पिलरुके गीत

पिलरुके गीत

३६७ दिन अगाडि

|

१७ भदौ २०८२

भाषा, साहित्यम दख्खल नि हुइल मनै चामचिम रना ट ? 

भाषा, साहित्यम दख्खल नि हुइल मनै चामचिम रना ट ? 

३९० दिन अगाडि

|

२६ साउन २०८२

चूर्ण चौधरी १- हमार ठारुणक मानक भाषा नि होक फे थारु भाषा कसिक लिख्ना कना सवालम अत्रा बिचार विमर्श हुइटा। सायद आशा बा मानक भाषा बनी ट डान्चे सहज हुइ,  पूरा रुपम ट समस्या समाधान नि हुइ। २- नेपाली भाषा ओ ब्याकरण  म फे आम्हिन समस्या बटिन। टर हमार अश नहि। ३- हमार थारु भाषा म पहिलसे  क्रमश: सुधार हुइटी बा। भाषा साहित्यम कलम चलुइया हुक्र खटल जो बाट। छोटी छोटी समस्या या नि मिलल म हम्र वर जोर से डब्नी भिर्या  ख्याल लग्ठी, यी मजा ओ निमजा बराबर लिह सेकजाइ टर सकारात्मक रुपमा लिह परठ। वाद वाद - संबाद अनि निष्कर्ष आइस्याकट। ४- थारु ब्याकरण, भाषा, साहित्य म कलम चलइना विद्वत ब्यक्ति वा वर्ग हुक्र यी जिम्मा लेटी आघ बह्रही। टर हम्र आपन ओर्से ब्याकरण, भाषा, साहित्यम दख्खल नि हुइल मनै चामचिम रना ट ?  नही- गोचाली। ५-विद्वानहुक्र कलम चलही, चलैटी रहि, हम्र निरन्तर जीवन के सिकाइ अभियान ह आघ बह्रैटी जैवी। साथ साथ हम्र आपन  दिन दिनक जनजिब्रो म (colloquial) वेल्सना भाषा ओ शब्दह आधार मान्ख लिख्टी जैबी।  ६- भाषा, साहित्य कलक खस्रार, गिज्रार, लरम ओ ... इत्यादि रहट, ओहमार हम्र अक्टेइना, पिर मन्ना, बिह्र मुना, रिस मन्ना, छ‍ोटी छोटी चिजम गम्ह्रिरख लग्ना निकरहुइट। ७- म्वार बुझाइम भाषा कलक सम्बाद करक लाग हो,  एक से ओर जहन संचार कर्ना हो। तर आपन मौलिकता ह मुयइना नि हो। यी तत्सम, तत्भव बिज्ञ हुकहनक जिम्मा हो।

कैह्या सम थारु साहित्य लिखो केल कना ? 

कैह्या सम थारु साहित्य लिखो केल कना ? 

३९३ दिन अगाडि

|

२३ साउन २०८२

थारु भाषा साहित्य म कलम चलाई कैक अर्जि करल ढ्यार डेख्मिलठ् । बहुट मजा बाट हो । आपन भाषा साहित्य अप्नह नि बचिलसे के बचाडि ? कौनो स्रष्टा कलम चलाइट । जब पोस्टा प्रकाशन कर पर्ना हुइट, किउ जिम्मा नि लेडिहेट । थारु साहित्य उत्थानक ला खोल्गिलक संस्थनक जिम्मेवारी खै का का हुइन ? लिखो कैक उत्साहित कर्ना मनै किताब छपाइ बेर पैसक माम्लम भुमिका शुन्ना डेख्मिलठ । नेपाली साहित्य कौनो कृति लिख्बो कलसे छाप्डेना ढ्यार प्रकाशक हुक्र बाट । हुकनक ड्यास भर नेटवर्क बाटन । छाप्डेठ । बेच्ना जिम्मा लेडेठ । थारु साहित्य म बिडम्बना । साहित्यिक नसा जगाडेना ढ्यार मनै बाट । संघसंस्था बा । वाक पाछ निक्रलक नतिजा ह प्रकाशन करडेना किउ नि हो । आपन रुप्यले पोस्टा छपाइक ला कैह्यासम लिख्ना ? पोस्टा छप्ना डुख । ओहिँ बिकैना डुख । आप थारु साहित्य काजे लिख्ना ? आप थारु साहित्य कसिक लिख्ना ? सड्ड लिख्ना बहसकेल काजे चलैना ? पोस्टा कसिक प्रकाशन कर्ना कैक बहस काजे निचलैना ? मै मन्ठु हर साल हुइना थारु साहित्य सम्मेलन थारु साहित्यक फँट्वम बहुट मलजल डिहटा । बिडम्बना ओट्रा भार जमघटम पोस्टा कसिक छप्ना कैक कब्बु बहस नि हुइट । आप थारु साहित्यक बिकासक ला लिख्ना भार बाट नि हो । प्रकाशन ह कसिक सहङ बनिना भार सवाल हो । मै नि कठु सक्कुन्हँक पोस्टा प्रकाशन कर्डि । कौनो स्रष्टा पहिल पोस्टा प्रकाशन करटा कलसे, बरस म एक्ठो लौव स्रष्टक पोस्टा प्रकाशन करडिहक ला का अर्थ जुटैना का हमाठे सामर्थ्य नि हो ? ओसिन हो कलसे का काम बा थारु साहित्य प्रति संघसंस्थाक ? औचित्यहिन संघसंस्था  आप खारेज काजे नि कर्ना ? 

