थारू किसानः कृषि विज्ञनसे खै सरसल्लाह ?

थारू किसानः कृषि विज्ञनसे खै सरसल्लाह ?

३१ दिन अगाडि

|

१८ साउन २०८३

कमैया प्रथाको छुटेको अध्याय 

कमैया प्रथाको छुटेको अध्याय 

४४ दिन अगाडि

|

५ साउन २०८३

इन्दु थारु मेरी हजुरआमा बेलाबेला जमिनदारका कथा सुनाउनुहुन्छ । ती सामान्य कथा होइनन् । ती त पीडा र आक्रोशले भरिएका कथा हुन् ।  धान रोप्न सक्ने भएपछि सायद आठ–नौ वर्षकी छँदा कैलालीको लालपुर गाउँका एक जमिनदारको खेतमा मजदुरी गर्न जानुभयो हजुरआमा । उहाँ आफ्नो उमेर ठ्याक्कै भन्न सक्नुहुन्न किनभने उहाँलाई आफू जन्मेको साल थाहा छैन । नागरिकतामा भने १९९७ साल उल्लेख छ । गाउँका अन्य महिला र केटी मजदुरी गर्न गएको देखेर उहाँ पनि केही पैसा कमाउने आशामा जानुभएको थियो ।  जमिनदारले कामको निश्चित दर तोकेका थिएनन् । दिनैभर धान रोपेपछि उनले केटीहरूको छाती हेरेर पारिश्रमिक निर्धारण गर्थे । जसको छाती ठूलो थियो, उसलाई अलि बढी पैसा । जसका सानो, उसलाई कम । हजुरआमा आज पनि हाँस्दै सुनाउनुहुन्छ, ‘मै छोट रहु, महिन टे इट्रीचे डेहल ।’ (अर्थात ‘म सानो थिएँ, मलाई त एकदमै थोरै (पैसा) दियो’ ।)  उहाँ बेलाबेला देशरज्वा, गुरुंगवा, चौधरीयाजस्ता त्यसबेला नाम चलेका जमिनदारका कथा सुनाइरहनुहुन्छ । आज यो कथा सुन्दा मात्रै पनि आक्रोश र अपमानले मथिंगल हल्लाउँछ । सम्पत्तिको उन्मादमा एक शोषकले एउटी बालिकाको शरीरमाथि गरेको शक्ति प्रदर्शनले आज पनि मन अस्थिर बनाउँछ ।  हजुरआमा कमलरी हुनुहुन्थेन । उहाँ केवल मजदुरी गर्न जानुभएको थियो । दैनिक ज्याला गर्ने बालिकाले त यस्तो अपमान सहनुपर्थ्यो भने वर्षौंसम्म कमैया र कमलरी जीवन बिताएका मानिसले कति हिंसा, अपमान र आघात भोगे होलान् ? ती आघात आज पनि मुक्त कमैया र मुक्त कमलरीको शरीर र स्मृतिमा जीवित छन् ।  आज पनि हजारौं मुक्त कमैया र मुक्त कमलरी हाम्रै समाजमा छन् । ती खोला किनारमा, जंगल छेउमा, बगरका छाप्रामा जीवन बिताइरहेका छन् । उनीहरू विगतका आघात भुलेर मुस्कुराउने प्रयास गर्छन्, तर परिस्थितिले दिँदैन । झरी पर्दा उनीहरूको छाप्रो चुहिन्छ । कुनै दिन काम नपाउँदा भोकै सुत्नुपर्छ । कागजमा उनीहरू मुक्त भइसकेका छन्, तर जीवनका आघातबाट मुक्त हुन सकेका छैनन् । थारू भाषामा काम गर्ने वा कमाउने पुरुषलाई ‘कमुइया’ भनिन्छ, महिलालाई ‘कमलरिया’ । पछि यी शब्द नेपालीकरण भए । ‘कमुइया’ ‘कमैया’ बन्यो र ‘कमलरिया’ ‘कमलरी’ । गैरसरकारी संस्थाहरू, राज्यका दस्ताबेजहरू र सञ्चारमाध्यमले ‘कमैया’, ‘कमलरी’ शब्द स्थापित गरे । यसरी स्थापित गरियो कि आज थारू गाउँमै पनि मूल शब्द ‘कमुइया’ र ‘कमलरिया’ हराउँदै गएका छन् ।  सबै कमैया एउटै थिएनन्  कमैया राख्ने चलन थारू गाउँमा प्रचलित थियो । तर, सबै कमैयाको अनुभव एकैनासको थिएन । ठूला जमिनदारहरू (जसका सयौं बिघा जमिन थिए) धेरै कमैया र कमलरी राख्थे । कमैयाहरू कोही हलो जोत्थे, कोही गोरु–भैंसी हेर्थे, कोही भेडाबाख्रा । कमलरीहरू कोही गोबर फाल्थे, कोही भाँडा माझ्थे । कतिपय जमिनदारका घरमा त पशु यति धेरै हुन्थे कि एक जना महिला कामदारले गोबर फाल्ने काम मात्रै गर्नुपर्थ्यो ।  जमिनदारबाहेक थारू किसानहरू पनि कमैया राख्थे । जमिनदारलाई गाउँलेहरू ‘जिम्डरवा’ भन्थे । कमैया–कमलरीहरू अरूका अगाडि जमिनदारलाई प्रायः ‘मलिक्वा’ र जमिनदारकै अघि ‘मलिक्वा हजुर’ भनी सम्बोधन गर्थे । थारू किसानलाई अरूका अगाडि प्रायः ‘किसन्वा’ भनिन्थ्यो । किसानका घरमा काम गर्ने कमैया–कमलरीले घरका सबैलाई केही न केही साइनोले बोलाउँथे– जस्तो ‘डाडा भउजी’, ‘काकाकाकी’ । यस्तो सम्बोधन ‘मलिक्वा’ को घरमा कल्पनासम्म गरिँदैनथ्यो ।  