाउँ नजा, वल्लो गाउँबाट पल्लो गाउँ नजा भनपछि बोल्न नसक्ने थारू समुदाय आज बोल्न सक्ने भएको छ । आफ्नो अधिकार स्थापित गर्न सक्ने भएको छ । यो सबै लोकतन्त्रले भएको उपलब्धि हो,’ उपप्रमुख खनालले भने । थारू कला संस्कृतिमा निकै धनी भएकोले सुर्खेतका थारू समुदायका लागि सदैव लागि रहने र नगरपालिकाबाट गर्न सकिने सबै सहयोग हुने उनको भनाई थियो ।  लखागिन थारू उत्थान मञ्च, सुर्खेतका अध्यक्ष मानबहादुर चौधरी पन्नाले  लुम्बिनी प्रदेशका थारू समुदायलाई प्रदेश सरकार एवम् स्थानीय सरकारले करिब ३ दिनसम्म थारूलाई विदा दिने गरेको तर कर्णाली प्रदेशको वीरेन्द्रनगरमा बसोबास गर्ने थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदाको व्यवस्था नहुनु दुःखद रहेको बताए ।  कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य सरिता चौधरीले थारू समुदायको लागि आफूले सदैव लागि पर्ने र समुदायले राखेको माग योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थारू कल्याण कारिणी सभाका जिल्ला सभापति बेचुलाल चौधरीले सबै पाहुनालाई धन्यवाद दिएका थिए ।  कार्यक्रममा थारू समुदायको उत्थानका लागि निरन्तर भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने समाजसेवी तथा कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वीरेन्द्रनगर–२,का समाजसेवी कलाकार लालबहादुर चौधरी, मन्द¥या कलाकार कालुराम थारू, कलाकार कृष्णा चौधरी, वीरेन्द्रनगर–९ का मन्द¥या कलाकार शेरबहादुर थारू र वीनपा–१० का समाजसेवी तथा वुद्धिजीवि  शनिश्ररा महतम रहेका छन् । माघ सांस्कृतिक महोत्सवमा विभिन्न गाउँबाट आएका नाचहरूबिच प्रतिस्पर्धी भएको थियो । छोक्रा मघौटा नाच प्रतियोगितामा वीनपा ९, तिलपुर गाउँ प्रथम, वीनपा–१० पदमपुरका द्वितीय, वीनपा–२ कोलडाँडा नयाँवस्तीका तृतीय भएका थिए । बाँकी सबै सहभागी टोलीलाई प्रोत्साहनस्वरुप सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रमका सभाध्यक्ष मानबहादुर चौधरी पन्नाले गरेका थिए ।  त्यस्तै, वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न थारू कलाकारहरूको थारू नृत्य तथा गीतहरूसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरी र राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतका अध्यक्ष राजु चौधरीले  गरेका थिए ।  

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

९६६ दिन अगाडि

|

२७ पुष २०८०

कैलालीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनमार्फत् रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व सम्हालेका छन् । महाधिवेशनमार्फत् चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।  नवनिर्वाचित अध्यक्ष चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको जनाए । यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रेशमले आफू कारागारमा रहँदै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।  नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।  ०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो । यसैबीच महाधिवेशनमा सहभागी नरहेका नेता लक्ष्मण थारुले ‘बधाइ बा संघारि अध्यक्ष  रेशम।’ भनेर फेसबुकमा रेशमलाई बधाई दिएका छन् ।

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

९६६ दिन अगाडि

|

२७ पुष २०८०

थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले  कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।” थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनले बताए । थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उनको भनाइ छ । बिहीबार पुस २६ देखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ । रासस