थारु समुदायके सुन्दर बाल-टिहुवार गुरही

थारु समुदायके सुन्दर बाल-टिहुवार गुरही

४०५ दिन अगाडि

|

११ साउन २०८२

लक्ष्मणकिशोर जोगेठ्वा थारु "सावन परल सवनियाँ रे... बरसैं झिन बुँदे..। कहिया अयहिँ नैहरवाके लोगवा कि  गुरिया माने जयटुँ।" बर्खा छेंक बियार लगाइबेर जब जब यी सजना (गीत) सुन मिलट,टब टब लौली भोजहिन् के मन अकुलाइ / छट्पटाइ लग्ठिन।  गीतमे गुरिया नाउँके शब्दसे लौली दुलहनियाँके मन ओ मानसपटलमे लैहेर याद ताजा होके आ जैठिन। गुरही कलेक गुडिया/ गुरिया(doll) परब हो। थारु जाती ओ उत्तर भारतीय हिन्दु समाज गुरिया हे सावन पञ्चमी तिथिके दिन साँझके गाउँक गौह्री तथा सहर बजारमे जुन चौकचौराहामे अस्रैठैं।पारम्परिक भेषभुषामे सँपरके छोट लौरामनै हाँठेम् सोंटा( hunter) लैके ओ लवरिया हुँक्रे जुन चिरकुटिक गुरही/ गुरहा(doll) हे सुप्लिमे लैके अैठैं। चौकमे गुरही अस्रैटिकी लर्काहुँक्रे सोंटासे गुरहीहे गरियैटिक् पिटेलग्ठैं । संगसंगे घरपरिवार ओ गाउँसमाजके रोगब्याधि ओ  दुखडलिड्डर दुर लैजा कठैं। यिहे समयमे घरघरसे पर्सादके रुपमे नन्लेक "घुघरी"/ गुडा, भुजाहे सक्कुहुन् बाँट जाइठ। गुरिया/ गुरही क दिन सक्कारे घरेक देउदुर्गन् के पाटा निप्ना,दीया बर्ना, छाँक ढर्कैना कै जाइठ। साँझके जिटासे आइल सुरिक सिकार,घोंघी, गेंगटाक् टिना , मुर्गा मच्छिक् टिना ओ कोँहरी पतोस्नी, गब्दक पतियक खँरिया जैसिन टिनाटाँवन निंढ पका जाइठ। ओस्टहँके खुर्मा,टेल्हा रोटी ओ अण्डिक् बरिया फे बिशेष रुपसे पका जाइठ। नेउटल अपन भोजही चेलीबेटी लग्घेक नातपाँतहे संगे सपरिवार गुरियक् सामा करल जाँर, दारु ओ मेरमेराइक पकवानसे खानपिन चलट। थारु लोकगीत ओ परम्परागत बाद्यवादन से सारा गाउँ गुञ्जायमान हो जाइठ। मनो, थारु शब्दावली मे गुर्हन्याँ (dragon fly) फे गुरही कहिके अर्थ लग्ना हुइलेक ओरसे कतिपय थारु अभियन्ता ओ अगुवा हुँक्रे गुरिया पर्व हे फरक तरिकासे मनाइल बिल्गाइठ। हुइना टो गुरही जीव गर्मी ओ साहबर्खा छेंकमे भुस्की,मच्छरहे खाके भैंसगोरु ओ मनैन राहत डेहुवैठैं। यी समयमे गुरही सावनमे आहाराके खोजीमे अत्यधिक फे डेखा पर्ठैं। ओहेसे, यिहे गुरही/ गुर्हन्याँहे यैनके पर्व मानके गुरिया पर्वसे जोरके परिभाषित फे कर्टि आइल बिल्गाइट। जेकर कारण हाल धनगढी के क्याम्पस चौक मे गुर्हन्याँ ( dragon fly) के मूर्ति स्थापना कै सेकल अवस्था फे बा। आज लावा पिंढीके थारु ओ युवा हुँक्रे गुरही कलेक dragon fly के टिहुवार कना  मानके गुरहीक् फोंटुहे टाँगके व्यापक पर्चार पर्सार कर्टि जाइटैं। जौन कि गुरही पर्वके वास्तविकता से दुर हुइटी जाइटैं। कहना यी चाही कि धनगढी या कौनो गुरही चौकमे गुरिया/ गुडिया (doll) असराइ जैना कार्यक्रम बा। कार्यक्रम के नाउँमे थारुन् के धार्मिक / साँस्कृतिक रितिरिवाजमे भारी प्रहार शुरु हो गैल बा। सँस्कृति हस्तान्तरण ओ पुस्तरान्तरण के नाँउमे बिकृति फैलैना काम हुइटा। यिहिन रोकके वास्तविक ऐतिहासिक कथावस्तु,पुरान आख्यान मे आधारित गुरही पर्व मनैना जरुरी बा। थारु अगुवा, बुद्धिजीवी,सँस्कृतिविद् ओ कलाकार ओ संघसँस्था हुँक्रे गँहिरसे अध्य्यन अनुसन्धान कैके तथ्यमे आधारित गुरही /गुडिया हे समाजमे पस्कना बहुत जरुरी बा। नि टो एकठो थारु कहकुट, "सामा ना जामा कँटियाले बेगारी"  कहेहस् जबरजस्ती सँस्कृति ढकेलेहस् हो जाइ। अन्टमे, गुरही/ गुरिया पर्व २२०८२ के सक्कु जहन् ढेउर ढेउर धुमधाम शुभकामना ।