राज्यद्वारा कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरू अझै सामाजिक, आर्थिक र मानसिक रूपमा पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। थारू किसानका घरमा बस्ने कमैयाको जीवन जमिनदारका घरमा बस्ने कमैयाभन्दा धेरै फरक हुन्थ्यो । थारू किसानले कमैया–कमलरीलाई घरको सदस्यसरह व्यवहार गर्थे । अपवादबाहेक, किसान घरका सदस्यहरू आफ्ना कमैया र कमलरी सँगै बराबरी काम गर्थे । परिवार र कमैया–कमलरी सबैका लागि एकै प्रकारको खाना पाक्थ्यो ।  थारू किसानको घरमा रहेका कमैयाले आफूले खाएको थालसमेत धुनु पर्दैनथ्यो । किनभने भाँडा माझ्ने काम महिलाको जिम्मेवारी मानिन्थ्यो । त्यसैले कमैयाको जुठो थाल घरकी महिलाले नै धुन्थिन् ।  किसान र कमैया सँगै हलो जोत्थे । सँगै खेतमा पसिना बगाउँथे । किसान घरकी महिला र कमलरी सँगै धान रोप्थे । घरको काम बाँडेर गर्थे । वर्षैभरि काम गरेपछि पूर्वसहमतिअनुसार कमैया र कमलरीलाई धान वा अन्न पारिश्रमिक दिइन्थ्यो । अर्को वर्ष त्यही घरमा काम गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता कमैयासँग हुन्थ्यो ।  तर, जमिनदारको घरमा बस्ने कमैयाको जीवन बिल्कुलै फरक थियो । उनीहरू काम गर्न राखिएकाभन्दा बढी मालिकका दास थिए । अधिकांश कमैयामाथि ‘सौंकी’ अर्थात् बढ्दै जाने ऋणको बोझ थियो । त्यो ऋण कहिल्यै सकिँदैनथ्यो, बरु उल्टै बढ्दै जान्थ्यो । ‘सौंकी’ बढेर बुबा, छोरा, नातिसम्मका कैयौं पुस्ताले एउटै जमिनदारको दास भएर जीवन व्यतीत गर्नुपर्थ्यो । कमैयाले मात्रै होइन, उसका श्रीमती र बच्चासमेतले जमिनदारकोमा काम गर्नुपर्थ्यो । त्यसपछि पनि ऋण चुक्ता हुँदैनथ्यो ।  कमलरी : श्रम शोषणदेखि यौन हिंसासम्म सम्पन्न परिवारले साना केटीहरूलाई घर र खेतको काममा कामदारका रूपमा राख्थे । खान–लाउन नपुग्ने गरिब परिवारका आमाबुबा आफ्ना छोरीहरूलाई बाध्यतावश जमिनदारका घरमा वा हुनेखानेको घरमा काम गर्न पठाउँथे । अलिअलि काम गर्न सक्ने सात–आठ वर्षका बालिकालाई समेत कमलरी राख्ने चलन थियो । ती बालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा धेरै कठिन काम गराइन्थ्यो । तिनको शोषण श्रममा मात्रै सीमित थिएन । धेरै बालिका शारीरिक, मानसिक र यौनहिंसाका सिकार हुन्थे ।  विवश आमाबुबाले आफ्नी छोरीलाई हुनेखानेको घरमा काम गर्न पठाएका थिए, बेचेका थिएनन् । उनीहरूको आशा थियो– छोरीले काम गरोस् र कम्तीमा पेटभरि खान पाओस् । तर, अधिकांश पूर्वकमलरीको अनुभव छ–काम गरे पनि पेटभरि खान पाइएन । मालिक–मालिक्नीले विवश कमलरीमाथि आफ्नो अधिकार जमाए । साना बच्चीहरूलाई कठोर काम गराउनु, निर्दयतापूर्वक कुट्नु र यौनहिंसा गर्नुलाई आफ्नो अधिकार सम्झे ।  कतिपय घटनामा कमलरीको मृत्यु भएपछि आत्महत्या भनी सार्वजनिक गरियो । उदाहरणका लागि, २०७५ जेठ २९ मा बासगढी नगरपालिका– २ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी कमलरी बसेको मालिकको घरमा झुन्डिएको अवस्थामा भेटिइन् । कमलरी अधिकारका लागि काम गर्ने अभियन्ता र संस्थाहरूले त्यो ‘आत्महत्या नभई हत्या भएको’ दाबी गर्दै निष्पक्ष छानबिनको मागसहित आन्दोलन गरेका थिए ।  सबैभन्दा अदृश्य बुकरही थारू समुदायमा चरम श्रम शोषणको चर्चा हुँदा सबैभन्दा ओझेलमा परे बुकरहीहरू । बुकरही भनेको कमैयाकी श्रीमती । कमैयाले जहाँ काम गर्थे, बुकरहीले पनि त्यहीं  काम गर्नुपर्थ्यो । तर, उनको श्रमको कुनै मूल्य तोकिँदैनथ्यो । कमैयाको वर्षभरिको पारिश्रमिक तय हुँदा बुकरहीको श्रम त्यसैभित्रै समेटिएको मानिन्थ्यो । बुकरहीहरूले छुट्टै ज्याला पाउँदैनथे ।  