म किसान  

 म किसान  

२०३ दिन अगाडि

|

२९ असोज २०८२

फूल हुन फूलहरुलाई नै छाडिदिनू

फूल हुन फूलहरुलाई नै छाडिदिनू

२०५ दिन अगाडि

|

२७ असोज २०८२

कवि  मौन व्रत  फूल हुनु भनेको  आवाजलाई किलकिले निर गाँठो पारेर राख्नु पनि हो  ।  ० फूल हुनु भनेको  हुण्डरी, मुसलधारे पानी र चक्रवातलाई चुपचाप सहनु पनि हो ।  ० फूल हुनु भनेको  कौसीमा, बार्दलीमा, आँगनमा, शयन कक्षमा  मानव आँखाको प्यास मेट्नका लागि सजिनु पनि हो ।  ० फूल हुनु भनेको  मनको बोरामा अवसादको गह्रुङ्गो जाँतो राखेर  त्यसैको मून्तिर आफू थिचिई राख्नु पनि हो ।  ० फूल हुनु भनेको  सस्तो होस् वा महङ्गो होस्  असहाय, निरीह र निस्सार हुनु पनि हो । ० फूल हुनु भनेको आफ्नो ईच्छा बेगर  टिपिन, चुँडिन, कुल्चिन र ओइलाउन तयार हुनु पनि हो । ० फूल हुनु भनेको  आफूले सर्वाधिक घृणा गरेको परिस्थितिको   गला र हातमा तदर्थको लागि सजिनु पनि हो ।  ० फूल हुनु भनेको  अनुमानै गर्न नसकिने  नियतिसँग सैना लगाउनु पनि हो ।   ० अवश्य पनि फूल हुनु भनेको सृष्टिको यौटा महत्वपूर्ण जिम्मेवारी हो  तर फूल हुनु भनेको  सारवान निरन्तरताको अनिवार्य सेतु भई  सृष्टिको भार वीरतापूर्वक थेगिरहे पनि   दुनियाँको नजरमा गतिहीन देखिनु  हो ।  (०( फूल हुनु भनेको  शिरमा सिउराईनुको सौन्दर्य पनि हो  स्वागतमा सजाईनुको गौरव पनि हो  विदाईमा खटाईनुको वियोगान्त पनि हो  एक्कासी सृष्टिको जिम्मेवारी खोसिएर मन्दिरमा चढाईनुको बाध्यता पनि हो । ० छोरी,  चढाउन मन भए आफूलाई कहीँ आफ्नै मनभित्र  आफ्नै मनको फूल टिपेर  आफ्नै मनलाई चढाउनू आफू मान्छे हुँ भन्ने कहिल्यै नबिर्सिनू  सभ्यताले जोगाउदै यहाँसम्म ल्याएको आगो ननिभाउनू फूलजस्तो सुन्दर मन बनाउनू तर आफ्नो प्राण फूलमा प्रतिस्थापन नगर्नू । ० छोरी, तिमी मान्छे नै बन्नू फूल हुन फूलहरुलाई नै छाडिदिनू । स्केचः एआइ

‘थारुज क्याराभान कन्क्लेभ’को पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत

‘थारुज क्याराभान कन्क्लेभ’को पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत

२२१ दिन अगाडि

|

११ असोज २०८२

सन्तोष दहित दाङमा दुई दिने थारुज क्याराभान कन्क्लेभको पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत भएको छ ।  थारू समुदायका प्रश्न, समस्या, सम्भावनाबारे गहिरो छलफल र समुदायको भविष्यका लागि वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । वैकल्पिक अनुसन्धान केन्द्र, ख्याल बगाल, लौव अग्रासन र बुह्रान इन्कोर्पोरेशनको सहकार्यमा असोज १० र ११ गते दुई दिने थारुज क्याराभान कन्क्लेभ कार्यक्रम गरिएको हो । कन्क्लेभको पहिलो दिनमा डा जर्मन चौधरीले दाङ जिल्लाका स्थानीय सरकारमाः थारुहरुको पहुँच, पत्रकार सन्तोष दहितले मुक्त कमैया, कम्लहरीहरुको सामाजिक आर्थिक अवस्था, दिप्ती शिखा चौधरीले थारु महिला उद्यमशिलतामा पहिला, निता चौधरीले थारु महिलाको शसक्तिकरणको स्थिति बिषयक् कार्यपत्र पस्तुत गर्नुभएको थियो ।  यसैगरी, रंगकर्मी प्रणव आकाशले थारु संस्कृतिमा विस्तार, बाधा चुनौती र अवसर, पत्रकार प्रकाश चौधरीले थारु र जनयुद्ध, अधिवक्ता श्रीराम चौधरीले थारु भाषामा सरकारी कामकाजः अवस्था चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी, विकास चौधरीले हस्पिटालिटी विजनेशमा थारुहरुको चुनौती र अवसर, कृष्ण चौधरी समर्पणले बुह्रानः पश्चिम नेपालको आशा र संघर्षको भूमि र अशोक चौधरीले सहकारी लाभको बाँडफाट प्रक्रियामा थारुहरुको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  आयोजक संस्था वैकल्पिक अनुसन्धान केन्द्रका अध्यक्ष भुवन चौधरीले यो श्रृंखला प्रत्येक वर्ष थरुहटका विभिन्न जिल्लामा आयोजना गरिने बताए ।  आज कन्क्लेभको दोस्रो दिन घोराहीका नगरप्रमुख नरुलाल चौधरीको स्थानीय विकासमा स्थानीय समुदायको सहभागिता, केबी चौधरीको थारु समुदायमा शिक्षाको प्रश्न, कुलबहादुर चौधरीले थारु भाषाको शिक्षामा चुनौती र अवसर, भुवन चौधरीको सरकारी बजेट तर्जुमा थारुहरुको सहभागिता, डा कृष्णराज सर्वहारीको थारु समुदाय र पत्रकारिता, सोगतविर चौधरीको नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था, छविलाल कोपिलाको थारु समुदायको सन्दर्भमा साहित्य र विकास, सवि थारुको नेपालका जेनजी पुस्ताको अवसर विषयक गरी ८ वटा कार्यपत्र प्रस्तुति रहेको छ । कन्क्लेभमा थारू प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पत्रकारलगायत विभिन्न क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ । आयोजकको अनुसार कार्यक्रममा १०० बढीको सहभागिता रहेको छ । गोरखापत्रबाट  

हामी सबै नेपाली  

हामी सबै नेपाली  

२४४ दिन अगाडि

|

१९ भदौ २०८२

                                                                                                                                                                             तस्विरः एआइ कोइलीलाई हेला किन भनी काली काली ऊ त मीठो गीत गाउँछे भाका हाली हाली कागलाई हेला किन भनी काली काली ऊ त खबर बोकी ल्याउँछे पखेटा है हाली औंसी रातलाई हेला किन भनी काली काली जुनकीरीले उज्यालो छर्छे बत्ती बाली बाली बहिनीलाई हेला किन भनी काली काली समयमै होमवर्क गर्छे, छैनन् पाना खाली  माली दिदीलाई हेला किन भनी काली काली फूल दिन्छिन् हामीलाई भर्छौ डाली डाली किन गर्छौ रंगरूपमा हेला, तिम्रो मनै जाली  गोरी हौं या काली, हामी त सबै नेपाली ।  लमही नपा–४, दाङदेउखुरी हालः कीर्तिपुर–५, काठमाडौं साभारः नेबासास प्रतिनिधि नेपाली बालकविता, २०८२