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

४९७ दिन अगाडि

|

१२ वैशाख २०८२

सुशील चौधरी महाभूकम्प २०७२ वैशाख १२ ले ९ हजार भन्दा बढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाख घरवारविहीन भए । त्यसमध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाडौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परीक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण गर्नुपर्‍यो । धन्न शिक्षा मन्त्रालयले भूकम्पपीडित परिवारले सहजै आफ्ना बालबालिकाको विद्यालय स्थानान्तरण गर्ने अनुमति दियो ।   भूकम्पको दिन दिन (१२ देखि १४, बैशाख, २०७२) मा मैले जे देखें, त्यो क्षण र परिवेश मेरा लागि अविस्मरणीय छन् । म कहिल्यै भुल्न सक्नेछैन । जीवन र मृत्यु आकस्मिक कुरा हो, भाग्य भन्ने चिज छ भने मैले भाग्यले आजको जीवन पाएँ । संगै धरहरामा गएर पनि म धरहरा नचढ्नाले ज्यान जोगियो । त्यही धरहरामा मृत्युवरण गरेका भतिजले एक पटकमात्र आग्रह गरेको भए, सायद मैले टार्न सक्दिन थिए वा मिल्दैनथ्यो । उनी यति आत्मविश्वासी थिए कि आँटेको काम गरि छाड्थे । मलाई लाग्छ, सानोबाबालाई किन दुःख दिने भनेर उनले केही नभनी पूmर्तिका साथ भर्याङ उक्लिए । एसएलसी दिएर आएका जिज्ञासु युवकले दुई–तीन मिनेट धरहराभित्र जाने गेटैमा राखिएका ठूला–ठूला होर्डिङबोर्डका सूचना पढ्न समय विताएका भए उनी जोगिने थिए ।  भतिजको मृत्युपछि उनको आमा–बुवालाई कसरी बताउने र कसरी त्यो पीडा सहन गर्न सक्ने हुन् र मलाई के भन्ने हुन् भन्ने पीडादायी र अप्ठ्यारो परिवेशले मेरो हृदय छिया छिया भएको थियो । धरहरा ढलेर आफन्त गुमाएर सहाराविहीन भएर एकसुरे दिमाग लिएर फर्कदा बसन्तपुर दरवारको उराठ उजाड अवस्था देख्दा म झण्डै बेहोस भएको थिएँ । निरन्तर परकम्पका बीच काठमाडौका सडकहरुमा मोटरसाइकिलमा हुइकिँदा साँझ के धनी के गरीव, के नेता के जनता र सर्वसाधरण आफ्ना आलिशान महल छाडी सिरक र तन्ना च्यापेर खुल्ला ठाउँमा बास बस्न निन्याउरो अनुहार लगाई भौतारिरहेको दृश्यले मानव जीवन बुझ्न सघायो । सम्पत्तिको शान त क्षणिक रहेछ । प्रकृतिले कसैलाई विभेद गर्दो रहेनछ । जतिसुकै धनसम्पत्ति आर्जन गरेपनि विपत्तिमा त मान्छे नै चाहिने रहेछ ।  महाभूकम्प व्यहोरेको एक वर्षलाई फर्केर हेर्दा कठिन राजनीतिक अवस्थालाई निकाश दिन मुख्य राजनीतिक दलहरुबीच राजनीतिक सहमाति जुटाउने सवालमा महाभूकम्पले ठूलो भूमिका खेल्यो ।  संविधानसभाले नेपालको संविधान २०७२ असोज ३ गते जारी गर्‍यो ।  तराईकेन्द्रित आन्दोलन र नाकाबन्दी साथै त्यसले सिर्जना गरेको आपूर्ति व्यवस्थाको अवरोध सरकारको जिम्मेवारीवाट भाग्ने बलियो बहाना बन्यो । लामो राजनीतिक खिचातानी पछिभूकम्प पछिको पुनःनिर्माणका लागि प्राधिकरण त बन्यो तर अपेक्षाकृत काम सुरु गर्न सकेन । यही परिवेशमा म पुनः आफ्नो परिवेश, पीडा, अनुभूति साट्ने जमर्को गर्दैछु ।  २०७२ बैशाख १२ गते शनिवार परेको थियो । मेरी जेठी सासुको कान्छो छोरा भतिज (जगतराम थारु, वर्ष १६) प्रवेशिका परीक्षा सकेर घुम्न काठमाडौ आएको हप्ता दिन पुग्दै थियो । मेरो अफिसको कामको व्यस्तताका कारण घुमाउन लिएर जान सकेको थिएन । शनिवार परेकोले सो दिन विहानको खाना चाडै खाएर १०.३० बजे मोटरसाइकलमा हिँड्यौं । नैकापबाट कलंकी हुदै भोटेवहालको बाटो हुदै सबैभन्दा पहिले टाढैबाट धरहरा देखाएँ । न्युरोड, रत्नपार्क, रानी पोखरी, कान्तिपथ, नारायणहिटी, दरवारमार्ग हुदै सिंहदरवार, अनामनगर छिराएर संविधानसभा भवन देखाएँ । बानेश्वर चोकपुग्दा पुग्दा नपुग्दै मेरो मनमा दोधार भयो । शंखमुल हुदै पाटन कृष्णमन्दिर लैजाने कि सुन्धारा लैजाने ? ठिक त्यसैबेला माइतीघर तर्फको बाटो खुल्यो । बिहान सुन्धारा पुग्दा फर्केर आएर धरहरा चढ्ने  र मःमः खाएर घर फर्कने योजना गरेकोले मोटरसाइकिलको हैण्डल माइतीघर तर्फ मोडियो । सुन्धाराको पूर्वपट्टि रहेका निःशुल्क पार्किङ क्षेत्रमा मोटरसाइकिल राखेर टिकट घरतर्फ हान्नियौं । म आफै अभिभावकको भूमिका निर्वाह गर्न पाएकोमा दंग थिएँ भने भतिज धरहरा चढ्न लालयित भतिज फुर्तिलो ढंगले टिकट घरको सिढी चढे । उनको अनुहार खुशीले धपक्क बलेको थियो । म चिनी रोगी भएकोले दुई घण्टासम्म निरन्तर ड्राइभिङ गरेकोले केही शिथिलता महसुस गरिरहेको थिएँ । त्यसैले धरहरा नचढ्ने सोच बनाएँ । पचास रुपैयाँको टिकट किनेर भतिजलाई दिंदै जाउ चढेर आउ, म यही बगैचामा आराम गर्छु भनें । फेरि सोचें, उनी माथि गएपछि उनको फोटो कसले खिचिदेला । माथि धरहराको टुप्पोमा हेरें, आठ दस जना मानिसहरु देखिए । त्यहीका कसैलाई फोटो खिच्न अनुरोध गर्नु भने, उनले हवस् भनेर खुरुरु धरहराको प्रवेशद्वारतर्फ हानिए । म पूर्वको बगैचातर्फ लागें । नियतिको मिति पुगेको मलाई के थाहा, म भतिज धरहरा चढेर फर्केपछि मज्जाले मिठो मःमः खाँदै काठमाडौ घुमाईको अनुभव साटौला र भोलिको घुम्ने योजना बनाउँला भनेर मनमा खेलाउँदै के थिए, आफू असन्तुलत भएको महसुस गरें । हर्दाहर्दे म बगैचाको फलामको कुर्ची समातेर अडिने प्रयास गर्न थाले । फर्केर धरहरामाथि दृष्टिपात गर्दा त निरीह धरहरा घडीको लंगुर जसरी हल्लिरहेको थियो । क्षणभरमै धरहरा गल्र्याम्मै पश्चिमतर्फ ढल्यो । सुन्धारा पुरै धुलोले पुरियो । म अवाक भएं ।  मेरो छेउछाउका मानिसहरु रुन कराउन थालेपछि म पनि होशमा आाएछु । आफूसंगै केही क्षण आत्मियतका साथ कुराकानी गरिरहेको व्यक्ति धरहरासंगै ढलेको अवस्था थियो । सबै चिज गुमाएको बेसहारा मानिस जस्तो भएँ म । कति सपना बुनेर धरहरा चढेको छोरा सपनासंगै अलप भयो । सबै मानिसहरु आफन्त खोज्न पल्टिएको विवश खण्डहरको धुलोमा खोस्रन थाले । म पनि मुटुमा उर्लिएको पीडा र आँखामा बगिरहेको अश्रुधारासंगै आफ्नो मान्छे खोज्न थालें । त्यो धरहराको धुलोमा तप तप खसिरहेको आँसु विस्तारै बिलीन भइरहेका थिए । कतिपय जिउँदा व्यक्तिहरु भेटिइरहेको बेला कतै भतिज जिउँदै भेटिइ हाल्ने हुन् कि भन्ने झिनो आसमा खोज्ने सकेको प्रयास गरें ।  