थारू किसानका घरका बुकरहीलाई धान रोप्ने बेला, धान काट्ने बेला, चाडपर्व वा पाहुना धेरै आएका बेला काममा सघाउन बोलाइन्थ्यो । साथै उनका छोराछोरीलाई पनि सक्ने काम गर्न लगाइन्थ्यो । यदि कमैयाका धान रोप्ने उमेरका छोराछोरी भए, तिनले पनि बिनाज्याला काम गर्नुपर्थ्यो । कमैयाका साना उमेरका छोरीहरू विशेष गरी ‘छेग्रिन्ह्या’ (बाख्रा) चराउँथे र छोराहरू ‘गयर्वा’ वा ‘भैसर्वा’ (गाईभैंसी) चराउँथे ।  बुकरहीले किसानको घरमा काम गरेको दिन ‘कलुवा’, ‘मिझ्नी’ र ‘बेरी’ अर्थात् दिनको तीन पटक खाइने खाना किसानकै घरमा सपरिवार खान पाउँथे । जसरी जमिनदार र थारू किसानका घरमा कमैयाको जीवन फरक थियो, त्यसैगरी बुकरहीको जीवन पनि फरक थियो । किसानको घरमा बुकरहीको श्रमको मूल्य थिएन, तर जमिनदारको घरमा उनको शरीर नै असुरक्षित थियो । जमिनदारकोमा रहेका धेरै बुकरही बलात्कारका सिकार हुनुपर्थ्यो । मालिकले उनीहरूमाथि मनमौजी गर्न सक्थ्यो । न बुकरही बोल्न सक्थिन्, न कमैयाले प्रतिवाद गर्न सक्थ्यो । बोले लाठी बर्सिन्थ्यो वा झन् ठूलो हिंसा हुन्थ्यो ।  यी कथाहरू केवल व्यक्तिगत पीडाका कथा होइनन्, बरु नेपाली समाजको संरचनागत विभेद, वर्गीय वर्चस्व र महिलामाथि भएको हिंसाको ऐतिहासिक दस्तावेज हुन्। थारू गाउँगाउँमा रहेका जमिनदारले कमैया–कमलरीलाई मात्रै होइन, अन्य थारूमाथि समेत अत्याचार गर्थे । धेरै ठाउँमा थारूलाई जमिनदारकोमा बेगारी (बिनापारिश्रमिक काम गर्न) का लागि बाध्य पारिन्थ्यो (जस्तै खेतमा धान रोप्न र काट्न) । कसैले आदेशको अवज्ञा गर्न सक्ने अवस्था थिएन । किनभने प्रहरी, अदालत, वकिल र स्थानीय प्रशासनका प्रभावशाली व्यक्तिसँग जमिनदारहरूको मिलेमतो र पहुँच बलियो थियो । जमिनदारविरुद्ध बोल्नु आफ्नो जीवन जोखिममा पार्नु थियो ।  यही सामाजिक–राजनीतिक सन्दर्भमा तत्कालीन नेकपा (माओवादी) कैलाली र अछाम जिल्ला संगठन समितिले २०५५ साउन १६ देखि २५ गतेसम्म ‘सामन्तहरूको हतियार कब्जा अभियान’ चलाएको थियो । यस अवधिमा १७ जना शोषक–सामन्तलाई कारबाही गरी १४ वटा हतियार कब्जा गरिएको कुरा लेखक जोखन रत्गैंयाले आफ्नो डायरीमा उल्लेख गरेका छन् ।  त्यस अभियानपछि जमिनदारहरू गाउँ छाडेर सहर सर्न थाले । उनीहरूमाथिको कारबाहीले वर्षौंदेखि उत्पीडन भोग्दै आएका थारूमा प्र्रतिरोध गर्ने साहस पनि जगायो । त्यसअघि जस्तोसुकै अत्याचार भए पनि कमैया र कमलरीलाई मौन बस्न बाध्य बनाइएको थियो । अर्कोतर्फ, राज्यका धेरैजसो संयन्त्र पनि अत्याचारी जमिनदारका संरक्षणमै उभिएका थिए । कठिन संघर्ष र आन्दोलनको दबाबपछि नेपाल सरकारले २०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । तर, कमलरी मुक्तिको विषय कमैया आन्दोलनको विषय बन्न नसकेकाले उनीहरूको मुक्तिका लागि अझै १२ वर्ष कुर्नुपर्‍यो । अन्ततः २०६९ सालमा सरकारले कमलरी प्रथा अन्त्य भएको घोषणा गर्‍यो । कमैया, कमलरी र बुकरहीहरूमाथि बर्साइएको बर्बरता आज पनि मानसपटलमा ताजै छन् । कोही आफैं दास जीवन बिताएका घाउहरू बोकेर बाँचिरहेका छन् । तिनका बच्चाहरू आफ्ना आमाबुबा र हजुरआमा–हजुरबुबाले भोगेका अपमानका कथा सुन्दै हुर्किरहेका छन् ।  ती आँसुका कथा मात्रै होइनन्, नेपाली समाजको संरचनागत उत्पीडनमा जातीय विभेद, वर्गीय वर्चस्व र महिलामाथिका हिंसाका इतिहास हुन् । मौखिक स्मृतिमा कैद यी कथा नलेखिए कमैया, कमलरी र बुकरही पुस्ताले भोगेको अपमान, संघर्ष र प्रतिरोधको एउटा महत्त्वपूर्ण अध्याय इतिहासबाटै हराउनेछ । साभारः कान्तिपुर (शीर्षक परिवर्तन)