परिणाम 

परिणाम 

२७२ दिन अगाडि

|

२३ साउन २०८२

नवराज चौधरी   नवराज: शुभ-प्रभात पिताम्बर सर । अरुबेला नभ्याएपनि, जेहोस् मर्निङ वाकले चैं भेट गराउँदो रैछ । अँ सांच्ची, तपाईंको छोराको को रिजल्ट के भयो ?" पिताम्बर : "हेर्नुस् न, बाबुले ४ जिपिए त पक्कै आउँछ बाबा भन्थ्यो तर ३.८९  मात्रै पो आएछ । मेहनत पनि निकै पो गरेको थियो, बाबुले ! त्यतिका सम्झाएँ, रपनि बाबु अहिलेसम्म निराश छ । खोइ, त्यसलाई कसरी खुशी पार्नु ?" नवराज (फुर्किंदै):  "मेरो लण्ठुले त ३.१५ जिपिए ल्याएछ । त्यतिको राम्रो आउँछ भन्नेमा त्यसलाई नै विश्वास थिएन । लफंगाले परिणाम सुन्नासाथ साथीहरूलाई खुसियाली दिने भनेर,  मसंग रु. ५०००/ फूत्काइहाल्यो नि ! विराटनगर-३, मोरङ  चित्रः एआइ

बुख्याँचा

बुख्याँचा

२७५ दिन अगाडि

|

२० साउन २०८२

मालिकहरू बुख्याँचा बनाउँछन् बुख्याँचा अर्थात् झुक्का हो मालिकहरू झुक्याउनलाई झुक्का अर्थात् बुख्याँचा बनाउँछन्  बाली खान आउने  चराहरू तर्साउनलाई बुख्याँचा बनाउँछन् मालिकहरूले आफ्नो आचरण पनि उसमा रहोस् आनीबानी स्वभाव पनि ऊसँगै रहोस् यही आकांक्षा पालेर आफ्ना थोत्रा कपडाहरू पहिराउँछन् कमिज लगाइदिन्छन्, टोपी लगाइदिन्छन्  अनि, थोत्रै पाइजामा पन लगाई दिन्छन्  र, बारीका कान्ला, खेतका अालीमा लगेर सजाउँछन् । बुख्याँचाहरूको आफ्नो आत्म हुँदैन उनीहरूको आफ्नो आस्था पनि हुँदैन  कुनै निष्ठा पनि हुँदैन र, कुनै प्रतिष्ठा पनि हुँदैन  उनीहरू त मालिकको इसारामा चल्छन् मालिकहरूकै इमानका लागि चल्छन् अनि,  मालिकहरूकै आस्था र प्रतिष्ठाका लागि चल्छन्  मालिकहरूले उत्तर जा भन्यो भने उत्तर जान्छन् दक्षिण जा भन्यो भने दक्षिण जान्छन्  पश्चिम जा भन्यो भने पश्चिम जान्छन् पूर्व जा भन्यो भने पूर्व जान्न्छन्  उठ भन्यो भने उठ्छन् सुत भन्यो भने सुत्छन् यसरी बुख्याँचाहरू मालिककै निर्देशन पालना गर्छन् । किन कि उनीहरूको आफ्नो स्वाभिमान हुँदैन आफ्नो कुनै पहिचान पनि हुँदैन न हुन्छ उनीहरूको कुनै अस्तित्व न हुन्छ कुनै आफ्नो अपनत्व उनीहरू त पुरै पुरै निस्प्राण हुन्छन्  निस्प्राण अर्थात् मूर्दा । कहिलेकाही मालिकहरू  बुख्याँचाहरूलाई कवाज खेल्न सिकाउँछन् अघि बढ् पछि हट दायाँ मोड बायाँ मोड जसो-जसो मालिकहरू गर भन्छन् उनीहरू त्यसै, त्यसै गर्छन् । किनकि उनीहरूको आफ्नो चेत हुँदैन र, कुनै आफ्नो विवेक पनि हुँदैन उनीहरू त फगत बुख्याँचा हुन् पुतला हुन् अर्थात् झुक्का हुन् ।