एक घण्टाको अनवरत खोस्राइपछि उनको जुत्ता सहितको खुट्टा भेट्टाएँ । उनले हिंड्दा जुत्ता लगाउँदै गर्दा मेरो नजर जुत्तामा परेको थियो । के थाहा, त्यही चिज उनको मृत्युको पहिचान गर्ने कुरा बन्ला भनेर । मैले अनुमान लगाएँ, उनी सातौ तल्लासम्म पुगेका रहेछन् । ठूलो चाङले शरीर च्यापिएकोले तत्काल निकाल्न सम्भव थिएन । केही क्षणपछि नेपाली सेनाको उद्धार टोली आवश्यक तयारीका साथ आइपुग्यो । चार पाँच घण्टा लगाएर धरहराका सबै भग्नावशेष छेउ लगाएर सबै घाइते र लाश निकालियो  ।  घटना त भयो, अब घरमा कसरी जानकारी गराउने भन्नेबारे म चिन्तामा परें । एकैपटक मृत्युको खबर कसरी दिने ? आखिर भन्न त भन्नै पर्छ । बर्दिया, गुलरियामा बस्ने भाई मानबहादुरलाई अवस्थाको बारेमा जानकारी गराएँ । गाउँका बरघर र जान्ने सुन्नेलाई अवस्था बताउन भनें । विस्तारै बताउने कुरा गरें । उता, मैले लाश नभेटाइसकेकोले अझै जिउँदै भेटिन सक्ने आशा मरिसकेको थिइन । साँभ mसात बजे घाईते र लाश राखिएको ठाउँमा गएँ । ट्रमा सेन्टरमा घाइतेहरु राखेकोले सबैभन्दा पहिले त्यहाँ खोजें, त्यसपछि बीर अस्पतालका पेटी, वार्दली, कोठा र आँगन चहारें । सयौको संख्यामा रहेको शव लस्करै राखिएका थिए । पहिचानका लागि हेर्दै गएँ, त्यहाँ पनि फेला पार्न सकिन । मन झनै हडबडायो । त्यहाँ केही पीडित परिवारले घाइतेहरु शिक्षण अस्पताल महाराजगंजमा राखेको छ अरे, भन्ने कुरा गरिरहेको सुनें । कतै मेरो मान्छे पनि घाइते मात्र पो छन् कि भनेर केही आशा लिएर, टिचिङतर्फ हानिएँ ।  उता, भूकम्पको ससाना पराकक्पन निरन्तर आइरहेको थियो । तर, त्यसको कुनै प्रवाह भएन । कसरी जिवित वा मृत अवस्थामा आफ्नो मान्छे भेटिन सक्छ भन्ने मात्र ध्याउन्न थियो । शिक्षण अस्पतालको परिसर भरिभराउ थियो, घाइतेहरुको उपचार भइरहेको थियो । घाइते र मृतहरुको सूची पनि हेरें तर पाइन । तब, शव राखिएको हलमा पुगें । एक एक गरी हेर्दै जाँदा भतिजको शव बल्ल फेला पारें । सग्लो शरीर, चौडा छाती, हातमा घडी, कम्व्याट ड्रेसमा सजिएको उनको शव बरफमा राखिएको थियो । पीडाका आँसु झर्न थाले वागमती भएर । यसरी अधैर्यताका साथ आफन्तको खोजी गर्दा मानिसका शवहरु बीचमा रहँदा भूकम्पको सामना मात्र गरिरहेको थिइन कि मृत्युसंग आमने सामने बसेर साक्षात्कार पनि गरिरहेको महसुस भइरहेको थियो । म संगै गएका साथी तथा घरबेटी चुर्ण वलीजीलाई ईसारा गर्दै शव चिनाएँ । शव पहिचानका लागि कागजात तयार गरिरहेको प्रहरीलाई आफ्नो मान्छे भएको बताएर नाम, वतन दर्ता गराएँ ।  शव त भेटियो, अब दाहसंस्कार यतै गर्ने कि लिएर गाउँ जाने, लिएर कसरी जाने ? ठूलो संकट आयो । गाउँबाट पनि घरी लिएर आउन सुझाव आउँथ्यो भने घरी त्यतै अन्त्यष्टी गरिदिन भनिन्थ्यो । तर म भने सकेसम्म शव गाउँ नै लिएर जाने सोचमा थिएँ । किनकि आफूकहाँ आएको बच्चा आफैले घुमाउन लैजाँदा भूकम्पमा परी मृत्यु भएकाले उनको आमा बाबु र आफन्तले अन्तिम पटक मुख हेर्न पाए भने राम्रो हुने कुरामा म अडिग थिएँ । मैले गाउँ लैजान काठमाडौका सबैजसो एम्बुलेन्स र शव वाहनहरुसंग विन्ति गरें । तर, यस्तो कठिन अवस्थामा उपत्यका बाहिर जान नसकिने बताए । साथी कृष्ण गौतमले पनि मलाई सघाउनु भयो तर केही लागेन । म निराश भएँ । अनिश्चितताको बालद मडारियो मानसपटलमा । पहिचान गरिएका शवहरु बुझ्दै आफन्तहरु जान थाले, शवहरु निरन्तर आइरहेका थिए । गर्मीको महिना दुई दिन बितिसक्दा शवहरु गनाउन थालिसकेका थिए । त्यसकारण सरकारले पहिचान नभएका शवहरु महानगरपालिकाले अन्त्यष्टी गर्ने निर्णय गरिसकेको थियो ।  ९औ थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुरस्कृत भएका लेखक सुशील चौधरी आफ्ना भनाई राख्दै । ब्रेन ह्यामरेजका कारण उनी विरामी छन् । मैले नेपालगन्जबाटै शब वाहन लिएर आउन अनुरोध गरें । मेरो अनुरोधलाई स्वीकार गरेर शववाहन आउने भयो । गाउँमा सबैले गक्ष्यअनुसार सहयोग जुटाएर पठाउने व्यवस्था मिलाएका रहेछन् । गाउँबाट बरघर (दुर्गा थारु) जो नाताले मेरा मामा हुन् र मेरो अति मिल्ने साथी दुःखलाल चौधरी, अरु दुईजना आफन्तसहित् १३ बैशाखका दिन हिँडे । १४ गते बिहान १० बजे सम्ममा आइपुग्नु पर्नेमा मुगलिङ खण्डमा सुख्खा पहिरो गएर त्यहीं रोकिए । प्रहरीले छिटो शव उठाउन भन्न थाल्यो । आफ्नो शववाहन आइपुग्दैन । हुलमुलमा आफन्तको शव अरुले नै पो उठाएर लग्ने हो कि भन्ने अर्को डर । बल्ल बल्ल साँझ ७.०० बजे नेपालगन्जबाट शववाहन आइपुग्यो । मैले सन्तोषको लामो सास फेरें । साथीहरु भएपछि आँट पनि थपिदो रहेछ । १५ गते बिहान १२.०० बजे शव कालिका– ३, मयुरवस्ती, बर्दिया पुर्‍याइयो । थारु संस्कारअनुरुप अन्त्येष्टी कर्म गरियो ।  आफ्नो घरमा बस्न आएको बच्चा आफूले घुमाउन लैजाँदा महाभूकम्पमा परी मृत्यु भएको अवस्थाले म र मेरो परिवार मर्माहत भएका थियौं । जति दुःख भएपनि आफैलाई होस, अरुलाई नहोस् भनेर सोच्ने व्यक्ति आज त्यस्तो घटनामा पर्दा ग्लानी भयो । राम्रो गर्न खोज्दा पनि कहिलेकाही परिवेशका कारण अप्ठ्यारोमा परिने रहेछ । म आफैलाई त यति पीडा महसुस  भइरहेको छ भने हुर्केको सन्तान गुमाउँदा उनका बुवा आमालाई कति पीडा भएको होला, म अनुमान लगाउन सक्दिन । सायद, त्यो अभाव कहिल्यै पूर्ति हुनेछैन । करीब दुई महिना मैले नयाँ कुरा सोच्नै सकिन । जेठमा गाउँका सबै आफन्तहरुलाई निम्ता गरेर पूजा लगाइयो । धेरै वर्षदेखि कामको सिलसिलामा गाउँ बाहिर रहकोमा सबै गाउँलेलाई निम्ता गरेर भलाकुसारी गर्न पाउँदा मनमा एक किसिमको आनन्द आउँदो रहेछ । म दश वर्ष पछि पुनः गाउँ फर्केको थिएँ । सबैले माया दिए, मेरो आत्मविश्वास बढेर आयो ।  महाभूकम्पको एक वर्षको अवधिमा राज्यको तर्फबाट जुन रुपमा पुनस्थापना र पुननिर्माणका लागि तदारुकता देखाउनु पर्ने हो, नसकेका कारण एक वर्ष वितिसक्दा पनि भूकम्पपीडित जिल्लाका प्रभावित परिवारहरु पालमा बस्न बाध्य भए । सरकारी तथ्यांकअनुसार, धरहरामा साठी जनाको ज्यान गयो । मृतकलाई सरकारले जम्मा एक लाख चालीस हजार राहत प्रदान गरेको छ । धरहरा सञ्चालनको जिम्मेवारी लिएको संस्थाले विना विमा टिकट काटेर पैसा कमाएको कुरा सार्वजनिक भएको छ । पछि प्रधानमन्त्रीको आश्वानमा आफ्नो धरहरा आफै बनाउने घोषणा पनि गरियो । तर धरहरा भत्किदा ज्यान गुमाएका र घाइते भएकाहरुको अधिकारको सुनिश्चितता नगरी काम थाल्नु कत्तिको न्यायोचित होला । जीर्ण अवस्थामा रहेका इमारतको दुरुपयोग गरी पैसा कमाउने अनि घटनाप्रति जिम्मेवारी नलिने प्रवृत्तिले भोलिका दिनमा कस्तो सुरक्षा हुन सक्ला ? (पुनः प्रकाशित)  