रोज सरेसिकारः का हरढौवा, का गुरही

रोज सरेसिकारः का हरढौवा, का गुरही

५६ दिन अगाडि

|

२५ असार २०८३

अशिराम डंगौरा हरडहुवा (हरढौवा) थारू गाउँमे बर्खामे खेट्वाम धान लगाके सेकल पाछे गाउँ भरिक मनै संगे जिटा मारके खेट्वा सेकाई खैना एकठो विषेश टेहुवार हो । बर्खाभर घाम पानी हिलाकिचा सहके सरटारे हुके खुशियाली स्वरूप मना जैना यी टेहुवारमे थारूनके जिटा सुरा, छेग्रा, भेंर्वा मारके गाउँभरिक मनै अपन सिहरावन मेटाईक लग हरढौवा मनैना चलन बा । हरढौवा हरेक गाउँक मनै अपन अपन सल्लाह अन्सार फरक फरक मनैटी आईल बाटै । मनो इही एकरूपटामे मनैलेसे अउर मजा हुइट । एक डशक आगेक हरढौवाक रमझम सम्झेबेर मन आनन्दित हुइठ । जस्टेक जस्टेक रान परोसके खेट्वाम धान लगाके ओराए, ओस्टेक हरढौवा खैना दिन लग्गे आए, धान लगाके आढा हुई लागे टबसे लिखन्डरिया हुक्रे हरढौवाम केकर सुरा जिटा मर्ना बा । लिस्ट तयार करे लागैह । हरोहियान हर जुवा खुट्यैटी सायट हुरडुङ्ग्वा नाच करेक लग मन्ड्रा गीट नचनिया नाचे सिखैह ।  यदि दुई चार घरेक मनै ढिला हुजाए टो रानपरोसिक मनै धान लग्वाई हर जोटाई, लेवा कराई मद्दत जाईह । जब सक्कु गाउँझारा मनै खेट्वा लगा सेकैह, टब जाके बल्ल हरढौवाक जिटा मरना चलन रहे । हरढौवाम हुरडुङ्ग्वा नाच झुम्रा नाचसे गाउँ चैनार हु जाए । मनो अब यी सब कहाँ गैल खै किहु पटा नाई हो । आझकलके मनै हरढौवाक महत्व विशेषता भुलागिनै ।  अबके समय रोज एक लेवाही लगाउ, रोज हरढौवा मनाउँ । गाउँमे टोल टोलमे लालभाजी मिल्ना दुकान खुललके कारन हो कि आझकलके डलिड्डर मनै हुके हो । ठोरचे डटसे काम करटीके सिकार, मछार चहना । पहिले यी सब नाई रहे । खेट्वा लगाई शुरू करल दिन खेट्वैम पाँच सात मेरिक टिना रिझाके खाना खैना चलन रहे । सायट केक्रो घरेम ढेर मुर्गी बक्टी रहलेसे हो उ दिन सिकार रिझा लेईह, नि सिकार खाईक लग एकचोट्टे हरढौवाक आस लागे परे । हरढौवा थारू खेट्वाम धान लगाके संगे जिटा मारके खैना चलन हो कना पुरा नेपाल संगे परोसी देशके भारतके  थारू गाउँमे फे चर्चित बा । पहिल ढेर कृषि औजार नाई हुईलेक कारन बैठौवा लगैना ढिला हुईलेसे कबु कोई साल गुरही ओ हरढौवा संगे संगे हस मनैना हु जाए ।  पहिले पहिलेक रट लगैलेसे हमार पाठक हुक्रन अन्कुस लागे सेकठ, मनो वास्तविकता इहे हो पहिले ढेर सेवा सुविधा नाई रहे, टब फे हर चीज टर टेहुवार अपन अलग अलग विशेषता रहे, जौन समय सापेक्ष बहुट मजा लागे ।  समय संगे मनै बड्लटी जैना हुईलेक ओरसे कोई ठाउँमे बड्लना जरूरी फे बा । बड्लनाक अर्थ भर यी नाई हो कि हमार पुर्खौसे चल्टी आईल टर टेहुवारके स्वरूपे बडल डेना ओकर, अस्तित्वा हेर्वा डेहना । यहे अस्तित्वा हेरैना कगार पर बा हमार थारूनके हरढौवा । यकर खास कारन खोज्लेसे साफ मिलठ, आझकलके मनै हड्बड्हा हुगिनै, जौन पहिलेक समयमे रानपरोस समुदायमे मेल मिलाप सहयोगके भावना रहे, ऊ अब्बै कहु नाई डेखाईठ । उ चाहे मै लेखकमे हो या अपने पाकठमे सबकोई स्वार्ठी हुगिल बाटी । अपन काम बनाईक लग जेकर फे गोर पकरलेना, मनो अपन काम बनल पाछे ऊही चिन्हबे नि करना ।  हर जोटे बेर, मेरूवा कसे बेर सजना मैना बियार काटे बेर मचियाम बैठके बाँससे बिनल मौहरैनिक पातासे छाँईल छट्रिक छाँहीम खिसा, बट्कोही सुन्बी, टब बर्खा लगाईल हस लागि । हम्रे आधुनिकता हे अपन समाजके ऊप्पर कुछ ढेरे हावी हुई डैके सहयोगके भावना भुलाके हाँरिक हुस्सा वाला भावना अंगाल सेकल बाटी । खेट्वा जोटे बेर, मेरूवा बाँढे बेर गैना सजना मैना सब भुलागिली । बियार काटे बेर जन्ना बुझ्ना छिपाल पाकल मनैनके मुहसे खिसा कहानी सुने भुलागिली । बेर्हामे रङगीबिरङ्गी छाता किल बिल्गठ, छट्री हेरागिल । मचिया पिर्काक बड्ला ईट्टाम बैठे लग्ली।महिना दिन खेट्वाम धान लगा सेक्के हरढौवाम भल्हे दुई बुट्टी सिकार मिले, ओकर अलग स्वाद सन्तुष्टी मिले । अब हर रोज खैना दवाईक बुटे बार्हल बोईलर मुर्गीनमे खोज्ठी टो कहाँसे मिली ? ओरौनीम, हरढौवा खेट्वाम धान लगाके खैना हमार खास टेहुवार हो । जिही पुरा नेपालभर एकरूपटा भलहे नाई कराई सेकमिले मनो गाउँघरमे टो एकरूपटा पक्कै कराई सेकजाई। ओ खास बाट, आझकल खेट्वा कहना केकर ढेर बा ? सबके हाल ओहे हो पाँच दश कट्ठा ढेरमे बिगहा दुई बिगहा टो हो। मजासे लगैलेसे एक अठवारमे ओराजाईठ ।  बिच आझकलके डेख्नौटी चाल रोज डुग्गीक सिकार खैना जरूरी टो नाई डेखाईठ । हमरे कहठी, आझकलके टेहुवार टेहुवार हस नाई लागठ । अब रोज सरेसिकार खैबी टो का हरढौवा । का गुरही रोज खैटी रहनामे का फरक लागि । हर जोटे बेर, मेरूवा कसे बेर सजना मैना बियार काटे बेर मचियाम बैठके बाँससे बिनल मौहरैनिक पातासे छाँईल छट्रिक छाँहीम खिसा, बट्कोही सुन्बी, टब बर्खा लगाईल हस लागि । हप्ता दश दिन खेट्वा लगा सेकके एकफाले गाउँ समाजके सबकोई संगे हरढौवा खैबि, टब ओकर रौनक डेखे मिली ।  ऐसिके हमार फजुल खर्च घट्नाक साठे बोईलर खाके रोगी बन्टी रहल हमार शरिरहे फे हप्ता दशे दिन हुइलेसे फे कुछ अराम मिली । ओ, पुर्खानी कला, गला सिप ओ टर टेहुवारके रौनक हरडम बचल रही ।साभारः पहुरा