माघमा चार दिन विदाको माग

माघमा चार दिन विदाको माग

९६८ दिन अगाडि

|

२५ पुष २०८०

कैलालीका विभिन्न दस संघसंस्थाले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघमा चार दिन विदाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पुस २४ गते मंगलवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले विदाको माग गरेका हुन् । थारू कल्याणकारिणी सभा कैलाली, थारू नागरिक समाज कैलाली, थरुहट थारूवान राष्ट्रिय मोर्चा कैलाली थारू पत्रकार संघ कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश, थाकस धनगढी नगर समिति,  बरघर भल्मन्सा धनगढी नगर समिति, सखी सन्जाल धनगढी तथा थारू विद्यार्थी समाज कैलालीले चार दिन विदाको माग गरेका हुन् ।  विज्ञप्तिमा भनिएको छ– माघ १ जति जति जति नजिकिदै छ, थारू समुदायमा उति उति रौनक बढ्दै गइरहेको छ, मान्छेमा स्वतःस्फूर्त रुपमा एक किसिमको खुशी, उत्साह, उमंग छचल्किन शुरु भैसकेको छ । र, माघमा दिइने सरकारी विदा बारेमा पनि चर्चा सुरु भैसकेको छ । संघ सरकारले दिने माघ १ गतेको विदामा कैलालीका केही स्थानीय सरकारले विदा थप्दा २०७९ सालमा कैलालीका धेरै स्थानीय तहमा माघ ३ गतेसम्म विदा भएको कुरा हामीले बिर्सेका छैनौं, यसको लागि सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।  त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ– माघ थारूहरूको नयाँ वर्ष, धार्मिक हिसाबले लहान (पुण्य दिन), नेतृत्व छान्ने र हटाउने, मेलमिलाप गर्ने, बन्धनबाट मुक्त हुने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने आदि धेरै कारणले महत्व राख्ने हुनाले यो थारूहरूको लागि सब भन्दा ठूलो त्यौहार हुन भएको कुरा सबैलाई ज्ञात नै छ । यसका अतिरिक्त माघ मगर, छन्त्याल, किरात समुदायका लागि पनि नयाँ बर्ष, पहाडका लागि मकर संक्रान्ति, माघे संक्रान्ति, कतिपय समुदायका लागि तिला संक्रान्ति, खिचडी महोत्सव भएबाट माघ देशकै ठूलो हिस्साका लागि महत्वपूर्ण पर्व ठहर भैसकेको छ । देशको ठूलो जनसंख्याले मनाइरहेकोले यो एकताको पर्वको रुपमा पनि बिकसित भैरहेको छ र बिदामा बढोत्तरी पनि भएको छ । तर विदा ब्यबस्थापनमा भएको सानो त्रुटीले खुशीमा अलिकति कमी देखिएको छ ।  माघ थारूहरूको नयाँ वर्ष भएको र पुष अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गरिने, जिता मार्ने, लहानका (धार्मिकस्थल) का लागि निस्किने कार्य गर्नैपर्ने हुँदा पुस अन्तिम दिनदेखि नै माघ पर्वको शुरुवात हुन्छ । यसरी खास गरेर माघ पर्वको प्रभावको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १, २ गतेसम्म हुने र क्रमशः घट्ने हुँदा हामी प्रदेश र स्थानीय सरकारलाई पुस अन्तिम दिनलाई नछुटाई माघ ३ सम्म क’ल ४ दिन विदा दिन हुन जोडदार माग गर्दछौं– विज्ञप्तिमा भनिएको छ । 

९ औं योग दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

९ औं योग दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

९६९ दिन अगाडि

|

२४ पुष २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ । प्रारम्भिक बालविकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशिला अर्यालले १ माघमा ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको जनाएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा अनुरोध गरी पठाउने निर्णय भएको उल्लेख गरेकी छिन् । पत्रमा भनिएको छ ‘७५३ ओटै स्थानीय तहहरुमा राष्ट्रिय योग दिवस मनाउने कार्यका लागि अनुरोध एवम् समन्वय गरिदिनुहुन निर्णयनुसार अनुरोध छ ।’

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ: मन्त्री शर्मा

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ: मन्त्री शर्मा

९६९ दिन अगाडि

|

२४ पुष २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएकी छन्। मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताइन्। राष्ट्रिय समाचार समिति (रासस)को राष्ट्रिय (मातृभाषा)को समाचार सेवा शुभारम्भ गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाल वास्तविक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक बनेको पनि बताइन्। 'हामीले संविधानमै राष्ट्रको परिभाषा स्पष्ट गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका छौं,' मन्त्री शर्माले भनिन्, 'नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्।' त्यति मात्र होइन नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने स्पष्ट व्यवस्था संविधानले गरेको मन्त्री शर्माले बताइन्। उनले भाषासम्बन्धी अन्य निर्णय गर्नुपरेमा आवश्यक सिफारिस गर्न भाषा आयोग पनि क्रियाशील रहेकाले अब भाषाकै आधारमा कोही उत्पीडनमा परेको महसुस गर्नुनपर्ने बताइन्। राज्यका नीति निर्णयहरू जनताबीच पुर्‍याउने र जनताका अपेक्षाहरू राज्यका निकायसम्म पुर्‍याउन पुलको भूमिका निर्वाह गर्ने मुख्य दायित्व बोकेका सरकारी सञ्चारमाध्यमहरूले मातृभाषाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने बताइन्। मन्त्री शर्माले समाचार बैंकको रूपमा रहेको राससले मातृभाषामा सामग्री उत्पादन गर्दा अब राज्यद्वारा सञ्चालित मिडियासँगै निजी क्षेत्रमा सञ्चालन भएका मिडियालाई राज्यको आधिकारिक तथा विश्वसनीय समाचार संप्रेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। नेपालमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बन्धित भाषामा आवश्यक सामग्री प्राप्त गर्न नसक्दा समस्या भोगिरहेको उल्लेख गर्दै उनले राससले सम्बन्धित भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा भाषाभाषीका सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिन्। 'राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको संघीयता र समावेशीको मर्मलाई समेत आत्मसात गरेको ठहरिन्छ। संघीयता र समावेशीता कार्यान्वयन गर्नु सरकारको दायित्व हो। र, राससले आजदेखि प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई सरकारकै कार्यक्रमका रूपमा लिइनुपर्छ,' मन्त्री शर्माले भनिन्, 'यसमा संघीय सरकारको मात्र नभई, प्रदेश र स्थानीय तहहरूको समेत दायित्व स्थापित गर्न खोज्नु अझ महत्वपूर्ण छ।'