मोदाहा थारूले फर्काएको माघीको रौनक

मोदाहा थारूले फर्काएको माघीको रौनक

५९७ दिन अगाडि

|

२ माघ २०८१

माघ लहैनु सुरीक शिकार खैनु रे हाँ... । यस प्रसंगमा पर्वको नाम माघ भन्नुपर्छ तर आजभोलि माघी भन्न थाले । यसमा कतिपयको चित दुखाई रहेका बुझ्ने हो भने कसले माघी भन्न लगाए ? प्रश्न उठ्छ । शायद यो प्रश्नले त्यति ध्यान आकर्षित गर्न नसक्ला कि ? यो आलेखमा यस्ता प्रश्नको जवाफ खोजी गर्ने भन्दा पनि कसरी मोदाहा थारुले माघीको रौनक फर्काउन सफल बन्यो ? प्रस्तुत विषयले पक्रन खोजेको चीज यसकै वरिपरि घुम्ने छन् । अझ मासिन्या मतवाली बनाइएका थारु जातिले आधुनिक नाच तथा मञ्चको सजावट निष्फिक्री तवरले आयोजना गरी माघी बहार ल्याउने गर्छ । करीब एक लाख हाराहारीमा मानिस टुँडिखेलमा भेला भई माघी महोत्सवमा रमाइलो गर्दछन् ।  पहिलो चोटी २०५८ सालमा माघी महोत्सव मनाउने र सरकारलाई यो दिन सार्वजनिक विदा दिन लगाउने निर्णय काठमाडौमा भयो । पूर्वका थारुहरु तिलासंक्राईत बुझ्ने, कतै खिचरी वा खिचरा बुझ्ने र पश्चिममा माघ मनाउँदा निस्राऊको महत्व दर्शाउने गरेको कारण माघी महोत्सव एकमुष्ट साझा बनाउने ध्येयका साथ अंगिकार गरियो ।  माघीमै वितेका यी २५वर्ष छविलाल कोपिलाको “भन साथी ! तिम्रो माघीसंग के छ ?” शीर्षक कविताले नयाँ वहसको ढोका खोलेको छ । माघीसंग अपनत्व बोध गर्न थारुले चुनौतीको सामना गर्दैछ । कारण थुप्रै होला तर माघीको बजारीकरण यति तीब्र रुपमा भयो कि मोदाहा (रक्स्याहा) थारुको रमझममै माघी महोत्सव हुँदै आयो ।  माघी महोत्सव मनाउन काठमाडौमा नेपाल सरकारले पर्यटन प्रबद्र्धन परियोजना अन्तरगत केही आर्थिक सहयोग गर्ने गर्दछ । यसरी प्राप्त सहयोगबाट नपुग रकम जति स्टल तथा व्यापार प्रबद्र्धनका लागि राखिने होर्डिङ बोर्डहरुको नाममा असुल गर्ने गरेको छ । यस विषयमा प्रा.एन्थोनी स्मिथ लेख्छन्–“पर्यटनले सबै संस्कृतिलाई वस्तुकरण गर्दै बजारका निमित्त संस्कृतिको मुल्य तोक्छ र अन्ततः साँस्कृतिक विशेषता र भौगोलिक वैभव विनाश गर्छ ।” यो तर्कलाई नेपालमा छरिएर रहेका आदिवासी जनता र नवउदारवादको आडमा थप वलियो देखिएका पर्यटन उद्योगले सही सावित गर्दैछ । तामझामका साथ मनाइने माघी महोत्सव सामाजिक प्रतिरोधी क्षमतामा ह्रास ल्याए जुन टुंडिखेलको मैदानमा चारैतिर अग्लो फलामे घेराभित्र कैद हुँदैछ । यहाँबाट आन्दोलनको आँधीवेरी ल्याउने चर्का भाषण गरेको त्यहीं पर सामुन्नेको सिंहदरवारमा बस्ने शासक नसुन्ने भए । माघको सन्दर्भमा भन्न सकिन्छ कि “देख्ने तो लग्ता है साला बाँस जैसा लम्बा मगर अन्दर से है खोख्ला ।”  लगानीको हिसावले माघी महोत्सवको बजेट पच्चिस लाख रुपैयाँभन्दा अधिक देखिन्छ । तथापी आयोजक संस्थाहरुको अनुसार खर्च पन्ध्र लाख माथि पुग्छ । यतिका खर्च गरेर माघी महोत्सव मनाइदै गर्दा त्यहाँ आमन्त्रित पाहुनाहरु बोलिरहेको समयमा मञ्च पर पर देखिने दर्शकहरु जब नाचको पालो आउँछ, उनीहरु मञ्च वर वर आउने गर्दछन् । यसले सावित गर्छ कि थारु सचेत धक्का दिन तयार भइसकेका छैनन् । अर्थात् थारुका अगुवाहरु यही मात्रात्मक उपस्थितिलाई सफलताको कडी मान्दै आएका छन् । जबकी मात्रालाई गुणमा रुपान्तरण नगर्दासम्म शक्ति आर्जन हुने विषय असम्भव छ । आयोजक संस्थाहरु एनजीओ चेतनाले लैस भएकै कारण उनीहरु जातीय मतान्धतामा फँसिरहे । यो खतरनाक परिवेश हो । पहिचान राजनीतिको र उनीहरु आफ्नै बलबुताले यो गोलचक्करबाट मुक्ति पाउने छैन । माघी महोत्सवबारे चर्चा गर्दा यो सामुहिकता प्रतिनिधित्व गर्ने पर्व बुझिन्छ । अझ कृषि अर्थतन्त्रमा बाँच्ने थारु खोज्नी बोज्नी शुरु गर्ने अथवा माघ देवानीमार्फत् अगुवा, भलमन्सा निर्वाचित गर्ने परिपाटीलाई निरन्तरता दिने पर्व बुझ्दै आए । यहाँ व्यक्तिगत स्वतन्त्रता र मुल्यको प्रवद्र्धन स्वीकार गरी त्यसलाई अझ लोकसम्मत बनाउने आचरण एवम् व्यवहारलाई प्रधान पक्ष ठहर गरिए । केन्द्रमा खुशीको सपना सजाए । कुल ग्राहस्थ खुशी लक्ष्य राखे र प्रकृतिसंग सामञ्जस्य कायम गर्दै जीवन सहज बनाए ।  