के थारूहरू थार मरुभूमिबाट आएका हुन् त ?

के थारूहरू थार मरुभूमिबाट आएका हुन् त ?

११७ दिन अगाडि

|

२६ वैशाख २०८३

भुलाइ चौधरी २०८३ वैशाख १९ गतेको गाेरखापत्र शनिवार पेजमा थारूबारे सन्ताेष दहितजीको (दाङका थारू जहाँबाट फैलिए देशभर शीर्षकको) लेख पढे । बडाे अनाैठाे लाग्याे । अन्तै पढेकाे भन्दा फरक पाएँ । मेराे प्रतिकृयाकाे अर्थ याे हाेईन कि अरु साथीहरु न लेखाै । सबैजना लेखाै, खूब लेखाै । यै लेखतकाे कमीले गर्दा हामी थारू सभ्यताकाे अग्रदूत हुँदाहुँदै पनि पछि परेका छाै । त्यसैले याे लेखत काममा सबै जनाले जाेड दिनै पर्याे । तर अलिकता मिलाएर लेख्नु पर्याे । हाम्रा अग्रजहरु के लेख्नु भएकाे छ? हाम्राे लेखाईले बनेकाे घर पनि भत्किने त हाेईन ? हाम्राे समाजमा समाजिक केही खराब असर त पार्ने हाेईन भने कुराहरु विचार गर्नुपर्छ । हामी थारूकाे उत्पतिकाे बारेमा नेपालकाे ईतिहास शिराेमणी डा. बाबुराम आचार्यकाे पनि लेख "थारूकाे मूल घर कहाँ ? पक्कै पढेकाे हुनुपर्छ, जहाँ उहाँ जाेडदार रुपमा लेख्नुभएकाे छ कि थारू कहै अन्तैबाट नेपाल आएकाे छैन । थारूकाे उत्पति नै नेपालमा भएकाे छ र थारूकाे पुरै परिवरिस नेपालमा भएकाे छ र युगयुगान्तरदेखि नेपालमा नै बस्दै आएका समूह हुन् । थारू नेपालका आदिबासी मुलबासी  धर्तीपुत्र हुन् । याे हाम्राे लागि गाैरवकाे विषय हाे । याे कुरा हामी थारूले बिर्सनु हुँदैन । अर्काे कुराे हाम्रा विद्वान नेपालका भू.पू. महान्यायाधिवक्ता श्री रमानन्द प्रसाद सिंहद्वारा लेखिएका थारू ईतिहास "The real story of the Tharus"  जसकाे मर्म थारू शाक्य हुन् र बुद्धका बन्सज हुन् । शाक्यका मूल घर नेपाल तराई कपिलवस्तु हुन् ।  तर अरु जातिका इतिहासकारहरुले थारूलाई गिज्याउन निम्ति, छाेटा देखाउन निम्ति थारूहरु थार मरुभूमिबाट मुगल आक्रमणकाे समयमा चिताैरगढकाे युद्धमा मुगलहरुबाट परास्त भए, पुरुषहरु मरे र उनीहरुकी राजपुतनी श्रीमतीहरु र छाेरीहरु ज्यान बचाउन साथमा भएका अनुचरहरु साथ नेपाल तराई आई ज्यान बचाइन र पछि उनीहरुका सम्बन्ध ती अनुचरहरुसंग भइ तिनीहरुबाट उत्पन्न भएका शाखा-संतानहरु आजका थारू हुन् भने उनीहरुकाे जिकिर थियाे र प्रमाणमा थारूहरुमा अहिले पनि पत्नीले श्रीमानलाई भात पस्केर दिदा नजिकमा पुग्दा हातले हाेईन, खुटाले ठेलेर दिने चलन छ ।  किनकि आफूहरु राजपुत खलकका हाै भने कुराे देखाउछिन रे भने गर्दछन् तर उनीहरु भन बिर्सन्छन् कि महिलाहरु मात्रै हाेईन साथमा साना-साना केटाहरु, पिटाई खाएका, हात-खुट्टा भांचिएका र बुढा पुरुषहरु तथा युद्ध पश्चात् पछि पनि केही लाेग्न मानिसहरु त समूहमा फर्के हाेलान् र पछि अनुचरहरुबाट मात्रै हाेईन तिनीहरुबाट पनि त बंश चले हाेलान नि ? ती संख्या खाेई। त्याे उल्लख गर्नै बिर्सन्छन् । वास्तविकता त्याे केही हाेईन । त्यतिखेर केही मानिसहरु भागेर ज्यान बचाउन नेपाल तराईकाे बनमा आए हाेलान्, जुन समूह राना थारूलाई लिन सकिन्छ । तर नेपालका सम्पूर्ण थारू त्यतिखेर नै भारतबाट नेपाल आए हाेलान याे गलत कुरा हाे । नेपालमा थारूहरु हजाराै हजार वर्ष अघिदेखि बस्दै आएका छन् । याे मुगल आक्रमण १६ हाै शताब्दिमा भएकाे हाे । यसलाई नै सत्य मानने हाे भने थारूकाे यहाँ नेपालमा आएकाे यही पांच सय वर्ष भएकाे हाे र ? पक्कै याे सत्य हाेईन । लेखकहरुकाे थारूप्रतिकाे केही बैरभाव हाे र थारूकाे ईतिहास बंगियाउन खाेजेकाे हाे । अर्काे कुरा स्व.