जीवन सहजबाट जटिलतर्फ यात्रा तय गर्दैछ । नयाँ नयाँ ज्ञान तथा प्रविधिबारे जानकारी लिने प्रयत्न पनि हुँदै आएको छ । अझ तिब्र परिवर्तन भइरहेको अवस्थामा संसारभरि नै अनिश्चिताको परिवेश देखा परे । यसले ज्ञान मिमांशीय विफलता तर्फ लागेको कारण मुल्यमा ह्रास हुँदैछ । जीवनको गनतव्य नै यसमार्फत् धरापमा पर्दैछ । तसर्थ, चौतर्फी जोखिमको मार थपिंदै मानिसहरुमा त्रास बढेर गएको भान हुन्छ । आफूलाई सुरक्षित बनाउनकै लागि उनीहरु शहरतिर पस्ने र सामुदायिक विमुखताबाट राहत पाउन साँस्कृतिक झुकाव दर्शाउने परम्परा बसाल्न खोजेको देखिन्छ । थारुहरु अन्जानमै आधुनिकताको सुविधामा उत्साहित बन्दै गर्दा माघी महोत्सव वर्षेनी यसैको एक नमूना भई दलाल पूँजीवादी फन्दामा कसिंदैछ । विकृति र विसंगति हटाउने उद्देश्य बोक्नेहरुकै करकमलबाट यस अवसरमा असंगतिपूर्ण नियत प्रष्टिन्छ । अविश्वासले जरा फैलाउन पाउने गर्छ । मोदाहा थारुको नियन्त्रणमा रहेको माघी महोत्सव अब टुँडिखेलको चार दिवारबाट बाहिर आउनैपर्छ । माघ १ गते सैयर माघ अथवा माघ संकल्प संझाउने दिन भनौं । त्यो महोत्सव नै भएपनि माघ देवानीलाई केन्द्रमा राखौं । परिस्थिति राष्ट्रिय स्तरमै फेरिएको कारण शक्ति उत्सर्जनको फ्रेमवर्क अथवा पाराडाइम बदलिन पुगे । संक्रमणकालीन अवस्था लम्बिएको छ र परिस्थितिको ठोस विश्लेषण गरी माघ संकल्पमा थारु स्वायत्त क्षेत्र अथवा विशेष क्षेत्र ग्यारेन्टी गर्न आह्वान गरौं । अभ्यास गर्न माइन्डस्केप, ल्याण्डस्केप र सोसलस्केपमा घनिभूत तथा योजनाबद्ध काम गरौं । यस आधारमा अग्रसरता लिई माघ संकल्प पुरा गर्न दृढता देखाऔं । निरन्तरतामा क्रमभंग गर्न हिम्मत गर्ने हो ।  प्रतिरोधी चेतमार्फत् समाज विज्ञानमा द्वैध अवस्था सिर्जना भइरहनुपर्छ । यसलाई छविलाल कोपिलाले मलजल गर्दै “भन साथी ! तिम्रो माघीसंग के छ ?” भन्ने सवाल तेर्साए । यसको जवाफमा संवादात्मक परिवेश निर्माण गर्ने हो ता कि हाल माघी महोत्सवको नाममा भइआएका विसंगतिहरु सतहमा ल्याउन सकियोस् । साहित्यकारको शब्द वाण फगत सस्तो लोकप्रियताका लागि त हुँदै होइन, बरु यसलाई अलग दृष्टिकोणको रुपमा बुझ्न प्रयत्न गरे सही दिसा पक्रन सघाउँछ । उहाँको शब्द वाणहरु सुन्ने आँट थारु अगुवाहरुले गर्न सक्नुपर्छ । अन्त्यमा, माघ संकल्प पुरा गर्न एक व्यवहारिक नारा पनि चाहिन्छ । थारु संस्कृति प्रवद्र्धन र विकासको नारा आफैंमा हराउने खालको देखियो । थारु संस्कृतिको सिर्जनात्मक प्रयोग गर्न जुन अलमल देखा परे । आज सहजबाट जटिलतातर्फ उनीहरुको जीवनशैली प्रतित हुन्छ । विकसित देश क्यानाडाबाट काठमाडौमा आई आत्महत्या गर्न पुगेको सुनसरीका माझी दम्पतिको कथाले यही सार खिंचेको बुझ्न सकिन्छ । २५ वर्षदेखि काठमाडौको धर्तीमा थारु संस्कृति प्रवद्र्धन गर्न मनाउँदै गरेको माघी महोत्सव आगामी वर्ष मात्र माघ १ गतेका लागि मोदाहा थारुले फर्काएको माघीको रौनक नबनोस् ।  प्रकृति र मानव जीवन सामञ्जस्य कायम गर्दै अगाडि बढ्नुपर्छ । थारु संस्कृति प्रवद्र्धन गर्नुको अर्थ धर्ती माताको अधिकार संरक्षण गर्नु पनि हो । मघौटा नाच थारु संस्कृति भित्रका विषय वस्तु (कन्टेन्ट) हो । माघ नयाँ वर्षको रुपमा थारु आत्मसात गर्दै गर्दा यसका साँस्कृतिक विरासत विर्सिन मिल्दैन । हामी थारु आर्थिक वर्षको नविकरण गर्ने संस्कृतिलाई सम्झना गर्न अभिप्रेरित हुँदैछौं । यथार्थमा माघ संकल्प सामुहिकतामा झल्किएता पनि त्यहाँ व्यक्तिको अस्तित्व विद्यमान भई आएका हुन्छन् । त्यसैले व्यक्तिको चाहना र अस्तित्वलाई सम्मान गर्दै माघ संकल्प वर्षभरिको कर्म, पूजा पाठ, संगठनात्मक सोंच तथा सामाजिक उत्तरदायित्व सम्बन्धमा कार्ययोजना पारित गर्नुपर्ने हुन्छ । यसलाई राजनीति शास्त्रमा थारुको वडीपोलिटिक भने पनि अन्यथा हुनेछैन ।  लोकतन्त्रको अभ्यासलाई जीवन पद्धतिसंग एकाकार गर्दै सामुदायिक समाजवादप्रति आफ्ना विश्वास कायम राख्न सक्ने थारु  रणनीतिक लक्ष्यमा अडिग रहेको छ । यसलाई माघ संकल्पको आधारमा कार्यनीतिक चाल मिलाउने तथ वर्षभरिको कामको समीक्षा गर्ने सन्दर्भमा केही प्राविधिक विषयप्रति व्यवहारिक लचकता अपनाउन सके यो देशमा थारु समस्या हैन, समाधान हुन् भनी प्रमाण पेश गर्न सकिन्छ । तसर्थ, माघ संकल्पको सम्बन्धमा यो वर्ष एक वहुलराष्ट्रिय लोकतन्त्र संस्थागत गर्ने चार्टर जारी गरौं र त्यसलाई मार्गनिर्देशक ठानी वर्ष दिनको कार्ययोजना तयार गरेर इमानदारिताका साथ लागु गरौं । तबमात्र, नेपालको सन्दर्भमा साँचिक्कै थारु विशिष्ट देखिनेछ । हिम्मतवाला थारु कहलिन योग्य हुनेछौं ।   

राष्ट्रिय एकताको खेती

राष्ट्रिय एकताको खेती

५९९ दिन अगाडि

|

२९ पुष २०८१

इतिहासबाट के सिक्ने ? गोर्खाका राजा पृथ्वी नारायण शाह राज्य विस्तार गर्न युद्ध लड्दै गर्दा हाम्रा पूर्खाहरु के राजीखुशी आफ्नो देश बुझाउने गरे ? अहं, यदि त्यसो हुँदो हो त कीर्तिपुरेको नाक कान काटिने थिएन, न त लिम्बुवानका शासकसंग नूनपानी सन्धि नै गर्थे । यी त साँकेतिक परिदृष्य मात्रै हुन् । जब सुगौली सन्धि सन् १८१६ मा गर्न बाध्य भए पञ्जाबका सेनामा जागीर खान गएका थिए गोर्खाली सेनाका कमाण्डरहरु । यसले पनि के दर्शाउँछ त भन्दा पृथ्वी नारायण शाहले जमीन–सेना सम्बन्ध स्थापित गरेर सैनिक कमाण्डरलाई युद्ध जितेवापत जमीन विर्ता पाउने व्यवस्था मिलाए, जसले पहाडका गरीब युवाहरुलाई उत्साहित बनाए युद्ध लड्न । अर्थात् राज्य विस्तारको ध्येय सम्पति थियो, जहाँ श्रोतका लागि जमीन विस्तार गर्नु थियो ।  इतिहासको दुर्घटनाले संसारको मानचित्रमा एउटा देश नेपाल छ । यसलाई स्वीकार गर्न कुनै लाज मान्न जरुरी छैन । देशप्रेम यहाँको वस्तुगत अवस्थाले सिर्जना गर्न सक्नुपर्छ । यहाँका तीन करोड जनता मालिक बनाउने तागत निर्माण गर्ने योजनाले विगतका घाउमा मलम लगाऊँ भन्ने हो । पृथ्वी नारायण शाहले अज्र्याको मुलुकमा यो सम्भव छ भन्ने विश्वास दिलाऊँ । तर, संघीय लोकतान्त्रिक गणतन्त्रमा यो मुलुक पुगेर पनि पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने भाग्यवादी चिन्तन शासक सम्भ्रान्तमा देखिनु पर्ने ? भगवान् भरोसे यो देशलाई छाडिराख्ने ? यस खालको भक्तिभावले सेवक जन्माउँछ । अध्यात्ममा सेवक वा भक्तले मुक्ति पाउँछ भन्छन् तर राजनीतिमा यी गुलामी गर्न अभिशप्त छन् । राजनीतिक इतिहासले यही तथ्य बताउँछ ।  सयौं वर्ष यहाँका जनता गुलामी गर्दै रहे । साथै, देश अंग्रेजको संरक्षण र इशारामा चलिरहेको देखिन्थे । रैती भएर जीवन बाँच्दैगर्दा उनीहरु जहाँनिया शासन फाल्न संघर्ष गरे । वि.सं.२००७ सालसम्म यी संघर्षहरुको लामै फेहरिस्त छ । यस अवधिमा राष्ट्रिय एकताको विषय सन्दर्भहीन थियो, कारण दरबारभित्र लुटतन्त्र थियो । त्यसलाई अझ व्यापकता प्रदान गर्न जंगवहादुरले जारी गरेको मुलुकी ऐन थियो । श्री ३ हरु सर्वेसर्वा थिए, जहाँ ब्राह्मण, गाई र महिला हत्या वर्जित थियो । पुरोहित र भारदारहरुको जमीनदारी देशभरि फैलिएको अवस्था थियो । एक हिसावले जनतासंग कुनै दोश्रो विकल्प नै थिएन । अंग्रेज साम्राज्यको विरुद्ध संसारभरि युद्ध शुरु हुँदा छिमेकी मुलुक भारतमा स्वाधिनताको संग्रामले गाउँ शहर घेरे । अन्ततः अंग्रेज भारत छाडेर गए । नेपालमा त्यसको असर पर्नु स्वाभाविक नै थियो र जहाँनिया राणा शासनविरुद्ध भारतमा अध्ययनरत विद्यार्थीहरुले संघर्ष शुरु गरे । अन्ततः नेपालमा पनि वहुदलीय व्यवस्था स्वीकार गरियो । जनताले ल्याएको शासन व्यवस्थालाई संविधानमार्फते व्यवस्थित गर्न संविधान सभाको गठन गर्ने घोषणा पनि भयो । रैतीबाट मालिक बन्ने पर्खाइमा यहाँ वर्षौं बिते । राजनीतिक दलहरु स्थापना भए तर राज्य र जनता बिचको मजबुत आधार बन्न नसक्दा यहाँ पृथ्वीनारायण शाहको वंशज रहेका महेन्द्र गद्दीसिन भए । उनको नारा राष्ट्रिय एकता कर्णप्रिय लाग्यो । राजाको काम कहिले जाला घाम भनेजस्तै चाकरी गर्दै दिन विते । रैती मालिक हुन सकेनन् । महेन्द्रमाला पढाउने पाठ्यक्रम तयार भयो । श्रीमान् गम्भिर नेपालीबाट स्तुती गान शुरु हुँदै हुर्केका पुस्ता अझै ती भ्रमहरुबाट मुक्त देखिएनन् । औपनिवेशिकताको शिकार भई अंग्रेजबाट पराजित त्यो मानसिकता राष्ट्रिय एकताको रटानले पक्कै समाधान दिने छैन ।  