डा. शंकरलाल चाैधरी र स्व. उपेन्द्र प्रसाद चाैधरीहरु बी.एस्सी.एजी. डीग्री राजस्थानबाटै पूरा गरेका थिए । उहाँहरु थारू उत्पति इतिहास पनि लेख्नु भएका छन् । यसबारे उहाँहरुसंग कुरा हुँदा उहाँहरु के भन्नू भएकाे छ कि हामीले त्यहाँ पढिराख्दा खेरि के मरुभूमि मात्र हाे र पूरा राजस्थान चहारियाै तर याे कुराकाे केही कुनै जानकारी भेटाएनाै । काेनी कहाँबाट किन मानिसहरु के के लेख्दा रहेछन् थाहा भएन। (गोपाल) दहितजी पनि स्व. महेश चाैधरीकाे नाम उल्लेख गर्नु भएकाे छ । याे मलाई सत्य लाग्दैन । हाम्राे यस्ता कुराहरुमा धेरै सेयर गर्ने बानी थियाे । जब मलाई समस्या आयाे भने म उहाँलाई भन्थे र उहाँलाई समस्या आएकाे बेला उहाँ मलाई भन्नु हुन्थ्यो । याे थरुहट र मधेसकाे कुरा मैले उठाउँदा उहाँले मात्र मलाई सहयाेग गर्नु भएकाे हाे । तर थार मरुभूमि र त्यहाँबाट थारूहरु दांग आएका र दांगबाट थारूहरु पुरै नेपाल फैलिका कुरा कहिले पनि सेयर गर्नु भएकाे छैन र मलाई याे साँचाे लाग्दैन पनि । बरु उहाँले के सेयर गर्नु भएकाे छ भने सभ्यताकाे सुरुवातमा भाषा र मानिसहरु पुरबबाट नै पश्चिम, पश्चिम उत्तर र पश्चिम दक्षिणतिर आएकाे हाे । उहाँकाे र सर्वहारीकाे भाषा विवादकाे समयमा भन्नू भएकाे हाे । कटिंग खोज्दै गराैला । पूर्व भनेकाे माेरङलाई सम्बाेधन गर्नु भएकाे हाे । वास्तवमा माेरङकाे गुणगान धेरै सुनिन्छ पनि ।  माेरङ र सिन्धुघाटीकाे सभ्यता समकालीन हाे । माेरङ किन इतिहासकारहरुकाे नजरमा ओझलमा पर्याे थाहा भएन तर हाम्राे थारूहरुकाे नजरमा ओझलमा परेकाे छैन । थारू संस्कृति त्याे बेलासम्मकाे ईतिहास बाेकेकाे छ जतिखेर काेशी नदी थिएन । नेपालमा कुन इतिहासकारले भन्लान् काेशी नदी कहिले बन्याे तर थारूहरुकाे पाैरानिक गीत भन्छ । हाम्राेमा केही गीतहरु अहिले पनि गाउने गरिन्छ, जसलाई माेरङ सैर भनिन्छ । माेरङ सैरकाे अर्थ हाे माेरगकाे गवन, भ्रमण । त्यतिखेर राजा रजवारा मात्रै हाेईन, देवताहरु पनि तपस्या गर्न माेरङ आउने गर्दथे । एउटा गीतकाे बाेल छ :  देशमध्ये माेरङ राज्य बसैए सुजान, घर घर  गुवा गाछ घर घर पान। सुजानकाे अर्थ ज्ञानी, विद्मान, भलादिमानिस, राजा रजवारा, झृषिमूनि आदि । साेरठीका राजा बृजभान, रानी हेमती, बिजयपुर सबै माेरङ क्षेत्र नै हाे । अर्काे कुरा मानव उत्पति स्थान बुटवल रुपन्देही यही छ, कपिलवस्तु तराईका थारू चिरपरिचित स्थानहरु यहि छदैछन, त्याे न देखेर कहाँ थार मरुभूमिबाट थारू मानिस दांग ल्याएर नेपालैभरि बसाल्न थाल्नु त्यति भर पर्दाे लागेन ।  साभारः लेखकको फेसबुक वालबाट सन्ताेष दहितको दाङका थारू जहाँबाट फैलिए देशभर शीर्षकको लेखको लिंकः https://gorkhapatraonline.com/news/204016