राष्ट्रिय एकता दिवस आवश्यक छ । यसको आवश्यकता अझ वहिष्करण र सिमान्तीकरणमा परेका जनताका लागि छ भन्ने हो । यो मान्यता बोक्दै गर्दा केही भ्रमहरुबाट मुक्त हुनुपर्छ । राज्य विस्तारको क्रममा थुप्रै राजा रजौटाले इतिहासमा यहाँ काम गरे । तथापी, हामी अहिले पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा पहिचान बनाएको नेपाल देशका वासिन्दा हौं । भौगोलिक एकीकरणमा उनको योगदान छ । यस क्रममा संसरमा राज्यविस्तार ताका भएका हत्या, दमन नेपालको इतिहासमा पनि भयो । यति भएर पनि हाल नेपाल देशमा नै हामी आफ्नो भाग्य अज्माउनु परेको छ । त्यस अर्थमा पृथ्वी जयन्ती मनाए हुनेमा कसैको विमति नहोला । पृथ्वीनारायण शाह प्रति हालका पुस्ता त्यसरी नै सम्झन चाहन्छन् । बरु राष्ट्रिय विभूति मान्न तयार छन् । राष्ट्रिय एकता दिवसको अर्थ व्यापक बनाउनु परेको छ । संभवतः संविधान सभाले जारी गरेको संविधानले यसको महत्वलाई सिद्ध गर्न सक्थे । तर, रैतीबाट मालिक बनाउने काममा यो अवसर गुमाए । त्यसको कारण समेत गोर्खाली राज्यसत्ताले निर्माण गरेको अहंकार थियो । एक थान संविधान त राणा शासनको समयमा वि.सं. २००४ सालमै जारी गरे तर त्यसलाई अमान्य ठहर गरियो । राजनीतिक इतिहासका यस्तै घटनाहरुले नेपालमा आठौं संविधान आवश्यक रहेको महसुस गराउँदैछ । साँचिक्कै राष्ट्रिय एकता दिवसको सार पक्रने हो भने आधुनिक राज्यव्यवस्थामा संविधान नै हो, जसमार्फत् राष्ट्रिय एकताको बीऊ रोप्न सकिन्छ ।  संविधान संशोधन गर्न र राजनीतिक स्थायित्व दिन एमाले–काँग्रेस मिलेको भनियो । सवाल संविधान संशोधनको त छ नै तर नीति र नियतको तालमेल मिलेन विगतमा । नीतिगत रुपमा नेपाली जनतालाई मालिक बनाउने भनि जनआन्दोलनमा सबैले सहभागिता जनाए । संविधान सभाको निर्वाचनमा सबैले भाग लिए । उत्साहित र आशा गर्ने ठाउँ बन्यो, संविधान सभा पहिलो । षड्यन्त्रपूर्वक पहिलो संविधान सभा भंग गर्दै विदेशी हस्तक्षेप निम्त्याउने पनि त यिनै शासक सम्भ्रान्त हुन् । प्रष्टै छ, हामी हाम्रा आन्तरिक मामिलामा विदेशी हस्तक्षेप स्वीकार गरिसक्यौं । विदेशी शक्तिको गोटी बनेर मात्र शासन सत्तामा टिकी राख्न सक्ने परिवेश निर्माण गर्यौं, जसले नेपाल भूराजनीतिक दृष्टिले रणनीतिक स्थान पुष्टि भयो । राष्ट्रिय एकता दिवस मनाउने शासक सम्भ्रान्तहरु यति वेला किंकर्तव्यविमुढ किन ? जनतालाई निराश बनाउने सन्देश हाम्रा देशका प्रधानमन्त्रीले दिन मिल्दैन ।  अन्त्यमा, संविधान पुनर्लेखन नै समाधानको उपाय हो । संविधान पुनर्लेखन गर्दा पूर्ववत शर्तहरु लागु हुनुपर्छ । उत्तर–सार्वभौम युगमा जनताको सार्वभौमिकता अभ्यामा जाने गरी राजनीतिक व्यवस्था र शासकीय स्वरुप निर्धारण एक चुनौती होला तर यहाँका प्रथम राष्ट्रका जनता, जो बर्षौं वहिष्करण र सिमान्तीकरणको पीडा सहेर बसे, उनीहरुले स्वीकार गर्ने संविधान आवश्यक छ । त्यसैले, विगतका घाउहरुमा मलम लगाउने र उनीहरुको आत्मनिर्णयको अधिकार सुनिश्चित हुने गरी अबको निकास खोजिनु पर्छ ।  नेपाल प्राकृतिक रुपमै बहुलराष्ट्रिय राज्य हो । भ्रम नहोस्, जनता मालिक बन्ने उपायहरु अनेकौं छन् । नेपालको सन्दर्भमा वहुलराष्ट्रिय राज्यको अवधारणा त्यसैको उपज हो । यसलाई विखण्डनको भाष्य बनाएर गोर्खा अधिराज्यको औपनिवेशिकता छोप्ने दुस्साहस नगर्दा हुन्छ । बरु सहअस्तित्वमा बाँच्ने ढोका खुल्ला राख्न साँस्कृतिक सम्वाद केन्द्रहरु अत्यधिक व्यवस्थापन गर्ने हो, जहाँ इतिहास, संस्कृति, धर्म, राजनीतिक अर्थशा स्त्र, अन्तर्राष्ट्रिय सम्बन्धलगायत जीवन पद्धतिबारे जनजनमा छलफल र वहस गर्ने होस् । उनीहरुको बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्दै राज्य मेरो पनि हो भन्ने अनुभूतिपूर्ण आधार त्यसका लागि बन्नुपर्छ ।  राष्ट्रिय एकता दिवसको सार्थकता यो राज्यसंग जनताको आत्मसातिकरण (soul affinity) संग सम्बन्धित छ । यो दिवस हर्षोल्लासपूर्वक मनाउन सक्नुपर्छ । दुरदराजका जनता पनि यसमा सहभाभी भएर देशप्रेम दर्शाउन सक्ने गरी राज्यको भूमिका हुने विश्वास लिनु अन्यथा हुँदै होइन । जहाँसम्म पूर्वी नेपालमा चल्दै गरेको विभिन्न आन्दोलन तथा थारु, मधेशी जनताले ठाडै इन्कार गरेको नेपालको संविधान २०७२ जसले राष्ट्रिय एकतामा भाँजो हाल्ने काम मात्रै गरे, कथित राष्ट्रिय एकता दिवस यो अवस्थामा पनि मनाइराख्नु । असम्भव, राष्ट्रिय एकताको खेती गर्ने ती शासक सम्भ्रान्तले बुझुन्, गोर्खाली राज्य औपनिवेशिकता विरुद्धको संघर्ष निर्मम भएर टुंगिनेछ एक दिन ।