भोजम सम्धी लाग जैना चलन

भोजम सम्धी लाग जैना चलन

१७२ दिन अगाडि

|

१ चैत २०८२

श्रमलाल चौधरी पैल्ह‐पैल्ह भ्वाज हुइलसे दुल्हक घरक मनै दुल्हिक घर टङग्री फाँक जाइट, अर्थात् सामान्य रुपम कलसे सम्धी लागट । तर काजकाल ‍औरजन्हँक दडखासिकी अन्सार सम्धी लग्ना चलन चलल बा ।  मै तुलसीपुर उपमहानगरपालिका–११, नवलपुर गाउँक बुझौना चौधरीक छावक उर्री‐उर्रा भ्वाज खाए गैनु । टब टङग्री फाँक जाइबेर सम्धी लाग जाइबेर दुल्हा घरक मनै दुल्हिक घर छिट्नीम २ गोल्रा जाँर, २ गोल्रा डारु, १ ठो सुरक फेँन्ड्वा, २ ठो मुर्घा ओ २ ठो गोन्ड्री डेख्जुँ ।  ओस्हक जत्रा निँढल सिकार, पक्वाइल टिना २्२ टेप्रा डोनी, साग सब्जी, एक जोर्ह्या पिप्पर, एक जोर्ह्या हर्डि ओ एक जोर्ह्या अड्वा लेक टंग्री फाँक जाइट डेख्नु । पुरान चलन नै हेराइल डेखबेर फोहि लागल । ओस्हक सम्धी‐सम्धिन्याहुँकन्हक लाग लुगागहना, फलफुल, स्याउ क्यारा लेक सम्धी लग्ना सामान लेक फे जैठ । गाउँक मटावँक लाग एक गोल्रा डारु, एक्ठो मुर्घा ओ एक्ठो गोन्ड्री लेक फे जैना कर्ठ । सम्धी लागबेर दुल्हक पक्षसे डबल रुप्या डर्ना चलन बा । ओसक दुल्हक पक्षसे दुल्हिक पक्षहे दुधक म्वाल, कोख छुटौनी ओ ड्वार छेकौनी कैक पैसा डेह पर्ठा । दुल्हक बाबा, गाउँक मटावाँ ओ २ जन संलग्वा  दुल्हिक घर टङग्री फाँक जाइबेर रठ ।  

थारू मन्टरके दस्तावेज

थारू मन्टरके दस्तावेज

२०० दिन अगाडि

|

३ फागुन २०८२

‘थारू गुर्वा र मन्त्र ज्ञान’ (२०६९) पोस्टामे अनुसन्धानकर्ता कृष्णराज सर्वहारी गुरुवन्के विविध पक्षके अनुसन्धान कैके अनुसन्धानमे पैलक तथ्यहे विश्लेषण कैके लिख्ले बटाँ ।  प्रस्तुत किताब पढ्ना लिरौसी बनाइक लाग कुल परिचय खाँराबाहेक खास चार खाँरामे बाँटगैल बा । पहिल ओ डुस्रा खाँरामे अध्ययन परिचय डेगैल बा, जेम्ने उद्देश्य, सीमा, क्षेत्र अध्ययन विधि डेहल बा । टिसर खाँरामे गुरुवन्के राजनीतिक, धार्मिक, आर्थिक महत्वके साथसाथे व्यक्तिगत ओ सामूहिक पूजापाठके बारेम जानकारी करागैल बा । अस्टके चौठा खाँरामे गुरुवन्के वर्तमान अवस्था केरागैल बा । यम्हे गुरुवा मन्टर ज्ञान, मन्टरके विशेषता, गुरुवन्के जडिबुटी ज्ञान, गुरुवाई ज्ञान लोप हुइना कारन उँक्रैना प्रयास कैगैल बा । यी खाँरामे गुरुवन्के मन्टरमे कट्ना शक्ति रठिन कना बाट जोरदार रुपमे प्रमाणित कैना कोशिक कैलेवटाँ लेखक । गुरुवक मन्टरसे पशपन्छीके रोग उपचारसे हैजा जैसिन महामारिहे फेन रोक्ना तागत रहठ, अस्टके लरका रुइना, कपार बठैना, जुरी अइना, साँप विच्छी, गोजर कट्लकमे फुकफाक कैके ठिक कैना शक्ति थारू गुरुवन्के मन्टरमे रहठ कना डेखागैल बा ।  यि पोस्टाके सबसे बरा विशेषता कलक थारून्के उत्पत्तिकालसे आजसम थारू गुरुवन्मे रलक मन्टर ज्ञानके खोजी कैके कुल मिलाके एक सय एक्काईस ठो मन्टरहे लिखित दस्तावेजीकरण कैगैल बा । पोस्टामे पुरुव सुनसरी, मोरङसे लेके रुपन्देही, दाङ्ग देउखर, कैलाली, कञ्चनपुर क्षेत्रमे प्रचलित मन्टरहे समोटगैल बा । तुलनात्मक हिसाबसे पश्चिउहा मन्टर ढेर बा । राना थारूबाहेक अन्य थारू समुदायमे अक्केठो फे जन्नी गुरुवा नैरना पितृसत्तात्मक सोच यहाँ फेन हावी रलक यी अध्ययन डेखैले बा । थारू समुदायमे अभिनसम गुरुवा उपर विश्वास करुइया मनैन्के संख्या कम नैरलक बाट लेखक अंग्रयैले बटाँ । रोचक बाट गैरथारू फेन थारू मन्टर ओ बैदवा ज्ञानमे विश्वास कैलक अध्ययन डेखैले बा । यहाँ टक कि विदेशमे वैठल थारू बुद्धिजीवी फेन थारू गुरुवन उपर भारी विश्वास कैलक अध्ययन डेखैले बा ।   पाँचवा खाँरा उपसंहारमे थारू गुरुवा ज्ञान संरक्षणके लग अइना डिनमे चाले पर्ना कदमके बारेम कुछ उपाय, मार्गनिर्देश सुझैले बटाँ । ओस्टक अनुभव/अवलोकनहे फेन चार खाँरामे बाँटगैल बा । प्रत्यक्ष गाउँमे जाके गुरुवन्के मेरमेरिक क्रियाकलाप जस्टे गुरै अवलोकन, असारी पूजा, आछट पाटी, खेरहन्वा बन्ढलक, बैडवा उपचार कैलक गतिविधिके शुरुवातसे अन्तसमके विधि ओ प्रकृया प्रत्यक्ष अवलोकन कैके लिपिवद्ध कैके दुरुस्त ढैल बा । यी घटना अध्ययनहे विश्वनिय ओ रोचक बनैले बा ।  यी किताब अनुसन्धानके दस्ताबेज हुइलक ओरसे पाठकके अपेक्षा कुछ ढेर हुईना स्वभाविक हो । अगिल्का खण्ड पढलेसे सन्दर्भ सामग्रीक कुछ कम हुइल महसुस हुईठ । गुरुवन्के वर्तमान आर्थिक, सामाजिक ओ सांस्कृतिक अवस्था खास कैके तथ्यांक आइट टे यी किताब आउर गुदगर हुइना रहे । करिब ३ महिना एकठो गुरुवक दिनचर्या अध्ययन कैल डेखा गैल बा लेकिन उ गुरुवा कौन कौन काममे सफलता पाइल ? यी प्रश्नके उत्तर अनुत्तरित बा । गुरुवक दिनचर्या केवल धार्मिक ओ सांस्कृतिक काममे किल सीमित विल्गठिस । यी किताब अभिन गुरुवन्के विषयमे गहिँर अध्ययन कैना जरुरी बा कना डेखैले बा । यी किताबमे आबक ३५ से ४० बरस भिट्टर चितवन, देउखरमे गुरुवा पुरे लोप हुईना खतरा रलक अंग्र्‍यागैल बा । पक्के फेन यी गम्भीर विषय हो । थारून्के पहिचानसे जोरल गुरुवा प्रथा बचैना काममे एकचो सक्कु सरोकारवाला लग्हीपर्ना जरुरी डेखैले बा यी किताब । हेरैटी गैलक थारून्के लोक संस्कृति जोगैनामे यी पोस्टा अहम् भूमिका खेली कनामे दुइ मत नै हुइ ।  ओस्टक अन्तमे कर्रा शव्दके पारिभाषिक शव्दावलीके अर्थ ओ अनुसन्धान करेबेरिक फोटु समावेश करल रहट टे पोस्टा आउर गुदगर हुइट । थारु पत्रकार संघ नेपाल छापल पोस्टाके मोल २ सय रुप्या बा । 

थारू साहित्य सम्मेलनः छोट दुरीके यात्रा नै ह‍ो

थारू साहित्य सम्मेलनः छोट दुरीके यात्रा नै ह‍ो

२११ दिन अगाडि

|

२२ माघ २०८२

                                            १०वा थारू साहित्य सम्मेलनके पोस्टा स्टलमे लेखक शेखर दहित (डाहिन पाँजर) । सक्कु अग्रजहुकन सेवा लागटु ! साहित्यक‍े महाअभियान २०२८ साल (गोचाली आन्दोलन) से लग्ढार नेंङ्गुइयन फे अस्टक ठेस लग्टि नेङ्गल रल्ह । टब दिन राज्यसे सटावा पैल, काराबास बैठ्ल। अब्ब थारू साहित्यम लगुइयन फे आपन समुदाय, आपन कबिलनसे जो उस करावा पाइट। साहित्यके १ दशके म्वर यात्राम ढ्यार साँसट देख्नु, हर बरस कुछ ना कुछ बहानामे बाट बाझल देख्नु। पाेर साल जन्नयावन नैहुइल, समाबेशी नैहुइल, युवन नैहुइल बाट आइल। यी बरस पुरस्कारके बाटसे अट्रा ढ्यार बाटह जो लक्षित बिल्गत। बर्तमानम ट अट्रा झेल्टि भविष्यम आउर असिन सवाल भुट बन्ख डुर्वाई। हम्र सबके बिचारम भेद बा टब्बु फे सवाल उड्गुरैना ओ लागमेल कैक समाधान कर्ना फरक बाट हो। ढ्यार साहित्यकार यी मन्चम जोर गैल, छुट फे गैल । सायद केक्रो समय, केक्र‍ो बिचार नैमिल्क जो हुई। टब्बु फे साहित्यम निस्वार्थ भावसे लगुइयन अभिनसम आपन रूप्या खर्च कैख पुरूवसे पच्छिउ टक ३५-४० घन्टा यात्रा कैख यी अभियानम पुगल बाट। १ कप चाय माङ्गक ट कार्यक्रम कर परट, उ ट सबजहन पटा बा। यिह हो आब्बक थारू साहित्यके धरातल। ८वाँ सम्मेलनके पुरस्कार पउइया रामसागर दाजु पाइल पुरस्कारम थप कैख ५० हजार उल्ट डेल । असौ फे हृदयनारायण काकु पाइल पुरस्कारके राशीसे रूप्या २० हजार डेल । कह खोज्लक यी महायात्राह लिरौसि बनाइक लाग बहुट जहनके योगदान बा ।  यी छोट दुरीके यात्रा नै ह‍ो। हुई सेकट काम करबेर कमिकमजोरी हुईठ, उहिन सवर्टि जैना हो । सम्पुरन कुछ चिज जै हो यी संसारम। १ कप चाय माङ्गक ट कार्यक्रम कर परट, उ ट सबजहन पटा बा। यिह हो आब्बक थारू साहित्यके धरातल। कमजोरह आउर कमजोर जिन बनाई, सक्कुजे एकगठ होक यी फँट्वा फरगर बनाई,आब बिख वमन, दन्त बझान कैख यी अमूल्य समयह सृजनशिलताम बदलि। जय गुर्वावा ।